बिहानै नेपाल प्रवेश गर्‍यो पश्चिमी निम्न चापीय प्रणाली

आज (शनिबार) बिहानै नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी निम्न चापीय प्रणाली प्रवेश गरेको छ।

जसको प्रभावले अहिले पश्चिम र मध्य क्षेत्रका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखका मौसमविद् समीर श्रेष्ठका अनुसार यो कमजोर खालको प्रणाली भएकाले मौमस बदली देशभर नै गराए पनि पानी भने पश्चिम र मध्य क्षेत्रका पहाडी क्षेत्रमा मात्र पर्ने सम्भावना छ।

‘यो कमजोर खालको प्रणाली हो र यो आज एकदिन मात्र रहनेछ,’ मौमसविद् श्रेष्ठले शनिबार बिहान नेपालखबरसँग भने, ‘यसले पश्चिम र मध्य क्षेत्रका केही स्थानमा दिउँसो हल्का वर्षा गराउने देखिन्छ। पश्चिमका एक÷दुई स्थानमा भने राति पनि हल्का वर्षा हुने सम्भावना छ।’

साथै पश्चिम र मध्ये क्षेत्रकै उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको उनले जानकारी दिए।

मौसम महाशाखाले शनिबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ :
तराईका केही स्थानहरुमा हुस्सुरकुहिरोका कारण घाम राम्रोसँग नलाग्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउनु हुन अनुरोध छ। साथै पहाडी भूभागमा हल्का वर्षा र उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपात हुने भएका कारण तापक्रममा गिरावट आउन सक्ने हुनाले सावधानी अपनाउन हुन अनुरोध छ।  

दैलेखमा चट्याङ लागेर एकजना घाइते

Previous articleओम् नम: शिवाय, आज फाल्गुन १३ गते विहिबार ( २५ फेब्रुअरी २०२१), तपाईंको राशिफल पढी शे’यर गर्नुहोला।
Next articleप्रदेश २ का छोरी जन्मिँदै ‘तीन लखिया’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।