पूर्वेली म्युजिक अवार्डको लागि भोटिङ शुरु, यसरी गर्नुहाेस् भाेटिङ

इटहरी / मोफसलमै पहिलो पटक पुर्वेली लोक भाका तथा विभिन्न भाषाभाषीको गीत संगित सहित सर्बाधिक २० वटा बिधामा अवार्ड प्रदान गरिने पूर्वेली म्युजिक अवार्डमा बुधबारबाट भोटिङ राउण्ड शुरु भएको छ ।

अवार्डका लागि २० वटा बिधामा मनोनयनमा परेका १ सय वटा गीतहरुमध्ये सर्बाधिक भोट प्राप्त गर्ने गीत संगितलाई २० वटा बिधामा अवार्ड प्रदान गरिने कार्यक्रम आयोजक पूर्वेली मिडिया नेटवर्क प्रा.लिका प्रबन्ध निर्देशक सुरेशचन्द्र दाहालले बताए ।
गत बिहिबार चर्चित लोकगायक जितेन राई, कमलीकान्त भेटवाल, साहित्यकार मनु मञ्जिल र पत्रकार पवन अधिकारी र राजन क्षेत्री सहितको टिमले सबै बिधामा उत्कृष्ट पाँच छनौट गरेको थियो ।

उत्कृष्ट ५ मा परेका गितहरूलाई भोटिङ गर्नका लागि खल्ती एप बाट भाेट गर्नका लागि खल्ती एप डाउनलोड गरेर लग अन गर्नुहाेस्, भाेटिङकाे आइकनमा क्लिक गरेर रमपम पुर्वेली म्युजीक अवार्डकाे लाेगाेमा गइ आफुलाइ मन पर्ने बिधामा मन पर्ने गितलाइ भाट गर्न सकिनेछ । एक भोट निशुल्क दिन सकिनेछ । साथै एस एम एस मार्फत पनि भाेट गर्न सकिनेछ । जसका लागि माेबायलकाे म्यासेज बक्समा गइ PMA टाइप गर्नुहाेस एक छाडी आफुलाइ मन पर्ने कलाकारकाे sms code टाइप गरी 33oo1 मा पठाएर पनि भाेट गर्न सकिनेछ ।
PMAsmscode &sent it to 33001

पूर्वेली संगीतसंगीतको क्षेत्रमा योगदान पुर्याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड तथा एक जना पुर्व क्षेत्रमा कार्यरत रंग पत्रकारलाई पत्रकारीता सम्मान दिइने दाहालले बताए ।

The post पूर्वेली म्युजिक अवार्डको लागि भोटिङ शुरु, यसरी गर्नुहाेस् भाेटिङ appeared first on Purbeli News.

भन्सार छलीको डेढ करोडको सामानसहित दुई वटा ट्रक नियन्त्रणमा

Previous articleकाेराेनाको प्रभाव खेलकूदमा
Next articleपूर्वसञ्चारमन्त्री बास्कोटाको घरमा भएको विस्फोटको नेकपाद्वारा निन्दा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।