Home Blog Page 103

देशमा धेरै ठाउँको मौसम धुम्म, पानी नपर्ने मौसमविदको भनाइ

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित धेरै ठाउँको मौसम धुम्म छ । तर, तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुसँगै भारतको छत्तिसगढमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम धुम्म भएको मौसमविद् राजु प्रधानांगले जानकारी दिनुभयो ।

उहाँका अनुसार छत्तिसगढमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव धेरैजसो कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनीका पूर्वी क्षेत्रमा परेको छ । यही प्रणालीका कारण कोशी प्रदेशका एक दुई ठाउँमा आज हल्का पानी पर्ने अनुमान छ । अन्य क्षेत्रमा भने मौसम धुम्मिए पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् प्रधानांगले बताउनुभयो ।

आज दिउँसो पनि मौसम पुरै खुल्ने सम्भावना छैन । केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने उहाँले बताउनुभयो । उहाँका अनुसार अझै केही दिन मौसम यस्तै रहने अनुमान छ ।

मौसम धुम्म भएकाले तापक्रम भने खासै घटेको छैन । बिहान काठमाण्डौको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ । आज अधिकतम तापक्रम भने २० देखि २१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

कालिका- १० श्री आधारभूत विद्यालय लोतन्तीका विद्यार्थीलाई पोशाक वितरण

रत्ननगर, मंसिर २० । कालिका नगरपालिका वडा नं १० मा रहेको श्री आधारभूत विद्यालय लोतन्तीका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ ।

सो विद्यालयमा अध्ययन गर्ने ६० जना विद्यार्थीलाई शान्ति गृह नेपालले विद्यालय पोशाक वतरण गरिएको हो । बुधवार विद्यालयमा आयोजित कार्यक्रममा कालिकका नगर प्रमुख विनोद रेग्मी, उप प्रमुख विमला तामाङ, शान्ति गृह नेपालका निर्देशक निर्देशक राजिव नेपाली, कार्यक्रम संयोजक विदुर काजी नेपाली तथा नगरपालिकाका कर्मचारी लगाएतले सो पोशाक हस्तान्तरण गरेका थियो ।

शान्ति गृह नेपालले ६० जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको कार्यक्रम संयोजक विदुर काजी नेपालीले जानकारी दिए ।

कार्यक्रममा नगरप्रमुख रेग्मीले सो विद्यालयमा शान्ति गृह नेपालले गरेका कामहरुको बारेमा प्रशम्सा गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश प्रजाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर उप प्रमुख विमला तामाङ, प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतम, सामाजिक विकाश समितिका संयोजक तथावडा नं. ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठ, शिक्षा शाखा प्रमुख गंगाधर रिमाल, लेखा शाखा प्रमुख ऋषि प्रसाद कडुवाल, विद्यालयका प्राध्यानाध्यापक भिम वहादुर तामाङ, कालिकाका सुचना प्रविधि अधिकृत धनश्याम बास्तोला लगाएतको उपस्थिति रहेको थियो ।

रत्ननगर मेयर कप : इच्छाकामनालाई हराउदै रत्ननगर फाइनलमा प्रवेश

रत्ननगर । रत्ननगर नगरपालिका चितवन अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रत्ननगर खेलकुद विकास समितिले नेपाल माविको खेलमैदानमा आयोजना गरेको प्रतियोगितामा इच्छाकामना गाउँपालिकालाई पराजित गर्दै रत्ननगर फाइनलमा प्रवेश गरेको हो ।

रत्ननगरले इच्छाकामनालाई १–० गोल अन्तरले पराजित गरेको हो । रत्ननगरले गत बर्ष आयोजित मेयर कपको उपाधि जित्न सफल भएको थियो । रत्ननगरलाई जिताउन अभिषेक महतोले निर्णायक गोल गरेका थिए ।

उनी म्यान अफ दी म्याच घोषित भएका छन् । खेलकुद विकास समितिका संयोजक कृष्ण महतो र नगर प्रबक्ता कुलप्रसाद सापकोटाले उत्कृष्ट खेलाडी महतोलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।

चितवनका सात वटा पालिकाको सहभागिता रहेको सो प्रतियोगितामा पहिलो हुने टिमलाइ १ लाख ५१ हजार १११ र दोस्रो हुने टिमलाई १ लाख १ हजार १११ रूयैया पुरस्कार प्रदान गरिने समितिका सहसंयोजक सौगात भूजेलले जानकारी दिए ।

विहीबार भरतपुर महानगरपालिका र माडी नगरपालिका बीच फाइन प्रवेशका लागि खेल हुने आयोजकले जनाएको छ ।

ब्लड क्यान्सबाट पीडित १४ वर्षिय बालकद्धारा सहयोगको अपिल

काठमाडौं,२० मंसिर । ब्लड क्यान्सरबाट पीडित भएका गोरखा जिल्ला भिमसेनथापा गाँउपालिका वडा नं -३ का १४ बर्षिय दिवस खनालको उपचारको लागि आर्थिक सहयोग गर्न परिवारले अपिल गरेका छन् ।

आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएका दिवसको परिवारले सहयोगको याचना गरेका हुन् ।

परिवारिक स्रोतका अनुसार खनालको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । हाल उनको अवस्था सुधारोन्मुख छ ।

‘अहिलेसम्म उपचारमा ४ लाख रुपैयाँ खर्च भइसकेको छ, थप उपचारका लागि आर्थिक अभाव भएकाले सहयोग गरिदिनु हुन अनुरोध छ’, विरामीका बुवा बिष्णु खनाल भने, ‘थप १२-१५ लाख खर्च हुने भनिएको छ, त्यसैले सहयोगका लागि सबैसँग आग्रह गरेका हौं ।’

उपचार खर्चमा सहयोग गर्न इच्छुकले बिरामीका बुबा बिण्णु प्रसाद खनालको माेबाइल नं 9825186259 सम्पर्क गर्न वा रास्ट्रिय बाणिज्य बैंक खाता नम्बर 3210100006076010 मा आर्थिक रकम सहयोग गरिदिन हुन उनका आफ्न्तले आग्रह गरेका छन् ।

टिकटकले दर्ता हुन नेपाललाई पठायो पत्र, के होला ?

उज्यालो नेपाल। टिकटकले नेपालमा दर्ता हुनका लागि नेपाल सरकारलाई चिठी पठाएको छ । सरकारले टिकटकलाई प्रतिबन्ध लगाएपछि औपचारिक रुपमै दर्ता हुन टिकटकले इमेल गरेको हो ।

सरकारले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने निर्देशिका २०८० जारी गरिसकेको छ । हाल टिकटक बन्दको विरुद्धमा अदालतमा मुद्दा विचारधीन रहेको छ ।

सरकारले गत कात्तिक २७ गते नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सरकारको सो निर्णयले तत्तकाल टिकटक दर्ताको सम्भावना भने देखिदैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि हिजाे एक कार्यक्रममा टिकटक माथीकाे प्रतिवन्ध हट्ने संकेत गरेका थिए ।

नेपालीलाई रुसी सेनामा पठाउने १२ जना पक्राउ

काठमाडौं । नेपाली युवलाई रुसी सेनामा पठाउने गिरोहका केही व्यक्ति प्रक्राउ परेका छन् ।

पछिल्लो केही दिनदेखि प्रहरीले चलाएको अपरेसनका क्रममा गिरोहका १२ जना पक्राउ परेका हुन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा मनिष न्यौपाने, ईश्वर अधिकारी, गोकर्ण अर्याल, दिपेन परियार, क्षितिज गिरी, सुवास लामा, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी छन् ।

उनीहरुमाथि नेपाल र भारतको बाटो हुँदै अवैध रुपमा रुसी सेनामा नेपाली युवालाई पठाएको आरोपमा पक्राउ गरिएको हो ।

रुसी सेनामा जान युवा खोज्ने, कागजात मिलाइदिनेदेखि लिएर भिजिट भिसा मिलाउनेसम्मका गतिविधिमा उनीहरूको संलग्नता देखिएको प्रहरीको भनाइ छ ।

अवैधरुपमा रुसी सेनामा गएका ६ जना नेपाली युवाले ज्यान गुमाइसकेका छन् ।

शक्तिखोर महिला साना किसान कृषि सहकारीका महिलालाई लैङ्गिक हिंसाबारे प्रशिक्षण

रत्ननगर, मंसिर १९ । लैङ्गिक हिंसा बारेमा आधारभूत जानकारी गराउनका लागि कालिका नगरपालिका वडा नं. ९ मा रहेको शक्तिखोर महिला साना किसान कृषि सहकारी संस्था लि.का महिला शेयर सदस्यहरुलाई कालिका नगरपालिकाले प्रशिक्षण दिएको छ ।

कालिका नगरपालिकाको आयोजना तथा शक्तिखोर महिला साना किसान कृषि सहकारी संस्था लि.को संयोजनमा समाजमा अझै पनि विभिन्न कोणबाट लैङ्गिक हिंसा जस्ता घटनाहरू भइरहने क्रम नरोकिएकोले त्यस्ता अपराधिक क्रियाकलापलाई कम गर्नका लागि सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो ।

हरेक क्षेत्रबाट महिलाहरु हिंसामा पर्ने भएकाले कार्यक्रम आयोजना गरिएको शक्तिखोेर महिला साना किसान कृषि सहकारीकी अध्यक्ष खड्ककुमारी खत्रीले जानकारी दिईन् । कतिपय महिलाहरु सहकारीबाट ऋण लिदा समेत हिंसामा पर्ने गरेको बताईन् । तालिम पश्चात समाजमा विद्यमान लैङ्गिक हिंसालाई पूर्णरूपमा अन्त्य गर्नका लागि विभिन्न चुनौतीहरू रहे पनि यसलाई कम गर्न महत्वपूर्ण भूमिका महत्वपूर्ण रहने उनको भनाइ छ ।

कार्यक्रमको उद्घाटन गर्दै कालिका नगरपालिकाकी उप-प्रमुख विमला तामाङले हिंसा मुक्त समाज निर्माणका लागि आफैंबाट सुरुवात हुनुपर्ने बताईन् ।

उनले भनिन्, “प्रत्यकका घरमा बुहारीले सासुलाई गर्ने व्यवहार र सासुलाई बुहारीले गर्ने व्यवहारमा सुधार गर्न सकिएमा धेरैमात्रा हिंसा मुक्त हुन सक्छ, हामी मानव जाती भएकाले हिंसा गर्न हुदैन भन्ने तर्फ सचेत हुनपर्छ ।”

महिलाहरु दिदी बहिनीबाट मात्रै नभई पुरुषहरुबाट पनि हिंसा भईरहेको उनको भनाई छ ।

 

कालिका वडा नंं. का अध्यक्ष निलकण्ठ मगरले महिलाहरु हिंसामा पर्ने बित्तिकै पीडा लुकाएर बस्न नहुने बताए । पीडितहरु अप्ठ्यारा वा कुनै समस्या भएमा वडामा आएर खुलस्त भन्न सक्नुपर्ने बताए । पीडितलाई वडा र नगरपालिकाको तर्फबाट सहयोग गर्नेछौं उनले भने ।

पीडितहरु आफ्नो पीडा लिएर कुन स्थानमा जादा समस्याको समाधान हुन सक्छ भनेर थाहा नपाउँदा महिलाहरु झनै पीडित बनेको बताए ।

उक्त लैङ्गिक हिंसाबारे प्रशिक्षणमा कृषि सहकारीका ४० जना महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रम अवधिभर लक्ष्मी पौडेलले प्रशिक्षण दिएकी थिईन् ।

संस्थाकी व्यवस्थापक सविना रायमाझीले सञ्चालन गरेकी कार्यक्रममा उपाध्यक्ष दिलकुमारी श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिईन् । कृषि सहकारीकी अध्यक्ष खत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

एनिमलले तोड्यो शाहरुखको जवानको ‘कलेक्सन रेकर्ड’

मुम्बई । सन् २०२३ शाहरुख खानका लागि उत्कृष्ट वर्ष रह्यो किनभने उनका दुई फिल्म पठान र जवान ब्लकबस्टर भएका छन् ।

योसँगै यी फिल्मको रेकर्ड कुनै पनि फिल्मले तोड्न सकेको छैन । तर रणवीर कपूरको एक्सन फिल्म एनिमलले यो रेकर्ड तोड्न कुनै कसर बाँकी राखेको छैन ।

यसैबीच, एनिमलको दोस्रो दिनको कमाइको तथ्याङ्क बाहिर आएको छ, जसले जवानलाई पछि पारेको देखिन्छ । त्यसोभए, हामी तपाईंलाई एनिमलको दोस्रो दिनको बक्स अफिस कलेक्सनको बारेमा जानकारी दिन्छौँ।

सकनिल्कको प्रारम्भिक तथ्याङ्क अनुसार एनिमलले दोस्रो दिन ६६ करोड कमाएको छ, त्यसपछि रणवीर कपुरको फिल्मले १०० करोड नाघेको छ भने दुई दिनमा १२९.८० करोड कलेक्सन गरेको छ । पहिलो दिनको कुरा गर्ने हो भने एनिमलले ६३.८ करोडको ओपनिङ गरेको थियो, जसमध्ये फिल्मले हिन्दीमा ५४.७५ करोड, तेलुगुमा ८.५५ करोड, कन्नडमा ९ लाख, तमिलमा ४ लाख र मलायममा १ लाख रुपैयाँ कमाएको छ ।

पहिलो दिन नै एनिमलले पठान र जवानको कीर्तिमान तोड्न सकेको छैन । तर दोस्रो दिनको कमाईको मामिलामा उक्त एनिमलले जवानलाई उछिनेको छ । तथ्यांक अनुसार जवानले दोस्रो दिन ६३.५० करोड कमाएको थियो । पठानको सङ्कलन ७० करोड ५० लाख थियो भने एनिमलको दोस्रो दिनको कमाई पठानलाई त सकेन तर जवानको भन्दा बढी थियो ।

पहिलो दिनको ओपनिङसँगै रणवीर कपूरको एनिमल टाइगर–३, केजीएफ–२ र बाहुबली–२ जस्ता फिल्मको रेकर्ड तोड्दै तेस्रो सर्वाधिक ओपनिङ गर्ने फिल्म बनेको छ ।

‘पैसाले कलाकार बन्न सकिन्न, क्षमता भएरै आएको हुँ- सन्तोष अधिकारी

काठमाडाैं । दिपेन्द्र के खनाल निर्देशित ‘आमा’ सहित अर्पण थापा निर्देशित ‘घर’ तथा ‘तीन जन्तु’ मा सहनिर्माता बनेर सिनेमा निर्माणमा सक्रिय रहिरहेका पोखराका युवा सन्तोष अधिकारीले आफूले अभीनयमा डेब्यू गर्न लागेको सिनेमा ‘चित्रा’ को पहिलो गीत रिलिज कार्यक्रममा यस्तो तीतो प्रश्नको सामना गरे।

तपाईं पैसा हालेर हिरो बन्न आउनु भएको हो ?

यो प्रश्न उनका लागि अपेक्षाकृति थियो तर, उनको नेपथ्यको जानकारी भएको भए सायद यसको उत्तर उनले दिनुपर्थेन होला।

पोखरामा जन्मिएर अष्ट्रेलियामा कर्म गरिरहेका सन्तोष थुप्रै इभेन्टका आयोजक हुन्। उनले नेपालसँगै अष्ट्रेलियामा थुप्रै फेसन शो सहितका इभेन्टहरु गरिसकेका छन्। उनले यसैका लागि एएसएपी नाम कम्पनी दर्ता गरेर काम गरिरहेका छन् । समीक्षकीय रुपमा तारिफ बटुलेको ‘आमा’, ‘घर’ लगायतका सिनेमाको सह निर्मातासहित रहिसकेका सन्तोषले ‘पैसा हालेर हिरो बनेको ?’ भन्ने प्रश्नलाई सहज लिए।

‘मैले कसैको निर्माण कम्पनीमा गएर मेरो पैसा यति छ, त्यो तपाईंहरुलाई दिन्छु, कृपया हजुरको फिल्ममा मलाई रोल दिनु भनेर काम गरेको छैन । त्यसलाई चाहिँ पैसा हालेर फिल्म खेलेको भनिन्छ,’ उनले भने ।

उनी अभिनित तथा घनश्याम लामिछाने निर्देशित ‘चित्रा’ पौष २७ गते रिलिज हुँदैछ। फिल्मबाट उनी आशावादी छन्।

उनी हुन त पैसा भएका मानिस हुन तर लहड, रहर र पैसाको बलमा फिल्म खेल्न आएका हैनन्। उनले यसका लागि पर्दामा पैसा हालेको कलाकार भन्दा पनि कलाकार देखिउँ भन्नका लागि मात्र नभई तयारी गरेरै आएका हुन्।

‘जुन तपाईंहरुले मेरो विगत हेर्नुभएको छ भने थाहा पाउनु हुन्छ । घर, आमा, तीन जन्तु लगायत फिल्म बनाएको छु । ति फिल्ममा मरो कुनै पनि रोल देख्नु भएको छ । मैले जुन हिसाबले लगानी गरे मिन भने पेशा अनुरुप अस्याप इन्टरटेन्मेन्टबाट त्यहाँ गरेर निर्माता भएको हुँ । अब अभिनय मार्फत आउँदैछु । सबैको माया पाउनेमा विश्वस्त छु’, उनले आत्मविश्वासका साथ भने ।

विदेशबाट फर्किएपछि सन्तोषले अस्याप इन्टरटेन्मेन्ट दर्ता गरे । कम्पनी दर्ता गरेपछि केही इभेन्टहरुसँगै केही म्युजिक भिडियो गरे। उनले जति पनि म्युजिक भिडियोहरु गरे ती उनका लागि अभिनयका कक्षाहरु थिए। यसक्रममा उनले क्यामेरा एङ्गल, फेस फ्रन्ट, क्यारेकटर के कतिको सुहाउँछ ? आदि इत्यादी सिके।

यी सबै सिकाइ उनका लागि एउटा तयारी थियो, पूर्वाअभ्यास, परिक्षा अघिको पढाइजस्तै ।

उनलाई कम्पनी चलाउँदैमा त्यो चलाउने व्यक्तिले अभिनय गर्नुहुँदैन भन्ने कुरामा विश्वास गर्दैनन्। क्षमता छ भने किन नगर्ने ? उनी प्रश्न गर्छन् ।

‘मेरै कम्पनीमा विभिन्न डिपार्टहरु छन् सबैमा मेरो दख्खल पुग्दैन, त्यहाँ मैले त्यसका लागि सक्षम व्यक्ति राखेको छु। उनीहरुले आफ्नो जेमा दख्खल छ त्यो गर्छन् र म पनि आफूले जानेको कुरा गर्छु, अभिनय पनि मैले सक्षम भएरै गरेको हुँ।’

उनी अष्ट्रेलियाको सिड्नी थिएटर स्कुलका विद्यार्थी हुन्। उनले त्यही नै आफ्नो अभिनयको कखरा सिके, त्यहाँको अण्तराष्ट्रिय सिकाइले उनलाई ‘चित्रा’ गर्ने आत्मविश्वासको जरा हालिदिएको हो, अब उनी त्यस्मा बलियो गरी खडा हुने सोचमा छन्।

अहिले उनी धेरै बोल्नुभन्दा पनि कामले बोल्ने दिनको प्रतिक्षामा छन्।

‘चित्रा’मा सन्तोष भन्दा पनि अरु मानिसहरुको लगानी छ । उनीहरुले उनीमाथि विश्वास भएरै लगानी गरेका हुन्।

उनलाई खहरे जस्तो क्षणिक हुनु छैन्, सेती नदीजस्तो अभिनय र सिनेमा निर्माणमा निरन्तर र गहिरो बग्नु छ। यसका लागि उनलाई ‘चित्रा’ रिलिजको प्रतिक्षा छ, किनकी रिलिज पछि नै उनीमाथि उठेका प्रश्नहरुले उचित जवाफ पाउनेछन्। अहिले उनी त्यही समय पर्खिरहेका छन्।

‘चित्रा’ले बाबु र छोरीको कथालाई सूक्ष्म रुपमा उठान गर्छ। सामाजिक कथामा एक्सन र ड्रामालाई प्रस्तुत गरिएको छ । फिल्मले हरेक घरको कथा भन्ने सन्तोष बताउँछन्। हरेक घरको कथा भएकाले दर्शकले यसलाई माया गर्नेमा उनी ढुक्क छन्।

‘चित्रा’मा सन्तोषसँगै मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, प्रकाश घिमिरे, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरल लगायतका कलाकारको अभिनय छ ।

चित्राका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष आफै कार्यकारी निर्मातामा रहेका छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यस फिल्ममा राजनराज शिवाकोटीको संगीत छ भने स्वरमा उनलाई गायिका मिलन अमात्यले साथ दिएकी छिन् ।

महेश पौडेलले छायाँकन गरेको फिल्ममा सम्पादनको भूमिकामा बनिश शाह र सन्देश शाह रहेका छन् ।

सन्तोष अधिकारी फिल्म्सको व्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्मको नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ। फिल्मको अष्ट्रेलियाको अधिकार अविनास रोका मगरले लिएका छन् ।

के गर्दैछन् यी चर्चित १० कलाकार ?

राष्ट्रलाई योगदान दिएका र कहलिएका व्यक्तिका उपल्लो जीवनबारे धेरैलाई चासो हुन्छ। हामीले विविध विधाका त्यस्ता प्रख्यातहरूका वर्तमान खोतल्न हरेक शनिबार ‘ठेगान’ स्तम्भ सुरु गरेका छौं। ठेगानले तिनको वास्तविक ठेगान पहिल्याउने छ।

कलाकार दर्शकका ढुकढुकी हुन्। तिनका हरेक गतिविधि धेरैका चासोका विषय हुन्छन्। जब आफूले पहिला हेरेका, रमाएका नायक/नायिका पर्दामा देखिन छाड्छन्, दृश्यमा आउँदैनन्, लाग्छ–उनीहरू कहाँ होलान् ? के गर्दै होलान् ? त्यही जिज्ञासा मेटाउन हामीले १० लोकप्रिय कलाकारको वर्तमान ठेगान पहिल्याउने प्रयास गरेका छौं।

कलाकारपछि परिवारसँग

नेपालमा बनेको पहिलो चलचित्र ‘आमा’की नायिका भुवन थापा चन्दलाई सोध्दा भनिन्, ‘जे, जति गरियो पहिल्यै गरियो। अहिले त निम्ता आएका चलचित्रसम्बन्धी कार्यक्रममा जान्छु। सुझाव माग्नेलाई दिन्छु्। अनुभव सोध्नेलाई सुनाउँछु। भूमिका पाइहाले गर्छु।’

जमाना यस्तो पनि थियो, त्यस समय नाच्ने गाउनेलाई राम्रो मानिन्नथियो। अझै कलाकार हुनु भनको ‘छोराछोरी बिग्रिएछन् है’ भन्ने समय थियो। तर, त्यसै समय त्यो मानसिकताको जंघार तरेर नायिका बनिन् भुवन थापा चन्द। यो अवस्थासँग जुधेर नै उनले नेपालको पहिलो नायिकाको ताज पहिरिन्। नेपाली चलचित्र क्षेत्रमा उनको योगदान अतुलनीय छ। तर, पछिल्लो समय उनी गुमनाम छिन्, पर्दामा दर्शकले नदेखेको वर्षौं भयो।

पाँच वर्षको उमेरमै नाटकबाट आफ्नो कला यात्रा सुरु गरेकी उनले यो यात्रामा लामो समय ब्रेक लगाइनन्। दर्शकको मन जितिन् र उल्लेख्य योगदान गरिन्। उनले पहिलोपटक अभिनय गरेको नाटक हो— बालकृष्ण समको ‘अन्धवेग’। डबलीमा नाटक गरेको याद अझै पनि उनको मनसपटलमा ताजै छ। उनी त्यही नाटकबाट अघि बढ्दै नेपाल कला केन्द्रमा आबद्ध भइन्। १४ वर्षको उमेरबाट नै उनले लिड रोलमा अभिनय गर्न मौका पाइन्। २०१७ सालमा राष्ट्रिय नाचघरमा आबद्ध भएसँगै उनको कलाकारिता रफ्तार बढ्यो।

भुवन चन्द,पहिलो नायिका

बाल्यकालदेखि नै कलाकारितामा रमाएकी कलाकार चन्दले आफ्नो पूर्ण जीवन यसै क्षेत्रमा खर्च गरिन्। रंगमञ्चबाट चलचित्रमा प्रवेश गरेकी चन्दका अनुसार त्यो बेला नाटक घर भन्ने हुन्थेन। सिंहदरबारको पुतली बगैंचामा एउटा नाटक हल थियो। त्यहाँ सानो नाटक घरमा नै नाटक देखाउने बाध्यता कलाकारलाई थियो। अहिले जमाना फेरिएको छ। उनी आफैं भन्छिन्, ‘अहिले कलाकार खारिएर आउँछन्, सबै प्रतिस्पर्धी छन्।’

चन्दले कलाकारिता सुरु गरेको समयमा नाच्नेलाई नचौती भन्दै हेलाँको दृष्टिकोणले हेर्ने चलन थियो भन्छिन् उनी। समाजमा सबैभन्दा नराम्रो काम नै नाचगान भन्ने थियो। तर पनि उनका लागि कलाकारिता यात्रा केही हदसम्म सहज भयो। बुवा कलाकार भएको कारणले उनलाई यस क्षेत्रमा प्रवेश गर्न गाह्रो भएन। तर, बालकृष्ण समले तयार पारेको नाटक खेल्न भुवनका बुबा भैरवबहादुर थापाले नै चन्दका लागि अफर ल्याएका थिए। उनका अनुसार त्यो बेलाका कलाकारहरूले न त परिवारको साथ पाउँथे, न समाजले नै उनीहरूलाई राम्रो मान्थ्यो।

यसरी २०१८ सालसम्म पुग्दा भुवनले केही नाटकमा अभिनय गरेकी थिइन्। यसरी १३ वर्षको उमेरमा उनले राष्ट्रिय नाचघरमा नियुक्ति लिइन् र उनको तलब थियो, १ सय ५० रुपैयाँ। त्यो समयको १ सय ५० भनेको त उनका अनुसार अहिलेको समयको २०/२५ हजार हो। २०२१ सालमा नेपालमा बनेको पहिलो चलचित्र ‘आमा’मा उनले मुख्य भूमिका निर्वाह गरेकी थिइन्। उक्त चलचित्रमा काम गर्दा १५–१६ वर्षकी मात्रै थिइन् उनी। यस फिल्ममा अडिसन दिएर छनोट भएको उनको सम्झना छ। उनको प्रेमविवाह भएको थियो।

रेडियो नेपालमा अंग्रेजी समाचार पढ्ने माइकल चन्दसँग उनले प्रेमविवाह गरेकी हुन्। अहिले उनी सामान्य पारिवारिक जीवन बिताएर बसेकी छन्। तर, पनि चलचित्र क्षेत्र जोगाउनुपर्छ भन्ने आफ्नो सोच सधैं रहने उनी बताउँछिन्। उनले हिजो, आज, भोलि (१९७६), मनको बाँध (१९७३), सिन्दूर (१९८०), जीवन रेखा, के घर के डेरा (१९८७), पच्चिस बसन्त (१९८८) र शान्तिदीप (१९८९) लगायत सय बढी चर्चित चलचित्रमा काम गरेकी छन्।

धेरैपछि नयाँ चलचित्र

तुलसी घिमिरे नेपाली चलचित्रमा इतिहासदेखि अहिलेसम्म सम्मानका साथ लिइने नाम हो। उनी आपूmमात्रै परिचित बनेनन् यो क्षेत्रमा धेरैलाई चिनाए नम्बर १ सम्म बनाए। उनले करिब सात दशकको उनको उमेरमा डेढ दर्जनभन्दा बढी नेपाली चलचित्र निर्देशन गरे साथमा अभिनय पनि।

उनले निर्माण गरेका लाहुरे, कुसुमेरुमाल, चिनो, दक्षिणा, बलिदान, दर्पणछायाँजस्ता चलचित्रहरू जीवन्त नै बने। दर्शक हुरुक्कै पार्ने चलचित्रको स्थानमा उकाले। घिमिरे निर्देशकमात्र नभएर लेखक, गीतकार, सम्पादक र कलाकारसमेत हुन्। उनले निर्देशन गरेको टेलिसिरियल मुक्ति पनि निकै चर्चित बनेको थियो। घिमिरेकी पत्नी भारती गजमेरले पनि नेपाली कलायात्रामा श्रीमान्लाई साथ दिँदै आइन्।

तुलसी घिमिरे,अभिनेता/निर्देशक

पछिल्लो समय भने नेपाली चलचित्रमा घिमिरेको सक्रियता घटेको छ। घिमिरेले पछिल्लो चलचित्र ‘दर्पण छायाँ २’ पछि नयाँ चलचित्रको निर्देशन गरेका छैनन्। तर, उनले चाँडै नयाँ चलचित्र लिएर आउन लागेको जानकारी भने गरिरहेका छन्। युवा पुस्ताका निर्देशकको काम गर्ने र सोच्ने शैलीबाट आफूप्रभावित भएको बताउने उनी अब पनि यसै क्षेत्रमा केही गर्ने भन्ने सोचमा चैं छन्।

घिमिरेको जन्म भारत, दार्जिलिङको कालिम्पोङमा सन् १९५१ जुलाई १५ मा भएको हो। बैंसालु उमेरमा उनलाई चलचित्रको मोहले डोहोर्‍याउँदै मुम्बई पुर्‍यायो। मुम्बईमा रहँदा उनले चलचित्रका आयाम बुझ्ने मौका पाए। पछि उनले आफ्नो कर्मथलो नेपाललाई बनाए। नेपालमा व्यावसायिक चलचित्रको जग बसाए। उनलाई चलचित्रमा तान्ने एउटा मेलो बन्यो, अभिनेता राज कपुर। न उनले राज कपुरलाई भेटेका थिए, न नजिकबाट देखेका।

तर, त्यस समयमा राज कपुरको जुन चर्चा र ग्ल्यामर थियो, त्यसले उनलाई आकर्षित गर्‍यो। अन्ततः उनी राज कपुरजस्तै बन्ने रहर पालेर मुम्बई पुगे। त्यहाँ त्यसबेला तुलसी घिमिरे सम्पादनको काम सिकेका थिए। तुलसी घिमिरे आफैंमा एक कुशल अभिनेता पनि हुन्। थुप्रै चलचित्रमा उनले अभिनय गरेका छन्। त्यसमध्ये लाहुरे, दक्षिण आदिमा उनको भूमिका सम्झनलायक छ। घिमिरे जति सिर्जनशील निर्देशक हुन्, उत्तिनै प्रविधिमा पोख्त पनि। उनी चलचित्र सम्पादनदेखि छायांकनसम्म गर्न सिपालु छन्। प्रविधिबारे फराकिलो ज्ञान छ उनमा।

सफलतापछि सुनसान

नायक सरोज खनालको चलचित्रमा व्यावसायिक सफलता राम्रो मानिन्छ। खनाल अभिनीत जन्मजन्म, दुश्मन, चुनौती, परिभाषा, पुकार, सान्नानी, सारंगी, प्रेमपिण्ड, मनकामनाजस्ता फिल्मले पैसा र प्रशंसा दुवै बटुले। नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिफिल्म भीडदेखि भीडसम्मले पनि लोकप्रियता हासिल गरेको थियो।

यो क्षेत्रमा उनको व्यावसायिक सफलता भरपुर थियो तर उनी नेपालमा र चलचित्रमा अड्नि सकेनन्। १७ वर्षे आफ्नो अमेरिका बसाइ छाडेर उनी नेपाल आइपुगेका पनि थिए तर, त्यसै समय कोरोना सुरु भयो। कोरोना सुरुभएसँगै अमेरिकाले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउन थाल्यो। अमेरिकाका नागरिकताधारी नागरिक खनाल (बसोबासः भर्जिनिया) महामारीकै कहरबीच अमेरिका उडे। फाट्टफुट्ट निर्देशन गरेर उनी यो क्षेत्र छु है भन्न खोजे पनि अब उनको खोजी कमै भयो। आपूmले पनि स्थान सुरक्षित गरिरहन सकेनन्।

सरोज खनाल,नायक

२०७२ सालमा खनाल नेपाल फर्किए। उनलाई केही फिल्मको प्रस्ताव आउन थाल्यो। अमेरिकाबाट आएपछि उनले ‘नाइँ नभन्नु ल–२’ मा अभिनय गरे। कलाकार अनुभव रेग्मीको शिक्षकको भूमिकामा छन् उनी। यो फिल्मले आफूलाई बालदर्शकसँग जोडिन सहज बनाएको उनी बताउँछन्। त्यसपछि उनले ‘प्रेमगीत’ मा अभिनय गरे। यसले उनलाई युवा पुस्तामाझ चिनाउन सहज बनायो। त्यसपछि उनलाई यही क्षेत्रमा अडिन समस्या भएन।

तर, उनको भूमिका फेरिइसकेको छ र, पहिले जस्ता जम्ने भूमिकामा उनी अब हुने छैनन् पनि। अमेरिका जानुअघि मुख्य अभिनेता (हिरो) भएर काम गरिरहेका खनाल बुबाको भूमिकामा देखिनुपर्ने अवस्था आएको छ। तर, यो भूमिकाका लागि धेरै तयार भइसकेका छैन्। अझै पनि उनी यो क्षेत्रमा ओझेलमा नै रहेको प्रस्ट देखिन्छ।

सिनेमा छोडेर शिक्षिका

एक समय थियो, नेपाली चलचित्रमा तृप्ति नाडकरको एकछत्र राज नै चल्यो। उनले जुन चलचित्र छोइन् सुपरहिट तिनै हुन्थे। चलचित्र ‘सम्झना’बाट अभिनय यात्रा सुरु गरेकी उनले ‘साइनो’, ‘कुसुमे रुमाल’, ‘लाहुरे’, ‘कोसेली’जस्ता यादगार चलचित्रमा अभिनय गरिन्। जुन अहिले पनि युट्युबमा खोजेर हेरिने चलचित्रमध्ये पर्छन्। लामो समयपछि एक दशकअघि २०७० सालमा ‘मानव’ नामक चलचित्रमा देखिएकी उनी त्यसमा भने जम्न सकिनन्। चलचित्र असफल नै भयो र उनी पर्दाबाट हराइन्। र, फरक बाटो रोजिन्। उनी अहिले पूर्णकालीन शैक्षिक पेसामा छन्। त्यो पनि भारतमा।

nullतृप्तिले पत्रकार जीवन पराजुलीद्वारा लिखित ‘क्लोज–अप’ पुस्तकमा भनेकी छन्, ‘म झन्डै सात वर्षदेखि फुलटाइमर शिक्षिका बनेकी छु। प्रि–प्राइमरी सेक्सनका बालबालिकालाई पढाउँछु, सिकाउँछु। समयको सदुपयोग गरेकी छु। हरेक मानिस व्यस्त रहन आवश्यक छ।’ उनको यो प्रतिक्रियापछि खासै सञ्चारमाध्यममा आइनन् पनि। उनले नेपाली चलचित्रमा फर्किने प्रयास नगरेकी भने होइनन्। तर, उनकै भनाइ मान्ने हो भने ‘विभिन्न कारणले सम्भव भएन’ रे। भारतमा रहेर पनि नेपाली चलचित्रमा अभिनयको हुटहुटी अझै नमरेको उनी बताउँछिन्।

तृप्तिको जन्म भारतमा नै भएको हो, उनको नेपाल मातृभूमि हो। उनले नेपाली चलचित्रमा आउनुभन्दा अगाडि चारवटा मराठी चलचित्रमा अभिनय गरिसकेकी थिइन्। पिता मराठी चलचित्रको निर्माता भएकाले उनले बाल्यकालदेखि नै अभिनय गर्दै आएकी थिइन्। उनले निर्देशक आनन्द मेहेन्दुको हिन्दी सिरियल ‘लिलिपुट’मा अभिनेता ऋषि कपुरसँग बालकलाकारको रूपमा समेत अभिनय गरेकी थिइन्।

निर्देशकद्वय शम्भु प्रधान र तुलसी घिमिरेले नेपाली चलचित्रमा नयाँ अनुहार ल्याउने उद्देश्यसहित तृप्तिको अभिनय हेर्न सुटिङ सेटमा पुगेका थिए। शम्भु उनको अभिनयबाट प्रभावित भए र उनको घरमै पुगेर चलचित्रको प्रस्ताव राखेका रहेछन्। त्यसबेला तृप्तिलाई नेपाली बोल्नसमेत आउँदैनथियो भनिन्छ। उनलाई नेपाली भाषा सिकाउन तुलसी घिमिरे र उनकी श्रीमती भारतीले धेरै सहयोग गरेका थिए। उनी नेपाली चलचित्रबाट टाढा भए पनि तृप्तिका छोरा भने नेपाली चलचित्रमा नायकको रूपमा आए। सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘बाबरी’मा उनका छोरा धीरज नाडकरको मुख्य भूमिका छ। उनी सन् १९६९ मा दार्जिलिङमा जन्मिएकी हुन्।

अभिनय छोडेर अमेरिका !

‘हिरोइन त जल शाहजस्तो पो हुनुपर्छ’ हुनै समय दर्शकको भनाइ यस्तै हुन्थ्यो। तर, अहिले तिनै दर्शकले सोध्ने समय भएको छ, ‘कता हराइन् जल शाह ?’ हो उनी पनि यो क्षेत्रबाट पलायन नै भएकी छन्। उनी अहिले चलचित्र क्षेत्रमा मात्र होइन, नेपालमा नै छैनन्। यस्तोमा उनका फ्यान तथा शुभचिन्तकलाई उनी कहाँ छिन्, कस्ती भइन् भन्ने कौतुहलता हुनु सामान्य हो।

केहीअघि महानायक राजेश हमालले जल शाहका फ्यानहरूको त्यो उत्सुकता निवारण गरिदिएका थिए। हमाल अमेरिकास्थित जल शाहकै घरमा पुगेर केही तस्बिर खिचे र सार्वजनिक गरे। राजेश र जल शाह पुराना साथी हुन्। उनीहरूले सँगै चलचित्र पनि खेलेका थिए। शरदकुमार रिमालसँग विवाह गरेर अमेरिकामै बस्दै आएकी जल शाह तीन वर्षपछि अघिल्लो वर्ष नेपाल आएकी थिइन्।

उनले नेपाल बसाइमा घुमघाम गर्ने, लङड्राइभ गर्नेदेखि फिल्म क्षेत्रका साथीभाइलाई भेट्नेसम्मका काम गरिन्। त्यसअघि आउँदा जलले फिल्ममा फर्कन र अभिनेता रमेश उप्रेतीसँग पुनः सहकार्य गर्न आफूलाई इच्छा लागेको बताएकी थिइन्। रमेशले पनि जललाई आफ्नो आगामी प्रोजेक्टमा लिनेबारे भेटेरै प्रस्ताव गर्ने बताएका थिए। तर, त्यो अहिलेसम्म देखिएन।

जलको फिल्म करिअर १३ वर्षको उमेरमा धार्मिक फिल्म ‘श्रीस्वस्थानी’बाट सुरु भएको थियो। त्यसमा उनले केमियो भूमिका निर्वाह गरेकी थिइन्।

त्यसयता उनले अवतार, इश्वर, शंकर, घुम्टो, ठूल्दाइ, नेपाली बाबु, एक नम्बरको पाखे, नाता रगतको, नेपाल प्यारो छ, बुहारी, आशीर्वाद, बादलपारि, यो मायाको सागर, सन्न्यास, जे भो राम्रै भो, जेठो कान्छो, राजु राजा राम, क्रोध र मजदुरमा अभिनय गरिन्। उनको पछिल्लो फिल्म मजदुर सन् २००६ मा रिलिज भएको थियो।

पहिलो चर्चामा, अहिले ओझेलमा

‘भिलेन’को भूमिकामा निक्कै ख्याति कमाएका अभिनेता हुन् सुशील पोखरेल। ललितपुरका स्थायी बासिन्दा उनी नाटक, भिडियो चलचित्र, टेलिचलचित्र हुँदै २०५० सालमा ‘ज्वाला’नामक चलचित्रबाट ठूलो पर्दामा ‘भिलेन’को रूपमा उदाए थिए। तर, उनको यो यात्रा तीन दशकसम्म पुगेन। अहिले उनी यो क्षेत्रबाट ओझेलमा छन्।

दुई सय हाराहारी चलचित्रमा ‘भिलेन’को भूमिकामा अभिनय गरिसकेका उनको एकताका त यस्तोसम्म समय थियो दिनमै तीनटा चलचित्रको सेटमा काम गर्न पुग्नुपथ्यो। अफर नै यति धेरै आउँथ्यो कि उनलाई समय मिलाउन नै भ्याइँनभ्याइ हुन्थयो।

यो समय उनका लागि २०५७ देखि २०६६ सम्म रह्यो। सुशीलले ‘सक्कली नक्कली’, ‘शंकर’, ‘आगो’, ‘नीरमाया’, ‘ए मेरो हजुर’, ‘सुखदुःख’, ‘पाहुना’, ‘हामी तीन भाइ’, ‘युद्ध’ लगायतका थुप्रै चलचित्रमा भिलेनको भूमिका निर्वाह गरेका छन्। उनको हाउभाउ र बोल्ने संवादले चलचित्र हेर्ने दर्शकलाई निकै डर पैदा गथ्र्याे र नै उनी यो क्षेत्रमा चले।

धीरेन शाक्य ,नायक

तर, पछिल्ला वर्ष ठूलो पर्दामा ‘भिलेन’को भूमिकामा उनी पहिलेजस्तो देखिएका छैनन्। बरु छोटा चलचित्रमा अभिनयसँगै अभिनय प्रशिक्षण, स्क्रिप्ट लेखनलगायतका नेपथ्यमा बसेर गर्ने काममा उनी व्यस्त छन्। ‘केही चलचित्रहरू बनेर बसिरहेका छन्। दुईवटामा काम गर्ने तय भएको छ। तर, पहिले जसरी चलचित्रमा व्यस्तता हुन्थ्यो, त्यो धेरै नै घटेको छ।

पहिले चलचित्र, अहिले गीत

केही समय अघिसम्म नेपाली चलचित्र क्षेत्रमा फरक स्थान बनाउन सफल एक नाम थियो धीरेन शाक्य। कला क्षेत्रमा आउँछु भन्ने कहिल्यै नसोचेका धीरेन पछि गएर यही क्षेत्रमा राज गर्न सफल भए तर अहिले त्यहीँ क्षेत्रबाट हराए झै भए।

स्कुल पढ्दै गर्दा साथीहरूको लहलहैमा ब्रिटिस आर्मीमा भर्ती हुने सोच बनाएका उनको पहिलो चरणमा छानिन सफल भए पनि अन्तिम परीक्षामा भने रुचि नदेखाएका कारण ब्रिटिस आर्मीको यात्रा त्यहीं रोकिएको थियो। स्कुले जीवन सकिनासाथ गृह जिल्ला पाल्पामै रहँदा आफ्ना साथीहरूले निर्माण गरेको प्रतीक नामक भिडियो फिल्म खेलेपछि फिचर फिल्मका लागि धीरेनलाई अफर आएको थियो।

सुशील पोखरेल,खलनायक

फिल्म खेल्न काठमाडौं प्रवेश गरेका धीरेनले पहिलो फिल्म नै २०५० सालमा त्यो बेलाका हिट निर्देशक स्व. चेतन कार्कीको निर्देशनमा खेलेका थिए। हिट निर्देशक र चल्तीका कलाकारका साथ फिल्म पहिलो प्रेममा ब्रेक पाएका धीरेनले त्यसपछिका दिनमा पछाडि फर्किनु परेन, जसका कारण तीन दशकदेखि कहिले फिल्म त कहिले म्युजिक भिडियोमा प्रस्तुत हुँदै आएका छन् उनी।

पहिलो प्रेमलगत्तै धीरेनले कर्जाको लागि अफर पाए भने त्यसपछि लगातार सौभाग्य, जूनतारा, सिमाना, जन्मजन्म, छहारी, दुश्मन, दाग, भीष्मप्रतिज्ञा, क्रोध, सहर, अप्सरा, अंशबन्डा, देउराली, खेलौना, भगवान्, देश परदेश, भाग्यले जुरायो, काइदा, जीवनदान, दादागिरी, मैले भुल्नै सकिनँ, अचानक, दुई मुुटु एक धड्कन, आधी बाटो, लक्ष्मी रानीलगायत दर्जनौं फिल्ममा अभिनय गरी दर्शकको मन जित्दै आएका छन्।

कम फिल्म बन्ने त्यो समयमा पनि धीरेनको व्यस्तता दिनरात नै हुने गर्दथ्यो। सयभन्दा बढी फिल्ममा अभिनय गरेका धीरेनले विभिन्न विधाका ७०–८० को हाराहारीमा म्युजिक भिडियोमा अभिनय गरेका छन्। विभिन्न विज्ञापनमा समेत छाउँदै आएका धीरेनले फिल्म र म्युजिक भिडियोका अलावा अहिले ज्यास्मिन फिल्म्स्मार्फत फिल्मसम्बन्धी उपकरण व्यवसायसमेत सञ्चालन गर्दै आएका छन्।

कहिले नेपाल, कहिले भारत

निरुता सिंह नेपाली चलचित्रकी नम्बर वान नायिका भनेर धेरैले उपमा दिएको समय पनि थियो। तर, अहिले उनको जीवन कथा पढ्ने समय भएको छ। किनकि, उनी पनि चलचित्र क्षेत्रको राजपछि अवकाश जस्तै बनेकी छन्। पलायनको सूचीमा रहेकी छन्।

कलकलाउँदो उमेरमा दार्जिलिङबाट टपक्क टिपेर निर्देशक तुलसी घिमिरेले चलचित्रमा छमछम नचाए, अभिनयमा उदाहरणीय बनाए। दक्षिणा चलचित्रबाट भित्रिएकी निरुताले नेपाली दर्शकको मनमा राज नै गरिन्। दर्पण छायाँको अपार सफलताले उनलाई नम्बर वान नायिकाको आसनमा राखेको नै थियो। तर, आफ्नो स्थान लामो समय जोगाउन सकिनन् र, पलायन भइन्। nullनिरुता सिंह ,नायिका

सन् १९७२ सेप्टेम्बर २६ तारिखका दिन भारतको, दार्जिलिङमा जन्मिएकी उनले आफ्नो बैंसको उमेर चलचित्रको रिलमा पूर्ण कैद भने गर्न सकिन्। उनको ‘मनमन्दिर’, ‘बन्धकी’, ‘दुई किनारा’, ‘आमाको काख’, ‘आफन्त’, ‘माइली’, ‘सन्तान थरीथरीका’, ‘ठुल्दाइ’, ‘अजम्बरी नाता’, ‘नाता रगतको’, ‘लहना’लगायत दर्जनौं चलचित्र सुपरहिटको सूचीमा छन्।

करिब एक दशक बढीको समय अभिनयबाट दूरी बनाएकी उनले केहीअघि विकासराज आचार्य निर्देशित चलचित्र ‘नाइँ नभन्नू ल ५’ बाट अभिनयमा कमब्याक गरिन्। यो चलचित्रमा उनको केमियो भूमिका थियो। तर, छोटो भूमिका भए पनि उनको अभिनयले दर्शकको मन जितेको थियो। यसपछि उनको नेपाली चलचित्रका लागि बाटो खुल्यो तर, त्यसलाई पनि उनले अझै समेट्न सकेकी छैनन्। उनको अहिले नेपाल र कहिले भारतमा हुने सामान्य कार्यक्रममा दैनिकी बितिरहेको छ।

कहिले व्यस्त, कहिले खाली

नायक निखिल उप्रेतीको फोटो पोस्टरमा आए नचल्ने चलचित्र नै हुँदैनथिए एक समय। ‘एक्सन’ चलचित्रका लागि उनकै नाम चर्चामा हुन्थ्यो। सात तला माथिबाट हामफालेर समेत चलचित्रमा एक्सन दिन तयार उप्रेतीको ‘डाइलग’को सिको गर्ने युवा धेरै थिए। तर, अहिले निखिल यो क्षेत्रबाट गुमनाम जस्तै छन्। पिँजडा नामक फिल्मबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका एक्स न स्टार निखिलको पहिलो फिल्मबाट नै उनले चर्चा कमाए। पिँजडामा ७ तलाबाट हाम फालेपछि निखिलले एकपछि अर्को फिल्म पाउँदै गए। पहिलो फिल्म खेल्दा उनी भारतमा संर्घषरत थिए।

निखिल उप्रेती,नायक

त्यसपछि उनलाई भ्याइँनभ्याइ भयो। उनको चर्चा चुलिएपछि कुनै समय निखिलले एकै वर्षमा १६ वटा फिल्मसमेत खेलेका थिए। भविष्य खोज्न बलिउड पुगेका निखिललाई उनकै जिल्लावासी कलाकार पवन मैनालीले फिल्ममा ब्रेक दिएका थिए। सानोतिनो स्टन्ड गरेर स्कुले जीवनमै गृहनगर सर्लाहीमा आफ्नो अलग नाम त्यतिबेलै बनाइसकेका निखिललाई मौका पाएमा चलचित्रमा काम गर्न सक्छु भन्ने लागेको थियो तर अवसर पाएका थिएनन्। यसैले गर्दा पनि हुन सक्छ पवनले उनलाई ब्रेक दिएका थिए।

त्यही मौकाको सदुपयोग गर्दै उनले साततल्ले घरबाट जम्प मात्र गरेनन, गुडिरहेको गाडीमा पनि स्टन्ड गरेका थिए। यसरी डेब्यु फिल्ममै सबैको ध्यान आफूतिर तान्न सफल निखिलले दोस्रो फिल्म मायाको जालमा पनि पुलको पाइपमा हिँडेर चर्चा बटुका थिए। त्यसपछि एक्सन मन पराउनेको लागि उनी एक्सन स्टार नै भए। कतै केमियो त कतै फुल रोलमा भएता पनि उनको एक्सनको चर्चा बढी भएको पाइन्छ।

उनको जन्म सन् १९८० अगस्ट १० मा सर्लाही जिल्लामा भएको हो। उनलाई नेपाली चलचित्र उद्योगकै उत्कृष्ट एक्सन् अभिनेता एवं स्टन्टकर्ताका रूपमा लिइन्छ। नेपाली चलचित्र जगत्मा एक्सन् चलचित्रहरूप्रति दर्शकको रुचिको प्रेरणा स्रोतको रूपमा पनि उनलाई हेरिन्छ। उनले अहिलेसम्म ११० वटा भन्दा बढी चलचित्रहरूमा अभिनय गरिसकेका छन् र अनेक पुरस्कारहरू पनि प्राप्त गरेका छन्। अहिले नायक निखिल उप्रेतीको कमब्याक केही हदसम्म सफल मानिन्छ। तर, उनका चलचित्र पहिलेजस्तो चल्न छाडेका छन्।

फर्कने सम्भावना न्युन

मोटा पाखुरा, अग्लो कदको शरीर र लामो कपाल अनि हात र घाँटीमा सुनचाँदीका गहना लगाएर मत्ता स्वभाव देखाउने एक खलनायक ‘भिलेन’ कलाकार हुन् मुकुन्द थापा। थापालाई खलनायक भूमिकामा धेरैले रुचाए। यो क्षेत्रमा उनले राम्रो स्थान पनि बनाए।

हरेक चलचित्र निर्माण गर्दा यो भूमिकामा उनी रोजाइमा नै पर्थे। तर, पछिल्लो समय उनी पनि यो क्षेत्रबाट हराएका छन्। मुकुन्दको पहिलेको जस्तो डरलाग्दो रूपलाई दर्शकले पर्दामा नदेखेको धेरै भइसकेको छ। उनको पछिल्लो चलचित्र नै ‘लुटेरा’ हो। जुन प्रदर्शनमा आएको नै नौ वर्ष भइसकेको छ। बरु उनलाई हिजोआज दर्शकले टेलिसिरियलमा फाट्टफुट्ट देख्दै आएका छन्।

मुकुन्द थापा,खलनायक

काठमाडौं छाडेर पछिल्लो समय पनौतीस्थित घरमै बस्दै आएका थापा अहिले आफू आराम गरिरहेको बताउँछन्। स्वास्थ्यमा समस्या आएपछि उनी केही समय अस्पतालमा पनि बस्नुपर्‍यो। उपचारपछि घरमै बसेर आराम गरिरहेको उनी बताउँछन्। थापाले पनौतीमा पोल्टीफार्मसमेत सञ्चालन गरेका थिए, तर कोरोना महामारीका कारण बन्द गरेका थिए। काभ्रेमा जन्मिएका मुकुन्दले ‘आँधीबेहरी’बाट फिल्मी करिअर सुरुआत गरेका थिए। मार्सल आर्टमा ‘ब्ल्याक बेल्ट’ उनी खेलाडीका साथै पूर्वसैनिकसमेत हुन्।

‘मजदुर’मा ‘भिलेन’को भूमिकामा प्रस्तुत भएपछि मुकुन्दले कहिल्यै पछाडि फर्किएर हेर्नु परेन। ‘करण अर्जुन’, ‘जीवनदाता’, ‘सावधान’, ‘मैदान’ जस्ता चलचित्रले उनको व्यस्तता बढ्यो। ‘मैदान’मा भीमसेन खत्री पात्रको ‘भिलेन’ चरित्र निर्वाह गरेपछि उनलाई सोही नामले चिन्ने दर्शकहरू बढी भए। अहिले पनि धेरै दर्शकले उनलाई मुकुन्द थापाभन्दा भीमसेन खत्री भनेर चिन्ने गर्छन्। सो चलचित्रमा काम गरेपछि चिन्नेसँगै डराउने दर्शकहरूसमेत धेरै भएको उनी स्मरण गर्छन्।

‘फ्ल्यास ब्याक’, ‘कहाँ छौं कहाँ’, ‘भाग्य विधाता’, ‘इतिहास’, ‘सुन्दर मेरो नाम’, ‘कालापानी’, ‘लुटेरा’जस्ता थुप्रै चलचित्रहरू छन् जहाँ मुकुन्द डरलाग्दो भिलेनको रूपमा प्रस्तुत छन्। सो समय उनको व्यस्तता यस्तो थियो, सेड्युल मिलाएर दिनमै तीनवटासम्म चलचित्रमा अभिनय गर्न भ्याउँथे। अब त यो क्षेत्रमा फर्कने सम्भावना अलि कमै देख्छन् उनी आफैं।