Home Blog Page 53

टिकटक प्रतिबन्ध खुला गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले टिकटक खुलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकलाई लगाइएको प्रतिबन्ध खुल्ला गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको एकजना मन्त्रीले जानकारी दिएका छन् ।

त्यस्तै, टिकटकलाई ३ महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको उनले बताए ।

गत वर्ष कात्तिकदेखि तत्कालीन सरकारले सामाजिक विकृति बढेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । यद्यपी, भीपीनलगायतबाट टिकटक भने चलिराखेको थियो ।

संस्थागत क्षमता मुल्याङकन : रत्ननगर देशभरमै तेस्रो, प्रदेशमा दोस्रो

रत्ननगर । चितवनको रत्ननगर नगरपालिका स्थानीय सरकार संस्थागत क्षमता मुल्याङकनमा देशभरमै तेस्रो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०७९÷८० को नतिजा अनुसार रत्ननगर नगरपालिका देशभरका नगरपालिका मध्ये तेस्रो र बागमती प्रदेशमा दोस्रो भएको हो ।

मन्त्रालयले गरेको मुल्याङकनमा ९१ दशमलब ५० अंक प्राप्त गरी तेस्रो हुँदै रत्ननगर नगरपालिका सम्मानित तथा पुरस्कृत भएको छ । देशभरका नगरपालिका मध्ये संस्थागत क्षमता मुल्याङकनमा धादिङको निलकण्ठ नगरपालिका ९२ दशमलब ५० अंक प्राप्त गरी पहिलो र रुपन्देहीको तिलोतमा नगरपालिका ९२ अंक प्राप्त गरी दोस्रो भएको छ ।

बागमती प्रदेशमा उल्लेखित अंक प्राप्त गरी धादिङको निलकण्ठ नगरपालिका प्रमथ, रत्ननगर नगरपालिका दोस्रो र खैरहनी नगरपालिका ९७ अंक प्राप्त गरी तेस्रो भएको छ । काठमाडौंमा विहीबार आयोजित एक औपचारिक कार्यक्रमका बीच मन्त्रालयका सचिव भरतमणि सुवेदीले रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटालाई सम्मान तथा पुरस्कार हस्तान्तरण गरेका थिए ।

सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको प्रमुख आथिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो । मन्त्रालयले शासकीय सुधारमा अग्रसर गराउन स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी नतिजा सार्वजनिक गरेको हो । सम्मानित भएपछि मेयर सापकोटाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको मुल्याङ्कनले आफुलाई उत्साहित बनाएको बताए ।

नगर र नगरबासीको हितमा काम गर्ने थप हौसला प्रदान भएको छ उनले भने नगरको पूर्वाधान विकास, कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेका छौं । मेयर सापकोटाले स्थानीय सरकारले नगरबासीको आवश्यकता पहिचान गरेर काम गर्नुपर्ने जिम्मेबारीलाई आत्मसाथ गरेर गरेको कामले सफलता मिलेको बताए ।

नगरपालिकाको कार्यसम्पादन, विकास निर्माण र नगरबासीलाई हित हुने गरी कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर काम गरेको बताए । मेयर सापकोटाले कार्यभार सम्हालेपछि मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहाको विकासको लागि नमुना सडक निर्माण, टिकौलीमा हरियाली पार्क निर्माण भइरहेको छ ।

कृषि र पशुपालन मार्फत किसानहरुको जीवन स्तर उकास्न अनुदान र उपकरण सहयोग गर्दै आएको सो नगरपालिकाले शिक्षामा पनि लगानी बढाएको छ । नगरबासीको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य विमा निःशुल्क, क्यान्सर पीडितलाई आर्थिक सहयोग, रत्ननगर अस्पतालमा उपचार कोष स्थापना गरेको सो नगरपालिकाले घरघरमा ज्येष्ठ नागरिकको उपचारलाई निरन्तरता दिएको मेयर सापकोटाले बताए ।

उद्यमशिलता विकासका लागि मेयर संग उद्यमशिलता कार्यक्रम अन्तर्गत विना धितो विना व्याज तीन लाख सम्म ऋण प्रदान गर्दै आएको सो नगरपालिकाले विन्नि समुदायको जीविकोपार्जनका लागि सीपमुलक तालिम प्रदान गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत सुकदेब लम्सालले बताए ।

मकवानपुरमा भैँसीको आक्रमणमा बाघको मृत्यु

हेटौँडा । मकवानपुरको मनहरिमा भैँसीको आक्रमणले बाघको ज्यान गएको छ ।

मनहरि गाउँपालिका वडा नम्बर ६ प्रतापपुरका स्थानीय बलबहादुर राईको गोठमा भैंसीलाई आक्रमण गर्दा बाघ आफै आक्रमणमा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

राईको गोठमा भैँसी घाइते फेला परेको थियो भने बाघ मृत अवस्थामा भेटिएको थियो ।

बाघ बूढो भएको कारण भैंसीको आक्रमण मृत्यु भएको देखिएको प्रहरीको भनाई छ । मृत्यु भएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलिले लगेको छ ।

वर्षाले रोकेन विद्यार्थीलाई, एक्सपर्ट चितवनको शैक्षिक मेलामा उत्साहजनक सहभागिता

चितवन, भदौ ५– विहानैदेखि परेको पानीको कुनै प्रवाह नगरी एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले आयोजना गरेको शैक्षिक मेला ‘इन्लाइटन एडु’ मा विद्यार्थीहरुले उत्साहजनक सहभागिता जनाएका छन् ।

एक्सपर्ट चितवनको कार्यालय भवन ‘बेसक्याम्प’मा आज (बुधबार) बिहान १० बजेदेखि सुरु भएको शैक्षिक मेला दिउँसो ३ बजेसम्म चलेको थियो । पानी परेपनि विद्यार्थी तथा अभिभावकहरु समयमै कार्यक्रममा सहभागिता जनाएका थिए । उनीहरुले शैक्षिक मेलामा आफूले बुझ्न चाहेको विषय र आफ्नो अपेक्षा पुरा भएको प्रतिक्रिया दिएका थिए ।

मेलामा अष्ट्रेलिया, युके र न्युजिल्याण्डका ५० भन्दा बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरुले विद्यार्थीलाई जानकारी दिएका थिए । उनीहरुले विद्यार्थीहरु निकै जिज्ञासु रहेको र वर्षाकाबीच पनि उत्साहजनक विद्यार्थी उपस्थिति जनाएको भन्दै खुशी व्यक्त गरेका थिए ।

एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले वर्षाको कुनै प्रवाह नगरी मेलामा सहभागिता जनाएको भन्दै सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरुलाई धन्यवाद दिए । उनले ब्याचलर्स, मास्टर्स तथा रिसर्च लेभलका विभिन्न प्रोग्राममा पढ्न विदेश जान चाहने विद्यार्थीका लागि मेला फलदायी बनेको बताए । उनले भने–‘मेलामा सहभागि विद्यार्थीबाट सकरात्मक प्रतिक्रिया आएको छ, सही परामर्शका लागि एक्सपर्ट सदैव यसरी नै सहयोगी बन्नेछ ।’

शैक्षिक मेलामा सहभागि विद्यार्थीहरुलाई हातखाली नजाने उपहारको समेत व्यवस्था गरिएको थियो । उनीहरुले पेन, छातादेखि स्केटिङ, कपाल काट्ने तालिममा छुटलगायतको कुपन प्राप्त गरेका थिए ।

एक्सपर्टले २१ वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आइरहेको छ । यहाँबाट अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्युजिल्याण्ड तथा आयरल्याण्डका विश्वविख्यात युनिभर्सिटी तथा कलेजमा अध्ययन गर्न जानका लागि शैक्षिक परामर्श प्रदान गरिन्छ । साथै एक्सपर्ट चितवनमा भाषा परीक्षाहरू आइइएलटिएस, पिटिई र स्याट तयारी कक्षा पनि सञ्चालन भइरहेका छन् ।

 

भरतपुर अस्पतालमा उपचाररत महिलाको मृत्यु, उपचारमा लापरबाही भएको आफन्तको आरोप

चितवन । चितवनको भरतपुर अस्पतालमा उपचाररत एक महिलाकाे मृत्यु भएकाे छ । पाठेघरको मासुको टुक्रा (बायोप्सी) निकाल्न खोज्दा गैंडाकोट नगरपालिका–५ की ३९ वर्षीया सम्झना काफ्ले ढकाल मृत्यु भएको हाे ।

अस्पतालमा मंगलबार बायोप्सी निकाल्ने क्रममा स्पाइनल एनेस्थेसिया (कम्मरभन्दा तलको भाग लठ्याउने) दिइएकी उनको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।

पाठेघरमा सिष्ट भएको भन्दै उनको अप्रेशन गरेर बायोप्सी निकाल्न लागिएको थियो । सूचना अधिकारी पाैडेलका अनुसार मृतक महिलाको मुटुमा पहिल्यैदेखि समस्या थियाे । उनले बिरामीको अवस्था गम्भीर भएपछि बचाउन आईसीयूमा राखिएको तर बचाउन नसकिएको बताए ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले एनेस्थेसिया दिने बित्तिकै बिरामी अचानक गम्भीर अवस्थामा पुगेको बताए ।

उनले घटनाका बारेमा थप बुझ्ने काम भैरहेको बताए । मृतकका आफन्तहरूले अस्पतालले उपचारमा गम्भीर लापरबाही गरेको बताएका छन् । मृतक महिलाको एक छोरी र एक छोरा छन् ।

एक्सपर्ट चितवनको शैक्षिक मेला भोलि, तयारी पूरा

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; module: photo; hw-remosaic: false; touch: (-1.0, -1.0); modeInfo: HDR ; sceneMode: 2; cct_value: 0; AI_Scene: (-1, -1); aec_lux: 224.52744; aec_lux_index: 0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0; albedo: ; confidence: ; motionLevel: -1; weatherinfo: null; temperature: 39;

चितवन, भदौ ४– एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले आयोजना गर्न लागेको शैक्षिक मेला ‘इन्लाइटन एडु’ को तयारी पूरा भएको छ ।

एक्सपर्ट चितवनको कार्यालय भवन ‘बेसक्याम्प’मा भोलि (बुधबार) हुन लागेको मेला बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने छ । उक्त मेलामा अष्ट्रेलिया, युके र न्युजिल्याण्डका ५० भन्दा बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिबाट विद्यार्थीले जानकारी लिन सक्नेछन् ।

युनिभर्सिटी तथा कलेजबाट प्रतिनिधि नै उपस्थित हुने भएकोले विद्यार्थीले आधिकारिक र भरपर्दो जानकारी लिन सक्ने एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिएका छन् ।

‘भोलिको सबै तयारी पूरा भइसकेको छ, युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरु आइसक्नु भएको छ’ प्रबन्ध निर्देशक अधिकारीले भने –‘ब्याचलर्स, मास्टर्स तथा रिसर्च लेभलका विभिन्न प्रोग्राममा पढ्न विदेश जान चाहने विद्यार्थीका लागि मेला फलदायी हुनेछ ।

उनले थप्दै भने–‘अहिले भरखरै कक्षा १२ को नतिजा आएका विद्यार्थीहरूका लागि त झनै यो मेला उपयुक्त हुन्छ । उच्च शिक्षा अध्ययन गर्न विदेश जाने सोच छ तर खास जानकारी लिन पाइएको छैन भने आउन अनुरोध गर्दछु ।’
एक्सपर्टले २१ वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

यहाँबाट अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्युजिल्याण्ड तथा आयरल्याण्डका विश्वविख्यात युनिभर्सिटी तथा कलेजमा अध्ययन गर्न जानका लागि शैक्षिक परामर्श प्रदान गरिन्छ । साथै एक्सपर्ट चितवनमा भाषा परीक्षाहरू आइइएलटिएस, पिटिई र स्याट तयारी कक्षा पनि सञ्चालन भइरहेका छन् ।

खोलाले बगाउँदा चितवनको कालिकामा एक बालकको मृत्यु

रत्ननगर, भदौ ४ । चितवनकाे कालिकामा खोलाले बगाएर बेपत्ता भएका बालककाे शव फेला परेकाेछ । बुङखोलाले बगाएर बेपत्ता भएका ६ वर्षिया बालक हरिराम अर्यालकाे शव फेला परेकाे हाे ।

आज दिउसो १:५५ बजे कालिका नगरपालिका-७ स्याउली बजार स्थित बुङखोलामा हात खुट्टा धुने क्रममा बगेर सोही ठाउँ बस्ने उत्तम अर्यालका ६ वर्षिया छोरा हरिराम अर्याल बेपत्ता भएका थिए ।

बेपत्ता बालककाे शव बगाएको स्थानबाट करिब ४ किलोमिटर दक्षिणतर्फ कालिका वडा नं. ६ स्थित मिलिजुली चोककाे कुलाेमा दिउसाे ३:३० बजेकाे समयमा फेला परेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

नारायणगढ- मुग्लिङ सडकखण्डमा गुडिरहेको कारमाथी ढुंगा खस्याे

चितवन ४ भदौ । नारायणगढ- मुग्लिङ सडकखण्ड अन्तर्गत ३ नम्बर पुल नजिकै गुडिरहेको कारमाथी ढुंगा खसेर कारमा सामान्य क्षति पुगेको छ ।

निरन्तर परिरहेको वर्षासंगै आज विहान ८ बजेकाे समयमा ईच्छाकामना गाउँपालिका वडा नं. ५स्थित मुख्य राजमार्गकाे ३ नं. पुल नजिकै कारमाथी ढुंगा खसेको हाे ।

मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको BAD 8322 नं. को कारमा माथिबाट ढुंगा खसेर कारमा सामान्य क्षति भएको चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कारमा सवार सबैजना सुरक्षित छन् ।

रुखको जरामा ठेस लागेर लड्दा रत्ननगरमा एकजना घाईते

उज्यालो नेपाल – रत्ननगरको वडा नं १४ पिठुवामा रुखको जरामा ठेस लागेर एकजना घाइते भएका छन।

सो स्थान वर्ष-७१ की पूणीमायाँ तामाङले आफ्नै घरमा पालेको सारौ चरा समात्ने क्रममा बक्काईनाको रुखको जरामा ठेस लागेर लड्दा घाईते भएकी हुन्।

घाइते भएकी तामाङलाई उपचारको लागि पुरानो मेडीकल कलेज भरतपुर लागिएको प्रहरीले जनाएको दिएको छ।

चितवनको पर्साबजारमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु

चितवनमा मोटरसाइकल दुघर्टना हुँदा एकजना प्रहरीको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार हेमन्त कुमार श्रेष्ठ रहेका छन्।

चितवनको खैरहनी नगरपालिका–८ बाबा पेट्रोलपम्प स्थित पूर्व पश्चिम राजमार्गमा मनोहरीबाट खोलेसिमल तर्फ आउदै गरेको गरेको बा.प्र.०३–००३ प ६३७ नम्बरको मोटरसाईकल आज बिहान २ः४० बजेतिर दुर्घटना हुँदा श्रेष्ठको मृत्यु भएको हो।

दुघर्टनामा परी गम्भीर घाईतेभएका श्रेष्ठको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारका क्रममा आज बिहान ३ः १९को समयमा चिकित्सकले मृत्यु घोषणा गरेको चितवन प्रहरीले जानकारी दिएको छ।

लमजुङको राईनस नगरपालिका–६ धमेलीकुवा स्थायी घर भईहाल चितवन रत्ननगर नगरपालिका–१५  (खोलेसिमल बजार नजीकै) श्रेष्ठको परिवार बस्दै आएको थियो।

सो घटनाबारे थप अनुसन्धान भईरहेको चितवन प्रहरीले जानकारी दिएको छ।