Home Blog Page 1321

गोलको खडेरी अनुभव गर्दै मेस्सी, गोल्डेन बुट प्रतिस्पर्धामा देखिए निकै कमजोर

सन् २०१४ यता मेस्सीले लामो समय गोलको खडेरी अनुभव गरेको यो पहिलोपटक हो।

मेस्सीले लगातार ४ खेलमा गोल गर्न सकेका छैनन्। शनिबार राति भएको खेलमा बार्साले २–१ ले गेटाफेलाई पराजित गर्दा मेस्सीले गोल गर्न सकेनन्।

६ पटकका गोल्डेन बुट र बालुन डि’ओर जितेका उनलाई गोलको खडेरीले यस सिजन यी दुवै उपाधिबाट बन्चित बनाउन सक्छ।

यस सिजन गेटाफेविरुद्धको खेल अगाडि मेस्सीले भ्यालेन्सिया, लिभान्टे रियल बेटिससँगको खेलमा गोल गर्न सकेका थिएनन्।

सन् २०१४ को जनवरीमा पनि मेस्सीले यस्तै अनुभव गरेका थिए। मेस्सीले त्यसबेला लगातार ८ खेलमा गोल गरेका थिएनन्।

यस सिजन १९ खेल खेलिसक्दा मेस्सीले मात्र १४ गोल गरेका छन्। यद्यपी मेस्सी ला लिगाका सर्वाधिक गोलकर्ता हुन्।

ला लिगामा करिम बेन्जेमाले १३ गोलसहित मेस्सीलाई पछ्याइरहेका छन्। लुइस स्वारेजको ११ गोल छ।

तर ला लिगामा सर्वाधिक गोलकर्ता भएता पनि मेस्सीले यस सिजन युरोपियन गोल्डेन बुट जित्न भने निकै संघर्ष गर्नुपर्ने देखिन्छ।

गोल्डेन बुट प्रतिस्पर्धामा मेस्सी १५ औं स्थानमा छन्। सिरि एका सिरो इमोबाइल २५ गोलसहित शीर्ष स्थानमा छन् भने यस उपाधि होडमा २२ गोलसहित रोवर्ट लिवानडोस्की दोस्रो स्थानमा छन्।

रोनाल्डो गोल्डेनबुट प्रतिस्पर्धामा २० गोलसहित तेस्रो स्थानमा छन्। एजेन्सी

आज पहाडमा मेघगर्जनसहित वर्षा र हिमाली भेगमा हिमपात हुने सम्भावना

भरतपुर महानगरद्वारा सुर्तीजन्य पदार्थ निषेध

भरतपुर महानगरपालिकाले नगरका सार्वजनिक क्षेत्रभित्र सुर्ती जन्य पदार्थ निषेध गरेको छ।

आइतबार सूचना प्रकाशित गरी महानगरले सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक सवारी साधन लगायत सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको सेवन गर्न रोक लगाएको हो।

महानगरभित्र यस्तो पदार्थको बिक्री वितरण तथा सेवन गरेको पाइएमा तत्काल कारबाही गर्ने महानगरले चेतावनी दिएको छ।

हेराैं सूचनामा के भनिएकाे छ:

notice 1

डोटीमा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, तीनजना घाइते

मुनाको हत्या गर्नुअघि सीसीटीभीतिर फर्केर किन टोलाएका थिए विजय?

सानेपामा गत साता भएको मुना कार्कीको हत्या र विजय चौधरीको आत्महत्या घटनामा अनुसन्धान गरिरहेको प्रहरीले विजय असामान्य मानसिक अवस्थामा रहेको हुन सक्ने केही आधार फेला पारेको छ।

विजयले नै मुनाको हत्या गरी आफूले आत्महत्या गरेको प्रहरीले बताउँदै आएको छ। यो अपराधमा विजयको मनसाय के थियो भन्ने बारे प्रहरीले एक सातापछि पनि खुलाउन सकेको छैन।

माघ २७ गते सोमबार बिहान पूर्वसचिव अर्जुन कार्की पशुपति गएका बेला बिहान ९ देखि साढे ११ बजेबीच उनको घर सानेपामा सो घटना भएको थियो। प्रहरीले मुना कार्कीको घरमा रहेको सीसीटीभी फुटेजको अध्ययनबाट विजयले घटनाअघि असामान्य गतिविधि देखाएको पाइएको बताएको छ।

अनुसन्धानबाट पछिल्लो समय त्यो दिन बिहानैदेखि विजयको व्यवहार फरक देखिएको पाइएको घटनाको अनुसन्धान गरिरहेका महानगरीय प्रहरी परिसर जावालाखेलका प्रमुख एसएसपी टेकप्रसाद राईले बताए।

‘हामीले कार्कीको घरमा जोडिएका चारवटै सीसीटीभी फुटेज अध्ययन गर्दा घटना घटेको बिहान चौधरी झण्डै २ मिनेट घरबाहिर आएर सीसीटीभीतिरै फर्किएर एकोहोरो टोलाएको देखिएको छ,’ एसएसपी राईले भने, ‘केही नभएको व्यक्ति त्यसरी एकोहोरो टोलाउँदैन।’

घटना हुनुभन्दा अघिका १२ घण्टाका दृश्य हेरेर प्रहरीले विश्लेषण गरेको राईले बताए।

‘मुना कार्कीको हत्या गर्नुअघि सो घरमा के कस्ता गतिविधि भएका थिए भनेर हामीले सीसीटीभी फुटेज हेरेका थियौँ, १२ घण्टाको सबै गतिविधि नियाल्दा विजय बेचैन जस्तो देखिएको छ,’ राईले नेपालखबरसँग भने, ‘संभवतः कोही नभएको मौका छोपेरै उसले मुनाको हत्या गरेर आफूले पनि सुसाइड गरेको हुनसक्छ।’

घटना घटाउनुपर्ने अन्य कारण फेला नपरेको अवस्थामा यही दृश्य पनि महत्वपूर्ण ‘क्लु’ बन्न सक्छ कि भनेर प्रहरीले अध्ययन गरिरहेको छ। घटनाको रहस्या खोज्न आफूहरुले नयाँ ढंगले अध्ययन गरिरहेको एसएसपी राईले बताए।

‘कहिलेकाहीँ घटनालाई सानो कुराले पनि अल्झाएको हुन्छ, त्यही भएर हामीले सबै पक्षलाई मसिनो रुपमा केलाइरहेका छौं,’ उनले भने।

घटना घटेको ७ दिन बितिसकेको छ। तर, हत्याको चित्तबुझ्दो कारण पेस गर्न प्रहरीले सकेको छैन।

मोबाइल डाटा मागियो, फेसबुकलाई पत्राचार
प्रहरीले विजय र मुनाले प्रयोग गरेको मोबाइलमा रहेका सबै सामाग्री अध्ययन गर्न फरेन्सिक ल्याब पठाएको छ। जसको रिपोर्ट सोमबारसम्म आउन सक्ने एसएसपी राईले बताए।

‘घटना घटेको केहीबेरमै हामीले दुवैजनाले प्रयोग गरेका मोबाइललाई सुरक्षित रुपमा फरेन्सिक ल्याबमा पठाएका थियौं, भोलि (सोमबार) त्यसको रिपोर्ट आउँछ त्यसपछि केही तथ्य खुल्नसक्छ,’ राईले भने।

त्यसबाहेक प्रहरीले नेपाल टेलिकम र एनसेलसँग पनि उनीहरुले प्रयोग गरेको सिममा भएका गतिविधिबारेको जानकारी माग गरेको छ।

‘एक महिनाअघिदेखिको सबै विवरण माग गरेका छौं, त्यसमा कोसँग के कस्ता कुराहरु भएका थिए भन्ने खुल्न सक्छन्,’ राईले थपे।

विजय चौधरीले फेसबुक पनि चलाउने गरेका रहेछन्। सामाजिक सञ्जालमा उनको गतिविधि पनि प्रहरीले अध्ययन गरिरहेको छ।

‘विजयको फेसबुक पेजमा रहेका सबै कन्टेन्ट हेरेपछि फेसबुकलाई इमेल पठाइएका छौं’, एसएसपी राईले भने, ‘उनले फेसबुक चलाउने गरेका रहेछन्, त्यसमा के कस्ता कुरा भएका थिए भन्ने बारेमा हामी अध्ययन गर्नछौं।’

कार्की परिवारमा घरेलु कामदारका रुपमा कार्यरत विजयलाई कहीँ कतैबाट धम्की आएनआएको बारे पनि प्रहरीले अध्ययन गरिरहेको छ।

यतिबेला हत्याको रहस्य सल्ट्याउन अनुसन्धानको दायरालाई फराकिलो बनाउनुको विकल्प प्रहरीसँग नभएको एसएसपी राईको भनाइ छ।

यो पनि
सीसीटीभी फुटेज हेरेपछि बोल्नै सकेनन् विजयका बाबु
छोराको मृत्युको कारण खोज्न काठमाडौं आइपुगे विजयका बाबु
पूर्वसचिव कार्कीको विलापः मुना तिमी किन चिच्याइनौ?

 

एकीकृत कारोबार गर्दै ‘लक्ष्मी सनराइज बैङ्क लिमिटेड’

यात्रुसँग बढी भाडा लिने ६२ ट्याक्सी चालक कारबाहीमा

ट्राफिक प्रहरीले यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने ६२ जना ट्याक्सी चालकहरु कारबाही गरेको छ।

ट्राफिक प्रहरी महाशाखाले दैनिक गर्दै आएको अनुगमनका क्रममा आइतबार सो कारबाही गरेको हो ।

यसैबीच ट्राफिक प्रहरीको सकृयतामा हराएको मोबाईल फोन फेला पारी पीडितलाई हस्तान्तरण गरिएको छ ।शनिबार सामाखुशीदेखि पुल्चोकसम्म जाँदा सेवक तामाङको बा१ज ८०२ नम्बरको ट्याक्सीमा छुटेको मोबाइल खोजतलास शाखाले खोजतला गरी आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।

यता, ट्राफिक प्रहरीले महानगरपालिका र भृकुटीमण्डपमा सचेतनामूलक कार्यक्रम गरेको छ। आइतबार महानगरपालिकाका सह–सचिव राजेश्वर ज्ञावाली, हरि कुवँर र ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक राजकुमार बैदवारको उपस्थितिमा सांगितिक टोली सहित कर्मचारीहरु तथा सर्वसाधारणहरुलाई सचेतनामूलक कार्यक्रम गरिएको हो।

यस्तै, भृकुटीमण्डपमा सञ्चालित क्यान ईन्फोटेक प्रदर्शनीमा भ्रमण गर्ने सर्वसाधारणहरुलाई समेत सचेतनामूलक कार्यक्रम गरिएको महाशाखाले जनाएको छ ।

५५अरबका लागि राष्ट्रघाती सम्झौता हुदैन : दाहाल

चेक रिपब्लिकद्वारा नाला गुम्बालाई एम्बुलेन्स सहयोग

चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको छ। नेपालका लागि चेक रिपब्लिकका राजदूत मिलान होभोर्काले शुक्रबार एक समारोहबीच फाउन्डेसनका प्रतिनिधिलाई एम्बुलेन्स र मालबाहक गाडीको साँचो हस्तान्तरण गरे।

एम्बुलेन्समा आपतकालीन अवस्थामा काम लाग्ने अत्याधुनिक चिकित्सकीय उपकरणहरु समेत जडान गरिएको छ। चेक रिपब्लिकले स्पाइन बोर्ड, भ्याक्युम म्याट्रेस, अक्सिमिटर, आईभी लाइन, ट्रान्सपोर्ट स्ट्रेचर, अक्सिजन सिलिन्डर, सर्जिकल सेट, इक्ज्यामिनेसन बेड, मेच र प्राइभेसी बुथ लगायतका सामग्री हस्तान्तरण गरेको हो। सो अवसरमा नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत विष्णुकुमार अग्रवालको पनि उपस्थिति थियाे ।

‘यो क्षेत्रमा आवश्यक रहेको एम्बुलेन्स उपलब्ध गराउन पाउँदा हामी खुसी छौं। हामीलाई आशा छ, यो एम्बुलेन्सले नाला क्षेत्रका बासिन्दलाई समयमै अस्पताल पुग्न मद्दत गर्नेछ,’ हस्तान्तरण कार्यक्रममा राजदूत मिलान होभोर्काले भने, ‘यो हाम्रो सानै सहयोगले नेपाल र चेक रिपब्लिक र यहाँका जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरेका छौं।’

त्यसैगरी, धाग्पो शिडरब लिङ फाउन्डेसनका प्रतिनिधि लेक्शे घलले सहयोग र साझेदारीका लागि चेक रिपब्लिकका जनता, चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसन र चिकित्सकीय क्षेत्रमा काम गर्ने चेक संस्था मेडेभ्याकप्रति कृतज्ञता प्रकट गरे। ‘एम्बुलेन्सलाई गुम्बाका विद्यार्थी मात्र होइन, नालामा बसोबास गर्ने जोसुकै बिरामीलाई अस्पताल पु¥याउन प्रयोग गरिनेछ।’ उनले भने।

नाला क्षेत्र सुविधासम्पन्न अस्पताल भएको काठमाडौं र धुलिखेल दुवै स्थानबाट करिब २० किलोमिटर टाढा पर्छ। यहाँबाट सार्वजनिक यातायातमा सुविधासम्पन्न अस्पतालमा पुग्न करिब दुई घन्टा लाग्छ जसले गर्दा बिरामीको ज्यान जाने जोखिम रहन्छ।

चेक रिपब्लिकले नयाँ एम्बुलेन्सले बिरामीलाई राम्रो अस्पतालमा समयमै पुर्‍याउन सहयोग गर्ने अपेक्षा गरेको छ। नेपाल र नेपालीको जीवनस्तर अभिवृद्धि गर्न चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले विभिन्न परियोजनाहरु संचालन गर्दै आएको छ। यो संस्थाले विशेषगरी, शिक्षा, स्वास्थ्य, सरसफाई र खानेपानीको क्षेत्रमा काम गर्दै आएको छ।

तनहुँको दमौली अस्पतालमा निःशुल्क डायलासिस सेवा शुरु

प्रस्तावित गण्डकी विश्वविद्यालयको कुलपतिमा गणेशमान

प्रस्तावित गण्डकी विश्वविद्यालयको कुलपतिमा प्राध्यापक डाक्टर गणेशमान गुरुङ चयन भएका छन्। आइतबार कुलपतिको सपथ लिएपछि उनले कुनै उच्च राजनीतिक पदमा नबसेरै पहिलो विश्वविद्यालयको कुलपति बन्ने इतिहास पनि बनाएका छन्।

अहिले नेपालमा भएका सबै विश्वविद्यालयहरुको कुलपति प्रधानमन्त्री रहने व्यवस्था छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलले विश्वविद्यालय विशुद्ध प्राज्ञिक र अनुसन्धानकर्ताहरुको मात्रै हुनुपर्ने बताउँदै त्यसको कुलपति राजनैतिक व्यक्तिलाई नबनाउने निर्णय गरेसँगै गणेशमानको लागि कुलपति बन्ने ढोका खुलेको हो।

यद्यपी, गणेशमान दोश्रो संविधानसभा निर्वाचनमा तत्कालीन एमालेबाट समानुपातिक कोटामा संविधानसभा सदस्य हुन्। गण्डकी विश्वविद्यालयको स्थापना, सञ्चालन र व्यवस्थापन गर्न बनेको विधेयकको दफा २३ ले कुलपतिको व्यवस्था गरेको छ। उक्त दफाअनुसार कुलपति हुनको लागि विद्यावारिधी उपाधि हासिल गरि प्राज्ञिक–प्रशासनिक–व्यवस्थापनको क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव हासिल गरेको योग्यता आवश्यक पर्दछ।

उमेरले ४५ वर्ष पार गरेको व्यक्ति कुलपति हुन सक्नेछ। यी सबै प्रावधान गणेशमानले पूरा गरेका छन्। यो पटक मुख्यमन्त्रीले गणेशमानलाई नियुक्त गरेपनि अबका दिनमा भने न्यायिक परिषदले नै कुलपति नियुक्त गर्नेछ।

गुरुङले प्रा.डा. हेमराज सुवेदी र प्रा.डा. वासुदेव काफ्लेलाई उछिनेर यो पद पाएका हुन्। कुलपतिको ११ जनाले रोस्टरमा नाम चढाएका थिए। तीमध्ये सामाजिक विकास मन्त्री नरदेवी पुनमगरको संयोजकत्वमा योजना आयोगका उपाध्यक्ष डा. गिरधारी शर्मा र प्रमुख सचिव हरिप्रसाद बस्यालको समितिले गुरुङलाई कुलपति सिफारिस गरेको थियो। उनी समाजशास्त्रको प्राध्यापक हुन्।

विश्वविद्यालयको लागि तनहुँको शुक्लागण्डकी नगरपालिकाको बेलचौताराको जग्गा छानिएको छ। सो जग्गा संघीय सरकारले प्रदेश सरकारलाई दिइसकेको भने छैन। यो वर्ष विश्वविद्यालयको लागि प्रदेश सरकारले करिब १० करोड रुपैयाँ मात्रै विनियोजन गरेको छ। विश्वविद्यालयको लागत भने करिब ८ अर्बको छ।

भ्रष्टाचारका दोषीलाई छाड्न हुन्नः पूर्व प्रधानमन्त्री नेपाल

मुलुक उच्च आर्थिक वृद्धिदर भएका १० देशको सूचीमा : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक उच्च आर्थिक वृद्धिदर भएका १० देशहरूको सूचीमा परेको बताएका छन् । शनिबार संसद्मा सम्बोधन गरेको सरकारका दुईवर्षे समीक्षात्मक उपलब्धिबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले मुलुक उच्च आर्थिक वृद्धिदर भएका संसारका १० मुलुकहरूको सूचीमा परेको दाबी गरे ।

संसारभरका विकासमूलक देशहरूको
तुलनामा नेपाल
अलि गरिब
र पछाडि
रहेको सुनिए
पनि अहिले
यथार्थमा त्यस्तो
नभएको समेत
दाबी गरे
। तर,
नेपाल विश्वमा
तीव्र आर्थिक
विकास गरिरहेका
मुलुकमा परेको
छ भन्दै
उनले यस्तो
सूचकले विकासको
आशा देखाएको
बताए ।

गणतन्त्र स्थापनापछिको एक
दशकसम्म मुलुकको
आर्थिक वृद्धिदर
४ प्रतिशत
बराबर मात्रै
भएको स्मरण
गर्दै उनले
कुनै वर्ष
त मुलुकको
आर्थिक वृद्धिदर
०.७
प्रतिशत बराबर
मात्रै भएको
र पछिल्लो
तीन वर्ष
लगातार ६.५ प्रतिशतभन्दा
माथिको आर्थिक
वृद्धिदर हासिल
गरिरहेको दाबी
गरे ।

विगत तीन वर्षदेखि
कुनै अपनि
प्रदेशमा आर्थिक
वृद्धिदर ६
प्रतिशतभन्दा न्यून छैन, यी दुई
वर्षमा प्रतिव्यक्ति
कूल राष्ट्रिय
आम्दानी १८
प्रतिशतभन्दा माथिले बढेको छ भन्दै
उनले विगत
२० वर्षमा
मुलुकको औसत
आर्थिक वृद्धिदर
४ प्रतिशत
बराबर मात्रै
थियो ।
प्रत्येक वर्ष
बढिरहेको आर्थिक
वृद्धिदरले गरिबीको रेखामुनि रहेको जनसंख्याको
अनुपात घटाएको
समेत दाबी
गरे ।

यसैगरी, २० वर्षअघि
४२ प्रतिशत
निरपेक्ष गरिबीको
रेखामुनि रहेका
जनसंख्या रहेकोमा
अहिले त्यसलाई
घटाएर १६
प्रतिशतमा झारेको जानकारी गराउँदै उनले
अब सरकार
गरिबी निवारण
मात्र होइन,
उन्मूलन नै
गर्नेगरी अघि
बढेको बताए
। अहिले
प्रदेशको आर्थिक
वृद्धिदर समानस्तरको
जानकारी गराउँदै
उनले जनता
आवास तथा
सुरक्षित श्रमिक
कार्यक्रम, श्रमिकहरूको ज्यालामा भएको वृद्धि,
स्वास्थ्य बिमा र सामाजिक सुरक्षा
कार्यक्रमको विस्तारले न्यून आय भएका
जनतालाई थप
राहत दिएको
बताए ।

यसैगरी, उनले आर्थिक
वृद्धिदरमा आएको सुधारसँगै प्रत्येक वर्ष
गरिबीको रेखामुनि
रहने प्रतिशत,
जनसंख्याको १.५ बिन्दुले घटेको
बताए ।
प्रधानमन्त्री ओलीले संसद्मा प्रस्तुत गरेको
सरकारको दुईवर्षे
समीक्षाअनुसार आर्थिक वर्ष २०४७ सालतिर
निरपेक्ष गरिबीको
रेखामुनि रहनेको
संख्या, कुल
जनसंख्याको ४२ प्रतिशत थियो ।
संख्यामा बोल्ने
हो भने
करिब ८०
लाख जनसंख्या
गरिबीको रेखामुनि
थिए ।
आर्थिक वर्ष
२०७६ को
अन्त्यतिर जनसंख्याको १६.५ प्रतिशत
अर्थात् करिब
४८ लाख
गरिबीको रेखामुनि
रहने अनुमान
छ ।

यस अवधिमा बैंकहरूका
शाखा ९
हजार ३
सय ९४
पुगेका छन्
। यसरी
बैंकिङ सेवाको
विस्तार, यस
२ वर्षको
अवधिमा ४१
प्रतिशतभन्दा माथि भएको छ । ७ सय ५३ मध्ये
स्थापना हुन
बाँकी आठ
स्थानीय तहमा
पनि चाँडै
नै वाणिज्य
बैंकका शाखा
स्थापित हुँदै
छन् ।
समीक्षात्मक दुई वर्षको अवधिमा सरकारले
शुभारम्भ गरेको
खोलौं बैक
खाता एउटा
सफल अभियान
बनेको प्रधानमन्त्री
ओलीको दाबी
छ ।
खोलौं बैक
खाता अभियान
अन्तर्गत डेढ
लाख बढी
नयाँ खाता
थएिका छन्
। बिमाको
पहुँच दोब्बर
भएको छ
। यसलाई
शतप्रतिशत नागरिकसम्म विस्तार गर्ने लक्षका
साथ र
कार्यक्रम कार्यान्वयन भइरहेको छ ।

यसैगरी, प्रधानमन्त्री ओलीले यो सरकारले करको दर होइन, दायरा बढाउने सोंच अघि बढाइएको दाबी गरे । उनले दुई वर्षमा ३० प्रतिशतले व्यावसायिक कर–प्रमाणपत्र लिनेको संख्या बढेको बताए । राजस्व र करबाट राष्ट्रिय ढुकुटी बलियो हुँदा मात्रै सरकारले जनहित, सामाजिक सुरक्षा र लोक कल्याणकारी लोकप्रिय काम गर्ने सामथ्र्य बढाउँदै लैजान सक्ने उनको भनाइ थियो । कर प्रशासनलाई थप प्रभावकारी बनाउन सरकारले वडा तहदेखि गाउँ र नगरपालिका, प्रदेश र केन्द्रसम्म निर्वाचित जनप्रतिनिधिले जवाफदेही र जिम्मेवारीबोधका साथ कार्यसम्पादन गरिरहेको भन्दै उनले प्रत्यक्ष लोकतन्त्रको अभ्यासमा सरकार रहेको बताए ।

विदेशी तथा आन्तरिक
लगानी प्रतिबद्धतामा
उत्साहप्रद वृद्धि हुँदै गएको बताएको
सरकारले चालू
आवमा मात्र
करिब २
खर्बको लगानी
प्रतिबद्धता थपिएको जानकारी दिएको छ
। लगानी
बोर्डले गत
डेढ वर्षमा
३ सय
२३ अर्ब
बराबरको वैदेशिक
लगानी स्वीकृत
गरेको प्रधानमन्त्री
ओलीको

दाबी छ ।

The post मुलुक उच्च आर्थिक वृद्धिदर भएका १० देशको सूचीमा : प्रधानमन्त्री appeared first on Rajdhani Daily News.

सवारीको ठक्करबाट दुई हरीणको मृत्यु

तेस्रो मुलुकमा विद्युत् निर्यात गर्ने आधार तयार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको बिजुली भारत हुँदै तेस्रो मुलुकमा निर्यात गर्न आधार तयार भएको बताएका छन् । आफूले सत्ता सञ्चालन गरेको दुईवर्षमा जलविद्युत् क्षेत्रमा विकासको आधार खडा गरेको उनले बताएका हुन् ।

विद्युत उत्पादन सुरु
गरेको झन्डै
सय वर्षसम्म
पनि ५
सय मेगावाटमै
सीमित रहेको
विद्युत् उत्पादन
हाल १
हजार २८६.६१ मेगावाट
राष्ट्रिय प्रसारण लाइनमा जोडिएको बताएका
छन् ।
उनले भने,
‘जलस्रोतमा धनी तथा दक्षिण एसियामा
बिजुली उत्पादन
गर्ने पहिलो
मुलुक हुँदाहुँदै
पनि केही
समयअघिसम्म हामी दिनको १८ घण्टासम्म
लोडसेडिङ भोग्न
बाध्य थियौं
।’ अहिले
लोडसेडिङको पूर्ण अन्त्य मात्र होइन,
भारतमा विद्युत्
बिक्री गर्न
थालिएको बताएका
छन् ।
निकट भविष्यमा
नेपाली बिजुली
भारत हुँदै
तेस्रो मुलुकतिर
निर्यात गर्न
आधार तयार
भएको बताए

प्रधानमन्त्री ओलीले भने,
‘बिजुलीको पर्याप्त उपलब्धता भएसँगै ८८
प्रतिशत जनसंख्यामा
विद्युत्को पहुँच र प्रतिव्यक्ति विद्युत्
खपत २
सय ४५
किलोवाट घण्टा
पुगेको छ
।’ २२.९ प्रतिशतमा
रहेको विद्युत्
चुहावटलाई १५.५ प्रतिशतमा झारिएको
छ ।
दियालो÷दियो
हुँदै मट्टितेलको
प्रयोगबाट बल्ने बत्तीको युग अब
सदाका लागि
अन्त्य हुन
लागेको ओलीले
बताए ।

जलविद्युत् आयोजनासँगै प्रसारणलाइन
निर्माण तीव्र
गतिमा अघि
बढाएको प्रधानमन्त्री
ओलीले बताए
। यसअन्र्तगत
गल्छी–रसुवागढी–केरुङ ४
सय केभी
क्षमताको अन्तरदेशीय
विद्युत् प्रसारण
लाइन निर्माणको
प्रक्रिया सुरु भएको छ । प्रसारण लाइन
निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण
र स्टेट
ग्रिड कर्पोरेसन
चाइनाबीच सम्झौता
भएर आआफ्नो
भूभागमा पर्ने
खण्डको सर्भेक्षण
कार्य सुरु
गरिएको छ

तेस्रो मुलुकमा विद्यु्त व्यापारका लागि नेपाल–भारत सीमादेखि भारतको गोरखपुरसम्मको १ सय २० किलोमिटर लम्बाइको ४ सय केभी अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माण गर्ने सहमति भएको छ । प्रसारण लाइन नेपाल विद्युत् प्राधिकरण र भारतको पावरग्रिड कर्पोरेसन अफ इन्डिया लिमिटेडको ५०–५० प्रतिशत सेयर पुँजी रहनेगरी संयुक्त स्वामित्वको कम्पनी स्थापना गर्न दुई देशबीच सहमति भएको ओलीले बताए । उनले भने, ‘यसबाट नेपालमा उत्पादित विद्युत् भारत र बंगलादेश तथा अन्य मुलुकमा गर्न सकिनेछ, भने नेपाल र चीनबीच पनि ऊर्जा सहमति र सहकार्यको सम्झौता सम्पन्न भएको छ ।’

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनको भारतका प्रधानमन्त्रीसँग संयुक्त रूपमा उद्घाटन गरेर सञ्चालनमा आएपछि विद्युत् आयात निर्यातको ढोका खुलिसकेको प्रधानमन्त्री ओलीले बताए । साथै, एमसीसी कम्प्याक्टअन्तर्गत लप्सेफेदी–रातामाटे–दमौली–हेडौंडा–पाल्पा–बुटवल र गोरखपुरसम्म अन्तरदेशीय विद्युत् प्रसारण लाइन र आवश्यक सबस्टेसन निर्माणको कार्य सम्पन्न गर्ने योजना दीर्घकालीन महŒवको मात्र नभएर नेपालको अपार जलविद्युत् सामथ्र्य उपयोगमा कोसेढुंगा साबित हुने ओलीले दाबी गरेका छन् ।

The post तेस्रो मुलुकमा विद्युत् निर्यात गर्ने आधार तयार appeared first on Rajdhani Daily News.

हराउँदै दैलेखको चिनो

खाद्यान्न उत्पादनमा वृद्धि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दुई वर्षे कार्यकालमा खाद्यान्न उत्पादनमा उल्लेखनीय वृद्धि भएको बताएको छन् । शनिबार सं‌घीय संसद्‌मा आफ्नो दुई वर्षे कार्यकालमा भएका उपलब्धि र प्रगतिको प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री ओलीले सिँचाइ सुविधामा विस्तार भई र कृषि मल अनुदानले खाद्यान्‍न उत्पादन उल्लेखनीय रूपमा वृद्धि भएको बादी गरेका छन् ।

प्रधानीमन्त्री ओली भने ‘दुई वर्षमा दूधको उत्पादन उत्साहजनक छ । अण्डा तथा माछामासुको उत्पादनमा मुलुक आत्मनिर्भर भएको अवस्था छ । विदेशी तथा आन्तरिक लगानी प्रतिबद्धतामा उत्साहप्रद वृद्धि हुँदै गएको छ ।’ प्रधानीमन्त्री ओलीले भने, ‘चालू वर्षमा मात्र झन्डै २ खर्ब रुपैयाँको लगानी प्रतिबद्धता थपिएको छ । लगानी बोर्डले गत डेढ वर्षमा ३ खर्ब २३ अर्ब बराबरको वैदेशिक लगानी स्वीकृत गरेको छ ।

निर्यात २६.१ प्रतिशतले वृद्धि भएको छ भने आयात ४ प्रतिशतले घटेको छ । कुल व्यापार घाटा ६.१ प्रतिशतले घटेको छ । नेपालको व्यापार विविधिकरणमा उल्लेखनीय सुधार आएको छ । पहिले भारतसित ६८ प्रतिशत र बाँकी अरू देशसित ३२ प्रतिशत मात्रै हुन्थ्यो भने अहिले ती देशहरूसित ४० प्रतिशतभन्दा बढी हुन पुगेको छ ।’

उपलब्धि र प्रगतिको प्रस्तुत गर्दै ओलीले विगत २४ वर्षदेखि चर्चामा मात्रै रहेको मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन, भारतको औपचारिक भ्रमणको समयमा मैले त्यहाँका प्रधानमन्त्रीसँग संयुक्त रूपमा शिल्यान्यास गरेको १७ महिनामै सम्पन्न भएको बताए । त्यसैगरी, प्रधानमन्त्री ओलीले भने, ‘सरकारी सम्पत्ति फिर्ता ल्याउन सरकारले चलाएको कारबाहीअन्तर्गत विभिन्न ठाउँका जमिनहरू फिर्ता लिने अभियान नै चलाइएको छ ।

सिरहाको २१ बिघा, सर्लाहीको २ सय ३४ बिघा र बर्दियाको ४६ बिघा जग्गा यस प्रसंगमा उल्लेखनीय छन् । माथिल्लो त्रिशूली–१ जलविद्युत् परियोजनाको पहुँचमार्गका लागि सरकारले भोगाधिकार दिएको जग्गामा मैले सत्ताको जिम्मेवारी लिनु केही दिनअघि मात्र नक्कली मोही खडा गरी तिनका नाममा दर्ता गरिएको १ सय १० रोपनी जग्गा हालै खारेज गरी फिर्ता गराइएको छ ।

The post खाद्यान्न उत्पादनमा वृद्धि appeared first on Rajdhani Daily News.

काँग्रेसले तोक्यो १३ केन्द्रीय विभागका प्रमुख

इराकमा रहेको अमेरिकी दूवातावमा हवाई हमला, इरान समर्थित समूहको गरेकाे अमेरिकाकाे दाबी

एजेन्सी, ४ फागुन । इराकमा रहेको अमेरिकी दूवातावमा हवाई हमला भएको छ । आइतबार बिहानै केही रकेट प्रहार भएको अमेरिकी सैन्य स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले खबर दिएको छ। आक्रमणका कारण कति क्षति भयो र कति रकेट प्रहार गरिएको थियो भन्नेबारेस्पष्ट भएको छैन । आक्रमण कसले गरेको भन्ने पुष्टि भएको छैन । अमेरिकाले भने […]

पाल्पा चिनाउन २२ लाख लागतमा पोखरामा डिजिटल स्क्रिन