Home Blog Page 1320

सरकारविरुद्ध चलखेल सह्य हुँदैन : प्रधानमन्त्री ओली

दमक, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुरु गरेको विकास र समृद्धिको कामलाई देखेर देशी, विदेशी तथा प्रतिक्रियावादी शक्तिहरुबाट चलखेल भइरहेको बताएका छन् ।

झापाको दमक–चिसापानी (रवि) कालोपत्र सडकको आइतबार दमकमा शिलान्यास समारोहमा उनले विकास र समृद्धि नचाहने शक्ति सरकारलाई चारैतिरबाट कमजोर बनाउन उद्यत भएको आरोप लगाए ।

त्यस्ता चलखेलविरुद्ध वर्तमान सरकार निर्धक्कका साथ जुधिरहेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार जनताको सरकार भएकाले त्यस्ता प्रतिक्रियावादी शक्तिहरुसँग जुध्न सक्षम भएको बताए । उनले सरकारविरुद्धका त्यस्ता चलखेल सरकारलाई सह्य नहुने उल्लेख गरे । आफू देश समृद्धि बनाउन लडाइँको मैदानमा भएको बताउँदै उनले भने, “सुशासन कायम गरेर देशलाई विकास र समृद्ध बनाउन कसैले रोकेर रोक्न सक्दैन ।”

सरकार बनेको दुई वर्षमा उल्लेखनीय प्रगति भएको जिकिर गर्दै उनले देशलाई समृद्धि बनाउने द्रुत काम लक्ष्यअनुसार पूरा हुने दाबी गरे ।

ओलीले अहिले देशले काँचुली फेर्दै गएको भन्दै विकासको विरोध होइन सँगै काम गरेर अघि बढ्नुपर्ने खाँचो रहेको औँल्याए ।

फरक प्रसङ्गमा प्रम ओलीले सरकारी तथा सार्वजनिक सम्पत्ति कब्जा गर्ने कार्यमा कसैलाई छुट नभएको बताए ।

उनले त्यस्ता गलत कार्यमा संलग्न भए सरकारले कारवाही गर्ने बताए ।

जग्गाविहीन सुकुम्वासीलाई सरकारले घर बनाइदिने भन्दै उनले सरकारी तथा सार्वजनिक जग्गा फिर्ता ल्याउने काम सुरु भइसकेको जानकारी दिए ।

दमक–३ स्थित वेलडाँगीमा आयोजित शिलान्यास समारोहमा संविधानसभाका अध्यक्ष तथा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अब देशले विकासको फड्को मार्दै गएकाले सरकारको लक्ष्य सुखी नेपाली, समृद्ध नेपालले सार्थकता पाउने बताए ।

आइतबार नै प्रम ओलीले दमक नगरपालिकाद्वारा निर्माण भएको दमक–१ स्थित एकीकृत नमूना बस्ती मनमाया राईलाई साँचो दिएर समुदायलाई हस्तान्तरण गरे ।

दमक नगरपालिका, प्रदेश र केन्द्र सरकारको करीब रु चार करोड लगानीमा २३ वटा घरसहितको नमूना बस्ती निर्माण भएको नगरपालिकाले जनाएको छ ।

The post सरकारविरुद्ध चलखेल सह्य हुँदैन : प्रधानमन्त्री ओली appeared first on Koshi Online.

भण्डारी दम्पती हत्या प्रकरणः सिआइबीले पनि थाल्यो अनुसन्धान

संविधान संशोधन नगर्दा संघीयता कमजोर : उपेन्द्र यादव

यज्ञ अधिकारी
रंगेली, ४ फागुन । समाजवादी पाटी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले संविधान संशोधनमा चासो नदिँदा संघीयता कमजोर बन्दै गएको बताएका छन् । विराटनगरमा आइतबार प्रेस नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले प्रदेशलाई अधिकारसम्पन्न बनाउने विषय संविधान संशोधन आवश्यक रहेको बताए ।

अध्यक्ष यादवले अहिले सरकार बहुदलियतामा एक दलियको अभ्यास गर्दै निरंकुशतातर्फ उन्मुख भएको आरोप लगाए । अहिले सरकारले सर्वसत्तावादलाई स्थापित गराउने ऐन ल्याइरहेको उनको कथन थियो ।

संघीय सरकारले सेनालाई प्रधानमन्त्रीमार्फत ल्याउन, प्रेस तथा अभिव्यक्त्ति स्वतन्त्रता कटौती गर्न अनि व्यक्तिको गोपनीयताको अधिकार खोस्न विधेयकहरू निर्माण गरिसकेको र त्यो पारित भएमा देश पूर्ण रूपमा अधिनायकतर्फ जाने र संघीयता धरापमा पर्ने अध्यक्ष यादवले दाबी गरे ।

पूर्व उपप्रधानमन्त्री यादवले सहमतिले सरकारमा सहभागी भइएको थियो त्यो पूरा नहुने भएपछि तत्काल बाहिरिएको बताउँदै संघीयता बलियो बनाउनका लागि समिति निर्माण गर्ने आफूहरु सरकारमा रहँदा मन्त्रालयमार्फत संविधान संशोधन गराउन क्याबिनेटमा लगेको प्रस्ताव प्रधानमन्त्री ओलीले खारेज गरिदिएकोले सरकार संघीयताविरोधी रहेको प्रस्ट भएको बताए ।

उनले संघीय सरकारले कानूनहरू निर्माण गर्न ढिलाइ गरेर ओली नेतृत्वको सरकारले संघीयताविरोधी गतिविधि गर्न थालेको आरोप लगाए । पहिले धमाधम कानूनहरू बनाएर प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा ओली सरकारले लोकतन्त्रविरोधी कानूनहरू निर्माण गरेर आफूलाई अधिनायकवादतर्फ लग्न थालेको यादवको भनाइ छ ।

कानूनहरू निर्माणमा ढिलाइ हुँदा यो संघीयता भनेको यस्तै रहेछ भन्ने भ्रमहरू पैदा हुन थालिसकेको यादवले बताए । उनले २०४६ सालको संविधान संशोधान गरेर अगाडि बढेको भए अहिले अर्कै स्थिति हुन सक्ने आँकलन गरे ।

उनले भारतको संविधान पनि सयौँ पटक संशोधान भएकोले समयानुकुल संशोधन आवश्यक रहेको बताए । उनले संविधान संशोधन नगरे दुर्घटना निम्तन सक्ने बताए । संविधान संशोधनको लागि सदनमा प्रयास गर्ने र त्यो हुन नसके सडकबाट आन्दोलन गर्ने चेतावनी उनले दिए ।

संघीयतालाई दीगो बनाउनका लागि स्वायत्त प्रदेश सरकारसहितको शासकीय र निर्वाचन प्रणाली आदिबारेमा संविधान संशोधन हुनुपर्ने आफूहरूको माग रहेको र त्यसलाई आफूहरूले जसरी भएपनि संशोधन गराएरै छाड्ने बताए ।

यादवले भने, ‘सकेसम्म हामी सदनबाट संविधान संशोधन गराउन संघर्ष गर्छौं तर पार लागेन भने जनआन्दोलन थाल्नुको विकल्प हुनेछैन ।’ यस्तै यादवले राजपासँगको गठबन्धन कायम रहेसम्म दुई नम्बर प्रदेशमा आफनो पार्टीको नेतृत्वमा रहेको सरकार नगिर्ने बताए ।

उनले राजपासँग आफूहरूको गठबन्धमा कुनै समस्या नभएको बरु भावि दिनमा पार्टी एकतासमेत हुने सक्ने जानकारी गराए । यादवले भने, ‘कसैले दुई नम्बरको सरकार हटोस् भनेर कूदृष्टि लगाउँदैमा सरकार तलमाथि हुनेवाला छैन ।’

अख्यिारलाई कायकर्ता भर्तीकेन्द्र बनाएर विरोधी सिध्याउने अस्त्रका रूपमा प्रयोग गर्न हुँदैन भन्दै यादवले अख्तियारले आफूलाई लोकपालका रूपमा राख्नुपर्ने बताए । उनले ललिता निवास प्रकरणमा उठेका प्रश्नहरूमा गहन छानबिन हुनुपर्छ भने ।

The post संविधान संशोधन नगर्दा संघीयता कमजोर : उपेन्द्र यादव appeared first on Koshi Online.

अमेरिकामा नेपाली भाषाको जानकारीमूलक पुस्तिका प्रकाशित

प्रधानमन्त्री ओली झापामा

झापा, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली झापा जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन आइतबार झापा आएका छन् ।

भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी, मुख्यमन्त्री शेरधन राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तुकुमार नेम्वाङ, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलगायतले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न झापाका प्रतिनिधिसभा र प्रदेशसभाका सांसद् र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी भएका छन् ।

प्रधानमन्त्रीसँगै पूर्वसभामुख सुवाशचन्द्र नेम्वाङ पनि सहभागी छन् ।

झापामा रहँदा प्रधानमन्त्रीले दमक कृष्ण मन्दिरदेखि बेलडाँगी कालोपत्रे सडकको उद्घाटन, दमकबाट मोरङको मधुमल्ला जोड्ने मावाखोलामा बनेको पक्की पुलकोे उद्घाटन, दमक नगरपालिका–१ मा जनता आवासमार्फत निर्माण गरिएका घरको साँचो हस्तान्तरण गर्ने बताइएको छ ।

प्रधानमन्त्री ओलीले आजै अपराह्न बेलडाँगीमा आयोजित समारोहलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । रासस

The post प्रधानमन्त्री ओली झापामा appeared first on Koshi Online.

पाठेघर मुखको क्यान्सर

चन्द समूहका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी पक्राउ

सिन्धुपाल्चोक, ४ फागुन । नेत्रविक्रम चन्द समूहका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भुवनसिंह तामाङ पक्राउ परेका छन् ।

शुक्रबार बेलुका उनलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलको गस्ती टोलीले पक्राउ गरेको हो ।

उनलाई धुलिखेल नगरपालिका–७ सरस्वती बजारबाट पक्राउ गरिएको हो ।

सरस्वती बजारमा शंकास्पद रूपमा फेला पारेको र सोधपुछको क्रममा होहल्ला गरी स्थानीयबासिन्दालाई असर पर्ने गरी अपशब्द प्रयोग गर्दै गस्तीमा खटिएका प्रहरीमाथि अभद्र ब्यवहार गरेपछि पक्राउ गरिएका तामाङ चन्द समूहका जिल्ला सेक्रेटरी भएको प्रहरीले जनाएको छ ।

मेलम्ची नगरपालिका–९ का तामाङलाई अभद्र ब्यवहारअन्तर्गत कारवाही हुने जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख रविकुमार पौडेलले बताए । रासस

The post चन्द समूहका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी पक्राउ appeared first on Koshi Online.

आजको राशिफल : वि.सं. २०८० श्रावण ०२ गते मङ्गलवार

‘मेरी बास्सै’मा फर्किए धुर्मुस सुन्तली

काठमाडौँ / हाँस्य टेलिशृङ्खला ‘मेरी बास्सै’मा फेरी एकपटक सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’लाई देखिने भएको छ । उनीहरुलाई धुर्मुस–सुन्तलीको परिचय दिलाएको ‘मेरी बास्सै’ मा लामो समय पछि दर्शकले धुर्मुसको उटपट्याङ र सुन्तलीको रमाइलो प्रस्तुति देख्न पाउने भएका हुन् ।लामो समय यता अभिनय यात्रा रोकेर समाजसेवामा लागेका यो जोडीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’ को प्रचार प्रसारको लागी उनीहरू मेरी बास्सै सम्म पुगेका हुन् ।

मेरी बास्सैको सुटिङ सेटमा पुगेका धुर्मुस र सुन्तलीले विगतका दिनहरू सम्झँदै आफ्नो घर आफ्नो परिवारको साथमा फर्किँदा निकै खुसी भएको र आफूलाई विशेष आभास भएको बताउँछन् । उनीहरू भावुक हुँदै धुर्मुस सुन्तलीको पहिरन र त्यो घर आँगनले विगतका दिन हरू आँखामा ल्याइदिएको सुनाएका छन् । साथमा चम्सुरी सुन्तली कि आमा र दारी बाले पनि उनीहरू आउँदा निकै खुसी लागेको बताएका छन् । धेरै पछि मेरी बास्सैको सेटमा रौनक थपिएको उनीहरूको भनाइ छ ।

यही फागुन ९ बाट प्रदर्शनमा आउने चलचित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण अभियानका लागि बनाइएको हो । चलचित्रको मुनाफाबाट आउने ५० प्रतिशत रकम रङ्गशालामा खर्च गरिनेछ । यस चलचित्रले राजनीति, सामाजिक संरचना, पारिवारिक द्वन्द्व र राजनीतिले कसरी एउटा व्यक्तिको व्यक्तिगत जीवनमा उतारचढाव ल्याउँछ भन्ने देखाउँछ । चलचित्रमा सीताराम कट्टेल र कुञ्जना घिमिरे श्रीमान् श्रीमतीको भूमिकामा छन् ।

The post ‘मेरी बास्सै’मा फर्किए धुर्मुस सुन्तली appeared first on Purbeli News.

राम्रा कामको प्रचार नहुँदा नकारात्मक टिप्पणी बढी भयो : मुख्यमन्त्री पोखरेल

नायिका रीश्मा गुरुङले गरिन् बिहे

इटहरी / चलचित्र ‘कबड्डी’ की नायिका रीश्मा गुरुङ बैबाहिक जीवनमा बाँधिएकी छिन् । चलचित्र ‘कबड्डी’को तिन वटै सिरिजमा मैयाँ नामले परिचित रीश्मा गुरुङको शुक्रबार पोखरामा बिहे भएको हो ।

आफ्ना प्रेमी सन्दिप गुरुङसँग रीश्माले बिहे गरिन् ।थोरै चलचित्रमा काम गरेपनि रीश्मालाई दर्शकले रुचाएका थिए । तर, चलचित्र क्षेत्रमा कलाको सम्मान नहुने, पारिश्रमिक पनि पुरा नपाइने भन्दै उनले काम गर्ने सोच बनाएको अनलाइनखबरसँग नै बताएकी थिइन् । बिहेसँगै उनी अब घरजममा व्यस्त हुने तयारीमा छिन् ।

The post नायिका रीश्मा गुरुङले गरिन् बिहे appeared first on Purbeli News.

चार वर्षमा आठ अर्ब चुक्ता पुँजी पुर्‍याउँछौं

सागमा पदक विजेता एपीएफका खेलाडी पुरस्कृत

सशस्त्र प्रहरीले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता एपीएफका खेलाडीलाई नगद पुरस्कार प्रदान गरेको छ।

पदक जित्न सफल सशस्त्र प्रहरी बल, नेपालका ८० जना खेलाडीहरुलाई सशस्त्रले २४ लाख ९५ हजार रुपैयाँ पुरस्कार प्रदान गरेको हो।

आइतबार सशस्त्र मुख्यालय हल्चोकमा आयोजित एक समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले स्वर्ण पदक विजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरे।

यस्तै, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेलले रजत तथा कास्य पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मान गरे।
सशस्त्र प्रहरी बलका खेलाडीहरुले दक्षिण एसीयाली खेलकुदमा स्वर्ण ८, रजत १५ र कास्य २२ गरी कुल ४५ पदक हासिल गरेका थिए।

सो अवसरमा एथ्लेटिक्सतर्फ अन्तर्राष्ट्रिय खेलमा स्वर्ण पदक विजेता नेपाल एपीएफ क्लवका खेलाडी अजितकुमार यादव लगायत उत्कृष्ट चार जना प्रशिक्षकहरुलाई समेत नगद पुरस्कारसहित सम्मान गरिएको छ।

सशस्त्रले व्यक्तिगत खेलतर्फ स्वर्ण पदक विजेता सशस्त्र प्रहरी बलका खेलाडीलाई जनही एक लाख रुपैयाँ तथा रजत पदक विजेतालाई जनही ५० हजार रुपैयाँ र कास्य पदक विजेतालाई जनही २५ हजार नगदसहित सम्मान गरिएको हो।

यसैगरी सामुहिक खेलतर्फ दुई वा दुई भन्दा बढि विधातर्फ सहभागी भई पदक विजेता खेलाडीहरुलाई प्रतिव्यक्ति स्वर्णतर्फ ५० हजार रुपैयाँ, रजततर्फ २५ हजार रुपैयाँ र कास्यतर्फ १५ हजार रुपैयाँ थप पुरस्कार प्रदान गरिएको छ ।

प्याकेज निर्णयको छलफलमा प्रधानमन्त्री, तत्काल राष्ट्रिय सभा सदस्य सिफारिस नहुने

राष्ट्रिय टोलीको बन्द प्रशिक्षण फागुन १८ बाट

फिफा विश्वकप छनोट तथा एसियन कप छनोट अन्तर्गत अष्ट्रेलियासँगको खेलका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण फागुन तेस्रो साताबाट हुने भएको छ।

अखिल नेपाल फुटबल संघ एन्फाले मोफसलका प्रतियोगिताका कारण खेलाडी व्यस्त हुने भन्दै टोलीको प्रशिक्षण फागुन १८ बाट गर्ने जनाएको हो।

छनोट खेलका लागि एन्फाले शनिबार ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको थियो। मुख्य प्रशिक्षक योहान कालिनले घोषणा गरेको टोलीमा मिडफिल्डर दर्शन गुरुङ, एरिक विष्ट, पुजन उपरकोटी तथा डिफेन्डर दिलेन मोक्तान टोलीमा समेटिएका छन्।

अमित तामाङले पुनरागमन गर्दा जर्जप्रिन्स कार्की प्रारम्भिक अटाएका छन्। निलम्बनपछि फुकुवा भएका अन्जन बिष्टले टोलीमा स्थान बनाउदा विमल घर्तिमगर, सन्तोष तामाङ र दिनेश राजवंशी भने बाहिर छन्।

नेपालले चैत्र १३ गते चाइनिज ताइपेई र चैत्र १८ गते अष्ट्रेलियासँग दशरथ रंगशालामा खेल्नेछ। विश्वकप छनोटको ५ खेलमा १ मा मत्रा जित निकालेको नेपाल ३ अंकमा अंकतालिकाको चौथो स्थानमा छ।

प्रारम्भिक टोली
गोलरक्षकः विकेश कुथु, विशाल श्रेष्ठ, एलेन न्यौपाने,

डिफेन्डरः रजिन धिमाल, सुमन अर्याल, अमित तामाङ, सरोज दाहाल, अजित भण्डारी, छिरिङ गुरुङ, विकास खवास, अनन्त तामाङ, देबेन्द्र तामाङ, दिलेन लिक्तान,

मिडफिल्डरः विशाल राई बी, सेसेहाङ आङ्देम्बे, तेज तामाङ, बिक्रम लामा, सुवास गुरुङ, मिक्छेन तामाङ,पुजन उपरकोटी, एरिक विष्ट, सुजल श्रेष्ठ, रबि पासवान, सुनिल बल, अन्जन बिष्ट,

फरवार्डः जर्ज प्रिन्स कार्की, दर्शन गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, आशिष लामा, विमल राना

ताप्लेजुङ समाजको ‘वृहत पदयात्रा’ सम्पन्न (फाेटाेफिचर)

ललितपुर महानगरद्वारा ११ क्लबलाई सहयोग, थ्री स्टारले पायो १६ लाख

ललितपुर महानगरपालिकाले आफ्नो नगरभित्रका ५ ‘ए’ डिभिजन क्लबसहित ११ क्लबलाई आथिक सहयोग गरेको छ। 

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले आइतबार एक कार्यक्रमकाबीच क्लबहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन्। ए डिभिजनका थ्री स्टार क्लब, च्यासल युथ क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाईज क्लबलाई आर्थिक सहयोग गरेको हो।

महानगरले थ्री स्टारलाई १६ लाख प्रदान गरेको छ। ललितपुरले थ्री स्टारलाई वार्षिक उपलब्ध गराउने सहयोग ४ लाख र ३ प्रतियोगिताको उपाधि जितेवापत थप १२ उपलब्ध गराएको हो।

यस्तै च्यासललाई वार्षिक ४ र दुई उपाधि जितेवापत कुल १२ लाख, जावलाखेललाई एक उपाधिसहित ८ लाख रुपैयाँ उपलब्ध गराएको छ। फ्रेन्ड्स र ब्रिगेडलाई भने समान ४ लाख रुपैयाँ दिएको छ।

महानगरले ‘बी’ डिभिजन क्लब सातदोबाटो युथ क्लब, पुल्चोक युथ क्लब, खुमलटार युथ क्लब र झम्सिखेल युथ क्लबलाई समान ३ लाख रुपैयाँ दिएको छ। यस्तै ‘सी’ डिभिजनका सानेपा र खालीबारी युथ क्लबलाई २–२ लाख उपलब्ध गराएको छ।

खाद्यान्न आयातमा बाहिरियो सवा खर्ब

गणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिता चैत १८ देखि

नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता अर्को महिना हुने भएको छ।

गणेशमान सिंह फाउन्डेसनले आइतबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत १८ देखि २२ गतेसम्म हुने जानकारी दिएको हो।

काठमाडौंको बसन्तपुर डबलीमा हुने प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजीमाथिको तौल समूहमा स्पर्धा हुनेछ। प्रतियोगितामा ३ विभागीयसहित ७ प्रदेशका खेलाडी सहभागी हुने फाउन्डेसनका खेलकुद विभागका संयोजक सञ्जीव तुलाधरले जानकारी दिए।

प्रतियोगिताका लागि सातै प्रदेशमा छनोट प्रतियोगितासमेत आयोजना गरिनेछ। प्रदेश १ को छनोट प्रतियोगिता फागुन १५ देखि १७ गतेसम्म विराटनगरमा सञ्चालन हुनेछ। प्रदेश २ र बागमती प्रदेशको छनोट फागुन २० देखि २२ सम्म काठमाडौंमा, गण्डकी प्रदेशको छनोट फागुन २९ देखि चैत १ गतेसम्म पोखरामा हुनेछ।

प्रदेश ५ र कर्णाली प्रदेशको छनोट चैत ४ देखि ६ गतेसम्म नेपालगन्ज र सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगिता चैत ८ देखि १० गतेसम्म धनगढीमा सञ्चालन हुनेछ। जिल्लास्तरमा छनोट भएका खेलाडीले प्रादेशिक छनोटमा सहभागिता जनाउने प्रतियोगिता संयोजक राजीव श्रेष्ठले जानकारी दिए।

प्रतियोगिताका हरेक तौल समूहका विजेताले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने खेलाडीले ७ हजार पाँच सय रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन्। प्रतियोगिताका उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र महिला खेलाडीलाई एक थान स्कुटर प्रदान गरिने छ।

वैदेशिक क्षेत्रका दुई लाख ६० हजार श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध