माधवपुरमा तीज गीत प्रतियोगिता, राम जानकी टोल पहिलो

Click Image

चितवन – उद्यमशील महिला समूह रत्ननगर–१५ को आयोजनामा शुक्रबार सम्पन्न तीज गीत प्रतियोगितामा राम जानकी टोल विकास संस्थाले प्रथम स्थान हासिल गरेको छ।

“उद्यमशीलतामा महिला सहभागिता, आर्थिक समुन्नतिमा आत्मनिर्भरता” भन्ने मूल नारासहित आयोजना गरिएको प्रतियोगितामा वडाभित्रका १५ वटा समूहले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा राम जानकी टोल विकास संस्थाले नगद रु. २० हजारसहित पहिलो स्थान हासिल गर्दा, हरियाली आमा समूहले दोस्रो स्थानमा रहँदै रु. १५ हजार प्राप्त गर्‍यो। त्यस्तै, आधारभूत विद्यालय नमुना टोलले तेस्रो स्थानमा रहँदै नगद रु. १० हजार पुरस्कार जित्यो।

यसैगरी, सान्त्वना पुरस्कारतर्फ दिपज्योति टोल विकास संस्था र गणेश टोल विकास संस्थाले जनही रु. ५/५ हजार प्राप्त गरे। प्रतियोगिताको उत्कृष्ट नृत्यको पुरस्कार भने अर्बिट स्कुलका विद्यार्थीहरूले हात पारे।

कार्यक्रमको उद्घाटन बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले गरेकी थिइन्। कार्यक्रममा वडा अध्यक्ष तामाङसहित स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

संस्था कि अध्यक्ष कान्ता रेग्मीको अध्यक्षतामा भएको कार्यक्रम महिला उद्धमीद्वय रेणु ढकाल र मिनु श्रेष्ठले संचालन गरेका थिए।

Previous articleरत्ननगरमा माओवादी केन्द्रद्वारा दुई दिने प्रशिक्षक प्रशिक्षण स्कुलिङ्ग कार्यक्रम सम्पन्न
Next articleन्यु क्यापिटल कलेजको तीज प्रतियोगिता : कालिका भजन समूह प्रथम
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।