कतारमा कम्पनी फेर्न फेरी नयाँ नियम: रिजाइन लेटर चाहिने, भिडियो तल अन्तिममा हेर्नुहोला
कामदारले रोजगार परिवर्तनका लागि आवेदन बुझाउँदा आफ्नो राजीनामा प्रति पनि समावेश गर्नुपर्ने प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयका श्रम मामिलासम्बन्धी सहायक उपसचिव मोहम्मद हसन अल ओबैदलीले बताएका छन् । त्यस्तै कामदारले परिवर्तन गर्न खोजेको नयाँ कम्पनीको अफर लेटरमा हस्ताक्षर र स्टाम्प पनि आवश्यक रहेको उनले भनेका छन् ।
(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)
Click Here

कतार टिभीको एक कार्यक्रममा बोल्दै अल ओबैदलीले मन्त्रालयमा पेश गरिएको रोजगार परिवर्तनको आवेदनलाई श्रम कानूनको नियम र निति पालना गरी स्वीकार वा अ’स्वीकार गर्न मुल्यांकन गरिने बताएका छन् । निवेदन प्राप्त भएमा मन्त्रालयले रोजगारदाता र कामदारलाई म्यासेज पठाउनेछ र कामदारले कम्पनी बदल्न खोजेको सूचनाको बारेमा जानकारी दिईनेछ ।

मन्त्रालयबाट आएको पहिलो म्यासेजले निवेदन पूर्ण स्वीकृत भएको जनाउँदैन बरु हालको रोजगारदाता लाई निवेदन प्रक्रियामा रहेको जानकारी गराउनेछ र निवेदनको अन्तिम काम नभएसम्म कामदारलाई कम्पनीमै राख्न लगाईनेछ । साथै रोजगारदाताले म्यासेजमा आएको हटलाइन नम्बर र ईमेल ठेगाना मार्फत कामदारको निवेदन माथी सोधपुछ गर्न पाउने अधिकार रहेको छ ।

कम्पनी बदल्न जान्नुपर्ने मुख्य कुराहरु :
१. नयाँ कम्पनीको छाप र हस्ताक्षर सहितको अफर लेटर प्राप्त गर्ने ।
२. दुई वर्ष भन्दा माथी काम गरेको भए दुई महिना र सो भन्दा कम काम गरेको भए एक महिना अगाडी राजीनामा पत्र बनाउने ।
३. नयाँ कम्पनी अफर लेटर, राजीनामा पत्र र करार पत्र लगायत आईडी,राहदानीको कपी सहित काम परिवर्तनको निवेदन भरेर मन्त्रालयको सेवा कार्यालयमा बुझाउने । निवेदन अनलाइन र मेट्राश २ एप बाट पनि दिन सकिन्छ ।
४. रोजगारदाता र कामदार दुवै पक्षले सम्झौता पत्र अनुरुप नियम पालना गर्न अनिवार्य रहेको छ । नियम उ’ल्लंघन गरे कम्पनीलाई कार’बाही र कामदारले देश छोडे एक वर्ष कतार आउन ब’न्देज लगाईनेछ ।

५. नयाँ कम्पनीले ज्याला रक्षा प्रणाली,श्रम कानूनको नियम पालना गर्नुपर्ने र कामदारलाई काम दिन प्रशस्त काम भएको सुनिश्चित गराउनुपर्नेछ ।
६. कम्पनी बद्ल्न कुनै शुल्क तिर्नु पर्दैन ।
७. निवेदन बुझाएको १५ देखि १ महिना भित्र मन्त्रालय बाट स्वीकृति पाईन्छ । QNKhabar डटकम बाट

कतारका अन्य सामाग्रीहरु
१. कतार भन्छ १६ वटा म्यानपावर छानिएको कुरा ह’ल्ला मात्र, कुनै सि’न्डिकेट छैन
२. कतार: घर फर्कन लागेका नेपाली महिललाई कम्पनी बाट भा’गेको भन्दै विमानस्थल बाट जे,ल
३. कतारमा पासपोर्टको म्याद सकिदै छ? नयाँ पासपोर्ट लिन के के गर्नुपर्ला? कति पैसा लाग्ला?
४. कतारले लागू गरेको नयाँ नीति अनुसार कम्पनी छाड्नु अघि लागु हुने ६ ओटा सर्तहरु के के हुन् ?


