Home Blog Page 52

प्रकाशका साहुका छोरा भन्छन्– उहाँ मेरो बुबा जस्तै हुनुहुन्छ

काठमाडौं । हेर्ने कथाले ‘हराएका वर्षहरू’मा देखाएका प्रकाश तामाङका साहुका छोरा छेतेन दोण्डुपले प्रकाश आफ्नै परिवारको सदस्य भएको बताएका छन् । प्रकाशलाई आफूले बुबा सरह मान्ने गरेको उनले भनेका छन् । हेर्ने कथाले आफ्नो फेसबुक पेजमा शुक्रबार छेतेनसँग गरिएको कुराकानी सार्वजनिक गरेको छ ।

छेतेन भन्छन्, “हाम्रो घरमा जे पाक्छ त्यही खाएर एउटै परिवार जसरी हुर्केको हो । सामाजिक सञ्जालमा आएजस्तो अन्याय गरेको छैन ।”

आफूहरूलाई प्रकाशले नै हुर्काएको सम्झिए । भने, “प्रकाशले कहिले पनि पैसाको कुरा गरेनन् । हामीले पनि गरेनौँ । तर, बेला बेलामा बाबुआमा खोज्न जान पाए हुन्थ्यो भन्थ्यो । बुबाआमाले पनि बाहिरी संसार खासै देखेको थिएन । कहाँ जाने !”

गाउँमा हुने घोडे जात्रामा प्रकाश आफ्नो परिवारको प्रतिनिधि भएर जाने गरेको पनि छेतेनले सुनाए । प्रकाशलाई गोठालो बनाएको भन्ने विषयमा पनि उनले स्पष्टीकरण दिएका छन् । उनी भन्छन्, “गोठालाको सिजन हुन्छ । गाउँभरिको चौँरीको जिम्मा लिनुपर्छ । जिम्मा लिसकेपछि त्यो सिजन छाड्न मिल्दैन । वचन दिइसकेको हुन्छ ।”

हेर्ने कथा टिमले प्रकाशलाई भेट्दा उनी त्यसरी नै गोठालो गएको छेतेनले भनेका छन् । यही कारणले गर्दा प्रकाशलाई आफ्ना बाबुआमाले पठाउन आनाकानी गरेको कुरा प्रष्ट्याएका छन् । हेर्ने कथाको टिमसँग आफ्ना बाबाआमा अपरिचित भएको हुँदा प्रकाशलाई पठाउन असहज मानेको पनि उनले सुनाए ।

हेर्ने कथा टिमलाई सम्बोधन गर्दै उनले भनेका छन्, “तपाईंहरू पनि अन्जान मान्छे हुनुभयो । नचिनेको मान्छेलाई कसरी आफ्नो घरको मान्छे जिम्मा लगाउनु । त्यही भएर त्यस्तो भनेको हो । साहु भएर त्यस्तो भनेको हैन ।”

प्रकाश घरकै सदस्य जस्तो भएको हुँदा तलबको कुरा अहिलेसम्म नउठेको पनि उनले प्रष्ट्याएका छन् । उनको भनाइ उद्धृत गर्दै हेर्ने कथाले लेखेको छ, “अनि तलबको कुरामा चाहिँ अब घर परिवार जस्तै भएपछि तलब कसरी दिनु ! के कुरा गर्नु !”

प्रकाशले यार्सागुम्बा टिपेर कमाएको पैसा पनि आफ्नै परिवारका लागि खर्च गर्ने गरेको कुरा छेतेनले सुनाएका छन् । आफूहरूले नागरिकता बनाउन खोज्दा प्रक्रिया नमिलेको कुरा सुनाए । आफ्ना दाई पाल्जोरले आफ्नो अंश पनि प्रकाशलाई दिन खोजेको कुरा छेतेनले बताए । तर, नागरिकता नहुँदा अंश दिन नमिलेको उनको भनाइ छ ।

नागरिकता नभएकै कराण विवाह पनि हुन नसकेको उनले हेर्ने कथा टिमलाई भनेका छन् । उनले भनेका छन्, “नागरिकता नभएर अंश दिन पनि मिलेन । प्रकाशको बिहे पनि गरिदिन खोजेको गाउँमै । तर, आफ्नो नागरिकता नभए पछि बच्चाहरूको पनि नागरिकता हुँदैन भनेर प्रकाशले बिहे गर्न मान्नुभएन ।”

छेतेनका अनुसार केरुङमा बस्ने उनका काकाले प्रकाशलाई १० लाख रुपैयाँ दिन्छु भनेका छन् । त्यसैगरी फ्रान्समा बस्ने छेतेनका दाईले दुई लाख रुपैयाँ ।

छेतेनले प्रकाशलाई आफ्नो बुबा जस्तै मान्छे भन्दै भनेका छन्, “उहाँ मेरो बुबा जस्तो मान्छे हो । उसलाई भविष्यमा मैले गर्न सक्ने सबै सहयोग गर्न तयार छु ।”

कालिकामा उत्पादित महको बजार खोज्दै मेयर रेग्मी कृषि मन्त्रालयमा

उज्यालो दर्पण। चितवनको कालिकामा उत्पादित बजार खोज्दै मेयर विनोद रेग्मी कृषि मन्त्रालय पगेका छन् । स्थानीय स्तरमा उत्पादित महको बजारीकरणमा देखिएका समस्या, महको व्यवस्थापन, मह निर्यात लगाएतका विषयमा छलफल गर्न मेयर रेग्मीले कृषि मन्त्री संग छलफल गरेका हुन् ।

सो अवसरमा मेयर रेग्मीले कृषि मन्त्री रामनाथ अधिकारी समक्ष कालिकामा रहेका मौरीपालक किसानद्धारा उत्पादित महको बजारीकरणमा रहेको समस्या बारे अवगत गराएका थिए ।

आफ्ना किसानले उत्पादन गरेको मह वर्षौ सम्म भण्डारण गरेर राख्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै मेयर रेग्मीले देशमै खपत हुने वा निर्यातको वातावरण निर्माण गर्न मन्त्री अधिकारी समक्ष अनुरोध गरेकाछन् ।

“किसानले मेहनत र लगानी गरेर उत्पादन गरेको महले बजार पाउन नसक्दा  सोचेभन्दा उत्पादन बढाउन सकेका छैनन् । बजार सुनिश्चित हुने हो भने उत्पादन अझै बढाउन सकिन्छ”, मेयर रेग्मीले भने, “उत्पादित महले बजार नपाउँदा किसान निराश हुनुपर्ने अवस्था सिर्जना हुँदै गएको छ ।”

नेपालमा उत्पादित महको बजार बढाउनका लागि भारतबाट आउने मह रोक्नुपर्नेमा उनले जोड दिए । चितवनको कालिका नगपालिका सहित जिल्लामा मह उत्पादन निकै राम्रो भइरहेकाले अब उत्पादन भन्दा पनि बजारीकरणको चिन्ता बढ्दै गएको बताए । उनले महको बजारीकरणका लागि योजना बनाउन कृषि मन्त्री अधिकारीलाई सुझाव दिए ।

कार्यक्रममा नेपाल मौरीपालक महासंघका अध्यक्ष सुवास घिमिरे, निवर्तमान अध्यक्ष शिव पौडेल, वरिष्ठ उपाध्यक्ष पदम प्रसाद अम्गाई, नेपाल मौरीपालक महासंघका महासचिव सालकिराम बानिया, मौरीपालक संघ कालिकाका अध्यक्ष नारायण पौडेल, मौरीपालक संघ भण्डाराका निवर्तमान कार्यालय प्रमुख तथा मौरीपालक किसान बाबुराम पन्त, नेपाल मौरीपालक महासंघका केन्द्रिय अध्यक्ष जानुका थापा, केन्द्रिय कोषाध्यक्ष श्याम कृष्ण श्रेष्ठ, सदस्य रवि वहादुर अधिकारी, भण्डारा मौरी विकास केन्द्र कार्यक्रमका प्रमुख सुरज अम्गाई, किट विकास निर्देशनालयका प्रमुख सावित्रि वराल, राष्ट्रिय क्वारेन्टाईन कार्यालयका प्रमुख भोजराज सापकोटा, नेपाल मौरीपालक महासंघका जिल्ला उपाध्यक्ष कमल सापकोटा, कृषि विभागका विभागिय प्रमुख, मन्त्रालयका सह सचिव, डाबर नेपालका प्रतिनिधि, मौरीपालक किसान लगाएतले महको बजारीकरणमा देखिएका समस्याका विषयमा घनिभुत छलफल गरेका छन् ।

अमेरिकामा नेपाली युवती मुनालाई गोली हानी हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । अमेरिकामा २१ वर्षीया नेपाली युवती मुना पाण्डेको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ह्युस्टन प्रहरीले संदिग्धलाई आज ट्राफिक जामको समयमा पक्राउ गरेको प्रहरीलाई उद्धृत गर्दै अमेरिकाबाट प्रकाशन हुने अखबार नेप्योर्कले जनाएको छ ।

बुधबार नै प्रहरीले मुना मृत भेटिएको घरबाट शनिबार एक संदिग्ध बाहिरिँदै गरेको तस्बिर सार्वजनिक गरेको थियो । प्रहरीले संदिग्धलाई देखे खबर गर्नका लागि मानिसहरूलाई अपील गरेको थियो । ट्राफिक लाइटमा सवारी साधन रोकिँदा उनी देखिएपछि स्थानीयले नै प्रहरीलाई खबर गरेका थिए । प्रहरीले त्यसपछि तत्काल ती संदिग्धलाई पक्राउ गरेको हो ।

नेपाल भोजपुरकी मुना शनिबारदेखि सम्पर्कविहीन थिइन् । उनी सोमबार आफ्नै घरमा मृत भेटिएकी थिइन् । उनीमाथि पटक–पटक गोली प्रहार भएको प्रहरीले बताएको छ । ह्युस्टन प्रहरीले उनीमाथि एकभन्दा बढी राउण्ड गोली प्रहार भएको जनाएको छ । शव पोष्टमर्टम गरी थप अनुसन्धान अगाडि बढाउने त्यहाँको प्रहरीले जनाएको छ ।

आरोपीमाथि अनुसन्धान भइरहेका कारण प्रहरीले थप विषय खुलाएको छैन । संदिग्धको नाम खुलाइएको छ न बाँकी विषय । उनीविरूद्ध कुनै अभियोग पनि दर्ता नभएको प्रहरीलाई उद्धृत गर्दै नेप्योर्कले लेखेको छ । हत्याको कारण र उद्देश्य खुलेपछि प्रहरीले पक्राउ परेका व्यक्तमाथि मुद्दा चलाइने जनाइएको छ ।

ह्युस्टन प्रहरीले शनिबार पश्चिम ब्युलवार्ड एअरपोर्ट नजिक रहेको मुनाको घरबाट एक प्रौढ उमेरका पुरूष बाहिरिँदै गरेको सिसीटिभी फुटेज सार्वजनिक भएको छ । यसअघि मुनाकै अमेरिकी प्रेमीले उनको हत्या गरेको आंकलन गरिएको थियो । सिसीटिभी फुटेज सार्वजनिक भएपछि मुनाको हत्या प्रेमीले नगरेको खुलेको छ । प्रहिले पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान गरिरहेको छ ।

बम विस्फोटमा परी दाजुबहिनीको निधन

पाँचथर —पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङवुङको डाडागाउँ टोलमा विस्फोटमा परी दुई बालबालिकाको मृत्यु भएको छ । विस्फोटमा परी गम्भीर घाइते स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाइ वर्षीया प्रिन्साको मृत्यु भएको हो ।

बिहीबार दिउँसो माओवादी कार्यकर्ता आइतराज केरुङ (आईबी) को घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन, स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरी प्रिन्सा घाइते भएका थिए ।

घाइते भएलगत्तै पाँचथर अस्पताल पुर्‍याइए पनि थप उपचारका लागि उनीहरूलाई झापा रेफर गरिएको थियो । उपचारका लागि लैजाने क्रममा प्रिन्साको राति १० बजे इलाम पुर्‍याउँदा बाटोमै र दिप्सनको राती १ वजे बी एन्ड सी अस्पताल झापा पुर्‍याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घाइते बालक पवनको भने पाँचथर अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सक किरण गौतमले जनाए ।

उनीहरू घरेलु ग्रिनेड पड्केर घाइते भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए । घटनास्थलमा अर्को एउटा शंकास्पद वस्तु पनि भेटिएकाले बम हो होइन यकिन गरी डिस्पोज गर्न नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ प्रश्थान गरेको पनि भण्डारीले बताए ।

ग्रिनेड कहिले र कसले राख्यो भन्ने नखुलेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विस्फोट भएको घरका धनी आइतराज माओवादी कार्यकर्ता हुन् । त्यो घरमा अहिले ज्ञानबहादुर राईको परिवार बस्दै आएको छ । बम द्वन्दकालमा लुकाइएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् ।

समाजवादीको उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई विजयी बनेकी छन्।

उनले प्रतिस्पर्धी रामकुमारी झाँक्रीलाई हराउँदै विजयी बनेकी हुन्। अन्तिम नतिजाअनुसार राईले १८९ मत पाउँदा झाँक्रीले ११२ मत पाइन्। यस्तै मधेशी कलस्टरमा धर्मनाथ प्रसाद शाह विजयी भएका छन्।

उनले १६४ मत पाउँदा रामचन्द्र झाले १४४ मत पाए ।

रत्ननगरको वडा नं. १६ मा तीजगीत प्रतियोगिता

उज्यालो दर्पण- रत्ननगरको वडा नं. १६ मा शनिबार तीजगीत प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा १९ टोली सहभागी भएका छन् ।

नेपाली कला, संस्कृति संरक्षण गर्ने उद्देश्यले हरेक वर्षझैँ यो वर्ष पनि हरितालिका तिजको अवसरमा वडा स्तरीय तिज गीत प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताको नगरप्रमुख प्रलाद सापकोटाले एक कार्यक्रमका बीच उद्घाटन गरे । सो अवसरमा आफ्नो संक्षिप्त भनाई राख्दै सापकोटाले पछिल्लो समय तिज गीत सुन्न नसकिने खालका भड्किला हुँदा परम्परागत संस्कृतिको संरक्षण गर्नुपर्ने बताए ।

‘वडाको विकासनिर्माण र समृद्धिको लागी सुझाव’ विषयमा भएको प्रतियोगितामा भानु मेमोरियल स्कुल प्रथम, हात्तीगाड़े टोल विकास संस्था द्दितीय, उद्धमशील महिला समुह तृतीय भएका छन् ।

यस्तै प्रतियोगितामा पेवा बचत तथा ऋण सहकारी संस्था रत्ननगरले सान्तवना पुरस्कार र वनदेवी टोलविकास संस्थाले उत्कृष्ट नृत्यको पुरस्कार प्राप्त गरेका छन् ।

कार्यक्रममा कलाकारहरु नेत्रजी पन्त, पवित्रा यात्री र आयुष्मा थापाको समेत प्रस्तुती रहेको थियो ।

कार्यक्रमका सभापती वडाध्यक्ष हेमराज थापाले तीज गीतका नाममा छाडा गीत, रत्यौली लगायतका संस्कृतिभन्दा बाहिरको विषय हाबी हुँदै गएको समयमा तिज पर्व र तिज गीतलाई पुरानै लयमा फर्काउन तथा वडाको विकासनिर्माण बारे सुझाव संकलन गर्न तिज गीत प्रतियोगिता आयोजना गरिएको बताए ।

 

 

संस्थागत क्षमता मुल्याङकन: महानगरलाई उछिन्दै तेस्रो बन्यो कालिका

रत्ननगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता मुल्याङकन(लिजा) मा रत्ननगर पहिलो हुँदा कालिका नगरपालिका तेस्रो हुन सफल भएको छ ।

खैरहनी नगरपालिका जिल्लामै दोस्रो हुँदा विकासको हिसावले अग्रणी स्थानमा रहेको जिल्लाको एकमात्र महानगरपालिका भरतपुर भने चौथो भएको छ । भरतपुर महानगरपालिकालाई उछिन्दै ग्रामिण क्षेत्रमा रहेको कालिका नगरपालिका तेस्रो भएको हो ।

कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले सबै भन्दा पछि स्थापना भएको कालिकाले भरतपुर महानगरपालिका भन्दा एक स्तर माथी हुनुलाई सकरात्मक रुपमा लिएको बताए । रत्ननगर र खैरहनी क्रमश जिल्लामा प्रथम र दोस्रो हुँदा कालिकाले सुरक्षित गरेको स्थान निरासजन नरहेको उनले बताए ।

लिजालाई चाहिने फोहोर व्यवस्थापन लगायत अन्य काम गर्ने तयारीमा रहेको भन्दै उनले तोकिएको सुचकहरु पुरा गरी अहिलेको नतिजाले उत्साहित हुँदै आगामी आर्थिक बर्षमा पहिलो र दोस्रो हुने प्रयास गर्ने मेयर रेग्मीले बताए । जनप्रतिनिधिको बेमेलका कारण लथालिङ रहेको चितवनको राप्ती नगरपालिका स्थानीय तह संस्थागत क्षमता मुल्याङकनबाट बाहिरिएको छ ।

इच्छाकामना गाउँपालिका पाँचौ र माडी नगरपालिका छैठौ भएको छ । देशभरमा तेस्रो, प्रदेशमा दोस्रो र जिल्लामा पहिला भएको रत्ननगरले ९१ दशमलव ५० अंक प्रास्त गरेको छ । सो नगरपालिकाले शासकीय प्रवन्धक ९, संगठन तथा प्रशासन ७ दशमलव ७५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन ७ दशमलव ७५, वित्तीय एंव आर्थिक व्यवस्थापन १० दशमलव ७५, सेवा प्रवाह १४ दशमलव २५, न्यायिक कार्यसम्पादन ७, भौतिक पूर्वाधार ११ दशमलव २५, सामाजिक समावेशीकरण १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन ७ दशमलव ७५, सहकार्य र समन्वय ६ अंक प्राप्त गरेको हो ।

प्रदेशमा तेस्रो र लिल्लामा दोस्रो भएको खैरहनीले ८९ दशमलव ७५ अंक प्राप्त गरेको छ । सो नगरपालिकाले शासकीय प्रवन्धक ९, संगठन तथा प्रशासन ६ दशमलव ७५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन ९ दशमलव २५, वित्तीय एंव आर्थिक व्यवस्थापन ९ दशमलव ७५, सेवा प्रवाह १५ दशमलव ७५, न्यायिक कार्यसम्पादन ७, भौतिक पूर्वाधार ९ दशमलव २५, सामाजिक समावेशीकरण १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन ७, सहकार्य र समन्वय ६ अंक प्राप्त गरेको मन्त्रालयले जनाएको छ ।

लिजाको मुल्याङकनमा जिल्लामै तेस्रो भएको कालिकाले अंक ८५ प्राप्त गरेको छ । सो नगरपालिकाले शासकीय प्रवन्धक ९, संगठन तथा प्रशासन ६, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन ८ दशमलव २५, वित्तीय एंव आर्थिक व्यवस्थापन १०, सेवा प्रवाह १३ दशमलव २५, न्यायिक कार्यसम्पादन ७, भौतिक पूर्वाधार ९ दशमलव ७५, सामाजिक समावेशीकरण १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन ५ दशमलव ७५, सहकार्य र समन्वय ६ अंक प्राप्त गरेको छ ।

लिजाको मुल्याङकनमा कुल ८३ दशमलव २५ अंक प्राप्त गरेको सो भरतपुर महानगरपालिकाले शासकीय प्रवन्धक ८ दशमलव २५, संगठन तथा प्रशासन ५ दशमलव ७५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन ८ दशमलव ५, वित्तीय एंव आर्थिक व्यवस्थापन ९ दशमलव २५, सेवा प्रवाह १३ दशमलव ७५, न्यायिक कार्यसम्पादन ७, भौतिक पूर्वाधार ११ दशमलव ५, सामाजिक समावेशीकरण ६ दशमलव २५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन ८, सहकार्य र समन्वय ५ अंक पाएको छ ।

कुल ७५ दशमलव २५ अंक प्राप्त गरेको इच्छाकामना गाउँपालिकाले शासकीय प्रवन्धक ७ दशमलव ७५, संगठन तथा प्रशासन ५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन ८ दशमलव ५, वित्तीय एंव आर्थिक व्यवस्थापन १० दशमलव ७५, सेवा प्रवाह ११ दशमलव ५, न्यायिक कार्यसम्पादन ७, भौतिक पूर्वाधार ७ दशमलव ७५, सामाजिक समावेशीकरण ६ दशमलव ५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन ५ दशमलव ५, सहकार्य र समन्वय ५ अंक प्राप्त गरेका छन् ।

माडी नगरपालिका ७२ अंक प्राप्त गरी जिल्लामै छैठौं भएको हो । उसले शासकीय प्रवन्धक ९, संगठन तथा प्रशासन ७, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन ८, वित्तीय एंव आर्थिक व्यवस्थापन ७, सेवा प्रवाह १४, न्यायिक कार्यसम्पादन ६ दशमलव ५, भौतिक पूर्वाधार ७ दशमलव ७५, सामाजिक समावेशीकरण ५ दशमलव ७५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन ५ दशमलव ५, सहकार्य र समन्वय १ दशमलव ५ अंक प्राप्त गरेको छ ।

कालिका कभर्डहलमा प्रथम मेयरकप व्याडमिन्टन प्रतियोगिता हुने

रत्ननगर । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं ३ स्थित कभर्डहलमा यही भदौ १५ र १६ गते प्रथम मेयर कप व्याडमिन्टन खुल्ला डबल अन्तर जिल्ला स्तरीय प्रतियोगिता हुने भएको छ ।

कालिका नगरपालिकाको सहयोगमा कालिका कभर्डहल व्याडमिन्टन व्यवस्थापन समितिले आयोजना गरेको सो कार्यक्रममा ५२ वटा टिमले प्रतिस्पर्धा गर्ने छन् ।

आयोजक समितिले मंगलबार प्रतियोगिताको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो । मेयर विनोद रेग्मीले उद्घाटन गर्ने सो प्रतियोगितामा दुई समुहमा प्रतिस्पर्धा गराइने छ ।

समूह वी अन्तर्गत खुल्ला र समूह सी अन्तर्गत छिमेकि नगरका टिमहरुले प्रतिस्पर्धा गर्ने समितिका अध्यक्ष फडिन्द्र लामिछानेले जानकारी दिए ।

खेलकुदको विकास र युवाहरुलाई सामाजिक रुपान्तरणमा अग्रसर बनाउने उद्देश्यले प्रथम मेयर कप आयोजना गरिएको उनले जानकारी दिए ।

सुविधा सम्पन्न हुँदाहुँदै पनि कालिका कभर्डहल ओझेलमा परेको छ उनले भने कभर्डहललाई राष्ट्रिय रुपमा परिचित गराउन प्रतियोगिता गरेका हौं ।

प्रतियोगित अन्तर्गत समूह वी तर्फ प्रथम पुरस्कार ३१ हजार, द्धितीय पुरस्कार २१ हजार र तृतीय पुरस्कार ११ हजार सहित शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिने समितिका सचिव बुद्धि अधिकारीले जानकारी दिए ।

समूह सी तर्फ प्रथम पुरस्कार १५ हजार, द्धितीय पुरस्कार १० हजार र तृतीय पुरस्कार ७ हजार सहित शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगितामा चितवन सहित नवलपरासी र तनहुँका नाम चलेका टिमहरुले प्रतिस्पर्धा गर्ने उपाध्यक्ष निलकण्ठ चालिसेले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न ४ लाख ३३ हजार ४०० रूपैया खर्च लाग्ने अनुमान गरिएको छ ।

खानेपानी मन्त्रीलाई पिठुवा खानेपानीको छ बुँदे ज्ञापनपत्र

उज्यालो दर्पण- रत्ननगरको वडा नं. १५ मा रहेको पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले संघिय खानेपानी मन्त्री प्रदिप यादवलाई छ बुँदे ज्ञापनपत्र बुझाएको छ।

खानेपानीको निरीक्षण गर्न पिठुवा खानेपानी आईपुगेका मन्त्री यादवलाई शनिबार एक कार्यक्रम बीच संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठले ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा खानेपानी संस्था जस्तो सेवामुलक संस्थाको आम्दानीमा लगाईएको आयकर हटाई साबिककै व्यवस्था कायम हुनुपर्ने, विधुत महसुलमा छुट दिनुपर्ने, विभिन्न तहका सरकारी निकायबाट विकासनिर्माणको कार्य संचालन गर्दा हुने खानेपानी पाईपलाईनको क्षतिको पुनर्निमाण सोहि आयोजना मार्फत गराउनुपर्ने, पिठुवा खानेपानीमा पानी जाँच गर्ने प्रयोगशाला स्थापना गर्नुपर्ने, जिर्ण भएको झन्डै ३५ किमी पाईपलाईन निर्माणको लागी बजेटको बन्दोबस्त तत्काल गर्नुपर्ने जस्ता विषय समेटिएका छन् ।

ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले पिठुवा खानेपानीले उठाएका विषयलाई आफुले गम्भीर रुपमा लिएर तत्काल कार्ययोजना बनाउने बताए । पिठुवा खानेपानीले संचालन गरेको कुनैपनि आयोजनालाई बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै उनले चालु आर्थिक वर्षमै रकमान्तर गरेर भएपनि पिठुवा खानेपानीलाई थप बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

मुग्लिङ–नारायणगढ सडकमा अर्को दुर्घटना; सडक छेउको बारले छेकेर त्रिशूलीमा खस्नबाट जोगियो

९ भदौ, काठमाडौं । मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउने भन्ने स्थानमा दुर्घटना भएको हो ।

बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ ।

दुर्घटनामा १० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए । दुर्घटनापछि बाटो एकतर्फी सन्चालनमा छ ।