Home Blog Page 1313

आँटीला प्रयोगशालाकर्मी, जसले १७५ जनाको नमुना संकलन गरे

काठमाडाैं । शान्त वातावरण । संक्रमणको जोखिम हुन सक्ने सम्भावित स्थान खरीपाटी, विद्युत प्राधिकरणको तालिम केन्द्र ।

आइतवारः विहान ९ वजे ।

त्यहाँ पुगेर १७५ को ‘थ्रोट स्वाव’ र ‘नेजल स्वाव’ गर्नु चानचुने विषय थिएन । अर्थात् घाँटीको स्वाव र नाकको स्वाब ।
तर,जोखिमलाई कर्तव्य र नैतिकता सोचेर सरुवा रोग विशेषज्ञ, भाइरोलोजिट डा.रञ्जीत शाहको नेतृत्वमा रहेको १० जनाको टोली खरिपाटी पुग्यो । त्यहाँ पुग्दा सुनसान थियो । न त स्थानिय देखिन्थे न त अन्य व्यक्ति ।

कसरी पुग्ने आँट आयो त ?

सहज जबाफः कोहि न कोहि त जानै पथ्र्यौ नी ?

टोली पर्सनल प्रोटेक्टेड इक्वीपमेन्ट सहित त्यहाँ पुग्यो । पुग्नु अघि ट्रेनिङ दिइएको थियो । उच्च संक्रमणको समयमा लगाउनुपर्ने सुट र नमुना संकलनका लागि आवश्यक प्रविधि सहित उनीहरु पुगे, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको गाडि लिएर । प्रविधी प्रयोगदेखि पर्सनल प्रोटेक्टेड इक्वीपमेन्टका सन्दर्भमा एक हप्ता अघि देखि तयारी थालिएको थियो ।
डा.शाह भन्छन्, ‘यो सुट(पि.पि.इ) लगाए भाइरसबाट बच्न मद्यत पुग्छ ।’ ट्रेनिङमा कसरी सुट (पि.पि.इ) लगाउने र कसरी खोल्ने कुराहरु समेत सिकाइएको थियो ।

उनीहरुले आइतबार ४ घण्टा लगाएर एक सय ७५ जनाकै ‘थ्रोट स्वाव’ कलेक्सन गरे ।

स्याम्पल कलेक्ट गर्नका लागि सबै प्रविधिहरु लगिएको थियो । ती प्रविधी अन्तराष्ट्र्रिय मापदण्ड अनुकुल थिए । टोली जब खरीपाटी पुग्यो, उद्धार गरिएका नेपाली डराए ।

के गरियो त ?

सर्वप्रथम तः कन्ट्रोल रुममा पुगेर सवै रुममा अवाज पुग्ने गरी जडान गरीएको माइक मार्फत् सबैलाई आउनुको कारण बारे जानकारी गराइयो ।

ल्याव स्टेशन खडा गरिएको थियो, ल्याब वान, ल्याव २, ल्याव ३, ल्याव ४ । पिपिइ लगाएर क्वारेन्टाइन भित्रको क्षेत्रमा प्रवेश गरीयो । ती सवैमा दुइ दुइ जना टोली मुभ गरीयो । भित्र छिरीसकेपछि आएको कारण बारे जानकारी गराइयो ।
दुइ मध्ये एकले नमुना संकलन र अर्का एक जनाले संकलन गरीएको नमुनालाई प्याकिङ र तीन लेयर सिस्टममा राखेर कोल्ड चेन बक्समा राख्ने काम भयो ।

‘नमुना संकलन गर्दा कुनै व्यक्तिलाई भाइरस भएको भए त्यहाँ हामीलाई पनि जोखिम हुन्छ तर, हामिले उच्च सतर्कता अपनाएका थियौं ।’ डा शाहले भने ।

क्वारेन्टाइन स्थल पुगेकी माइक्रोवायोलोजिष्ट स्विटी उपाध्यायले भनिन्, ‘वुटहरु पनि ठुलो थियो । सुरुमा त त्यहाँ जाँदा एकदमै अफ्ठेरो अनुभव भयो । त्यहाँ गएर नमुना संकलन गर्दा सामान्य लाग्दै गयो । ’

साहसी प्रयोगशालाकर्मी को को हुन् ?

टिममा सरुवा रोग विशेषज्ञ, कन्सल्टेन्ट माइक्रोवायोलोजिष्ट डा. रन्जीत शाह सहितको टोलि पुगेको थियो । टीममा भाइरोलोजिष्ट डा. विमलेश झा, कन्सल्टेन्ट माइक्रोवायोलोजिष्ट डा. महेश अधिकारी, मेडिकल टेक्नोलोजिष्ट त्रीभुवनप्रसाद शाह, सुनी डगोंल, माइक्रोवायोलोजिष्ट स्विटी उपाध्याय, मेडिकल ल्याव टेक्निसियन स्मृति श्रेष्ठ खटिएका थिए । यस्तै, ल्याव टेक्निसियन अविना ओझा, विनिता महर्जन, अर्जुन चौधरी समेत खटिएका थिए । टिमको समन्वय गर्ने जिम्मा प्रयोगशालाका निर्देशक डा. रुना झाले गरेकी थिइन् ।

The post आँटीला प्रयोगशालाकर्मी, जसले १७५ जनाको नमुना संकलन गरे appeared first on Rajdhani Daily News.

कोरोना भाइरस संक्रमण : चार जना आइसोलेसन वार्डमा

नेप्सेमा उच्च अङ्कको वृद्धि

काठमाडौँ / धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ३४ अङ्कले बढेको छ । लगातार उकालो लागेको बजारमा आज नेप्सेले नयाँ इतिहास कायम गरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा ३४.२४ विन्दुले बढेर एक हजार ३९८.२४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत ८.०४ ले वृद्धि भई २९३.८६ मा पुगेको छ । बजार उकालो लाग्ने क्रम बढ्दै जाँदा नेप्सेले एक हजार ४०० को दिशा पक्डेको छ । नेप्सेमा उच्च अङ्कको वृद्धि हुँदा त्यसको प्रभाव कारोवार रकममा परेको छ । आज झण्डै रु दुई अर्ब ७० करोड जतिको कारोवार भएको छ । कूल १७५ कम्पनीका ६४ लाख ७४ हजार ७५० कित्ता शेयर रु दुई अर्ब ६८ करोड ७५ लाख ३३ हजार ४४२ मूल्यमा खरिद–बिक्री भए ।

कारोवार भएका कूल १२ उपसमूहकै शेयर आज उकालो लागेको छ । बैंकिङ ४१.१३, व्यापार ४१.९७, होटल २०.९४, विकास बैंक २७.३, जलविद्युत् ३२.१८, वित्त ९.७९, निर्जीवन बीमा १८१.८२, उत्पादन १०.६५, अन्य ६.२१, लघुवित्त ९.६७, जीवन बीमा ११७.७२ र सामूहिक लगानी कोष ०.१ ले वृद्धि भएको छ । नेप्सेका अनुसार आज कारोवारका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु १२ करोड ९४ लाख ९० हजार २३८ मूल्य बराबरको शेयर कारोवार भए । शिखर इन्सुरेन्स कम्पनी रु ११ करोड २१ लाख ९६ हजार ३७३, हिमालयन डिस्टिलरी रु १० करोड २९ लाख ३४ हजार ७८४, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु नौ करोड दुई लाख ९४ हजार ७६६, नेको इन्सुरेन्स रु आठ करोड ९९ लाख ६३ हजार २४३, एनआइसी एशिया बैंक रु आठ करोड ७५ लाख ३३ हजार २९१ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेमा अनुसार ङादी समूह, राष्ट्रिय बीमा कम्पनी पञ्चकन्या माईका शेयरधनीले समान १० प्रतिशतले कमाए । यस्तै राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर ९.४४, अरुण काबेली पावर ८.५९, सेन्ट्रल फाइनान्स ८.३३, नबिल इक्विटी फन्ड ८.१४ र हिमालयन पावर पार्टनरका शेयरधनीले ७.५३ प्रतिशतले कमाए । त्यस्तै नेपाल हाइड्रो डेभलपर्स ५.६३, नाडेप लघुवित्त वित्तीय संस्था ३.१२, नेरुडे लघुवित्त विकास बैंक ३.१०, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था २.७३, सपोर्ट माइक्रोफाइनान्स २.७१ र मेरो माइक्रो फाइनान्सका लगानीकर्ताले २.५९ प्रतिशतले गुमाए ।

The post नेप्सेमा उच्च अङ्कको वृद्धि appeared first on Purbeli News.

आठ सचिवको सरुवा र पदस्थापन

प्रदेशसभा बैठक सञ्चालन गराउन दबाब दिँदै प्रदेश २ सरकारलाई नेकपाले बुझायाे ज्ञापनपत्र

घनश्याम मिश्र जनकपुर ५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले लामो समयदेखि अवरुद्ध प्रदेश २ को प्रदेशसभा बैठक सञ्चालन गराउन प्रदेश सरकारसँग माग गरेको छ। सदनअवरुद्ध हुँदा नीति निर्माणदेखि सरकारको गति ठप्प भएको भन्दै नेकपा संसदीय दलले सोमबार मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो। नेकपाले ‘सदन नचलाउने सरकारको सुनियोजित अभियान हो […]

कोरोना भाइरस असर : फागुन २४ देखि अन–अराइभल भिसा नदिने निर्णय

गाउँमा गाडी गुडेको हेर्ने हुम्लीको धोको

हुम्ला, ५ फागुन । हुम्लाका ६२ वर्षीय नन्दप्रसाद जैसीले यस वर्ष आफ्नो ठाउँमा सडक पुगेर गाडी गुडेको हेर्ने रहर पूरा हुने आशा गरेका छन् । ताँजाकोट गाउँपालिका–२ का उनलाई गाउँबाटै गाडी चढेर सिमीकोट र त्यहाँबाट सुर्खेत झर्ने रहर छ । पहिलोपटक राजपुरमा पुगेर गाडी देखेको बताउने जैसी भन्छन्, “पैसा तिर्न परे पनि गाउँमै गाडी चढ्ने […]

दशकौंंमा निर्माण सम्पन्न भएनन् ‘गौरवका आयोजना’

नेपालको पहिलो प्रतिद्वन्द्वी मलेसिया

थाइल्याण्डमा हुने एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियाको सामना गर्ने भएको छ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा मलेसियासँग भिड्ने भएको हो। प्रतियोगितामा भुटान, चीन र म्यानमारले सहभागिता नजनाउने भएपछि एसीसीले नयाँ खेल तालिका सार्वजनिक गरेको हो।

प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, मलेसिया, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्ने छन्।

नेपालले पहिलो खेल फागुन १७ गते मलेसियासँग र दोस्रो खेल १८ गते हङकङसँग खेल्नेछ। २१ गते थाइल्याण्डसँग तथा अन्तिम खेलमा २३ गते सिंगापुरसँग भिड्नेछ।

प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले गत शुक्रबार १४ सदस्सीय नेपाली टोलीको घोषणा गरिसकेको छ। घोषित टोलीमा भुवन कार्कीले पुनरागमन गर्दा नियमित सदस्य रोहित कुमार पौडेल बाहिर छन्। भुवन कार्कीले सन् २०१५ यता टोलीमा स्थान बनाउन सकेका थिएनन्। भुवनले पछिल्लो पटक नामिबियामा भएको आईसीसी डिभिजन–२ खेलेका थिए। किशोर महतो पहिलो पटक टिममा परेका हुन्।

इष्र्टन र वेस्र्टन रिजनबाट छनोट भएका २–२ टोलीले मलेसियामा अगस्टमा हुने एसिया कप टी–२० को छनोटमा भाग लिनेछन्। टी–२० एसिया कप सेप्टेम्बर २०२० मा पाकिस्तानमा हुनेछ। एसिया कपका लागि भारत, पाकिस्तान, अफगानिस्तान, बङ्लादेश र श्रीलंका सिधै छनोट भएका छन्।

नेपाली टोलीः ज्ञानेन्द्र मल्ल (कप्तान) पारस खड्का, दिपेन्द्र सिंह ऐरी (उपकप्तान), आरिफ शेख, बिनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनास बोहरा, कुशल मल्ल, पवन सरार्फ, सुशन भारी, किशोर महतो, भुवन कार्की र सन्दीप जोरा।

सिआइबीले बुझायो ललिता निवाससम्बन्धी अनुसन्धान प्रतिवेदन

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा २५ देशका प्रतिनिधि आउने

सरकारले तेश्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी सुरु गरेको छ।

आगामी वैशाख १९ देखि २५ गतेसम्म भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना हुन लागेको सम्मेलनका लागि विभिन्न उपसमितिहरु गठन गरी तयारीको सुरुवात गरेको हो। सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयमा बसेको ‘२५ सय ६४ औं बुद्ध जयन्ती तथा तेश्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन २०७७ आयोजक समिति’को बैठकले विभिन्न उपसमिति गठन गरेको हो ।

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री तथा समितिका अध्यक्ष योगेश भट्टराईले अन्तर्राष्ट्रिय सम्मेलन ब्यवस्थापन उप–समिति, आर्थिक व्यवस्थापन उप–समिति, वृक्षारोपण तथा सरसफाई उपसमिति, अनुष्ठान कार्यका लागि उपसमिति, प्रदेश समन्वय उपसमिति लगायतका विभिन्न १७ वटा उपसमितिहरु गठन गरिएको बताए। उनले बैशाख १९ देखि २५ गते सम्म सप्ताहब्यापि कार्यक्रमहरु सञ्चालन गरिने र २३ गते तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन हुने बताए।

सम्मेलनमा स्थानीय नगरपालिकाहरुको नेतृत्वमा विभिन्न थेमेटिक सेसन सञ्चालन हुने र अन्तिम दिन २५ गते लुम्बिनी क्षेत्रमा विश्वशान्ति र्‍यारी आयोजना गरिने मन्त्री भट्टराईले बताए।

सम्मेलनमा करिब २५ देशका ३२ राज्यका प्रनिधिहरुलाई निमन्त्रणा पठाउन लागिएको मन्त्री भट्टराईले जानकारी दिए। यसबाहेक विश्वभरका बौद्धधर्मसँग सम्बन्धित संघसंस्था तथा प्रतिष्ठानहरु, बौद्ध विद्धान धर्मगुरु तथा ब्यक्तिहरुले पनि सम्मेलनमा सहभागिता जनाउने छन्।

त्यस्तै खर्च र व्यवस्थापनका लागि ‘कार्य सम्पादन तथा आर्थिक कार्यविधि २०७६’ निर्माण भइसकेको समेत उनले बताए। सम्मेलनका लागि सरकार, लुम्बिनी विकास कोष, नेपाल पर्यटन वोर्ड, भ्रमण वर्ष सचिवालय र व्यक्तिगत तथा संस्थागत तवरबाट बजेटको व्यवस्थापन हुने सेमत मन्त्री भट्टराईले बताए।

आज ?फाल्गुन १९ गते सोमबार तपाइको आजको राशिफल यस्तो छ।

महराले कसरी बिताए थुनाका १३५ दिन?

संसद सचिवालयकी कर्मचारीलाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा पूर्वसभामुख महराले सोमबार सफाइ पाए। हिरासत र पुर्पक्षका लागि थुनासमेत गरेर उनले एक सय ३५ दिन बन्दी बने।

गत असोज १२ गते संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले महराले आफूमाथि जबर्जस्ती करणी प्रयास गरेको आरोप लगाएकी थिइन्। असोज १४ मा महराले सभामुख पदबाट राजीनामा दिएका थिए।

उजुरी दर्ता भएपछि असोज १९ मा उनी पक्राउ परे। एक महिना हिरासतमा बसेपछि तत्कालीन जिल्ला न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो।

तर, अदालतमा बयान दिँदा शाहीले महराले आफूमाथि करणी प्रयास नगरेको दाबी गरेकी थिइन्। उनले सोही विवरणको निवेदन समेत अदालतमा दिएकी थिइन्।

सदरखोरमा महराः पढाइ र भेटघाटमा व्यस्त
कात्तिक १८ को रात उनले डिल्लीबजार सदरखोरमा बिताए। सदरखोरभित्रको ‘क सेल’ मा उनलाई राखिएको थियो।

१० वर्षे माओवादी युद्धको नेतृत्वपंक्तिमा रहेर काम गरेका महरा पहिलो पटक जेल परेका थिए। शैक्षिक आन्दोलनबाट राजनीतिमा उदाएका महरा यसअघि कहिल्यै जेल परेका थिएनन्।

जेलमा महराको बढीजसो समय पढेर, घाम तापेर र भेटघाटमै बित्यो।

mahara90.jpg

सुरुवाती समयमा जेलमा महराले कयौँ पुस्तक पढे। जेल परेकै भोलिपल्ट उनले सदरखोरभित्रको पुस्तकालयबाट ६ वटा पुस्तक लगेका थिए। जसमा फ्रान्सेली शासक नेपोलियन बोनापार्टदेखि नेपाली मिडिया उद्यमी तथा वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको कलमसम्म थिए। यीबाहेक विश्वप्रसिद्ध व्यक्तित्व, आन्तरिक द्वन्द्वमा मिडिया राजनीति, नेपालमा माओवादी सशस्त्र द्वन्द्व र नेपालको कूटनीतिक अभ्यास नामक किताब पनि लिएका थिए।

उनका वरिपरि अरु पनि ‘भीआईपी कैदी’ थिए। महरानजिकै पूर्वप्रहरी महानिरीक्षक रमेशचन्द ठकुरी र सशस्त्र प्रहरीका डिआईजी रञ्जन कोइराला पनि थिए। ठकुरी सुडान घोटालामा भ्रष्टाचार आरोपमा दोषी ठहरिएका हुन् भने कोइराला आफ्नै श्रीमतीको हत्याका दोषी हुन्।

पछिल्लो समय उनलाई भेट्न कार्यकर्ताहरुको लर्को लाग्ने गरेको थियो। दिनमै ३० जनासम्मले महरालाई भेटेका थिए।

युद्धकालमा दाङको हापुरे र बर्दियाको ठाकुरद्वारामा भएका वार्तामा उनी माओवादी वार्ता टोलीका संयोजक थिए। पटकपटक वार्ता टोलीमा रहेका उनी माओवादीको सार्वजनिक अनुहार थिए। थुप्रै कार्यकर्ताले उनलाई ‘सर’ सम्बोधन गर्थे। युद्ध समाप्तिपछि संसदीय राजनीतिमा आउँदै गर्दा एकदुई पटक विवादित भएपनि महरा भद्र छविका नेता मानिन्थे।

तर, बलात्कार प्रयासको आरोपसँगै उनको त्यो छवि त ध्वस्त भयो नै राष्ट्रिय–अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उनी ‘हेडलाइन’ पनि बने।

सफाइ पाएर छुटेसँगै महरा बलात्कार प्रयासको आरोपबाट मुक्त भएका छन्। तर, उनलाई अब राजनीतिक/सार्वजनिक जीवनमा फर्किन सहज हुने छैन।

उनले आफ्नो गुमेको छवि फिर्ता गर्न र राजनीतिमा टेक्ने जमिन खोज्न कस्तो कदम चाल्नेछन्, त्यो भने भविष्यले देखाउनेछ।

यो पनि:

सदरखोरमा महराः बिहान घाम ताप्छन्, दिउँसो पढ्छन् नेपोलियन बोनापार्ट

गितकार एनपी परदेशीकाे शब्द तथा मेनुका राईकाे स्वरमा रहेकाे ‘हरेस नखाऊ’ सार्वजानिक (भिडियाे सहित)

२२ पदकसहित घले उत्तरकन्या मावि पहिलो

लमजुङ । लमजुङको क्व्होलासोंथर गाउँपालिका–९ गिलुङमा सञ्चालन गरिएको क्व्होलासोंथर गाउँपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ कप प्रतियोगितामा वडा नम्बर–३ को बगुम गाउँस्थित घले उत्तरकन्या माध्यमिक विद्यालय पहिलो भएको छ । उक्त प्रतियोगिता गिलुङको बुद्धोदय माध्यमिक विद्यालयमा सञ्चालन गरिएको हो ।

प्रतियोगितामा २२ पदकसहित घलेउत्तरकन्या मावि पहिलो भयो । यस्तै, १८ पदकसहित वडा नम्बर ६ को पसगाउँ ठाँटी माध्यमिक विद्यालय दोस्रो भएको आयोजक क्व्होलासोंथर गाउँपालिका युवा तथा खेलकुद विकास समितिले अध्यक्ष गंगाबहादुर घलेले बताए ।

उनका अनुसार प्रतियोगिता चार दिनसम्म चलेको थियो । उक्त राष्ट्रपति कप प्रतियोगितामा भलिबल, सटपुट, हाइजम्प, लङजम्प, त्रिपल जम्पलगायतका १४ खेलका बीचमा प्रतियोगिता सञ्चालन गरिएको क्व्होलासोंथर गाउँपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष घलेले बताए ।

उनका अनुसार उक्त कप प्रतियोगितामा गाउँपालिका भित्र रहेका ९ विद्यालयले भाग लिएका थिए । बिजयीहरुलाई वडा नम्बर ९ का अध्यक्ष नन्दजङ गुरुङ, क्व्होलासोंथर गाउँपालिका युवा तथा खेलकुद विकास समितिले अध्यक्ष गंगाबहादुर घलेलगायतले पुरस्कार वितरण गरेका थिए ।

उक्त कप प्रतियोगिता गाउँपालिकाको सहयोगमा सञ्चालन गरिएको युवा तथा खेलकुद विकास समितिका सदस्य नौराज गुरुङले जानकारी दिए ।

The post २२ पदकसहित घले उत्तरकन्या मावि पहिलो appeared first on Rajdhani Daily News.

स्थानीय निकायलाई पनि पाठ्क्रम बनाउने अधिकार

चितवनमा पूर्वमाओवादी र पूर्वएमाले विद्यार्थीबीच झडप, पार्टी कार्यालयमा तोडफोड

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा आज विद्यार्थीबीच झडप हुँदा एकजना घाइते भएका छन् । घाइते हुनेमा अनेरास्ववियुका केन्द्रीय सदस्य देवप्रसाद पाठक रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पाठकको टाउकोमा चोट लागेको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । आक्रमण गरेको अभियोगमा प्रहरीले रामपुरबाट तीनजना विद्यार्थीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङका अनुसार पक्राउ पर्नेमा प्रेम घर्ती, सबित सुवेदी र अभिषेख न्यौपाने रहेका छन् । तत्कालीन अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियुबीच झडप भएको हो । पाठक तत्कालीन अनेरास्ववियुका जिल्ला अध्यक्ष छन् । पक्राउ परेकाहरु अखिल क्रान्तिकारी निकट रहेको जनाइएको छ ।

रामपुरमा झडपपछि पार्टीले बेवास्ता गरेको भन्दै विद्यार्थीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्ला कार्यालयमा समेत तोडफोड गरेको प्रहरीले जनाएको छ । यही फागुन १ गते जनयुद्ध दिवस मनाउने विषयमा दुई सङ्गठनबीच विवाद भएपछि पटकपटक झडप हुँदै आएको छ । विश्वविद्यालयको आवासमा बस्ने ती सङ्गठनका विद्यार्थी बाहिर बसेका छन् ।

विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान सङ्कायको आजको स्नातक मत्स्य विज्ञानको तेस्रो र सातौँ सेमेस्टरको परीक्षा गर्ने वा सार्ने भन्ने विषयमा विद्यार्थीबीच विवाद भएको थियो । विवादकै बीचमा विश्वविद्यालयले परीक्षा सञ्चालन गरेको छ । परीक्षामा ३३ विद्यार्थीमध्ये ३० जना सहभागी भएको सङ्कायका निमित्त डिन ईश्वरचन्द्र प्रकाश तिवारीले जानकारी दिए ।

The post चितवनमा पूर्वमाओवादी र पूर्वएमाले विद्यार्थीबीच झडप, पार्टी कार्यालयमा तोडफोड appeared first on Rajdhani Daily News.

कतारमा पासपोर्टको म्याद सकिदै छ? नयाँ पासपोर्ट लिन के के गर्नुपर्ला? कति पैसा लाग्ला?

ब्रेन ट्युमरले १५ वर्षीय बालकलाकारको निधन

एजेन्सी । १५ वर्षिय बाल कलाकार निकिता पर्ल वेलिग्वाको ब्रेन ट्युमरको कारण निधन भएको छ । अंग्रेजी फिल्म ‘क्वीन अफ काटवे’ कि नायिका सन २०१६ देखि ब्रेन ट्युमरबाट ग्रष्त थिइन् । पहिलो चरणको अप्रेशन सफल भएको थियो । सन २०१९ मा गरिएको दोस्रो अप्रेशन सफल हुन सकेन । उनी ग्याजा हाई स्कुलकी विद्यार्थी थिइन् ।

भेराईटी डटकमका अनुसार निर्देशक मिरा नायरले सुटिङको क्रममा वेलिग्वाको उपचारमा सहयोग गर्न फण्ड जुटाएकी थिइन् । निकिताले फिल्ममा ग्लोरिया नामको पात्रको भुमिका निर्वाह गरेकी थिइन् ।

उक्त फिल्म म्युत्सीकाे जीन्दगीको कहानी थियो, जो युगाण्डाको प्रसिद्ध एवं सफल शतरञ्ज खेलाडी मानिन्थे । म्युत्सीले तीन पटक वीमेन जुनियर च्याम्पियन जितेकी थिइन् ।

The post ब्रेन ट्युमरले १५ वर्षीय बालकलाकारको निधन appeared first on Rajdhani Daily News.

देशमा परिवर्तनको घन्टी बज्नुपर्छ: सभापति लामिछाने