Home Blog Page 1420

चार राज्यमन्त्रीको सपथ ग्रहण(फोटोफिचर)

विराटनगर,५ माघ । प्रदेश सरकारले नियुक्त गरेका चार राज्यमन्त्रीले सपथग्रहण पछि पदभार सम्हालेका छन् ।

आइतबार नियुक्त भएका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर राना मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले पद तथा गोपनियताको सथप पछि पदभार ग्रहण गरेका हुन् ।

सपथग्रहण पछि चारैजना मन्त्रीले पुष्पलाल चोकमा रहेको नेपाल कम्युनिष्ट पार्टीका संस्थापक अध्यक्ष पुष्पलाल श्रेष्ठको सालिकमा माल्यापण गरेका थिए ।

The post चार राज्यमन्त्रीको सपथ ग्रहण(फोटोफिचर) appeared first on Koshi Online.

अबको केही दिन मौसम बदली

दुई वर्षपछि बिस्तार हुँदै एक नम्बर प्रदेश सरकार, चार राज्यमन्त्रीको सपथग्रहण आज

विराटनगर, ५ माघ । सरकार गठन भएको दुई वर्षपछि पहिलो पटक एक नम्बर प्रदेश सरकार बिस्तार हुनेभएको छ ।

मुख्यमन्त्री शेरधन राईले दुई वर्षसम्म मन्त्री नियुक्त्त नभएका दुई मन्त्रालय खाली नै राखेर चार जना राज्यमन्त्री नियुक्त्त गरेर सरकार बिस्तार गर्न लागेका हुन् ।

afd
जसमाया गजमेर

मन्त्रालय स्रोतका अनुसार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ओखलढुंगाका अम्बिर गुरुङ, इलामका राम राना, झापाकी जसमाया गजमेर र मोरङका विजय विश्वासलाई राज्यमन्त्री नियुक्त गर्न लागेका हुन् ।

नवनियूक्त राज्यमन्त्रीले आज आइतबार दिउँसो ३ बजे प्रमुखबाट सपथग्रहण गर्दैछन् । नियक्त्त हुने चार राज्य मन्त्री मध्ये बिजय बिश्वास पूर्व माओबादी हुन भने अन्य तीन जना पुर्व एमाले हुन ।

अम्बिर गुरुङ

नवनियुक्त्त चार राज्यमन्त्री मध्ये जसमाया गजमेरलाई सामाजिक विकास, अम्बिर गुरुङलाई भौतिक पूर्वाधार, राम रानालाइ भूमि कृषि तथा सहकारी र बिजय बिश्वासलाई उद्योग बन पर्यटन तथा वतावरण मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेकाे मन्त्रालय स्राेत बताउँछ ।

एक नम्बर प्रदेशमा सात वटा मन्त्रालय छन् । भौतिक योजना तथा पुर्वाधार विकास र भूमी, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री शेरधन राई आफैले हेर्दै आएका छन् ।

राम राना

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, समाजिक बिकास मन्त्री जीवन घिमिरे , उद्योग बन मन्त्री जगदिश कुसैत र अर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबो मन्त्री छन । प्रदेश सरकारका फुल चार मन्त्री मध्ये आङबो मात्र पूर्व माओबादीका हुन् ।

विजय विश्वास

The post दुई वर्षपछि बिस्तार हुँदै एक नम्बर प्रदेश सरकार, चार राज्यमन्त्रीको सपथग्रहण आज appeared first on Koshi Online.

नेप्सेमा दोहोरो अङ्कको गिरावट

पुर्वका ७ जना थारु कलाकार अवार्ड द्वारा सम्मानित

इटहरी / गित संगितका माध्यमले थारू कला, संस्कृती र परम्परा संरक्षण गर्न महत्वपुर्ण याेगदान दिएकाे भन्दै पुर्वका थारू कलाकारहरू सम्मानीत भएका छन् । थारु सांस्कृतिक कला मञ्चले एक कार्यक्रमवीच पुर्वका सातजना थारु कलाकारहरुलाई सम्मान गरेको हो । उनीहरूलाइ कलाकारिता क्षेत्रकाे बिभिन्न विधामा सम्मान गरिएकाे हाे ।

मोरङको ग्रामथान–३ रङटोली स्थित लक्ष्मी आधारभुत विद्यालय प्रारङगमा पुर्वका सातजना थारु कलाकारहरुलाई सम्मान गरेको हो । सम्मानीत हुने हरूमा उत्कृष्ट गायक-गायिकामा राजेन्द्र खाँ र गीता चौधरी, उत्कृष्ट नायक-नायिका तर्फ राजेन्द्र भगत र कौशल चौधरी र उत्कृष्ट खलनायककाे रूपमा अजय सरदार लाइ सम्मान गरिएकाे छ । त्यस्तै नृत्य निर्देशकनका लगि दर्बीलाल सरदार र नवप्रतिभा गीतकारमा कृष्ण चौधरी लाइ सम्मान गरिएकाे थारु कल्याणकारीणी सभा मोरङका अध्यक्ष प्रदिप भगतले जानकारी दिनुभयाे । उनीहरूलाइ थारु सांस्कृति कला अर्वाड–२०७६ बाट सम्मानीत गरिएकाे थियाे ।

कलाकारहरु राष्ट्रका गहना हुन् । कला कलाकारिताकाे सम्मान सबैले गर्नु पर्छ भन्दै यस्ता किसिमका सम्मान कार्यक्रम लाइ निरन्तरता दिदै अागामी दिनहरूमा कलाकारलाई सम्मान गर्दै लैजाने कार्यक्रम संयोजक तथा गायक प्रवलदीप विश्वासले जानकारी बताए ।

कार्यक्रमका प्रमुख अतिथि मोरङ क्षेत्र–४ प्रतिनिधि सभा सदस्य अमनलाल मोदी, विशिष्ट अतिथि पुर्व एसपी विद्यानन्द माझी, थारु कल्याणकारीणी सभा मोरङका अध्यक्ष प्रदिप भगत लगायतले थारु सांस्कृति कला अर्वाड–२०७६ बाट कलाकारहरुलाई यही माघ १ गते सम्मानित गरेका थिए ।

The post पुर्वका ७ जना थारु कलाकार अवार्ड द्वारा सम्मानित appeared first on Purbeli News.

परिणाम देखिनेगरि काम गर्न मन्त्री जसमायालाई अधिकारकर्मीको आग्रह

गायिका आस्था राउत प्रहरीको फरार सूचीमा

काठमाडौँ / गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ अनुमति जारी भएको हो । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ गर्न अनुमति दिएको बताइएकाे छ । योसँगै राउत प्रहरीको सूचीमा फरार अभियुक्त बनेकी छन् ।

बुधबार काठमाडौं-भद्रपुर उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा प्रहरीबाट दुर्व्यवहार भएको भन्दै राउतले भिडियो सन्देश जारी गरेकी थिइन् ।

The post गायिका आस्था राउत प्रहरीको फरार सूचीमा appeared first on Purbeli News.

धनगढी प्रिमियर लिगको मिति सर्‍यो

गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता, यस्ताे हुन सक्छ सजाय

काठमाडौँ / प्रहरीले गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ । प्रहरीलाई जथाभावी गालीगलौज गरेको आरोपमा राउतविरुद्ध पीडित भनिएकी महिला प्रहरीले अभद्र व्यवहारकाे उजुरी दिएपछि मुद्दा दर्ता गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयबाट गायिका राउतविरुद्ध पक्राउ पुर्जी जारी भएलगत्तै राउतलाई पक्राउ गरिने एसएसपी सुवेदीले बताए ।

बुधबार त्रिभुवन विमानस्थलमा सुरक्षा चेकजाँचको क्रममा राउतले महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा काठमाडौं प्रहरी परिसरमा मुद्दा दर्ता भएको थियाे । बुधबार काठमाडौंबाट भद्रपुर विमानस्थल जाने क्रममा महिला प्रहरीले आफूलाई दुर्व्यवहार गरेको भन्दै गायिका राउतले फेसबुक लाइभमार्फत प्रहरीलाई गाली गरेकी थिइन् ।

मुलुकी अपराध संहिता ऐन २०७४को दफा ११८ मा भनिएको छ, कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन । त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।

The post गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता, यस्ताे हुन सक्छ सजाय appeared first on Purbeli News.

आवश्यकता र औचित्यको अधारमा गठबन्धन हुन्छः मन्त्री कार्की

नायिका केकी र आँचल बने एकैघरको बुहारी

काठमाडौँ / अभिनेत्री केकी अधिकारी र आँचल शर्मा एकै घरको बुहारी बन्ने भएका छन । यो सँगै उनीहरु अभिनित चलचित्र झिँगेदाउको निकै चर्चा छ । अहिले यस चलचित्रको छायांकन भइरहेको छ ।छायांकन चलिरहँदा अभिनेत्री अधिकारी र शर्माको नयाँ लुक्स सार्वजनिक भइरहेको छ । आँचल शर्मा र केकीको गाँउले लुक्स देखिएको थियो । यी दुबैले आफ्नो नयाँ लुक्स सामाजिक सञ्जालमा शेयर गरेका थिए ।

अभिनेत्री आँचलले पहिलो पटक यस चलचित्रमार्फत गाउँमा बस्ने एक विवाहित महिलाको भूमिका निभाउदैछिन् । त्यस्तै केकी अधिकारी पनि गाँउले महिलामा देखिदैछिन् । यस चलचित्रको छायांकन भइरहेको छ । यस चलचित्रमा अभिनेत्री केकी अधिकारी जेठानी दिदी बन्ने र आँचल शर्मा देवरानी बन्ने चर्चा छ ।

The post नायिका केकी र आँचल बने एकैघरको बुहारी appeared first on Purbeli News.

डढेलो नियन्त्रणका क्रममा मृत्यु भएका स्वयमसेवकका परिवारलाई विशेष सम्मान

टिकटकले डुबायो भद्रगोलका ‘रक्षा’ र ‘बले’ लाइ

निकै चर्चीत हास्य टेलिश्रृखला ‘भद्रगोल’ का पात्र सागर लम्साल ‘बले’ र रक्षा श्रेष्ठको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा वरिष्ठ गीतकार अम्बिका गुरुङको शब्द र शङ्कर थापाको सङ्गीत रहेको ‘टिकटकले डुबायो’ बोलको गीत बजारमा आएको हो ।

गीतमा स्वर रमेश श्रेष्ठको रहेको छ । गीत निकै रमाइलो रहेको छ । उक्त गीतमा बले र रक्षा फिचर्ड छन्। पछिल्लो समय टिकटकले गर्दा धेरै मानिसका कला प्रतिभा समेत बाहिर आएका छन् । भने कतिलाई टिकटकले असर पुर्‍याएको छ । उक्त गितमा टिकटकले पुर्‍याएको असरका बारेमा गीतमा देखाइएको छ ।

दर्जनौँ चर्चित गीतहरू गाएर चर्चा कमाइ सकेका तथा देशैभर हुने मेला महोत्सवमा व्यस्त गायक रमेशको सुमधुर आवाजको डान्सिङ बिटमा रहेको ‘टिकटकले डुबायो’ बिहीबार सार्वजनिक भएको हो । म्युजिक भिडियोलाई नवराज उप्रेतीले छायाङ्कन गरेका छन् भने कोरियोग्राफी गम्बिर बिस्टको रहेको छ । भिडियोलाई निर्देशक सुब्रत राज आचार्यले आकर्षक ढङ्गले निर्देशन गरेका छन् ।

हेर्नुहोस भिडियो . . . .

The post टिकटकले डुबायो भद्रगोलका ‘रक्षा’ र ‘बले’ लाइ appeared first on Purbeli News.

पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

ए डिभिजन लिगमा दोस्रो जितपछि रेलिगेसन जोनबाट उम्कियो फ्रेन्ड्स क्लब

सहिद स्मारक ए डिभिजन फुटबल लिगमा दोस्रो जित निकाल्दै फ्रेण्ड्स क्लब ‘रेलिगेसन जोन’बाट बाहिर निस्किएको छ। ललितपुरको एन्फा मैदानमा आइतबार भएको खेलमा फ्रेन्ड्सले सरस्वती युथ क्लवलाई ४–१ को फराकिलो अन्तरले पाखा लगाएको हो।

खेलको पाँचौँ मिनेटमा उत्तम राईको गोलमा बनाएको अग्रता फ्रेण्ड्सले २४औं मिनेटमा साउलो डिको गोलमा दोब्बर पा¥यो। खेलको ७०औं मिनेटमा वाग्नर डिले गोल गरे। ८६औं मिेनटमा उत्तम राईले व्यक्तिगत दोस्रो गोल गरे।

खेलको ८०औं मिनेटमा सरस्वतीका काजिम बुसारीले सान्त्वना गोल फर्काए।

जितसँगै फ्रेण्ड्स ८ अंकसहित नवौँ स्थानमा उक्लिएको छ। फ्रेण्ड्सले हालसम्म २ मा जित ३ मा हार र २ मा बराबरी गरेको छ। जितविहीन सरस्वतीले भने १ खेलमा बराबरी गर्दै १ अंकमा पुछारमा रहेको छ भने बाँकी सबै खेलमा पराजित भएको छ।

आजै भएको पहिलो खेलमा दर्शन गुरुङ्गको निर्णायक गोलमा न्युरोड टिम एनआरटीले कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग फुटबलमा चौथो जित दर्ता गरेको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार भएको खेलमा एनआरटीले एपीएफलाई ३–२ ले पराजित गरेको हो।

एनआरटीको जितमा आन्द्रे थेरि,जोर्डन एनडेम्बा र दर्शन गुरुङले गोल गरे। एपीएफका लागि दुवै गोल आशिस लामाले गरे।

सातौ चरणसम्म एनआरटी पाँचौ तथा एपीएफ ५ अंकमा तेह्रौ स्थानमा छ।

सातौ चरणको अन्तिम खेलमा सोमबार ब्रिगेड ब्वाइज र संकटा तथा च्यासल युथ क्लव र त्रिभुवन आर्मी भिड्नेछन्।

आगलागीबाट महिलाको मृत्यु

वीर गणेशमान सिंह स्मृति खुल्ला बक्सिङको उपाधि सशस्त्रको एपीएफलाई

सशस्त्र प्रहरीको एपीएफ क्लब वीर गणेशमान सिंह स्मृति तेश्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको च्याम्पियन बनेको छ। ५ स्वर्णसहित टिम च्याम्पियन बनेको एपीएफले १ लाख रुपैयाँ प्राप्त गरेको हो।

ललितपुर जिल्ला किक बक्सिङ संघले आयोजना गरेको प्रतियोगितामा विभागीय त्रिभुवन आर्मीले ३ स्वर्ण जित्दै दोस्रो बन्यो। आर्मीले ५० हजार रुपैयाँ पाएको छ।

प्रतियोगितामा पुरुषतर्फ आर्मीका राजेश चौधरी र महिलातर्फ नेपाल प्रहरीकी रिता ठकुल्ला उत्कृष्ट खेलाडी घोषित भए। दुवैले जनही २५ हजार रुपैयाँ प्राप्त गरे। राजेशले ६५ केजी तथा रिताले ५५ केजी तौल समुहमा स्वर्ण जितेका थिए। स्वर्णवापत उनीहरुले थप जनही ३ हजार रुपैयाँ पाए।

ललितपुरको चापागाउँस्थित प्याङगाउँमा भएको पुरुष ५५ केजीमा एपीएफका सञ्जय राईलाई पराजित गर्दै मेन डोजोका मनोज राना मगर प्रथम भए। आर्मीका यामराज थापा मगर र मेन डोजोका भक्तराज जोशी तेश्रो भए। पुरुष ५५ केजी तौलसमुहमा एपीएफका रोहीत च्नारोले आर्मीका तारा तामालाई हराए।

मुवा थाइका दावा फुन्जो शेर्पा र प्रहरीका राजेन्द्र सिन्जाली मगर तेस्रो भए। पुरुष ६० केजी तौल समुहमा प्रहरीका मुकेश पण्डितलाई हराउँदै एपीएफका विरेन्द्र सिंह कोधारीले स्वर्ण जिते। मेन डोजोका सागर दर्जी र मुवाथाईंका विजय रसाइली तेस्रो बने।

पुरुष ६५ केजीमा मुवाँथाइका फुर्देनी शेर्पालाई हराउँदै आर्मीका राजेश चौधरीले स्वर्ण जिते। बक्समाण्डुका मनिष कुमार भुजेल र प्रहरीका समन धुस्सीले कास्य जिते। ७० केजीमा आर्मीका सनीसंह सुनवारले भाटभटेनीका सविन दिमहुमलाई हराउँदै स्वर्ण जिते।
प्रुष खुलातर्फ रेजका कोशिष श्रेष्ठ च्याम्पियन बने। उनले एपीएफका भुपेन्द्र शाहलाई पाखा लगाए। सो क्योकुसिनका गोपाल महर्जन र एफडब्लु उसुका शंकरबहादुर चौधरी तेस्रो भए।

महिला ६५ केजीमा एपीएफकी विनिता थापा मगरले आर्मीकी मन्जु विकलाई पन्छ्याउदै स्वर्ण हात पारिन्। एपीएफकी मनीषा राउत र मेन डोजोकी रविना तामाङले कास्य पाए। महिला खुला तौलसमुहमा आर्मीकी विन्दु पुनले स्वर्ण जितिन्। उनले एपीएफकी जयन्ती श्रेष्ठलाई पाखा लगाइन्। मेन डोजोकी पुनम कर्माचार्य र मुुवाँथाई, पोखराकी सुमी श्रेष्ठ तेस्रो भए।

महिला ६० केजीमा एपीएफकी निशा विक पहिलो भइन्। फाइनलमा निशाले मेन डोजोकी सुस्मिता शाहीलाई पराजित गरिन। मकवानपुरकी रेश्मा माझी र प्रिया वाइबा तेस्रो भए।

महिला ५० केजीमा एपीएफकी सन्जु माया थिङले स्वर्ण र आईकेकेएफकी करिश्मा काकीले रुजत जिते। आर्मीका रुविका खड्का र शान्ति थापा मगरले कांस्य हात पारे। महिला ५५ केजीमा प्रहरीकी रिता ठकुल्लले फाइनलमा एपीएफकी विद्या गुरुङमाथि जित हात पार्दै पहिलो भइन्। आर्मीका अनुपमा नेपाली र रिना धमाल संयुक्त रुपमा तेस्रो भए।

तीनदिने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ गरी ११ स्पर्धामा १ सय २२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। प्रत्येक स्पर्धामा पहिलो हुनेले ३०, दोस्रोले १५ र तेस्रो हुने २ खेलाडीले जनही ८ हजार रुपैयाँ प्राप्त गरे।

‘भिजिट नेपाल २०२०’ नेपाललाई पहिलो गाँसमा नै ढुङ्गा पर्‍यो : सांसद देवेन्द्र कँडेल

बार्सिलोनाका चेसप्रेमी प्रशिक्षकले ब्युँत्याउलान् टिकिटाका?

पछिल्लो पाँच वर्षमा बार्सिलोनाका खेल प्रशंसकहरुको एउटै चिन्ता थियो, क्लबले आफ्नो पहिचान गुमायो, योहान क्राइफले निर्माण गरेको फुटबलको दर्शन गुमायो।

तर, क्राइफका प्रशंसक किके सेतियन प्रशिक्षक बनेर आएपछि बार्सिलोनमा ‘टिकीटाका’ ब्युँतिने अपेक्षा गरिएको छ। 

गत साता प्रशिक्षक अर्नेस्टो भालभर्डेलाई बर्खास्त गरेपछि नै बार्सिलोनाका प्रशंसकहरुका आशा देखिन थालेको छ। तर, खेल शैलीमा मात्र परिवर्तन गरेर नयाँ प्रशिक्षकको जिम्मेवारी पूरा हुनेछैन।

उनले घरेलु लिग र खासगरी च्याम्पियन्स लिग पनि जितेर देखाउनुपर्नेछ। तर, सेतियनको कमजोरी के हो भने उनले यसअघि स्टार खेलाडीले भरिएका ठूला क्लब सम्हालेका छैनन्।

सेतियन क्राइफका प्रशंसक हुन्। ‘उनीसँग खेल्न पाउने भए मैले कान्छी औँला नै चढाउँथे,’ उनले भनेका छन्।

‘सेतियनः बार्सा डीएनए भएका प्रशिक्षक जो मेसीसँग प्रेममा छन्’ स्पेनी पत्रिका डायरियो एएसले लेखेको छ।

सेतियन प्रशिक्षक बनेसँगै उनको अर्को खेलप्रतिको प्रेमबारे पनि चर्चा हुन थालेको छ– चेस।

वास्तवमा सेतियनले चेसका केही अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा समेत भाग लिएका छन्। प्रतिस्पर्धामा उनले ग्यारी कास्पारोप र अनातोली कार्पोभसँग समेत चेसमा भिडिसकेका छन्।

चेसले फुटबलमा रणनीति तयार गर्न सघाउने विश्वास गरिन्छ।

सेतियनलाई यसले कति सघाउँछ, ग्रेनाडासँग आइतबार रातिको खेलपछि अनुमान लगाउन सहज हुनेछ। एजेन्सी

स्वर्गीय नेता गणेशमान सिंहको सम्झनामा १० किमि दौड प्रतियोगिता हुने