Home Blog Page 1373

स्वस्तिश्री गुरुकुलमा अन्तर्राष्ट्रियस्तरको शिक्षा

काठमाडौं । विद्यार्थीलाई गुणस्तरीय एवं जीवनउपयोगी शिक्षा दिने लहर संसारभरि नै चलेको छ । नेपालको शिक्षा प्रणालीमा खासै परिवर्तन हुन नसकेको सन्दर्भमा प्रयोगात्मक, व्यवहारिक र व्यवसायिक शिक्षा दिँदै विद्यार्थीहरुको सिर्जनशीलताको विकास गर्ने र विश्व बजारमा बिकाउ जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित स्वस्तिश्री गुरुकुल सञ्चालनमा ल्याइएको छ । विद्यार्थीले बन्द कोठाभित्रभन्दा बढी समय प्रयोगशाला, खेलकुद मैदान, समुदाय […]

नयाँ प्रजातिको चिप्लेकिरालाई दिइयो ग्रेटा टुन्वर्गको नाम

आईएमई डिजिटल सोलुसन र यूकेएड सक्षमबीच सम्झौता

काठमाडौं ।  आईएमई ग्रुपद्वारा प्रवद्र्घित आईएमई डिजिटल सोलुसन लिमिटेड र युकेएडसक्षम एक्सेस टु फाइनान्स प्रोग्रामबीच साझेदारीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षरभएको छ । जनकपुरमा हालै आयोजित एक विशेष कार्यक्रमका बीच ‘आइमाई पे’का तर्फबाट सीईओ विकासकुमार नाहाटा र युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामका तर्फबाट टिम लिडर निर्मल दाहाल सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । उक्त सम्झौतापछि आईएमई डिजिटल […]

२ लाख घुससहित खानेपानीका प्राविधिक केसी पक्राउ

महालक्ष्मी विकास बैंकद्वारा शुक्रराज ट्रपिकल अस्पतालमा उपकरण जडान

काठमाडौं ।  महालक्ष्मी विकास बैंकको कालिमाटी शाखाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्यु म्यानेजमेन्ट उपकरण जडान गरेको छ । उक्तउपकरण अस्पतालको ८६औं वार्षिकोत्सव समारोहका बीच समारोहका प्रमुख अतिथि तथा माननीय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावलले उद्घाटन गरेका थिए । अस्पतालमा उपचारका लागि आउने बिरामी तथा बिरामी कुरुवालाई सरुवा रोग सर्न सक्ने उच्च सम्भावना […]

दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरू’ सार्वजनिक

एसिसी पूर्वी क्षेत्रीय क्रिकेटका लागि खेलाडी छनोट

काठमाडौँ, १७ माघ । नेपाल क्रिकेट सङ्घ ९क्यान०ले एसिसी पूर्वी क्षेत्रीय पुरुष टी–२० क्रिकेट प्रतियोगिताका लागि आज १८ खेलाडी छनोट गरेको छ । आगामी फागुन १५ देखि २३ गतेसम्म थाइल्यान्डमा आयोजना हुने उक्त प्रतियोगिताका लागि क्यानले सार्वजनिक गरेको टोलीमा ज्ञानेन्द्र मल्ल ९कप्तान०, पारस खड्का, विनोद भण्डारी, करण केसी, दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी, आरिफ शेख, सन्दीप […]

मुगुमा पाँचौ पटक हिमपात, जनजीवन कष्टकर

उपभोक्ता समितिको भुक्तानी विधिसम्मत ढङ्गले दिइने : मुख्यमन्त्री राउत

जनकपुरधाम, १७ माघ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उपभोक्ता समितिलाई भुक्तानी दिन बाँकी रहेका रकम विधिसम्मत ढङ्गले दिइने बताउनु भएको छ । मुख्यमन्त्री कार्यालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री राउतले प्रदेशमा काम भएको छ अतः समितिलाई भुक्तानी दिनै पर्दछ भन्नुभयो । गत वर्षको भुक्तानी कसरी दिन सकिन्छ भन्ने जिज्ञासामा उहाँले भुक्तानी दिने […]

कुवेतमा रक्सी पारेर बेच्ने तिन नेपाली पक्राउ ९० बोतल मदिरा बरामद

ओलीको यती मोह कोरना भाइसर भन्दा खतरनाक ! यस्ता छन् कारण

काठमाडौं–प्रधानमन्त्री केपी ओलीमा बुधबार यती होल्डिङ्सको प्रतिरक्षा गर्न दुई घण्टा समय खर्चिए । त्यसबाटै पुष्टी हुन्छ की उनको यती ग्रुपसँग कस्तो मोह छ ।

यतिले सरकारलाई कति रकम बुझाउँछ भन्नेमा प्रधानमन्त्री नाजवाफ छन् । नेपाल ट्रस्टका जग्गा मात्र होइन, अन्यत्रको जग्गा पनि सरकारले यतीलाई सित्तैमा वर्षौं वर्षसम्म प्रयोग गर्न दिएको पाइएको छ । यती समूहको स्वार्थलाई सरकारको संरक्षणको विषयमा महालेखापरीक्षकको कार्यालयले समेत प्रश्न उठाउँदै आएको छ ।

व्यापारिक घराना यतीको स्वार्थसिद्ध हुने गरी प्रधानमन्त्री ओलीकै निर्देशनमा सरकारको शक्ति दुरुपयोग भएको विषयमा निरन्तर समाचार प्रकाशित हुन थालेपछि उनी छटपटीमा परेका छन् ।गोकर्ण रिसोर्टको जग्गा पनि यतीलाई, दरबारमार्गको जग्गा पनि यतीलाई, सगरमाथा राष्ट्रिय निकुञ्जको जग्गा पनि यतीलाई, पाथीभराको जग्गा पनि यतीलाई सरकारले दिएपछि अहिले सर्वसाधारणले प्रश्न गर्न थालेका छन्, ‘ओलीमा यती प्रति यति मोह किन ?’
ओलीले यती ग्रुपलाई सरकारी सम्पत्ति दोहन गर्न छुट दिँदै आएका छन् । तर, प्रधानमन्त्री ओलीले भन्न छाडेका छैनन्, ‘मैले स्पष्ट भनेको छु म भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्न दिन्नँ ।’

पार्टीको केन्द्रीय समिति बैठकमा समेत यतीको बचाउ गर्न थालेपछि अहिले विशलेषण हुन थालेको छ, ‘ओलीमा देखिएको यती मोह कोरोनाभाइरसभन्दा पनि खतरा छ ।’

तौलेश्वर महादेवस्थित शिवलिङ्गमा भक्तालुको घुइँचो

नेकपा केन्द्रीय कमिटि बैठक : समूहगत प्रतिवेदन प्रस्तुत

काठमाडौं, १७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठकमा समूहगत प्रतिवेदन प्रस्तुत भएको छ । जारी दोस्रो पूर्ण बैठकको तेस्रो दिन शुक्रबार समूहगत प्रतिवेदन प्रस्तुत गर्ने क्रम शुरु भएको छ ।

प्रदेश अध्यक्षबाट रिपोर्टिङ सकिएपछि १५ समूहका नेताले आआफ्नो समूहगत छलफलबाट आएको प्रतिवेदन पेश गर्ने क्रम गर्न थालेका हुन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल गरेर समूह नेताले प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।

नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार समूह २ की कमला रोका, समूह ६ का दीनानाथ शर्मा र समूह १३ का लेखनाथ न्यौपानेले प्रतिवेदन पेश गरिसकेका छन् ।

बैठकमा समूहबाट आएका टोली नेताको प्रस्तुति र नेतृत्वको जवाफ दिन यही माघ १९ गतेको समय निर्धारण गरिएको छ । बैठकमा सचिवालय र स्थायी कमिटीका निर्णयमाथि छलफल तथा अनुमोदनको कार्यसूची पनि छ ।

प्रदेश १ का अध्यक्ष देवराज घिमिरे, प्रदेश २ का अध्यक्ष प्रभु साह, वाग्मती प्रदेशका अध्यक्ष नारायणप्रसाद दाहाल, गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे, प्रदेश ५ का अध्यक्ष ओनसरी घर्ती, कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटी, सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापा, सम्पर्क समन्वय कमिटीका अध्यक्ष प्रल्हाद बुढाथोकी, उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष डा राजन भट्टराई र प्रवास समन्वय कमिटीका अध्यक्ष युवराज चौलागाईको प्रतिवेदन पेश भएको छ । रासस

The post नेकपा केन्द्रीय कमिटि बैठक : समूहगत प्रतिवेदन प्रस्तुत appeared first on Koshi Online.

शिवरात्रि मनाउन सहयोग उठाइरहेका बालकको बसको ठक्करबाट मृत्यु

‘एक नम्बर प्रदेशको नामाकरण आगामी अधिवेशनले टुङ्ग्याउँछ’

झापा, १७ माघ । प्रदेश नम्वर १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले प्रदेशको नामकरण सहमतिबाटै आगामी अधिवेशनले टुङ्ग्याउने बताएकी छन् ।

सङ्घीयता कार्यान्वयनमा देखिएका जटिलता र झापामा भइरहेका विभिन्न सवालका सन्दर्भमा आज झापाको बिर्तामोडमा भएको छलफलमा उनले यस्तो बताएकी हुन् ।

उनले प्रदेशको नामकरण सम्वाद र सहमतिबाटै टुङ्गो लाग्ने दाबी गरिन्

समानता र सामाजिक न्यायको पक्षमा आफू सदैब अग्रसर भएर काम गर्ने उहाँले प्रतिवद्धतासमेत जनाइन् ।

छलफलमा विभिन्न राजनीतिक दलका युवा नेता तथा नेतृले राखेको धारणा र दिएको सुझवप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै राज्यमन्त्री गजमेरले सरकारका तर्फबाट खेल्ने भूमिकालाई प्रभावकरी बनाउने बताइन् ।

राज्यमन्त्री गजमेरको सम्मानसहित छलफल कार्यक्रमको आयोजना सम्वाद समूह झापाले गरेको थियो ।

सम्मान ग्रहणपछि राज्यमन्त्री गजमेरले आफू यो ठाउँमा पुग्नुमा सम्वाद समूहको पनि ठूलो भूमिका रहेको र संवादबाट धेरै सिकेको बताउँदै त्यो सीपलाई प्रदेशसभा र मन्त्रालयको कार्यसम्पादनमा प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

उनले आफूपदमा रहँदा पदिय दुरुपयोग नगर्ने, प्रलोभनमा नपर्ने र कुनैपनि किसिमको भ्रष्टाचार नगर्ने प्रतिवद्धता जनाइन् । रासस

The post ‘एक नम्बर प्रदेशको नामाकरण आगामी अधिवेशनले टुङ्ग्याउँछ’ appeared first on Koshi Online.

जुम्लामा पुनः हिमपात, डाँडाकाँडा सबै सेताम्मे

आयुष्मान र प्रियंकाको बिवाह मिति जुर्यो

ईटहरी / गएको २ वर्षदेखि गहिरो प्रेम सम्बन्धमा रहेका अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीले आउँदो फागुनमा विवाह गर्ने भएका छन् । गएको वर्ष नै दुई पटक इन्गेजमेन्ट गरिसकेका उनीहरुले फागुन १७ गते विवाह गर्न लागेको विश्वसनिय स्रोतले जानकारी दिएको छ । विवाहको मिति फाइनल भएपछि अहिले यो जोडी विवाहको तयारीमा जुटेको छ ।

चलचित्र ‘कथा काठमाण्डू’ को सेटबाट उनीहरुको प्रेम अंकुराएको थियो । प्रेम सम्बन्धमा रहेको कुरा बाहिर आएपछि यी दुईले पनि कहिल्यै लुकाएर हिँडेनन् । गएको २ वर्ष अगाडि एक अवार्ड कार्यक्रममा खुल्लम खुल्ला चुम्बन गरेपछि उनीहरु गहिरो प्रेममा रहेको प्रमाणित भएको थियो । त्यसयता ‘आयांक’ जोडीले एकअर्काप्रति प्रेम अभिव्यक्त गर्न कुनै माध्यम बाँकी छाडेका छैनन् ।

आयुष्मान र प्रियंका यसै वर्षको असारमा विवाह गर्ने तयारीमा थिए । तर, दुवै पक्षका परिवारका सदस्यहरुको समय नमिलेपछि विवाह रोकिएको थियो । गएको मंसिरमा अभिनेत्री ऋचा शर्माको रिसेप्सन पार्टीमा अभिनेत्री प्रियंकाले अर्को वर्ष मात्र विवाह हुने बताएकी थिइन् । दुवै पक्षका परिवारका सदस्यहरुको समय नमिलेपछि अर्को वर्षलाई बिहे सरेको उनको भनाई थियो ।

तर, केही दिन अगाडि आफ्ना घनिष्ट साथीहरुसँग ब्याचलर पार्टी मनाउन थाइल्याण्ड प्रस्थान गरेपछि भने प्रियंकाले यसै वर्ष विवाह गर्न लागेको चर्चा चलेको थियो । दुई पटक इन्गेजमेन्ट भएर पनि विवाह हुन नसक्दा कतिपयले अब उनीहरुको विवाह नहुने अड्कल काटेका थिए । अब भने आयुष्मान र प्रियंकाले आउँदो फागुनमा अग्नि साक्षी राखेर सात फेरा लिने भएका छन् ।

The post आयुष्मान र प्रियंकाको बिवाह मिति जुर्यो appeared first on Purbeli News.

ट्रम्पको विशेष बिमान र शानदार कार कति सुरक्षित?

लिभरपुलले गुमाएको ४० लाख डलरमै रोनाल्डो भित्र्याउने त्यो मौका

यदि लिभरपुलले एउटा खराब निर्णय नगरेको हुन्थ्यो भने सन् २००३ मा क्रिस्टियानो रोनाल्डो लिभरपुलका खेलाडी भइसकेका हुने थिए।

तर, लिभरपुलले आफूसँग भएका युवा खेलाडीलाई हटाएर रोनाल्डोसँग अनुबन्ध गर्न आनाकानी गरेको थियो।

सबैलाई थाहा छ – म्यानचेस्टर युनाइटेडमा जानुअघि रोनाल्डोसँग आर्सनलमा जाने मौका थियो। तर, अहिले नयाँ कुरा खुलासा भएको छ। त्यतिबेला रोनाल्डो लिभरपुलका खेलाडी हुनसक्ने सम्भावना पनि उत्तिकै थियो।

लिभरपुलका त्यसबेलाका सहायक प्रशिक्षक फिल थम्सनले सो कुरा खुलाएका हुन्। जो आफैँ रोनाल्डोलाई अनुबन्ध गर्ने उद्देश्यसहित पोर्चुगलको लिस्बन गएका थिए।

उनी भन्छन्, ‘रोनाल्डोले जताततै सनसनी मच्चाएका थिए। उनका लागि सबैले प्रयास गरिरहेका थिए। त्यसबेला म्यान सिटीका पूर्व मिडफिल्डर टोनी हेनरी उनका एजेन्ट थिए। मलाई उनको फिस चार वर्षमा ४० लाख डलर भनिएको थियो। अर्थात एक वर्षमा एक मिलियनमात्रै तिर्नुपर्थ्यो। यो १८ वर्षे ठिटाका लागि अलि बढि थियो। तर त्यसमा मोलमोलाई हुनसक्ने जनाइएको थियो।’

आफूले क्लबसँग छलफल गरी टुंग्गो लाउने भनेर थम्पसन लिभरपुल फर्किए। तर, उनले क्लबमा छलफल गरिरहेकै बेला एउटा समाचारले उनी छक्क परे। समाचार थियो, ‘रोनाल्डोलाई म्यानचेस्टर यूनाइटेडले १२ मिलियन डलरमा अनुबन्ध गर्‍यो।’

त्यो समाचार पछि लिभरपुलको प्रतिक्रियाबारे कुरा गर्दै थम्पसनले भने, ‘मैले लगत्तै रोनाल्डोका एजेन्ट टोनीलाई फोन गरे। उनले क्लब र रोनाल्डोको कुरा मिलेपछि सम्झौता भएको बताए। यो लिभरपुलले गुमाएको मौका थियो। हामीले छलफलमा समय नगुमाएको भए रोनाल्डो त्यसबेला हामीसँग हुन्थे कि!’

रोनाल्डोलाई भित्र्याउन ढिलो हुनुका कारण क्लबमा भएका दुई ट्यालेन्टहरु भएको समेत थम्पसनले बताएका छन्। ‘हामीसँग त्यसबेला फोरेन्ट सिनामा र एन्थोनी ले टानिक जस्ता ट्यालेन्ट थिए। उनीहरुको विकल्प रोनाल्डो कति हुनसक्छन भन्नेबारेको छलफलले पनि समय घर्कियो’, उनले भनेका छन्।एजेन्सीबाट

भान्छामा बाजुराको अर्गानिक सिमी