Home Blog Page 69

सन्दीप लामिछानेले‍ दिएको पुनरावेदनमा आज पेशी, सुनुवाइ के होला ?

काठमाडौं : काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा दिएको पुनरावेदनमा आज सुनुवाइ हुने भएको छ।

यसअघि पटकपटक सुनुवाइ स्थगित हुँदै आएको मुद्दाको सुनुवाइका लागि गत वैशाख २३ गते पेशी न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको इजालसमा तोकिएको थियो। उक्त दिन हेर्न नमिल्नेमा परेपछि आजका लागि पेशी तोकिएको हो।

पटक-पटक पेश सर्दा लामिछानेले दिए पुनरावेदनमाथि सुनुवाई गर्दै दोषी भए जेल सजाय र निर्दोष भए विश्वकप खेल्न पठाउनुपर्ने माग नागरिकस्तरमा उठ्न थालेको छ।

अघिल्लो पेसीमा इजलासले मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएको थियो । यसअघि वैशाख ३ गते उच्च अदालतले गौशाला २६ ले जन्मदर्तामा जन्म मिति सच्याउन दिएको निवेदन र जन्ममिति स्पष्ट खुल्ने काजगात झिकाउन आदेश दिएको थियो।

न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले गौशाला २६ ले जन्ममितिसम्बन्धी स्पष्ट हुने काजगात झिकाउन आदेश दिएको हो। यसअघि जिल्ला अदालतले पीडित गौशाला २६ को उमेर १८ वर्ष कटेको ठहर गरेको थियो।

पीडितको उमेर १८ वर्ष कटेको भएपनि सन्दीपले सहमतिबिना नै शारीरिक सम्बन्ध राखेको भन्दै दोषी ठहर गरेको थियो। लामिछानेले गत फागुन २० गते उच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए। बलात्कार मुद्दामा आफू निर्दोष रहेको दाबी गरेका छन्।

जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणी मुद्दामा लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको थियो। न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने फैसला गरेको थियो।

नाबालिग बलात्कार गरेको आरोपमा गौशाला-२६ ले लामिछानेविरुद्ध गत वर्ष भदौ २१ गते गौशाला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। तर,अदालतले जबरजस्ती करणीको जाहेरी दिने किशोरी नाबालिग नरहेको ठहर गरेको थियो।

काठमाडौंको गौशालास्थित एक होटलमा लगेर बलात्कार गरेको आरोपमा पीडितले उजुरी दिएकी थिइन्।

अभियन्ताहरूमाथि सन्दीप लामिछाने आक्रोश

यता लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै सम्बन्ध प्रमाणित गर्न चुनौती दिएका छन्। उनले सम्बन्ध प्रमाणित भए ८ वर्ष सजायले नपुग्ने बरु फासी नै सही हुने बताएका छन्।

उनले कथित अभियन्ताहरूमाथि आक्रोशसमेत पोखेका छन्। ‘तथाकथित अभियन्ताहरूलाई मेरो यो खुल्ला चुनौती हो, मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध, चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट भएको होस्। तथ्य र प्रमाणले साबित गर्नुहोस। म दोषी देखिन्छु भने फासीमा चढाइयोस्, मलाई ८ वर्षले पुग्दै पुग्दैन,’ उनले भनेका छन्।

उनले आफू यस घटनाको निर्दोष पात्र रहेको उनले स्पष्ट पारेका छन्। उनले यो घटना घटाइएको र वास्तविक अनुहार एकदिन निस्किने बताए। ‘यो घटनाको निर्दोष पात्र हुँ। मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ।

त्यसमा तपाईँहरूको पनि सहभागिता छ। धेरै खोल्न बाँकी छ। फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो। वास्तबिक अनुहार आफैं निस्केला,’ उनले भने। उनले आफू त फसे, बोलेकै भरमा अरु कोही नफसोस भन्दै अनुरोधसमेत गरेका छन्।

भरतपुरको अर्किड स्कुलमा विद्यालय कप्तानको लागी निर्वाचन

३१ बैशाख भरतपुर ! भरतपुरको अर्किड माध्यमिक विद्यालयले नमुना निर्वाचन मार्फत विद्यालय कप्तान, उपकप्तान र विभिन्न सदनका नायक र सह नायकहरू निर्वाचित गरेको छ।

प्रत्यक्ष प्रथम हुने निर्वाचन पद्धति मार्फत विद्यालयमा अध्ययनरत विद्यार्थिहरूले शैक्षिक सत्र २०८१ का लागी आ-आफ्ना प्रतिनिधिहरू चुनेका हुन्।

कुल ४८ जना उम्मेदवारहरू सहभागी निर्वाचनमा, ४ सदन का नायक-सहनायक, विद्यालय कप्तान र उपकप्तान छात्र र छात्रा समूह गरि १२ जना उम्मेदवारहरू निर्वाचित भएका हुन्।

मतदान परिणाम अनुसार विद्यालय कप्तानमा छात्रतर्फ हिमान्शु चौरशिया, उप कप्तानमा कृपेश अधिकारी र छात्रातर्फ सुधा चौरशिया र प्रीन्सु राना क्रमशः कप्तान र उपकप्तानमा निर्वाचित भएका छन्।

त्यसैगरी ४ वटा सदनका नायक र सहनायकमा, अर्थबाट सोनिश पोखरेल-सुसंकेत रानाभाट, भेनसबाट आयुषा सुवेदी- एन्जल सापकोटा, मर्करिबाट ओसोन पहारी- आशिफ शेख र मार्स सदनबाट रूविषा वाग्ले – आर्शिया पौडेल निर्वाचित भएका छन् छन्।

निर्वाचन अधिकृतको भुमिकामा रहेकी विद्यालय अतिरिक्त कृयाकलाप विभाग प्रमुख प्रतीक्षा श्रेष्ठका अनुसार अर्किड माविले विद्यार्थी नेतृत्व निर्वाचन मार्फत छनौट गर्ने यो कार्यक्रम विद्यालयको छैठौं शृङ्खला हो।

निर्वाचन उम्मेदवारी मनोनयन, निर्वाचन आचारसंहिता, दावी बिरोध – फिर्ता अनि प्रचार प्रसारको लागि निश्चित समय समेत दिएर गरिएको यस नमुना निर्वाचनले वास्तविक निर्वाचनको पुर्ण अनुसरण गरेको थियो।

नमुना निर्वाचनले विद्यार्थीहरूमा सहज, सरल र स्वभाविक रूपमा नेतृत्व क्षमता को विकास गराउदै, राजनीतिक सामाजिकिकरण को स्वस्फुर्त अभ्यास र विकास गराउने विद्यालयको उद्देश्य रहेको श्रेष्ठले बताइन्।

चितवन: कक्षाकोठामा खेल्नेक्रममा बेहोस भएका बालकको मृत्यु

उज्यालो नेपाल- चितवनमा कक्षाकोठामा खेल्नेक्रममा बेहोस भएका बालकको मृत्यु भएको छ । आईतबार भरतपुर महानगरपालिका वडा नं. ३ कमलनगरमा रहेको भृकुटी बोर्डिंग स्कुलमा प्ले ग्रुपमा अध्ययनरत तिन वर्षका बालक दिलिप गुप्ता कक्षाकोठामै बेहोस भएका थिए  ।

बेहोस भएका बालकलाई उपचारको लागी नयाँ मेडिकल कलेज पुर्याईएकोमा दिउँसो साढे बाह्र बजे डाक्टरले मृत घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जानकारी दिएको छ ।

घटनाको बारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

चितवनमा अज्ञात समूहद्वारा स्कुलको बसमा आगजनी

चितवन । भरतपुर महानगरपालिका–२० दद्रेनीमा सडकमा गुडीरहेको स्मल हेभन इंगलिस बोडिर्डीङ स्कुल कल्याणपुरको बाग्मती प्रदेश– ०६ ००१ क ०४५ नम्बरको बसमा अज्ञात समूहले आइतबार विहान आगजनी गरेको छ ।

विहान ८ः३० बजेको समयमा विध्यार्थी लिन गएको सो बसमा ३ वटा मोटरसाइकलमा आएका ६ जनाको अज्ञात समुहले दद्रेनी पुलमा बस रोकेर आगो लगाइ भागेको प्रत्यक्षदर्शीहरू वताउछन।

आगजनीबाट बस पुर्णरुपमा क्षतिग्रस्त भएपनि विद्यार्थीहरु नभएकोले मानवीय क्षतिहुनबाट जोगिएको छ ।

कालिकामा नगर प्रहरीको सेवा सुरु

चितवन । चितवनको कालिका नगरपालिका स्थापना भएको आठ बर्षपछि नगर प्रहरीको सेवा सुरु गरिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐनले पालिका स्तरमा ऐन र कार्यविधि बनाइ नगर प्रहरी राख्न पाउने व्यवस्था गरेको छ ।

शहरीकरण तर्फ उन्मुख सो नगरपालिकाले अहिले सम्म नगरप्रहरी भर्ति गरी सेवा प्रदान गर्न सकेको थिएन् ।

नगरबासीको सुरक्षाको लागि स्थानीय सरकारले नगरप्रहरीको व्यवस्था गरिएको छ । सो नगरपालिकाले एक जना नगर प्रहरी सहायक निरीक्षक र ८ जना नगर प्रहरी जवान गरी ९ जना नगर प्रहरी भर्ति गरी सेवा सुरु गरेको हो ।९ जनामा ३ जना महिला छन् ।

शुक्रबार आयोजित नगर प्रहरी दिक्षान्त समारोहमा प्रमुख प्रशासकीय अधिकृत चुडामणि शर्मा गौतमले नगरप्रहरीहरुलाई गोपनीयतको सपथग्रहण गराएका थिए।

सपथ लगतै नगरप्रमुख विनोद रेग्मी र उपप्रमुख विमला तामाङले उनीहरुलाई दज्यानी चिन्ह लगाइदिएर प्रमाणपत्र प्रदान गरेका थिए ।

सार्वजनिक सुचना प्रकाशित गरी सो नगरपालिकाले छनौट भएका नौं जनालाई १५ दिनको तालिम दिएर काममा खटाएको हो ।

बैशाख १ गतेदेखि उनीहरुको सेवा सुुचारु भएको छ । १५ दिने तालिममा नगर प्रहरीको काम, कर्तब्य र अधिकार सहित कबज, इन्डोर, आत्मरक्षा, जनसम्पर्क, दैविक प्रकोप लगायतका विषयहरुमा तालिम गराइएको थियो ।

सो अबसरमा मेयर रेग्मीलेले कालिका नगरबासीको सुरक्षाको लागि नगरप्रहरी भर्ति गरी काममा खटाइएको बताए । नगरप्रहरी सञ्चालन ऐन र कार्यविधि बनाएर नगरप्रहरी भर्ति गरिएको भन्दै सेवामा प्रतिबद्ध भएर काम गर्न आग्रह गरे ।

मेयर रेग्मीले नगरपालिकाको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै निकट भविश्यमै फोहोर संकलन र व्यवस्थापनको समेत काम सुरु गर्ने बताए ।

फोहोर संकलन र व्यवस्थापनको लागि कार्यविधि निर्माण भइसकेको भन्दै उनको भनाई छ । दिक्षन्त समारोहमा उपमेगर तामाङ, संस्थापक वडाध्यक्ष टीका रिजाल, कृष्णकुमार श्रेष्ठ, वडाध्यक्ष टीकाराम रेग्मी, मकरमान श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

सुसासन समितिका संयोजक दिपक बहादुर भट्टराई अध्यक्षतामा भएको सो कार्यक्रम शाखा अधिकृत प्रकासचन्द्र पौडेलले सञ्चालन गरेका थिए । साविकका गाविसहरु शक्तिखोर, सिद्धि, पदमपुर र जुटपानी समायोजना गरी २०७४ जेष्ठ ७ गते नगरपालिका घोषण गरिएको थियो ।

मेरो चरित्र हत्या गरियो, कसैलाई बाँकी राख्दिन : पारस खड्का

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

नेपालका पुर्व कप्तान समेत रहेका खड्काले सामाजिक संजालमा आफ्नो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहिन तरिकाले भैरहेको व्यक्तिगत आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

उनले नेपालको कानुनले कसैलाईपनि विना प्रमाण चरित्र हत्या गर्ने वा तर्क नराखी व्यक्तिगत आरोप लगाउने छुट दिएको छैन भन्दै नेपालको कानुनले सबैलाई कानुनी उपचारको बाटो खुल्ला राखेको स्पष्ट गरेका छन् ।

उनले अगाडी भनेका छन्, ‘नेपाली क्रिकेटसंग सम्बन्धित विभिन्न पक्षहरू र विशेषतस् सन्दिप लामिछानेसंग जोडिएको पछिल्लो मुद्दामा सम्मानित जिल्ला अदालतबाट पहिलो तहको फैसला भएको र उच्च अदालतबाट अन्य कुरा प्रष्ट हुँदै जानेनै छ। यो सबैका विच समेत तर्कहिन तरिकाले मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले ममाथि भैरहेको नियोजित षड्यन्त्रलाई ढिलो चाँडो कानुनी दायरामा ल्याउने समेत जानकारी गराउन चाहन्छु ।’

खड्काले नेपाली क्रिकेटप्रतिको आफ्नो निस्वार्थस् भावना र यसको विकास, विस्तारप्रतिको आफ्नो अठोटमा कदापि पनि परिवर्तन नआउने बताएका छन् ।

सात दिनदेखि बेपत्ता चितवन कि स्नेहा लामिछाने भेटिइन्

२६ वैशाख, काठमाडौं । कलंकीबाट बेपत्ता २२ वर्षीया स्नेहा लामिछाने ७ दिनपछि बुधबार पशुपतिनाथ मन्दिर परिसरमा फेला परेकी छन् ।

सूचनाको आधारमा साँझ परिवार र प्रहरीको टोली आरती हुने स्थान आसपास पुग्दा उनलाई फेला पारिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

‘यत्तिका दिन उहाँ कहाँ हुनुहुन्थ्यो, कस्तो अवस्थामा हुनुहुन्थ्यो भन्ने विषयमा अहिले सोधेका छैनौं’, उनले भने, ‘त्यो विषयमा पनि बुझ्छौं ।’

चितवन कालिका नगरपालिका–६, टाँडी घर भइ हाल हजुरआमा कहाँ बसेर सानेपास्थित सगरमाथा इञ्जिनियरिङ कलेजमा अध्ययरत् लामिछाने १९ वैशाखदेखि सम्पर्कविहीन थिइन् ।

आमा शोभा लामिछानका अनुसार, स्नेहा कलेजमा कम्युटर इञ्जिनियरिङ पहिलो सेमेस्टरमा अध्ययरत् थिइन् । अन्तिम पटक उनी एक्लै घरबाट निस्किएको प्रारम्भिक अनुसन्धानबाट देखिएको थियो ।

स्नेहाको मोबाइल पनि १९ वैशाखबाटै स्वीच अफ थियो ।

चितवनमा बाघ र गैँडा मृत फेला

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा बाघ र गैँडा मृत फेला परेका छन् । निकुञ्जको भित्र भीमपुर क्षेत्रमा बाघ तथा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा गैँडा मृत अवस्थामा भेटिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नेपाली सेनाको सुरक्षा पोस्ट अमृतेबाट खटिएको टोलीले मृत बाघ फेला पारेको हो ।

अहिले घटनास्थलमा सेना र निकुञ्जको टोली पुगेको छ । घटनास्थल सौराहा नजिक पर्दछ । बाघ मर्नुको कारण खुल्न सकेको छैन ।

यस्तै नवलपरासीको कावासोती नगरपालिका–१५ गुन्द्रइढाका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा भाले गैँडा मृत फेला परेको छ ।

गैँडा प्राकृतिक कारणले मरेको निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । गैँडाको खाग र खुर सुरक्षित छ ।

चितवनको खैरहनीमा माछापोखरीमा डुवेर बालकको मृत्यु

चितवन । चितवनमा माछा पोखरीमा डुवेर एक बालकको ज्यान गएको छ ।

जिल्लाको खैरहनी नगरपालिका वडा नं. १० जिवनपुर घर भएका सञ्वय चौधरीका १० वर्षका छोरा सिमानस चौधरीको माछापोखरीमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आइतबार साँझ स्थानीय यादव पुनको माछापोखरीमा बल्छि खेल्ने क्रममा डुवेर गम्भिर घाइते भएका बालकको उपचारको क्रममा भरतपुर अस्पतालमा ज्यान गएको हो ।

घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । ( साङ्केतिक तस्वीर )

दुर्घटनाबाट बचाएको भन्दै शान्ति श्रीले दिइन् क्याप्टेन चन्दलाई धन्यवाद

काठमाडौँ । लोकगायिका शान्ति श्री परियारले ठूलो दुर्घटनाबाट जोगाएको भन्दै क्याप्टेन लबिस चन्दलाई धन्यवाद दिएकी छन् । सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत गायिका परियालले यति एयरलान्सका क्याप्टेन चन्दलाई धन्यवाद दिएकी हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘धन्यवाद क्याप्टेन लबिस चन्द ! प्लेनमा रहेका हामी सबैले ७५ प्रतिशत जिन्दगी छोडेका थियौँ, हजुरले आफ्नो प्रायस जारी राख्नु भो र गन्तब्यभन्दा फरक ठाउँमा अवतरण भयो तर सबैलाई नयाँ जिवन त दिनु भयो नि ।’

सोमबार काठमाडौँबाट भैरहवाका लागि उडेको यति एयरको जहाज प्रतिकूल मौसमका कारण जनकपुरमा आकस्मिक अवतरण गरेको थियो ।