Home Blog Page 49

भिषण बाढिपहिरोमा निधन हुनेको संख्या ११२ पुग्यो, ६८ जना अझै बेपत्ता, थप विवरण आउन बाँकी

काठमाडौं । गत शुक्रबार र शनिबार परेको अविरल वर्षासँगै आएको भिषण बाढि पहिरोमा परेर निधन हुनेको संख्या ११२ पुगेको छ । देशैभरि अझै ६८ जना हराइरहेका छन् । गृहमन्त्रालयले हिजो अपरान्हसम्मको विवरणमा भने ६८ जनाको मात्रै निधन भएको जनाएको छ ।

देशव्यापी रुपमा संकलन गरिएको तथ्याङ्क अनुसार करिब ३० वर्षपछि सबैभन्दा धेरै वर्षा भएको छ । त्यस्तै काठमाडौं उपत्यकामा ५४ वर्षपछि सबैभन्दा धेरै वर्षा भएको छ । उपत्यकामा मात्रै ६५० मिलिलिटर पानी परेको जनाइएको छ ।

देशव्यापी रुपमा आएको बाढी पहिलोमा परेर काभ्रेमा ३४, ललितपुर जिल्लामा २० जना, धादिङमा १५ जना, काठमाडौंमा १२ जना, भक्तपुरमा ५ जनाको निधन भएको छ । राजधानी उपत्यकामा तीन जिल्लामा मात्रै ३७ जनाको निधन भएको छ ।

त्यसैगरी, मकवानपुरमा ७ जनाको निधन भएको छ भने सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको निधन भएको छ । भिषण बाढीबाट सोलुखुम्बुमा २ जना, धनकुटामा २ जनाको निधन भएको छ । रामेछापमा १ जना, महोत्तरी, सुनसरीमा १ जना गरी कूल ११२ जनाको निधन भएको विवरण प्राप्त भएको छ ।

सोही क्षेत्रमा हालसम्म ६८ जना बेपत्ता भएको खवर प्राप्त भएको छ । यद्यपि सञ्चार सम्पर्कमा आएको कठिनाई तथा अविरल वर्षाका कारण विद्युत आपूर्तिमा समस्या भएकोले अझै कतिपय क्षेत्रमा भएको मानवीय क्षतिको विवरण आउन बाँकी छ ।

पाठक प्रतिक्रि

गोरखाको लापुबेँसीबाट छुटेको बस दुई दिनदेखि सम्पर्कबिहीन

काठमाडौँ– गोरखाको धार्चे गाउपालिका लापुबेँसीबाट काठमार्डाैँका छुटेको बस दुईदिनदेखि सम्पर्क बेपत्ता भएको छ। जिल्लाको दरौँदी यातायातका अध्यक्ष नारायण खत्रीका अनुसार ना ४ ख २२७० नम्बरको बस असोज ११ गतेरातिदेखि हराएको हो।

‘११ गते छुटेको बस त्यही दिन राति १० बजे खानीखोलासम्म सम्पर्कमा थियो,’ खत्रीले हिमालप्रेससँग भने,‘त्यसपछि भने कसैसँग सम्पर्क भएको छैन। आजसम्म पनि कोही कसैसँग सम्पर्क नभएपछि कम्पनीले आफ्नोतर्फबाट खोजी गरिरहेको छ।’

उनका अनुसार बसमा चालक र दुईजना सहचालक मात्र भएको बुझिएको छ। अन्य यात्रु भए नभएको स्पष्ट हुन सकेको छैन।

मोडल कृतिको “हजारको नोट” सार्वजनिक(भिडियो सहित)

चितवन,असोज ११- मोडल कृति भट्टराईको “हजारको नोट” सार्वजनिक भएको छ। शुक्रबार गायक कस्तुप पन्तको आफ्नै युट्युव च्यानल मार्फत सो गितको भिडियो सार्वजनिक भएको हो।

गायक कस्तुप पन्तको शब्द तथा संगित रहेको सो गितमा लोकप्रीय गायक हिमाल सागर र अनु चौधरीको स्वर रहेको छ।

सुमन राना र खुमन राना रेकर्डिस्ट रहेका सो गितलाई विशाल निरौलाले एरेन्ज गरेका हुन।

सार्वजनिक सो भिडियोमा हिमाल सागर र मोडल कृति भट्टराईको अभिनय रहेको छ।

झापा,विर्तामोड-८ स्थित देउनिया निवासी कृतिको यो डेव्यु गित हो। मिस प्रदेश नं १ कि विजेता समेत रहेकी कृति पछिल्लो समय अभिनय र मोडलिङ्गमा व्यस्त रहेकी छन।

मोडलिङ्गमा नै आफ्नो भविष्य तय गरिरहेकी कृतिले यस गित सङ्गै आफुलाई अनुकुल भए अनुसार अवसर आए म्युजिक भिडियो र चलचित्रमा समेत काम गर्ने बताएकी छन।

बान्दे प्रसादको सम्पादन रहेको सो भिडियोको छायांकन राम शरण उप्रेतीले गरेका हुन।

रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको सो भिडियो सारथि म्युजिकले बजारमा ल्याएको हो।

(भिडियो)

नारायणी र पूर्वी राप्ती लगायत कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ?

चितवन । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ ।

आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने उल्लेख गर्दै महाशाखाले जल सतह बढ्न सक्ने नदीहरूको विवरण सार्वजनिक गरेको हो ।

असोज ११ गते नारायणी नदीमा उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहने विभागको अनुमान छ । यस्तै कन्काई नदी ११ गते उच्च जोखिम हुने र अरु समयमा मध्यम जोखिम हुने जनाइएको छ । कमला नदी असोज ११ गते उच्च र १२ गते मध्यम तथा बागमती नदी पँधेरा दोभानमा ११ गते उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहेको महाशाखाले जानकारी गराएको छ ।

यस्तै पूर्वी राप्ती रजैयामा असोज ११ गते मध्यम जोखिम रहेको छभने असोज १२ गते उच्च जोखिम रहेको विवरण सार्वजनिक गरेको छ । यस्तै पश्चिम राप्ती कुसुममा असोज ११ गते मध्यम जोखिम रहेको तर असोज १२ गते भने अति उच्च जोखिम रहेको तथा बबई नदी असोज ११ गते मध्यम जोखिम छभने असोज १२ गते अति उच्च जोखिम रहेको जनाइएको छ ।

यी उच्च र मध्यम जोखिम रहेका नदी तथा त्यसका सहायक नदीहरूमा जलसतह खतराको तह आसपास र केही क्षेत्रमा खतराको तहसमेत पार गर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । अबको तीन दिन ती नदी तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध पनि गरिएको छ । असोज १४ गतेदेखि भने यस प्रणाली कमजोर हुने जनाइएको छ ।

विपद् प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले नदी आसपासका बासिन्दा, डुबान हुने क्षेत्रका बासिन्दा र पहिरो खस्ने जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरेका छन् । उनले विपद् पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको निर्णयानुसार उच्च जोखिम रहेका ५६ जिल्लामा रात्रिकालीन बस नचलाउन आग्रह गरिएको पनि जानकारी दिए ।

रत्ननगर १५ का भजन र आमा समुहलाई बाध्यवादन सामग्री

रत्ननगर । रतननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका भजन समूह र आमा समुहलाई बाध्यबादन सामग्री प्रदान गरेको छ ।

चालु आर्थिक बर्षको बजेटबाट सो वडाले गणेश मन्दिर सहित तीन वटा भजन समुह र दुईवटा आमा समुहलाई बाध्यबादन सामग्री वितरण गरिएको वडाध्यक्ष आशिक तामाङले जानकारी दिए ।

सरस्वती भजन समुहलाई पोसाक, सरस्वती आमा समुहलाई स्पिकर, मादल, खैजेडी, मुजुरा, झुर्मा, कर्ताल, त्रिशक्ति नवदुर्गा भजन समुह र पञ्चज्योति आमा समुहलाई स्पिकर, मादल, खैजेडी, मुजुरा, झुर्मा, कर्ताल, र गणेश मन्दिरलाई  मादल, खैजेडी, मुजुरा, झुर्मा, कर्ताललगायतका बाध्यबादन सामग्री प्रदान गरिएको वडाध्यक्ष तामाङले जानकारी दिए ।

सोही अबसरमा वडा भित्रका फुटबल टिमलाई पोसाक र जुत्ता प्रदान गरिएको छ । वडाध्यक्ष तामाङले धर्म संस्कृतिको संरक्षणसंगै युवा पुस्तामा परम्परागत संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले वडा भित्रका आमा समूह र भजन समुहलाई संस्कृतिक सामग्री वितरण गरिएको बताए ।

हामी धर्म र संस्कृतिको हिसावले धनी छौं उनले भने यसलाई जोगाई राख्ने दायित्व स्थानीय सरकारको हो । वडा सदस्यहरु इमप्रसाद पन्त, शिवप्रसाद तिवारी, लिलादेवी पोखरेल, रुकमाया परियार, लगायतले उपस्थिति रहेको थियो ।

सो वडा कार्यालयले केही दिन अघि १५ जना सुत्करी तथा गर्भवतीलाई कुखुराको भाले सहित पोष्टिक आहार र आपाङ्गता भएका जीवन घलानलाई इलेक्टिक ह्विलचियर प्रदान गरेको थियो । त्यसैगरी सो वडाले गोरखकाली भजन समूह, शिवज्योति भजन समुहलाई राष्ट्रिय पोसाक वितरण गरेको थियो ।

कालिकाका चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान

चितवन। नगरपालिकाको पहाडी गाउँ घुमेर कार्यालय आइपुग्नुभएका कालिका नगर प्रमुख विनोद रेग्मीले चेपाङ गाउँका खेतबारीमा लहलह धान फलेकामा खुसी व्यक्त गर्नुभएको छ । प्रमुख रेग्मीको नेतृत्वको टोलीले लोपोन्मुख चेपाङ समुदायको बाहुल्यता रहेको तीनवटा वडाका जनतासँग प्रत्यक्ष भेटघाटपछि चेपाङ बस्तीमा धानका बाला झुली परिवर्तन आएकामा खुसी व्यक्त गरेको हो ।

चितवन जिल्लाको कालिका नगरपालिकाअन्तर्गत पहाडी क्षेत्रका तीनवटा वडामा चेपाङ समुदायको बाहुल्यता छ । त्यहाँ बसोबास गर्ने अधिकांश घरपरिवारलाई वर्षमा तीन महिनाभन्दा बढी आफ्नै बारीको उत्पादनले खान पुग्दैन । पछिल्ला दिनमा नगरपालिकाले उत्प्रेरणा र सहयोग गरेपछि आत्मनिर्भर हुनका लागि पहाडी गाउँका चेपाङ समुदाय कृषि कर्ममा जुट्ने गरेका छन् ।

प्रमुख रेग्मीले भन्नुभयो, “पहिला बाँझो रहने पाखो बारीमा अहिले सिँचाइको व्यवस्था भएसँगै धानका बाला झुलेका छन्, लोपोन्मुख चेपाङ बस्तीमा यस्तो देख्दा आनन्दको अनुभव हुन्छ ।”

कालिका नगरपालिका–९, १० र ११ मा चेपाङ समुदायको उल्लेख्य बस्ती छ । ती बस्तीमा यदाकदा धान देखिए पनि धेरै बारी बाँझो हुन्थे । पछिल्ला दिनमा पानीको व्यवस्था गरी ती बारीमा धान बाली लगाउन थालेपछि स्थानीय जनताको जीवनस्तर सुधार भएको पाइन्छ । कालिका नगरपालिका–११ का वडाध्यक्ष कृष्णबहादुर प्रजा गाउँमा खेती किसानीमा ध्यान दिने बढेको बताउनुहुन्छ । नगरपालिकाले विभिन्न किसिमका तालिमसँगै बीउ, मल, सिँचाइलगायतका शीर्षकमा सहयोग गर्ने गरेको छ । बाली संरक्षणका कार्यक्रम अघि बढेको छ । उहाँले भन्नुभयो, “पहिला धान नलगाएका ठाउँमा पनि धान रोप्न थालिएको छ ।”

पहिलेको भन्दा खेतीपाती लाउने चेपाङ दाजभाइ–दिदीबहिनीको सङ्ख्या बढेको वडाध्यक्ष प्रजा बताउनुहुन्छ । यद्यपि बाढीले बर्सेनि माटो तथा जमिन बगाउने समस्या देखिएको उहाँ बताउनुहुन्छ । नगरपालिकाले अनुदानमा उन्नत बोकासँगै बाख्रा वितरण गर्ने गरेको छ । मौरीका घार वितरण गरेर आत्मनिर्भर बनाउन लागिएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चेपाङ समुदायले अर्काको लिने होइन, दिने हो, उनीहरूलाई नै सहभागी गराइदिन सक्ने हैसियत बनाउन आवश्यक कार्यक्रम सञ्चालन गरेका छौँ ।” तीनवटा वडामा यकिन तथ्याङ्क नभए पनि १५ हजार हाराहारीमा चेपाङ जातिका मानिस रहेको उहाँको भनाइ छ ।

नगरपालिकाका कृषि शाखा प्रमुख उत्तम पौडेल बागमती प्रदेशले चेपाङ समुदायको उथानका लागि ‘चिउरी–चमेरो संरक्षण’ कार्यक्रम सञ्चालन गरेको बताउनुहुन्छ । नगरपालिकाले छ सय बिरुवा चिउरी र रातो फूलसहित चमेरो रमाउने ‘बोटल ब्रस’ जातका एक सय बिरुवा वितरण गरेको छ ।

यसैगरी, चिउरीलगायत बिरुवाको नर्सरी, टनेल निर्माण, अदुवा, हलेदोजस्ता नगदे बालीका बीउ र बिरुवा वितरण गरेको छ । धान र मकैको बीउ वितरण गर्ने, तालिम तथा सचेतना कार्यक्रम सञ्चालन गर्ने, रैथाने बाली संरक्षण गर्ने, पोषण र करेसाबारी निर्माणसम्बन्धी तालिम दिएको कृषि शाखा प्रमुख पौडेल बताउनुहुन्छ । स्थानीयलाई तालिम र सहयोग उपलब्ध गराएसँगै कृषि पेसातर्पm आकर्षण बढेको छ । आफूहरु जनप्रतिनिधि भएपछि चेपाङ समुदायलाई आयआर्जनमा जोड्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख रेग्मी बताउनुहुन्छ ।

नगरपालिकाले पोषणका लागि पशु–चौपाया उपलब्ध गराउँदै आएको छ । जुन ठाउँमा चेपाङ समुदायको बसोबास छ त्यही ठाउँमा उत्पादनमूलक कार्यक्रममा लाग्न सहयोग गरिएको प्रमुख रेग्मीको भनाइ छ । बाँदरको समस्या हुने भएकाले तिनीहरुले नखाने खेती प्रणालीमा जोड दिइएको छ । नगरपालिकाले बाख्रासँगै मौरीका घार वितरण गर्दै आएको नगर प्रमुख रेग्मीले जानकारी दिनुभयो ।

उहाँले थप्नुभयो, “अहिले चेपाङ बस्तीमा जानुभयो भने लहलह झुलेका धानबाली देख्न सक्नुहुन्छ, त्यो हामी सबैको उपलब्धि हो ।” धानखेतीका लागि बीउमा अनुदान, सुलभ मूल्यमा मलको व्यवस्थापन गरेर उत्साह थपेको उहाँ बताउनुहुन्छ । पहिला पहाडी क्षेत्रमा जग्गा बाँझै बस्ने गरेको पाखो जग्गा अहिले सुन्दर देखिने तरेली परेका खेतका गराका रुपमा देख्न सकिने प्रमुख रेग्मीले बताउनुभयो । उहाँले थप्नुभयो, “लोभलाग्दा गाँजसहित धानका बालाहरु झुलिरहेका मज्जासँग देख्न सकिन्छ ।” उत्पादन बढेको छ । रेग्मी भन्नुहुन्छ, “आगामी दिनमा चेपाङ समुदायलाई माग्ने होइन दिने गरी कृषि क्षेत्रमा संलग्न हुने गरी कार्यक्रम ल्याउँदैछौ ।”रासस

पेम्बा लामाको “भट्टिकि साहुनी”सार्वजनिक

काठमाण्डौ,असोज ६- लोकप्रीय युवा गायक पेम्बा लामाको नयाँ गित “भट्टिकि साहुनी”सार्वजनिक भएको छ। गत शुक्रबार गायक लामाको आफ्नै युट्युव च्यानल पिएस क्रीयसन(PS Creation) मार्फत सो गितको भिडियो सार्वजनिक भएको हो।

टुल्कु लामाको शब्द तथा छेटुप लामाको संगित रहेको सो गितमा स्वयं गायक लामाको स्वर रहेको छ। “बैमानी”, “जिउ लाग्ने” लगायतका गितको अपार सफलतापछि गायक लामाले उक्त तामाङ्ग सेलो दर्शक श्रोता माझ ल्याएका हुन।

प्रयास दोङ्ग रेकर्डिस्ट रहेका सो गितलाई जोगलाल लामाले एरेन्ज गरेका हुन। सार्वजनिक सो भिडियोमा प्रतीक ङ्यासुर,रिया लामा र बाल कलाकार सायना तामाङ्गको अभिनय रहेको छ।

अमृत चापागाईंको सम्पादन रहेको सो भिडियोको छायांकन जीवन बास्कोटा”सुन्दर”ले गरेका हुन। लाक्पा दोर्जे तामाङ्गको कोरियोग्राफी रहेको सो भिडियोलाई प्रतीक ङ्यासुरले निर्देशन गरेका हुन। पिएस क्रीयसनको निर्माणमा बनेको सो भिडियोमा युवा युवती बिचको प्रेम भावलाई उतारिएको छ।

(भिडियो)

आइसीसी विश्वकप लिग-२ मा जित्नैपर्ने दबाबबीच क्यानडासँग खेल्दै नेपाल

काठमाडौं। नेपालले आइसीसी विश्वकप लिग-२ अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दै छ। यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुँदै छ।

यस सिरिजमा लगातार दुई खेलमा हार बेहोरेर नेपाल दबाबमा रहेको छ। नेपालले पहिलो खेलमा क्यानडासँग १०३ रनले हार बेहोरेको थियो भने दोस्रो खेलमा ओमानसँग एक विकेटले हार बेहोरेको थियो।

लिग-२ मा नेपालले अहिलेसम्म ५ खेलमा हार व्यहाेरेको छ र अंक तालिकामा सातौं स्थानमा छ। लगातारको हारपछि नेपाल जित्नै पर्ने दबाबमा आज क्यानडासँग खेल्दै छ।

नेपाल र क्यानडाले अहिलेसम्म ४ एकदिवसीय खेल खेलेका छन्। जसमा नेपालले ३ जित हासिल गरेको छ भने एक खेल क्यानडाले जितेको छ। त्यस्तै लिग-२ मा क्यानडाले भने अहिलेसम्म १० खेलमा ६ जित हासिल गरेको छ भने १२ अंकसहित दोस्रो स्थानमा रहेको छ।

यस सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोली क्यानडा पठाएको छ। नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन्। त्यस्तै देव खनाललाई ट्राभलिङ रिजर्भमा रहेका छन्।

भरतपुरमा डाक्टर साथीको शुभारम्भ : अब अस्पतालको सेवा घर घरमा

असोज ५, चितवन । घरघरमै चिकित्सकीय सेवा दिने उद्धेश्यसहित भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित दुरसञ्चार रोडमा डाक्टर साथी प्याथोलोजी तथा होम केयर सर्भिसेजको सेवा शुभारम्भ गरिएको छ ।

उक्त संस्थाको भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनाल र उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र ओली लगायतले उद्धघाटन गर्नुभएको हो ।

उद्धघाटनपछि बोल्दै उपप्रमुख अधिकारीले मेडिकल सिटी भरतपुरमा यसप्रकारको सेवा दिनु यहांँका नागरिकलाई अवसर भएको बताउनु भयो । ‘डाक्टर साथीको उद्धेश्य , अवधारणा नयांँ छ , उहांँले भन्नुभयो, यसले नागरिकको स्वास्थ्य सेवा पहुंँच पुर्याउंँ भन्ने बिषयमा आशावादी छु ।’

भरतपुरका अधिकांशको घरमा बृद्धाबृद्धा तथा बालबालिकाहरु आफै अस्पताल आउन नसक्ने हुंँदा पनि डाक्टर साथीको सेवालाई त्यस्ता लक्षित वर्गलाई मदत पुग्ने उहांँले बताउनु भयो ।

डाक्टर साथीले आफ्नो पेशा व्यवसायको साथै स्वास्थ्य सेवाको पहुंँचमा नरहेका निम्न वर्गका सेवाग्राहीलाई सेवा दिएर संस्थागत सामाजिक उत्तरदायित्व गर्ने बिषयमा जोड दिन उहांँले आग्रह गर्नुभयो ।

बिशिष्ट अतिथि वडा अध्यक्ष खनालले वडा नम्बर १० मा अस्पताल धेरै भएको वडा रहेको भन्दै डाक्टर साथीको यस अवधारणाले मेडिकल क्षेत्रमा नयांँ आया थपिने बताउनु भयो ।

भरतपुरमा यसप्रकारको सेवा नयांँ रहेकोले यसलाई थप प्रभावकारी बनाउन गुणस्तरीय सेवा दिनुपर्नेमा उहांँले जोड दिनुभयो । यस्ता प्रकारका स्वास्थ्य संस्थाहरुलाई वडाले हर किसिमले सहयोग गर्न आफू सदैव तयार रहेको खनालको भनाई थियो ।

यस्तै अर्का विशिष्ट अतिथि उवासंघ उपाध्यक्ष ओलीले युवाहरुको लगानी र प्रयासले गरिएको यस प्रकारको सेवाले स्वास्थ्य क्षेत्रमा थप उचाइ प्राप्त गर्ने बताउनु भयो । यस्ता सिर्जनशील सेवा आजको आवश्यकता रहेको भन्दै उहांँले सेवाको दायरा फराकिलो पार्दै बिशिष्टिकृत सेवा दिनुपर्नेमा जोड दिनुभयो ।

डाक्टर साथीका प्रबन्ध निर्देशक प्रणय केबीले आजको आधुनिक युगमा सेवाग्राहीलाई घरमै अस्पतालको सेवा दिन आवश्यकता रहेकोले डाक्टर साथी प्याथोलोजी तथा होम केयर सर्भिसेज सञ्चालनमा ल्याईएको बताउनु भयो ।

‘अहिले कतिपय घरमा पैसा भएरपनि नभएर पनि स्वास्थ्य पहुंँचमा नहुने धेरै हुनुहुन्छ , प्रबन्ध निर्देशक केबीले भन्नु भयो, यस्ता सेवाग्राहीलाई लक्षित गर्दै हामीले यो सेवा शुरु गरेका हौं ।’
डाक्टर साथीसंँग हरेक किसिमको रोगको उपचार र निदान गर्ने टिम रहेको भन्दै उहांँले आवश्यकता अनुसार यो सेवालाई २४ सै घण्टा सेवा दिने बिषयमा आफूहरु प्रतिबद्धता रहेको बताउनुभयो ।

हालसम्म डाक्टर साथीले सयजना भन्दा बिरामीलाई स्वास्थ्य सेवा दिएर सन्तुष्ट पारेको भन्दै उहांँले आगामी दिनमा स्वास्थ्य सेवाको सबै सेवा दिने योजना रहेको बताउनु भयो ।

हाल भरतपुरबाट यो सेवा सञ्चालन गरिएको भएपनि निकट भविष्यमा अन्य जिल्लामा यसको सेवा विस्तार गर्दै लगिने प्रबन्ध निर्देशक बिकेको भनाई थियो । संस्थाका प्रबन्ध निर्देशक प्रणय बिकेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहव्यवस्थापक एलिना श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियो ।

‘डाक्टर पनि साथी पनि , हाम्रो पनि राम्रो पनि’ भन्ने मुल नाराका साथ स्थापना भएको उक्त संस्थाबाट सहुलियत दरमा प्याथोलोजी सेवा, घरमै डाक्टर तथा नर्सिङ्ग सेवा, अप्रेसन पछिको घरमै सेवा, दिर्घरोगी सेवा, नमुना संकलन सेवा, फिजियोथेरापी तथा डाइटिसियन सेवा, ड्रेसिङ्ग तथा इन्जेक्सन सेवा, नवजात शिशु तथा सुत्केरी स्याहार लगायतका सेवा उपलब्ध छन ।

चेपाङबस्तीलाई उत्पादनशील र आत्मनिर्भर बनाउँदै कालिका

भरतपुर । कालिका नगरपालिका नगरको पहाडी क्षेत्रमा बसोवास गर्ने चेपाङ समुदायलाई आत्मनिर्भर बनाउने अभियानमा जुटेको छ । ग्रामीण क्षेत्रमा बाँझो रहेको जमिनमा खेती गरी उब्जनीले यो समुदायलाई आत्मनिर्भर बनाउन नगरपालिका लागिपरेको हो ।

कालिका नगरपालिकाका तीनवटा वडा पहाडी भूभागमा पर्दछन् । ती वडामा चेपाङ समुदायको बसोवास छ । यस क्षेत्रका बारीमा उत्पादित अन्नले वर्ष दिन खान पुग्दैन ।

नगरप्रमुख विनोद रेग्मीका अनुसार चिउरीसहितका फलफूल, अदुवा, हलेदोजस्ता मसलादार खेतीका बीउ र बिरूवा उनीहरुलाई वितरण गरी कृषिमार्फत आत्मनिर्भर बनाउन लागिएको हो । स्थानीय रुपमा मल पाइने भएकाले गैरसरकारी सङ्घसंस्थासँग सहकार्य गरेर बीउ र बिरूवा वितरण गर्ने अभियान सञ्चालन गर्न थालिएको उनले बताए ।

पहाडी भूभागमा परम्परागत बाली उत्पादन गर्न सकिन्छ । नगरपालिकाले परम्परागत बाली उत्पादन गरी उनीहरुको जीवनस्तर उकास्न कार्यक्रम ल्याएको नगरप्रमुख रेग्मीले उल्लेख गरे । नगरपालिकाले हेफरमार्फत महिला समन्वय समितिसँग सहकार्य गरेर परम्परागत बाली प्रवद्र्धन कार्यक्रम गर्न लागेको उनले जानकारी दिए ।

तत्कालीन सिद्धि गाउँ विकास समितिमा पर्ने अहिलेको कालिका–९, १० र ११ मा कार्यक्रम सञ्चालन गरिनेछ । सैपाङ, कोलार, राजवाङ, कल्याणचौर, मजबाङ्ग, रन्तेस, छेरवाङ्ग, क्राइलिङलगायत गाउँमा कागती, निबुवा, हलेदो, अदुवा, पिडालुलगायत नगदेबाली लगाउन लागिएको नगरप्रमुख रेग्मीले बताए । परम्परागत बाली प्रवद्र्धन गर्न कागनो, सामा, कोदो, फापर, मास, गहत, मस्याङलगायत बाली लगाउन पनि सहयोग गरिने उनको भनाइ छ ।

यस वर्ष रू ३० लाख बराबरको सहयोग गर्ने योजना नगरपालिकाको छ । समितिले ५० प्रतिशत लगानी गर्दै छभने बाँकी नगरपालिकाले गर्नेछ ।

स्थानीय समुदायलाई परम्परागत बालीका बारेमा बुझाउने, बीउ उपलब्ध गराउने, प्रविधि सिकाउने र बजारीकरण गर्न सहयोग गर्ने रेग्मीले बताए । उनले भने, “हामीले परमपरागत बालीको उत्पादनमा वृद्धि गरेर बजारीकरणमा सहयोग गर्दछौँ ।” प्रभावकारितालाई हेरेर आगामी वर्ष रकम थप गर्दै लगिने उनको भनाइ छ । उनले थपे, “मागेर खाने परम्परालाई निरूत्साहित गर्दै उत्पादन र आयआर्जन बढाउन कार्यक्रम ल्याएका हौँ ।”

जनचेतना अभिवृद्धि गरेर आफ्नो बारीमा आफैँ परिश्रम गरेर उत्पादन बढाउनेतर्फ उत्प्रेरित गर्न आफूहरु लागेको नगरप्रमुख रेग्मीले बताए । उनीहरुको जीवनस्तर उकासिएसँगै शिक्षा, स्वास्थ्य र गुणस्तरीय जीवनयापनमा सहज हुने अपेक्षा लिइएको उनले उल्लेख गरे । रासस ( शीर्षक सम्पादन गरिएको )