Home Blog Page 1314

पानीजहाजबाट उद्धार गरिएका ४० अमेरिकी नागरिकमा कोरोनाको सङ्क्रमण

एजेन्सी । जापानमा क्वारेन्टाइनमा राखिएको पानी जहाजबाट उद्दार गरिएका ४० जना अमेरिकी नागरिकमा कोबिड १९ कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट उद्धार गरिएका ति नागरिकमा सङ्क्रमण देखिएको बिबिसीले जनाएको छ । उद्धार गरिएकामध्ये अधिकांश व्यक्तिहरू दुईवटा अमेरिकी हवाईजहाजमार्फत्‌ स्वदेश फर्किरहेका छन्।तर सङ्क्रमित व्यक्तिहरूलाई चाहिँ उपचारका लागि जापानकै अस्पतालहरूमा भर्ना गरिनेछ। झन्डै […]

लक्जम्बर्गले गर्‍याे सार्वजनिक यातायात नि:शुल्क

हेटौँडा –धुलिखेल विद्युतिय बस सञ्चालन हुने

हेटौँडा, ५ फागुन । वाग्मती प्रदेश सरकारले सरकारी स्वामित्वमा हेटौँडा—धुलिखेल विद्युतिय बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी प्रदेश राजधानी हेटौँडादेखि धुलिखेलसम्म विद्युतिय बस सञ्चालन गर्ने योजनालाई तीव्रता दिएको छ । आत्मनिर्भरता बढाउँदै समृद्धितर्फ जाने उद्देश्यका साथ प्रदेश सरकारले विद्युतिय बस सञ्चालन गर्न लागेको हो । प्रदेश सरकारले ‘प्रदेश […]

फेवातालको जग्गा अधिकतम जोगिने गरी काम गर्न आग्रह

दैलेखमा डोजर पल्टिँदा दुई जना घाइते

दैलेख । सोमबार बिहान ५ बजे दैलेखको ठाटीकाँध गाउँपालिकामा सडक खन्ने क्रमम डोजर पल्टिँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा दैलेख गुराँस गाउँपालिका–३ का ५४ बर्षीय विकास मल्ल र सोही गाउँपालिका –५ का २३ बर्षीय सहचालक नरेश कुमार भण्डारी रहेका छन् ।

सडक विभाग अन्तर्गतको ठाटीकाँध–स्याउँलेकाँध जोड्ने हुलाकी सडक खन्ने क्रममा गाउँपालिकाको–६ भम्कस्थित पिपल चौतारा भन्ने ठाउँमा डोजर दुर्घटना भएको हो । अँध्यारो समयमा सडक खन्दा चिप्लियर सडक भन्दा करिब २० मिटर तल एउटा रुखमा अड्किएको प्रहरी चौकी ठाटिकाँधले जनाएको छ ।

घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा उपचार पछि डिस्चार्ज भइसकेको प्रहरी चौकी ठाटीकाँधका प्रहरी सहायक निरिक्षक रत्न खड्काले बताए । डोजर नयाँ भएकोले नम्बर प्लेट राखिएको छैन, खड्काले बताए ।

The post दैलेखमा डोजर पल्टिँदा दुई जना घाइते appeared first on Rajdhani Daily News.

कोरोना भाइरस सङ्क्रमण ६४ मुलुकमा, करिब तीन हजारको मृत्यु

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १७७७ पुग्यो, आइतबारमात्रै १०५ जनाको मृत्यु

उहान । कोरोना भाइरसको उद्गमस्थल चीनको हुबेई प्रान्तमा आइतबार एकै दिनमा १०० व्यक्तिको मृत्यु भएको छ ।

यद्यपी यस भाइरसको कारण चीनभर आइतबार १०५ व्यक्तिको मृत्यु भएको चिनियाँ अधिकारीहरुले सोमबार जनाएका छन् । त्यसैगरी आइतबार चीनभरी २ हजार ४८ जना सङ्क्रमित भएका समाचारमा जनाइएको छ । सङ्क्रमितहरुको यो सङ्ख्या चीनको ३९ प्रान्तमा रहेको बताइएको छ ।

गत डिसेम्बरबाट शुरु भएको यस कोरोना भाइरसको सङ्क्रमणको कारण हुबेई प्रान्तमा मात्र ५८ हजार १८२ जनालाई कोरानाभाइरस सङ्क्रमण भएको आइतबार प्राप्त समाचारमा जनाइएको छ । चीनमा फैलिएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट आजसम्म कम्तीमा पनि एक हजार ७७७ जनाको ज्यान गएको छ ।

वैज्ञानिकहरुले कोभिड–१९ नाम दिएको यो भाइरसको नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि २६ अर्ब युआन विनियोजन गरेको चिनियाँ अधिकारीहरूले जनाएका छन् ।

यस भाइरसको उपचारका क्रममा खटिएका कम्तीमा पनि २ हजार स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । यसबाट सङ्क्रमणबाट छ जना स्वास्थ्यकर्मीको उपचारका क्रममा मृत्यु भएको छ ।

यस भाइरसको प्रकोप नियन्त्रणका लागि विश्वका नेताहरुले चीनलाई साथ दिने प्रतिबद्धता जनाउँदै आएका छन् । संयुक्त राष्ट्रसङ्घ, विश्व स्वास्थ्य सङ्गठन, युरोपेली युनियनसहित विश्वका नेताहरुले पनि यो सङ्क्रमणको नियन्त्रणमा चीनलाई सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आइतबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट चीनभरिमा करिब ६५ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् ।

भाइरसको शुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन् ।

The post चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १७७७ पुग्यो, आइतबारमात्रै १०५ जनाको मृत्यु appeared first on Rajdhani Daily News.

प्रयोगमै नआई संशोधनतिर प्रदेश लोकसेवा ऐन

महेन्द्रनगरको सर्पदंश अस्पताल मार्चदेखि सञ्चालनमा आउने

जनकपुरधाम । सर्पदंशबाट प्रत्येक वर्ष दर्जनौ व्यक्तिको अकालमै ज्यान गुमाउँछन् । त्यसलाई मध्यनजर गर्दै धनुषा क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा सर्पदंश उपचार अस्पताल निर्माण भएको छ । निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । युएनडिपी र नगरपालिकाको सहयोगमा सिआईसी जनकपुरले उक्त अस्पताल निर्माण गरेको हो । झन्डै दुई करोड रुपैयाँको लागतमा निर्माण भएको उक्त सर्पदंश उपचार अस्पताल निर्माणका लागि युएनडिपीले १ करोड १९ लाख रुपैयाँ सहयोग गरेको छ भने नगरपालिकाले ९६ लाख रुपैयाँको लगानी गर्ने भएको छ ।

२० शैय्याको सो अस्पताल मार्च महिनादेखि सञ्चालनमा आउने छ । अपांग मैत्री र बालमैत्री रहेको सो अस्पतालमा १२ शैय्या महिला र ८ शैय्या पुरुषका लागि राखिएको छ । नेपाली सेनाका चिकित्सकले सो अस्पतालमा सेवा प्रदान गर्नेछन् ।
गत ५ महिनामा प्रादेशिक अस्पताल जनकपुरधाममा ५ सय ७५, महोत्तरीको गौरिवास उपचार केन्द्रमा १४ र सिरहाको बन्दीपुर उपचार केन्द्रमा २ सय ९१ जना सर्पदंशका रोगीले उपचार गराएका छन् ।

सर्पदंश उपचार केन्द्र बर्दिवासका अध्यक्ष कृष्ण देवकोटाले वर्षातको बेला महोत्तरीको बर्दिवासमा एक दिनमा ४० जनासम्म विरामी आउने गर्छन् । अस्पतालमा भन्दा अहिले पनि झारफुक तर्फ जानेको संख्या बढी रहेको चिकित्सकहरु बताउँछन् । प्रादेशिक अस्पताल जनकपुरधामका चिकित्सक डा. केडी दासले सर्पले टोक्ने वित्तिकै अस्पतालमा आउँदा समस्या हुँदैन तर झारफुकमै बढी समय नष्ट गरेका कारण व्यक्तिको मृत्यु हुने गरेको बताए ।

सर्पदंशका विरामीमध्ये करिब ९० प्रतिशतलाई वषालु सर्पले टोकेको हुँदैन । विषालु सर्पले टोके पनि विष मानिसको शरिरमा छोडेको हुँदैन जनकपुरधाम क्षेत्रका बरिष्ठ चिकित्सक डा. विजयकुमार सिंहले बताए । सर्पदंशपछि विषले भन्दा पनि आत्तिएर मानिसको मृत्यु हुने गरेको उनले बताए । सर्पदंशपछि विष नै लाग्ने सम्भावना न्यून हुने भएकाले आत्मविश्वास कायम राख्दै तुरुन्त अस्पताल पुग्नु पर्ने सर्पका जानकार देवनारायण मण्डलले बताए ।

The post महेन्द्रनगरको सर्पदंश अस्पताल मार्चदेखि सञ्चालनमा आउने appeared first on Rajdhani Daily News.

परिक्रमा मिथिलाको मात्र नभइ नेपालकै कुम्भ हो : पर्यटन मन्त्री योगेश भट्टराई (फोटो फिचर)

जङ्गली जीवजन्तुको अवैध शिकार : सार्सदेखि काेराेनासम्मका खतरनाक भाइरसकाे स्राेत

बेइजिङ, ५ फागुन । सन् २००२ मा नयाँ जीवाणुको प्रकोप देखा पर्दा चीनले जङ्गली समेतका जीवित वा मृत जनावरहरू बजारमा खुलेआम बेचबिखन गर्न रोक लगायो । यही जीवाणुका कारण प्राणघातक सार्स फैलिएको त्यसबखत अनुमान गरिएको थियो । अहिले सार्ससँग मिल्दोजुल्दो कोरोनाभाइरसले चीनलाई सताएको छ, र रोगको मुख्य उत्पत्ति तिनै जीवजन्तुमाथि आशंका गरिएको छ । त्यस्ता […]

ललितानिवास जग्गा प्रकरणकाे अनुसन्धान निष्कर्षतिर, ३ सय बढीविरुद्ध मुद्दा दायर हुने

पहिलो संविधानसभा र राष्ट्रियसभाका सदस्यको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं, ५ फागुन । राष्ट्रियसभाको आजको बैठकले पहिलो संविधानसभाका सदस्य सिद्धार्थकुमार सोमानी र राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नुभएको उक्त शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो । बैठकमा दिवङ्गत सोमानी र उपाध्यायको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारणसमेत गरिएको थियो । […]

मत्स्यनारायणमा भक्तजनको भीड

बलात्कार प्रयास मुद्धामा महरालाई सफाइ

काठमाडौं, ५ फागुन । निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार मुद्धामा सफाइ पाएका छन् । काठमाडौं जिल्ला अदालतले सोमबार महरालाई सफाइ दिएको हो ।

जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो ।

The post बलात्कार प्रयास मुद्धामा महरालाई सफाइ appeared first on Koshi Online.

दक्षिण कोरिया र चीनबाट फर्किएका दुई नेपालीमा कोरोनाको आशङ्का

कांग्रेस सरकार ढाल्ने पक्षमा छैन : उपसभापति निधि

चितवन, ५ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले आफ्नो पार्टी अहिले सरकार परिवर्तनको पक्षमा नरहेको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले सोमबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

कांग्रेसको अहिलेको रुचिको विषय सरकार परिवर्तन नरहेको प्रस्ट पार्दै निधिले सरकार परिवर्तनको विषय सत्ता पक्षको आन्तरिक विषय भएको बताए ।

उपसभापति निधिले भने, ‘हामी सरकार ढाल्नेमा छैनौँ । आफ्नै महाधिवेशनको तयारीमा जुटेका छौँ ।’

उनले नेपाली कांग्रेसको चौधौँ महाधिवेशन सार्वजनिक भएको तालिकाअनुसार नै सम्पन्न हुने बताउँदै पार्टीभित्र सैद्धान्तिक विषयमा कुनै मतभेद नरहेको तथा पार्टी विधान र सहमतिअनुसार नै चलेको छ भने ।

कांग्रेस प्रतिपक्षको भूमिकामा नचुकेको दाबी गर्दै उनले सरकारले ल्याएका जनविरोधी कानून जस्ताको तस्तै पारित गर्न कांग्रेसले नै रोकेको उनले बताए ।

कांग्रेस जिम्मेवार र शालीन प्रतिपक्ष भएकाले आफ्नो भूमिका पनि सोहीअनुसारको रहेको उनको भनाइ थियो ।

उपसभापति निधिले सरकारको दुई वर्ष पूर्ण रूपमा असफल भएको आरोप लगाउँदै उक्त अवधिमा महँगी बढेको, शान्तिसुरक्षा कायम हुन नसकेको, विदेश नीति कमजोर बनेको र विकास निर्माण हुन नसकेको बतइए । रासस

The post कांग्रेस सरकार ढाल्ने पक्षमा छैन : उपसभापति निधि appeared first on Koshi Online.

नागरिकको सुरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री पाण्डे

मिडिया काउन्सिल विधेयक सुधार गरिनु सकारात्मक : कमल थापा

पोखरा, ५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मिडिया काउन्सिल र सूचना प्रविधि विधेयकलाई सुधार गरेर संसद्मा प्रस्तुत गर्नु सकारात्मक रहेको बताएका छन् ।

मिडिया नेपालको केन्द्रीय समिति बैठक तथा प्रदेश समिति घोषणा कार्यक्रमलाई सोमबार पोखरामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘सरकारले सदनमा प्रस्तुत गरेका दुवै विधेयकले स्वतन्त्र पत्रकारितालाई नियन्त्रण गर्न खोजिएको छ, यस्तो कार्य प्रजातन्त्र र संवैधानिक मूल्यमान्यताका विपरीत रहेकाले त्यसमा सुधार गर्ने प्रयास सराहनीय छ ।’

नेपालको सञ्चारजगत्ले प्रजातन्त्रको स्थापना र मुलुकको समुन्नति तथा आर्थिक विकासमा सशक्त आवाज उठाएको स्मरण गर्दै अध्यक्ष थापाले लोकतन्त्रलाई सुदृढ तुल्याउनसमेत सञ्चार क्षेत्रको भूमिकालाई स्वतन्त्र र स्वाभिमानी ढङ्गले अघि बढ्ने वातावरण बन्नुपर्नेमा जोड दिए ।

नेपालको सञ्चारजगत्ले हाल व्यापारिक, राजनीतिक र बाह्य दबाब तथा प्रभाव गरी मुख्य तीन प्रकारको चुनौतीको सामना गरिरहेको उनले उल्लेख गरे ।

राप्रपाले विगतको गल्ती र कमजोरीलाई सच्याउँदै आगामी दिनमा देशको प्रमुख शक्तिका रूपमा स्थापित हुने गरी पार्टीका गतिविधि अघि बढेको र २०७७ साल जेठ २५ गतेदेखि नियमित समयभन्दा अगावै पार्टीको महाधिवेशन आयोजना गरिने उनले जानकारी दिए ।

The post मिडिया काउन्सिल विधेयक सुधार गरिनु सकारात्मक : कमल थापा appeared first on Koshi Online.

प्रतिनिधिसभाको बैठक आज पनि अवरुद्ध