Home Blog Page 70

दुर्घटनाबाट बचाएको भन्दै शान्ति श्रीले दिइन् क्याप्टेन चन्दलाई धन्यवाद

काठमाडौँ । लोकगायिका शान्ति श्री परियारले ठूलो दुर्घटनाबाट जोगाएको भन्दै क्याप्टेन लबिस चन्दलाई धन्यवाद दिएकी छन् । सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत गायिका परियालले यति एयरलान्सका क्याप्टेन चन्दलाई धन्यवाद दिएकी हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘धन्यवाद क्याप्टेन लबिस चन्द ! प्लेनमा रहेका हामी सबैले ७५ प्रतिशत जिन्दगी छोडेका थियौँ, हजुरले आफ्नो प्रायस जारी राख्नु भो र गन्तब्यभन्दा फरक ठाउँमा अवतरण भयो तर सबैलाई नयाँ जिवन त दिनु भयो नि ।’

सोमबार काठमाडौँबाट भैरहवाका लागि उडेको यति एयरको जहाज प्रतिकूल मौसमका कारण जनकपुरमा आकस्मिक अवतरण गरेको थियो ।

यी प्रदेशमा आज भारी वर्षा, कोशी र बागमतीमा बिहानैदेखि पर्दैछ पानी

मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको बताएको छ।

महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बागमती र कोशी प्रदेशका एक–दुई स्थानहरूमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया मौसम सफा रहेको छ।

महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने भन्दै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानहरूमा भारी वर्षाको समेत संभावना रहेको महाशाखाले जनाएको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको साथै बाँकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तो छ आगामी २ दिनको मौसम सम्बन्धी जानकारीः

२०८१ वैशाख २६ गते (बुधवार)

दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशको पहाडी भु–भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको साथै तराईका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०८१ वैशाख २७ गते (बिहीवार)

दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशको पहाडी भु–भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको साथै तराईका एक–दुई स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग÷हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

खरबारीमा लागेको आगो निभाउने क्रममा आमा-छोराको मृत्यु

ओखलढुंगा, वैशाख २५ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका१० बेतिनीस्थित बाहुनडाँडामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ ।

खरबारीमा लागेको आगो निभाउने क्रममा ५५ वर्षीय पुण्यमाया धमला र उनका छोरा १६ वर्षीय कञ्चन धमलाको घटनास्थलमै मृत्यु भएको हो ।

सोमबार अपरान्ह उक्त घटना घटेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । बसाहा हरिबोले सामुदायिक वनमा लागेको डढेलो निजी खरबारीमा प्रवेश गर्दा उक्त घटना घटेको हो ।

अमेरिकी डलरको भाउ बढ्दा हङकङ डलर स्थिर, आज कुन मुद्राको सहटी दर कति ?

काठमाडौं । आज २०८१ वैशाख २५ गते, मे ७, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ बढेको छ भने हङकङ डलर स्थिर रहेको छ ।

आज अमेरिकी डलर १ को खरिद दर १३३.२९ रुपियाँ र बिक्री दर १३३.८९ रुपियाँ तोकिएको छ । जुन हिजो खरिद १३३.१८ रुपियाँ र बिक्री १३३.७८ रुपियाँ थियो ।

त्यसैगरी अघिल्लो दिन हङकङ डलर १ को खरिद मूल्य १७.०५ रुपियाँ र बिक्री मूल्य १७.१३ रुपियाँ रहेकामा आज पनि सोही दर कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

जसपा विभाजनसँगै त्रसित नेपाल र लामिछाने

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपाल विभाजन भएसँगै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) समेत विभाजन हुने बताइएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र रास्वपा अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पार्टीलाई फुटबाट जोगाउन आन्तरिक छलफलाई तीव्रता दिएका छन् । सोमबार एकीकृत समाजवादीको काठमाडौंमा संसदीय दलको बैठक बस्यो । मंगलबार रास्वपाको संसदीय दलको बैठक बस्दै छ । दुवै दलले आफ्ना सांसदलाई पार्टीको नियन्त्रणमा राख्ने प्रयास जारी राखेका छन् ।

नेपाली कांग्रेसले वर्तमान गठबन्धन फुटाएर नयाँ गठबन्धन बनाउने र सरकार गठन गर्ने गृहकार्य थालेपछि सत्तारूढ दलहरू विभाजनको संघारमा पुगेका हुन् । जसपा नेपाल विभाजन भएपछि चिन्तित बनेका नेपाल र लामिछानेले आफ्नो पार्टीलाई फुटबाट जोगाउन सांसदहरूलाई नियन्त्रणमा राख्दै ‘दायाँबायाँ’ नगर्न कडा निर्देशनसमेत दिएका छन् ।

दुवै दलमा रहेका केही सांसद जसरी पनि मन्त्री हुनुपर्ने लबिङमा रहेको र जुनबेला पनि विभाजनतर्फ लाग्ने चर्चा राजनीतिक वृतमा भइरहेको छ । कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरिसकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाललाई र अर्का नेता शेखर कोइराला समूहले ओलीलाई प्रधानमन्त्री बनाउन खोजेको बताइएको छ ।

प्रतिपक्षमा रहेको कांग्रेसले गठबन्धन फुटाउन खोजेको छ तर छुटाछुटै समूहबाट अगाडि बढ्न खोजेपछि असफल भएको छ । कांग्रेसको यो चाल बुझेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीले वर्तमान गठबन्धन छोड्ने भएपछि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन गराएको कतिपयको विश्लेषण रहेको छ ।

नयाँ बानेश्वरस्थित एकीकृत समाजवादीको संसदीय दलको कार्यालयमा बसेको बैठकमा अध्यक्ष नेपालले जसपा नेपाल विभाजनपछि विकसित घटनाक्रम’bout सांसदहरूलाई जानकारी गराए । सत्ता गठबन्धनमा असन्तुष्टि देखिरहँदा आइतबार एकाएक जसपा फुटेपछि एकीकृत समाजवादी त्रासमा छ ।

संसदीय दलको बैठकको बीचैमा बाहिरिएका उपाध्यक्ष डा. बेदुराम भुसालले भने पार्टीमा कुनै पनि विवाद नभएको जिकिर गरेका छन् । ‘हामीभित्र कुनै विवाद छैन । अनावश्यक हल्ला हो,’ उनले भने, ‘बाहिर अनावश्यक हल्ला चलाएका छन् । कसले चलाएको हो थाहा छैन ?’

भुसालले आइतबार विभाजन भएको जसपा विभाजनले कुन रूप लिन्छ भन्नेमा सामान्य छलफल भएको बताए । ‘भर्खर निवेदन दर्ता मात्र भएको छ । कुन ऐनअन्तर्गत जाने हो कुनै टुंगो छैन । नियमावली हुन्छ कि हुँदैन, निर्वाचन आयोगले बोलेको छैन । अदालतमा प्रवेश गर्ला’ भुसालले भने । अरूको पार्टी जे भए पनि एकीकृत समाजवादी भने कुनै पनि हालतमा नफुट्ने उनको जिकिर छ ।

यता एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई अर्थमन्त्री वर्षमान पुनले भेटेका छन् । खनाल र पुनको भेटघाटलाई धेरैले चासोका साथ हेरेका छन् । जसपा विभाजनसँगै भएको यो भेटले फुटलाई बढावा दिने हो कि भन्ने आशंका पनि व्यक्त गरेका छन् । यसैबीच, एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक ३१ वैशाख काठमाडौंमा बस्ने भएको छ ।

यसअघि २८ वैशाखमा बैठक बस्ने भनिएको थियो । पार्टी महासचिव घनश्याम भुसालले आन्तरिक तयारी नपुगेकाले बैठक सारिएको जानकारी दिए । दुई दिनसम्म चल्ने बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत हुने पार्टीको वैचारिक दृष्टिकोण, जनवर्गीय संगठनका कार्यप्रगति, समसामयिक राजनीतिक अवस्था, नवीकरण गरिएका संगठित सदस्यको अनुमोदनलगायत विषयमा छलफल केन्द्रित रहने महासचिव भुसालले बताए ।

सोही बैठकबाट देशभर पार्टी संगठनको अवस्था, आन्तरिक विवाद, समसामयिक परिस्थिति’bout छलफलका साथै प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताको जिम्मेवारी बाँडफाँट गरिने पनि बताइएको छ । बैठकमा आगामी असारमा हुने राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोटका मापदण्ड तय गर्ने र संगठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना’bout छलफल गरिनेछ ।

बैठकमा पार्टी अध्यक्ष नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले प्रस्तुत गर्ने सांगठनिक प्रतिवेदनमा समेत छलफल हुनेछ । पार्टीले आगामी १६ देखि २० असारमा काठमाडौंमा १०औं महाधिवेशन गर्न लागेको छ ।

उता, रास्वपाले मंगलबार संसदीय दलको बैठक बोलाएको छ । आसन्न संसद् बजेट अधिवेशन, सरकारका काम कारबाही, हालै सम्पन्न उपनिर्वाचन र समसामयिक घटनाक्रम’bout छलफल हुने बताइएको छ ।

रचना रिमालको आक्रोश: सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आइतबार ‘हेर्न नमिल्ने’ सूचीमा परेपछि गायिका रचना रिमालले असन्तुष्टि पोखेकी छन्।

रिमालले सामाजिक सञ्जालमा लेख्दै सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ भन्दै आक्रोश पोखेकी छिन्।

उनले लेखेकी छिन्, ‘दोषी भए कानुन अनुसार सजाय देऊ, निर्दोष भए विश्वकप खेल्न देऊ।’

आइतबार सन्दीपको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासमा परेको थियो।

यसअघि पहिलो सुनवाइमा मुख्य न्यायाधीश निरौलाले नै झझी (झगडिया झिकाउने) आदेश दिएका थिए। सामान्यतया यसअघि आदेश दिइसकेको न्यायाधीशले स्वार्थ बाझिने भन्दै मुद्दाको सुनुवाइ नगर्ने अभ्यास छ।

रिमाल नेपाली क्रिकेट प्रतियोगिताहरूमा सधैं सहभागी भइरहेकी हुन्छिन्। टीयु र मुलपानीमा हुने प्रतियोगिताहरूमा प्रायः उनी दर्शकका रूपमा सहभागी हुने गर्छिन्।

रत्ननगरमा साईलेज़ बनाउने मेसिनमा च्यापिएर घाईते भएका अधिकारी रहेनन्

उज्यालो नेपाल-  रत्ननगरमा बुधबार साईलेज बनाउने मेसिनमा परेर घाईते भएका हरि अधिकारीको मृत्यु भएको छ । साईलेज बनाउनको लागी मकैको ढोड काट्ने क्रममा मेसिनमा च्यापिएर गम्भीर घाईते भएका अधिकारीको विहिबार पुरानो मेडिकल कलेजमा ज्यान गएको हो ।

रत्ननगर नगरपालिका वडा नं. १६ दोबाटो बजार नजीकै मकैको ढोड काट्ने क्रममा अधिकारी बुधबार घाईते भएका थिए । बिहान ९ बजे मेसिनमा परेका अधिकारीलाई मध्यान्ह १२ बजे मात्र उद्दार गरि अस्पताल पुर्याईएको थियो ।

सुरुमा आफुलाई बचाउन आग्रह गरिरहेका अधिकारीको जटिल प्रकृतिको मेसिनमा च्यापिएका कारण उद्दारमा कठिनाई भएको हो ।  यधपी घटनास्थल मै डाक्टर सहितको टोली बोलाई उपचार सुरु गरिएपनि उनलाई बचाउन नसकिएको वडाध्यक्ष हेमराज थापाले बताए ।

उपचारको लागि भरतपुरको एलाईभ अस्पतालमा पुर्याईएका अधिकारीलाई थप उपचारको लागी बुधबार साँझ नै पुरानो मेडिकल कलेजमा सारिएको थियो । अधिकारीको विहिबार बिहान १० बजे मृत्यु भएको हो । मृतकको विहिबार नै देवघाटमा अन्तिम संस्कार गरिएको छ ।

यो पनि पढ्नुहोस्: साईलेज़ बनाउने मेसिनमा बेरिएर रत्ननगरमा एकजना घाइते

 

सहमतीको जीविकोपार्जन कार्यक्रम: २७ जना किसानलाई च्याउखेती प्रविधि तालिम

उज्यालो नेपाल- पुर्विचितवनमा २७ जना कृषकलाई च्याउखेती प्रविधि तालिम सुरु गरिएको छ। समुदाय, वन्यजन्तु र जलवायुको क्षेत्रमा कामगर्दै आएको गैरसरकारी संस्था सहमतिले जीविकोपार्जन कार्यक्रम अन्तर्गत कृषकहरुलाई च्याउखेती प्रविधि तालिम सुरू गरेको हो ।

विहीबारबाट कालिका ७ को उदयपुर सामिदायिक वनको सभाहलमा सुरू गरिएको तिनदिने तालिममा पुर्विचितवनका चारवटा सामुदायिक वनका २७ जना उपभोक्ताको सहभागिता छ ।

तालिमामा उदयपुर सामुदायिक वन, भिमवली सामुदायिक वन, चतुर्मुखी सामुदायिक वन र कालीखोला देउराली सामुदायिक वनका उपभोक्ताहरु सहभागी छन् ।

तालिमको विहिबार एक औपचारिक कार्यक्रमका बीच कालिका वडा नं. ७ कि कार्यबाहक वडाध्यक्ष सर्मिला अधिकारीले उद्घाटन गरिन् । कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै अधिकारीले यस्ता कार्यक्रमले जीविकोपार्जनमा सहयोग पुग्ने भन्दै आयोजक संस्था प्रति धन्यवाद व्यक्त गरिन् ।

कार्यक्रममा अर्का अतिथि चतुर्मुखी सामुदायिक वनका अध्यक्ष हरिकुमार गुरुङले तालिममा सिकाएका कुरा मेहेनत गरेर सिक्न र सिकेका कुरालाई पेशाका रपमा अगाल्न आग्रह गरे ।

त्यस्तै पन्चकन्या सामुदायिक वनका अध्यक्ष तथा सामुदायिक वन उपभोक्ता महासंघ चितवन जिल्ला उपाध्यक्ष कृष्ण बगालेले गरिव, उत्पीडित तथा सिमान्तकृत वर्गको उत्थानको लागी सहमतीले पुर्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरे ।

त्यस्तै कार्यक्रमका सभापती समेत रहेका उदयपुर सामुदायिक वनका अध्यक्ष शंकर लामाले तालिमबाट सहभागीहरुको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । सहभागीहरुलाई लामाले, ” व्यवसायिक कृषक बनेर, भविष्यमा अरुलाई सहयोग गर्न सक्ने गरि काम गर्न” आग्रह गरे ।

तालिमका सहभागीहरुलाई नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ वैज्ञानिक डा. सुवास सुवेदीले प्रशिक्षण दिनेछन् । तालिममा विभिन्न जातका च्याउखेती, तिनमा देखिने समस्या र समाधानका विषयमा सेसन संचालन हुनेछ ।

डब्लुडब्लुएफ नेपालसँगको सहकार्यमा नवलपरासी र चितवनको विभिन्न क्षेत्रमा समुदाय, वन्यजन्तु र जलवायुको क्षेत्रमा कार्यक्रम संचालन गर्दै आईरहेको सहमतीले जीविकोपार्जन कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आईरहेको छ ।

संस्थाले यसअघि बेमौसमी तरकारी खेती, माछापालन, मौरीपालन, लगायतका विषयमा तालिम संचालन गरि सहभागीहरुलाई सम्बन्धित सामाग्री समेत हस्तानान्तरण गरेको छ । संस्थाले हालै रत्ननगर र कालिकामा रहेका विभिन्न चार वटा सामुदायिक वनमा आवद्ध कृषकहरुलाई सेरेना र मेनिफेरा जातका ५६  घार मौरी वितरण गरेको सहमतीका चितवन जिल्ला सामाजिक सहजकर्ता जनक सुवेदीले जानकारी दिए । ।

 

 

अनियन्त्रित मोटरसाइकल घरमा ठोकिँदा रत्ननगरमा दुईयुवाको ज्यान गयो।

उज्यालो नेपाल। चितवनको रत्ननगरमा मोटरसाइकल अनियन्त्रित भई घरमा ठोक्किँदा दुई युवाको ज्यान गएको छ।

गएराति (बुधवार) राति ११ः५५ बजेको समयमा रत्ननगर–४ वडा कार्यालय नजिक भित्री सडकमा ना २२ प ३४४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई स्थानीय सुमन गदालको घरको भित्तामा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ।

मृत्यु हुनेमा रत्ननगर–३ बन्सी बस्ने वर्ष २२ का जीवन चौधरी र सोहि ठाउँका १८ वर्षीय सुमित महतो रहेका छन्।

घरको भित्तामा ठोक्किएर गम्भीर घाइते भएका मोटरसाइकल चालक जीवन र मोटरसाइकलको पछाडि बसेका सुमितको गएराति १२ः५५ बजेको समयमा भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए।

मृतक दुवै जनाको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ। मोटरसाइकल ठोक्किएर घरको भित्तामा समेत क्षति पुगेको भण्डारीले बताए। घटनाको विषयमा इलाका प्रहरी कार्यालय टाँडीले थप अनुसन्धान गरिरहेको छ।

साईलेज़ बनाउने मेसिनमा बेरिएर रत्ननगरमा एकजना घाइते

उज्यालो नेपाल। चितवनमा मकैको ढोड काट्ने मेसिनमा च्यापिएर एकजना घाइते भएका छन्।

रत्ननगर नगरपालिका वडा नं. १६ दोबाटो बजार नजीकै मकैको ढोड काट्ने क्रममा मेसिनमा च्यापिएर बुधबार सोही स्थानका ३५ वर्षीय हरि अधिकारी घाइते भएका हुन्।

प्रहरीले दिएको जानकारी अनुसार घाइते अधिकारीको अवस्था गम्भीर छ। उनको कम्मर मुनिको भागमा गम्भीर चोट लागेको छ।

उनलाई उपचारको लागि भरतपुरको एलाईभ अस्पतालमा लगिएको छ। अधिकारी दोबाटो टोलका रामकुमार श्रेष्ठको जग्गामा कमल थापाले लगाएको मकैको ढोड काट्न गएका थिए।

साइलेज बनाउनको लागी ढोड टुक्राउने क्रममा उनी मधेश प्रदेश–०३–००१ त ८१०८ नम्बरको ट्याक्टरमा जडित घाँस काट्ने हार्वेस्टर मेसिनमा अड्किन पुगेका थिए।

ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।