सप्तरी, राजविराज । सप्तरीको बोदेबर्साइन ५ जाजरमा आयोजित मुस्लिम समुदायको तिन दिने धार्मिक सम्मेलन इज्तिमा सोमबार सम्पन्न भएको छ ।
नेपाल तथा भारतका गरी करिब २ लाख ५० हजार भन्दा बढी सहभागी मुस्लिम समुदायद्वारा संयुक्त रुपमा पवित्र नामाज र प्रार्थना प्रश्चात तिन दिने सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनका मुख्य प्रबचनकर्ता भारत दिल्ली स्थित मर्कट जामे मस्जिदका मौलाना मो. हजरत सादले उक्त तिन दिने सम्मेलनमा आपसी सदभाव र मानव कल्याण कार्यमा जोड दिएका थिए ।
उनले तिन दिन सम्म यति ठुलो सहभागितामा आयोजित धार्मिक सम्मेलनलाई भव्य र सभ्य बनाउन सहयोग पुर्याउने सवैमा धन्यवाद दिदै विदा लिएका थिए । सम्मेलनमा भाग लिन आएकाहरु आ–आफनो गाडी चढी घर फर्किदै गर्दा हजारौंको संख्यामा सडकमा सवारी साधनको चापका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको तथा घण्टौ सडक अवरुद्घ भएको जिल्ला ट्राफिक कार्यालय शम्भुनाथले जनाएको छ ।
यस्तै ठुलो संख्यामा सहभागी घर फर्किएपनि अहिले कार्यक्रम स्थल भने दुर्गन्धित देखिएको स्थानियले बताएका छन् । तिन दिन सम्म लाखौं मान्छे बस्दा दिशापिसाव आदिका कारण उक्त क्षेत्र दुर्गन्धित बनेको स्थानिय राजु विश्वकर्माले बताए ।
‘दुर्गन्ध खपेर कार्यक्रम स्थल आसपास बस्न कठिन छ’, अर्का स्थानिय मो. सलिमले भने ‘यसको उचित व्यवस्थापन तत्काल हुनु जरुरी छ ।’ आयोजकले २ हजार २ सय शौचालय निर्माण गरेपनि सहभागी धेरै भएकाले आसपासका क्षेत्रमा समेत दिसाका थुप्रा देखिएको उनले बताए ।
स्थानियबासी, आयोजक र नगरपालिकाका सरसफाईकर्मीको संयुक्त प्रयासमा छिट्टै फोहोर मैलाको व्यवस्थापन गर्ने तयारी गरिएको बोदेबर्साइन नगरपालिकाले जनाएको छ ।
मकवानपुर । नोबल कोरोना भाइरसविरुद्ध उच्च सतर्कता अपनाउने सिलसिलामा बागमति प्रदेश सरकारले मकवानपुर र चितवनको दुईवटा सरकारी अस्पतालनमा सुविधा सम्पन्न आइसोलेशन वार्ड स्थापना गरेको छ । बागमती प्रदेशको राजधानी हेटौंडास्थित हेटौंडा अस्पतालमा र चितवन अस्पतालमा नोबल कोरोना भाइरसबाट संक्रमित व्यक्तिलाई राख्न आइसोलशन वार्ड स्थापना गरिएको हो ।
प्रदेश सरकारले नोबल कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि उच्च सतर्कता अपनाउँदै संक्रमण देखिए अस्पतालमा छुट्टै राखेर उपचार गर्ने व्यवस्था मिलाएको हो । हेटौंडा अस्पतालको एक भवनमा संक्रमितलाई नियमित चिकित्सकको निगरानीमा राख्न वार्ड स्थापना गरिएको छ ।
उक्त भवनमा दुई बेडको व्यवस्था मिलाएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रविण श्रेष्ठले बताए । उक्त वार्डमा रहने चिकित्सकको लागि भाइरस प्रतिरक्षा डे«सको व्यवस्था समेत गरिएको छ ।
हालसम्म प्रदेशभित्र कुनै पनि व्यक्तिलाई कोरोना भाइरसको लक्षण नदेखिएको बागमती प्रदेशका सामाजिक विकास मन्त्रालयले जनाएको छ । एकसाता अघि सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका विरामी फेला परेको विषय भ्रममात्रै भएको मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुबेदीले बताए ।
बागमती प्रदेश सरकारले भाइरसको संक्रमण फैलन नदिन सामाजिक विकास मन्त्रालयले उच्च स्तरीय समिति र प्रदेश स्तरीय द्रुत प्रतिकार्य समिति गठन यसअघि नै गरेको छ । सामाजिक विकास मन्त्रालयका सचिव डा. गोकर्णमणि दुवाडीको संयोजकत्वमा उच्च स्तरीय समिति गठन गरिएको छ ।
यस्तै चीनबाट ल्याइएका विरामीमा कोरोना भाइरस भए नभएको जाँच गरी १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने व्यवस्था संघीय सरकारले गरेको छ । कोरोना भाइरस मानव शरिरमा १४ दिनसम्म रहने भएकाले चीनबाट नेपाल ल्याइएका नेपालीलाई उच्च निगरानीका साथ भक्तपुरको खरिपाटीमा स्थापन गरिएको क्वारन्टाइनमा राखिएको छ ।
क्वारेन्टाइन रहेका व्यक्तिमा शंकास्पद लक्षण देखिएमा थप परीक्षण तथा उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल वा पाटन अस्पताल वा शसस्त्र प्रहरी अस्पतालमा अविलम्ब स्थानान्तरण गरिने तयारी संघीय सरकारले गरेको छ ।
यसैबीच कोरोना परीक्षणका लागि रसुवागढी नाकामा स्थापना भएको अस्थायी संरचनालाई बागमती प्रदेश सरकारले स्थायी हेल्थ डेस्क बनाउने भएको छ । बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले रसुवागढी नाकाको अवलोकनपछि प्रदेशका सीमा वारपार गर्ने मानिसको चेकजाँचका लागि स्थायी हेल्थ डेस्क निर्माण गर्ने बताएका हुन् ।
नाकाबाट भित्र्ने मानिसको प्रारम्भिक स्वास्थ्य परीक्षणका लागि स्थायी हेल्थ डेस्क आवश्यक देखिएकाले प्रदेश सरकारले निर्माण गर्ने तयारी गरेको हो । हाल प्रदेश सरकारले स्थायी संरचना निर्माणका लागि अध्ययन थालेको समेत मन्त्री दुलालले जानकारी दिए । केही हप्तामा स्थायी संरचना निर्माणको काम सुरु गरिने उनले बताए । हेल्थ डेस्क सञ्चालनका लागि प्रदेश अस्पतालबाट चिकित्सकसहितको टोली खटाउनले निर्णय प्रदेश सरकारले गरेको छ ।
काठमाडौँ, ५ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्वाहाङ्फेलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा अपराह्न आयोजित समारोहमा राष्ट्रपतिबाट नवनियुक्त मन्त्री तुम्वाहाङ्फेले शपथ लिनुभएको हो । नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उहाँलाई मन्त्री पदमा आजै नियुक्त गर्नुभएको हो । यसअघि उक्त मन्त्रालयको […]
काठमाडौं, ५ फागुन । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले पदभार सम्हाल्नुभएको छ । उपसभामुखबाट राजीनामा दिनुभएको महिना दिनभित्रै तुम्बाहाङ्फे कानून, न्याय तथा संसदीय मामिलामन्त्रीमा नियुक्त हुनुभएको हाे । उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनमन्त्री नियुक्त गर्नुभएको थियो । सोमबार दिउँसो नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेले शीतल निवासमा राष्ट्रपति समक्ष पद […]
नेपाली महिला राष्ट्रिय टोलीका दुई महत्वपूर्ण सदस्य सावित्रा भण्डारी र अनिता बस्नेत भारतीय महिला लिग खेलेर सोमबार फर्किए। महिला लिगमा सावित्रा भण्डारी साम्बा सम्मिलित टोली गोकुलम केरला एफसी च्याम्पियन बन्यो।
अनिता सम्मिलित सेथु एफसी भने सेमिफाइनलबाट अघि बढ्न सकेन। फाइनलमा साम्बाको निर्णायक गोलमा गोकुलमले क्रिप्सा एफसीलाई ३–२ अन्तरले पराजित गर्दै पहिलोपटक उपाधि उचालेको हो।
यो पटक टोलीलाई च्याम्पियन बनाउँदा व्यक्तिगत रुपमा सावित्रा सर्वाधिक गोलकर्ता बनिन्। छनोट चरणको १ सहित ८ खेलमा १९ गोल गर्दै उनी सर्वाधिक गोलकर्ता बन्दै भारतीय १ लाख रुपैयाँ प्राप्त गरिन्। गत संस्करण सेथुबाट खेल्दा उनले १५ गोल आफ्नो नाममा लेखाएकी थिइन्।
गत संस्करण पनि साम्बा सम्मिलित सेथु एफसीले उपाधि जितेको थियो। गत वर्ष दुवै जनाले सेथु एफसीबाट खेलेका थिए। यो वर्ष फरक क्लबबाट खेलेका दुवै जना पहिलो रोजाइमा मैदान उत्रेका थिए।
लिग सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले भनिन्, ‘मैले जाने बेलामा जे भनेर गएको थिएँ, त्यो पूरा भएको छ।’
भारत खेल्न जानुअघि उनले सेथुलाई जस्तै योपटक गोकुलमलाई च्याम्पियन बनाउने सोचिसकेकी थिइन्।
‘सपना पूरा भयो’ गत संस्करणमा पनि सावित्राले सर्वाधिक गोलकर्ताका लागि संघर्ष गरेकी थिइन् तर त्यो पूरा हुन सकेन। त्यसैले पनि उनी यो पटक त्यो लक्ष्य जसरी पनि पूरा गर्नुपर्छ भन्नेमा थिइन्।
‘पहिले राम्रो प्रदर्शन गरेर टोलीलाई च्याम्पियन बनाए पनि व्यक्तिगत रुपमा कुनै अवार्ड पाइनँ, त्यसले अलिक नमज्जा लागेको थियो’, सावित्रा भन्छिन्, ‘यो पटक त्यसैका लागि संघर्ष गरेको थिएँ, त्यो सफल भयो खुसी लागेको छ।’
यसो भन्दै गर्दा उनी फुटबल टिम गेम भएकाले सबै टोलीको साथका कारण नै यो सम्भव भएको बताउँछिन्।
नेपाल र भारतको लिग अनुभव नेपालमा र भारतमा लिग खेल्दा कस्तो फरक पाइयो त? सावित्रा भन्छिन्, ‘धेरै नै फरक छ नि, यहाँ ३ वटा विभागीय टोली नै हुन् अरु क्लब त्यस्तो बलियो छैनन् तर त्यहाँ सबै क्लबहरु बलिया रहेछन्।’
सोही कारण खेल पनि निकै प्रतिस्पर्धात्मक भएकाे उनको अनुभव छ। ‘मलाई पनि टोलीमा सेट हुन अलिक समय लाग्यो। १–२ वटा खेलमा अलिक गाह्रो भएको थियो’, उनी भन्छिन्, ‘तर पछि तालमेल मिल्दै गयो। फुटबल भनेको टिम गेम हो, टोलीको कारण नै यो सफलता पाएको हो।’
सावित्रा र अनिता लामो समयदेखि एपीएफमा आबद्ध छन्। एकै क्लब अनि एउटै राष्ट्रिय टोलीबाट खेलिरहेका उनीहरु पहिलोपटक एकअर्काविरुद्ध मैदान उत्रिएका थिए।
समूह चरणमा गोकुलम समूह बीको विजेता र सेथु समूह ‘ए’को उपविजेता बनेपछि सेमिफाइनलमा यिनीहरुको भेट पक्का भएको थियो।
पहिलोपटक एकअर्काविरुद्ध मैदानमा उत्रिँदा केही असहज महसुस दुवैले गरेका रहेछन्। साम्बा भन्छिन्, ‘सेमिफाइनलमा अनिता दिदीसँग खेल्दा कतै बल दिन्छु कि भनेर झुक्किरहेकी थिएँ। तर हामी प्रतिस्पर्धी हौँ भनेर खेलियो।’
प्रतिस्पर्धीको हिसाबमा राम्रो भएको उनको अनुभव छ।
यता अनिता भने खेल सुरु हुनुअघि साम्बालाई भेटेपछि निकै दबाब महसुस भएको सुनाउँछिन्। ‘खेलमा पनि कतै साम्बालाई नै पास दिन्छु कि भन्ने सोचिरहेकी थिएँ’, अनिता भन्छिन्, ‘बाहिर देखाउन सकिनँ तर भित्र धेरै नै गाह्रो भएको थियो।’
पहिला एउटै क्लबमा थियौं एक जना विदेशी खेलाडीलाई मात्र खेलाउने नियम थियो। यो पटक फरक क्लबमा हँुदा धेरै मौका पाएको अनिताको भनाइ छ।
यसले उनलाई अनुभव पनि धेरै लिने अवसर मिल्यो।
‘यो पटक पनि टोलीलाई च्याम्पियन बनाउने भनेर सोचेकी थिएँ तर त्यो पूरा हुन सकेन’, नेपालखबरसँग उनले भनिन्, ‘सेमिफाइनलसम्म मात्र पुग्यौँ, हाम्रो टोली पहिलेको भन्दा केही कमजोर पनि थियो। सेट प्लेयरहरु बाहिर भएर पनि केही गाह्रो भएको थियो।’
माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिता अन्तर्गत मुख्य प्रयोजक माछापुच्छ्रे बैंक प्रि क्वाटर फाईनल प्रवेश गरेको छ।
तेस्रो दिनको खेल अन्र्तगत माछापुच्छ्रे बैंकले सनराईज बैंकलाई ४ विकेटले पराजित गरि प्रि क्वाटरफाईनलमा प्रबेश गरेको हो। क्वाटरफाईनल प्रवेशको लागि माछापुच्छ्रे बैंकले अब मंगलबार प्राईम कर्मशियल बैंकसँग प्रतिस्पर्धा गर्नेछ।
काठमाडौंको कीर्तिपूर स्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबारदेखि सञ्चालन भईरहेको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगितामा फागुन ७ गते बुधबारसम्म चल्ने प्रतियोगितामा मंगलबार प्रि क्वाटर फाईलन तथा क्वाटर फाईनलका खेलहरु हुनेछन् भने अन्तिम दिन बुधबार सेमि फाईनल तथा फाईनल खेलहरु हुनेछन्।
चीनको वुहानमा अध्ययनरत सौरभ लुइँटेललाई वार्टन कृषि विश्वविद्यालयले गत सोमबारदेखि स्नातकोत्तर दोस्रो सेमेस्टरको पढाइ सुरु भएको जानकारी दियो। कोरोना भाइरसग्रस्त सो सहर छाडेर सौरभ आइतबार नै नेपाल फर्किएका थिए।
सो सूचना पाएसँगै खरिपाटी क्वारेन्टाइनमा रहेका उनी कसरी पढाइ अघि बढाउने भन्ने चिन्तामा परे। तर यो बीचमा विश्वविद्यालयले अनलाइन अध्ययनको विकल्प दिएको छ। अहिले उनी आफ्नो अध्ययनबारे ढुक्क भएका छन्। हप्तामा तीन दिन अनलाइन कक्षा लिइरहेका छन्।
‘नयाँ वर्षको विदापछि विश्वविद्यालयले पढाई सुरु भएको जानकारी दिइसकेको छ,’ खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका सौरभले नेपालखबरसँग भने, ‘अहिले अनलाइनबाट अध्ययन भइरहेको छ। समय मिले प्राध्यापकहरुलाई लाइभ हेर्न सकिन्छ। नत्र रेकर्डेड भिडियो वेबसाइट लगइन गरेर डाउनलोड गरी सुन्न सकिन्छ ।’
अहिले सौरवका तीन वटा विषयको पढाइ सुरु भएको छ। मंगलबार, बुधबार र बिहीबार उनी अनलाइनमार्फत् कक्षामा सहभागी हुन्छन्।
चीनबाट सरकारले आइतबार स्वदेश फर्काएका १ सय ७५ जनामध्ये १ सय ७० जना विद्यार्थी हुन्। नेपाल फर्केपछि पढाइ के होला भनेर चिन्तित उनीहरु विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालन गरिदिएकोमा खुसी छन्।
वुहानमा पीएचडीका विद्यार्थी अशोक साहले स्नातकोत्तर दोस्रो सेमस्टरका कक्षा अनलाइनबाटै सुरु भएको र नेपाली विद्यार्थीले पढाइ सुरु गरेको जनाए।
‘मेरो श्रीमती पनि स्नातकोत्तर दोस्रो सेमेस्टरमा वुहानमै अध्ययरत छिन्। अहिले अनलाइनबाटै अध्ययन गरिरहेकी छिन्,’ उनले भने।
नेपाल फर्किनुअघि साह वुहानमै रिसर्चको काम गरिरहेका थिए। खरिपाटीस्थित क्वारेन्टाइनमा सरकारले इन्टरनेट सुविधा दिएपछि पढाइमा सहयोग पुगेको उनले बताए।
ल्याबमै अध्ययन गर्नुपर्ने विद्यार्थीहरुको अध्ययन कसरी अघि बढ्छ भन्ने खबर आइनसकेको उनी बताउँछन्।
खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका अर्का विद्यार्थी सन्दीप उप्रेतीले फेब्रुअरी अन्त्यबाट आफूहरुको पनि पढाइ अनलाइनबाटै सुरु हुने तयारी रहेको बताए।
‘अहिले रजिस्ट्रेसनलगायतका औपचारिक कामह पनि अनलाइनबाटै भइरहेको छ। फेब्रुअरी अन्त्यबाट कक्षाहरु अनलाइनबाटै शुरु गर्ने तयारीमा छौं,’ उनले भने।
काठमाडौं । तारकेश्वर नगरपालिकाकी सानुमाया लामासंग पैसा थियो । रामचन्द्र कुँबरले सानुमाया संग पैसा भएको जानकारी पाइसकेका थिए । रामचन्द्रले सानुमायालाई आग्रह गर्दै भने ‘अमेरिका जान लागेको बैंकमा ब्यालेन्स देखाउनु पर्ने भयो पैसा नै भएन केही दिनलाई मेरो खातामा पैसा राखिदिनु न ।’
सानुमायाले रामचन्द्रको आग्रह सहजै स्वीकारिन र प्राइम बैंकमा रहेको रामचन्द्रको खातामा पैसा डिपोजिट गरिदिइन् ६० लाख रुपैंया ।
पैसा डिपोजिट गरेपछि रामचन्द्र सानुमायाको सम्पर्कवाट टाढिए । सानुमायालाई शंका लाग्यो र प्रहरीमा पुगिन् । प्रहरीले अनुसन्धान गरेपछि थाहा पायो । उनले जम्मा गरेको ६० लाख रुपैंया झिकिसकिएको थियो ।
प्रहरीले दिएको जानकारी अनुसार रकम जम्मा गरेको भोलीपल्ट नै प्राइम बैंकको शाखा कार्यालय चाबहिल, नयाँवानेश्वर, कोटेश्वर, सामाखुसी र इमाडोलवाट नक्कली कागजपत्र र नक्कली सवारी चालक अनुमती पत्रको आधारमा रकम निकालेर रामचन्द्र फरार थिए ।
प्रहरीको खोजी कार्य जारी थियो । भक्तपुर ठिमी क्षेत्रमा लुकेर बसेको अवस्थामा रामचन्द्र र उनका साथी गणेश लामालाई पक्राउ गरेको छ ।
दैलेख । दैलेखको दुल्लूनगरपालिकामा –५ स्थित देउतीगढमा जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
घाइते हुनेमा जीप चालक भैरवी गाउँपालिका –२ का ३२ बर्षीय गोकुल खत्री, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयका कर्मचारी समेत रहेका भैरवी गाउँपालिका २ कै ३५ बर्षीय माधव रिजाल , दुल्लु नगरपालिका–५ का २५ बर्षीय सुरेन्द्र रिजाल र दुल्लु न.पा–८ का २० बर्षीय विक्रम उपाध्याय हुन् ।
दुल्लु अस्पतालमा उपचार सम्भव नभएपछि ४ जनालाई नेपालगञ्ज रिफर गरिएको ईलाका प्रहरी कार्यालय दुल्लूले जनाएको छ । प्रधामन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जोन परियोजना कार्यालय दुल्लूको बा १ झ ६५६७ नम्बरको जीप दुल्लू नगरपालिका –५ स्थित देउतीगढमा दुर्घटना भएको हो ।
सोमबार कार्यालय जाँदै गर्दा जिपको व्रेक फेल भइ देउतीगढ कृषि डाँडाबाट करिब २०० मिटर तल दुल्लु नगरपालिका कार्यालयको भवन नजिक खसेको हो ।
दुर्घटनाबाट घाइतेको दुल्लू अस्पतालमा उपचार हुँदै ।