Home Blog Page 1322

‘मिस मार्टिना २०२०’ को ताज दीपा क्षेत्रीलाई

इटहरी / मिस मार्टिना २०२० को उपाधि दीपा क्षेत्रीले जितेकी छन् । इटहरीमा आयोजना भएको प्रतियाेगितामा १३ जनालाई पछाडि पर्दै क्षेत्रीले ताज पहिरेकी हुन् । मार्टिना मेकअप स्टुडियो एण्ड ट्रेनिङ सेन्टरको आयोजनामा भएको प्रतियाेगितामा उनले मिस मार्टिना २०२० को उपाधि सँगै १० लाख बराबरको जीवन बिमा, ५० हजार नगद लगायतका उपहार प्राप्त गरेकी छन् ।

त्यसै गरी फस्ट रनअप अनुसा शर्मा भइन् भने सेकेन्ड रनअपकाे उपाधि अञ्जली बिशकर्माले हात पारिन् । फस्ट र सेकेन्ड रनअपले क्रमश २० हजार र १५ हजार नगद, ५ लाख बराबरको जीवन बिमा लगायत अन्य आकर्षक उपहारहरू प्राप्त गरेका थिए ।

The post ‘मिस मार्टिना २०२०’ को ताज दीपा क्षेत्रीलाई appeared first on Purbeli News.

विप्लव समूहका भक्तपुर जिल्ला सेक्रेटरीसहित दुई नेता समातिए

सेवामूलक काममा पनि ध्यान देऊ

आमजनतामाझ गुनासो र आलोचना व्यापक बन्दै गर्दा वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले आफूले गरेका दुई वर्षका कामकार्यको उपलब्धि सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका उक्त उपलब्धिमा यातायात सिन्डिकेटको अन्त्य, तस्करमाथि कारबाही, विकास निर्माणमा द्रुतता, सार्वजनिक खर्चमा मितव्ययीता, राजमार्ग र सडक सुरक्षामा प्रभावकारिता, अध्यागमनमा नयाँ प्रणाली लागू, पेट्रोलियम चुहावटमा रोक, सामाजिक सुरक्षा भत्ता वितरणमा पारदर्शिता, औचित्यहीन भ्रमणमा नियन्त्रण र प्राथमिकताका आधारमा वैदेशिकसम्बन्ध राखिएको छ ।

थप उपलब्धिका रूपमा सडक रेल पूर्वाधार निर्माणमा तीव्रता, शिक्षामा दूरगामी महŒवका काम, पुनर्निर्माणमा नतिजामुखी काम, सामाजिक सुरक्षा कडाइ, फलाम खानी अन्वेषणमा तीव्रता र अन्तर्राष्ट्रिय र प्रदेशस्तरीय रंगशाला निर्माण तयारी आदिलाई प्राथमिकताका साथ उल्लेख गरिएको छ । यी उपलब्धि सरकारले अघि सारेको विकास र समृद्धिसँग जोडिएको कुरामा पनि जोड दिइएको छ । सरकारले अघि सारेका उपलब्धि केही कार्यनीतिगत कार्यक्रम र केही रणनीतिक कार्यक्रमसँग प्रत्यक्ष जोडिएका छन् । तथापि, सरकारले प्रस्तुत गरी दाबी गरेको तथ्यांक र जनताले प्रत्यक्ष अनुभूत गरेका कुराका बीचमा केही बेमेल देखापरेका छन् ।

राष्ट्रिय गौरवका आयोजनासँग जोडिएका रणनीतिक तथा दीर्घकालीन योजना आशा पलाउने र भविष्य देखाउने योजना त हुन् । तर ती योजना तत्काल जनताका लागि राहत तथा सेवा प्रदान गर्ने योजना होइनन् । जनताले आफ्ना जीवीकोपार्जनमुखी समस्यालाई सम्बोधन गर्ने गरी सरकारले योजना तथा कार्यक्रम ल्याओस् भन्ने चाहन्छन् । यो भनेको सरकारका नीति तथा योजना दैनिक आइपरेका समस्यालाई हल गर्न सहयोग गर्दै जनतालाई साथ दिऊन् भन्ने पनि हो । जनता अभावमा छन्, समस्यामा छन् र पीडा तथा अन्योलमा छन् । तर, शासक भने विशिष्ट सेवा, सुविधा र सापेक्ष सन्तुष्टिको अवस्थामा छन् । यो नेपाली समाजमा वर्गीय भिन्नताले सिर्जना गरेको बेमेल हो । यही कुरा शासकले निकै कम बुझ्ने गर्दछन् । हामी पनि कम्युनिस्ट हौं, समान छौं भनेर हुँदैन ।

सेवा, सुविधा र अधिकार तथा मुख्तियारीका हिसाबले सत्तासिन नेताहरू शासकको हैसियतमा छन् । उनीहरू जनताभन्दा भिन्न छन्, उनीहरूलाई शासनसत्ताका वरिपरि रहेका ‘क्रिमी लेयर’ ले घेरेर राखेका छन् । निकै गुलिया र चिप्ला कुरामा भुलाएर राखेका छन् । त्यसैले यी शासक जनताबाट कटेका, अव्यावहारिक, कागजी र कानुनी बन्दै गएका हुन्छन् । यो समस्यालाई शासकले बोध गर्नुपर्छ । यो हेर्दा निकै सामान्य बिन्दु हो, तर यहीबाट सुरु हुन्छ, जनपक्षधर वा जनविरोधी कार्य । चाहनाले मात्र कुनै पनि कुरा राम्रो वा असल हुन्छ भन्ने हुँदैन ।

त्यसैले, सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा केवल आकर्षण र मिठासका लागि मात्र होइन, बरु यसको व्यावहारिक कार्यान्वयनका लागि हो । समृद्धि एकै दिनमा वा एकैपटक आउने कुरा होइन, यो लगानीको प्रतिफल भएकाले मात्रात्मक हुँदै गुणात्मकतामा विकास हुने कुरा हो । त्यसैले, सुशासन, आर्थिक विकास, राजनीतिक स्थायित्व, दिगो शान्ति, राष्ट्रिय एकता, अखण्डता, स्वाधीनता, स्वाभिमानसँग यी कुरा जोडिएर अभिव्यक्त भएको र जनताले यी कुरालाई महसुस गरेको हुनुपर्छ ।

विकासका कामसँगै सरकारले सेवाप्रवाहका काममा पनि उत्तिकै गति दिनु जरुरी छ । यसका लागि संघीय, प्रादेशिक तथा स्थानीय सरकारका बीचमा समन्वयात्मक र प्रभावकारी भूमिका कायम हुनु जरुरी छ । तीनै तहबाट सेवामूलक काम पनि जनताले अनुभूत गर्नेगरी प्रवाह गरिनु जरुरी छ ।

The post सेवामूलक काममा पनि ध्यान देऊ appeared first on Rajdhani Daily News.

कांग्रेस १३ केन्द्रीय विभागमा प्रमुख मनोनयन

बार सिंगरका रूपमा अभिनेत्री रेखा

बार सिंगरका रूपमा
अभिनेत्री रेखा

राजधानी समाचारदाता

काठमाडौं। अभिनेत्री रेखा
थापा गायिका
पनि हुन्
। उनी
एउटा चलचित्रमा
बार सिंगरका
रूपमा प्रस्तुत
भएकी छन्
। यही
३० फागुनबाट
रिलिज हुने
लचचित्र ‘नीरफूल’मा उनी
बार सिंगरका
रूपमा प्रस्तुत
भएकी हुन्

यो चलचित्रमा उनले
बार सिंगर
भएर रेस्टुरेन्टमा
‘तिमी बदनामी…’
गीत गाएकी
छन् ।
प्रणय दिवसको
अवसर पारेर
यो गीतको
भिडियो शुक्रबार
रिलिज गरिएको
हो ।
यो चलचित्रलाई
सञ्चारकर्मी फूलमान बलले निर्देशन 
गरेका हुन् ।

तिमी बदनामी गीतमा
गायिका दुर्गा
खरेलको स्वर
रहेको छ
। यो
गीतको संगीत
अर्जुन पोखरेलले
गरेका हुन्
। यो
गीतलाई फूलमान
बलले रचना
गरेका हुन्,‘२०७२ वैशाखको
विनासकारी भूकम्पपछि गाउँबाट विस्थापित एक
तामाङ युवतीले
काम खोज्ने
क्रममा काठमाडौंको
रेस्टुरेन्टमा वेटरको काम गर्दा उनीमाथि
ग्राहकले दृष्टिकोणमा
यो गीत
आधारित छ
। यो
चलचित्रमा विशेष भूमिकामा रहेकी रेखा
सो रेस्टुरेन्टमा
बार सिंगर
हुन्छिन् ।’
ती कामदार
युवतीको पीडा
देखेर रेखाले
यो गीत
गाएको निर्देशक
बलले बताए

भूकम्पपछि गाउँबाट विस्थापित
भएपछि सहर
आएर डान्सबारमा
काम गरेकी
युवतीका रूपमा
अभिनेत्री शान्ति वाइबा छिन् ।
उनी सेलो
थिएटरकी अभिनेत्री
हुन्, ‘यो
गीतले चलचित्रको
कथाको एउटा
पाटो बोकेको
देखिन्छ ।
यो आईटम
गीतभन्दा फिल्मको
पात्रको संघर्ष
र उनीमाथि
हुने हिंसा
दर्साउने गीत
हो ।’
निर्देशक बलले
राजधानीसँग भने ।

प्रमोद कार्कीको छायांकन,
अर्जुन पोखरेल
र चन्द्रकुमार
दोङको संगीत
रहेको फिल्मको
सम्पादन निमेष
श्रेष्ठ र
वितरक गोविन्द
शाही र
मनोज राठी
रहेका छन्
। फिल्ममा
दयाहाङ राई,
रेखा थापा,
शान्ति वाइबा,
बुद्धि तामाङ,
पुष्कर गुरुङ,
जिम्मे छ्योइकी
घिसिङ, राजन
खतिवडा, सरोज
अर्याल, सरिता
गिरीलगायतले अभिनय गरेका छन् ।

यो चलचित्रलाई धादिङको
गणेश हिमाल
क्षेत्रमा पर्ने रुबी भ्याली र
काठमाडौं उपत्यकामा
छायांकन गरिएको
पनि निर्देशक
फूलमान बलले
जानकारी गराए
। फिल्मको
पटकथा सचिन
घिमिरे र
निर्देशक बल
स्वयंले लेखेका
हुन् भने
सचिन एसोसिएट
निर्देशकका रूपमा पनि छन् ।

नीरफूलको कार्यकारी निर्मातामा
दुबईकी सोनाम
डोमा, निर्मातामा
बेलायतबाट दीपक श्रेष्ठ, कतारबाट माया
केसी, इजरायलबाट
चन्द्रमाया तामाङ, जापानबाट उदय लामा,
अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ,
कोरियाबाट दिनेश लम्तरी मगर र
नेपालबाट अजितमान
तामाङ, दिजेश
श्रेष्ठ, तेन्जिन
सोनाम लामा,
गणेश थापा,
अशोक थापा,
विके श्रेष्ठ
रहेका छन्

The post बार सिंगरका रूपमा अभिनेत्री रेखा appeared first on Rajdhani Daily News.

अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुले स्थायी गर्नुपर्ने माग

सरकारको विपक्षमा फिल्म बनाउँछु : प्रकाश झा

काठमाडौं । बलिउड फिल्म निर्देशक प्रकाश झाले आफूलाई भारतीय सत्तापक्षको विपक्षीका रूपमा व्याख्या गरेका छन् । भारतमा लोकसभा चुनावमा तीनपटक हारिसकेका उनी त्यहाँ सफल राजनीतिक फिल्म बनाउने निर्देशकका रूपमा परिचित छन् । आफूले राजनीति गर्न नजाने पनि राजनीति क्षेत्रका समस्यालाई अझ राम्ररी चिनेको र त्यसलाई फिल्ममा उतार्ने गरेको यी निर्देशकको कथन छ ।

गंगाजल, जय गंगाजफ,
अपहरण, राजनीति,
आरक्षणजस्ता सफल राजनीति विषयमा बनेका
फिल्मका निर्देशक
पनि प्रकाश
झा नै
हुन् ।
नेपालको सीमानजिक
रहेको बिहार
बेतियाँ गाउँका
यी निर्देशक
यतिबेला काठमाडौंमा
छन् ।
नेपालमा जारी
नेपाली अन्तर्राष्ट्रिय
चलचित्र महोत्सवमा
मुख्य निर्णायक
भएर आएका
प्रकाशले आफू
चलचित्रमा जस्तो सफल राजनीतिक क्षेत्रमा
नभएको बताएका
छन् ।

‘म जहिले पनि
सत्तापक्षको विरोधी भएर उनीहरूले निम्त्याएका
अपराध तथा
कुरीतिलाई फिल्ममा उतार्छु । सोही
कारण पनि
भारत सरकारले
दिने कुनै
पनि प्रकारको
पुरस्कार मैले
अहिलेसम्म पाएको छैन ।’ निर्देशक
झाले शनिबार
बताए ।
यी निर्देशकले
फिल्ममा हात
हालेको चार
दशक भयो
। सन्
१९८४ मा
उनले निर्देशन
गरेको पहिलो
फिल्म दामुलले
नै राष्ट्रिय
पुरस्कार जितेको
थियो,‘मेरो
फिल्मले राष्ट्रिय
पुरस्कार जितेपछि
केही बौद्धिक
व्यक्तिलाई यो फिल्म देखाएँ ।

आफ्नो फिल्म साह्रै मन परेको उनीहरूले बताए पनि अर्को पटकदेखि फिल्मजस्तो फिल्म बनाउन उनीहरूले सुझाव दिए ।’ त्यसपछि आफूले विभिन्न सामाजिक समस्यालाई व्यवसायिक फिल्ममा उतार्ने गरेको उनले बताए ।

शनिबार दिउँसो नेपाल
अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा आफ्नो कथा
सुनाउने क्रममा
यी निर्देशकले
भने,‘एक
दिन बाटोमा
हिड्ने क्रममा
मुम्बईमा फिल्म
सुटिङ देखें
। त्यसपछि
फिल्ममा लाग्ने
निर्णयसहित एक वर्षको चलचित्र सम्पादन
कोष पूरा
गरेर वृत्तचित्र
निर्देशनमार्फत फिल्ममा आएँ ।’ आफूले
केही वर्ष
वृत्तचित्र निर्देशन गरेपछि त्यतिबेला १२
लाख भारतीय
रुपैयाँमा फिल्म दामुल बनाएको यी
निर्देशकले बताए ।

प्रकाश झाले थुप्रै
पटक फिल्म
निर्देशनको राष्ट्रिय पुरस्कार जितिसकेका छन्
। उनी
सामाजिक र
राजनीतिक समस्यालाई
फिल्ममा उतार्ने
निर्देशकका रूपमा बलिउडमा लोकप्रिय छन्
। दामुलपछि
उनले हिपहिप
हुर्रे, परिणति,
मृत्युदण्ड, दिल क्या करे, राहुल,
गंगाजल, राजनीति,
आरक्षण, चक्रव्युह,
जयगंगाजल, सत्याग्रहजस्ता फिल्मको निर्माण निर्देशन
गरिसकेका छन्

आफूलाई राजनीतिक फिल्म
बनाउने निर्देशन
भनिए पनि
राजनीतिमा देखिएका समस्यालाई मात्र फिल्ममा
उतार्ने गरेको
निर्देशक झाको
भनाइ छ
। भारतसहित
धेरै देशको
लोकतन्त्रमा नेताको मनपरी भएको र
त्यसले लोकतन्त्रमा
समस्या निम्त्याएको
प्रति उनले
चिन्ता व्यक्त
गरे ।
त्यस्ता समस्यालाई
आफूले फिल्मबाट
चिरफार गर्दा
जहिले पनि
प्रकाश झा
सत्तको विपक्षी
बन्ने गरेको
पनि उनले
बताए ।

समाजमा तल्लो वर्गको
समस्या र
उनीहरूको उत्पीडनविरुद्ध
संघर्ष र
अधिकारको कथालाई
आफुले फिल्ममा
महŒव
दिने गरेको
यी निर्देशकको
भनाइ छ
। पहिलो
फिल्म दामुलदेखि
पछिल्लो फिल्म
आरक्षणसम्म आइपुग्दा आफूले पछिडावर्ग र
गरिब समुदायको
संघर्षको कथा
उठाएको निर्देशक
झाले बताएका
छन् ।

‘समाजमा थुप्रै घटनाहरू
छन् ।
आफ्नो मौलिक
संस्कृति र
समाजका घटनालाई
फिल्ममा व्यावसायिक
रूपमा तपाईंले
भन्न सक्नुभयो
भने तपाईंको
फिल्म सफल
हुन्छ ।’
उनले भने,‘
फिल्म निर्माणमा
मैले बुझेको
कुरा भनेकै
कलात्मक कुरालाई
दर्शकले मन
पराउनेगरी उनीहरूको स्वादमा व्यावसायिक रूपमा
उतार्नुपर्छ । मैले पनि समाजका
विभिन्न समस्यालाई
अहिलेसम्म व्यावसायिक रूपमा निर्मातादेखि निर्देशकसम्म
भएर उतार्ने
गरेको छु
।’ उनले
नेपाली फिल्मकर्मीलाई
शनिबार यस्तो
सल्लाह दिए
।               

The post सरकारको विपक्षमा फिल्म बनाउँछु : प्रकाश झा appeared first on Rajdhani Daily News.

राजकुमार ह्यारीले बोन जोभीसँग गीत गाए

वुहानबाट फर्केकालाई खरिपाटीमा के-के छ व्यवस्था र सुविधा ?

काठमाडाैँ, ४ फागुन । चीनको वुहानबाट फर्काएर नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ । आज विहान उनीहरुलाई विमानस्थलबाट बसमा सल्लाघारी, जगाती, च्यामासिंह, कमलविनायक हुँदै खरिपाटीस्थित क्वारेन्टाइनमा ल्याइएको हो । साथमा एक एम्बुलेन्स, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा भ्यानले स्कटिङ गरेका थिए । […]

प्रविधिको सहयोगले मिल्यो तत्कालै नतिजा

२६ औं खेलसम्म लिभरपुलकाे अपराजित यात्रा कायमै, म्यानचेस्टर सिटी २५ अंकले पछि पारे

एजेन्सी, ४ फागुन । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले आफ्नो अपराजित यात्रा कायम नै राखेको छ । शनिबार राति भएको लिगको २६ औं खेलमा लिभरपुलले नर्विच सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायमै राखेको हो । यो जीतसँगै लिभरपुलले दोस्रो स्थानमा रहेको साविक विजेता म्यानचेस्टर सिटीलाई २५ अंकले पछि पारेको छ । […]

गैरकानूनीरूपमा ग्रीस जाने ४ हजार आप्रवासी टर्कीसँगको सीमा क्षेत्रमा रोकिए

राति कोठाबाट निस्कनेबित्तिकै घाँटी रेटेर किशोरीको हत्या

सल्यानमा एक किशोरीको हत्या भएको छ।

सल्यान प्रहरीका अनुसार जिल्लाको त्रिवेणी गाउँपपालिका वडा नं. १, तल्लो काभ्रामा १६ वर्षीया कविता बोहराको घाँटी रेटेर हत्या भएको हो।

स्वासनली काटेर हत्या भएको अवस्थामा उनको शव भेटिएको सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताएका छन्।

अभिभावकका अनुसार शुक्रबार राति ९ बजेसम्म कविता कोठामा एक्लै पढिरहेकी थिइन्। घरका अन्य सदस्य सुतेपछि कविता बाहिर निस्केको हुन सक्ने र त्यही बेला उनको घाँटी रेटर हत्या भएको बुझिन आएको प्रहरीले जनाएको छ।

राति १ बजे मात्र परिवारले कविताको खोजी सुरु गरेका थिए। तर कोठामा उनी नदेखपछि खोज्दै जाँदा घरदेखि १५ मिटरजति पर उनी मृत अवस्थामा फेला परेको डीएसपी खतिवडाले बताएका छन्।

घटनावारे अनुसन्धान भइरहेको सल्यान जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गायिका मेनुका राईकाे ”फाटन सक्छ मनका विदनाहरु” सार्वजानिक (भिडियाे सहित)

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ सय नाघ्यो, ६९ हजार संक्रमित

चीनको हुपेइ प्रान्तस्थित वुहान शहरबाट महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १६ सय नाघेको छ।

शनिबारसम्ममा यो भाइरसबाट एक हजार ६ सय ६९ को मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

कोरोनाबाट संक्रमित हुनेको संख्या ६९ हजार पुगेको छ। अहिलेसम्म चीनमा मात्रै यो भाइरसबाट एक हजार ६ सय ६५ जनाको ज्यान गइसकेको छ।

त्यसैगरी फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा कोरोनाबाट एक-एक जनाको ज्यान गएको छ।

कोरोना संक्रमणबाट शनिबार फ्रान्समा पहिलोपटक एक जनाको मृत्यु भएको छ। फ्रान्स घुम्न गएका चिनियाँ पर्यटक महिलाको मृत्यु भएको बीबीसीले जनाएको छ।

फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार चीनको हुपेइ प्रान्तबाट प्रान्स पुगेका एक ८० वर्षीया वृद्धाको मृत्यु भएको हो।

ती महिला १६ जनवरीमा फ्रान्स पुगेकी थिइन्। उनलाई २५ जनवरीमा अस्पताल भर्ना गरिएको थियो।

अहिलेसम्मको तथ्यांकअनुसार कोरोनाबाट चीनमा मात्रै ६६ हजार ४ सय ९२ संक्रमित छन्। विश्वका अन्य २५ मुलुकमा ६ सय ५ जना संक्रमित भएको पाइएको छ।

चीनको हुपेइ प्रान्तस्थित वुहान शहरबाट फैलन सुरु भएको कोरोनासँग लड्न हाल विश्वभरका वैज्ञानिकले उपचारको पद्धतिबारे अध्ययन गरिरहेका छन्।

नौ हजारभन्दा बढी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

गएको शनिबार एकैदिन दुई हजार ६ सय ४१ जनामा कोरोनाको सङ्क्रमण देखिएको थियो भने एक सय ४२ जनाको ज्यान गएको थियो।

भाइरसको केन्द्रबिन्दु हुबेई प्रान्तको वुहान शहरमा सबैभन्दा धेरै एक हजार एक सय २३ जनाले ज्यान गुमाइसकेका छन्।

 

कामदार भिसामा अमेरिका जान भोलिबाट आवेदन दिन सकिने

चितवनमा बस र ट्रक ठोक्कियो

पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिकाको पिप्लेमा बस र ट्रक आपसमा ठोक्किाँ तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ७१०८ नम्बरको बसले सोही दिशाबाट आइरहेको ना ६ ख ३४३४ नम्बरको ट्रकलाई गएराति ठक्कर दिएको हो।

घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। दुवै सवारी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

दिल्ली हिंसामा मृतकको सङ्ख्या ४२ पुग्यो

शुभ बिहानी मनकामना माइको दर्शन गरि आज आइतबारको राशिफल हेर्नुहोला।

मेष
आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । सरकारी निकाएको भय रहला । व्यर्थको सास्ति खेप्नु पर्नेछ । व्यस्ततापनि बढ्नेछ ।

वृष
आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

मिथुन
लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

कर्कट
मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । शुभकार्यको चर्चा चल्नेछ ।

सिंह
मनमा दुविधा उत्पन्न हुनेछ । मनमा निरासा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । प्रेममा विवादपनि रहनेछ ।

कन्या
कुटुम्बको सहयोग मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । घरमा अतिथीको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

तुला
आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । महिला वर्गबाट विशेष सहयमेग मिल्नेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । शिक्षामा सफलता मिल्नेछ ।

वृश्चिक
दैनिक कार्यमा सफलता पाईनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।

धनु
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ । घर व्यवहारमा झमेला रहला । स्वास्थ्यमा खरावी हुनेछ ।

मकर
आज दैनिक कार्यमा प्रगति हुनेछ । समाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

कुम्भ
लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।

मीन
इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । शुभारम्भको चर्चा चल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

श्रोत: – ज्यो.प. नारायणप्रसाद दुलाल / हाम्रो पात्रो

The post शुभ बिहानी मनकामना माइको दर्शन गरि आज आइतबारको राशिफल हेर्नुहोला। appeared first on .

करेन्ट लागेर एक बालकको मृत्यु