सशस्त्र प्रहरीको एपीएफ र त्रिभुवन आर्मी क्लब पाँचौँ आरबीबी एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन्।
काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा भएको खेलमा महिलातर्फ एपीएफले भरतपुर भरतपुर मेट्रो खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा पाखा लगाउँदै अन्तिम ४ मा स्थान बनाएको हो। एपीएफले भरतपुरलाई २५–११, २५–१२ र २५–१६ ले पाखा लगायो।
समूह ‘ए’मा रहेको एपीएफको ६ र आर्मीको ३ अंक छ। आर्मीले भने जावलाखेल भलिवल ट्रेनिङ सेन्टरलाई २५–११, २५–५ र २५–११ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो। समुह विजेताका लागि एपीएफ र आर्मी भिड्नेछन्।
यस्तै पुरुषतर्फ समूह ‘डी’मा रहेको हेल्प नेपाल स्र्पोर्टस् क्लवले पहिलो जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ। हेल्प नेपालले बुद्धटोल युवा भलिबल क्लबलाई २५–१०, २५–१५ र २५–११ ले पाखा लगाएको हो। यो समुहमा २ टोली मात्र रहेकाले हारका बाबजुद पनि बुद्धटोल युवा क्लवपनि अन्तिम ८ मा पुगेको छ।
नेपाली ब्याडमिन्टनमा चम्केका नयाँ प्रतिभा हुन् प्रिन्स दाहाल। उनी कति क्षमतावान् छन्, छोटो समयमै अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा उनले मारेको छलाङबाट थाहा हुन्छ।
विश्व ब्याडमिन्टन महासंघ (बिडब्लूएफ) ले हरेक साता निकाल्ने विश्व वरियताअन्तर्गत उनी दुई साताअघि ३२ औं स्थानमा थिए। अर्को साता १४ र पछिल्लो पटक उनी ११ औं स्थानमा उक्लेका छन्। ब्याडमिन्टनका प्रतिस्पर्धामा गरेको प्रदर्शन र प्राप्त सफलताका लागि दिइने अंकका आधारमा वरियता निर्धारण हुन्छ।
प्रिन्सले जसरी करिअर सुरुवात गरेका छन् त्यसका आधारमा अनुमान गर्न सकिन्छ, उनले नेपाली ब्याडमिन्टनलाई एउटा नयाँ दिशा दिन सक्छन्। ब्याडमिन्टनबाहेक उनको प्राथमिकतामा अहिले केही छैन।
१७ वर्षे प्रिन्स अहिले कक्षा ९ मा अध्ययनरत छन्। खेलसँगै पढाइ पनि आवश्यक छ भन्ने उनलाई थाहा छ। तर, चाहेजस्तो पढाइमा ध्यान दिन सकेका छैनन्। नियमित प्रशिक्षण र बीचबीचमा पर्ने देश विदेशका प्रतियोगिताले पनि उनलाई नियमित अध्ययनलाई बाधा पुर्याइरहेको छ।
‘खेलकै लागि बीचमा पढाइ छाडेको थिएँ तर अहिले फेरि सुरु गरेको छु। खेलेर मात्र नहुने रहेछ पढ्न पनि पर्दो रहेछ,’ उनी हाँस्दै भन्छन्।
भिडियो: प्रविन कोइराला
काभ्रे साँगाको प्रहरी स्कुलमा पढ्दै गरेका उनी खेल्न सहज हुने भनेर ललितपुरको डाँफे स्कुलमा सरेका छन्। तर, ब्याडमिन्टनमा भने उनले लामो यात्राको सपना देखेका छन्।
दाचुर्लामा जन्मिएका प्रिन्सले ब्याडमिन्टन खेल्न लागेको ९ वर्ष भइसक्यो। बुबाबाट प्रभावित भएर खेलमा लागेका उनले ब्याडमिन्टनको प्रशिक्षण भने साँगा पुलिस स्कुलमा पुगेर लिएका हुन्। बिस्तारै ब्याडमिन्टन उनका लागि लत बन्दै गयो। अहिले उनी ब्याडमिन्टनविनाको जीवन कल्पना पनि गर्न सक्दैनन्।
परिवारबाट पनि उनलाई पूर्ण साथ छ। आफ्नै मामा उनका नियमित प्रशिक्षक हुन्। ‘बुबासँग हिँड्दा हिँड्दै मैलेपनि ब्याडमिन्टन खेल्न थालेँ। सुरुमा ममीलाई मैले खेलेको खासै मन पर्दैन थियो। पढ्नुपर्छ भन्ने उहाँको भावना थियो,’ उनी भन्छन्, ‘सायद मैले यो खेल छाड्न सक्दिनँ भन्ने थाहा भएर र मैले अलिअलि सफलता प्राप्त गर्दै जान थालेकोले होला अहिले गाली गर्नहुन्न। सपोर्ट गर्नुहुन्छ।’
जुनियर विश्व वरियताको यो उचाइमा पुग्ने उनी एक्ला नेपाली खेलाडी हुन्। निकै लजालु स्वाभावका प्रिन्सले अन्तर्राष्ट्रिय क्षेत्रमा छलाङ मारिरहेका छन्।
सन् २०१८ मा भएको योनेक्स सनराइज तेस्रो खुला राष्ट्रिय च्याम्पियनसिपमा १५ वर्षमुनिको पुरुष एकलमा पहिलो पटक स्वर्ण जितेपछि उनको सफलताको यात्रा अघि बढेको थियो। हरेक प्रतियोगितामा उनले राम्रै स्थान प्राप्त गरेका हुन्छन्।
उनको खास सपना भनेको देशका लागि ओलम्पिक खेल्ने र पदक जित्ने हो। तर, त्यो सहज छैन भन्ने उनलाई पनि थाहा छ। ‘निरन्तर प्रयास गर्दै जान्छु। सन् २०२४ वा २०२८ को ओलम्पिकसम्ममा पदक जित्ने लक्ष्य हो,’ उनी भन्छन्। राष्ट्रिय प्रतियोगितादेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले एकपछि अर्को सफलता प्राप्त गर्दै गएकाले उनीबाट थप सफलताको आशा गर्न सकिन्छ। उनले आफ्नो उमेरभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन्।
ओलम्पिक सपना अलिक परको भएपनि तत्कालको उनको लक्ष्य वरियताको शीर्षमा उक्लिने हो। त्यहाँ पुग्न आफ्नो प्रदर्शनमा ठूलो सुधार गर्नुपर्ने चुनौती उनीसामु छ। हालै सुदूरपश्चिम अवार्डमा उत्कृष्ट पुरुषतर्फ विजेता बनेका प्रिन्स भन्छन्, ‘अबको लक्ष्य भनेको नम्बर एक हुने हो, त्यसका लागि धेरै मेहनत गर्नुपर्छ। गरिरहेको पनि छु।’
प्रिन्स दाहालले हालसम्म जितेका उपाधि : १. योनेक्स सनराइज तेस्रो जेष्ठ खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०१८ पुरुष एकल यु–१५ स्वर्ण मेन्स सिंगल– कास्य २. योगेक्स सनराइज आठौं पुष्पलाल स्मृति खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०१८ यु–१७ स्वर्ण ३. अन्नपुर्ण पोस्ट अन्तराष्ट्रिय कर्पोरेट ब्याडमिन्टन २०१८ ब्वाइज सिंगल यू–१९– स्वर्ण मेन्स सिंगल ओपन– रजत ४. दुबई जुनियर अन्तराष्ट्रिय सिरिज २०१८– स्वर्ण ५. साउथ एसिया यू–२१ रिजनल ब्याडमिन्टन च्याम्पियनसिप –२०१८ मेन्स डबल– रजत मिक्स टिम– रजत ६. प्रेसिडेन्ट कप जुनियर इन्टरनेसनल ब्याडमिन्टन २०१९ यु– १५ ब्वाइज सिंगल–स्वर्ण यु–१९ ब्वाइज सिंगल–स्वर्ण ७. पहिलो दुर्गादेवी दुलाल अन्तर्राष्ट्रिय आमन्त्रित खुला ब्याडमिन्टन प्रतियोगिता २०१९ मेन्स सिगंल ओपन– स्वर्ण ८. १५ औं कृष्ण मोहन स्मृति राष्ट्रियस्तरको खुला ब्याडमिन्टन प्रतियोगिता २०७५ ब्वोइज सिंगल यु–१७ स्वर्ण मेन्स सिंगल ओपन– रजत ९. आठौं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०१९ मेन्स टिम इभेन्ट– कास्य मेन्स सिंगल – कास्य १०. योनेक्स– सिंघा– रोजा– बिटिवाई जुनियर अन्तराष्ट्रिय च्यालेन्ज २०१९ थाइल्यान्ड ब्याङ्कक यु–१७– रजत ११. दुबई जुनियर अन्तर्राष्ट्रिय सिरिज २०१९ यु–१९ स्वर्ण पदक मिक्स डबल्स– कास्य १२. साउथ एसिया यु–२१ रिजनल ब्याडमिन्टन च्याम्पियनसिप २०१९ मालदिभ्स– रजत पदक १३. दक्षिण एसियाली खेलकुद साग २०१९ टिम इभेन्ट– कास्य मेन्स डबल्स– कास्य १४. प्रेसिडेन्ट कप नेपाल इन्टरनेशनल सिरिज २०२० यु–१९ रजत
आत्महत्या दुरुत्साहनको अभियोग लागेका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई पनि जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले आइतबार अन्तिम फैसला सुनाउँदै सफाइ दिएको हो।
भदौ ९ गते रावलकै इजलासले लामिछानेलाई पाँच लाख, कँडेललाई तीन लाख र कार्कीलाई साधारण तारेखमा छाडेको थियो।
पुडासैनी मृत्यु प्रकरणमा सफाइ पाएपछि रवि लामिछानेले पत्रकारहरुसँग कुरा गर्दै भने,‘न्याय मरेको छैन भन्ने यो अर्को उदाहरण हो।’
उनले आफूलाई देश विदेशबाट समर्थन गर्ने आफ्नो सबै शुभचिन्तकलाई धन्यवाद ज्ञापन गरे।
जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा रवि लामिछानेलाई निर्दोष ठहर गरेको छ।
आत्महत्या दुरुत्साहनको अभियोग लागेका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई पनि जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले आइतबार अन्तिम फैसला सुनाउँदै सफाइ दिएको हो।
भदौ ९ गते रावलकै इजलासले लामिछानेलाई पाँच लाख, कँडेललाई तीन लाख र कार्कीलाई साधारण तारेखमा छाडेको थियो।
हिमपातका कारण नेपाल–चीनबीच केरुङको आवतजावत बन्द भएको छ। सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम नेपालका अनुसार चिनियाँ भूभागको अधिकांश सडकमा हिउँ जमेका कारण सवारीसाधन एवं मानिस हिँडडुल गर्नसमेत बन्द भएको हो।
दैनिक रूपमा मालसामान ओसारपसार गर्ने ट्रक तथा कन्टेनर आवतजावत गर्न नसक्दा सयौँ सवारी चालक अलपत्र रूपमा दिनचर्या बिताइरहेको बताइएको छ।
एक सयभन्दा बढी ठूला मालवाहक सवारीसाधन गुड्ने रसुवागढी क्षेत्रमा हिमपातले सडक अवरुद्व भएपछि अहोरात्र पहरा दिने सुरक्षाकर्मीलाई आराम गर्ने मौका मिलेको स्थानीय बासिन्दाले बताएका छन्।
केरुङमा रहेका नेपालीमध्ये तीनजना कठोर यात्राका साथ शनिबार रसुवागढी आइपुगेको र सडक खुल्न अझै केही दिन लाग्ने सीमा प्रहरी चौकी टिमुरेले जनाएको छ।
उत्तरी क्षेत्रबाट व्यापार–व्यवसाय गर्ने राजमार्ग मर्मत हुन नसक्दा दिनानुदिन जीर्ण बन्दै गएको छ। नेपाल चीनबीच व्यापारी कारोबारबाट दैनिक तीन करोड राजश्व आर्जन गर्ने एकमात्र पासाङल्हामु राजमार्ग मर्मत हुन नसक्दा मालवाहक सवारीसाधन गुडाउन असहज बन्दै गएको ट्रक तथा कन्टेनर चालकहरूले बताएका छन्।
सार्वजनिक सवारीप्रति सर्वसाधारणको गुनासो बढ्न थालेपछि ट्राफिक प्रहरीले सार्वजनिक सवारीका चालकसँग लिखित प्रतिबद्धता लिन थालेको छ।
प्रहरीले स्थलगतरुपमा सवारीको अनुगमन गरी प्रत्यक्ष देखिएको समस्या पहिचान गरी यात्रुको गुनासोसमेत समेटेर लिखित प्रतिबद्धता लिन थालिएको हो।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सार्वजनिक सवारीलाई यात्रुमैत्री बनाउने अभियानअन्तर्गत यातायात व्यवसायीसँगको सहकार्यमा चालकहरुलाई लिखित प्रतिबद्धता गराउन थालिएको जानकारी दिए।
‘हाम्रो टोली हरेक दिन सार्वजनिक यातायातमा आफैँ चढेर अनुगमन गर्छन्, यात्रुहरुसँग जानकारी लिन्छन्, के के कमजोरी छ सबै उल्लेख गरेर उनीहरुलाई प्रतिबद्धतापत्र वितरण गर्ने गरिएको छ, त्यसमा सुधार गर्नुपर्ने कुरा उल्लेख छ, एक हप्तामा कार्यान्वयन गर्न भनिन्छ, कार्यान्वयन भएन भने कारवाही थालिन्छ,’ ढकालले रासससँग भने।
ट्राफिक प्रहरीका हरेक युनिटले दिनमा निश्चित समयमा अनुगमन गर्छन्। गाडीको अवस्था के छ, भाडासम्बन्धी गुनासो छ कि छैन, आरक्षण सिट उपलब्ध छ कि अरूले नै प्रयोग गरेको छ, झ्याल ढोका र सवारीको अवस्था कस्तो छ, क्षमताअनुसारको यात्रु छ कि छैन भन्नेजस्ता विषयमा अनुगमन गर्छन्।
यस्तै गाडीको गति, चालक सहचालकको बानीबेहोरा, सवारी सरसफाइदेखि जुत्ता लगाए/नलगाएको तथा जथाभावी पार्किङ, पिक एन्ड ड्रपको पालना लगायतका विषयमा अनुगमन हुने गरेको छ। कुनै कुरा कमजोरी देखिएमा चिह्न लगाएर एउटा पत्र चालकले लिने र अर्को प्रतिबद्धतापत्र प्रहरीले लिन्छ। उक्त पत्रमा गाडी नम्बर, चालकको नामसहितको विवरण उल्लेख भएको महाशाखाका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए।
गुनासो धेरै आएपछि गत पुस २७ गते महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल आफैँ सादा पोसाकमा सार्वजनिक सवारीमार्फत काठमाडौँका विभिन्न क्षेत्र घुमेर अवस्था बुझेपछि २८ गतेको निर्णयअनुसार अहिले प्रहरीले सार्वजनिक सवारीमा आफ्नो उपस्थिति बाक्लो बनाएको हो। त्यसपछि अहिलेसम्म उपत्यकामा भण्डै दुई हजार गाडीमा अनुगमन गरेर एक हजारभन्दा बढी चालकसँग प्रतिबद्धता लिइसकेको छ।
महाशाखा मातहतका ४० युनिटले आ–आफ्नै तरिकाले अनुगमन गरी प्रतिबद्धता लिने काम जारी राखेका छन्। यसले सवारी व्यवस्थापनमा सहज हुने र यात्रुका समस्या हल हुने विश्वास महाशाखाको छ। प्रहरीका अनुसार उपत्यकामा दैनिक चल्ने १२ लाख गाडीमध्ये ९२ प्रतिशत निजी गाडी छन्। आठ प्रतिशत मात्रै भाडाका छन्। यति धेरै गाडी यहाँ थेग्न मुस्किल हुन्छ। त्यही भाडाका सवारीमा अत्यधिक यात्रुको चाप हुन्छ। उपत्यकामा जम्मा दुई हजार १४ किलोमिटर मात्रै सडक छ। रासस
नेपालले मानव बेचबिखनविरुद्ध पछिल्ला समयमा गरेका प्रयास र प्राप्त सफलताको अमेरिकाले प्रशंसा गरेको छ।
तर, नेपालले हालसम्म गरेका प्रयास र हासिल सफलता मानव बेचबिखनको अन्त्यका लागि पर्याप्त भने नभएको बताएको छ।
‘नेपाल सरकारले मानव वेचविखनको अन्त्यका लागि आवश्यक न्यूनतम मापदण्ड हासिल गर्न सकेको छैन। विगत अवधिको तुलनामा सरकारले समग्रमा बढ्दो प्रयासहरु गरिरहेको हुँदा नेपाल दोस्रो तहमैं कायम रहेको छ,’ अमेरिकी विदेश मन्त्रालयको मानव वेचविखनसम्बन्धी यसवर्षको प्रतिवेदनमा उल्लेख गरेको छ। ‘यी प्रयत्नहरु भन्नाले विगतका वर्षहरुमा भन्दा बढि पुरुष पीडितहरुको पहिचान र मानव वेचविखनसम्बन्धी अपराधविरुद्ध कानुन लागु गर्नकै लागि एउटा छुट्टै ब्युरो गठन र त्यसका लागि फन्डिङकाे व्यवस्था समेत गर्नु हो।’
प्रतिवेदनका सन्दर्भमा, नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले ‘बधाई र यो राम्रो काम जारी रहोस्, नेपाल’ भनी ट्विट गरेका छन्।
तर केहि मुख्य क्षेत्रमा भने सरकारले न्यूनतम मापदण्ड पुरा गरेको छैन।
‘सरकारका कानुनले जर्बजस्ती श्रम र यौन वेचविखनलाई अपराधीकरण गरेको छैन र विदेशमा ठूलो संख्यामा नेपाली पुरुषहरुको मानव वेचविखनसम्बन्धी अपराध भए पनि सरकारको प्रयत्नहरु भने बढि महिला पीडितहरुमा केन्द्रित रहेको पाइएको छ,’ प्रतिवेदनमा भनिएको छ।
मानव वेचविखनसम्बन्धी अपराधमा कर्मचारीहरुकै मिलेमतो एउटा गम्भीर समस्याका रुपमा रहेको उसले बताएको छ। त्यस्तो संलग्नतामा प्रत्यक्ष मिलेमतो वा लापरवाही गर्ने गरेको पाइएको छ।
विदेशमा पीडित भएका कामदारहरुलाई कर्मचारीहरुले पुलिसमा छानविनका लागि पठाउनुको साटो वैदेशिक रोजगार ऐन–२००७ अन्तर्गत मुद्दा दर्ता गर्न प्रोत्साहित गर्ने गरेको अमेरिकी प्रतिवेदनले भनेको छ।
राेशन दानी काठमाडौं, ५ माघ । गायिका आस्था राउतविरुद्ध प्रहरीले दर्ता गरेकाे अभद्र व्यवहार मुद्दामा उनीविरूद्ध पक्राउ पुर्जी जारी भएकाे छ । त्रिभुवन विमानस्थलमा सुरक्षा चेकजाँचका क्रममा राउतले महिला प्रहरीमाथि दुर्व्यवहार गरेको भन्दै मुद्दा दर्ता गरेकाे थियाे । राउतलाई प्रहरीले पक्राउ गर्ने तयारी थालेकाे जनाइएको छ । काठमाडौँ प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीका […]
बुटवल, ५ माघ । नेपाल परिवार नियोजन संघकाे प्रदेश- ५ संयोजकमा बर्दिया जिल्लाका ज्योति पन्थि निर्विरोध निर्वाचित भएका छन् । शनिबारदेखि प्रदेश- ५ को राजधानी बुटवलमा आयोजना भएको संघकाे प्रथम प्रदेश सभाबाट पन्थी निर्विरोध चयन भएका हुन् । त्यसैगरी सभाले माघ २५ मा हुने केन्द्रीय अधिवेशनका लागि ७ जना प्रतिनिधि समेत छनोट गरेको छ । […]
काठमाडौँ, माघ ५ । बेलायती राजकुमार दम्पत्ती ह्यारी र मेगनले औपचारिक रुपमा राजदरवार छाड्ने घोषणा गरेसँगै बकिङ्घम दरवारले राजकुमार ह्यारी र मेगनको शाही उपाधि सकिएको घोषणा गरेको छ । दरबारद्वारा जारी वक्तव्यका अनुसार उनीहरूले अब नागरिकको करबाट आउने रकम समेत पाउने छैनन् । दरबारद्वारा जारी वक्तव्यका अनुसार ड्यूक र डचिस अफ ससिक्स अब राजपरिवारका औपचारिक […]