Home Blog Page 88

चितवनमा फागुन १९ गते रोटरी मिनी म्याराथुन प्रतियोगिता हुने

रत्ननगर । चितवनमा फागुन १९ गते महिला, पुरुप सहभागी रोटरी मिनी म्याराथुन प्रतियोगिता हुने भएको छ । रोटरी क्लव अफ रत्ननगरले आयोजना गरेको सो प्रतियोगितामा महिला र पुरुषको छुट्टाछुट्टै प्रतियोगिता हुने छ ।

म्याराथुनमा ४०० बढी धावकहरुले प्रतिस्पर्धा गर्ने छन् । रोटरी क्लवले सोमबार रत्ननगरमा पत्रकार सम्मेलनको आयोजना गरी मिनी म्याराथुन गर्नुको उद्देश्य र तयारीको बारेमा जानकारी दिएको हो ।

यस अघि रोटरीले सन २०१९ मा पहिलो संस्करणको मिनी म्याराथुन प्रतियोगिता गरेको थियो । फागुन १९ गते हुने मिनी म्याराथुन दोस्रो संस्करण हो ।

भरतपुर भ्रमण बर्ष र समग्र जिल्लाको पर्यटन विकासको लागि म्याराथुन प्रतियोगिता आयोजना गरिएको रोटरी क्लव अफ रत्ननगरका पूर्व अध्यक्ष तथा रोटरी मिनी म्याराथुन प्रतियोगिताका संयोजक विपिन पोखरेलले बताए ।

पुरुष धावकहरुलाई नारायणगढ देखि रत्ननगरको निपनी सम्म साढे १५ किलोमिटर र महिला धावकहरुलाई भरतपुरको सिमानादेखि रत्ननगरको निपनी सम्म पाँच किलोमिटर दुरी कायम गरिएको पोखरेलले बताए ।

कार्यक्रम नारायणी नदीको किनारमा उद्घाटन भएर रत्ननगरको निपनी स्थित होटर स्टार चितवनमा समापन गर्ने तयारी गरिएको प्रतियोगिताका संयोजक पोखरेलले जानकारी दिए ।

पुरुष तर्फ प्रथम हुनेलाई एकलाख नगद सहित प्रमाणपत्र र चाँदीको मेडल, द्धितीय हुनेलाई ५० हजार नगद सहित प्रमाणपत्र र चाँदीको मेडल, तृतीय हुनेलाई २५ हजार नगद सहित प्रमाणपत्र र चाँदीको मेडल, चौथो हुनेलाई १० हजार नगद सहित प्रमाणपत्र, पाँचौं हुनेलाई पाँच हजार नगद सहित प्रमाणपत्र, छैठौं देखि दसौं सम्म हुनेलाई तीन हजार नगद सहित प्रमाणपत्र र दुरी पुरा गर्ने चेपाङ समुदायका धावकहरुलाई जनही २ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने रोटरी क्लव अफ रत्ननगरका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए ।

महिला तर्फ प्रथम हुनेलाई २० हजार नगद सहित प्रमाणपत्र र चाँदीको मेडल, द्धितीय हुनेलाई १० हजार नगद सहित प्रमाणपत्र र चाँदीको मेडल, तृतीय हुनेलाई ५ हजार नगद सहित प्रमाणपत्र र चाँदीको मेडल, चौथो हुनेलाई ३ हजार नगद सहित प्रमाणपत्र, पाँचौ हुनेलाई २ हजार ५०० नगद सहित प्रमाणपत्र, छैठौं देखि दसौं सम्म हुनेलाई २ हजार नगद सहित प्रमाणपत्र र दुरी पुरा गर्ने चेपाङ महिलालाई एक हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

१५ किलोमिटरको दुरीमा हुने खुल्ला म्याराथुनमा राष्ट्रिय स्तरका धावकहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले सहभागिता जनाउने र सीमान्तकृत चेपाङ समुदायको प्रोत्सहानका लागि चेपाङ समुदायबाट प्रतिस्पर्धामा सहभागी गराउने योजना बनाइएको छ ।

रोटरी मिनी म्याराथुन प्रतियोगिता मार्फत समग्र जिल्लाको पर्यटन प्रर्वद्धन र जिल्लाको पहिचान गराउने उद्देश्य रहेको प्रतियोगिताका संयोजक पोखरेलले बताए ।

पत्रकार सम्मेलनमा रोटरीका असिस्टेन गर्भनर सुरेन्द्रनाथ रेग्मीले समाज रुपान्तरणको लागि रोटरीले अहिले सम्म गरेका कामहरुको बारेमा जानकारी गराएका थिए ।

गरिवी निवारणका लागि कालिकामा ब्युटीपार्लर तालिम

उज्यालो नेपाल –  चितवनको कालिकामा  ब्युटीपार्लर तालिम सुरु गरिएको छ। कालिका नगरपालिकाको आयोजनामा ‘ गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम ‘ अन्तर्गत तालिम सुरु गरिएको हो।

तालिमको आज एक कार्यक्रमका बीच मेयर विनोद रेग्मीले उद्घाटन गरे। उद्घाटन कार्यक्रममा बोल्दै मेयर रेग्मीले तालिमको सहि सदुपयोग गर्न आग्रह गरे।

‘तालिम लिएपछि आफू मात्र राम्री बन्ने हैन, व्यावसायिक बन्न आग्रह ‘ गर्दै, रेग्मीले तालिम लिएकाहरुले उद्यम सुरुगरे मात्र नगरपालिकाको लगानी सदुपयोग हुने विचार व्यक्त गरे। आधारभूत तालिम लिए पश्चात व्यवसाय सुरु गर्ने महिलाहरूलाई अर्को वर्ष एडभान्स तालिमको आयोजना गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।

उद्घाटन कार्यक्रममै बोल्दै प्रमुख प्रशासकीय अधिकृत चुडामणि शर्मा गौतमले नगरपालिकाले ल्याएको कार्यक्रमले बाट सिप सिकेर त्यो सीप प्रयोग गरी जीविकोपार्जन सहज बनाउन प्रशिक्षार्थीहरूलाई आग्रह गरे।

कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्दै सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख प्रकाश चन्द्र पौडेलले सीप सिकेका व्यक्ति कहिले पनि भोकै मर्नु नपर्ने कुरा बताए।

कालिका वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम रेग्मीको सभापतित्वमा भएको कार्यक्रम लघु उद्यम सहजकर्ता सन्तोषी कुमालले सञ्चालन गरेकी थिइन्।

२५ जना महिला प्रशिक्षार्थीहरू रहेको तालिम ४५ दिनसम्म सञ्चालन हुनेछ।

पूर्वराजाको भ्रमणपछि वीरगन्जमा भीआईपीको ताँती

वीरगन्ज । पूर्वराजा ज्ञानेन्द्रले वीरगन्ज पुगी गएको १३ माघमा दल र नेताको कामबारे  कटाक्ष गरेलगत्तै वीरगन्जमा भीआईपीको ताँती नै लाग्न थालेको छ ।

पूर्वराजा ज्ञानेन्द्र फर्केको दुई दिन बित्न नपाउँदै गएको १५ माघमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीरगन्जमा आइपुगेका थिए । उनी फर्कने क्रममा बाराको सिमरा पुगेर राजदरवार हत्याकाण्ड बारे पुन छानविन गर्नेसम्मको प्रतिक्रिया दिएका थिए । प्रधानमन्त्रीले यो प्रतिक्रिया दिनुको कारण पूर्वराजा ज्ञानेन्द्रले २०५८ सालको राजदरबार हत्याकाण्डमा आफूहरुलाई बेतुकको लाग्छना लगाइएको तर्क गर्दै जनतामा भ्रम छरिएको बताएको काउन्टर थियो । प्रधानमन्त्री प्रचण्डले यही कुरालाई संकेत गर्दैै बाराको सिमरामा सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिंदै राजदरबार हत्याकाण्ड पुनः छानबिन हुनेभनी पूर्वराजाको भनाइप्रति कटाक्ष गरेका थिए ।

पूर्वराजा ज्ञानेन्द्र राजावादी समर्थकले उनैलाई गर्ने नागरिक अभिनन्दनका लागि भनी वीरगन्ज आएका थिए । प्रधानमन्त्री प्रचण्ड भने आफ्नै पार्टी माओवादी केन्द्र निकटका पत्रकारहरुको संगठन प्रेस सेन्टरको स्थापना दिवस र राष्ट्रिय बैठकको समापनलाई सम्बोधन गर्न भनी यहाँ आइपुगेका थिए ।

यी दुई भीआईपी मात्र नभई एक साताभित्र मोफसलको जिल्ला पर्सा वीरगन्जमा अर्का भीआईपीमध्ये नेपाली कांग्रेजका महामन्त्री गगनकुमार थापा पनि आइपुगेका छन् । स्थानीय अंकुश दैनिक पत्रिकाको रजत महोत्सव समारोहमा सरिक हुन भनी उनी पनि यहाँ आएर डेमोक्रेसीभन्दा अर्को विकल्प नभएको भनी फर्केका छन् । राजाका समर्थकले राजा आउ देश बचाऊ भनी वीरगन्जमा लगाएको नारा र पूर्वराजा ज्ञानेन्द्रको कडा सम्बोधन पछि उल्टो बाटोमा राजनीति फर्किने संकेत गरेको विरोधकै शैलीमा डेमोक्रेसीको विकल्प नभएको महामन्त्री थापाले जिकिर गरे ।

उनले यो व्यवस्थाभित्र भएका नराम्रा पक्ष सुधार गर्दै गएर यो व्यवस्थामा नै राम्रा काम गर्नुपर्नेमा जोड दिए । ‘यहाँका नराम्रा पक्ष हटाउन हामी सक्छौं’, हामीले अग्रसरता गर्नैपर्छ, त्यसका लागि पहिले आफैंबाट सुधारको सुरुवात गर्नुपर्छ, स्टेटको मेकानिज्म जुन राम्रो गर्नेभन्दा पनि नराम्रोमा लागेको छ । अब यसलाई सुधार गरेर टुंगोमा पुग्ने–पु¥याउने गर्नुपर्छ, प्रत्येक कुराको सुधारको जिम्मा हाम्रो हो । सदनमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पार्टी छ । देशभरि अधिकांश प्रदेशमा पनि काँग्रेसकै सरकार छ । अनि ३ सय ३२ पालिकाको प्रमुख पनि नेपाली कांग्रेसकै व्यक्ति छ । अनि यहाँका कमजोरी अरू कसले हटाउँछ ? हामीले नै हटाउनुपर्छ ।’

वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंह र यो मुद्दामा बढी चासो देखाइरहेका स्थानीय कांग्रेसकै केही नेता कार्यकर्तातर्फ संकेत गर्दै उनले नागरिकतामा गल्ती गर्नेले वा दोहोरो नागरिकता बनाउने कसैले छुट पाउन नहुने जिकिर गरे । ‘नागरिकतामा किर्ते गर्ने कसैले पनि छुटकारा पाउन हुँदैन,’ उनले थपे । एमालेले पूर्व–पश्चिम राष्ट्रिय अभियान सम्पन्न गरेको केही दिनमा नै महामन्त्री थापाकै अग्रसरतामा झापाबाट काँग्रेसका स्थानीय नेता कार्यकर्ता भेट्दै उनी तल्लो तहका नेता कार्यकर्ताका कुरा बुझ्दै धनुषा हँुदै पर्सासम्म आइपुगेका पनि हुन् । शनिबार पर्साको ठोरी हुँदै चितवन जाने कुरा पनि उनले यहाँ खुलासा गरे ।

अंकुश दैनिक पत्रिकाका प्रधान सम्पादक दीपेन्द्र चौहानको अध्यक्षतामा भएको पत्रिकाको रजत महोत्सव कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा जसपाका नेता प्रदिप यादव, वरिष्ठ पत्रकार हरिहर विरही, कविर राणा नेपाली कांग्रेसका पूर्वमन्त्री अजय चौरसिया, कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलगायतले सञ्चारमाध्यम र खास गरी छापा माध्यमको वर्तमान अवस्था र सुधार गर्नुपर्ने पक्षबारे आआफ्ना विचार व्यक्त गरेका थिए ।

नर्सिङ पढ्दै तिम्ल्याहा दिदीबहिनी

काठमाडौँ, माघ २१ गते । एकै पटकमा तिम्ल्याहा सन्तान जन्मिएको समाचार नौलो होइन तर पूर्वप्राथमिकदेखि स्नातक तहसम्म एउटै विषय अध्ययन गरेको समाचार सबैका लागि रोचक हुन सक्छ ।

तिम्ल्याहा दिदीबहिनी लबिबा खातुन, अतिका खातुन र सबिका खातुन अहिले नर्सिङको स्नातक तहमा अध्ययनरत छन्  । लबिबा महाराजगन्जस्थित इन्स्टिच्युट अफ मेडिसिन (आइओएम), सबिका धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र अतिका पोखरा नर्सिङ क्याम्पसमा भर्नाभएका हुन्  । उनीहरुले गत वर्ष चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षामा सहभागी भई छात्रवृत्तिमा नाम निकाल्न सफल भएका थिए ।

२०६२ चैत १६ गते वीरगन्जमा जन्मिनुभएका उनीहरु बिच पढाइमा सानैदेखि प्रतिस्पर्धा नै चल्थ्यो । प्राथमिक तहसम्म त उनीहरु संग प्रथम, द्वितीय र तृतीय स्थानका लागि अन्य विद्यार्थीले प्रतिस्पर्धा गर्न सक्दैनथे । उनीहरुले  माध्यमिक तहसम्म फरक स्थानका विद्यालयमा अध्ययन ग्रे । “बाबु सरुवा भएर जता जानुहुन्थ्यो हामीलाई पनि त्यतै लैजानुहुन्थ्यो । त्यही भएर स्कुल पनि परिवर्तन भइरहन्थ्यो,” तिम्ल्याहामध्येकी अतिकाले भनिन् ।

समिन अहमद र सबिला खातुनका तिम्ल्याहा सन्तान कक्षा १ देखि ५ सम्म काठमाडौँको सिनामङ्गलस्थित गुह्येश्वरी माध्यमिक विद्यालयमा पढेका थिए । पढाइमा अब्बल भएकै कारण उनीहरु  कक्षा ६ नपढी इटहरीको कञ्चनजङ्घा बोर्डिङ स्कुलमा भर्ना भए । पर्साको विन्ध्यवासिनी गाउँपालिका–५, निवासी समिन अहमद मस्जिदमा नमाज पढाउने शिक्षक हुन्  । यसैले गर्दा उनको बेलाबेलामा सरुवा भइरहन्थ्यो ।

उनीहरुले कञ्चनजङ्घामा कक्षा ७ र ८ पढेपछि काठमाडौँको शिवपुरी माध्यमिक विद्यालयमा कक्षा ९ र १० पूरा गरे  ।  तिनै जनाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा समान ग्रेड अर्थात् ३.९ जिपिए प्राप्त गरेका थिए  । उनीहरुले कक्षा ११ र १२ त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयबाट पूरा गरेका हुन्  ।

तीन जनाका एक जना भाइ छन् । विविध कारणले कक्षा १२ सम्म अध्ययन गर्न पाएकी आमा सबिला खातुनलाई पनि नर्सिङ अध्ययन गर्ने इच्छा भए पनि सो पूरा गर्न पाईनन्! तर आफ्नो सपना छोरीहरूले पूरा गर्न लागेकामा खुसी छिन्  ।

आमा सबिलाले साबिकको एसएलसी परीक्षा दिँदै गर्दा तेस्रो दिन तिम्ल्याहा छोरीलाई जन्म दिएकी थिइन्  । छोरीहरूको जन्म पछि उनि  थप विषयको परीक्षा दिन वञ्चित भईन् र बल्ल अर्को वर्ष एसएलसी परीक्षा उत्तीर्ण गरिन्  ।

उनले भनिन् , “मेरो पनि चाहना त चिकित्सा क्षेत्रमै जाने थियो । विविध कारणले मेरो इच्छा पूरा भएन । मेरो इच्छा छोरीहरूले पूरा गर्दै छन्, खुसी लागेको छ ।” गोरखापत्र दैनिकमा खबर छ !!

पुन आफैंले बेचे २६ दिनमा १२ हजार प्रति आत्मकथा

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले २६ दिनमा १२ हजार प्रति आत्मकथा आफैंले बेचेका छन् । पुनले आफ्नो आत्मकथा ’महावीर पुन : सम्झना, सपना र अविरल यात्रा’ देशभर डुलेर बेचेका हुन् ।

यसबारे जानकारी दिँदै उनले फेसबुकमा लेखेका लेखेका छन्, ’काठमाडौंबाट बैतडीसम्म २६ दिन, २१४० कि.मी यात्रा, १२ हजार किताब बिक्री ।’

काठमाडौंबाट बैतडीसम्मको यात्रामा बाटोमा सित्तैमा खाना, बस्न पाएको र २८ हजार रुपैयाँको डिजेल लागेको उल्लेख गरेका छन् ।

१२ हजार किताब ७५० दरले बिक्री हुँदा ९० लाख कमाई भएको देखिन्छ । चार करोड लक्षले हिडेका पुनलाई यो एक राहत हो ।

पुनले तीन महिना अगाडि आफ्नो आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ बजारमा ल्याएका छन् ।

७० वर्ष कटेपछि ‘बुढेसकालको खर्च जुटाउने स्रोत’को रुपमा आत्मकथा लेख्न सोचेका पुनले राष्ट्रिय आविष्कार केन्द्रले पाएको अनुदानको प्रक्रिया पूरा गर्न चाहिने ४ करोड जोहो गर्नुपर्ने बाध्यताले केही चाँडै आत्मकथा ल्याएको बताएका छन् ।

७५० रुपैयाँ मूल्यको ३०६ पृष्ठको किताबमा पुनले आफ्नो व्यक्तिगत, सामुदायिकदेखि सार्वजनिक तथा राष्ट्रियसम्म काममा जोडिएका सबैजसो विषयमा खुलस्त लेखेका छन् ।

साैराहामा माघ २८ देखि फूड फेस्टिबल : तयारी तीब्र, सिँगारिदै साैराहा

सौराहा । चितवनको पर्यटकीय नगरी सौराहामा व्यवसायीहरुले १८औं सौराहा फूड फेस्टिबलको तयारी तीब्र पारेका छन् ।

रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनको आयोजना माघ २८ देखि फागुन ३ गतेसम्म साैराहाकाे मुख्य बजार नजिक फेस्टिबल हुँदैछ ।

सौराहा सहित चितवनको पर्यटन विकासको लागि प्रणय दिबसको अबसर पारेर फेस्टिबल आयोजना गरिएको रेवानका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए ।

खाना, संगित र संस्कृतिलाई संगसंगै अगाडि बढाएर फेस्टिवललाई विशेष बनाउने तयारी गरिएको उनले बताए । सौराहा फूड फेस्टिवलकोे आफ्नै गौरवमय ईतिहास छ उनले भने हामीले हरेक वर्ष प्रणय दिवसको अवसर पारेर फूड फेस्टिवल आयोजना गर्दै आइरहेका छौं ।

सौराहा सहित चितवनको पर्यटन प्रवर्द्धधन गर्ने उद्देश्यले आयोजना गरिदै आएको फूड फेस्टिवलले जिल्लाको समग्र पर्यटन विकासमा योगदान दिँदै आएको उनको भनाई छ ।

फेस्टिवलमा सञ्चालन हुने पर्यटन प्रवर्द्धनात्मक गतिविधिले कालन्तर सम्म पर्यटक भित्र्याउन टेवा पुग्ने अध्यक्ष गिरीले बताए ।

विगत देखि नै विभिन्न खालका विषम परिस्थितिमा पनि फेस्टिबललाई निरन्तरता दिंदै आइरहेका भन्दै उनले देशमा भएको सशस्त्र द्घन्द, बन्द हडताल, भुकम्पको महामारी र अघोषित नाकावन्दी जस्ता असहज परिस्थितिहरुमा यस क्षेत्रमा रहेका पर्यटन व्यवसायमा आवद्ध संघसंस्थाहरु तथा स्थानीय जनसमुदायको साथ र सहयोगले फेस्टिबलले अपेक्षाकृत सफलता हासिल गर्दैै आएको उनले बताए ।

कोराना महामारी पछि सौराहा सहित चितवनको पर्यटन पुरानै अवस्थामा फर्किने क्रममा रहेको छ । आर्थिक वर्ष २०७९।८० मा करिव तीन लाख पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज अवलोकन गरेका छन् ।

चालु आवमा करिव एक लाख पचास हजार पर्यटकले निकुञ्ज अवलोकन गरिसकेको तथ्याङ्क छ । सौराहाको पर्यटनलाई पुरानै अवस्थामा फर्काउने गरि फेस्टिवलका गतिविधिलाई अगाडि बढाइएको फेस्टिबका संयोजक सुर्यबहादुर रिमालले बताए ।

समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कलासँस्कृति, भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, उज्यालो सौराहालाई निरन्तरता दिइने, प्रवेश टिकटबाट भएको आम्दानीले सौराहा पर्यटन मार्ग सौन्दर्यकरण गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको उनले जानकारी दिए ।

पाँच दिन सम्म चल्ने फेस्टिबलमा बहु जातजातीहरुको झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकार तथा दि एक्सीस ब्याण्डको साँगीतिक प्रस्तुती, स्थानीय जनजातीका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर तथा वेटरेस बीच प्रतियोगिता, प्रणय दिवस विशेष कार्यक्रम, तान डोरी प्रतियोगिता, रेवान कप पालिका स्तरीय भलिवल प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता, सिन्धुलीको लोभलाग्दो कर्ने मगर बाजाको प्रस्तुती रहने छ ।

दैनिक पाँच हजार पर्यटकले अबलोकन गर्ने उक्त फेस्टिबलमा ६० लाख अनुमानित खर्च हुने तथा तीन करोडको कारोबर हुने अनुमान गरिएको रेवानका पूर्व अध्यक्ष सुवासचन्द्र गौतममले जानकारी दिए ।

रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिबलको सहआयोजकमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ नेपाल, चितवन, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन् ।

रत्ननगर नगरपालिका वडा नं ७ का वडाध्यक्ष सजना महतो प्रमुख अतिथि रहेको कार्यक्रम रेवानका महासचिव नविन नेपालले सञ्चालन गरेका थिए ।

पत्रकार सम्मेलनमा वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँ, वडा नं ६ का वडाध्यक्ष किरण चाैधरी, वडा नं ८ का वडाध्यक्ष कृष्ण चाैधरी, रेवान महिला समुहकी अध्यक्ष लक्ष्मी विडारी, पूर्व वडाध्यक्ष तथा रेवानका पूर्वअध्यक्षहरु वलराम दाहाल, राजन भट्ट, क्षेत्रीय हाेटल संघका अध्यक्ष गंगा गिरी लगायत लगायतकाे सहभागिता रहेकाे थियाे ।

आगो ताप्ने क्रममा जलेर रत्ननगरमा एक वृद्धा घाईते

उज्यालो नेपाल – आगो ताप्ने क्रममा शरीरमा आगो लाग्दा रत्ननगरमा एक वृद्धा घाईते भएकी छिन् ।

रत्ननगर ७ मैनाहामा विहिबार बिहान ५:३० को समयमा आगो ताप्ने क्रममा सोहि स्थान निवासी ७२ वर्षिया गरभी थरुनी जलेर घाईते भएकी हुन् ।

उनलाई उपचारको लागी नयाँ मेडिकल कलेज भरतपुर लगिएको र उनको अवस्था मध्यम रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जानकारी दिएको छ ।

भिजिट भिजा प्रकरण: अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । सरकारी कागजात किर्ते गरी संगठित रूपमा भिजिट भिजामा युवालाई विदेश पठाउने गिरोहमा संलग्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका नौ जना अधिकृतसहित २२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालय एकै सिफ्टमा कार्यरत बहालवाला ९ जना अधिकृतसहित २२ जनाविरुद्ध ठगी तथा संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको हो । अपराध अनुसन्धान कार्यालयले भिजिट भिजाका नाममा भएको मानव तस्करी अनियमिततामा छानबिन र अनुसन्धान अघि बढाएपछि आरोपीमध्ये हाल १२ जना फरार छन् । तीमध्ये पनि फरार हुनेमा ८ जना अध्यागमन अधिकृत रहेका छन् ।

फरार १२ जनाविरुद्ध पनि मुद्दा दायर भएको छ । विमानस्थल अध्यागमन कार्यालयका पूर्वअधिकृत ताराबहादुर कुँवर अध्यागमन कार्यालयमा कार्यरत अधिकृत कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल, सुजन फागोविरुद्ध मुद्दा दायर भएको छ । उनीहरू सबै फरार छन् ।

पक्राउ पर्नेमा नवलपारासीको कावासोती घर भई हाल भरतपुर महानगरपालिका–८ खैरहनी बस्ने ४४ वर्षीया गीता शाह, काठमाडौंको तीनकुनेका ३७ वर्षीय अरुण दाहाल, सिरहाको मिर्चैयाका २७ वर्षीय सरोजकुमार यादव, पश्चिम रुकुमको सानोभेरी–१० घर भई हाल जाजरकोटको भेरी नगरपालिका बस्ने अध्यागमन अधिकृत ३७ वर्षीय नरवीर खड्का र रामेछापको दोरम्बा गाउँपालिका–७ का ३१ वर्षीय पदम लामा छन् ।

यस्तै, काभ्रेको पाँचखाल नगरपालिका घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ बस्ने ३९ वर्षीय मनोज तामाङ, स्याङ्जाको चापाकोट नगरपालिका–१ पैदीमगरेका ३९ वर्षीय रामप्रसाद भण्डारी, गुल्मीको सत्यवती गाउँपालिका–७ घर भई काठमाडौंको टोखा बस्ने स्काइ टुर्स एन्ड ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, स्याङ्जाको वालिङका रविन अर्याल र मोरङको पथरी शनिश्चरे घर भई हाल ललितपुरको इमाडोल बस्ने ४५ वर्षीय विनोद कार्की पनि पक्राउ परेका छन् ।

यस्तै, सिनामंगलको होटल बाल्टिक इनका सञ्चालक ४२ वर्षीय आशीष भन्ने केदारबहादुर खड्का, बाराको सिमराकी २३ वर्षीया कौशिला मगर, सोलुखुम्बु घर भई मूलपानी बस्ने ४० वर्षीया लक्ष्मी राई र सिन्धुलीको कमलामाई नगरपालिकाकी ३४ वर्षीया रीता दमाईविरुद्ध पनि मुद्दा चलाइएको छ ।

ट्राभल एजेन्सीमार्फत रकम लिएर नक्कली कागजात बनाउनेदेखि उनीहरूलाई विमानस्थलबाट पठाउने प्रक्रियामा अध्यागमन कर्मचारीकै संलग्नता रहेको प्रहरी अनुसन्धानमा पाइएको छ । यसअघि सो काममा प्रहरी र नागरिक उड्डयन प्राधिकरण (क्यान)का कर्मचारीको समेत संलग्नता रहेको भेटिएको थियो । सो अवैधानिक काम गरेबापत दैनिक १ करोड रुपैयाँसम्म उठाउने गरेको प्रहरीको दाबी छ ।

गत कात्तिक १४ गते विभिन्न एयरलाइन्सबाट पर्यटक भिजामा विभिन्न देश जान लागेका यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान क्षेत्रमा चेकजाँच गर्दा उनीहरूको हवाई यात्रा अनुमतिलगायतका कागजात शंकास्पद देखिएको थियो । त्यसपछि प्रहरीले सम्बन्धित एयरलाइन्सका कर्मचारीसँग सोधपुछ गरेको थियो । एयरलाइन्सले समेत कागजात पूरा नभएको भनेपछि उनीहरूका राहदानीलगायतका कागजात प्रहरीले नियन्त्रणमा लिएको थियो ।

विमानस्थल सुरक्षा प्रहरीले यी कागजात उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाएको थियो । अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गर्ने क्रममा कुवेत जान लागेका महिलाबाट बरामद भएका कागजात नक्कली भएको पुष्टि भएको थियो । नक्कली श्रम स्वीकृति बनाइदिने गीता साहसहितलाई प्रहरीले सुरुमा पक्राउ गरेर अनुसन्धान थालेको थियो । मंसिर १७ गते पक्राउ परेका उनीहरूले नक्कली प्रहरी रिपोर्ट, श्रम स्वीकृतिलगायत तयार गरेर ट्राभल्सका कर्मचारीले सेटिङ मिलाउने गरेको खुलेको थियो ।

अभियोगपत्रमा भनिएको छ, ‘अध्यागमन कार्यालयका अधिकृत कुशल बराल, ताराबहादुर कुँवर, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल भन्ने विष्णुप्रसाद आचार्य, विकास डंगोल, पिताम्बर रिमाल र सुजन फागो समेतले आर्थिक लाभ लिई आपसमा मिलेमतो गरी संगठित भई विभिन्न व्यक्तिको नाममा विदेशी मुलुक दुबई, कतार, मलेसिया, कुवेत, साउदी अरेबिया समेतमा भिजिट भिजामा ग्यारेन्टी पठाइदिन्छौं भनी अध्यागमन कार्यालयका कर्मचारी, टुर एन्ड ट्राभल्सका सञ्चालक, अनलाइन सेवा सञ्चालक, एजेन्ट र जाने व्यक्तिसमेतसँग आपसमा मिलेमतो गरी विभिन्न सरकारी तथा सम्बन्धित निकायबाट अन्य व्यक्तिको नाममा जारी भएका कागजात, प्रहरी प्रधान कार्यालयबाट जारी भएको चारित्रिक प्रमाणपत्र, नाता प्रमाणित प्रमाणपत्र, स्वास्थ्य परीक्षण (मेडिकल) रिपोर्ट, बैंकको छाप, स्टेटमेन्ट समेत किर्ते गरी तयार पारेको मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ को उपदफा ९१० ले निषेधित उपदफा ९२० ले परिभाषित लिखतसम्बन्धी कसुर गरेको पुष्टि हुन आयो ।’

उनीहरूले सरकारी कागजात तथा छाप किर्ते गरेको भन्दै ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिमानाको माग गरिएको छ । यस्तै, संगठित अपराधको कसुरमा पाँच वर्षसम्म कैद र ५ हजार रुपैयाँ जरिमानको माग गरिएको छ ।

अनुसन्धानबाट बच्न कर्मचारीले बोक्थे हरेक साता नयाँ मोबाइल
अनुसन्धानबाट जोगिन अध्यागमनका कर्मचारीले छुट्टै मोबाइल बोक्ने गर्थे, त्यो मोबाइल पनि हरेक साता परिवर्तन हुन्थ्यो । अपराध अनुसन्धान कार्यालयका अधिकारीका अनुसार हरेक एजेन्टले नयाँ सिम र मोबाइल अध्यागमनका कर्मचारीलाई उपलब्ध गराउँथे । तिनै मोबाइलमा भिजिट भिजामा जानेहरूको सूची ह्वाटस एपमा पठाथे । त्यहीअनुसार अध्यागमनका कर्मचारीले सेटिङका व्यक्तिलाई प्रस्थान अनुमति दिन्थे । पक्राउ परेका अधिकृत नरवीर खड्काको मोबाइलमा ६६ जनाको लिस्ट भेटिएको थियो ।

तस्करीमा केही एयरलाइन्स कम्पनीको समेत मिलेमतो देखिएको स्रोतको दाबी छ । नेपाल एयरलाइन्सका त कर्मचारी नै पक्राउ परेका छन् । उनीहरूले नक्कली दुईतर्फी टिकटकै आधारमा बोर्डिङ पास उपलब्ध गराएर मानव तस्करीमा सघाउँदै आएको प्रहरीले जनाएको छ । जसबापत् प्रतिव्यक्ति करिब १० हजार रुपैयाँ लिँदै आएका थिए ।

नरवीरले दिएको बयानमा अनुसन्धान भएन
भिजिट भिजामा विदेश पठाउन सक्रिय बिचौलिया सरोजकुमार यादवले अध्यागमनका अधिकृत नरवीर खड्कालाई रकम दिएको बयान दिएका थिए । सोही बयानको आधारमा अधिकृत खड्कालाई २६ मंसिरमा पक्राउ गरेको थियो । उनको साथबाट २ लाख रुपैयाँ फेला परेको थियो । सो रकम सेटिङ मिलाएबापत्को भएको उनले स्वीकार गरेका थिए । बयानका क्रममा उनले अध्यागमनका सबै अधिकृतलाई बिचौलियाबाट असुल गरेको रकम दिने गरेको बताए । सोही क्रममा उनले विगतमा पनि बिचौलियाबाट रकम असुल गर्ने गरेको सुन्नमा आएको भन्दै सरुवा भइसकेका नौ अधिकृतको नाम लिए । तर, उनीहरूलाई अनुसन्धान गरिएन । प्रहरीले पोलिग्राफ परीक्षण गर्दा उनले झुटो बोलेको प्रमाणित भएको भन्दै उनले पोलेको नाममा अनुसन्धान भएन ।

नारायणगढ-मुग्लिन सडक थप तीन साता बन्द

नारायणगढ मुग्लिन सडकखण्डबाट गन्तव्यतर्फ जाँदै सवारीसाधन । फाइल तस्विर

भरतपुर, माघ १९ । नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द हुने भएको छ।

सो सडक खण्डको तुईन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो।

जिल्ला प्रशासन कार्यालय चितवनमा भएको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय गरेको नागढु्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड–नारायणगढ–मुग्लिनका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यले जानकारी दिए ।

उनले अन्तिम पटकका लागि तीन साता सडक बन्द गरेर काम गर्न लागिएको बताए । सो सडकमा बनाइनुपर्ने १९ पुलमध्ये चारवटा चार वर्षअघि निर्माण गरिएका थिए भने बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो ।

विसं २०७६ चैत १० गतेदेखि पुल निर्माण थालिएको हो ।

सौराहामा फिल्म फेस्टिबल सुरु; वडाध्यक्षले गरे उद्घाटन

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा विहीबार देखि सौराहा साउथ एशियन फिल्म फेस्टिबल सुुुरु भएकाे छ । क्याराभान नेपालले रत्ननगर वडा नंं ७ चित्रसारी खेल मैदानमा फेस्विलको आयाेजना गरेकाे हाे ।

रत्ननगर नगरपालिकाका प्रबक्ता तथा वडा नं. १ का वडाध्यक्ष कुलप्रसाद सापकाेटा प्रमख अतिथि रहेकाे उद्घाटन कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी नीर विक्रम शाह, नायक शिव श्रेष्ठ, जनबादी गायक जीवन शर्मा, बरिष्ठ निर्देशक प्रकाश सायमी, वडा नं ७ का वडाध्यक्ष सजना महताे लगायतकाे उपस्थिति रहेकाे थियाे ।

फेस्टिबलमा चलचित्र, पर्यटन तथा स्थानीय परम्परागत खानाका स्टल हरु रहेका छन् । ५० हजार दर्शकले अवलोकन गर्ने र एक करोड बढीकाे कारोवार हुने अनुमान र अपेक्षा गरिएको छ ।