बार्सिलोनाले पोर्चुगलका नयाँ ‘क्रिस्टियानो रोनाल्डो’ भनिने फान्सिस्को ट्रिन्कोलाई भित्र्याउने अन्तिम तयारी थालेको छ। जनवरी ट्रान्सफर विन्डो सकिन ४८ घण्टाभन्दा कम समय रहेकाले बार्सिलोनाले अनुबन्धको प्रक्रिया तीव्र पारेको समाचारहरुले जनाएको छ।
९ नम्बर जर्सी लगाउने २० वर्षे फान्सिस्कोलाई घाइते रहेका लुइस स्वारेजको स्थानमा अनुबन्ध गर्न लागिएको जनाइएको छ। चार महिनादेखि स्वारेज घाइते हुँदा क्याटलन क्लबको आक्रामक कमजोर बनेको छ।
अहिले बार्सिलोनाको फरवार्ड लियोनल मेस्सी, एन्टिनियो ग्रिजम्यान, अंशु फाती र ओसामाने डिम्बालेले धानिरहेका छन्। कुनै एक घाइते हुँदा क्लबलाई समस्या हुने देखिएपछि क्लबले विकल्प खोज्न थालेको हो।
फ्रान्सिस्कोलाई भित्र्याउँदा अबल रुइजलाई रिलिज गर्ने क्लबको योजना छ। सुरुमा फान्सिस्को ऋणमा बार्सासँग अनुबन्ध हुने र पछि सिजनको अन्त्यमा उनको स्थायी सम्झौता हुने समाचारहरुमा उल्लेख छ।
बर्गाको युथ एकेडेमीबाट आएका फान्सिस्को सोही क्लबबाट सन् २०१८ मा पहिलो टिममा डेब्यू गरेका थिए। यस सिजनमा २२ खेल खेलेका उनले ३ गोल गरेका छन्।
युएई । इलामको चुलाचुली गाउँपालिका-४ स्थित पेल्टिमारीका रोवर्ड सिप्तुङ्खा राई सन् २००५ बाट युएईमा श्रम गरिरहेका छन् ।
१५ वर्षयता राई युएईमा सेक्युरिटी गार्डको काम गरिरहेका छन् । तर, उनलाई गीत लेख्न १२ घण्टे ड्युटीले कहिल्यै छेक्दैन । उनी ड्युटीमै गीत लेखेर तयार पार्छन् ।
रोवर्डले लेखेका गीतहरु प्रमोद खरेल, मेलिना राई, श्रेया राई, सन्दीप ग्यावा तामाङलगायतले गाएका छन् । प्रमोद, मेलिना र श्रेया नेपालका चर्चित कलाकार हुन् । रोवर्डले लेखेको पहिलो गीत गाएका सन्दीप भने युएईमै श्रम गरिरहेका छन् ।
उनले लेखेका गीतका शब्दहरु मिठा छन् । पीडा र बेदनाका गीत लेखनमा उनको दख्खल छ । आफूले रहरै रहरमा यो क्षेत्रमा पाइला चालेको रोवर्ड बताउँछन् । ‘गीत ड्युटीमै लेखिन्छ, ड्युटी १२ घण्टाको छ, प्रायः छुट्टी हुँदैन,’ उनी भन्छन्, ‘अहिलेसम्म सबैबाट राम्रो प्रतिक्रिया पाएको छु ।’ नेपाल फर्किएपछि यही क्षेत्रमा निरन्तर लाग्ने उनको अठोट छ ।
साहित्य र संगीतप्रतिको झुकाव
४१ वर्षीय रोवर्ट सानैदेखि साहित्य मन पराउँथे । सानो छँदा उनको गाउँमा मुक्तक र गजलको चलन थियो । बलिभद्र कोइराला, प्रकाश आङ्देम्बे, सुन्दर कुरुपहरुका लेखन र प्रस्तुति उनले कहिल्यै छुटाएनन् । उनीहरुबाटै आफूले लेख्न सिकेको रोवर्ड बताउँछन् ।
उनी ९, १० कक्षामा पढ्दा गाउँमा ‘चुलाचली दर्पण गजल संग्रह’ प्रकाशित भयो । त्यसैबाट आफूले लेख्न सुरु गरेको रोवर्डले सुनाए । ‘अहिले पनि थुप्रै गीत लेखेर राखेको छु, दुई/चारवटा डायरी नै भरिएका छन्, संगीत हालेर बाहिर ल्याइएको चाहिँ छैन,’ रोवर्ड भन्छन्, ‘दुईवटा गीत भने रेकर्डिङको तयारीमा छन् ।’
‘ढुंगा पनि देउता बन्छ मन्दिरमा राखेपछि माया गर्छन् मान्छेहरु हुनेखाने भएपछि’
रोवर्डको गीत ‘भेट किन भयो भन्थे’ मा मेलिना राईको आवाज छ । प्रमोदले गाएको ‘तिमीबिना जीउन सकिनँ भने’ अहिले निकै चर्चित छ । मेलिना र प्रमोदले गाएका यी दुई गीतको म्युजिक भिडियो धेरैले मन पराएका छन् ।
श्रेयाले गाएको ‘ढुंगा पनि देउता बन्छ’ बोलको गीतको पनि रेकर्डिङ भिडियो युट्युवमा देख्न सकिन्छ । रोवर्डले लेखेका गीतहरुमा निराजन प्रधान, लक्ष्मी बर्देवा, डिम्बल योङ्हाङलगायतको अभिनय छ ।
तीन साताअघि गायक प्रमोद खरेलको आवाजमा रहेको गीत ‘तिमीबिना जीउन सकिनँ भने’ सार्वजनिक भयो । ओएसआर डिजिटलको युट्युव च्यानलमा राखिएको म्युजिक भिडियोलाई ८ लाखपटक भन्दा बढी हेरिसकिएको छ ।
प्रेमिकाको यादमा डुबेर तयार पारिएको यो गीतका लेखक भने युएईमा कार्यरत छन् । उनी युएईमा बसेर पनि आफ्नो देशका लागि गीत लेख्न तल्लीन छन् ।
प्रहरीबाट भागेपछिको यात्रा
कक्षा १० मा पढ्दा रोवर्ड प्रहरीमा भर्ना भए । ६ महिने तालिमका लागि उनलाई विराटनगरको रानीमा हालियो । लगभग ५ महिना बितेको थियो, उनी तालिम छाडेर भागे । भाग्नुको कारण पनि महत्वपूर्ण थियो ।
एसएलसीमा उनले कम्पार्ट पाएका थिए । झापाको चन्द्रगढी पुगेर एकाउण्टको परीक्षा दिनु थियो । ‘तालिम छाडेर परीक्षा लिन जान पाइँदैन भनेपछि भागेर गएँ,’ उनी भन्छन्, ‘विराटनगरको रानीबाट रातारात भागेँ, चन्द्रगढी पुगेर परीक्षा दिएको छु ।’
एसएलसीपछि इलाम क्याम्पसमा पढेका रोवर्डले केही न केही कोरिरहे । लेख्न कहिल्यै छाडेनन् । तर, समय र परिस्थितिले उनलाई युएई ल्यायो । केही वर्ष पैसा कमाएर स्वदेश फर्किने सपना थियो उनीसँग । तर १५ वर्ष बितिसक्यो, उनी युएईमै छन् ।
काठमाडौं । चालू आर्थिक वर्षमा सबै स्थानीय तहमा उच्च गतिको इन्टरनेट सेवा (ब्रोडब्यान्ड) पुग्ने भएको छ । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषमार्फत् सबैजसो दुर्गम भेगमा ब्रोडब्यान्ड पु¥याइसकेको छ । यद्यपि, १२ वटा जिल्लामा भने ब्रोडब्यान्ड कनेक्सन पु¥याउने प्रक्रियामा नै रहेको छ । अझै पनि आर्थिक वर्षको ६ महिना बाँकी रहेको हुँदा ती क्षेत्रमा […]
काठमाडौं – कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।
चीनबाट सुरू भएको कोरोनाको संक्रमण तीव्र गतिमा फैलन थालेपछि डब्लयूएचओले विश्व स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा गरेको हो ।
चीनमा हालसम्म २१३ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण चीनबाहिर १८ देशका ९८ जनामा संक्रमण भएको पुष्टि भएको डब्ल्यूएचओले जनाएको छ ।
विश्व आपतकालीन अवस्था घोषणा गर्नुलाई चीनमा फैलिएको संक्रमणभन्दा पनि अरु देशमा के भइरहेको छ भन्नेमा बढी केन्द्रित रहेको डब्ल्यूएचओका प्रमुख टेड्रोस अडनोम गेब्रियसले बताएका छन् ।
कमजोर स्वास्थ्य प्रणाली भएका देशमा फैलिएमा यो भाइरसले जटिल अवस्था ल्याउनेतर्फ पनि डब्ल्यूएचओले चिन्ता व्यक्त गरेको छ । वुहानमा पुष्टि भएका ४ हजार २२५ जनामा गरिएको अध्ययनअनुसार संक्रमण हुनेको औसत उमेर ५९ वर्ष रहेको छ भने ८९ प्रतिशत मानिस संक्रमण भएको कम्तीमा पाँच दिनपछि मात्र अस्पताल गएका छन् ।
संक्रमण हुनेमध्ये ५६ प्रतिशत पुरुष थिए । ५५ प्रतिशत संक्रमण समुद्री खानाबाट आएको थियो । डब्ल्यूएचओले यसअघि सन् २००९ मा स्वाइनफ्लु, सन् २०१४ मा पोलियो, सन् २०१६ मा जिका, तथा सन् २०१४ र सन् २०१९ मा इबोला संक्रमण गरी पाँच पटक विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको इतिहास छ ।
काठमाडौं, १७ माघ । सर्वोच्च अदालतले नेपाल आयल निगमका तत्कालीन कार्यकारी महाप्रबन्धक युवराज शर्माको भ्रष्टाचारसम्बन्धी मुद्दाको निर्णय पठाउन आलटाल गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवलाई फाइल लिएर १५ दिनभित्र उपस्थित हुन आदेश दिएको छ। न्यायाधीशहरू मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र सुष्मलता माथेमाको पूर्ण इजलासले अदालतले मागेको विवरणसहित उपस्थित हुन बिहीबार आदेश दिएको हो। एक […]
काठमाडौं । एक सरकारी जागिरमा रहेका कार्यालय सहयोगीले आफ्नो सेवा अवधिमा कति रकम आम्दानी गर्लान्? एक करोड वा त्यो भन्दा बढी। तर मालपोत कार्यालय चावहिलका कार्यालय सहयोगी राजेन्द्र बस्नेतलाई झण्डै ९ करोड भन्दा बढी अबैध सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। अवैध सम्पत्ति आर्जन गरेको कसुरमा विगो ८ करोड […]
कप्तान लियोनल मेस्सीले सानदार प्रदर्शन देखाएपछि कोपा डेल रे अन्तर्गत बिहीबार राति भएको खेलमा लेगानेसलाई ५-० ले पराजित गर्दै बार्सिलोना क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
गत शनिबार भ्यालेन्सियासँग हारेको बार्सिलोनाले जित निकाल्दै प्रतियोगितामा कीर्तिमानी ३०औं पटक क्वार्टरफाइनलमा स्थान बनाएको हो।
नेउ क्याम्पमा भएको खेलमा एन्टिनियो ग्रिजम्यान र क्लिमेन्ट लेन्लेटले पहिलो हाफमा गोल गरेका थिए। त्यसपछि मेस्सीले बार्साको तेस्रो र पाँचौं गोल गरे। योसँगै उनले क्लबका लागि ६२३ गोल गरिसकेका छन्। अर्थरले बार्सिलोनाका लागि अर्को गोल गरे।
यो जित बार्सिलोनाको जर्सीमा मेस्सीको ५००औं समेत हो। योसँगै बार्सिलोनाले कोपा डेल रेको क्वार्टरफाइनलमा रियल मड्रिड, भ्यालेन्सिया, एथ्लेटिको बिल्बाओ, भिल्ला रियल, रियल सोसिडाड, ग्रेनाडासँग स्थान बनाएको छ।
नयाँ विकास भएको निम्न चापीय प्रणालीको कारण मध्य र पूर्वी नेपालमा शुक्रबार बिहानैदेखि मौसम बदली भएको छ।
नेपालको पूर्वी क्षेत्र नजिकै विकास भएको न्युन चापिय प्रणालीको कारण त्यस क्षेत्रमा वर्षाकोसमेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद सजिना शाक्यले बताइन्।
‘बिहीबारदेखि नेपालको पूर्वी क्षेत्र नजिक न्युन चापिय प्रणाली विकास भएको छ। त्यसको प्रभाव आज (शुक्रबार) अझ धेरै देखिएको छ,’ शाक्यले नेपालखबरसँग भनिन्, ‘यसको प्रभावले मध्य तथा पूर्वी पहाडी भूभागमा अहिले आशिंक देखि सामान्य बदली छ। कतिपय ठाउँमा दिउँसोपख हल्का वर्षा र हिमपातको समेत सम्भावना छ।’
अहिले मध्य तथा पूर्वी तराई भूभागमा हुस्सु र कुहिरो लागिरहेको शाक्यले बताइन्। पश्चिमी भूभागको थोरै स्थानमा पनि बिहानैदेखि हुस्सु र कुहिरो लागिरहेको छ। तर, दिउँसोपख क्रमशः यो हट्ने मौसमविद्को अनुमान छ।
न्युन चापिय प्रणालीको असरले बिहानैदेखि काठमाडौँ उपत्यकाको मौसम पनि बदली भएको छ। बिहानैदेखि घाम लागेको छैन। आज काठमाडौँ उपत्यकामा छिटपुट वर्षाकोसमेत सम्भावना रहेको मौसमविद् शाक्यको भनाई छ।
पूर्वी र मध्यको तुलनामा पश्चिमी क्षेत्रको मौसम भने सामान्यतया सफा छ।
पश्चिमी वायुको प्रभाव सकिएकाले पश्चिमी क्षेत्रको मौसम सफा भएको हो। तर, भोली (शनिबार) देखि भने नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको नयाँ प्रणाली भित्रिने अनुमान मौसमविदले गरेका छन्।
आज बिहान काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम चार डिग्री सेल्सियस मापन गरिएको छ।
दिउँसो काठमाडौँ उपत्यकाको तापक्रम १९ देखि २१ डिग्री सेल्सियस पुग्ने अनुमान छ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान माघ १७ गते (शुक्रबार)
दिउँसोः देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागमा आंशिक बदली रहनेछ। पुर्वी तथा मध्य पहाडी भूभागका एक दुई स्थानमा अपरान्ह पश्चात हल्का बर्षाको सम्भावना रहेको छ।
राति देशको पहाडी भूभागमा आंसिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
माघ १८ गते ९(शनिबार)
दिउँसोः देशभर आशिंक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।
राति उच्च पहाडी तथा हिमाली भूभागमा आंसिक देखि सामान्य बदली रहि हल्का हिमपातको सम्भावना रहेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
माघ १९ गते (आइतबार)
दिउँसोः पुर्वी तथा मध्य पहाडी भूभागमा आंसिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
राति देशभर मौसम सामान्यतया सफा रहनेछ।
चेतावनी तथा परामर्श तराईका केहि स्थानमा हुस्सु र कुहिरोका कारण घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउनुहुन अनुरोध छ।
सर्लाही, १७ माघ । सरकारसँग भएको सहमतिअनुसार उखुको बक्यौता रकम नपाएपछि सर्लाहीका उखु किसानले फेरि काठमाडौँमा आन्दोलन गर्ने तयारी गरेका छन् । जिल्लामा पटक–पटक आन्दोलन गर्दा पनि गत वर्षमा चिनी मिललाई बिक्री गरेको उखुको पैसा नपाएपछि सर्लाहीका किसान अघिल्लो महिना काठमाडौँस्थित माइतीघर मण्डला पुगेर धर्नामा बसेका थिए । उखु किसान पुसको चिसोमा कठ्याङ्ग्रिएर भुक्तानी माग्न […]
काठमाडौं, १७ माघ । देशकै ठूलो कालीमाटी फलफूल तथा तरकारी बजारका स्टल नियमविपरीत ओगटेर बसेका व्यापारीलाई कारबाही गर्न नसक्दा लाखौँ रुपियाँ नोक्सान हुनुका साथै अराजक अवस्थालाई प्रोत्सान भइरहेको छ । कालीमाटी तरकारी तथा फलफूल विकास समितिले २०७५ साल असोज २ गते हटाउने भनिएका ३१ व्यापारीले अहिलेसम्म अदालतको मुद्दा देखाउँदै स्टल ओगटेर भाडा नै नतिरी व्यापार […]