Home Blog Page 1375

आज माघ १७ गते शुकवार, तपाईंको राशिफल पढी शे’यर गर्नुहोला।

आजको राशिफल पढी शेयर गर्नुहोला।
वि.सं.२०७६ साल माघ १७ गते । शुक्रबार । ईश्वी सन् २०२० जनवरी ३१ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ शुक्लपक्ष । तिथि– षष्ठी,१५ घडी १३ पला,मध्यान्ह १२ बजेर ५९ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–रेवती,२२ घडी २४ पला,दिउसो ०३ बजेर ५१ मिनेट उप्रान्त अश्विनी । योग– साध्य,५२ घडी ४८ पला,रातको ०४ बजेर ०१ मिनेट उप्रान्त शुभ । करणतैतिल,मध्यान्ह १२ बजेर ५९ मिनेट उप्रान्त गर,रातको ०१ बजेर ५७ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–मीन,दिउसो ०३ बजेर ५१ मिनेट उप्रान्त मेष । काठमाडौंमा सूर्योदय ०६ बजेर ५३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४१ मिनेट । दिनमान २७ घडी ०० पला । पञ्चक समाप्ती । स्कन्द षष्ठी। सर्वार्थसिद्धि योग अहोरात्र ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ भने इच्छित चाहानाहरु पुरा गर्न सकिने हुँदा घर परिवारका सदस्यहरु खुसि रहनेछन् । अध्ययन अध्यापनमा मन जाने हुँनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । तरपनि बिदेशी समानको व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । साझपख प्रविधिको प्रयोग मार्फत आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

समाजमा राम्रा काम गर्न सकिने हुनाले उचाई बढ्नेछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ भने आकश्मिक लाभ तथा आभुषण प्राप्तीको गतिलो योग रहेकोछ । तपाईको कार्यकुसलताको सबैले तारिफ गर्नेछन् । कुटुम्ब तथा आफन्तबाट धन तथा सम्पति लाभ हुने ग्रहयोग रहेकोछ । मेलमिलाप तथा भाईचाराको सम्बन्ध स्थापनमा तपाईको भुमिका महत्वपुर्ण हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याई पुरस्किृत हुँने समय रहेकोछ भने पारिवारिक जमघटमा सहभागि भई स्वादिष्ट भोजन भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ भने नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेको छ । प्रसाशनिक क्षेत्रमा सामेल भई सामाजिक काम गर्ने अवसर प्राप्त हुँँने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पारिवारिक माहोलमा दिन बित्ने तथा आफन्त बाट सहयोग पाईनेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गरि अरुलाई देखाउन सकिनेछ । धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ । प्रभावशालि ब्याक्तिहरु सँग भेट हुनेछ भने नयाँ योजनाको रुपरेखा कोरेर फाईदा हुँने काम अगाडि बढाउन सकिनेछ । मान सम्मान तथा प्रतिष्ठा बृद्धि भएर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

शिक्षित तथा बौद्धिक ब्याक्तित्वहरु सँग सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्नेछ । परिवार तथा दिदिबहिनिको माध्याम बाट काम बन्नेछ । व्यापार व्यावसायमा लगानि बडाउँदा राम्रो प्रतिफल प्राप्त हुनेछ । आकस्मिक लाभ हुने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् । माया प्रेममा सामिप्यता बढेर जानुका साथै भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पढाई लेखाईमा खर्चिएको समयबाट भनेजस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ । माया प्रेमको गाठो कसिनेछ भने घर परिवार तथा आफन्तसँगको सम्बन्धमा सुधार भएर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको योग रहेकोछ भने बिलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । साभपख गोप्य योजनाहरु सार्वजनिक नगर्नु नै उचित हुनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँने हुँनाले खुसिले उचाई नाघ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुँनाले मन प्रशन्न हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने आकस्मिक धन तथा सम्पति लाभहुँने योग रहेकोछ । अध्ययन अध्यापनको क्षेत्रमा भनेजस्तो प्रगति हुँने हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि हुनेछन् । सन्तान तथा आफन्तहरुले तपाईले शुरु गरेको व्यापार व्यावसायमा साथ तथा समर्थन दिनेछन् । माया प्रेममा रमाउँन चाहनेहरुका लागि आजको समय उत्तम रहेकोछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आमा वा आमा सोसरहका मानिसको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडि बढ्न सके उपलब्धि हुँने काम गर्न सकिनेछ । कृषि तथा पशुपान व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ भने पढाई लेखाईमा अरुदिन भन्दा बढि समय दिन सक्दा सफलता हात लाग्नेछ । साझपख प्रेम प्रशङगमा खुलेर रम्ने समय रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले आर्थिक रुपमा एक कदम अगाडि बढ्न सकिनेछ । छोटो दुरिको उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा मन जाने हुँनाले परिणाममुखि नतिजा ल्याउँन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने छन् बिवादित बिषयहरु समाधान भएर जानेछन् । माया प्रेममा रमाउँने चाहने हरुका लागि समयले साथ दिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

अध्ययनमा तपाईले दिएको समयबाट भनेजस्तो नतिजा हात लगाउँन सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँनाले बोलैरै राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा जीवन सथिको सहयोगले अगाडि बढ्न मद्दत गर्नेछ । पारिवारिक तथा सांगितिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

तपाईको बिरुद्ध नकारात्मक कैचि चलाउनेहरु आफै किनारा लाग्नेछन् । कुनै प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई पछि छोड्दै तपाईनै अग्र स्थानमा आउनु हुनेछ । राजनिति तथा समाजसेवामा लामो समय देखि समय दिनुहएकोछ भने पद प्राप्तीको गतिलो योग रहेकोछ । नया प्रकृतिका बिलाशी तथा फेन्सि सामानको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।तपाईको दिन शुभ रहोस् ।

The post आज माघ १७ गते शुकवार, तपाईंको राशिफल पढी शे’यर गर्नुहोला। appeared first on .

विश्वकप छनोटको खेल स्थगित

कोरोना भाइरस : चीनमा रहेका नेपाली त्रसित, सरकारको फितलो जवाफ (भिडियो)

काठमाडौं, १६ माघ । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४८९ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ । साथै विभिन्न विषयमा सम्बन्धित निकाय तथा व्यक्ति–विशेषसँग प्रत्यक्ष कुराकानी पनि गरिएको छ । निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ : १. एउटै वडामा सञ्चालित ६ वटा खानेपानी […]

भोजपुरी कलाकार निरहुआ र आम्रपाली माथि स्टेजमै जुत्ता प्रहार

हिउँदे वर्षाले इट्टा बिगारेपछि विकास निर्माणका योजना अलपत्र

धनगढी । इट्टा अभावमा सुदूरपश्चिम प्रदेशका विकास निर्माणका योजनाहरु अलपत्र भएका छन् । कैलाली र कञ्चनपुरका इट्टा उद्योगले चालु आर्थिक वर्षको निर्माण कार्यका लागि आवश्यक इट्टा उत्पादनका गर्न ‘भट्टा’मा का“चो इट्टा राखेका थिए । मंसिर २८ गते परेको वर्षाका कारण पूर्ण रुपमा नष्ट भयो । खप्तड ईट्टा उद्योगका सञ्चालक दिपेन्द्र श्रेष्ठले भने– ‘भट्टामा राखेको का“चो […]

सडक दुर्घ’टनामा परेर साउदी अरबमा एक नेपालीको ज्यान गयो

उवासंघ इनरुवाको त्रैमासिक बुलेटिन प्रकाशन

इनरुवा / उद्योग वाणिज्य संघ इनरुवाले मुखपत्रका रुपमा त्रैमासिक बुलेटिन इनरुवा सन्देश प्रकाशन आरम्भ गरेको छ । उवासंघ इनरुवाले पहिलो पटक प्रकाशन आरम्भ गरेको त्रैमासिक बुलेटिनको आज इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले विमोचन गरेका हुन् । मेहताले उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित औपचारिक कार्यक्रमका बिच बुलेटिनको विमोचन गरेका हुन् । उवासंघको मुखपत्रका रुपमा प्रकाशन थालनी गरिएको रंगिन बुलेटिन इनरुवा सन्देशले उपभोक्ताका साथै व्यापार र व्यापारीका समस्या, गुनासा र समाधानका विषयवस्तुलाई स्थान दिने बताइएको छ ।

उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्र साहका अनुसार बुलेटिनले स्थानीय बजार र व्यवसायको प्रर्वद्धनका मुद्दालाई उठान गर्नुका साथै सरोकारवाला सँगको सहमति र सहकार्यलाई जोड दिने छ । विमोचन कार्यक्रममा बोल्दै नगर प्रमुख राजन मेहताले उद्योग वाणिज्य संघ इनरुवाको नयाँ कार्य समितिले एकपछि अर्को उदाहरणीय कार्यको थालनी गर्दै आएको बताए । मेहताले आम उपभोक्ता, व्यापार र व्यवसायलाई लक्षित गरि थालिएको बुलेटिन प्रकाशनमा आफ्नो समेत साथ र सहयोग रहने बताए । उनले इनरुवाको बजार, व्यवसायको विस्तार र विकासका लागि नगरपालिकाले सकेको सहयोग उपलब्ध गराउने विश्वास समेत दिलाए ।

इनरुवा सन्देश प्रकाशन समितिको संयोजकमा सुरेन्द्रकुमार साह रहेका छन् । त्यसैगरी सदस्यहरुमा रितादेवी साह, रामकुमार मेहता, सिताराम पाठक, बुधनारायण मेहता रहेका छन् । उद्योग वाणिज्य संघ इनरुवा प्रकाशक रहेको त्रैमासिक बुलेटिनको प्रमुख सल्लाहकारमा संघका अध्यक्ष वीरेन्द्र साह स्वयं छन् भने सल्लाहकारहरुमा गिरिराज अटल, रोशनकुमार खड्का र रमेश कुमार श्रेष्ठ रहेका छन् ।

The post उवासंघ इनरुवाको त्रैमासिक बुलेटिन प्रकाशन appeared first on Purbeli News.

हिमवत् खण्ड र महादेवको महिमा

नेप्सेमा २० अङ्कको वृद्धि

काठमाडौँ / धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । लगातार उकालो लाग्ने क्रममा रहेको नेप्से परिसूचक आज झण्डै २० अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार नेप्से १९.५१ विन्दुले बढेर एक हजार ३२५.३८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.५७ ले बढेर २८१.७६ मा पुगेको छ ।

नेप्से उकालो लाग्दा कारोवार रकममा समेत उच्च अङ्कको वृद्धि भएको छ । कूल १७८ कम्पनीका ४६ लाख दुई हजार १०१ कित्ता शेयर रु एक अर्ब ९६ करोड ६२ लाख १९ हजार ७४९ मूल्यमा खरीद बिक्री भए । नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये व्यापार उपसमूहबाहेक अरु सबै उपसमूहको शेयर उकालो लागेको छ । व्यापार १५.३१ ले घटदा बैंकिङ १८.२५, होटल २४.०८, विकास बैंक १६.४३, जलविद्युत् ९.६६, वित्त ६.३६, निर्जीवन बीमा २२४.६४, उत्पादन ९.४२, अन्य १.९२, लघुवित्त १८.६, जीवन बीमा १६८.६३ र सामूहिक लगानी कोष ०.०४ विन्दुले बढेको छ ।

नेप्सेका अनुसार आज कारोवारका आधारमा सूर्य लाइफ इन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु ११ करोड ३६ लाख १९ हजार १४७ बराबरको कारोवार भयो । यस्तै प्राइम लाइफ रु सात करोड २० लाख १४ हजार २१८, नेपाल लाइफ इन्स्योरेन्स रु छ करोड ९३ लाख २४ हजार ९४३, एशियन लाइफ रु छ करोड ८१ लाख तीन हजार ३२०, नेशनल लाइफ रु छ करोड ६८ लाख १५ हजार २३१, प्रभु बैंक रु पाँच करोड ६६ लाख १२ हजार ९४९ र गुराँस लाइफ रु पाँच करोड ६० लाख ९५ हजार ४७७ मूल्यमा खरीद बिक्री भई शीर्षस्थानमा रहे ।

नेप्सेका अनुसार एभरेष्ट इन्स्योरेन्स १०, सूर्य लाइफ इन्स्योरेन्स ९.८६, युनाइटेड फाइनान्स ८.९३, हिमालयन जनरल इन्स्योरेन्स ८.२९, युनाइटेड इन्स्योरेन्स ७.३२ र गुराँस लाइफ इन्स्योरेन्सका शेयरधनीले ७.२४ प्रतिशतले कमाए । त्यस्तै, हिमालयन ऊर्जा विकास कम्पनी ५.३५, नाडेप लघुवित्त ४.९८, गोर्खाज फाइनान्स ४.६८, कर्णाली डेभलपमेन्ट बैंक ३.६०, घोडीघोडा लघुवित्त ३.२६ र रिलायन्स फाइनान्सका शेयरधनीले २.८५ प्रतिशतले गुमाए ।

The post नेप्सेमा २० अङ्कको वृद्धि appeared first on Purbeli News.

शिवको महानता र जगत्को कल्याण

सुनको मूल्य माघयताकै उच्च

काठमाडौँ / निकै उतारचढावका बीच कारोबार हुँदै आएको पहेँलो धातु (सुन) को मूल्य स्थानीय बजारमा माघयता उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७६ हजार पुगेको छ ।

स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु ७०० ले बढेको हो । यही सोमबार र मङ्गलबार प्रतितोला रु ७६ हजारमा कारोबार भइरहेको छापावाला सुनको मूल्य बुधबार सामान्य घटेर प्रतितोला रु ७५ हजार ६०० पुगेको थियो । सुनको मूल्य बढेसँगै चाँदीको मूल्यमा प्रतितोला रु १० ले वृद्धि भएको छ । नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला रु ८८० पुगेको छ ।

यसअघि गत पुस २३ गते नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । सो दिन छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७६ हजार २०० पुगेको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्ने क्रममा छ । विश्वबजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ५८२ अमेरिकी डलर पुगेको छ ।

खपत ओरालो
पछिल्लो समय विश्व बजारमा देखिएको व्यापार द्वन्द्वका कारण सुनको मूल्यमा भारी वृद्धि हुन थालेको हो । अमेरिका–चीन व्यापार युद्ध, अमेरिका–इरान तनाव केही मत्थर भए पनि निष्कर्षमा पुग्न नसक्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि भएको व्यवसायीको भनाइ छ ।

सुनको मूल्य लगातार उकालो लागेसँगै स्थानीय बजारमा सुनको खपत ओरालो लाग्न थालेको छ । महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशत हाराहारीमा खुम्चिएको छ । सामान्यतः दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घले जनाएको छ ।

The post सुनको मूल्य माघयताकै उच्च appeared first on Purbeli News.

प्रधानमन्त्री ओली कालु पाण्डेको समाधिस्थलमा चाैथाेपटक भ्रमण गर्नुहुँदै

काठमाडौं महानगर प्याब्सन फुटसल आइतबारदेखि हुँदै

काठमाडौं, १६ माघ । काठमाडौं महानगर प्याब्सन कमिटीको आयोजनामा काठमाडौं महानगर प्याब्सन कप फुटसल प्रतियोगिताको पहिलो संस्करण आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा ३२ छात्र टिमको सहभागिता रहने आयोजक कमिटीका अध्यक्ष मुरारीप्रकाश सन्जेलले बिहीबार विट्स एकेडेमीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई विभिन्न ८ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने […]

गोकुल बाँस्कोटा प्रकरणमा निष्पक्ष अनुसन्धान गर्न सहमहामन्त्री महतको माग

आमाप्रति समर्पित संग्राहलय

एजेन्सी, १६ माघ । संसारमा प्राचिन वस्तुका अनेक खालका संग्रहालयहरु छन् । तर भारतमा आमा संग्रहालय पनि छ, जुन सायद दुनियाँकै पहिलो हो । आमाप्रति समर्पित यो संग्रहालयमा महिला तथा मातृत्वसँग सम्बन्धित विभिन्न ३५ हजार वस्तुहरु संग्रहित छन् । यो म्युजियम भारतको महाराष्ट्रस्थित मुम्बइ तथा पूणे जिल्लामा छ । यो संग्राहलयमा दक्षिण भारत र खासगरी […]

चितवन राष्ट्रिय निकुञ्जमा सात महिनामा १८ गैँडा मरे

केपी ओलीलाई राजपाले दियो मुखभरी जवाफ !

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग सम्बन्ध बढाउन अनेक प्रलोभन देखाइरहेका बेला अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवले मुखभरी जवाफ दिएका छन् ।

ओली सरकारका प्रवक्ता गोकुल बास्कोटाले सार्वजनिक रुपमा राजपा सरकारमा आए मन्त्री पद छाड्न तयार रहेको घोषणा गरेर र अन्य विभिन्न चर्चामा राजपा सरकारसँग नजिक रहेको प्रचारबाजी भइरहेका बेला संयोजक यादवले मुखभरी जवाफ दिएका छन् ।

राजपाले उपसभामुखमा दाबी नै नगरेको बेला नेकपाले उपसभामुख दिने कुरा नै नहुने उनले बताएका छन् । रिपोर्टर्स क्लबको साक्षात्कारमा बिहीबार संयोजक यादवले राजपाले नेकपासँग उपसभामुख नमागेपनि दिन खोजेको बताएका छन् ।

‘उपसभामुख हाम्रो पार्टीलाई देउ भनेर मागेका छैनौं । यो सरकारले हामीलाई उपसभामुख किन दिन चाहेको छ ?’ उनले सोधे ।

मधेश आन्दोलनका शहीदका सपना साकार पार्नका लागि र माग पूरा गराउनको लागि आफूहरू तत्काल कुनै पनि पदमा नजाने उनले बताएका छन् । समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि नेकपाले राजपालाई फकाउने रणनीति लिएको छ ।

आज काठमाडौं उपत्यकाका यी १० रुटमा गाडी चलाउन नपाइने

प्रचण्डले लेखेको प्रतिवेदनमा केपी ओलीको गम्भीर असहमति, यसरी भयो खुलासा

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रतिवेदनमा अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको गम्भीर असहमति रहेको खुलासा भएको छ ।

केपी ओलीका विश्वासपात्र रहेका सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेकपाको केन्द्रीय कमिटी बैठकमा पेश भएको प्रतिवेदनमा ओली सहमत नभएको खुलासा गरेका छन् ।

प्रचण्डले राजनीतिक प्रतिवेदनमा ‘अमेरिकाको इन्डो प्यासिफिक रणनीतिमा चीनलाई घेर्ने उद्देश्य रहेको’ उल्लेख गरेपछि ओलीको असहमति रहेको केन्द्रीय सदस्य समेत रहेका बास्कोटाले बताएका छन् ।

बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले असंलग्न परराष्ट्र नीति विपरीत कुनै पनि देशका नीति र नियतबारे टीकाटिप्पणी गर्ने पक्षमा प्रधानमन्त्री ओली नरहेको बताएका छन् । ओली अमेरिकी सहयोगको एमसीसी परियोजना पारित गर्ने मनस्थितिमा रहेका बेला प्रचण्डले अमेरिकी नीति चीनविरोधी भएको कुरा प्रतिवेदनमा उल्लेख गरेका छन् ।

‘हामीसँग यो क्षमता छैन कि कुनै शक्ति राष्ट्रको कुन पोलिसी कुन देशलाई घेर्ने वा कुन देशलाई छेक्ने ढंगले ल्याइयो । यस्तो काल्पनिक दृष्टिकोण राख्नु हुँदैन । एउटा शक्ति राष्ट्रले कुन पोलिसी ल्याउँछ त्यसको आधिकारिक ब्याख्याता हामीझै भएर जानु हुँदैन,’ उनले भने ।

यसअघि भेनेजुयला प्रकरणमा एउटा विज्ञप्ति निकाल्दा तीन पटक सच्याउनुपरेको स्मरण गर्दै बास्कोटाले शक्ति राष्ट्रका नीतिको बारेमा नेकपाले अनावश्यक रुपमा शब्दजाल प्रयोग गर्न नहुने स्पष्ट पारेका छन् ।

नेकपा बैठकमा पेश भएको आधिकारिक प्रतिवेदनभन्दा पनि प्रधानमन्त्री ओलीले मौखिक गरेको भाषण नेकपाको आधिकारिक धारणा भएको मन्त्री बाँस्कोटाले बताएका छन् । मन्त्री बास्कोटाले भनेका छन्, ‘हामीले नचाहिएका कुरा उठाएर जबरजस्ती स्थापित गर्न खोज्नु हुन्न । शक्ति राष्ट्रलाई उचाल्ने पछार्ने पनि होइन । एउटा वक्तव्य दिँदा के भयो ? सातचोटी जति सच्याउनुपर्‍यो । अमेरिका र चीनका रणनीतिको व्याख्या गर्ने काम नेकपाको होइन । प्रधानमन्त्री यसमा प्रस्ट हुनुहुन्छ ।’

विगतका पत्रकार सम्मेलनलाई छोट्याउन कोसिस गर्ने प्रवक्ता बाँस्कोटाले यसपालि करीब आधा घण्टासम्म एमसीसी सैन्य रणनीतिभन्दा बाहिरको विषय रहेको स्पष्ट पार्न बोलेका थिए । बास्कोटाले भारत र चीनबाट पनि अनुदान तथा ऋण सहायता लिँदा विभिन्न शर्त स्वीकार गरिएको बताएका छन् । केही व्यक्तिले राजनीतिक बजार तताउन एमसीसीलाई विवादमा पारेको उनले बताएका छन् ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर एउटै पार्टी बनेपनि वैचारिक र व्यावहारिक रुपमा दुवै एक भएको देखिएको छैन । प्रचण्ड र ओली समूह छुट्टाछुट्टै दाउमा विदेशीका गोटी बनेको स्पष्ट देखिँदै आएको छ । प्रचण्डले चीनतिर ढल्केर प्रतिवेदन लेखेका छन् भने ओली पक्षले अमेरिकातिर ढल्केर एमसीसीको पक्ष लिइरहेका छन् ।

कांग्रेसको अन्तरिम संरचना ३० जिल्लामा मात्रै