Home Blog Page 26

धादिङमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

धादिङमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। त्रिपुरासुन्दरी गाउँपालिका-५ थापाकटेरीमा ५५ वर्षीया राममाया कँडेलको हत्या भएको छ।

राममायाको हत्या आरोपमा प्रहरीले उनकै ३० वर्षीय छोरा यमबहादुर कँडेललाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालका अनुसार यमबहादुरले धारिलो हतियार प्रहार गरी आमा राममायाको हत्या गरेको आरोप छ।

हत्या गरेको खबरपछि जिल्लाबाट डिएसपी प्रकाश दाहालको टोली घटनास्थलमा खटिएको थियो। टोलीले यमबहादुरलाई हतियारसहित पक्राउ गरेको थियो।

जेन–जी प्रदर्शनका क्रममा कारागारबाट फरार कैदीबन्दी सम्पर्कमा आएनन्, आज साँझसम्मको समय

कञ्चनपुर । जेन–जी प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट फरार रहेका कैदी तथा थुनुवालाई आज साँझसम्म फिर्ता समय सीमा निर्धारण गरिएको छ । फरार कैदी बन्दी खोजी तथा पक्राउ कार्यदलको आइतबार बसेको बैठकले कारागारबाट फरार रहेका पुरुष, महिला कैदी तथा थुनुवालाई आज साँझ ५ बजेसम्म कारागारमा फर्किनका लागि सयम सीमा दिइएको हो ।

यस अघिसमेत जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र कारागार कार्यालयबाट फरार रहेका कैदी तथा थुनुवालाई सम्पर्कमा आउनका लागि सूचना प्रकाशित गरिएको थियो । “सूचना प्रकासित भएपछि केही कैदी तथा थुनुवाहरु सम्पर्कमा आए” कारागार कार्यालय कञ्चनपुरका निमित्त कारागार प्रशासक रामदत्त जोशीले भने, “अझै केही कैदी तथा थुनुवा सम्पर्कमा आएका छैनन् ।”

उनका अनुसार निर्धारित समय सीमाभित्र नफर्कने कैदी तथा थुनुवालाई कारागार ऐन २०७९ र अन्य प्रचलित कानून अनुसार कारबाही हुने छ । फरार कैदी तथा थुनुवालाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई कसूरदार ठानी प्रचलित कानून अनुसार कारबाही हुने उनले बताए ।

फरार रहेका कैदी तथा थुनुवालाई कारागारमा बुझाइ दिनका लागि सम्बन्धित कैदीका परिवारजन, समुदाय, नागरिक संस्था तथा सरोकारवालासँग कारागार कार्यालयले अनुरोधसमेत गरेको छ ।

कारागारका निमित्त प्रशासक जोशीका अनुसार गत भदौ २४ गते चार सय ७८ जना कैदी तथा फरार भएका थिए । तीमध्ये अझै एक सय १६ जना कैदी तथा थुनुवा फरार रहेका छन् । फरार कैदी तथा थुनुवा केही आफैँ कारागारमा फर्किका हुन् भने केहीलाई प्रहरीले पक्राउ गरी कारागारमा बुझाउने कार्य गरिरहेको छ ।

इलाममा बाढी-पहिरोले कम्तिमा १८ जनाको मृत्यु

लगातारको भीषण वर्षाले निम्त्याएको पहिरोले इलाममा ठूलो मानवीय क्षति भएको छ। आइतबार बिहानसम्म पहिरोले कम्तीमा १८ जनाको ज्यान लिइसकेको प्रहरीले जनाएको छ। कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेलले दिएको जानकारी अनुसार जिल्लाका विभिन्न स्थानमा खसेको पहिरोले कम्तीमा १८ जनाको ज्यान गएको छ।

‘विभिन्न ६ वटा ठाउँमा गएको पहिरो जाँदा कम्तिमा १८ जनाको मृत्यु भएको पुष्टि भएको छ,’ एसएसपी पोखरेलले भने। इलामका सुर्योदय, देउमाई, माङसेवुङ, फाकफोकथुम र इलाम नगरपालिकामा पहिरोका कारण ठूलो जनधनको क्षति भएको स्थानीय प्रशासनले जनाएको छ।

सुर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा खसेको पहिरोमा ५ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ। त्यस्तै, माङसेवुङ गाउँपालिका–१ पाटीगाउँमा ३ जना, देउमाई नगरपालिका–५ धारेमा १ जना र सोही नगरपालिकाको धुसुनेमा २ जनाको मृत्यु भएको छ।

यस्तै, फाकफोकथुम गाउँपालिका–३ रातमाटेमा १ जनाको मृत्यु भएको छ भने इलाम नगरपालिका–५ घोसगाउँमा ६ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार अहिले पनि केही स्थानमा पहिरो खसेको खबर आइरहेको छ। उद्धार तथा राहत कार्यमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा खटिएका छन्।

लगातारको वर्षाका कारण इलामका अधिकांश ग्रामीण सडक अवरुद्ध छन् र जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ। पहिरोमा परेर बेपत्ता संख्या बढन सक्ने प्रहरीको अनुमान छ।

खोलाले बगाउँदा तीन वर्षीया बालिकाको मृत्यु

त्रियुगा नगरपालिका–५ दमौटीमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा उजन राईकी छोरी तीन वर्षीया रेबिका राई रहेकी छिन्।

शनिबार दिउँसो २ बजे बालिका खोला नजिकै खेल्ने क्रममा खोलाले बगाएको थियो। बालिकाको शवलाई प्रकृया पूरा गरी आफन्तको जिम्म लगाइएको छ।

घट्नाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिए।

लामो दूरीका यातायात तीन दिनका लागि बन्द

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेकोले लामो दूरीका यातायात सञ्चालन बन्द गर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको हो ।

‘भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावत मिति २०८२ असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको बेहोरा निर्देशानुसार जानकारी गराइन्छ’, प्राधिकरणले सूचना मार्फत भनेको छ ।

उक्त अवधिमा यातायात व्यवसायी लगायत कसैले पनि अत्यावश्यक बाहेकका लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधन नचलाउन, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले सवारीसाधन आवतजावत बन्द गर्न तथा गराउन एवं सोको निरन्तर अनुगमन तथा निगरानी गर्न समेत प्राधिकरणले आग्रह गरेको छ ।

चालकहरूलाई नागढुंगामा प्रहरीको आग्रह– पहिरो पन्छाउने अवस्था छैन, काठमाडौँतर्फ फर्किनुहोला

काठमाडौँ । काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारी साधनका चालकहरूलाई ट्राफिक प्रहरीले काठमाडौँतर्फै फर्किन आग्रह गरेको छ ।

धादिङको विभिन्न स्थानमा पहिरो गएको र त्यसलाई तत्काल हटाउने स्थिति नरहेको भन्दै प्रहरीले काठमाडौँको प्रमुख नाका नागढुंगामा माइकिङ गर्दै काठमाडौँतर्फ नै फर्किएर सुरक्षित रहन आग्रह गरेको हो ।

अत्यधिक वर्षाको प्रक्षेपण भएकोले पहिरो पन्छाउन समय लाग्ने देखिएकोले यस्तो आग्रह गरिएकाे प्रहरीले जानकारी दिएकाे छ ।

जुटपानी चौकी मर्मतको लागी उदयपुर सामुदायिक वनको सहयोग

उज्यालो नेपाल- जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनीबाट क्षतीग्रस्त भएको जुटपानी प्रहरी चौकी मर्मतको लागी उदयपुर सामुदायिक वनले सहयोग प्रदान गरेको छ । आगजनीबाट क्षतिग्रस्त भएका कार्यालयको झ्यालढोका मर्मतको लागी सामुदायिक वनले ३८ क्युबफिट काठ सहयोग प्रदान गरेको अध्यक्ष शंकर लामाले जानकारी दिए ।

समाजमा शान्तीसुरक्षा कायम गर्न र चोरी तस्करी नियन्त्रणको लागी प्रहरीको उपस्थिति अनिवार्य रहेको उल्लेख गर्दै अध्यक्ष लामाले ‘सामुदायिक वन आफै आन्दोलनको चपेटामा परेको भएता पनि’ चौकी मर्मतको लागी सो सहयोग उपलब्ध गराईएको बताए ।

आन्दोलनकै क्रममा गत भदौ २४ गते राती सामुदायिक वनको कार्यालयमा समेत आगजनी, तोडफोड र लुटपाट भएको थियो। राती ११ बजे हातहतियार सहित आएका नकाबधारी समुहले वनको कार्यालयमा रहेका महत्त्वपूर्ण कागजात, उपभोक्ताहरूलाई कम्प्युटर तालिम दिन भनेर राखिएको ५० स्थान कम्प्युटर लगायतका सामग्री जलाएर नष्ट बनाएका थिए ।

सो क्रममा ५०० क्युफिट भन्दा बढी काठ र विभिन्न समयमा तस्करहरूबाट बरामद गरेर राखिएका काठ तस्कर गर्न प्रयोग गरिने नौ थान साइकल समेत लुटपाट गरेर लागिएको अध्यक्ष लामाले जानकारी दिए। लुटपाट र आग्जनीबाट ६० लाख भन्दा बढीको क्षति भएको बताइएको छ।। सो समूहले लगाएको आगो जुटपानीबाट आएको नेपाली सेनाको टोली र स्थानीयले नियन्त्रणमा लिएका थिए।।

६० लाख भन्दा बढीको क्षति व्योहोरे पनि सो वनले सामाजिक उत्तरदायित्व अन्तर्गत चौकी मर्मतको लागी काठ सहयोग गरेको हो।

नेक्साले लियो उपत्यका प्रहरी कार्यालय रंगरोगन तथा मर्मतको जिम्मा, सहयोगको लागि अपिल

काठमाडौँ- नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा) ले काठमाडौँ उपत्यका प्रहरी कार्यालय (मेट्रो), रानीपोखरीको भवन रंगरोगन तथा मर्मत सम्भारका लागि सहयोग गर्न सदस्य तथा सरोकारवालाहरूलाई आग्रह गरेको छ।

भदौ २३ र २४ गते सम्पन्न जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेक्साले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। मंगलबार बसेको बैठकले सोही आन्दोलनको सन्दर्भमा प्रहरी कार्यालयको पुनर्निर्माण तथा आवश्यक सामग्री उपलब्ध गराई कार्य अघि बढाउने निर्णय गरेको हो।

संघका अनुसार सम्पूर्ण भवनमा रंगरोगन, प्लास्टर र अन्य मर्मत सम्भार गर्ने जिम्मेवारी नेक्साले लिएको छ। प्रारम्भिक अनुमानअनुसार यस कार्यको लागत करिब २५ देखि २६ लाख रुपैयाँ पर्नेछ। अधिकांश सदस्यहरूको कार्यक्षेत्र नजिक रहेको भन्दै उक्त भवनलाई विशेष प्राथमिकताका साथ पुनर्निर्माण गर्ने निर्णय गरिएको छ।

“प्रहरी हाम्रो साथी – शिक्षासँग सहकार्य” भन्ने मूल नारासहित सञ्चालन हुने यस अभियान अन्तर्गत आवश्यक आर्थिक, भौतिक तथा श्रम सहयोगका लागि संघले सबै सदस्यलाई आग्रह गरेको छ। यस कार्यको समन्वय सचिव खिलबहादुर श्रेष्ठ (के.बी.) को नेतृत्वमा रहने टोलीले गर्नेछ।

सहयोग रकम संकलनका लागि सानिमा बैंक लिमिटेड, पुतलीसडक शाखामा खाता खोलिएको छ।

खातावाला संस्था: नेपाल शैक्षिक परामर्श सेवा संघ

खाता नम्बर: ०७७०१००१००००८६४

सम्पर्क नम्बर: ९८५१४००२२६

त्यसै गरी, विभिन्न स्थानमा कोष संकलनका लागि जिम्मेवारी तोकिएका व्यक्तिहरूलाई पनि सम्पर्क गर्न सकिनेछ:

बागबजार – विनोद भण्डारी (९८५१३४२४१३)

चाबहिल – अर्जुन घले (९८०१३५४१४७)

कोरिया – सन्दीप त्रिपाठी (+८२ १० ३४९७ ९८०३)

बानेश्वर – भीष्मराज बम्जन (९८५१३५१९९२२)

पुतलीसडक – दिपक भण्डारी (९८५११२३३६)

नेक्साले प्रहरी संस्था सबल हुँदा मात्र समाजमा सुरक्षाको अनुभूति हुने भएकाले यो अभियानलाई सबैले सहयोग गर्ने विश्वास व्यक्त गरेको छ।

चितवनमा अवैध काठको गोलिया सहित बोलेरो नियन्त्रणमा

रत्ननगर- चितवनको कालिका नगरपालिकामा अवैध काठको गोलिया सहित बोलेरो गाडी नियन्त्रणमा लिइएको छ । गत भदौ ३१ गते विहान ३ थान सालको गोलिया सहित कालिकाको वडा नं. १ बाट प्र.३-०३-००१ च १८६ नम्बरको बोलेरो नियन्त्रणमा लिईएको उदयपुर सामुदायिक वनका अध्यक्ष शंकर लामाले जानकारी दिए।

लामाका अनुसार वन समिति तथा हेरालुको टोलीले कालिका ७ लाहुरेचोक नजिकबाट सो गाडी नियन्त्रणमा लिन खोज्दा चालकले गाडी भगाएको र पिछा गर्ने क्रममा वडा नं. १ को केरा घारीमा लुकाईछिपाई राखेको अवस्थामा गाडी फेला पारिएको हो। गाडीको चालक भने फरार छन् ।

नियन्त्रणमा लिईएको काठ र गाडीलाई थप अनुसन्धानको लागी डिभिजन वन कार्यालय भरतपुर पठाईएको छ ।

रविले भने- ‘अब चाहिँ अन्याय हुँदैन भन्ने आशा सहित म कारागार फर्कँदैछु’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब आफूमाथि अन्याय नहुने आशासहित पुनः कारागार जान लागेको बताएका छन्।

शनिबार आफ्नो जन्मदिनकै दिन एक भिडियो सन्देश जारी गर्दै उनले नवनियुक्त प्रधानमन्त्रीप्रति विश्वास व्यक्त गर्दै आफूमाथि लागेका मुद्दाहरूको न्यायिक निरुपणको सामना गर्न तयार रहेको बताए।

साथै, उनले देशको विषम परिस्थितिलाई सम्बोधन गर्न अन्तरिम सरकारसमक्ष पाँच-बुँदे माग प्रस्तुत गरे।

आफ्नो ३० वर्षे सार्वजनिक जीवनको जवाफदेहितालाई स्मरण गर्दै लामिछानेले पछिल्लो सरकारले आफूमाथि चरम राजनीतिक प्रतिशोध साँधेको आरोप लगाए।

‘आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ। अब चाहिँ अन्याय हुन्न भन्ने आशा सहित म कारागार जाँदैछु,’ उनले भने, ‘सहकारीको साइनो नभएको मान्छेलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण सहितको मुद्दा लगाउनु पर्ने हो कि होइन भन्ने कुरा म नयाँ सरकारको विवेकमाथी नै छोड्न चाहन्छु।’