साउदी बाट पहिलो चरणमा फर्कन पाउनेको नाम लिस्ट आयो, हेर्नुस को-को परे

0
71

साउदी बाट पहिलो चरणमा फर्कन पाउनेको नाम लिस्ट आयो, हेर्नुस को-को परे

काठमाडौं : बिहीवार साउदी अरबको दम्मामबाट २२३ जना नेपाली काठमाडौं आउने भएका छन्। हिमालयन एयरलाइन्सको चार्टर उडानबाट उनीहरु स्वदेश फर्कन लागेका हुन्। नेपाल सरकारले निर्धारण गरेको प्रथमिकताका आधारमा दूतावासले तयार गरी हिमालय एयरलाइन्सको दम्मामस्थित कार्यलयमा पठाइएको रियादस्थित नेपाली दूतावासले जनाएको छ। सूचीमा परेका सम्पुर्ण यात्रुले कोभिड-१९ नेगेटिभको प्रमाणपत्र साथैमा राख्नुपर्ने दूतावासले जनाएको छ।

उनीहरुका लागि प्रतिव्यक्ति भाडा ४६५ अमेरिकी डलर (साउदी रियाल करिब १,७४४) तोकिएको छ। कोरोनाको परीक्षण सकभर आफ्नो कम्पनीमार्फत् गर्ने व्यवस्था दूतावासले अनुरोध गरेको छ। अन्यथा १३२ साउदी रियल तिरेर तोकेको ल्याबमा परीक्षण गर्न दूतावाले आग्रह गरेको छ।

दुतावासको सुचना यस्तो छ !

हिमालय एयरलाईन्सको चार्टर्ड उडानबाट स्वदेश फर्कने नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना !!!!!
————————————-
हिमालय एयरलाइन्सले साउदी अरबको दमामबाट यही मिति १८ जुन २०२० मा उडान गर्ने जानकारी प्राप्त भएको छ । उक्त उडानबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्रथमिकताका आधारमा राजदूतावासले तयार गरी हिमालय एयरलाईन्सको दम्माम स्थित कार्यलयमा पठाइएको छ ।उक्त सूचि यसै सूचनामा समेत संलग्न छ । सम्पुर्ण यात्रुहरुले कोभिड-१९ नेगेटिभको प्रमाणपत्र साथैमा राख्नुपर्ने छ ।

हवाई भाडा दर: अमेरिकी डलर 465 (साउदी रियाल करिब १,७४४.००)
हवाई टिकटको लागि हिमालय एयरलाईन्सको दम्मामस्थित प्रतिनिधि श्री सुवास तिमिल्सिना, टेलिफोन नं +00966 598400198 ईमेल ठेगाना: subash.timilsina@himalaya-airlines.com मा सम्पर्क गरी टिकट बुकिङ गरेपछि मात्र कोभिड-१९ टेष्ट गर्नुहोला । अन्य विषयमा कुनै सहयोग आवश्यक भएमा यस राजदूतावासका जनसम्पर्क अधिकारी श्री हरि घिमिरे (Mob. No. 0500081536) लाई सम्पर्क गर्नुहुन समेत अनुरोध छ।

COVID-19 टेष्ट सम्बन्धमा

COVID-19 को परीक्षण सकभर आफ्नो कम्पनीमार्फत् गर्ने व्यवस्था गर्नुहुन अनुरोध छ । सो सम्भव नहुनेहरुले आफूलाई थाहा भएको वा पायक पर्ने स्थानमा परीक्षण गर्नुहुन र सो समेत सम्भव नभएमा परीक्षणका लागि निम्न स्थानमा सम्पर्क गर्नु हुन अनुरोध छ ।

Dammam
Health Care Polyclinic (CR No. 2050110244)
Rihan Hajiameen, Operation Manager
Mob: +966549726585
Address: 17th Street Al-Souq, Opp to Islamic Dawah Center, Dammam 32242 KSA
परीक्षण शुल्क: SAR 160.00

Photo Credit: aviationnepal.com

Jubail

Gulf Asian Medical Center(Department of Laboratory Medicine)
Telephone: +966 03 3627121
Email: info@gulfasianhealthcare.com
Website: www.gulfasianhealthcare.com
Address: King Abdulaziz Road, P.O.box1714,
Jubail City 31951, KSA
परीक्षण शुल्क: SAR 132.00

(यात्रुले निर्धारित उडान समय तालिकाभन्दा ४ घन्टा अगावै विमानस्थलमा उपस्थित हुनुपर्ने छ ।)

नोट: स्वदेश फर्किने सबैजनाले विमानमा चढ्नुपुर्व कोरोना संक्रमण नियन्त्रण सम्बन्धी नेपाल सरकारले निर्धारण गरेको क्वारेनटाईन लगायत सम्पूर्ण प्रावधानहरु पालना गर्नेछु भनि कागजातमा हस्ताक्षर गर्नुपर्ने छ ।
——————————–
नेपाली राजदूतावास, रियाद ।
०१ असार २०७

नामावली

यो पनि पढ्नुहोस् 

कतारबाट फर्कनेको कोरोना जाँच नहुने, ज्वरो मात्र नापेर पठाइने

५ पटककाे विजेता ब्राजिललाई पेनाल्टी शुट आउटमा हराउँदै क्राेएसिया विश्व कपकाे सेमिफाइनलमा

Previous articleसरकार !! म बाटोमा मागेको पैसाले खबुस खाएर प्राण धान्दै छू, तिमीले तोकेको ४ गुणा महँगो टिकट म कसरी किनौ??
Next articleकसको बाइक र प्रेमिका राम्रो भन्ने झ’गडामा अमित रसाइलीको ह’त्या; ४ जना साथीहरु प’क्राउ