चितवन । रत्ननगर १० वैरियामा रहेको अंकुरम पोलिक्लिनिकले आँफ्नो चौथो वर्षिक उत्सव सामाजिक उत्तरदायित्व अन्तर्गत बिरामीसँग मनाएको छ । २०७७ सालमा स्थापना भएको पोलिक्लिनिकले सोमबार १३२ जना बिरमीलाई निशुल्क ओपिडी सेवा सहित अन्य जाँचमा समेत ५० प्रतिशत छुट गरेको पोलिक्लिनिककी सञ्चालिका अञ्जना जोशिले जानकारी दिईन् ।
पोलिक्लिनिकले वार्षिक उत्सवको अबसरमा भिडियो एक्सरे, रगतबाट हुने विभिन्न जाँचहरुमा ५० प्रतिशत छुटको व्यवस्था गरेको थियो । पौस ११ गतेदेखि लागु हुने गरि पोलिक्लिनिकले दिएको छुट सुविधा पौस २९ गते सम्म रहने छ ।
जनसेवा भावनाको आधारमा सञ्चालन गरिएको पोलिक्लिनिकमा सोमबार चितवनमा ख्याति प्राप्त वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारीको उपस्थितीमा निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो ।
मानसिक तथा नशा रोग विशेषज्ञ खगेन्द्र काफ्ले र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर रमेश घिमिरेले पनि बिरामीको स्वास्थ्य परिक्षण गर्नु भएको थियो ।
पोलिक्लिनिकले फार्मेसी सेवा, ल्याव(प्याथोलोजी) सेवा, भिडियो एक्सरे, मुटुकोे भिडियो एक्सरे, ई.सि.जी., सामान्य सल्यक्रिया, चिरफार एवम प्लास्टर सेवा, माईनर ट्रमा केयर, नेवुलाईजर सेवा, अक्सिजन सेवा, दाँतको उपचार आदि सेवा दिने गरेको छ ।




