सहमतीको जीविकोपार्जन कार्यक्रम: २७ जना किसानलाई च्याउखेती प्रविधि तालिम

Click Image

उज्यालो नेपाल- पुर्विचितवनमा २७ जना कृषकलाई च्याउखेती प्रविधि तालिम सुरु गरिएको छ। समुदाय, वन्यजन्तु र जलवायुको क्षेत्रमा कामगर्दै आएको गैरसरकारी संस्था सहमतिले जीविकोपार्जन कार्यक्रम अन्तर्गत कृषकहरुलाई च्याउखेती प्रविधि तालिम सुरू गरेको हो ।

विहीबारबाट कालिका ७ को उदयपुर सामिदायिक वनको सभाहलमा सुरू गरिएको तिनदिने तालिममा पुर्विचितवनका चारवटा सामुदायिक वनका २७ जना उपभोक्ताको सहभागिता छ ।

तालिमामा उदयपुर सामुदायिक वन, भिमवली सामुदायिक वन, चतुर्मुखी सामुदायिक वन र कालीखोला देउराली सामुदायिक वनका उपभोक्ताहरु सहभागी छन् ।

तालिमको विहिबार एक औपचारिक कार्यक्रमका बीच कालिका वडा नं. ७ कि कार्यबाहक वडाध्यक्ष सर्मिला अधिकारीले उद्घाटन गरिन् । कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै अधिकारीले यस्ता कार्यक्रमले जीविकोपार्जनमा सहयोग पुग्ने भन्दै आयोजक संस्था प्रति धन्यवाद व्यक्त गरिन् ।

कार्यक्रममा अर्का अतिथि चतुर्मुखी सामुदायिक वनका अध्यक्ष हरिकुमार गुरुङले तालिममा सिकाएका कुरा मेहेनत गरेर सिक्न र सिकेका कुरालाई पेशाका रपमा अगाल्न आग्रह गरे ।

त्यस्तै पन्चकन्या सामुदायिक वनका अध्यक्ष तथा सामुदायिक वन उपभोक्ता महासंघ चितवन जिल्ला उपाध्यक्ष कृष्ण बगालेले गरिव, उत्पीडित तथा सिमान्तकृत वर्गको उत्थानको लागी सहमतीले पुर्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरे ।

त्यस्तै कार्यक्रमका सभापती समेत रहेका उदयपुर सामुदायिक वनका अध्यक्ष शंकर लामाले तालिमबाट सहभागीहरुको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । सहभागीहरुलाई लामाले, ” व्यवसायिक कृषक बनेर, भविष्यमा अरुलाई सहयोग गर्न सक्ने गरि काम गर्न” आग्रह गरे ।

तालिमका सहभागीहरुलाई नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ वैज्ञानिक डा. सुवास सुवेदीले प्रशिक्षण दिनेछन् । तालिममा विभिन्न जातका च्याउखेती, तिनमा देखिने समस्या र समाधानका विषयमा सेसन संचालन हुनेछ ।

डब्लुडब्लुएफ नेपालसँगको सहकार्यमा नवलपरासी र चितवनको विभिन्न क्षेत्रमा समुदाय, वन्यजन्तु र जलवायुको क्षेत्रमा कार्यक्रम संचालन गर्दै आईरहेको सहमतीले जीविकोपार्जन कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आईरहेको छ ।

संस्थाले यसअघि बेमौसमी तरकारी खेती, माछापालन, मौरीपालन, लगायतका विषयमा तालिम संचालन गरि सहभागीहरुलाई सम्बन्धित सामाग्री समेत हस्तानान्तरण गरेको छ । संस्थाले हालै रत्ननगर र कालिकामा रहेका विभिन्न चार वटा सामुदायिक वनमा आवद्ध कृषकहरुलाई सेरेना र मेनिफेरा जातका ५६  घार मौरी वितरण गरेको सहमतीका चितवन जिल्ला सामाजिक सहजकर्ता जनक सुवेदीले जानकारी दिए । ।

 

 

Previous articleअनियन्त्रित मोटरसाइकल घरमा ठोकिँदा रत्ननगरमा दुईयुवाको ज्यान गयो।
Next articleरत्ननगरमा साईलेज़ बनाउने मेसिनमा च्यापिएर घाईते भएका अधिकारी रहेनन्
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।