Home Blog Page 51

एमाले रत्ननगर १५ को वडा अधिवेशन, कृष्ण पन्तको अध्यक्षतामा ३१ सदस्यीय कमिटि गठन

उज्यालो दर्पण– नेकपा एमाले रत्ननगर १५ को तेश्रो वडा अधिवेशन आईतवार सम्पन्न गरिएको छ ।

माधवपुरकों निशान स्मृति प्रतिष्ठानको भवनमा आयोजित अधिवेशनले ‘अधिवेशन आयोजक कमिटिका संयोजक’ कृष्ण पन्तकै अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन गरेको छ ।

जसको उपाध्यक्षमा भोजराज लामिछाने, सचिवमा मदन भुजेल, उपसचिवमा सरितामाया काफ्ले र उतम काप्री चयन भएका छन् । कमिटिका सबै पदाधिकारी तथा सदस्यहरु सहमतीको आधारमा चयन गरिएका हुन् ।

एमालेका पोलिटब्युरो सदस्य देवी ज्ञावलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा केन्द्रिय सदस्यहरु जेएन थपलिया र प्रभा बराल, केन्द्रीय सल्लाहकार सदस्य महादेवी खतिवडा, प्रदेश कमिटि सदस्य शैलेश खनाल र राजाराम रेग्मी, वडा कमिटि पुर्व अध्यक्ष आशिक तामाङ  लगायतको उपस्थिति थियो।

अधिवेशन आयोजक कमिटिका संयोजक कृष्ण पन्तको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष भोजराज लामिछानेले संचालन गरेका थिए । कार्यक्रममा उपस्थित र आगन्तुकहरुलाई नगरकमिटि सदस्य ईमप्रसाद पन्तले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

चट्याङ लागेर चितवनमा एक महिलाको मृत्यु

चितवन, भदौ १६– चितवनको दक्षिणी भेग माडीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

आईतवार विहान ९ बजेको समयमा माडी नगरपालिका–१ शिकारीपुर चट्याङ लागेर वर्ष ५० की सरस्वती महतोको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । आफ्नै गोठमा भैसीलाई कुडो हाल्न जाँदा एक्कासी चट्याङ लागेर महतो घाइते भएकी थिइन् ।

लगत्तै उपचारका लागि माडीस्थित बघौडा अस्पताल लैजादा उपचारको क्रममा १०ः५० बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमक लागि भरतपुर अस्पतालको शवगृहमा ल्याईएको छ।

अर्पणमा रक्तदान : ३८ युनिट रगत संकलन

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा आइतबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ३८ युनिट रगत संकलन भएको छ ।

अर्पण बचत तथा ऋण सहकारी संस्था लि को कारोबार सुरु गरेको १५ बर्ष पुगेको अबसरमा अर्पण बचत र रेडियो अर्पणको सयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा ९ जना महिला सहित ३८ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक ध्रुबराज लामिछानेले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले विरामीलाई रगतको सहज उपलब्धताको लागि नगरपालिकाले रक्तसंकलन युनिट सञ्चालनमा ल्याएको बताए ।

नगरबासीको स्वास्थ्य सुरक्षाका लागि ५० प्रतिशत अनुदानमा स्वास्थ्य बिमा, रत्ननगर अस्पतालमा उपचारकोष, क्यान्सर पीडितलाई थप २५ हजार तथा बृद्धबृद्धाको घरघरमै उपचार जारी रहेको बताए ।

कार्यक्रममा अर्पण बचतका अध्यक्ष सुरज पौडेलले चितवनमा देखिएको रगतको अभावलाई मध्यनजर गरी सहकारीले आर्थिक कारोबार सुरु गरेको १५ बर्ष पुगेको अबसरमा रक्तदान कार्यक्रम आयोजना गरेको बताए । उनले सहकारीले आर्थिक कारोबारसंगै सामाजिक उत्तरदायित्व बहन गरी सामाजिक रुमान्तरणको काम गर्दै आएको बताए ।

कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकोटाले रक्तदान जीवनदानसंगै आवश्यकताको विषय बनेको बताए । उनले नागरिकले गरेको रक्तदानबाट संकलित रगत विरामीलाई सहज रुपमा उपलब्ध हुनुपर्ने विचार व्यक्त गरे ।

सहकारीका पूर्व अध्यक्ष तथा रेडियो अर्पणका उपाध्यक्ष यमन भूषालले कार्यक्रमको उद्देश्यमाथि प्रकास पार्नुभएको थियो । सहकारीका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामकुमार बजगाईँले स्वागत मन्तव्य राखेका थिए ।

पूर्वी चितवन निर्माण सेवा संघकाे साधरण सभा तथा अधिवेशन: निर्माण व्यवसायी सम्मानित

कालिका । कालिका नगरपालिका वडा नं ६ स्थित पूर्वी चितवन निर्माण सेवा संघकाे १५औ बार्षिक साधारण सभा तथा आठाैं अधिवेशन गरिएकाे छ । कालिकाका मेयर विनाेद रेग्मीले उद्घाटन गरेकाे साधारण सभामा आवास निर्माणमा लामाे सयम देखि याेगदान गर्दै आएका निर्माण व्यवसायीहरुलाई सम्मान गरिएकाे छ ।

संघका पूर्वअध्यक्ष उत्तम घिमिरे सहित संस्थापक अध्यक्ष जगत माेक्तान, पूर्वअध्यक्ष ज्ञानबहादुर लामिछाने, बलराम दंगाल, ज्येष्ठ सदस्य इन्द्रमाया मगर, संघका ज्येष्ठ सदस्य कृष्णप्रसाद खनाललाई सम्मान गरिएकाे हाे । कार्यक्रमका प्रमुख अतिथि मेयर रेग्मी र संघका अध्यक्ष हेमप्रसाद पन्तले उनीहरुलाई सम्मानपत्र र दाेसल्ला ओढाएर सम्मान गरेका थिए ।

साे अबसरमा मेयर रेग्मीले स्थानीय सरकारले लागू गरकाे भवन निर्माण आचारसंहिताकाे कार्यान्यनकाे लागि निर्माण व्यवासयीले नगरपालिकालाई सहयाेग गर्नु पर्ने बताए । कार्यक्रममा अध्यक्ष पन्तले भावी कार्ययाेजना, सचिव राजाराम नेपालले प्रगति प्रतिबेदन तथा लेखा संयाेजक सराेज चाैधरीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वडाध्यक्षहरु टीकाराम रेग्मी, लक्ष्मण पाैडेल, स्वराेजगार निर्माण सेवा संघ भरतपुरका अध्यक्ष कृष्णप्रसाद पाैडेल, पूर्वअध्यक्ष उत्तम घिमिरे लगायतले मन्तव्य राखेका थिए ।

संघका प्रथम उपाध्यक्ष कृष्णप्रसाद दुलालले स्वागत मन्तव्य राखेकाे कार्यक्रम सचिव नेपालले सञ्चालन गरेका थिए । अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति र तीन सदस्यीय लेखा समिति चयन गर्ने छ ।

सिमलतालमा फेरी दुर्घटना; बस र ट्रक ठोक्किए

१६ भदौ, काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् ।

आज बिहान भारतीय नम्बरको बस र नेपाली नम्बरको ट्रक आपसमा ठोक्किएका मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन् । उनका अनुसार दुर्घटनामा ट्रक चालकसहित केही यात्रुहरु सामान्य घाइते भएका छन् ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो

१५ भदौ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेल र डिजलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ ।

आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोमिटर ३७ डलर मूल्य घटाइएको छ । खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत् नै छ ।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ । सुर्खेत र दाङ क्षेत्रमा १६२ र अरु क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्नेछ ।

यस्तै पेट्रोल र मट्टीतेलको मूल्य काठमाडौं र दिपायल क्षेत्रमा लिटरको १५४ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १५३ रुपैयाँ र अरु क्षेत्रमा १५१ रुपैयाँ ५० पैसा पर्नेछ ।

अँगालो मारेको अवस्थामा केराघारी भित्र दुई नाबालिकाको शव फेला, आमाले विष खुवाएको हुनसक्ने आशंका !

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ को केराघारीभित्र शनिबार एकै घरका २ जना नाबालिकाको शव फेला परेको छ।

नारायण न्यौपानेको केराघारीभित्र शनिबार दिउँसो साढे ४ बजेतिर दुई जना नाबालिकाको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

उनका अनुसार धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरेका घर भएका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरु १ वर्षीया अर्पणा र ३ वर्षीया आयिका कार्की केराघारीभित्र मृत अवस्थामा फेला परेका हुन्।

उनीहरु धनकुटा घर भई सुन्दरहरैँचा–७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएका थिए। त्यहाँ अर्जनु उनकी श्रीमती २९ वर्षीया अस्मिता न्यौपाने र दुई छोरीसँगै बस्दै आएका थिए। उनीहरु बसेकै नजिक नयाँ घर बनाउँदै थिए।

केराघारीभित्र २ नाबालिकाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे। शुक्रबार साँझ पती–पत्नीबीच विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँदै, डिएसपी बस्नेतले भने, ‘विवाद भएपछि नाबालिका छोरीहरुलाई लिएर राति साढे ८ बजेतिर घरबाट उनी हिँडेकी थिइन्। शनिबार दिउँसो नाबालिकाको शव एकअर्काकालाई अँगालो मारेको अवस्थामा भेटियो। दिदी आयिकाले बाहिनी अर्पणालाई अँगालो मारेको अवस्थामा शव थियो।’

नाबालिकाको शव फेला परेपछि आमा अस्मिता सम्पर्कविहीन भएकी छन्। उनको खोजी तीव्र पारिएको छ। ‘घटनाको प्रकृति हेर्दा दुवै बालिकालाई विष खुवाएर मारे जस्तो देखिन्छ’ डिएसपी बस्नेतले भने।

बालिकाको शव फेला परेको स्थान नजिकै कीटनाशक औषधि ‘मेटासिट’ को बट्टा फेला परेको बताउँदै, डिएसपी बस्नेतले भने, ‘नाबालिकाको शरीरमा बाहिरी चोट देखिँदैन। घटना प्रकृति हेर्दा विष खुवाएर हत्या गरे जस्तो देखिन्छ। आमा सम्पर्कविहीन हुनुले पनि थप शंका उब्जाएको छ। बच्चाका बुवा हाम्रो सम्पर्कमा छन्।’

निर्माणाधीन घरमा पानी लगाउने विषयलाई लिएर पति–पत्नीबीच विवाद भएको र विवाद भएपछि २ जना छोरीलाई लिएर पत्नी हिँडेको अर्जुनलाई उद्धृत गर्दै प्रहरीले भन्यो।

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की आफैं घटनास्थल पुगेर घटनाको थप अनुसन्धान अघि बढाएका छन्। शवलाई पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

अन्तर विद्यालय तीजगीत प्रतियोगितामा स्काइराइडर प्रथम

उज्यालो दर्पण- भरतपुरको अर्किड माध्यमिक विद्यालयले आयोजना गरेको जिल्ला स्तरीय अन्तरविद्यालय तीजगीत प्रतियोगितामा रत्ननगरको स्काईराईडर आवाशीय माध्यमिक विद्यालय प्रथम भएको छ ।

‘लोकसंस्कृतिको संरक्षण, श्रष्ट्राको सम्मान र नवप्रतिभालाई प्रोत्साहन’ भन्ने नारालाई आत्मसाथ गर्दै विद्यालयले जिल्ला स्तरीय तीजगीत प्रतियोगिता आयोजना गरेको हो ।

विद्यालय अतिरिक्त क्रियाकलाप विभाग प्रमुख तथा कार्यक्रम संयोजक प्रतीक्षा श्रेष्ठका अनुसार प्रतियोगितामा चितवनका सामुदायिक एवम संस्थागत गरि ३० भन्दा बढी विद्यालयहरुको सहभागीता रहेको थियो।

प्रतियोगितामा ओम शान्ति मावी भरतपुर दोश्रो र सनराइज स्कुल तेस्रो भएका थिए। कार्यक्रममा नेपाल प्रहरी स्कुलको विशेष प्रस्तुति रहेको थियो।

कयरखोलामा डुबेको अवस्थामा एकजनाको शव फेला

कालिका, १५ भदौ । कालिका नगरपालिकामा एकजना बृद्व मृत अवस्थामा फेला परेका छन् ।

स्थानीय साेमवहादुर मुड्भरी कालिका वडा नं ८ स्थित कालिका मन्दिर भन्दामाथी गङटे स्थित कयर खाेलामा डुबेकाे अवस्थामा फेला परेको हाे ।

९० वर्षका बृद्व हिजाेबेलुकी देखि सम्पर्क विहीन भएका थिए । राती अबेर सम्म परिवार र स्थानीयले सम्भावित ठाउँमा खाेजीगरेका थिए ।
खबर पाए लगत्तै कालिका नगरपालिकाका उप–प्रमुख विमला तामाङ, कालिका ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, वडा नं ८ का अध्यक्ष चित्रवहादुर मगर, नगरप्रहरी सहितकाे टिम घटना स्थल पुगेका थिए ।

विहान स्थानीयले खाेलामा डुबिरहेकाे अवस्थामा देखेपछि जुटपानी प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय टांडीवाट आएकाे टिमले मुचुल्का उठाएर पाेष्टमार्टमका लागि भरतपुर पठाएकाे छ ।

ममताका बुवा भन्छन्– दाइजोलाई लिएर सम्धिनीसँग खटपट भएको थियो

काभ्रेपलाञ्चोकको पनौती घर भएकी ममता काफ्ले अमेरिकामा बेपत्ता भएको घटनामा दाइजो मुख्य कारण भएको खुलासा भएको छ ।

ममताका बुवा कमल काफ्ले र मावली हजुरबुवा यज्ञप्रसाद तिमिल्सिनाले यस घटनामा ममताका पति नरेशदत्त भट्ट र उनको परिवारको संलग्नता रहेको दाबी गरेका छन् ।

ममताले कञ्चनपुरका नरेशदत्त भट्टसँग प्रेम विवाह गरेकी थिइन् । विवाहको समयमा नै नरेशको परिवारले दाइजो कम भएको भन्दै विवाद गरेको थियो ।

ममताका बुवा कमलका अनुसार दाइजोको विषयलाई लिएर ६–७ महिनाअघि उनकी सम्धिनी पार्वती भट्टसँग खटपट भएको थियो ।

विवाहको समयमा दाइजोको कुरा नगर्न भने पनि भट्ट परिवारले त्यसलाई स्वीकार नगरेको बुवा कमलले बताए । ममता बेपत्ता हुनुमा दाइजो नै मुख्य कारण भएको बताउँदै हजुरबुवा यज्ञप्रसादले पनि भट्ट परिवारको संलग्नता रहेको दाबी गरेका छन् ।

ममता जुलाई ३१ अर्थात् साउन १६ गतेदेखि बेपत्ता छिन् । प्रहरीले ममताका पति नरेशलाई अमेरिकाको भर्जिनियास्थित मनासस पार्कबाट भदौ ६ गते पक्राउ गरेको छ । भदौ ७ गते उनलाई अदालतमा पेश गरिएको थियो । अदालतले उनलाई थुनामा राख्ने आदेश दिएको छ ।

अदालतमा पेश गरिएको कागजातमा ममताको हत्या नरेशकै घरको बेडरूममा भएको प्रमाण फेला परेको अमेरिकी प्रहरी अधिकारीले दाबी गरेका छन् । बेडरूम र बाथरूममा रगत देखिएकाले प्रहरीले कार्पेटलगायत सामान फरेन्सिक जाँचका लागि बरामद गरेको छ ।

ममताका परिवारका सदस्यहरूले अमेरिकामा न्यायको खोजी गरिरहेका छन् । ममताका बुवा कमल काफ्लेले छोरीसँग अन्तिमपटक साउन ११ गते कुराकानी हुँदा उनको अनुहार मलिनो रहेको दाबी गरे ।

यतिबेला ममताकी आमा र दाइ अमेरिकामा पुगेका छन् । परिवारका सदस्यहरूले ममताको न्यायका लागि अमेरिकी राजदूतावास र नेपाल सरकारले अझै ठोस कदम नचालेको गुनासो गरेका छन् । यस घटनाले पनौतीबासीलाई बढी नै स्तब्ध बनाएको पाइएको छ ।