
पूर्वपश्चिम राजमार्गमा पर्ने सर्लाहीका तीन इलाका प्रहरी कार्यलय प्रहरी निरीक्षक बिहीन बनेका छन्। प्रहरी निरीक्षक नहुँदा मुचुल्का हस्ताक्षरमा समस्या परेको भएको छ।
इलाका प्रहरी कार्यालय लालबन्दी, हरिवन र जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुरमा प्रहरी निरीक्षक नहुँदा सर्वसाधारणलाई समस्या परेको हो। ती तीनै कार्यालयमा प्रहरी निरीक्षकको दरबन्दी भए पनि खाली छ।
इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक नारायण थापा तालीममा, जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुरका प्रहरी निरीक्षक सूर्यनारायण यादव घर बिदामा र इलाका प्रहरी कार्यलय हरिवनका प्रहरी निरीक्षक सुवास भट्टराई काज सरुवा भएर गएपछि प्रहरी कार्यालय कार्यालय प्रमुख बिहीन बनेका हुन्।
अहिले कुनै मुचुल्कामा हस्ताक्षर गर्नुपर्दा इलाका प्रहरी कार्यलय हरिपुरका प्रहरी निरीक्षक भएको ठाउँमा पुग्नुपर्ने बाध्यता सिर्जना भएको छ। कार्यालय प्रमुख नहुँदा दुर्घटना सहित आत्महत्यालगायतका मुचुल्कामा हस्ताक्षर ढिलो हुने गरेको एक कर्मचारीले बताएका छन्।

केही समस्या हुँदा अर्को स्थानबाट भए पनि प्रहरी निरीक्षकको व्यवस्था गरेर काम चलाइएको सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए।
युएईले ‘फ्रि भिसा फ्रि टिकट’ मा पाँचवटा क्षेत्रमा कामदार लैजाने
