Home Blog Page 63

प्रथम माधवपुर गाेल्डकपकाे आयव्याय सार्वजनिक 

। रत्ननगर नगरपालिका वडा नं १५ मा सम्पन्न प्रथम माधवपुर गाेल्डकपकाे आयव्याय सार्वजनिक गरिएकाे छ ।

आयाेजक माधवपुर खेलकेद विकास समितिले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरि आयव्याय सार्वजनिक गरेकाे हाे ।

वडाध्यक्ष आशिक तामाङ सहितका जनप्रतिनिधिहरुकाे राेहबरमा हिसाब सार्वजनिक गरिएकाे हाे ।

प्रतियाेगितामा ८ लाख ७३ हजार ११३ आम्दानी भएकाेमा ८ लाख २४ रुपैया खर्च कटाएर ७३ हजार ८९ रूपैया नाफा भएकाे प्रतियाेगिताका संयाेजक भीमराज वाइवाले जानकारी दिए ।

प्रतियाेगिता गत बैशाख १५ देखि २६ गते सम्म भएकाे थियाे । १२ टिम सहभागी प्रतियाेगितामा प्यराडाइज युवा क्लवले उपाधि जितेकाे थियाे भने आयाेजक माधवपुर खेलकुल विकास समिति उपविजेता बनेकाे क्लवका अध्यक्ष गणेश तामाङले जानकारी दिए ।

माधवपुरबाट समग्र नगरकाे खेलकुलकाे विकासकाे लागि प्रथम गाेल्डकप आयाेजना गरिएकाे बताए । प्रथम गाेल्डकपबाट भएकाे मुनाफा रकम खेलमैदानकाे भाडा तिर्न खर्च गर्ने बताए ।

पत्रकार सम्मेलनका प्रमुख अतिथि वडाध्यक्ष तामाङले माधवपुर खेलकुदकाे हब बन्दै गइरहेकाे भन्दै प्रथम गाेल्डकपले खेलकुदकाे विकासकाे लागि दीर्धकालिन प्रभाव पारेकाे बताए ।

उनले आगामी दिनमा माधवपुरमा क्रिकेट, भलिबल लगायतका अन्य खेलहरु सञ्चालनकाे लागि वडा कार्यालयले सहयाेग गर्ने बचन दिए ।

वडा कार्यालयले खेलकुदकाे विकासकाे लागि व्यक्तिकाे जग्गा भाडामा लिएर खैलमैदान तयार गरिएकाे छ । बार्षिक १ लाख ६१ हजार तिर्ने गरि निजी जग्गा भाडामा लिइएकाे हाे ।

चितवनको खोलेसिमलमा पेस्ताेल देखाएर सुनचाँदी पसल लुटपाट

रत्ननगर, असार १ । पूर्वी चितवनको कालिका नगरपालिकामा हतियार देखाएर सुनचाँदी पसलमा लुटपाट भएको छ ।

कालिका- ६ खोलेसिमलमा सुनचाँदी पसलमा आज साँझ लुटपाट भएको हो ।खोलेसिमल बजारमा रहेको विनोद सुनचाँदी पसलमा राति ८: ४० वजे वजे हतियार सहित २ जनाको समूहले पेस्तोल देखाएर लुटपाट गरेको बताइएको छ ।

पसलको सटर लगाउने क्रममा मौका छोपेर कामदारहरुलाई भित्रै थुनी पेस्तोल देखाएर सो समूहले सुनका गरगहना लुटपाट गरेको प्रहरी स्रोतले बताएको छ । लुटेरा समूहले सुन पसलमा जडान गरिएको सिसिटिभिको डिस नै खोलेर लगेको प्रहरीले जनाएको छ ।

घटनास्थालमा अहिले जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक श्रीराम भण्डारी नेतृत्वको प्रहरी टोली पुगेको छ । लुटेराहरुले कति तोला गरगहना लगे भन्ने कुरा यकिन भैसेको छैन ।

सोमबार सार्वजनिक बिदा

उज्यालो नेपाल। असार ३ गते सोमबार सार्वजनिक बिदा हुने भएको छ ।

इस्लाम धर्मावलम्बीको पर्व बक्र ईद (उल अजहा)का अवसरमा सरकारले सार्वजनिक विदा दिएको हो ।

माडी नगरपालिकामा अनियमितताको गन्ध, सरकारी पैसामा जनप्रतिनिधिलाई जुत्ता किन किनेको ?

चितवन । चितवनको माडी नगरपालिकाले सरकारी पैसाको ब्यापक दुरुपयोग गरेको पाइएको छ । महालेखा परिक्षकको कार्यालयको प्रतिवेदन अनुसार माडी नगरपालिकाभित्र आर्थिक अनियमितता भएको देखिएको छ ।

महालेखाका अनुसार माडी नगरपालिकाको आर्थिक वर्ष २०७९।८० को अन्तिम लेखापरिक्षणको प्रतिवेदनमा नगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरुका लागि १६ थान स्पोर्टस जुत्ता खरिद गरिएको छ ।

१६ थान जुत्ताका लागि नगरपालिकाले प्रतिजुत्ता ४ हजार एघार रुपैया ५० पैसा खर्च गरेको छ ।

जयश्री शिवम् सप्लार्यससँग जुत्ता खरिद गरिएको भन्दै महालेखाले सरकारी सम्पत्ती ब्यक्तिगत प्रयोगका लागि खर्च गर्नु अनियमितता हुने बताएको छ ।

त्यसैगरी नगरपालिकाले एक आर्थिक वर्षमा २५ लाख भन्दा बढिको फर्निचर विना प्रतिष्पर्धा सोझै खरिद गरेको भन्दै प्रश्न उठाएको छ ।

सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ अनुसार २० लाख भन्दा बढी लागत अनुमान भएको निर्माण कार्य वा मालसमान एउटै व्यक्ति, फर्म कम्पनी वा संस्थाबाट खरिद गर्न नसकिने व्यवस्था छ ।

सौराहामा पर्यटन विकासको लागि अन्तर्किया

रत्ननगर । मुलुकको तेस्रो पर्यटकीय नगरी सौराहा चितवनको पर्यटन विकासको लागि विहीबार सर्वपक्षिय अन्तर्किया कार्यक्रम गरिएको छ ।

रत्ननगर पर्यटन प्रर्वद्धन समितिले तयार गरेको पर्यटन विकास सम्बन्धी कार्ययोजनाको मस्यौदा माथि छलफल गर्न अन्तर्किया कार्यक्रम गरिएको हो ।

समितिले सौराहालाई केन्द्र विन्दु मानेर चितवनको पर्यटन विकासका लागि गर्न सकिने कामहरु सहितको पर्यटन कार्ययोजनाको प्रारम्भिक मस्यौदा तयार गरेको छ ।

समितिले सौराहाको सफारी पर्यटनलाई केन्द्र विन्दु मानेर आवश्यक पूर्वाधार निर्माण र जिल्ला भित्रका सम्भावित गन्तव्यहरुसंग जोडेर सौराहाको पर्यटनलाई विकास गर्ने गरी ४१ बुँदे कार्ययोजनाको प्रारम्भिक मस्यौदा तयार गरेको समितिका अध्यक्ष भेषराज दुवाडीले जानकारी दिए ।

सौराहालाई मुख्य गन्तव्य स्थल मानेर माडी, भरपुर, इन्छाकामना, कालिका, खैरहनी र राप्ती नगरपालिकाका पर्यटकीय गन्तव्यहरुसंग जोडर सौराहाको पर्यटनको दायरा फराकिलो बनाउने गरी कार्ययोजना निर्माण गरिएको अध्यक्ष भेषराज दुवाडीले बताए ।

कार्ययोजनामा सन २०२५ लाई सौराहा भ्रमणबर्षको रुपमा मनाउने, पर्यटन सुचना केन्द्र स्थापना गर्ने, सौराहालाई विशेष पर्यटन क्षेत्रको रुपमा घोषणा गर्न सरकारी पहल सुरु गर्ने, सौराहाको अस्थित्व जोगाउन ब्रान्डिङ गर्ने, पर्यटकको बसाई लम्ब्याउन निकुञ्जको टिकटको अबधिलाई तीन दिन बनाउने लगायतका विषयहरु समेटिएको छ ।

सौराहमा अगामी वर्ष हने अन्तराष्ट्रिय हात्ती महोत्सवका अवसर पारी सरकारबाट नेपालकै महत्वपूर्ण पर्यटकीय क्षेत्र घोषणा गर्ने र सोही समारोहमा चितवनलाई समेट्दै घुमौ सौराहको निरन्तरता स्वरुप परिवर्तन गर्दै सौराह भ्रमण वर्ष २०२५ घोषण गर्ने, भरतपुर विमानस्थलमा सुचनाका लागि पर्यटन प्रवद्र्धन सम्बन्धी बोसर, पम्प्लेट र श्रव्यदृष्य सामाग्री प्रसारण गर्ने मोनिटर समेतको व्यवस्थापन गर्ने, सौराहको बारकोड निर्माण गरी सुचना र जानकारीमुलक सामाग्री व्यवस्थापन तथा रत्ननगरको आकासे पुल लगायत राजमार्गमा आवश्यक पर्ने स्थानमा सौराह प्रवेश संकेत भएको आकर्षक लाईट सहितको सुचना पाटीको व्यवस्था मिलाउने योजनामा समबेश गरिएको छ ।

व्यवसायी तथा संरक्षणकर्मीहरुले सौराहाको सफारी र संस्कृतिक पर्यटनको साख जोगाउने गरी काम गर्नुपर्ने बताए । सौराहाको सफारी पर्यटनलाई विर्र्सिएर चितवनको पर्यटन विकास नहुने भन्दै उनीहरुले पर्यटन कार्ययोजनामा सफारी पर्यटनलाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा क्षेत्रीय होटल संघका उपाध्यक्ष ओमप्रकास पाण्डे, रेवान सौराहाका अध्यक्ष ध्रुव गिरी, साना पर्यटन व्यवसायी समुहकी अध्यक्ष छुना रेग्मी, वर्ड एजुकेशन सोसाइटीका अध्यक्ष टीका गिरी, रत्ननगर उवासंघका बरिष्ठ उपाध्यक्ष निराजन खनाल, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङ, चित्रसेन मध्यवर्ती सामुदायिक वनका अध्यक्ष पुष्पराज श्रेष्ठ, टिकौली वनका अध्यक्ष बुद्धिसेन चौधरी, क्षेत्रीय होटल संघका पूर्व अध्यक्षहरु गिरिधारी चौधरी, शंकर सैँजू, व्यवसायीहरु ऋषि तिवारी, गोकर्ण गिरी, पुरुषोत्तम श्रेष्ठ, रामेश्वर शाह लगायतले मन्तव्य राखेका थिए ।

रत्ननगरका तीनवटा वडामा पिठुवा खानेपानीको सचेतना कार्यक्रम

उज्यालो नेपाल। रत्ननगरको वडा नं. १५ माधवपुरमा रहेको पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले रत्ननगरका तीनवटा वडामा सरसफाई सम्बन्धी सचेतना कार्यक्रम गरेको छ ।

संस्थाले आफ्नो सेवाक्षेत्र अन्तर्गतका तीनवटा वडाहरू १४,१५ र १६ का ४९ वटा टोलविकास संस्थाका झण्डै २०० जना प्रतिनिधिहरूलाई सचेतना प्रदान गरेको हो।

मंगलबार वडा नं. १६ बाट सुरु भएको सचेतना कार्यक्रम हिजो बुधवार वडा नं. १४ र आज विहिवार वडा नं. १५ मा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठले, पछिल्ला दिनहरुमा गरिएको धारा अनुगमनको क्रममा ३० प्रतिशत भन्दा बढी उपभोक्ताहरुले खानेपानीको धाराको सरसफाईमा ध्यान नदिएको पाईएको जानकारी दिए। त्यसैले खानेपानीको मिटर र धारा वरपर फोहोर पानी जमेका कारण महामारी फैलनसक्ने अवस्था देखिएकाले सचेतना कार्यक्रम गरिएको उनले बताए ।

विहीबार वडा नं . १५ मा आयोजना गरिएको कार्यक्रममा वडाध्यक्ष तथा संस्थाका पूर्व अध्यक्ष आशिक तामाङले सबै उपभोक्ता सकारात्मक भएर सरसफाई लगायत कार्यमा सहयोग नगर्ने हो भने माहामारीजन्य रोगका कारण ठूलो क्षति व्यहोर्नुपर्ने जोखिम रहेको बताए।

कार्यक्रमका सहभागीहरुलाई खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका पुर्व ईन्जिनियर तथा चितवन जिल्ला खुल्ला दिशा मुक्त क्षेत्र अभियानका संयोजक शिवराज न्यौपाने र स्वास्थ्यका लागि पानी र सरसफाई विज्ञ निशा प्रजाले सहजीकरण गरेका थिए ।

संस्थाका सचिव रुपेश तिवारीले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष तुलबहादुर रायमाझीले सहभागीहरुलाई स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

वि. सं.२०६७ सालमा स्थापना भएको संस्थाले आफ्ना ४३०० उपभोक्तालाई ११० किमी पाईपलाईन मार्फत दैनिक ३५ लाख लिटर पानी वितरण गरिरहेको छ।

बुद्ध एयरको एकाधिकार तोड्दै भरतपुरबाट उडान सुरु गर्ने श्री एयरलाइन्सको तयारी

काठमाडौं- श्री एयरलाइन्सले काठमाडौं–भरतपुर उडान भर्ने तयारी थालेको छ । कम्पनीले क्यु ४०० सिरिजको जेट इन्जिन जहाजमार्फत भरतपुरमा उडानको तयारी गरेको हो ।

भरतपुरमा परीक्षण उडानका लागि श्री एयरलाइन्सले नेपाल नागरिक उड्ययन प्राधिकरणसँग अनुमति मागेको छ । श्री एयरलाइन्सले उडान अनुमति पाएमा बुद्ध एयरको एकाधिकार तोडिने छ ।

यसैपनि बुद्ध एयरको एटीआर–४२ सिरिज फेज आउट हुने चरणमा रहेको प्राधिकरणका कर्मचारी बताउँछन् । श्री एयरलाइन्सले टर्बोप्रोपको उडानको लागि अनुमति मागेको हो ।

श्री एयरलाइन्सले नियमित रुपमा भरतपुरमा उडान भरेमा हवाईभाडा घट्ने विश्वास लिइएको छ । बुद्ध एयरले अहिले काठमाडौँ–भरतपुरको हवाई भाडा एकतर्फी चार हजार ७३९ रुपैयाँ लिने गरेको छ ।

श्री एयरलाइन्सले उडान अनुमति मागेको जहाजको क्षमता ८० सिटको हो । छोटो रनवेमा पनि अवतरण गर्न मिल्ने जहाज यस कम्पनीसँग रहेको छ ।

जहाज उत्पादन कम्पनी बम्बार्डियर एरोस्पेसले क्षेत्रीय र सर्ट हल रुट अपरेशनलक्षित क्यु ४०० सिरिजका जहाज उत्पादन गरेको हो ।

पिठुवामा खानेपानी तथा सरसफाई सम्बन्धी सचेतना कार्यक्रम

उज्यालो नेपाल। रत्ननगरको वडा नं. १६ मा खानेपानी तथा सरसफाई सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ । पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा वडा भित्र रहेका ११ वटा टोल विकास संस्थाका प्रतिनिधि र सरोकारवालाहरु गरि झन्डै ८० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठले, पछिल्ला दिनहरुमा गरिएको धारा अनुगमनको क्रममा ३० प्रतिशत भन्दा बढी उपभोक्ताहरुले खानेपानीको धाराको सरसफाईमा ध्यान नदिएको पाईएको जानकारी दिए।

खानेपानीको मिटर र धारा वरपर फोहोर पानी जमेका कारण महामारी फैलनसक्ने अवस्था देखिएकाले सचेतना  कार्यक्रम गरिएको उनले  बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष हेमराज थापाले उपभोक्ता सचेत नभए सम्म संस्थाको एकल प्रयासले मात्र धारा सरसफाई र खानेपानीमा स्वच्छता कायम गर्न कठिन हुने धारणा व्यक्त गरे ।

कार्यक्रमका सहभागीहरुलाई खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका पुर्व ईन्जिनियर तथा चितवन जिल्ला खुल्ला दिशा मुक्त क्षेत्र अभियानका संयोजक शिवराज न्यौपाने र स्वास्थ्यका लागि पानी र सरसफाई विज्ञ निशा प्रजाले सहजीकरण गरेका थिए ।

संस्थाका सचिव रुपेश तिवारीले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष तुलबहादुर रायमाझीले सहभागीहरुलाई स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाले आफ्नो सेवाक्षेत्र रत्ननगर १४,१५ र १६ का सबै टोलविकास संस्थाका प्रतिनिधिहरुलाई सचेतना प्रदान गर्ने कार्यक्रम अनुसार मंगलबार वडा नं. १६ मा कार्यक्रम आयोजना गरिएको हो । अध्यक्ष श्रेष्ठका अनुसार बुधबार वडा नं. १४ र  विहिवार वडा नं. १५ मा कार्यक्रम आयोजना गरिने छ ।

भरतपुरमा ‘एक्सपर्ट युएसए–क्यानडा हाइयर एडु कन्क्लेभ’ हुँदै

चितवन, जेठ २८– उच्च शिक्षा अध्ययनका लागि अमेरिका र क्यानडा जान चाहने विद्यार्थी लक्षित भरतपुरमा ‘एक्सपर्ट युएसए–क्यानडा हाइयर एडु कन्क्लेभ’ हुँदैछ ।

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको आयोजनामा यही जुन १२ अर्थात् जेठ ३० गते बुधबार भरतपुर–१० स्थित बेस क्याम्पसमा कार्यक्रम हुन लागेको हो ।

विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुने कार्यक्रममा अमेरिका र क्यानडाको २० भन्दा बढी विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुको सहभागिता रहने एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्ली राम अधिकारीले जानकारी दिए ।

‘कक्षा १२ वा ब्याचलर गरेर बसेका विद्यार्थीहरु पढ्नका लागि यदि अमेरिका र क्यानडा जान चाहना छ भने कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुबाट प्रत्यक्ष रुपमा परामर्श लिन सक्नेछन्, कार्यक्रममा अभिभावक तथा विद्यार्थीहरु सहभागि भएर यसको फाइदा उठाउन सक्नुहुनेछ’–प्रबन्ध निर्देशक अधिकारीले भने ।

यस कार्यक्रममा सहभागि हुने सबै विद्यार्थीहरुलाई हातखाली नजाने विभिन्न प्रकारका उपहारहरुको समेत व्यवस्था गरिएको छ । जस अन्तरगत लक्की ड्र मार्फत स्केटिङ टिकट, एक्सपर्टको लोगो अंकित विभिन्न उपहारको साथमा ड्राइभिङ, बारिष्ता र हेयर ड्रेसिङ तालिमको छुट भौचर पाउने छन् ।

एक्सपर्टले विभिन्न समयमा अष्ट्रेलिया, युके, क्यानडा, युएसए, न्यूजील्याण्डलगायतको यस्तै प्रकारको कार्यक्रम गर्दै आइरहेको छ । आगामि अगष्ट २१ मा ती सबै देशहरुको ग्राण्ड एजुकेशन फेयर हुँदैछ ।

यसबाट विद्यार्थी तथा अभिभावकहरुले सिधै कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुबाट परामर्श लिन पाइरहेका छन् ।

अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट सन् २००३ अगष्ट ८ मा स्थापना भएको हो । एक्सपर्टका हाल २० वटा देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् ।

एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ ।

एक्सपर्टले परामर्शसंगै आइइएलटिएस÷पीटीइ कक्षाहरु समेत संचालन गर्दै आइरहेको छ ।

 

चितवनमा रुखबाट लडेर एकजनाको ज्यान गयो।

चितवन । चितवनको कालिका नगरपालिकामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।

कालिका नगरपालिका ८ चिसापानीका ४५ बर्षिय लालजंग गुरुङको शुक्रबार रुखबाट लडेर मृत्यु भएको हो ।

गुरुङको उदयपुर सामुदायिक वनमा सालको रुखमा चढेर घाँस झार्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।