Home Blog Page 87

गिरीबन्धु टी स्टेटको जग्गा सट्टाभर्ना गर्न दिने तत्कालीन ओली सरकारको निर्णय बदर

सर्वोच्च अदालतले गिरीबन्धु टी स्टेटको हदबन्दीभन्दा बढी रहेको जग्गा अन्यत्र सट्टापट्टा गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गरेको छ ।

गिरीबन्धु टी स्टेटलाई तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको सरकारले २०७८ साल वैशाख १३ गते ३४३ बिगाहा जग्गा प्रदेश–१ भित्रै सट्टापट्टा गर्न दिने निर्णय गरेको थियो ।

उक्त निर्णय खारेजीको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्याल, ओमप्रकाश मिश्र र भक्तराज भारती समेतले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

मन्त्रिपरिषद्को उक्त निर्णय भूमि सम्बन्धी ऐन, २०२१ को दफा १२ग लगायतका कानूनी प्रावधान अनुकूल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको भन्दै सर्वोच्चले उक्त निर्णय र सो बमोजिम भए गरिएका काम कारवाहीसमेत बदर गरिदिएको हो ।

सर्वोच्च अदालतले फैसलामा भनेको छ, ‘विवादित निर्णय भूमिसम्बन्धी ऐन, २०२१ को दफा १२९ग० लगायतका कानूनी प्रावधान अनुकूल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको हुँदा उत्प्रेषणको आदेशले उक्त निर्णय र सो बमोजिम भए गरिएका काम कारबाही समेत बदर हुने ठहर्छ ।’

कालिकामा नि:शुल्क लोकसेवा तयारी कक्षा संचालन हुँदै

चितवन । चितवनको कालिका नगरपालिकाले निशुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने भएको छ । नायब सुब्बा, पाँचौ तह, प्राविधिक, अप्राविधिक पदको परिक्षा सम्बन्धी निशुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने नगरपालिकाले जनाएको छ ।

इच्छुक ब्यक्तिहरुले सूचना प्रकाशन भएको मितिले १० दिनभित्र अर्थात फागुन ३ गतेभित्र आफ्नो वडा कार्यलयबाट सिफारिससहित सहभागी हुन निवेदन दिन सक्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा पौडेलले बताए ।

नगरपालिकाभित्र स्थायीरुपमा बसोवास गरेका दलित, जनजाती, सिमान्तकृत, आर्थिक, सामाजिकरुपले बिपन्न तथा लोकसेवा पढन इच्छुक योग्यता पुगेका व्यक्तिलाई निशुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने पौडेल जानकारी दिए ।

सौराहा फुड फेस्टिबलमा को को आउदैछन कलाकार ! (नामावली सहित)

रत्ननगर । चितवनको सौराहामा यही माघ २८ गतेबाट सुरु हुने १८औं सौराहा फुड फेस्टिबलमा सिन्धुलीको लोभलाग्दो कर्ने मगर बाजा सहित राष्ट्रिय स्तरका कलाकार र चर्चित व्याण्डहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनको आयोजना हुने फेस्टिबलको संस्कृतिक कार्यक्रम अन्तर्गत राष्ट्रिय स्तरमा नाम चलेका कलाकारहरुको प्रस्तुती तथा विभिन्न खानाका परिकारहरुसंग रमाउने बाताबरण यहाँका व्यवसायीहरुले तयार गरिरहेका छन् ।

यस बर्ष फेस्टिबलमा सिन्धुलीको कर्ने मगर बाजा ल्याइदैछ । याक्सिस व्याण्ड सहित द न्याटिभ व्याण्ड र नोटेसन व्याण्डको पनि प्रस्तुती रहने छ ।

पाँच फागुन ३ गते सम्म सञ्चालन हुने फेस्टिबलमा मेलिना राई, मिलन रेवार, रामेशराज भट्टराई, साहिमा श्रेष्ठ, खेम सेन्चुरी, पशुपति शर्मा, कुलेन्द्र विश्वकर्मा, आर्जुन सापकोटा, प्रिती आले, सम्झना भण्डारी, सम्झना लामिछाने मगर, शान्तिश्री परियार र चर्चित हास्य कलाकार पूर्खे बा को प्रस्तुती रहने कलाकार व्यवस्थापन समितिका संयोजक तथा रेवान सौराहाका महाुसचिव नवीन नेपालले जानकारी दिए ।

प्रणय दिबसको अबसरमा आयोजित सौराहा फूड फेस्टिबलमा सोही दिन याक्सिस व्याण्ड सहित खेम सेन्चुरी, रमेशराज भट्टराई, सम्झना भण्डारी र पूर्खे बा को प्रस्तुती रहने छ ।

फेस्टिवलमा स्थानीय कलाकार सहित रत्ननगर कला मन्दिरको समेत प्रस्तुती रहने छ । यस पटक फेस्टिबलको स्थान परिर्वतन गरी बसपार्क जाने सडकको उत्तरतर्फको खाली जमिनमा गरिदै छ ।

फेस्टिबललाई भव्य बनाउन व्यवसायीहरुले बछौलीचोक देखि सौराहा सम्मको क्षेत्रलाई सिंगारेका छन् । सौराहा सहित चितवनको पर्यटन विकासको लागि प्रणय दिबसको अबसर पारेर फेस्टिबल आयोजना गरिएको रेवानका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए ।

खाना, संगित र संस्कृतिलाई सौराहाको पर्यटनसंग जोड्ने योजना रहेको गिरीले बताए । समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कलासँस्कृति, भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, उज्यालो सौराहालाई निरन्तरता दिइने, प्रवेश टिकटबाट भएको आम्दानीले सौराहा पर्यटन मार्ग सौन्दर्यकरण गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको फेस्टिबलका संयोजक सुर्यबहादुर रिमालले जानकारी दिए ।

फेस्टिबल अन्तर्गत स्थानीय जनजातीका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर तथा वेटरेस बीच प्रतियोगिता, प्रणय दिवस विशेष कार्यक्रम, तान डोरी प्रतियोगिता, रेवान कप पालिका स्तरीय भलिवल प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता हुनेछ ।

दैनिक पाँच हजार पर्यटकले अबलोकन गर्ने उक्त फेस्टिबलमा ६० लाख अनुमानित खर्च हुने तथा तीन करोडको कारोबर हुने अनुमान गरिएको आर्थिक व्यवस्थापन समितिका संयोजक रामकुमार गुरौंले जानकारी दिए ।

रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिबलको सहआयोजकमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ नेपाल, चितवन, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन् ।

खाना अड्किएर कालिकामा एकजनाको ज्यान गयो

उज्यालो नेपाल- चितवनको कालिकामा खाना अड्किएर एजकनाको ज्यान गएको गएको छ । ज्यान गुमाउनेमा कालिका वडा नं. छ शान्तीटोल बस्ने वर्ष ६८ को आईतराम कुमाल छन् ।

सोमबार साँझ सवा ७ बजेको समयमा आफ्नै घरमा खाना खाईरहेका कुमाल खाना अड्किएर बेहोस भएका थिए ।

बेहोस भएका कुमाललाई उपचारको लागी तत्कालै भरतपुर अस्पताल पुर्याईएकोमा झन्डै राती पौने नौ बजे डाक्टरले मृत घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जानकारी दिएको छ ।

त्रिशुलीमा हामफालेर आत्महत्या प्रयास गरेकी महिलाको उद्धार

चितवन । त्रिशुलीमा हामफालेर आत्महत्या प्रयास गरेकी एक महिलाको उद्धार गरिएको छ । आज बिहान .८ बजेर ३५ बजेको समयमा जिल्ला चितवन इच्छाकामना गाउंँपालिका वडा नम्बर ५ मुग्लिङ त्रिशुली नदी किनार स्थित बाट परिचय नखुलेकी अन्दाजी २५ वर्षकी महिलाले हामफाली आत्महत्या गर्न प्रयास गरेकी जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आत्महत्याको प्रयास गरेको खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय मुग्लिङबाट खटेर गएको प्र.ब.ना.नि टोलीले सकुशल उद्दार गरि ईलाका प्रहरी कार्यालय मुग्लिङमा ल्याइएको छ । उ

नको बिषयमा घर ठेगाना लगायत अन्य अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

लघुवित्त संस्था विरुद्ध संघर्ष समितिको सम्मेलन : निर्णय नमान्ने घोषणा, फेरी सम्मेलन गर्न माग

रत्ननगर । लघुवित्त संस्था विरुद्ध संघर्ष समिति नेपालको गैंडाकोटमा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनले गरेको निर्णयको १० वटा जिल्ला संघर्ष समितिले असहमती जनाएका छन् ।

माघ १५ र १६ गते सम्पन्न प्रथम अधिवेशनले केन्द्रीय समिति विघटन गरी केन्द्रीय अध्यक्ष मणिराम ज्ञावलीलाई कार्यकारी अधिकारी प्रदान गर्दै ३५ सदस्यीय सचिवालय गठन गरिएको थियो । १० वटा जिल्ला समितिले चितवनको राप्तीमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी ६ महिना भित्र फेरी प्रथम राष्ट्रिय सम्मेलन गर्न माग गरेका छन् ।

चितवन सहित बाँके, बर्दिया, गोरखा, नवलपुर, मोरङ, सुनसरी, मकवानपुर, काभ्रेपलान्चोक, सप्तरी जिल्ला संघर्ष समितिले सयुक्त पत्रकार सम्मेलनको आयोजना गरी लघु वित्त संस्थाको ज्यादती विरुद्ध लडिरहेको संघर्ष समितिलाई कमजोर बनाउने नियतले सम्मेलनमा एकतर्फी निर्णय गराउन खोजिएको आरोप लगाइएको छ । १० जिल्लाका संघर्ष समितिले ६ वटा बुँदामा असहमती प्रकट गरेका छन् ।

सम्मेलनमा आर्थिक, संगठनिक तथा प्रगति प्रतिवेदन प्रस्तुत नगरिएको, निर्बाचन समितिले केन्द्रीय समिति गठन नगरी ३५ सदस्यीय सचिवालय गठन गरेको, अध्यक्ष ज्ञावलीले प्रस्तुत गरेको मागपत्रका राजनीति झलक देखिएको, निर्बाचन समितिले उम्मेदवारी दिने बाताबरण सृजना नगरेको, आन्दोलन परिचालन निर्देशिकामा माथी छलफल र बहस हुन नदिएको, अध्यक्षलाई कार्यकारी अधिकार प्रदान गरेको भन्दै त्यसको विरोध गरिएको हो ।

जिल्ला संघर्ष समितिहरुले अध्यक्षतालाई कार्यकारी अधिकार नदिई केन्द्रीय समितिलाई कार्यकारी अधिकार दिनुपर्ने माग गरेका छन् । पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष सहित केन्द्रीय सदस्यहरुले समेत सम्मेलनले गरेका निर्णयहरुको विरोध गरेका छन् । केन्द्रीय सदस्य दाता थारुले केन्द्रीय कमिटी विघटन गरी अध्यक्षलाई पूर्ण अधिकार दिएर सचिवालय गठन गर्नु अबैधानिक भएको बताए । हामीले व्यक्तिको विरोध गर्न खोजेका होइनौं उनले भने संघर्ष समिति विधिमा चल्नुपर्छ भन्ने खोजेका हौं । उनले ६ महिना भित्र फेरी प्रथम राष्ट्रिय सम्मेलन आयोजना गर्न माग गरे ।

केन्द्रीय समिति विघटन गरेर सचिवालय बनाउदा राम्रो सन्देश गएको छैन उनले भने ६ महिना भित्र फेरी सम्मेलन गरी केन्द्रीय समिति गठन गर्नुपर्छ । चितवन जिल्ला अध्यक्ष सुधा पाठकले फागुन १ गतेबाट सुरु हुने काठमाडौं केन्द्रीत आन्दोलनपछि प्रथम राष्ट्रिय सम्मेलन बोलाउन माग गरिन । फागुन १ गतेबाट सुरु हुने निर्णायक आन्दोलनलाई असर गर्ने कुनैपनि गतिविधि सञ्चालन नगर्ने भन्दै उनले आम्दोलनमा सशक्त उपस्थिति जनाउने बताइन् । हामीले आन्दोलनलाई कमजोर बनाउन सम्मेलनको निर्णयको विरोध गरेका होइनौं उनले भनिन् संघर्ष समितिलाई विधि र विधान बमोजिक चलाउन खोजेका हौं ।

पत्रकार सम्मेलनमा संघर्ष समितिका केन्द्रीय सल्लहाकार डिसी सुनार, नवलपुर जिल्ला अध्यक्ष टेकबहादुर भूजेल, लुम्विनी प्रदेश समिति सदस्य तथा बाँके जिल्ला सचिव प्रदिप दलामी लगायतले धारण राखेका थिए । पत्रकार सम्मेलन जिल्ला संघर्ष समिति चितवनकी अध्यक्ष सुधा पाठकको अध्यक्षतामा भएको थियो । विगत दुई बर्ष देखि लघुवित्त संस्थाहरुले आफ्ना ऋणि सदस्यहरु माथि गरेको ज्यादती विरुद्ध संर्घष समिति आन्दोलनमा छ ।

चुरोट छाड्न डा. ओममूर्ति अनिलका ८ टिप्स

१‍. चुरोट छोड्ने बेलामा ‘एउटा मात्रै’ भन्ने विचार मनमा आउन दिनु हुँदैन । ‘एउटा मात्रै’ बाट शुरु गरेर फेरि पहिला जस्तै लत लाग्न सक्छ ।

२. आफूलाई काममा व्यस्त राख्नुहोस्, जसले गर्दा ध्यान चुरोटको सेवनतिर नजाओस् । चुरोटको सेवन गर्न इच्छा लागेमा ‘केहीबेर पर्खिन्छु’ भन्दै ध्यान अन्यत्र लग्नुहोस् ।

३. तपाईंले जुन ठाउँहरुमा पहिला चुरोटको सेवन गर्नुहुन्थ्यो, त्यहाँ नजानुहोस्। चुरोटको सेवन गर्ने व्यक्तिहरुको संगत केही दिनको लागि छोड्नुहोस् ।

४. यस अवधीभरिमा आफ्ना मित्रहरु र परिवारका सदस्यहरुलाई तपाईंको समक्षमा धुम्रपान नगर्दिन आग्रह गर्नुहोस् ।

५. राती चाँडै सुत्नुहोस्, आराम गर्नुहोस् र मानसिक तनाव कम गर्नुहोस् ।

६. चुरोटको सेवन छोडेपछि हुने फाइदाको बारेमा सोचेर आफ्नो मनोबल बढाउनुहोस् । शुरुको केही हप्तामा मात्रै अलिअलि अप्ठायारो भए पनि पछि चुरोट नखाने बानी बस्छ ।

७. चुरोट छोड्ने प्रयास गरेर असफल भए पनि निराश हुनु हुँदैन, किनभने चुरोट सफलता पुर्वक छाडिसकेको धेरै व्यक्तिहरु शुरुमा असफल भएका हुन सक्छन् । त्यसैले फेरी कोशिश गर्नुहोस् । एकदिन तपाईं चुरोटको लतबाट मुक्त हुनुहुन्छ ।

८. चुरोटको सेवन बन्द गरेको कुरा सबैलाई भन्नुहोस् । यसले तपाईंलाई पुनः सेवन गर्नबाट रोक्न मद्दत पुग्छ ।

भगवान शिवसँग जोडिएको रुद्राक्षबारे जान्नुहोस् महत्वपूर्ण कुराहरु

काठमाडौं,२३ माघ । रुद्राक्ष आफ्नो दैवी शक्तिका कारण प्राचीन कालदेखि नै अत्यन्त शुभ मानिन्छ । भगवान महादेवको कृपा भएकाले मात्रै धारण गर्ने मौका पाउँछन् भनिन्छ । ’रुद्राक्ष’ को अर्थ – रुद्रको अक्ष अर्थात् शिवको आँसु।
यस अध्यात्मिक मोतीको उत्पत्ति कथाले यसलाई शिव स्वयंको वरदान किन मानिन्छ भनेर बताउँछ । त्यसोभए जानौं यससँग सम्बन्धित केही रहस्यमय कुराहरू, जुन यस प्रकार छन् ।

रुद्राक्षको उत्पत्ति कसरी भयो ?
रुद्राक्षको बारेमा धेरै प्रचलित कथाहरू छन् । पौराणिक कथा अनुसार त्रिपुरासुर नामक दैत्य थियो जसमा विभिन्न प्रकारको दिव्य शक्ति भएको थियो, जसका कारण उनी अति अहंकारी भए र देवता र ऋषिहरुलाई त्रास दिन थाले । तिनीबाट दिक्क भएर देवताहरूले शिवलाई मार्नको लागि प्रार्थना गरे।

देवताहरूको पीडा सुनेर भगवान शिव ध्यानमा लागे । यसपछि उनले आँखा खोल्दा उनको आँखाबाट आँसु आयो । उनको आँसु पृथ्वीमा जता झर्यो, त्यहाँ रुद्राक्षको रुख बढ्यो । साथै, त्रिपुरासुरलाई मारेर भगवान शिवले पुनः सम्पूर्ण विश्वमा शान्ति स्थापना गर्नुभयो।

मुखी रुद्राक्ष कति वटा पाइन्छ ?
रुद्राक्ष रुद्राक्षको रूखमा फल्ने प्राकृतिक रूपमा हुने सुख्खा फल हो । जप मालामा सामान्यतया १०८ रुद्राक्षहरू हुन्छन्। यी विभिन्न रूपहरूमा पाइन्छ, अर्थात् १ मुखीदेखि २७ मुखीसम्म। जसलाई धारण गर्ने भक्तहरूले ब्रह्मा, विष्णु र महेशको आशीर्वाद प्राप्त गर्छन्।

रुद्राक्ष धारण गर्ने नियम र समय
धार्मिक मान्यता अनुसार पूर्णिमा, अमावस्या, एकादशी आदि शुक्ल पक्षको तिथीमा रुद्राक्ष धारण गर्नुपर्छ । साथै, पवित्र धागो लगाउँदा विशेष ध्यान दिनुपर्छ। भोलेनाथको ध्यान गर्दा र ओम नमः शिवाय मन्त्र जप गर्दा रुद्राक्ष धारण गर्नुपर्छ।

सूर्यदर्शन सहकारी पीडितले दिए रवि लामिछाने,दिपेश पुनसहित १८ जनाविरुद्ध उजुरी

काठमाडौ २३ माघ । पोखराको सूर्यदर्शन सहकारीका वचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र माओवादी केन्द्रका विद्यार्थी नेता दीपेश पुनसहित व्यक्ति र संस्था गरी १८ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका छन् ।

सहकारी पीडितहरुले रास्वपा सभापति लामिछाने, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरासमेत रहेका अखिल क्रान्तिकारीका महासचिव दिपेश पुन, पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन, नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, वारिसान इन्फर्मेसन टेक्नोलोजी, स्प्रिङ उड रियल स्टेट, गोर्खा ग्रुप इन्भेस्टेन्ट, गोर्खा आयुर्वेद प्रालिलगायतलाई विपक्षी बनाएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले ‘पूरक’ जाहेरी दिएको पुष्टि गर्दै यो विषयमा पहिल्यै उजुरी दर्ता भएर अनुसन्धान जारी रहेकाले अहिले नयाँ जाहेरी दर्ता गर्नु नपर्ने जनाएको छ ।

सहकारीका बचतकर्ताले जम्मा गरेको रकम हिनामिना गरेको आरोपमा कोषाध्यक्ष कुमार रम्तेल उपाध्यक्ष कैलाशकुमार दर्लामी, सदस्य शिवबहादुर गुरुङ र भगिश्वर अर्याल पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेको
प्रहरीले जनाएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबी राईसहित पक्राउ पुर्जी जारी गरेको १९ मध्ये १५ जना फरार छन् । सूर्यदर्शनका पदाधिकारीले बचतकर्ताको १ अर्ब ११ करोड बढी हिनामिना गरेको जाहेरीमा उल्लेख छ ।

उनीहरुलाई सहकारी ऐन अनुसार बिगो बराबरको जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।

मेनुकालाई झापामा भव्य स्वागत

काठमाडौं । भारतीय टेलिभिजन गायन रियालिटी शो इन्डियन आइडलमा स्वरकलाको जादु छरेर सबैको मन जितेकी गायिका मेनुका पौडेललाई नेपालमा भव्य स्वागत गरिएको छ।

इन्डियन आइडलमा सहभागी भई सोमबार नेपाल फर्केकी उनलाई झापाको काकडभित्तामा भव्य स्वागत गरिएको हो। उनलाई गृहनगर झापामा सर्वसाधारणदेखि संघ संस्थाले फूलमालाले स्वागत गर्दै झाँकी र र्‍यालीसहित काँकडभिट्टा नगर परिक्रमा गराइएको थियो।

अभिनेता विल्सनविक्रम राई तक्मे बुढाले नेपाली कलाकारको प्रतिनिधित्व गर्दै मेनुकालाई सम्मान र स्वागत गरेका थिए। स्वागत समारोहमा मेनुकाले आफूले इन्डियन आइडलमा नसोचेको सफलता प्राप्त गरेको भन्दै सबैलाई धन्यवाद दिएकी थिइन् भने अबको एक वर्षसम्म आफू फिल्म, रेकर्डिङ र कन्सर्ट गायनमा व्यस्त हुने बताइन्।

इन्डियन आइडलको १४औं सिजनमा सहभागी गायिका मेनुका पौडेल प्रतिस्पिर्धाबाट बाहिरिएकी छन्। अन्तिम १० मा प्रतिस्पर्धा गरिरहेकी उनी आइतबार प्रसारित एपिसोडबाट बाहिरिएकी हुन्।

शोबाट बाहिरिएपछि उनले सामाजिक सञ्जालमार्फत् सो कुराको जानकारी गराएकी थिइन्।

‘मेरो इन्डियन आइडलको यात्रा यहीँ सकिएको छ। तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर शुरु भएको छ। म सबैजनालाई आश्वस्त तुल्याउन चाहन्छु कि मैले पहिलेभन्दा अझै सक्रियरूपमा गायन र प्रस्तुतिमार्फत् सबैलाई मनोरञ्जन दिन सक्नेछु। यो मेरो सुरुवात हो, समाप्ति होइन’ मेनुकाले सामाजिक सञ्जालमा लेखेकी छन्।

इन्डियन आइडलमा गायनको माध्यमबाट दर्शक तथा निर्णायकको मन जित्दै आएकी मेनुकाले शोमार्फत भारतीय फिल्म सालारबाट गायनमा डेब्यु गरेकी थिइन्।