रत्ननगरमा अटोबाट लडी महिला घाइते

Click Image

चितवन, कार्तिक २१ । रत्ननगर नगरपालिका–७ चराचोकस्थित भित्री सडक खण्डमा अटोबाट खसेर एक महिला घाइते भएकी छन्।

भरतपुरबाट सौराहा तर्फ जाँदै गरेको बा.प्र.०३–००१ ह १३७९ नम्बरको अटोबाट तनहुँ भानु नगरपालिका–२ निवासी करिब २५/२६ वर्षीया सुनिता नेपाली लड्दा टाउकोमा चोट लागेर घाइते भएकी हुन्। उनी हाल भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचाररत छिन्।

अटोका चालक चितवन भरतपुर नगरपालिका–११ निवासी ४६ वर्षीया प्रकाश ढुङ्गानालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। दुर्घटना हिजो विहिवार बिहान करिब साढे सात बजे भएको हो।

Previous articleसौराहामा रास्वपाको विस्तारित बैठक शुक्रबारदेखि सुरु, तयारी पूरा
Next articleरत्ननगरमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।