Home Blog Page 1422

एमसीसी जसरी पनि पारित हुन्छ : सभापति देउवा

सुरेश श्रेष्ठ दाङ, ०५ माघ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) जसरी पनि संसदबाट पारित हुने बताउनुभएकाे छ । नेपाल प्रेस युनियन दाङले गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले एमसीसी नेपालका लागि फाइदाजनक भएकाले पारित हुने विश्वास व्यक्त गर्नुभयाे । विकसित मुलकका लागि एमसीसी मुटु नै भएको समेत उहाँले […]

आजकाे प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले ४ विधेयक पेश गर्ने

आफ्नो बर्दीलाई खिल्ली उडाइएपछि अमेरिकी अन्तरिक्ष सेनाले गर्यो बचाउ

एजेन्सी, ५ माघ । आफ्नो नयाँ बर्दीको खिल्ली उडाइएपछि अमेरिकी अन्तरिक्ष सेनाले त्यसको बचाउ गरेको छ । स्पेश फोर्स नाम दिइएको सो सेनाले सार्वजनिक गरेको बर्दीलाई सामाजिक सञ्जालभरि खिल्ली उडाइएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिनामा स्पेश फोर्सको गठन गरेका थिए । उक्त सेनाले आफ्नो ट्विटरमा नयाँ बर्दी सार्वजनिक गरेलगत्तै धेरैले त्यसलाई हास्यास्पद […]

प्रेमकुमारकाे प्रशंसा गर्दै गृहमन्त्रीले गरे बिदाइ, अबका गृहसचिव महेश्वर

चिसो झन् बढ्ने, देशका उच्चस्थानमा हिमपात

काठमाडौँ, २४ पुस । मौसम पूर्वानुमान महाशाखाले यस वर्षको हिउँदो वर्षा लम्बिने जनाएको छ । छिटो हिउँदे वर्षा सुरू भएर पनि यस वर्षको हिउँदे वर्षा लम्बिने सम्भावना बढेको हो । नेपालमा अहिलेसहित तीनपटक हिउँदे वर्षा भइसकेको छ । हिउँदे वर्षा कायम रहेका बेला तापक्रममा ह्वात्तै गिरावट नआएपछि चिसो भने लामै समय रहेको अनुमान महाशाखाले गरेको […]

घुसखोरी सिडियो विरुद्ध एकैदिन पाँच मुद्धा दायर, के–के छन् आरोप

अमेरिका-इरान द्वन्द : इराकमा रहेका नेपाली शान्ति सेनालाई सतर्कता अपनाउन निर्देशन

काठमाडाैं, २४ पुस । अमेरिका र इरानबीच द्वन्द बढेपछि नेपाली सेनाले इराकमा शान्ति स्थापनाका खटिएका नेपाली शान्ति सैनिकलाई सतर्क रहन निर्देशन दिएको छ । इराकमा अमेरिकाले गरेको हवाइ कारबाहीमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीको ज्यान गएपछि अमेरिक र इरानबीच द्वन्द बढेको हाे । अमेरिकाले सुलेमानी मारिदिएपछि इरानले त्यसको प्रतिशोधमा इराकमा रहेका अमेरिकाका दुईवटा सैनिक क्याम्पमा […]

हत्या गरेको अवस्थामा वडाध्यक्षको शव फेला

काँग्रेस जिल्ला सभापति बैठक : नेतृत्वलाई सहमतिको परम्परा कायम राख्न सुझाव

काठमाडौँ, २४ पुस । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको तीन दिनसम्म चलेको बैठक बुधबार सम्पन्न भएको छ । जिल्ला सभापतिहरुले केन्द्रीय कार्य समिति बैठकबाट यही पुस ११ गते बहुमतका आधारमा गरिएको निर्णय सच्याई सहमतिको पराम्परा कायम राख्न नेतृत्वलाई सुझाव दिनुभएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बोलाएको ‘जिल्ला सभापति परामर्श बैठक’ चौधौँ महाधिवेशनको निष्पक्षता र […]

खाद्य पोषण सुरक्षा’ कार्यक्रम : कृषिमा ३० लाख लगानी

सेनाले जितगढी भिक्ट्री म्याराथन आयोजना गर्ने

काठमाडौँ, २४ पुस । नेपाली सेनाले सेनाको इतिहास प्रवद्र्धन, रुपन्देहीको बुटवलस्थित जितगढी किल्लाको संरक्षण, प्रचारप्रसार तथा नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने उद्देश्यले ‘भिक्ट्री म्याराथन तथा युनिटी रन’ आयोजना गर्ने भएको छ । सेनाले यही पुस २७ गते राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा मध्य पश्चिम पृतना बुटवलको संयोजकत्वमा पुरुष तथा महिला म्याराथन प्रतियोगिता गर्न लागेको […]

सर्लाहीका तीन कार्यालय प्रहरी निरीक्षक बिहीन

मुगुमा लगातार हिमपात, सुत्केरीले समयमै उपचार नपाउँदा ज्यान गयो

मुगु, २३ पुष । मुगुमा समयमै स्वास्थ्य संस्था र एक्बुलेन्स सेवाका लागि सम्पर्क गर्न नपाउँदा एक महिलाको ज्यान गएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–१० जिउला गाउँकी ३५ वर्षीया धनरुपा विकको आज बुधबार बिहान सुत्केरी भएपछि अत्यधिक रक्तश्राव हुँदा ज्यान गएको हो । थप उपचारका लागि जिल्ला अस्पताल लैजान एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न नसक्दा […]

गोरखा रेष्ट्राे : खानाको स्वाद सँगै मनमोहक दृश्यावलोकन (तस्विरहरू सहित)

आइजीपीमा ठाकुर ज्ञवालीले बाजी मार्दै, यस्तो छ तयारी

काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पदावधि एक महिना भन्दा कम छ । खनालको पदावधिक माघ २९ मा सकिने भएपछि नयाँ प्रहरी महानिरीक्षकको दौडधूप तीब्र भएको छ ।

नयाँ प्रहरी महानिरीक्षकका लागि सर्वाधिक दाबेदार छन्– ठाकुर ज्ञवाली र तारिणी लम्साल । तर यसपटक विगतकोजस्तो दाबेदारबीच अस्वस्थ्य प्रतिस्पर्धा भएको छैन । ज्ञवाली नै ६ महिनाका लागि आईजीपी हुने धेरै सम्भावना भएकाले पनि अस्वस्थ दौडधुप नभएको हो ।

ज्ञवाली प्रदेश नम्बर १ तथा लम्साल सुदुरपश्चिम प्रदेशका प्रमुख छन् । केही दिनयता दुवै जना बिदा लिएर काठमाडौं आएका हुन् ।

कार्यसम्पादन मूल्यांकनमा पहिलो नम्बरमा रहेका ज्ञवालीको सम्भावना लम्सालको भन्दा बढी रहेको बताइन्छ ।

एजेन्सीमार्फत हुने गाडी आयात रोक्न नाडाको माग

परिवारसहित त्रिशूलीमा हामफालेका विनयविरुद्ध कर्तव्य ज्यान मुद्दा

परिवारसहित त्रिशूली नदीमा हामफालेर पनि बाँच्न सफल काठमाडौं थानकोटका विनय लामिछानेविरुद्ध हत्याको मुद्दा लाग्ने भएको छ।

धादिङ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रवीन्द्र रेग्मीका अनुसार उनीसँगै हामफालेका उनकी श्रीमती र दुई नाबालक छोराको मृत्यु भएकाले उनीविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको हो।

काठमाडौंको चन्द्रागिरि नगरपालिका ५, थानकोट निवासी ३८ वर्षीय लामिछाने सामूहिक आत्महत्या गर्न भनेर गत बिहीबार साँझ २८ वर्षीया श्रीमती जमुना तथा ६ महिना र २ वर्षका दुई छोरासहित त्रिशूली नदीमा हामफालेका थिए।

धादिङको बेनिघाट रोराङ-१ स्थित झोलुंगे पुलबाट त्रिशूलीमा हामफालेका उनीहरूमध्ये श्रीमती जमुना त्यही दिन मृत भेटिइन् भने दुई बालक अझै बेपत्ता छन्।विनयलाई भने प्रहरीले जीवितै उद्धार गरेकाे थियाे। 

‘श्रीमती परिपक्व उमेरकी भएकाले उनका हकमा विनयविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने देखिए पनि दुई नाबालक छोराको त उनले सिधै हत्या गरेको देखिन्छ,’ आइतबार बिहान एसपी रेग्मीले नेपालखबरसँग भने, ‘श्रीमतीले पनि आत्महत्या नै गरेको भन्ने पछि पुष्टि भएपछि भने अर्कै कुरा, नत्र अहिले विनयले श्रीमती र दुई छोराको हत्या नै गरेको देखिन्छ।’

यसैकारण प्रहरीले विनय लामिछानेविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको एसपी रेग्मीले जानकारी दिए।

‘आज हामी विनयविरुद्ध अदालतबाट म्याद थप गर्दै छौं,’ उनले भने।

दुई बच्चा अझै भेटिएनन्
गत बिहीबार साँझ त्रिशूलीमा बगाइएका दुई बालक अझै नभेटिएको प्रहरीले जनाएको छ।

‘गोताखोर टोलीद्वारा खोजी गरेको गर्‍यै छौं,’ आइतबार बिहान एसपी रेग्मीले भने, ‘तर अहिलेसम्म भेटिएका छैनन्।’

त्रिशूलीको पानी अझै धमिलै रहेकाले खोजीमा समस्या भइरहेको उनले बताए। उनका अनुसार बेपत्ता बालक खाेजीका लागि त्रिशूली नदी बग्ने क्षेत्र चितवन, नवलपरासीसम्म भनिएकाे एसपी रेग्मीले जानकारी दिए।  

याे पनि : मिटर ब्याजबाट मुक्ति खोज्न मृत्यु रोजे, थपियो श्रीमती र दुई छोराको वियोग

पक्राउ परेका चिनियाँ नागरिक फिर्ता गर्दा कम्युनिस्ट सरकारलाई आपत, आज सर्वोच्चमा सुनुवाई

आज मौसम कस्तो रहला?

केही दिनदेखि जारी हिमपात तथा हिउँदे वर्षा आज (आइतबार)देखि करिब-करिब देशभर रोकिने मौसमविद्ले बताएका छन्।

हिमपात तथा वर्षात् गराउने पश्चिमी न्यून चापीय प्रणाली बाहिरिसकेकाले आजदेखि देशभरको मौसम सुध्रिँदै जाने मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए।

‘तर पूर्व र पश्चिमका पहाडी तथा हिमाली भेगमा भने आज पनि मौसम बदली हुने सम्भावना छ,’ मौसमविद् पौडेलले आइतबार बिहान नेपालखबरसँग भने, ‘साथै पूर्व तथा सुदूरपश्चिमका पहाडी भेगका एक/दुई स्थानमा वर्षा र उच्च हिमाली भेगका एक/दुई स्थानमा हिमपात हुन सक्छ।’

यसबाहेक काठमाडौं उपत्यकालगायत मध्य क्षेत्र पूरै (तराई-पहाड) र अन्य क्षेत्र (पूर्व-पश्चिम)का तराई भूभागमा आज सामान्यतया मौसम सफा रहने देखिएको उनले बताए।

‘यद्यपि काठमाडौं उपत्यकालगायत मध्य क्षेत्रका पहाडी भेगमा आंशिक बदली हुन सक्छ,’ वरिष्ठ मौसमविद् पौडेलले भने, ‘कहिले घाम कहिले बादल हुन सक्ने देखिन्छ, तर पूरै धुम्मचाहिँ हुँदैन आज।’

यसैबीच काठमाडौं उपत्यकालगायत तराई क्षेत्रमा अहिले बिहान कुहिरो/हुस्सु देखिएको छ। तर यो घाम लागेसँगै बिस्तारै हट्दै जाने उनको अनुमान छ।

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : देशका पहाडी भूभागका एक/दुइ स्थानमा हल्का वर्षासहित पश्चिमी उच्च हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको साथै उपत्यकालगायत तराईका केही स्थानमा हुस्सु/कुहिरो रहने भएकाले चिसोबाट बच्न सर्वसाधारण सबैलाई अनुरोध छ ।

पश्चिमी न्यून चापीय प्रणाली बाहिरिए पनि स्थानीय रूपमा विकास हुने न्यून चापीय प्रणालीको प्रभावले कतै कतै मौसम बदली तथा छिटफुट वर्षा गराउने उनले बताए।

आगामी तीन दिनको मौसम पूर्वानुमान :
माघ ५ गते (आइतबार)
दिउँसो :
देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ। पूर्वी भूभागका एक/दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ।

राति : देशको पूर्वी भू-भागलगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ। पूर्वी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

माघ ६ गते (सोमबार) 
दिउँसो : पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने छ।

राति : पहाडी भेगमा आंशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रही पश्चिमी पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

 माघ ७ गते (मंगलबार) 
दिउँसो : पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रही पश्चिमी पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

राति : पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने छ।

स्राेत : माैसम पूर्वानुमान महाशाखा

कोरोना अपडेट: मृत्यु हुनेको संख्या ४ सय नाघ्यो, संक्रमित २० हजारभन्दा बढी