साझा बसलाई रोल्पाको गाउँमा कुदाएर देखाउ सरकार

0
47

तुलसीपुर । काठमान्डौका चिल्ला सडकमा दौड्ने साझा बसलाई रोल्पाको गाउँमा कुदाएर देखाउन यातायात व्यवसायीले सरकारलाई चुनौति दिएका छन् । सिंहदरबारको वरीपरी चिल्ला सडकमा मात्रै साझा बस कुदाएर यातायात क्षेत्रका वास्तविक पिडा थाहा नहुने भन्दै उनिहरुले रोल्पा, डढेलधुरा र अर्घखाँचीका गाउँमा–गाउँ लगेर कुदाएर देखाउन चुनौति दिएका हुन ।

त्रिशिद्धेश्वरी राप्ती यातायात प्राईभेट लिमिटेडको प्रथम साधारणसभा तथा अधिवेसनलाई सम्बोधन गदै नीजि क्षेत्रका यातायात व्यवसायीले एकलौटी लुटेको मात्रै छ भन्ने आँखाबाट नहेर्न सरकारलाई उनिहरुले आग्रह गरे । डोजर इन्जियिनर भएर निर्माण गरेको पहाडी सडकमा घरसम्पती बन्दकी राखेर किनेका सवारीलाई चलाएर मानविय सेवा गरेको बताउँदै उनिहरुले सरकारले आफुहरुलाई सहयोगीका रुपमा हेर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्यले पत्रकारले आफुहरुलाई विगतमा नराम्रोगरी लेखटेको गुनासो गर्नुभयो । ‘पत्रकाहरुले सिण्डीकेट धारीको बिल्ला भिराएर लेखेटेको लखेट्यै गरे,’ कर्मचार्यले भन्नुभयो –‘ त्यसपछि, नागरिक समाज, यात्रु , परिवार, व्यक्ति सबै लागेर खेद्ने काम सुरु भयो ।’
पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म नीजि यातायात क्षेत्रले पु¥याएको योगदनको प्रचार गर्न नसक्दा पत्रकार र सरकारको चपटेमा आफुहरु परेको उहाँले बताउनुभयो ।

यातायात समितिको खाता रोक्कादेखि पदाधिकारीलाई पक्राउ गर्दै र जेलमा कोच्दै गर्दै हिडेको सरकार अन्तः आफुहरुको सकारात्मका कामबाट पछि हट्न बाध्य भएको भन्दै अध्यक्ष कर्माचायले अव सबै यातायात व्यवसायी एकता बद्ध भएर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।

त्यसैगरी महासंघका बरिष्ठ उपाध्यक्ष विजय स्वाँरले यातायात क्षेत्र दुई वटा कुरामा सुध्रिन जरुरी रहेको बताउनुभयो । ‘हामीले यात्रुलाई राम्रो खाना र यात्रुमैत्री व्यहार गरेऔं भने हामीलाई कुनैपनि ताकलतले रोक्न सक्दैन,’ अध्यक्ष स्वाँरले भन्नुभयो–‘ त्यसकारण हामी सच्चिन र सुध्रिन जरुरी छ ।’

लिमिटेडका अध्यक्ष सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डे, दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, यातायात महासंघका उपाध्यक्ष पुष्पा श्रेष्ठ, महासचिव सरोज सिटौला, उप–महासचिव टेकनाथ गौतम, सचिव सम्भु रिजाल, राप्ती समितिका पूर्व अध्यक्ष देवीबहादुर डिसी, सामुदायिक रेडियो प्रसारक संघ अकोरावका बरिष्ठ उपाध्यक्ष आर्जुन गिरी, नमस्ते राप्ती यातायात प्रालिका अध्यक्ष बामदेव खनाल, दाङ जिल्ला टेक्टर व्यवसायी समितिका अध्यक्ष चिन्तामणी आचार्य लगाएतले बोलेका थिए ।

पत्रकारिताको माध्यमबाट महत्वपूर्ण योगदान पु¥याएको भन्दै पत्रकारद्धय नारायणी रजौरे र नारायण खड्कालाई सम्मान गरिएको थियो । त्यसैगरी चालक, सहचालक, कर्मचारी र विभिन्न व्यवसायीहरुलाई पनि सम्मान गरिएको थियो ।

The post साझा बसलाई रोल्पाको गाउँमा कुदाएर देखाउ सरकार appeared first on Rajdhani Daily News.

कालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता

Previous articleढुंगेधारा संरक्षणका लागि हस्ताक्षर
Next articleविकास र समृद्विको साझा चाहना बोकेर, संघीय प्रणालीको बाटोमा मुलुक अगाडि बढिरहेको छ : मुख्यमन्त्री राई