Home Blog Page 37

पिठुवा डेरीले सुरु गर्यो महिको व्यवसायिक उत्पादन

निराजन घिमिरे- पूर्वीचितवनमा किसानबाट दुध संकलन गरेर अन्य जिल्लामा पैठारी गर्ने पुराना सहकारीहरु मध्ये एक हो ‘पिठुवा डेरी’ अर्थात पिठुवा दुग्ध उत्पादक सहकारी संस्था । तिस वर्षदेखि पिठुवाका किसानले उत्पादन गरेका दुध संकलन र विक्रिवितरण गरेर नगद भित्राउन मुख्य भूमिका खेलेको संस्थाले अहिले दुधको विविधिकरण र बजारीकरण समेत सुरु गरेको छ ।

केहिवर्ष अगाडीदेखि दहि, पनिर्, नौनी, खुवा, घ्यु लगायतका दूधजन्य पदार्थ उत्पादन गरेर बजारीकरण सुरुगरेको संस्थाले यहि चैत्र ८ गते शुक्रबार देखि महिको व्यवसायिक उत्पादन सुरु गरेको छ । स्वास्थ्य सचेतनाको वृद्धिसंगै क्यान्सर उन्मुख पेयपदार्थहरुको उपभोग कम हुँदै गएको अवस्थामा सहकारीले महिको उत्पादन र बजारीकरण सुरु गरेको संस्थाका अध्यक्ष गंगाराम गुरुङले जानकारी दिए ।

सहकारीलाई महि उत्पादन गर्ने मेसिन खरिदको लागी रत्ननगरको वडा नं. १६ ले आर्थिक सहयोग गरेको छ । वडा कार्यालय र सहकारीको संयुक्त लगानीमा एकलाख सन्ताउन्न हजारको लगानीमा महि तथा लस्सी उत्पादन गर्ने मेसिन जडान गरिएको हो ।

परिक्षणको रुपमा बजार पठाईएको महिले राम्रो प्रतिक्रिया पाएपछि यसको व्यवसायिक उत्पादन सुरु गरिएको सहकारीका सचिव रोहिणी बजगाईंले बताए । अहिले दैनिक २०० बोतल महि उत्पादन गरेर बजार पठाईएको छ । सहकारीले “पिठुवा मोही” नाम दिएर ५०० मिलि क्षमताको बोतलमा प्याकेजिंग गरि बजारीकरण सुरु गरेको हो। उत्पादन भएको मितिले सातदिन सम्म उपभोग गर्न मिल्ने ५०० मिलि महिको उपभोक्ता मूल्य रु ३५ रहेको छ।

खैरहनीको एउटा पार्टी प्यालेसको भोजमा राखिएको पिठुवा मोही

चितवनमा केहि सहकारीले यस अघिनै महि उत्पादन सुरु गरिसकेका छन् । विहेब्रतबन्ध लगायतका धार्मिक कार्यक्रम तथा अन्य कार्यक्रमहरुमा समेत कोल्डड्रिंक्सको सट्टा महिको उपयोग बढ्न थालेको छ । घरमा दहि जमाएर महि खाने प्रचलन हराउंदै गएपछि पछिल्लो समय कोल्डड्रिंक्सको उपभोग ह्वात्तै बढेको थियो । तर अहिले भोजभतेरमा समेत महिको प्रयोग बढेको छ ।

महि स्वास्थ्यका दृष्टिकोणले समेत निकै उपयोगी छ । महीले झाडापखाला, कब्जियत, पायल्स, कोलेस्टोरल, उच्च रक्तचाप जस्ता रोग नियन्त्रणमा पनि सहयोग गर्ने चिकित्सकहरु बताउँछन् । दही–महीमा पाइने बेसिलस भन्ने ब्याक्टेरियाले खाना पचाउँछ र आन्द्रा तथा पेट सम्बन्धी समस्या हुनबाट जोगाउँछ ।’

 

 

 

 

 

 

 

 

प्रेस चौतारी प्रतिष्ठान प्रदेशको अध्यक्षमा ढुङ्गेल, महासचिवमा लामिछाने

काठमाडौँ, फागुन २८ गते । प्रेस चौतारी प्रतिष्ठान प्रदेशका दोस्रो अधिवेशनले पुनः सरोज ढुङ्गेलको अध्यक्षतामा सर्वसम्मत रुपमा २४ सदस्यीय नयाँ कार्य समिति निर्वाचित हुनु भएको छ । बुधबार सम्पन्न भएको प्रेस चौतारी नेपाल प्रतिष्ठान प्रदेशको दोस्रो अधिवेशनबाट ढुङ्गेल अध्यक्षमा २४ सदस्यीय नयाँ कार्य समिति निर्वाचित हो । ढुङ्गेल यस अगाडि पनि अध्यक्षको जिम्मेवारीमा रहनु भएको थियो ।

उपाध्यक्षमा अर्जुन सापकोटा र सर्मिला थापा, महासचिवमा रमेश लामिछाने, कोषाध्यक्षमा जश्विन थापा, छ जना सचिवमा क्रमशः पुरुषोत्तम घिमिरे, विन्दु शर्मा, महेश निरौला, शेखर चौलागाई, सविना चेपाङ र परमानन्द राय निर्वाचित हुनु भएको छ ।

यस्तै सदस्यहरुमा रविन रोकाहा, सञ्जिता आचार्य,शर्मिला पाठक,अमृता गाहा मगर, मञ्जिल घिमिरे,सविन बजगाँइ, विनु श्रेष्ठ, सुसन धमला, कृष्ण आचार्य,पोषक बहादुर खड्का र सञ्जिव मगर निर्वाचित हुनुभएको छ।

कार्यक्रममा नेकपा (एमाले) जनसङ्गठन संयन्त्र प्रमुख भानुभक्त ढकालले व्यावसायिक र मर्मादित पत्रकारितामा लाग्ने प्रेस चौतारीलाई आग्रह गर्नुभयो । उहाँले समाजमा अस्थिरता मच्चाउन खोज्ने केही झुण्डहरु एकै ठाउँमा आउन सक्ने भन्दै त्यस्ता झुण्डदेखि सचेत रहनुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले पत्रकारिताको मूल्य र मान्यतालाई आत्मसाथ गर्दै पत्रकारले साङ्ठनिक क्रियाकलापमा पनि सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले पत्रकारले आफ्नो लेखन शैलिलाई समयानुकुल परिमार्जन गरी सङ्गठनिक गतिविधिमा लाग्न प्रेस चौतारीसँग सम्बद्ध पत्रकारहरु सक्रिय हुनुपर्नेमा जोडदिनुभयो ।

पदमपुरकै जेठो विद्यालयले ६७ वर्षमा मनायो वार्षिकोत्सव र अभिभावक दिवस

उज्यालोदर्पण- साबिक पदमपुरको जेठो विद्यालय, राष्ट्रिय आधारभूत विद्यालय पिपरियाले स्थापना भएको ६७ वर्ष पछी वार्षिकोत्सव मनाएको छ । वि.स २०१४ सालमा राप्तीपारी पदमपुरमा स्थापना गरिएको विद्यालयले मंगलबार विविध कार्यक्रम गरेर आफ्नो ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।

पदमपुर स्थानान्तरण पछी हाल कालिकाको वडा नं. २ मा अवस्थित सो विद्यालयले हालसम्म औपचारिक कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको ईतिहास नरहेको विद्यालयका प्रधानाध्यापक वाशुदेव आचार्यले जानकारी दिनुभयो । वार्षिकोत्सवको अवसरमा आयोजित औपचारिक कार्यक्रममा प्रधानाध्यापक आचार्यले विद्यालयको सिकाइ उपलब्धि र आयव्यय प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा प्रअ आचार्यले नौ बुँदे सिकाइ उपलब्धि सुधार योजना सार्वजनिक समेत गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्वअध्यक्षहरु छ जना, पुर्वशिक्षकहरु १३ र चन्दादाता ४४ जनालाई सम्मान गरिएको छ । त्यसैगरी, विद्यालयका उत्कृष्ट कर्मचारी सिर्जनाकुमारी चौधरीलाई पनि सममनित गरिएको छ ।

कार्यक्रमका प्रमुखअतिथि कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले सामुदायिक विद्यालय प्रति अभिभावकको चासो र आकर्षण बढाउन कालिकाका सबै सामुदायिक विद्यालयमा वार्षिकोत्सव र अभिभावक दिवस मनाउने अभियान सुरु गरिएको बताउनुभयो । अबका केहि दिनमा कालिकाका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा यस्ता कार्यक्रम सम्पन्न हुने र कालिका नगरपालिका नेपालमै सबै सामुदायिक विद्यालयको वार्षिकोत्सव र अभिभावक दिवश मनाउने पहिलो पालिका हुने मेयर रेग्मीले दाबि गर्नुभयो ।

यस्तै विशिष्ट अतिथि वडाध्यक्ष लक्ष्मण पौडेलले आधारभूत विद्यालय पिपराले शैक्षिक गुणस्तरमा फड्को मार्दै गएको भन्दै आफ्ना नानिबाबुहरुलाई निर्धक्क विद्यालयमा भर्ना गर्न जनसमुदायलाई आग्रह गर्नुभयो । विद्यालयको भौतिक र शैक्षिक विकासको लागी कुनै कुराको कमि हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै पौडेलले सिंगो कालिका नगरपालिका विद्यालयको साथमा रहेको बताउनु भयो ।

कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष विरेन्द्र तामाङ, वडा नं. ४ का वडाध्यक्ष मकरमान श्रेष्ठ, वडा नं. ४ का संस्थापक वडाध्यक्ष कृष्णकुमार श्रेष्ठ, शिक्षाप्रेमी व्यक्तित्व कमल आचार्य, चन्दादाताहरु जयलाल कंडेल, कृष्णप्रसाद आचार्य, आत्माराम बास्तोला, पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद बास्तोला, आधारभूत विद्यालय वनकट्टाका प्रधानाध्यापक भक्त तामाङ लगायतको उपस्थिति रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  रुद्रलाल बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक माण्डवी चौतरियाले स्वागत् मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम शिक्षकद्वय खगेश्वर आचार्य र गीता शर्माले संचालन गर्नुभएको थियो ।

बालविकास कक्षा देखि कक्षा ५ सम्म अध्यापन हुने सो विद्यालयमा झन्डै १६० विद्यार्थी अध्ययनरत छन् । कार्यक्रममा  स्थापना समयदेखि हालसम्म विद्यालयमा योगदान दिनुहुने लेखक तथा व्यवसायी जीवा लामिछाने, उँहाका स्वर्गीय पिता खेमलाल लामिछाने, भवन निर्माण समितिका अध्यक्ष गणेश प्रसाद आचार्य, चन्दादाताहरु मिनराज आचार्य, शिवनारायण चौतरिया लगायतको योगदानको चर्चा गरिएको थियो ।

नेकपा(एस) राप्ती वडा नं ५ को अध्यक्षमा खनाल चयन

राप्ती । नेकपा एकीकृत समाजबादी राप्ती वडा नं ५ वडा कमिटीको अध्यक्षमा प्रविण खनाल चयन भएका छन् । सोमबार सम्पन्न वडा कमिटीको दोस्रो अधिबेशनले खनालको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो ।

कमिटीको उपाध्यक्षमा भूपेन्द्र दुलाल, सचिवमा निशा परियार सहित ३५ सदस्यीय कमिटी गठन गरिएको हो । वडा अधिवेशनको सो पार्टीका पोलिटव्यूरो सदस्य डा.कृष्णराज पन्तले उद्घाटन गरेका थिए ।

सो अबसरमा उनले राप्तीमा स्थानीय सरकारलाई एमालेले काम गर्न नदिएको भन्दै ढुक्क भएर नगरबासीको हितमा काम गर्न आग्रह गरे । राप्तीमा समाजबादीबाट विजयी भएका मेयर सहितका जनप्रतिनिधिलाई अफ्ठयारोमा पार्ने काम एमालेबाट भएको भन्दै उनले एमालेले राजनीतिक संस्कार विर्सिदै गएको टिप्पणी गरे ।

राप्तीका मेयर शमशेर लामाले पार्टीको सिर उच्च राख्ने गरी राप्तीमा आफुले काम गरिरहेको बताए । सीमान्तकृत, गरिव तथा विपन्न समुदायको शिक्षा, स्वास्थ्य, आयआर्जन र रोजगारीलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाई छ । सो पार्टीका नगर अध्यक्ष आरके पण्डितले सञ्चालन गरेको सो कार्यक्रममा एकीकृत समाजबादीका जिल्ला इन्चार्ज अशोक थापा, केन्द्रीय सल्लहाकार बाबुराम पाठक, एकीकृत समाजबादीका जिल्ला सचिव हेमन्त कँडेल लगायतले मन्तव्य राखेका थिए ।

राप्तीका पुराना नेता फडिन्द्र पाठकको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी जिल्ला सचिवालय सदस्य सरस्वती लामाले स्वागत मन्तव्य राखेकी थिइन् । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एउटै वडाका ४० जना समाजबादीमा प्रवेश गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि डा.पन्तले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।

मनहरीमा भएको दुर्घटनामा पिठुवाका थापाले ज्यान गुमाए

उज्यालो दर्पण- पुर्वपश्चिम राजमार्गको हेटौडा चितवन खण्डमा पर्ने मनहरीपुलमा भएको सवारी दुर्घटनामा चितवनका एकजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा रत्ननगर नगरपालिका वडा नं. १६ दोबाटोटोल बस्ने वर्ष ५२ का मिनबहादुर थापा छन् ।

सोमबार बिहान ०९:०५ बजेको समयमा चितवनबाट हेटौडा तर्फ जाँदै गरेको ना १६ प ३१८१ नम्बरको मोटरसाईकललाई सोहि दिशातर्फ जाँदै गरेको ना ६ ख ४०५५ नं. को ट्रकले ठक्कर दिँई दुर्घटनाहुँदा मोटरसाईकल चालक रत्ननगर १६ का पिठुवाका रामजी गौतम र थापा घाइते भएका थिए ।

घाईते दुबै जनालाई उपचारको लागी मनहरी अस्पताल लगेकोमा ०९:१५ बजेको समयमा मोटरसाईकलको पछाडी सवार थापाको मृत्यु भएको भनी डाक्टरले घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । यस्तै मोटरसाईकल चालक गौतमलाई थप उपचारको लागी चितवनतर्फ रिफर गरिएको प्रहरीले बताएको छ।

चितवन रिफर गरिएका गौतमको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । उनको अवस्था खतरामुक्त रहेको र मृतक थापाको शव पोष्टमार्टमको लागी हेटौडा अस्पतालमा राखिएको वडा नं. १६ का वडाध्यक्ष हेमराज थापाले जानकारी दिए ।

दुर्घटनाग्रस्त ट्रक, मोटरसाईकल र ट्रकचालक बारा जितपुर सिमरा २१ अमलेखगंज बस्ने वर्ष ३९ का ओमप्रसाद खनाल  मनहरी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

मृतकका आफन्तले उचित क्षतिपूर्तिको माग र घटनामा सङ्लग्नलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरअगाडि पूर्वपश्चिम राजमार्ग करिब एक घण्टा अवरुद्ध गरेका थिए । माग सम्बोधन हुने आश्वासनपछि सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

मृतक थापाका ६८ वर्षीय आमाको पनि दुईमहिना अघि गैंडाको आक्रमणमा ज्यान गएको थियो।

 

कालिकामा सहिद तथा वेपत्ताका परिवारलाई एकदिने अभिमुखिकरण तथा सम्मान

उज्यालो दर्पण- चितवनको कालिका नगरपालिकामा सहिद तथा वेपत्ताका परिवारका सदस्यहरुलाई एकदिने अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । कालिका नगरपालिकाको आर्थिक सहयोग तथा सहिद स्मृति प्रतिष्ठान नेपाल चितवनकाे आयाेजनामा शनिबार कार्यक्रम सम्पन्न गरिएको हो ।

दुई सत्र गरि संचालन गरिएको सो कार्यक्रमको पहिलो सत्रमा माओवादी नेतृद्वय कञ्चन खनाल र संगिता भट्टराईले सहभागीहरुलाई अभुमुखीकरण गर्नुभएको थियो। सहभागीहरुलाई शहिदहरुकाे स्मरण र सम्मान गर्नुपर्ने, बाँचेका परिवारले अब समाजमा सामाजिकिकरण हुनुपर्ने, शहिद तथा वेपत्ताहरुकाे वलिदानकै कारण देशमा परिवर्तन आएको जस्ता विषयमा प्रकाश पारिएको प्रतिष्ठानकि अध्यक्ष संगिता भट्टराईले जानकारी दिनुभयो ।

सो सत्रमा ६० जना भन्दा बढीको सहभागिता थियो । यस्तै कार्यक्रमको दोश्रो सत्रमा सहिद तथा वेपत्ता परिवारका ३५ जनालाई  सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख विनोद रेग्मीले उँहाहरुलाई सम्मानित गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर रेग्मीले सहिद तथा वेपत्ताका विपन्न परिवारलाई नगरपालिकाले नि:शुल्क स्वास्थ्य बिमा र एम्बुलेन्स सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष विरेन्द्र तामाङ, वडा नं. ६ का वडाध्यक्ष टिकाराम रेग्मी, घाइतेअपांग संघ चितवनका अध्यक्ष कर्ण वहादुर आग्रि, शिक्षक प्रतिनिधि प्रअ मञ्जु सिम्खडा लगायतको उपस्थिति थियो ।

 

कार्यक्रम संयोजक सविता लामाको सभापतित्वमा भएको कार्यक्रम प्रतिष्ठानका सदस्य राजेन्द्रप्रसाद ढुङ्गानाले संचालन गर्नुभएको थियो ।

 

 

प्राकृतिक जीवनशैलीमा बाँच्न सिकाउन वडा नं. १६ मा अर्गानिक कृषि पाठशाला

उज्यालो दर्पण- कृषिउपजमा जथाभावी रासायनिक विषादीको प्रयोगको कारण मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । विषादी युक्त खाना खाएकै कारण हामीले दिनदिनै शारीरिक र मानसिक समस्या झेल्नुपरिरहेको छ। मान्छेलाई यस्तो समस्याबाट मुक्त गराई प्राकृतिक जीवनशैलीमा बाँच्न सिकाउने उद्धेश्यले रत्ननगरको वडा नं. १६ ले ‘अर्गानिक कृषि पाठशाला’ संचालन गरेको छ ।

प्राकृतिक स्वास्थ्य विज्ञानमार्फत स्वस्थ्य समाज निर्माणको लागी विषादीरहित कृषि उपज उत्पादन गर्ने उद्देश्यले वडा कार्यालयले नेपाल बायो कृषि उत्पादन केन्द्र संगको सहकार्यमा शनिबार एकदिने पाठशाला संचालन गरेको हो ।

आफ्नो खेतबारीमा उत्पादन हुँदै आएको खाद्यान्न बालीसँगै तरकारी र दलहन बालीको उत्पादनमा रासायनिक मल र विषादीको प्रयोग बिना कसरी उत्पादन लिन सकिन्छ भन्ने विषयमा जानकारी प्रदान गर्न ‘ अर्गानिक कृषि पाठशाला ’ महत्वपूर्ण हुने वडाध्यक्ष हेमराज थापाले बताए ।

पाठशालामा ५० भन्दा बढी कृषकहरु सहभागी थिए । सहभागीहरुलाई कृषि विज्ञ डा. निरोज पौडेल, नेपाल बायो कृषि उत्पादन प्रा.लिका अध्यक्ष मार्कणडेय अधिकारी लगायतले सहजीकरण गरेका थिए ।

कार्यक्रममा वडा सदस्यहरु चिजकुमार श्रेष्ठ, रिता वि.क, पिठुवा स्वास्थ्य चौकी प्रमुख नरहरी श्याम शर्मा, पिठुवा दुग्ध उत्पादक सहकारीका अध्यक्ष गंगाराम गुरुङ, पिठुवा सिंचाईका अध्यक्ष देवबहादुर राना लगायतको उपस्थिति थियो। कार्यक्रम वडाकार्यालयका कम्प्युटर अपरेटर उज्ज्वल देवकोटाले संचालन गरेका थिए ।

ऐतिहासिक सफलता प्राप्त गर्दै सकियो चितवन महोत्सव : ५ लाख सहभागि, ३० करोडको कारोबार

चितवन, माघ १०– १५ औं संस्करणको चितवन महोत्सव २०८१ सकिएको छ । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा ‘चितवनको गौरव र गरिमामय प्रस्तुती’ मुल नारा दिएर पुष २५ बाट सुरु भएको महोत्वको आज साँझ समापन गरिएको हो ।

संघीय सरकारका उद्योग तथा वाणिज्य मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेको महोत्सव बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा र बन तथा बातावरण मन्त्री कृष्ण सिलवालको उपस्थितिमा आज साँझ समापन गरिएको हो ।

महोत्सव मुल समिति संयोजक एवम् उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले महोत्सवको समापन गर्दै महोत्सव ऐतिहासिकरुपमा सफल भएको बताए ।

महोत्सव अवधिभर ५ लाख जनाले सहभागिता जनाएको र ३० करोड बराबरको कारोबार भएको अध्यक्ष श्रेष्ठले जानकारी गराए । लक्ष्य अनुसार कै सहभागिता र कारोबार भएको भन्दै अध्यक्ष श्रेष्ठले समापन समारोहमा खुसी व्यक्त गर्दै महोत्सव सफल पार्न सहयोग पुर्याउने सम्पूर्णलाई धन्यावद ज्ञापन गरे ।

अवलोकनकर्ताहरुको चाप र महोत्सव परिसरभित्र निर्माण गरिएका र आयोजना गरिएका प्रबद्र्धनात्मक क्रियाकलापहरुमा अवलोकन कर्ताहरुको जुन चासो र भिडभाड देखियो यसले आयोजकलाई रोमाञ्चित बनाएको र आगामी दिनहरुमा पनि यस किसिमका महोत्सवहरु आयोजना गर्नका लागि थप उत्साहित बनाएको श्रेष्ठ बताउँछन् ।

महोत्सवमा रोजगार मेला, हार्डवयर्स एक्सपो, मह परिसर, अटो परिसर, रेष्टुरेन्ट परिसर, फन पार्क, चाईना एक्सपो, लघु, घरेलु परिसर, कृषि परिसर लगायत ४३० स्टलहरु रहेका थिए । बिगतका १४ वटा महोत्सवहरुलाई तुलना गर्दा यस पटकको महोत्सव पृथक बनेको अध्यक्ष श्रेष्ठ बताउँछन् ।

महोत्सव अवलोकनकर्ता र प्रदर्शकबाट संकलन गरेको पृष्ठपोषण फर्मलाई अध्ययन गर्दा करिव ९० प्रतिशत अवलोकनकर्ताहरु महोत्सवमा भएका क्रियाकलापहरुबाट पूर्ण सन्तुष्टि भएको पाइएको श्रेष्ठले जानकारी गराए ।

चितवनवासीको महान पर्वका रुपमा स्थापित भइसकेको यो महोत्सवको माध्यमबाट उद्योग व्यवसायको प्रवद्र्धन, कला, साहित्य र संस्कृतिको संरक्षण, आदिवासी जनजातीहरुको परम्परा, रितिरिवाज र भेषभुषाहरुको जर्गेना हुनुका साथै कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, उर्जा सूचना प्रविधि र पूर्वाधार लगायतका क्षेत्रहरुको विकासका संभावनाहरुको पनि उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको महसुश भएको श्रेष्ठ बताउँछन् । यद्यपि यस किसिमका महोत्सवलाई आगामि दिनहरुमा अझ बढी प्रभावकारी र समयानुकुल परिवर्तन गर्दै लैजानुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।

चितवन जिल्लालाई विविधता र समृद्धिको भूमिको रुपमा विकास गर्ने अभिलाषा र सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान गराउने लक्ष्यका साथ आयोजित चितवन महोत्सव २०८१ ले आफ्नो उद्देश्य प्राप्तिमा सफल रहेको महसुस भएको उनी बताउँछन् ।

चितवन जिल्लाको पहिचान, यसको बहुआयामिक विविधता, यहाँको पर्यापर्यटन र आन्तरिक तथा बाह्य पर्यटनका लागि चितवन सबै सिजनमा उत्कृष्ट गन्तव्य हो भन्ने स्थापित गर्न महोत्सव केन्द्रित रहेको उनले बताए । यसका साथसाथै कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, साहित्य प्रवद्र्धन तथा उद्योग प्रवद्र्धनमा महोत्सवका गतिविधि केन्द्रित रहेको उनले जानकारी गराए ।

चितवन महोत्सवमा पहिलो पटक आयोजना गरिएको चाइनिज कमोडिटी एक्सपोमा रहेका स्टलहरुमा दुवै देशका उद्यमी व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको बताउँदै अध्यक्ष श्रेष्ठले निर्माण सामाग्री (हाडवयर्स) व्यवसायी संघ चितवनको सहकार्यमा आयोजित निर्माण एक्सपोमा पनि उल्लेख्य दर्शकहरुले उपस्थिति जनाएको बताए ।

चितवन महोत्सव २०८१ मा प्रतियोगितात्मक कृषि प्रदर्शनी, हस्तकलाका उत्पादन, साना तथा लघु, घरेलु उत्पादनको प्रदर्शनी, औद्योगिक प्रदर्शनी, अटोमोवाईल्स प्रदर्शनी, अर्गानीक उत्पादनको प्रदर्शनी, महिला उद्यमीद्वारा उत्पादित वस्तुको प्रदर्शनी, रमाइलो मेला, कृषि , शिक्षा, स्वास्थ्य, पर्यटन र सूचना प्रविधि बिषयमा राष्ट्रिय स्तरका छुट्टाछुट्टै सेमिनार तथा गोष्ठी, साहित्यिक गोष्ठी, खेलकुद प्रतियोगिता, दैनिक स्वास्थ्य शिविरको आयोजना गरिएको अध्यक्ष सुमन कुमार श्रेष्ठले जानकारी गराए ।

चितवन महोत्सवमा आयोजित विभिन्न गोष्ठीमा प्राप्त सुझाव र पहिलाएका सम्भावनाहरुलाई छिट्टै नै सम्बन्धित निकायमा संप्रेशण गरिने अध्यक्ष श्रेष्ठले बताएका छन् ।

बाढीले कुरुप बनाएको नारायणी नदी किनारलाई महोत्सव गर्नकै लागि उद्योग वाणिज्य संघ चितवनले सम्माएको अध्यक्ष श्रेष्ठले जानकारी गराए । भरतपुर महानगरपालिकाले सम्माउने काममा सहयोग गरेकोे र थप सहयोग गर्ने आश्वासन समेत दिएको बताउँदै अध्यक्ष श्रेष्ठले नदी किनारको दिगो व्यवस्थापनका लागि प्रदेश सरकारका तर्फबाट पनि केही योजना ल्याउन मुख्यमन्त्रीलाई आग्रह गरेका छन् ।

परम्परागत खाना र पर्यटनलाई प्रवद्र्धन गर्ने हेतुले नारायणगढको क्याम्पाचौरमा नेपा पुचः नारायणगढसँगको सहकार्यमा पौष २९ देखि माघ ७ गतेसम्म सञ्चालित क्याम्पाचौर फुड फेस्टिवल पनि सफलताका साथ सम्पन्न भएको अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले स्वदेशमा उद्योगहरुको विस्तार गरी स्वदेशमै वस्तुहरु उत्पादन गर्नुुपर्ने आजको आवश्यकता रहेको बताए । जसका लागि देशमा उद्योग व्यवसायमैत्री वातावरण बनाउनु पर्ने र त्यसका लागि प्रदेश सरकार लागिरहेको बताए । महोत्सवले स्वदेशी र स्थानीय उत्पादनको प्रवद्र्धन र बाजारीकरणमा सहयोग पुर्याउनुपर्ने बताउँदै मुख्यमन्त्री लामाले चितवन महोत्सव पनि यस कुरामा सफल बनेको होला भनि विश्वास व्यक्त गरे ।

समापन समोरोहमा एक चाइनिज प्रदर्शक र एक स्वदेशी प्रदर्शकले आफ्नो धारणा राख्दै महोत्सवमा साचे जस्तो सफलता प्राप्त गरेको बताएका छन् । समापन समारोहमा दुई प्रदर्शक, अध्यक्ष र प्रमुख अतिथिबाहेक अन्य कुनै पनि वक्ताहरुले बोलेनन् ।

उवासंघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवि सुवेदीले समापोन समारोहमा स्वागत मन्तव्य राखेका थिए भने उवासंघ चितवनका कार्यकारी निर्देशक निल केसीले कार्यक्रम सञ्चालन गरेका थिए ।
महोत्सवको समापन समारोहमा महोत्सवमा उत्कृष्ट प्रदर्शक, उवासंघका पूर्व अध्यक्ष, महोत्सव मुल समिति भित्रका उत्कृष्ट कार्यसम्पादन गर्ने उपसमिति संयोजकहरुलाई सम्मान समेत गरिएको थियो ।

बकुलहर अस्पतालबाट भागेका थुनुवा कालिकाको थाङखोला सामुदायिक वनमा भेटिए

उज्यालो दर्पण- प्रहरीले रत्ननगरको बकुलहर अस्पतालबाट उपचारको क्रममा भागेका थुनुवालाई पक्राउ गरेको छ।

कालिका नगरपालिका वडा नं. २ घरभई ईलाका प्रहरी कार्यालय रत्ननगरको थुनामा रहेका २७ वर्षका किरण चौधरीलाई कालिका ३ स्थित थाङखोला सामुदायिक वनमा लुकिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय रत्ननगरबाट खटिएको टोलीले बुधबार पक्राउ गरेको हो ।

लागूऔषध मुद्दामा चितवन जिल्ला अदालतबाट गत पौष २३ गते म्याद थप भई टाँडी प्रहरीको हिरासतमा रहेका उनि माघ ३ गते एक्कासी ज्वरो आई उपचारको लागी स्थानिय बकुलहर हस्पिटलमा भर्ना भएका थिए । सुरक्षार्थ खटिएका प्रहरीको आँखा छल्दै उनि सोहि दिन बेलुका ०८:३० बजेको समयमा फरार भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस : जनताको सेवा संगै कृषि कर्ममा रमाईरहेका पौरखी वडाध्यक्ष

कालिका नगर अस्पतालको स्तरोन्नतिका लागि मेयर रेग्मीले भेटे स्वास्थ्यमन्त्री

काठमाडौँ । चितवनको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले आज नगर अस्पतालका समस्याबारे स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई जानकारी गराउँदै आवश्यक सहयोग गर्न अनुरोध गर्नुभएको छ ।

कालिकामा स्थापना भएको नगर अस्पतालको स्तरोन्नतिका लागि सरकारबाट आवश्यक सहयोग गर्न उहाँले मन्त्री पौडेलसँग माग गर्नुभएको हो । सो क्रममा मन्त्री पौडेलले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

नगरपालिकाका प्रमुख रेग्मीले आज मन्त्रालयमा गरेको भेटका क्रममा मन्त्री पौडेलले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने विषयमा आफ्नो ध्यान रहेको र उक्त अस्पतालका लागि पनि आवश्यक सहयोग हुने आश्वासन दिनुभएको हो ।

भेटका क्रममा नगरप्रमुख रेग्मीले भिडियो एक्सरेसहितका ल्याबका उपकरणहरु आवश्यक रहेकाले उपलब्ध गराउन माग गर्नुभएको थियो । उहाँले नगर अस्पतालको स्तरोन्नतिका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन पनि अनुरोध गर्नुभएको थियो ।

सो क्रममा मन्त्री पौडेलले केही उपकरणहरु खरिदको प्रक्रियामा रहेको र खरिद भएपछि सहयोग गरिने आस्वासन दिनुभएको पनि नगरप्रमुख रेग्मीले जानकारी दिनुभयो । नगरपालिकामा हाल १५ शैयाको अस्पताल सञ्चालनमा छ । नगर अस्पतालमा दैनिक ३०० देखि ४०० जना सेवाग्राहीले सेवा लिँदै आएका छन् । उक्त अस्पताल चेपाङ समुदायले सेवा लिने महत्वपूर्ण अस्पताल हो ।

यसअघि उहाँले पालिकाको विजुलीका समस्या लिएर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग समेत भेटघाट गर्नुभएको थियो ।