Home Uncategorized ‘ए’ डिभिजन लिगमा मछिन्द्र शीर्षस्थानमा फर्कियो

‘ए’ डिभिजन लिगमा मछिन्द्र शीर्षस्थानमा फर्कियो

विभागीय टोली एपीएफलाई हराउँदै मछिन्द्र क्लबले ‘ए’ डिभिजन लिगमा उपाधि दाबेदारी बलियो बनाएको छ।

दशरथ रगंशालामा शनिबार भएको खेलमा मछिन्द्रले एपीएफलाई २–१ ले पराजित गर्दै शीर्ष स्थानमा फर्किएको हो। मछिन्द्रले अर्को उपाधि दाबेदार टोली त्रिभुवन आर्मीलाई २ अंकले पछि पारेको छ।

एपीएफले पहिलो हाफमा १–० बनाएकोे अग्रता जोगाउन नसक्दा लिगमा सातौँ हार भोगेको हो। पुछारबाट दोस्रोमा रहेको एपीएफ भने रेलिगेसनको खतरामा यथावत छ। लिगमा एक खेल गुमाएको मछिन्द्रले २ मा बराबरी र ७ मा जित निकालेको छ। यता एपीएफले भने ७ मा हार २ खेलमा बराबरी गर्दा १ मा मात्र जित दर्ता गरेको छ।

एपीएफले ४३ औं मिनेटमा रमेश दंगालको गोलमा अग्रता बनाएको थियो। राजिव लोप्चनलाई पिटर सेगुनले फउल गरेपछि नवीन लामाले प्रहार गरेको फ्रि–किकलाई रमेश दंगालले हेडमार्फत गोल गरेका थिए।

२१ औं मिनेटमा आशीष लामाको पासमा प्रदीप लामाको प्रहारलाई मछिन्द्रका गोलरक्षक बिशाल श्रेष्ठ पञ्च गर्दै बचाए। लगत्तै नवीन लामाको कर्नरमा रमेश दंगालको हेडरलाई विशालले पञ्च गर्दै बचाए। ४३औं मिनेटमा रमेश दंगालले हेडमार्फत गोल गर्दै एपीएफलाई अग्रता दिलाए।

खेलको ४८ औं मिनेटमा विशाल राई ‘बी’ले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

७९ औं मिनेटमा मछिन्द्रका रञ्जित धिमालले पेनाल्टीको सदुपयोग गर्दै जित पक्का गरेका हुन्। रञ्जितको प्रहार एपीएफका गोलरक्षकले बचाएपनि रिबाउन्ड बललाई रन्जितले जाली चुमाएका थिए। 

भ्रष्टाचारीलाई कारवाही गर्न नेविसंघको माग

Previous articleओडिसाको पोस्टमा सावित्रा एक्लैका ५ गोल
Next articleबालुवाटार जग्गा प्रकरणः ओलीले सीआइबी मार्फत दिए विष्णु पौडेललाई क्लिन चिट !
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।