ज्येष्ठ नागरिक दिवस: रत्ननगरमा वृद्ध आमाबुबाको उत्कृष्ट पालनपोषण गर्ने छोराबुहारी सम्मानित

Click Image

उज्यालो दर्पण- चितवनको रत्ननगर १६ मा वृद्ध आमाबुबाको उत्कृष्ट पालनपोषण गर्ने छोराबुहारीलाई सम्मानित गरिएको छ । १६ नं. वडा कार्यालयले ज्येष्ठ नागरिक दिवसको अवसरमा विहिवार  वृद्ध आमाबुबाको उत्कृष्ट पालनपोषण र हेरचाह गर्ने १४ जोडी छोराबुहारीलाई सम्मान गरेको हो ।

वडाका १० वटै टोलबाट छनोट गरिएका दम्पती तथा बुहारीहरूलाई सम्मान गरिएको वडाध्यक्ष हेमराज थापाले जानकारी दिए । सो अवसरमा आफ्ना आमाबुबा तथा सासुससुरालाई राम्रो हेरचाह गर्ने भाइकाजी/रन्जिता थापा, रोहिणी/बबिता बजगाईं, हरि/सुनिता घले, गजेन्द्र/सपना खनाल खतिवडा, नेत्रप्रसाद/डिलुमाया अर्याल घिमिरे, सीता अधिकारी, भुवनेश्वर/धर्मकुमारी पोख्रेल, मुक्तिनाथ/जुनु भट्टराई, बुद्धि/सावित्री थापा, श्रीमाया गुरूङ, बोधनाथ/सीता न्यौपाने, हरिप्रसाद अधिकारी, लक्ष्मी पराजुली, चिजकुमार/डिल्दु श्रेष्ठ  सम्मानित भएका छन् ।

कार्यक्रममा आफ्नो पूर्ण अपांग श्रीमानको उत्कृष्ट स्याहारसुसार र हेरचाह गर्ने पुष्पा घिसिङलाई समेत सम्मान गरिएको छ। पुष्पाका श्रीमान् प्यारालाइसिस रोगका कारण झन्डै ८ वर्षदेखि शौचालय समेत जान नसक्ने गरि असक्त भएका छन् । ओछ्यानमै थला परेका श्रीमानको पुष्पाले राम्रो हेरचाह गर्दै आईरहेकी छन् ।

यस्तै र्यक्रममा ज्येष्ठनागरिक लक्षित स्वास्थ्यसेवामा समर्पित स्वास्थ्यचौकीका प्रमुख नरहरि श्याम शर्मा, सिअनमी निरीक्षक गीता रायमाझी, ल्याब असिस्टेन्ट कविता ढकाल, अहेब बन्दना घिमिरे, महिला स्वास्थ्य स्वयंसेविका सुमित्रा रिजाल, अनुराधा सुवेदी, नरकुमारी पुडासैनीलाई पनि सम्मान गरिएको थियो ।

वडास्तरीय ज्येष्ठ नागरिक समन्वय समितिका संयोजक प्रेमप्रसाद पन्तको अध्यक्षता तथा वडाध्यक्ष हेमराज थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडासदस्यहरु सरिता गुरुङ, ज्ञानेन्द्र रेग्मी, रिता वि.क, चिजकुमार श्रेष्ठ, पिठुवा सिकाई केन्द्रका अध्यक्ष नेत्र घिमिरे, भद्रकाली माविका प्रअ चिरन्जीवी खनाल, अस्थाई प्रहरीपोष्ट पिठुवाका इन्चार्ज अर्जुन घिमिरे लगायतको उपस्थिति थियो ।

वडासदस्य ज्ञानेन्द्र रेग्मीले स्वागत् मन्तव्य राखेको कार्यक्रम वडासचिव मन्जु पौडेलले संचालन गरेकी थिईन्। कार्यक्रममा ज्येष्ठ नागरिक समन्वय समितिका संयोजक पन्तलाई एकथान साइकल प्रदान गरी सम्मान गरिएको थियो ।

 

Previous articleसौराहामा चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
Next articleरत्ननगरमा लुम्बिनी सेरामिक्स टायल्सको डिलर उद्घाटन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।