तेस्रो रत्न प्रिय कप महिला फुटबल प्रतियोगिता: बागमती फुटबल क्लब विजयी

Click Image

रत्ननगर, मंसिर २४। रत्ननगरको टिकौली चौरमा जारी राष्ट्रिय स्तरको सेन्ट्रल कलेज तेस्रो रत्न प्रिय कप महिला फुटबल प्रतियोगितामा अन्तर्गत आज (साेमवार) भएको खेलमा बागमती फुटबल क्लब विजयी भएको छ ।

अभिषेक चर्ज रजहरलाई २-० गोल गोल अन्तरले पराजित गर्दै बागमती फुटबल क्लब विजयी भएको हो । साेमबारको खेलमा हार बेहोरे संगै अभिषेक चर्ज रजहर तेस्रो रत्न प्रिय कप महिला फुटबल प्रतियोगिताबाट बाहिरीएको छ भने बागमती फुटबल क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।

बागमती फुटबल क्लबकी तर्फबाट जर्सि नं. १७ की साहारा लिम्बु म्यान अफ दी म्याच घोषित भईन् उनले नगद रू २ हजार रुपैँया प्राप्त गरिन् । उनलाई वडा नं. ९ का वडा अध्यक्ष अनन्त अधिकारी र रत्ननगरका महिला नेत्रिहरूले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।

प्रतियोगिताको बिजेता टिमलाई एक लाख ११ हजार १११ र उपविजेता टिमलाई ५५ हजार ५५५ रूपैयाँसहित शिल्ड, मेडल, ट्रफी प्रदान गरिने प्रतियोगिताका संयोजक प्रवेश कुँवरले जानकारी दिए ।

भोली (मंगलवार) काे खेलमा पदमा स्पाेट क्लव आेखल ढुङ्गा र संकटा फुटबल क्लब काठमाडाैँ बिच खेल हुँने आयोजकले जनाएको छ ।

Previous articleकालिकाको विद्युत सम्बन्धी समस्या समाधानको लागि मेयर रेग्मीले गराए घिसिङको ध्यानाकर्षण।
Next articleकार्तिक २१ गते टाँडीको सब्जीमण्डी अगाडी भएको दुर्घटनामा घाईते तेश्रो युवकको पनि मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।