आफ्नै शरीरमा आगो लगाउँदा रत्ननगरमा एक पुरुषको जलेर मृत्यु

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–९, कपरफोरीमा सोमबार बिहान ६ः०० बजे एक पुरुषले आफ्नो शरीरमा आफैँले आगो लगाउँदा जलेर मृत्यु भएको छ ।

कपरफोरीका ५६ वर्षीय वीरबहादुर राउतले आफू सुत्ने कोठामा आफैँले शरीरमा मट्टितेल खन्याई आगो लगाउँदा शरीरको कम्मरदेखिको माथिल्लो भाग सुकुलसहित जली घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापश्चात् इलाका प्रहरी कार्यालय रत्ननगरको प्रहरी टोलीले सोमबार बिहान ६ः५० बजे घटनास्थल जाँच गरी मुचुल्कापश्चात् शव पोस्ट मार्टमका लागि भरतपुर अस्पताल पठाएको जनाएको छ ।

Previous articleपिठुवा डेरीमा अन्तर्क्रिया : पाँच किसान सम्मानित
Next articleजनजागृति माविमा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा शैक्षिक परामर्श कार्यक्रम
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।