कालिकामा अवैध होडिङबोर्ड हटाउन सुरु

Click Image

कालिका, ६ असार । नगरपालिकाको बजार क्षेत्रमा अनुमती विना राखिएको होडिङबोर्ड कालिका नगरपालिकाले हटाउन सुरु गरेको छ ।

कालिका नगरपालिकाको स्वीकृति लिई वा निलिई विभिन्न प्रकारका सूचना एवं जानकारीमूलक होडिङ्गबोर्डहरु विजुलीको खम्बहरु, महत्पूर्ण सार्वजनिक स्थलहरु, लगायतका स्थानमा राख्ने र सयम समाप्त भएपनि उक्त बोर्डहरु नहटाउँदा नगरको सुन्दरतामा असर पुगेको गुनासो बढेपछि नगरप्रहरी परिचालन गरेर कालिकाले होडिगबोर्डहरु हटाउन थालेको हो ।

यस अघिपनि पालिकाले सम्बन्धित व्यक्ति वा संस्थाहरुलाई आफ्नो होडिङ्ग बोर्डहरु हटाउन समय दिएको थियो । सातदिने समय अवधि सकिएपनि सम्बन्धितव्यक्ति वा संस्थाका प्रतिनिधिहरुले आफ्नो बोर्डहरु हटाउन पहल नगरेपछि नगरपालिका आफैले हटाउन थालेको नगर प्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो ।

आज क्लब चोक बजार क्षेत्रका होडिङ्ग बोर्ड हटाइएको छ । विस्तारै नगरक्षेत्रभित्रका सबै ठाउँमा पुग्नेछ प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतमले जानकारी दिनुभयो ।

बजार क्षेत्रका होडिङ्गबोर्ड हटाएर हरियाली बनाउन बृक्षारोपण गरिने र पोलपोलमा विजुली वत्ती जडान गरेर शुन्दर बनाउने नगरपालिकाको योजना रहेको उहाँले सुनाउनुभयो ।

Previous articleश्री एयरलाइन्सले गर्‍यो काठमाडौं-भरतपुर परीक्षण उडान
Next articleरत्ननगर १६ मा वातावरण मैत्री अन्तरक्रिया तथा सामाग्री वितरण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।