Home Blog Page 50

सुत्केरीलाई सरकारी कोशेली कुखुराको भाले र घ्यु

चितवन । चितवनको रत्ननगर नगरपालिकाका सुत्केरी र गर्भवती महिलालाई कुखुराको भालेसहित पौष्टिक आहार वितरण गरिएको छ । सो नगरपालिका अन्तर्गत वडा नं १५ का सुत्केरी र गर्भवती गरी १५ जनालाई कुखुराको भाले, दुई किलो ध्यू, एक क्रेट अण्डा, मुङको दाल, भटमास लगाएत सरसफाईका सामग्री वितरण गरिएको हो ।

वडा कार्यालयको विनियोजित बजेटबाट सुत्केरी तथा गर्भवती महिलाको सुरक्षाका लागि पौष्टिक आहार वितरण गरिएको वडाध्यक्ष आशिक तामाङले जानकारी दिए । बुधवार वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष तामाङ लगायतले सुत्केरी र गर्भवतीलाई पौष्टिक आहार हस्तान्तरण गरेका हुन् । स्थानीय सरकारले पौष्टिक आहार दिने भएपछि सुत्केरी महिलाहरु काँखमा शिशु च्यापेर सामाग्री लिन आएका थिए ।

वडाध्यक्ष तामाङले सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत सुत्केरी आमा र शिशुको सुरक्षाको लागि पौष्टिक आहार वितरण गरेको बताए । सुत्केरी र गर्भवती महिलालाई प्रदान गरेको उक्त सामाग्री स्थानीय किसानले उत्पादन गरेका हुन । वडाध्यक्ष तामाङले स्थानीय उत्पादनदलाई प्रोत्सहान गर्न स्थानीय किसानहरुले उत्पादन गरेको कुखुरा, अण्डा र ध्यू खरिद गरी वितरण गरेको बताए ।

सुत्केरी र गर्भवतीको पोषण तथा स्वास्थ्य स्थानीय सरकारको जिम्मेबारी हो भन्दै वडाध्यक्ष तामाङले अगाडी भने पूर्वाधार निर्माण मात्र विकास होइन, नागरिकको सुरक्षा पनि उत्तिकै महत्वपूर्ण पाटो हो । माधवपुरबासीको सुखदुखमा वडा कार्यालय संगै रहेको सन्देश दिनको लागी पनि कार्यक्रम आयोजना गरिएको हो।

सो वडाले सुत्केरी र गर्भवतीलाई पौष्टिक आहारसंगै भ्याक्सिन, भिडियो एक्सरे लगायतका आधारभूत सेवा स्वास्थ्य केन्द्रबाटै प्रदान गर्दै आएको छ । कार्यालयले विभिन्न चरण गरि १ सय २३ जना गर्भवती (आमा) र सुत्केरी महिलालाई पोषण सामग्री वितरण गरेको छ।

कार्यक्रममा वडा सदस्य शिव तिवारी, ईमप्रसाद पन्त, लिलादेवी पोखरेल, रुकमाया परियार, वडा सचिव नवराज तिवारी, स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्य स्वयमसेविका लगाएतको उपस्थिती रहेको थियो । आधारभूत स्वास्थ्य सेवा केन्द्र रत्ननगर– १५ की इन्चार्ज रोजिना गिरीले संचालन गरेको कार्यक्रममा वडा सदस्य रुकमाया परियारले स्वागत् मन्तव्य राखेकी थिइन् ।

रत्ननगर विद्युतको लापरबाही : मिटरै जडान नगरी महसुल असुलीको प्रयास

रत्ननगर । नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रले महिला सहकारीहरुको नेतृत्व गरिरहेको एक संस्थाको कार्यालयमा मिटर जडानै नगरी महसुल असुलीको लागि विल पठाएको पाइएको छ ।

प्राधिकारणले रत्ननगर वडा नं १२ चिसापानी स्थित सामाजिक उद्यमी महिला सञ्जाल(सेवा नेपाल)को कार्यालयमा मिटर जडान नै नगरी महसुल असुलीको लागि विल काटेको हो ।

सो संस्थाले २०८० साउन ९ गते प्राधिकरणमा मिटर जडानको लागि निबेदन दिएर भदौ महिनामा २२ हजार रुपैया बुझाएको थियो । १५ केभिए र २५ एम्पीयर क्षमताको मिटर जडानको लागि सो संस्थाले २२ हजार रुपैया प्राधिकरणलाई बुझाएको थियो ।

२०८० भदौमा पैसा बुझाएको मिटर प्राधिकरणले २०८१ असार २५ गते संस्थाको कार्यालयमा जडान गरिदियो । प्राधिकरणले मिटर नै जडान नगरेको १० महिनाको महसुल र जरिवाना सहित संस्थामा विल पठाएको अध्यक्ष पार्वती न्यौपानेले बताइन् ।

साउन र भदौमा विद्युत उपभोग गरेवापतको पैसा ७ हजार ८०० रुपैया उठेको छ । गत बर्षको भदौ महिना देखिकै महसुल र जरीवाना गरी ६१ हजार ७६३ रुपैयाको विल प्राधिकारणले पठाएको अध्यक्ष न्यौपानेले बताइन् ।

प्रयोगै नगरेको विजुलीको पैसा हामीले कसरी तिर्नु उनले भनिन् यो प्राधिकरणको लापरबाही हो । अध्यक्ष न्यौपानेले पैसा बुझाएपछि मिटर जडानको लागि प्राधिकरणमा पटक पटक ताकेता गर्दा समेत बेवास्था गरेको बताइन् ।

अब हामी प्राधिकरण घेर्न जान्छौं उनले भनिन् हामीलाई प्राधिकरणले अन्याय ग¥यो । दुई महिना विद्युत उपभोग गरेको रकम बाहेक १० महिना विना मिटरको ५३ हजार ९६३ रुपैया के आधारमा तिर्नु प्राधिकरणलाई प्रश्न गर्दै अध्यक्ष न्यौपानेले भनिन् यो प्राधिकरणको ठगीखाने धन्दा भयो ।

टाँडी वितरण केन्द्रका प्रमुख राजेन्द्रप्रसाद चौधरीले मिटर जडानको लागि शुल्क तिरेर ग्राहक भएपछि प्राधिकरणको सिस्टम अनुुसार न्यूनतम महसुल लाग्ने बताए । सेवा नेपालको भवन पूर्ण रुपमा बनिनसकेका कारण मिटर जडान गर्न नसकिएको भन्दै उनले सेवा नेपाललाई अन्याय भएको स्विकार गरे ।

प्रमुख चौधरीले सेवा नेपालको विद्युत महसुलको विषयमा मध्यमार्गी बाटोको खोजी भइरहेको र केही राहत प्रदान गर्ने उनको भनाई छ ।

रत्ननगरमा दोस्रो मेयर कप व्याडमिन्टन प्रतियोगिता हुने

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा असोज १ गतेदेखि दोसो मेयर कप तथा चौँथो व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पूर्वी चितवन स्पोसर्ट क्लवको आयोजना रत्ननगर वडा नं ३ शान्तिचोक स्थित कर्भडहलमा सो प्रतियोगिता हुने भएको हो ।

आयोजक क्लवले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता गर्नुको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो । राष्ट्रिय स्तरको सो प्रतियोगिता विभिन्न सातवटा विधामा खेलाइने प्रतियोगिताका संयोजक केबल न्यौपानेले जानकारी दिए ।

राष्ट्रिय स्तरमा २० भन्दा बढी बरियताक्रममा रहेका खेलाडी सहभागी तर्फ प्रथम हुनेलाई १ लाख ११ हजार १११, द्धितीय हुने टिमलाई ५१ हजार १११ र तृतीय हुने टिमलाई २५ हजार १११, वी लेबल खुल्ला तर्फ प्रथम हुने टिमलाई ४१ हजार १११, द्धितीय हुने टिमलाई २१ हजार १११ र तृतीय हुने टिमलाई ११ हजार १११ पुरस्कार प्रदान गरिने संयोजक न्यौपानेले जानकारी दिए ।

त्यसैगरी भेट्रान्स ४५ बर्ष उमेर समुह माथिको खेलमा प्रथम हुने टिमलाई ३१ हजार ११, द्धितीय हुने टिमलाई १५ हजार १११, र तृतीय हुने टिमलाई ७ हजार १११, सुपर भेट्रान्स ५५ बर्ष उमेर समुह माथि प्रथम हुने टिमलाई ३१ हजार ११, द्धितीय हुने टिमलाई १५ हजार १११, र तृतीय हुने टिमलाई ७ हजार १११, राष्ट्रिय स्तरमा टक १० भन्दा माथि महिला खुल्लामा प्रथम हुने टिमलाई ३१ हजार ११, द्धितीय हुने टिमलाई १५ हजार १११, र तृतीय हुने टिमलाई ७ हजार १११, जनप्रतिनिधि तर्फ प्रथम हुने टिमलाई ३१ हजार ११, द्धितीय हुने टिमलाई १५ हजार १११, र तृतीय हुने टिमलाई ७ हजार १११, र जिल्ला स्तरीय खुल्ला तर्फ प्रथम हुने टिमलाई ३१ हजार ११, द्धितीय हुने टिमलाई १५ हजार १११, र तृतीय हुने टिमलाई ७ हजार १११ प्रदान गरिने उनले क्लबका अध्यक्ष राजकुमार पुरीले जानकारी दिए ।

जिल्ला स्तरीय खुल्ला प्रतियोगिता भने भदौ २९ र ३० गते हुनेछ । असोज ३ गते सम्म चल्ने सो प्रतियोगिताको संरक्षकमा रत्ननगर नगरपालिका र सहयोगीमा वडा कार्यालय, सेन्टरकलेज, रिजाल फुड्र्स, राममणि न्यौपाने, विकास डल्लाकोटी लगायत रहेका छन् ।

प्रतियोगिता सम्पन्न गर्न १५ लाख ३७ हजार ३३१ रुपैया खर्च हुने अनुमान गरिएको छ । पत्रकार सम्मेलनका प्रमुख अतिथि वडा नं ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेलले खेलक्षेत्रको विकासको लागि रत्ननगरमा आयोजना गरिएको राष्ट्रिय स्तरको प्रतियोगितामा स्थानीय सरकारको पूर्ण सहयोग रहने बताए ।

सात वटा विधामा हुने प्रतियोगितामा करिब २०० टिमको सहभागिता रहने क्लवका उपाध्यक्ष राजु भट्टराईले जानकारी दिए ।

शान्तिचोकमा भएको दुर्घटनामा माधवपुरको युवाको ज्यान गयो

उज्यालो दर्पण, भदौ २४- पूर्वी चितवनको रत्ननगर नगरपालिका–३ शान्ति चोकमा गएराति भएको दुर्घटनामा एकजनाको ज्यान गएको छ।

ज्यान गुमाउनेमा रत्ननगर१५ माधवपुर निवासी ३४ वर्षिय जीवन माग्राती छन्।  राती  झण्डै २ः१० बजेको समयमा कन्टेनर ट्रक  र मग्राती सवार मोटरसाइकल आपसमा ठोक्किँदा उनको ज्यान गएको हो ।

वीरगञ्जबाट कुखुराको दाना बोकेर भरतपुरतर्फ  गईरहेको ना ८ ख २८१८ नम्बरको कन्टेनर र विपरित दिशाबाट गई रहेको बागमती प्रदेश ०६–००३ प ४८५१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खांदा मग्राती गम्भिर घाइते भएका थिए ।

उनको बकुलहर टाँडी अस्पतालमा उपचारको क्रममा गएराति २ः४२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रहरीले कन्टेनर र कन्टेनर चालक बारा गडीमाई नगरपालिका–५ बस्ने वर्ष ३६ को श्याम सुन्दर सहनीलाई नियन्त्रणमा लिएको छ ।

एक्सपर्ट एजुकेसन चितवनलाई पठन संस्कार अभियन्ता सम्मान

भरतपुर, २३ भदौ- शैक्षिक परामर्शदाता कम्पनी एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवन पठन संस्कार अभियन्ताको रूपमा सम्मानित भएको छ ।

नारायणगढको सम्पूर्ण किताबले आफ्नो वार्षिकोत्सवको अवसरमा एक्सपर्टलाई सम्मान गरेको हो । एक्सपर्टसँगै नारायणगढ जेसीजलाई पनि उक्त सम्मान दिइएको छ ।

संस्थामार्फत गरिने सबै कार्यक्रममा उपहार स्वरूप किताब दिने प्रचलनलाई प्रवर्धन गरी पठन संस्कारको विकासमा योगदान गरेको भन्दै ती दुई संस्थालाई सम्मान गरिएको सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीले एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेसीजका अध्यक्ष राजेन्द्र भट्टराईलाई कदरपत्र प्रदान गरे ।

‘उपहारमा अरू सामान दिनुभन्दा किताब दिनु कैयौँ गुणा राम्रो देखिन्छ’, सम्मान ग्रहणपछि अधिकारीले भने– ‘किताबको सङ्ग्रह अरू सामानको सङ्ग्रहभन्दा निकै उपयोगी हुन्छ ।’
कार्यक्रममा मन्तव्य व्यक्त गर्ने अतिथिहरूले पनि किताब उपहार दिने प्रचलन र यो प्रचलनलाई सम्मान गर्ने सम्पूर्णको कार्य दुवैको खुलेर प्रशंसा गरे ।

२०७५ सालमा स्थापना भएको सम्पूर्ण किताबले विगतमा जस्तै यसपालि पनि सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई शैक्षिक सामग्री प्रदान गरेको छ । यसपालि भरतपुर–२९, जुगेडीस्थित कविलास माविमा कक्षा–७ मा अध्ययनरत सीमा गुरुङलाई शैक्षिक सामग्री उपलब्ध गराइएको हो । सम्पूर्णले हरेक वर्ष भदौ २३ मा एक छात्रालाई विविध शैक्षिक सामग्री प्रदान गर्छ ।

कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ चितवन शाखाका अध्यक्ष परमेश आचार्यले छात्रालाई शैक्षिक सामग्री हस्तान्तरण गरे । झोला, कापी, कलम, ज्यामिती बक्स, क्याल्कुलेटर, विभिन्न पाठ्यपुस्तक, कपडा, साबुन, सेम्पु, नेलकटर, मञ्जन–ब्रस, सेनिटरी प्याडलगायतका सामग्री दिइएका छन् ।

विद्यालयका प्रधानाध्यापक सीताराम मोक्तानले पिछडिएका र विपन्न समुदायका बालबालिका अध्ययन गर्ने कविलासकी छात्रालाई दिएको शैक्षिक सामग्री सदुपयोग हुने प्रतिबद्धता जनाए ।
कार्यक्रममा धनराज गिरी, प्रेम रिमाल, रजनी मास्केलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

भरतपुरमा ड्रीम्स कलेज संचालनमा, एक करोड बराबरको छात्रवृत्ति घोषणा

भरतपुर,भदौ २२ – चितवनको भरतपुर-१० हाकिम चोक स्थित टि आर कम्प्लेक्समा अत्याधुनिक सुविधा सहितको ड्रीम्स कलेज संचालनमा आएको छ।

सुदुर पश्चिमान्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज भरतपुरको हाकिमचोक स्थित टिआर कम्लेक्समा यस बर्षदेखि सञ्चालनमा आएको हो ।

कलेजले यस बर्षदेखि स्नातक तहमा बीएससी सीएसआईटी संकायको कार्यक्रम अध्यापन गराउने कलेजका प्रीन्सिपल ई.दिवस मैनालीले बताए ।

कलेजले व्यवहारिक,सैद्धान्तिक तथा विश्वव्यापिकरणका लागि चाहिने आधारभूत शिक्षा प्रणालीलाई जोड दिँदै कक्षा संचालन गर्न लागेको उनले बताए ।

सो संकायको कार्यक्रमबाट विद्यार्थीहरुलाई पूर्ण रुपमा योग्य,सक्षम र सफल बनाउने विश्वास कलेजले लिएको कलेजका प्रिन्सिपल मैनालीले बताए।

उनका अनुसार कलेजमा विद्यार्थी अनुकुल वातावरणमा अध्यापन गराइने छ । कलेजले सो संकायमा ४२ जना विद्यार्थी भर्ना गर्न पाउनेगरी सम्बन्धन प्राप्त गरेको छ ।

कलेजको प्रवेश परीक्षा यहि भाद्र ३० गते संचालन हुने छ भने सो संकायमा अध्ययन गर्ने विद्यार्थीले भाद्र २८ गते सम्म आवेदन दिईसक्नुपर्नेछ ।

कक्षा १२ मा विज्ञान बिषय लिएर कम्तिमा `सि´ ग्रेड वा ५० प्रतिशत अंक सहित उतिर्ण भएका विद्यार्थीले मात्रै सो कार्यक्रममा भाग लिन पाउने प्रीन्सिपल मैनालीले बताए ।

चितवन र नवलपुरका विद्यार्थीलाई लक्षित गर्दै संचालन गरिएको यस कलेजले सुविधायुक्त यातायातको समेत व्यवस्था गरेको छ।

यस कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि पहिलो बर्ष १ करोड बराबरको छात्रबृत्ति प्रदान गर्ने कलेजले बताएको छ।

सो कलेज स्थापना सँगै आईटी अध्ययनको लागी उत्कृष्ट कलेज खोज्दै काठमाण्डौं जानुपर्ने बाध्यता अन्त्य भएको विश्वास कलेजको रहेको छ ।

कलेजमा दुई दशक लामो अनुभवी तथा ख्याती प्राप्त प्राध्यापक द्वारा शिक्षण हुने प्रिन्सिपल मैनालीले बताए।

यो कार्यक्रमले कम्प्युटर विज्ञान र सूचना प्रविधिमा स्नातक स्तरको अध्ययनको मौका प्रदान गर्ने भएकाले पनि विद्यार्थीहरूबीच लोकप्रिय हुँदै गएको प्रीन्सिपल मैनाली बताउँछन्।

बीएससीसीएसआईटी कार्यक्रमले कम्प्युटर प्रोग्रामिङ, वेब डिजाइन, डेटा संरचना, अल्गोरिदम, सफ्टवेयर इञ्जिनियरिङ, नेटवर्किङ, डाटाबेस म्यानेजमेन्ट, आर्टिफिसियल ईन्टिलिजेन्स , साइबर सेक्युरिटी, र क्लाउड कम्प्युटिङ जस्ता क्षेत्रहरूमा केन्द्रित शिक्षा प्रदान गर्दछ।

कुल चार वर्षको अवधिमा ८ सेमेस्टरमा बाँडिएको यो कार्यक्रमले सैद्धान्तिक तथा प्रयोगात्मक दुवै ज्ञान प्रदान गर्दछ।

बीएससीसीएसआईटी उतिर्ण विद्यार्थीहरूलाई विभिन्न आईटी कम्पनीहरू, सरकारी तथा गैरसरकारी संस्थाहरू, बैंक तथा वित्तीय संस्थाहरूमा सफ्टवेयर विकासकर्ता, नेटवर्क प्रशासक, डाटाबेस व्यवस्थापक, सिष्टम एनालिष्ट, र साइबर सुरक्षासँग सम्बन्धित विभिन्न भूमिकामा रोजगारीको अवसर मिल्नेछ।

यस कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नै सफ्टवेयर कम्पनी, स्टार्टअप, वा फ्रिलान्सिङको अवसरलाई समेत ख्यालमा राख्दै ज्ञान प्रदान गर्दछ।

बीएससीसीएसआईटी पास गरेका विद्यार्थीहरूका लागि उच्च शिक्षाका लागि विदेश जानका साथै अन्तर्राष्ट्रिय स्तरमा रोजगारीका अवसरहरू पनि प्रशस्त छन्।

विश्वविद्यालयले अनुसन्धान र विकासको लागि पनि प्रोत्साहन प्रदान गर्दछ जसले विद्यार्थीहरूलाई नयाँ प्रविधिहरूमा आविष्कार गर्न प्रेरित गर्दछ।

बीएससीसीएसआईटी कार्यक्रमले विद्यार्थीहरूलाई सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट करियर निर्माण गर्ने अवसर दिन्छ।

सूचना प्रविधिको क्षेत्रमा उज्ज्वल भविष्य खोजिरहेका विद्यार्थीहरूका लागि बीएससीसीएसआईटी (B.Sc.CSIT) कार्यक्रम महत्वपूर्ण विकल्प बन्दै गएको छ।

ड्रीम्स कलेजले पाठ्यक्रमलाई अद्यावधिक गर्दै औद्योगिक आवश्यकताहरू अनुरूप तयार पारेको छ जसले विद्यार्थीहरूलाई उद्योगमा प्रत्यक्ष काम गर्न सक्षम बनाउँने प्रीन्सिपल मैनाली बताउँछन्।

यस संकायमा अनुसन्धान सम्बन्धी विषयहरू र नयाँ प्रविधिहरू जस्तै डेटा साइन्स, ब्लकचेन, मेसिन लर्निङ, बिग डाटा एनालिटिक्स, इन्टरनेट अफ थिंग्स (IoT), र क्लाउड कम्प्युटिङजस्ता ट्रेन्डिङ विषयहरू समावेश छन्।

कलेजले विद्यार्थीहरूलाई अनुसन्धानको लागि विशेष प्रोजेक्टहरू र औद्योगिक सहयोगमा आधारित पाठ्यक्रमहरू पनि प्रदान गर्ने प्रीन्सिपल मैनाली बताउँछन्। जसले उनीहरूलाई वास्तविक संसारका समस्या समाधान गर्न सक्षम बनाउँछ।

साथै, वैकल्पिक विषयहरूमा विद्यार्थीहरूको रुचि अनुसार विभिन्न ट्रेन्डिङ कोर्सहरू प्रदान गर्दै विद्यार्थीहरुको सीपलाई अझ फराकिलो बनाउन कलेज सदैव तयार रहेको उनले बताए।

सो कलेजले विद्यार्थीहरूलाई विभिन्न औद्योगिक कोर्सहरूमा निःशुल्क तालिम प्रदान गर्दै उनिहरुको व्यावहारिक ज्ञान र सीप विकास गर्न सहयोग पुर्याउने,इन्टर्नशिपकाअवसरहरू प्रदान गर्नका साथै विभिन्न प्रतिष्ठित कम्पनीहरूसँग सहकार्य गरेर प्लेसमेन्ट सहयोग समेत प्रदान गर्ने उनले बताए ।

अत्याधुनिक र अन्तर्राष्ट्रिय मापदण्डका कम्प्युटर ल्याबहरू रहेको सो कलेजले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञानलाई अझ प्रभावकारी बनाउन सहयोग पुर्याएको छ ।

कलेजमा सूचना प्रविधि क्षेत्रका अनुभवी र दक्ष शिक्षकहरू छन् जसले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दछन्।

बीएससीसीएसआईटी उतिर्ण विद्यार्थीहरूलाई आईटी कम्पनीहरू, सरकारी तथा गैरसरकारी संस्थाहरू, बैंकहरू, र अन्य संस्थाहरूमा सफ्टवेयर विकासकर्ता, नेटवर्क प्रशासक, डाटाबेस व्यवस्थापक, प्रणाली विश्लेषक, र साइबर सुरक्षासँग सम्बन्धित विभिन्न भूमिकामा रोजगारीको अवसर मिल्नेछ।

कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नै सफ्टवेयर कम्पनी, स्टार्टअप, वा फ्रिलान्सिङको अवसरलाई समेत ख्यालमा राख्दै ज्ञान प्रदान गर्दछ।

बीएससीसीएसआईटी पास गरेका विद्यार्थीहरूका लागि उच्च शिक्षाका लागि विदेश जानका साथै अन्तर्राष्ट्रिय स्तरमा रोजगारीका अवसरहरू पनि प्रशस्त छन्।

बीएससीसीएसआईटी कार्यक्रमले विद्यार्थीहरूलाई सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट करियर निर्माण गर्ने अवसर दिन्छ।
निःशुल्क औद्योगिक कोर्सहरू, इन्टर्नशिप र प्लेसमेन्ट सहयोग, उच्चस्तरीय ल्याब, गेष्ट लेक्चर, र अनुभवी शिक्षकहरूको सहयोगमा, यस कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक यात्रा अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ।

अद्यावधिक र औद्योगिक केन्द्रित पाठ्यक्रमले विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न मद्दत पुर्याउने प्रीन्सिपल मैनालीले बताए।

दुर्घटना अपडेट : बसको ठक्करबाट गैँडाकोटमा हजुरआमा र नातीको मृत्यु

गैँडाकोट – पूर्वी नवलपरासीको गैँडाकोटमा बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।

गैँडाकोट नगरपालिका वडा नं. १० भैसाखोरी स्थित राजमार्गमा बसको ठक्करबाट गैँडाकोट ११ घर भएका पुष्पराज श्रेष्ठका ७ वर्षका छोरा बिशाल श्रेष्ठ र उनकी हजुरआमा ५५ बर्षीया श्रीमाया मानन्धरको मृत्यु भएको हो ।

आज राति ९ वजे गैँडाकोट नगरपालिका वडा नं.१० नारायणगढबाट कावासोती जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसको ठक्करबाट श्रेष्ठ र मानन्धरको ज्यान गएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट बालक बिशालको घटनास्थलमै र हजुरआमा श्रीमायाको चितवनको पुरानो मेडिकल कलेजमा राति १०ः२४ बजे मृत्यु भएको अस्पताल स्रोतले उज्यालोलाई जनाएको छ ।

दुर्घटना लगत्तै बस र त्यसका चालकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

दोस्रो तीज विशेष आर्टिकल लेखन प्रतियोगिताको नतिजा घोषणाको अन्तिम तयारीमा एटुजेड समाचार

चितवन – एटुजेड समाचार डटकमले महिला पत्रकार एवम् सञ्चारकर्मीबीच गराएको दोस्रो तीज विशेष आर्टिकल लेखन प्रतियोगिताको नतिजा घोषणाको अन्तिम तयारी गरिरहेको छ । एटुजेडले महिला पत्रकार एवम् सञ्चारकर्मीबीच “मौलिक तीज पर्व र यसका चुनौती” शीर्षकमा आर्टिकल लेखन प्रतियोगिता गराएको हो ।

मध्य नेपालको चितवन तथा आसपासका जिल्लाहरूलाई आधार क्षेत्र बनाएर डिजिटल प्लेटफर्ममार्फत सञ्चालनमा आएको अनलाइन पत्रिका एटुजेड समाचार डटकमले संस्कृति संरक्षणमा चल्ने कलमको सम्मान गर्दै उक्त प्रतियोगिता दोश्रो पटक आयोजना गरेको हो ।

चितवनबाट पत्रकारिता शुरु गरि हाल जिल्ला, जिल्ला बाहिर वा विदेशमा समेत रहेका महिला पत्रकार / सञ्चारकर्मीहरूलाई पुनः चितवनसँग जोड्ने र मौलिक कला/संस्कृतिको महत्त्व र यसको जगेर्नाका लागि प्रोत्साहन गर्ने उद्देश्यले नेपाली महिला दिदीबहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आर्टिकल लेखन प्रतियोगिताको आयोजना गरिएको एटुजेड समाचार डटकमका अध्यक्ष किशोरचन्द्र सापकोटा बताउछन् ।

नेपाली भाषामा कम्तीमा १२०० शब्द नघटाइ प्रिति वा नेपाली युनिकोड फन्टमा टाइप गरि ईमेलमा यही भाद्र १५ गते ४ बजेसम्ममा आफ्नो, स्थायी ठेगाना, सम्पर्क मोबाइल नम्बर र फोटो सहित आर्टिकल पठाउन आव्हान गरिएको थियो । समयसिमा भित्र २९ आर्टिकल प्राप्त भएकोमा ४ जना प्रतियोगीहरुका आर्टिककल शब्द नपुगेका कारण प्रतियोगितामा समाबेश गर्न सकिएन भने बाकी २५ प्रतियोगिबाट प्राप्त आर्टिकलहरूलाई भाद्र १६ गते बिहान ११ बजेसम्म एटुजेड समाचारको वेबसाईट र फेसबुक पेजमा प्रकाशन गरिएको थियो ।

आयोजकका अनुसार २० प्रतिशत नतिजा प्राप्त भैसकेको छ ।फेसबुक पेजमा भाद्र २० गते राती १२ बजे सम्म सम्म गरिएका लाईक, सेयर, कमेन्ट र मेन्सनका आधारमा उक्त २० प्रतिशत नतिजा पत्रिकाको आईटी टिमबाट प्राप्त भएको हो । लेखन क्षमताका आधारमा आयोजकले तोकेका निर्णायकहरुको मुल्याङ्कन बाट आउने ८० प्रतिशत नतिजा आएपछी एक कार्यक्र्मको आयोजना गरि उत्कृष्ट ४ प्रतियोगीहरूलाई पुरस्कार बितरण गरिने छ त्यसैको अन्तिम तयारीमा रहेको अध्यक्ष सापकोटाको भनाइ छ ।

आर्टिकल लेखनमा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई २५ हजार, तृतीयलाई १५ हजार र सान्त्वनालाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ भने सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने छ । उच्च सम्मान उपहार स्वरुप लगातार तीन बर्ष सम्म प्रथम हुने बिजेतालाई इलेक्ट्रीक स्कुटर उपहार समेत दिइनेछ ।

आयोजक संस्था एटुजेड समाचार डटकम डिजिटल पत्रिका फेसबुक प्लेटफर्ममार्फत पनि प्रकाशित हुने हुँदा सामाजिक सन्जाल प्रयोगमा पत्रकार र पाठक दुबै वर्गको सकारात्मक सक्रियताका लागि २० प्रतिशत निर्णयको आधार छुट्टाइएको अध्यक्ष सापकोटाले जानकारी दिए ।

सो कार्यक्रमको टाईटल स्पोन्सरमा निप्पोन एजुकेशन सेन्टर, कलर पार्टनरमा टाटा पेन्ट्स, एजुकेशन पार्टनरमा युनाईटेड टेक्निकल कलेज, हस्पिटालीटी पार्टनरमा सिएमटी होटल, हेल्थ पार्टनरमा श्री पुष्पान्जली हस्पिटल प्राली, एब्रोड पार्टनरमा ग्रेस इन्टरनेशनल एजुकेशन, साउथ कोरिया गोल्डेन इमिनेन्ट र स्विट पार्टनरमा राम मिस्ठान भण्डार रहेको छ ।

रत्ननगरको भद्रकालीधाममा तीजको उल्लास (फोटोफिचर)

उज्यालो दर्पण-  नेपाली नारीको महान् पर्व हरितालिका तीजमा रत्ननगरको वडा नं १६ मा रहेको भद्रकालीधाम परिसरमा व्रतालु महिलाहरूले पूजापाठ र नाँचगान गरेर मनाएका छन् ।

धामको दर्शनका लागि आएका व्रतालुहरूले पूजाआजापछि नाँचगानसहित तीज मनाएका हुन् । केही व्रतालुहरूले तीजमा आ-आफ्नो समूह बनाएर नाँचगान गरिरहेका देखिन्थे भने कोही व्रतालुहरू सेल्फी फोटो खिच्‍नमै व्यस्त देखिन्थे । हेर्नुहोस उज्यालो दर्पणका पत्रकार निराजन घिमिरेले कैद गरेका केही तस्वीरहरु। 

सहकारी ठगी प्रकरणः पूर्व गृहमन्त्री लामिछानेसँग प्रहरीले गर्‍यो सोधपुछ

काठमाडौँ- सहकारी ठगी प्रकरणमा प्रहरीले गोरखा मिडिया नेटवर्क, नेचर हव र नेचर नेष्टमा खानतलासी गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखरास्थित सुर्यदर्शन सहकारीको निक्षेप रकम हिनामिना बारे अनुसन्धानका लागि ३ वटा कम्पनीमा खानतलासी गरेर कागजात नियन्त्रणमा लिएको हो ।

डीएसपी वसन्त शर्मा नेतृत्वको टोलीले कागजात नियन्त्रणमा लिएर पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्व डीआईजी छविलाल जोशी र गोरखा मिडिया नेटवर्कका कर्मचारी विपिन कर्माचार्यसँग सोधपुछ गरेको बताइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका समेत सभापति रहेका लामिछानेसँग कास्की प्रहरीको टोली पनि काठमाडौँमा आएर रविसँग सोधपुछ गरेको हो ।

सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले बयान लिएको १० दिनपछि कास्की प्रहरीको टोली काठमाडौँ आएको हो । रविविरुद्ध पूरक जाहेरी परेपछि आवश्यक विषय बुझ्न सोधपुछ गरिएको हो ।