मृगौला फेर्न लागेका ओलीले राज्यकोषबाट लिए १७ करोड उपचार खर्च!

0
64

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार पार्टीको एक कार्यक्रममा चाँडै मृगौला फेर्न लागेको बताए। बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणका लागि पाँच दिन अस्पताल बस्ने र छैठौं दिन निवासमा आएर काम गर्ने बताए।

‘छिट्टै मिर्गौला प्रत्यारोपण गर्दैछु। पाँच दिन अस्पताल बस्छु। छैठौं दिनदेखि काम गर्छु,’ प्रधानमन्त्री ओलीले भने,‘अझै १०-१५ वर्ष मलाई केही हुन्न।’ १२ वर्षअघि ओलीले पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेका थिए। पछिल्लो समय उनको मिर्गौलाले काम गर्न छोडेको छ। अहिले उनी नियमित रूपमा डायलासिस गरिरहेका छन्।

अब चाँडै उनको मृगौला प्रत्यारोपण हुनेछ। तर, लामो समय देखि रोगको शिकार बनेका ओलीले अहिलेसम्म राज्य कोषबाट कति उपचार खर्च लिए त? धेरैलाई चासो लाग्न सक्छ। केहीसमय अघि पूर्वसचिव भीम उपाध्ययले फेसबुकमा वालमा राखेको तथ्यांक अनुसार भने ओलीले हालसम्म १७ करोड ६६ लाख ६७ हजार ९ सय २ रुपैयाँ सरकारी कोषबाट लिएका छन्।

यद्यपी पछिल्लो चार बर्ष यता ओलीले थप के कति रकम नेपाल राज्यकोषबाट उपचार खर्च लिए, त्यो भने सार्वजनिक भएको छैन। गत भदौमा सिंगापुरमा उपचार गराउन गएका ओलीको खर्च विवरण र स्रोत अझै खुलेको छ। सो विषयमा पटक–पटक प्रश्न उठ्ने गरेपनि त्यो बेलाको खर्च विवरण सार्वजनिक हुन नसकेको हो। धेरैले ओलीको उपचार खर्च यति समुहले व्यहोरेको समेत बताउँदै आएका छन्।

यस्तो छ ओलीले ०५४ देखि ०७२ सम्म राज्यकोषबाट लिएको उपचार खर्चको विवरणः

– २०५४ असार १५ गते २० लाख २५ हजार।
– २०५९ माघ २७ गते १३ लाख ५८ हजार ५ सय।
– २०६४ साउन ६ गते २७ लाख १२ हजार १ सय।
– २०६८ भदौ १३ गते ३५ लाख ७३ हजार।
– २०७१ कार्तिक १७ गते ९ करोड २२ लाख १३ हजार।
– २०७१ चैत ५ गते ३७ लाख ७३ हजार।
– २०७२ कार्तिक ९ गते २ करोड १२ लाख ३ सय।
– २०७२ फागुन ३ गते ४ करोड ९८ लाख १३ हजार २ रुपैयाँ।

यसरी ओलीले ०७२ फागुन सम्ममा जम्मा १७ करोड ६६ लाख ६७ हजार ९ सय २ रुपैयाँ राज्यकोषबाट उपचार खर्च लिएका छन्।

कालिकाका नगरप्रमुखलाई मानव अधिकार समुहको ज्ञापनपत्र

Previous articleफेरि नेपाल पस्यो पश्चिमी वायु
Next articleतेजाब प्रहार गर्ने केशरीलाई आठ वर्ष कैद