Home Blog Page 1337

सेनाको ट्रक दुर्घटना हुँदा एकको मृत्यु, ६ जना गम्भीर घाइते

सल्यानमा नेपाली सेनाको ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। घटनामा परी ६ जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।

सल्यानको कपुरकोट ३ चोरखोलामा सेनाको हतियार बोकेको ट्रक खसेर भएको दुर्घटनामा जमदार यादवप्रसाद धरेलको मृत्यु भएको हो। उनकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक उमाकान्त जाेशीले नेपालखबरलाई जानकारी दिए।

दुर्घटनामा मेजर ईश्वर सिलवाल, सिपाहीहरू विशाल गुरुङ, रेशम हिटन मगर, विपिन श्रेष्ठ, हवल्दारद्वय जय प्रकाश बोहरा र मोहन थापा घाइते भएका छन्।

सल्यानको सवुज गणबाट बुटवलतर्फ हातहतियार र विष्फोटक प्रदार्थ लगेर जाँदै गरेको लु १ ग १२३ नम्बरको ट्रक बुधबार दिउँसो साढे ४ बजेतिर दुर्घटनामा परेको हो।

दुर्घटनामा परेकाे सेनाकाे ट्रकमा सात जना सवार रहेका प्रहरी निरीक्षक जाेशीले जानकारी दिए।

राप्ती प्रादेशिक अस्पतालमा उपचार पछि घाइते सेनालाई थप उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं  ल्याइएकाे छ।

आजको प्रतिनिधिसभा बैठकमा अन्तरसम्बन्ध व्यवस्थापनसहित ७ वटा विधेयक पेस हुने

वुहानबाट उद्धार गरिएकाको व्यवस्थापन ‘युनिफाइड कमान्ड’ले गर्ने

कोरोना भाइरस प्रभावित चीनको हुबेई प्रान्तबाट उद्धार गरेर ल्याइने नेपालीको क्वारेन्टाइन, उपचारलगायत सम्पूर्ण व्यवस्थापन युनिफाइड कमान्डअन्तर्गत हुने भएको छ।

यसका लागि स्वास्थ्य मन्त्रालयको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको स्वास्थ्यकर्मी र कर्मचारी सम्मिलित टोली गठन गरिएको छ।

‘चीनबाट उद्धार गरेर ल्याउने, उनीहरुको क्वारेन्टाइन गर्ने तथा उपचारसहितको विषयलाई स्वास्थ्य मन्त्रालय, नेपाली सेना, प्रहरी र सशस्त्रको युनिफाइड कमाण्डले हेर्ने छ,’ स्वास्थ्य आपतकाल तथा विपद् व्यवस्थापन युनिटका प्रमुख सागर दाहालले भने, ‘जसको नेतृत्व स्वास्थ्य मन्त्रालयले गरेको छ।’

नेपाली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल विज्ञानदेव पाण्डेले स्वाथ्य मन्त्रालयले आग्रह गरेको क्षेत्रमा नेपाली सेना परिचालन गरिएको जानकारी दिए। ‘हाम्रा स्वास्थ्यकर्मी पनि यसमा संलग्न हुनुभएको छ,’ पाण्डेले भने, ‘स्वास्थ्य मन्त्रालयले आग्रह गरेको क्षेत्रमा हाम्रो जनशक्ति परिचालन गरिएको छ।’

 सरकारले हुबेई प्रान्तमा रहेका १ सय ८५ जना नेपालीलाई शनिबार उद्धार गर्ने तयारी गरिरहेको छ। हुबेईका ६ वटा सहरमा रहेका नेपालीहरुलाई वुहानमा भेला गरेर नेपाल वायु सेवा निगमको वाइडबडी विमानमार्फत उद्धार गरिनेछ।

 सो विमानमा नेपालबाट चार जना स्वास्थ्यकर्मी जाने छन्। जसमा एक चिकित्सक, एक नर्स र अन्य प्यारा मेडिक हुने छन्। दाहालले चीनबाट उद्धार गरेर ल्याउने, स्वास्थ्य जाँच तथा हेरचाह गर्ने काममा सहभागी हुने सबैलाई यस विषयमा आवश्यक अभिमुखीकरण गरिएको बताए।

उनले मंगलबारभित्र ८४ जनालाई अभिमुखीकरण गरिसकेको बताए। ‘यो क्रम अझै जारी छ,’ दाहालले भने।

उद्धारमा जाने विमानलाई नियमित नभई छुट्टै स्थानमा पार्किङ गरिने छ। हुबेईबाट फिर्ता ल्याइएकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै स्वास्थ्य परीक्षण गरिनेछ। जसका लागि पाँच वटा हेल्थ डेस्क स्थापना हुने छ।
एक–एक मिटरका दूरीमा राखेर उनीहरुलाई हेल्थ डेस्कमा स्वास्थ्य जाँच गरिने छ। तर उनीहरुलाई विमानमै रहँदा आफ्नो स्वास्थ्य अवस्थाको बारेमा स्वघोषणाको फारम भराइने छ।

‘कोरोनाको लक्षण देखिएकालाई उपचारका लागि विभिन्न अस्पतालमा व्यवस्था गरेको आइसोलेसन वार्डमा पठाउने छौं,’ दाहालले भने, ‘विभिन्न अस्पतालमा हामीले १ सय ५० वटा बेडको व्यवस्थापन गरेका छौं। केही पनि लक्षण नदेखिएकालाई क्वारेन्टाइनमा पठाइन्छ।’ जहाँ उनीहरुलाई दुई सातासम्म राखिने छ।

यद्यपि सरकारले क्वारेन्टाइनका लागि चार स्थानमा छुट्टयाएको भएपनि कुन स्थानमा कतिलाई राख्ने भन्ने बारे निर्णय नभइसनेको दाहालले बताए।

‘कहाँ कति जना राख्ने भनेर सरकारले निर्णय गर्ने छ। यो निर्णय हुन बाँकी नै छ,’ दाहालले भने।

क्वारेन्टाइन स्थलमा पनि स्वास्थ्यकर्मीहरु परिचालन हुने छन्। त्यसरी ल्याएर राखिएको कुनैपनि व्यक्तिमा लक्षण देखिए सो व्यक्तिलाई अस्पताल भर्ना गरिने छ। दाहालले स्वास्थ्यकर्मीहरुले पूर्णरुपमा ‘पर्सनल प्रोटेक्टिभ इक्विपेन्ट प्रयोग गर्ने बताए।

‘विमानमा जाने र विमानस्थलमा रहने स्वास्थ्यकर्मीहरुले फुल पीपीई प्रयोग गर्ने छन्,’ उनले भने, ‘त्यो चन्द्रमा जाने मानिसले लगाउने लुगा जस्तो हुन्छ।’ तर, दाहालले कोरोनाबाट धेरै त्रसित हुन आवश्यक नभएको बताए।

‘सतर्कता अपाउनु पर्ने हुन्छ । यसअघि महामारीको रुपमा फैलिएको भाइरसभन्दा यो कमजोर प्रकृतिले हो,’ दाहालले भने, ‘भाइरसले संक्रमित भएका १ सय जनामा ८० जनामा अवस्था सामान्य २० प्रतिशतमा भने यसले केही गम्भीर रुप लिन्छ। पाको उमेरका व्यक्ति र कमजोर रोग प्रतिरोधी क्षमता भएको मानिसमा मात्रै यसले समस्या गर्ने गरेको छ।’

केही समयअघि महामारीको रुप लिएको सार्स र मर्सबाट संक्रमित भएका व्यक्तिको मृत्यु हुने दर क्रमशः ११ र ४३ प्रतिशत थियो। जबकि कोरोनाको मृत्युदर करिब दुई प्रतिशत मात्रै छ।

दाहालले चीनबाट फिर्ता ल्याइएका नेपालीलाई परिवारका सदस्यले सुरक्षित विधि अपनाएर भेटघाट गर्न सक्ने व्यवस्था मिलाइने बताए। 

समाजको आत्मिक सचेतता

भ्रष्टाचार आरोपित न्यायाधीशद्वारा सर्वोच्चमा रिट

चितवन जिल्लाका न्यायाधीश विनोदकुमार गौतमले ललिता निवास रहेको बालुवाटारको जग्गा प्रकरणमा आफूलाई कारवाही नगर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्। भ्रष्टाचारको आरोप लागेको जिल्ला न्यायाधीश गौतमले वारेस मञ्जिल खनालमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विपक्षी बनाई दायर गरिएको रिट निवेदनमा काम कारवाही नगर्न माग गरिएको छ।

रिट निवेदनमा नेपालको संविधानले न्यायाधीशलाई कारवाही गर्ने अधिकार न्यायपरिषद्लाई मात्र भएको र अख्तियारलाई न्यायाधीशमाथि कारवाही गर्ने अधिकार नै नभएको उल्लेख छ। ‘आयोगका अनुसन्धान अधिकृतलाई न्यायाधीश उपर अनुसन्धान गर्न अख्तियार नै नभएकाले दूषित तवरबाट भएको अनुसन्धान र आरोपपत्र दायर गरेकै कारणबाट न्यायाधीश निलम्वन हुन सक्दैन’, रिट निवेदनमा भनिएको छ, ‘भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम न्यायाधीश स्वतःनिलम्वन हुन पनि त्यसको अनुसन्धान र अभियोजन न्यायपरिषद्बाट मात्र हुनुपर्छ।’

न्यायाधीश गौतमले आफूमाथि मुद्दा चलाउने अख्तियारको यही माघ २२ गतेको निर्णय र माघ २३ गतेको निलम्वित गर्ने असंवैधानिक भएको उल्लेख गर्दै न्यायाधीशका रुपमा काम गर्न दिन र आफूमाथिको कारवाही यथास्थितिमा राख्न अन्तिरम आदेश माग गरिएको छ। रिट निवेदनमा भनिएको छ, ‘निवेदनको अन्तिम किनारा नभएसम्म दायर भएको आरोपपत्रमा कुनै कारवाही नगर्नु, स्वतःनिलम्वनमा नराख्नु, आफ्नो पदमा रही यथावत कार्यसम्पादन गर्न दिनु भनी अन्तरिम आदेश जारी गरी पाउँ।’

रूपान्तरणको पर्खाइमा प्रशिक्षण व्यवसाय

दिलीपलाई पर्यावरण सहिद घोषणा गर्न माग गर्दै आन्दोलन सुरु

अवैध नदी दोहनको विरोध गर्दा टिपरले किचेर हत्या गरिएका दिलीप महतोलाई पर्यावरण सहिद घोषणा गर्न माग गर्दै आन्दोलन सुरु भएको छ।

चुरे तथा वनजंगल संरक्षण अभियानले बुधबार ढल्केबरमा प्रदर्शन गर्दै आन्दोलनको सुरुवात गरेको हो। दिलीपलाई न्याय र प्रथम राष्ट्रिय पर्यावरण सहिद घोषण गर्न माग गर्दै सामाजिक अभियन्ता सरोज रायको विशेष उपस्थितीमा ढल्केबरमा अभियानले प्रदर्शन गरेको छ।

दिलीप महतोलाई पर्यावरण शहिद घोषणा गर, उच्च स्तरीय छानबिन समिति गठन गर, दोषीलाई कडा कारबाही गर लगायतका नारासहित सयौं स्थानीयले प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिकामा पर्ने ढल्केबर बजारको विभिन्न चोकमा प्रदर्शन गर्दै राजमार्ग अवरुद्ध गरी कोणसभा गरेका थिए।

त्यस क्रममा आधा घण्टा राजमार्ग समेत अवरुद्ध भएको थियो। कोणसभामा सामाजिक अभियन्ता सरोज राय, संघर्ष समितिका संयोजक समेत रहेका तराई मधेश चुरे संरक्षण अभियानका अध्यक्ष सुनिल यादव, पिछ्डावर्ग समाज (ओबिसी)का अध्यक्ष राम कुमार महतो, तराई मधेस राष्ट्रिय परिषदकी सदस्य गुञ्जा राय, लगायतका सम्बोधन गर्दै यथसिघ्र माग पूरा नभए कडा आन्दोलन गर्ने चेतानी दिएका छन्।

अभियानले फागुन १ गते सिरहाको लहान, फागुन २ गते महोत्तरीको बर्दिवास, फागुन ३ गते सर्लाहीको लालबन्दी र काठमाडौं माइतीघर मण्डला, फागुन ४ गते रौतहटको चन्द्रनिगाहपुर, फागुन ५ गते बाराको सिमरा र फागुन ६ गते पर्साको विरगञ्जमा दिलीपका हत्यारालाई कडा कारबाही र पर्यावरण सहिद घोषणा गर्ने माग सहित प्रदर्शन गर्ने कार्यक्रम रहेको संघर्ष समितिका संयोजक यादवले बताए।

dilip-sahid-ghosana-1.jpg

दिलीपको हत्यामा संलग्न अझै केही आरोपीहरु फरार रहेको भन्दै उनीहरुलाई पक्राउ गरी कडा कारबाही, दिलीपलाई पर्यावरण सहिद घोषणा गर्न माग गर्दै अभियानले सुनिल यादवको संयोजकत्वमा ७ सदस्यीय संघर्ष समिति गठन गरि आन्दोलनमा उत्रेको हो। समितिको सह संयोजकमा रामकुमार महतो, सदस्यहरुमा गुञ्जा राय, राजुकुमार सिंह, अमन यादव, अरुण महतो र संगम कुमारी महतो रहेका छन्।

अभियानले गएको माघ २७ गते जनकपुरमा पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरिसकेको छ।

गएको पुस २५ गते विहान धनुषाको मिथिला नगरपालिका–५ श्रीपुर बस्ने २४ वर्षीय दिलीप महतोको घर नजिकैको औरही खोलामा टिपरले किचेर विभत्स हत्या भएको थियो। अवैध उत्खनन् भइरहेको थाहा पाएर रोक्न गएको बेला टिपरले किचेर दिलीपको हत्या गरिएको थियो। घटना पश्चात देशभरि नै दिलीपलाई पर्यावरण सहिद घोषणा गर्नुपर्ने माग भइरहेको छ।

पुनर्कर्जा सुविधालाई निरन्तरता दिन माग

भ्रष्टाचार गर्ने पात्र र प्रवृत्तिलाई निरुत्साहित नगरे राज्यको अपेक्षा पूरा हुँदैन : राष्ट्रपति भण्डारी

काठमाडाैं, २९ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार गर्ने पात्र र प्रवृत्तिलाई पूर्ण रुपमा निरुत्साहित नगरिकन राज्यले अपेक्षा गरेको सुशासन र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्राप्त गर्न कठिन हुने बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औँ स्थापना दिवसका अवसरमा मंगलबार यहाँ आयोजित कार्यक्रममा उहाँले वर्तमान समयमा भ्रष्टाचारका विभिन्न पात्र र प्रवृत्ति […]

६ महिनामा दुई लाख ३७ हजार पर्यटकद्वारा नेपाल भ्रमण

आजको राशिफल : माघ २९ गते, बुधबार

वि.सं.२०७६ साल माघ २९ गते । बुधबार । ईश्वी सन् २०२० फेब्रुवरी १२ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । फाल्गुन कृष्णपक्ष । तिथि– तृतीया,०० घडी ३१ पला,बिहान ०६ बजेर ५९ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– उत्तरफाल्गुनी,२३ घडी ३४ पला,बेलुकी ०४ बजेर १२ मिनेट उप्रान्त […]

पुतलीसडकको पैदलमार्गमा थुपारियो फोहर

निर्मला पन्त प्रकरण : अनुसन्धान दीलिपसिंह विष्टमाथि केन्द्रित, अंगुर जिसी लाइभ (भिडियो)

काठमाडौं, २८ माघ । न्यूज २४ टेलिभिजिनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४९४ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ : १. निर्मला पन्त प्रकरण : एआईजीको समितिको प्रतिवेदन खारेज, अनुसन्धान पुनः दीलिपसिंह विष्टमाथि ! काठमाडौं । निर्मला पन्त प्रकरणमा फेरि […]

पोखरा स्पोर्ट्स अवार्ड : अरुणा र प्रदीप वर्ष उत्कृष्ट खेलाडी

छोराको मृत्युको कारण खोज्न काठमाडौं आइपुगे विजयका बाबु

एक हप्ताअघि काठमाडौंबाट फोन गरेर दाङका जानकी चौधरीलाई छोराले भने, ‘बुबा, भुटेको तोरीको तेल र मुसुरोको दाल पठाइदिनू, सरले भन्नुभएको छ।’

सोमबार ललितपुरको सानेपास्थित पूर्वसचिव अर्जुन कार्कीको घरमा मृत फेला परेका विजय चौधरीका बुबा जानकी चौधरीले मंगलबार नेपालखबरसँग भने, ‘छोरासँगको त्यही कुराकानी नै अन्तिम रहेछ।’

२३ वर्षे छोराले आत्महत्या गरेको खबर सुनेपछि मंगलबार दाङबाट बसमा काठमाडौं आउँदै गरेका उनी फोनमा राम्रोसँग कुरा गर्न सकिरहेका थिएनन्।

५० वर्षे चौधरीले आफ्नो जेठो छोरा गुमाउनु पर्दाको पीडा लुकाउन सकिरहेका छैनन्। फोनमा कुरा गर्दागर्दै उनी लरबराएको र डाँको छोड्न खोजेको सुनिन्थ्यो। तर बसमा अन्य यात्रुसँगै यात्रा गरिरहेकाले होला, उनी सम्हालिन खोजिरहे झैं लाग्थे।

विजय साढे पाँच वर्षदेखि पूर्वसचिव अर्जुन कार्कीको घरमा काम गर्न भनेर बसेका थिए। सोमबार कार्कीकी श्रीमती मुना र विजय सोही घरमा मृत भेटिए। घटनास्थलमा मुना रगतपच्छे र अचेत अवस्थामा भेटिइन् भने विजयले झुण्डिएर आत्महत्या गरेको जस्तो देखियो। कार्कीको घरको दृष्य देख्ने प्रहरी र अन्य धेरैले विजयले मुनाको हत्या गरी आफूले आत्महत्या गरेको प्रारम्भिक अनुमान गरे।

त्यही खबर एकैछिनमा देशविदेश फैलियो। विजयका बुबा जानकीको कानमा केही घण्टामै त्यो खबर पर्यो। छिमेकीले सुनाएको त्यो अत्यन्त अशुभ खबरमा जानकी चौधरीले अहिले पनि विश्वास गर्न सकेका छैनन्।

सोमबार अपरान्ह नै घटनाबारे थाहा पाएपछि उनी विह्वल भए। उनको होस हराएजस्तै भयो। के गर्ने कसो गर्ने ठम्याउन सकेनन्। सोमबारै काठमाडौं हिँड्न पनि सकेनन्। मंगलबार भने उनी बिहानै काठमाडौं आउने बस चढे, बिरामी श्रीमतीलाई घरमै छोडेर।
***
काठमाडौं आएको करिब ७ वर्षको अवधिमा विजय ३ पटक मात्रै जन्मघर दाङ पुगेको जानकीले सम्झिए। काठमाडौं आएको पाँच वर्षपछि अघिल्लो वर्षको माघमा र तिहारमा घर पुगेका विजय त्यसअघि एकपटक नागरिकता बनाउन भनी गएका रहेछन्।

बेलाबेला फोनमा कुरा गर्ने गरेका विजय सहरमा आफू बसेको घरमा खुसी रहेको बताउँथे, परिवार र साथीभाइसँग।

‘काम राम्रो छ, घरमाभन्दा काठमाडौं नै रमाइलो भन्थ्यो’, जानकीले छोरा विजयका शब्द स्मरण गर्दै भने, ‘अरु केही भनेको थिएन, सरहरुको कुरा खासै गर्दैनथ्यो। बेलाबेला पैसा पठाउँथ्यो।’

अहिलेसम्म कति पैसा पठाए होलान विजयले भनेर जानकी हिसाब अनुमान लगाउन सक्तैनन्। छोरा गुमाउनुको दर्दनाक पीडामा रहेका उनी सम्झिएका कुरा पनि राम्रोसँग भन्न सकिरहेका थिएनन्। केही दिनअघि माघीमा भने २० हजार रुपैयाँ पठाएको उनले सम्झिए।  

विजय चौधरी दाङबाट करिब १५ वर्षको उमेरमा काठमाडौं आएका थिए। छोराको जन्म मितिबारे पनि आफूलाई ठ्याक्कै याद नभएको जानकी बताउँछन्। ३ कक्षा पढ्दापढ्दै बीचमै पढाइ छाडेका विजयलाई छिमेकी आश्विन चौधरीले ‘एकजना सरलाई राम्रो मान्छे चाहिएको छ’ भनेर काठमाडौं ल्याएका थिए। 

दाङको लमही नगरपालिका वडा नम्बर २ (साविकको चेलाई गाविस) का बासिन्दा जानकीका जेठो छोरो हुन् विजय। घरमा दुई भाइ र बुबा आमालाई छोडेर उनी काठमाडौं पसेका थिए।

विजयभन्दा जेठी एकजना दिदीको विवाह भइसकेको छ।
***
घरको जेठो छोरा, त्यसमाथि पनि सीधा स्वभावका उनलाई आश्विन चौधरीले काठमाडौं ल्याउनुको कारण थियो– तत्कालीन नेपाल सरकारका सचिव अर्जुन कार्कीकोमा घरेलु कामदार राख्न।

‘अर्जुन सरले इमान्दार र घरको रेखदेख गर्न सक्ने एकजना मान्छे चाहियो भनेपछि मैले मेरो ठाउँको सबैभन्दा सोझोमध्येको विजय चौधरीलाई छानेको हुँ,’ आश्विन चौधरीले नेपालखबरसँग भने।

पूर्वसचिव कार्कीसँग आफ्नो झण्डै २० वर्षदेखि चिनजान रहेको रहेको उनले बताए। एक सिंचाई परियोजनाको प्रमुख भएर कार्की दाङ बसेका बेला सोही परियोजनाको सुपरभाइजरको जिम्मा आश्विनले पाएका थिए।

नेपाल विद्युत प्राधिकरणले कार्कीलाई काठमाडौं सरुवा गरेपछि आश्विनले पनि प्राधिकरणमै जागिर पाएका थिए। त्यसपछि कार्कीले आश्विनलाई कहिले काठमाडौं त कहिले दाङमै जागिर मिलाइदिएका थिए। त्यही बेलादेखिको सम्बन्धले अर्जुनले आश्विनसँग घरमा रेखदेख गर्नसक्ने मान्छे खोजिदिन भनेका थिए।

आश्विनले पढाइ छाडेर बसेका किशोर विजयलाई कार्कीको घरमा पुर्‍याइदिए।

कार्की परिवार बानेश्वरबाट ललितपुरको सानेपामा नयाँ घर बनाएर भर्खरै सरेको थियो। त्यही नयाँ घरमा रेखदेख र घरका अन्य काममा सघाउनका लागि खटिएका थिए विजय।

सुरुमा कार्कीले विजयलाई महिनाको ८–१० हजार तलब दिने र काम चित्त बुझे थप सहयोग गर्ने बताएका थिए।

‘काम राम्रो गरे पैसामा विचार गरुँला भनेका थिए’, आश्विन चौधरीले त्यसबेलाको कुरा सम्झिए।

‘अर्जुन सरको घरमा काम गर्न थालेपछि मेरो विजयसँग भेटघाट हुनै छोड्यो, म पनि प्राय दाङमै हुन्थें’, उनले भने, ‘जागिर नै दाङमै थियो, त्यही भएर विजयसँग भेट नै भएन।’

सरकारको सचिव पदबाट अवकाश पाएका कार्कीको घरमा विजय बसेको पाँच वर्ष पुगेको छ।

कार्की परिवारका मुना कार्की, उनका दुईवटी छोरी र छोराको उनले विश्वास जितेका थिए। पछिल्लो पटक घर जाँदा विजयले गाडी चालकको लाइसेन्स लिन नागरिकता बनाएका थिए।

तर, सोमबार विजयले ‘घरमालिक्नी मुना कार्कीको हत्यापछि आत्महत्या गरेर’ आफूलाई पनि सिध्याए। मंगलबार दिउँसोसम्मको अनुसन्धानका आधारमा विजयले नै मुनाको हत्या गरेको र त्यसपछि आफूले आत्महत्या गरेको प्रहरीले बताएको छ।

विजयले नै मुनाको हत्या गरेको किटानी जाहेरी पनि महानगरीय प्रहरी परिसर जावलाखेलमा दर्ता भइसकेको प्रहरीले जनाएको छ। तर मुना कार्कीको हत्या विजय वा अरु कोबाट भएको हो भन्ने अन्तिम निष्कर्ष भने प्रहरीले अझै  सार्वजनिक गरेको छैन। अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

यो पनि
पूर्वसचिव कार्कीको विलापः मुना तिमी किन चिच्याइनौ?

कार्कीको घरमा रहेको सीसीटीभी फुटेजमा त्यसबेला अन्य व्यक्ति घरको कम्पाउण्डमा नदेखिएकाले पनि विजयले नै मुनाको हत्या गरेको प्रहरीको भनाइ छ। सीसीटीभीमा कैद दृष्यमा विजय मुना व्यस्त रहेको भान्सा कोठामा ओहोरदोहोर गरेको देखिएको अनुसन्धानरत एक प्रहरी अधिकृतले नेपालखबरलाई बताए।

छिमेकीसँग खासै घुलमिल नभएपनि विजयले कार्की दम्पत्ति र उनका सन्तानलाई गर्ने व्यवहार भने परिवारकै सदस्यको जस्तै रहेको पाइएको छिमेकीको भनाई उद्धृत गर्दै अनुसन्धानमा खटिएका अर्का एक प्रहरी अधिकृत बताउँछन्।

प्रहरी अनुसन्धानबाट मुनाको बिभत्स हत्या गरेर विजयले आत्महत्या गरेको अन्तिम निष्कर्ष आयो भने पनि किन उनी त्यस्तो अपराध गर्ने हदसम्म पुगे भनेर जवाफ खोज्नु पर्नेछ। मुनाको हत्या विजयले गरेको ठहरिँदा उनले त्यसो गर्नाको कारण के थियो भन्ने प्रश्न सँगसँगै उठ्ने छ।

यो घटनाको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकारीले त बलात्कार प्रयासपछि मुनाको हत्या गरेर विजयले आत्महत्या गरेको समेत दाबी गरेका छन्।

‘विजयको पेन्टीमा विर्यको अंश र गोप्य अंगमा रगत लतपतिएको भेटिनु अनि मुना चाहिँ महिनावारीको अवस्थामा रहेको पाइनुले बलात्कार प्रयासपछि यो घटना भएकोजस्तो देखिन्छ’, ती प्रहरी अधिकारीले भने।

***
छोराले आत्महत्या गरेको हो कि होइन भन्ने बुझ्न काठमाडौं आएका जानकी चौधरीले बुधबार सम्बन्धित निकायमा पुगेर जानकारी लिने बताए।

सोझो र अन्र्तमुखी स्वभावका विजयले मुनाको हत्या गरेको पत्याउन जानकी तयार छैनन्।

‘म अहिले केही भन्न सक्तिनँ, बिरामी श्रीमतीलाई पनि केही नभनी काठमाडौं आएको छु’, उनले भने, ‘मलाई सबै सपनाजस्तो लागिरहेको छ।’

दाङस्थित विजयको घरमै पुगेर उनको पारिवारिक अवस्था समेत बुझेका पत्रकार दशरथ घिमिरे भन्छन्, ‘मुनाको हत्या गरेर विजयले आत्महत्या गरेको भन्ने खबर पत्याउन उनका छिमेकी पनि सकिरहेका छैनन्।’

सोझो र इमान्दार भनेर गाउँबाट झिकाइएका विजयको आफू काम गर्न बसेकै घरमा मुना कार्कीसँगै विभत्स अन्त्य भएको छ।

एक हप्ताअघि फोनमा ‘सरलाई तेल पठाइदिनु’ भनेर आग्रह गरेका विजयसँग बुबा जानकीले अब दोहोरो कुरा हुन गर्न पाउने छैनन्।

अहिले पाटन अस्पतालको शवगृहमा राखिएको विजयको अनुहार एकोहोरो हेर्नमात्र सक्नेछन् जानकीले।

यो पनिः
प्रहरी भन्छः धारिलो वस्तु प्रहार गरी मुना कार्कीको हत्या
सानेपा घटनाः पूर्वसचिव कार्की–पत्नी मुनाको पनि मृत्यु
सानेपा घटनाः पशुपति दर्शनबाट फर्किँदा विभत्स दृश्य देखेपछि भुइँमा लडे पूर्वसचिव कार्की
पूर्वसचिव अर्जुन कार्कीको घरमा कामदार मृत भेटिए, श्रीमती चिन्ताजनक अवस्थामा फेला

 

लिम्पियाधुरा र लिपुलेकसहितको नयाँ नक्सा तयार

धनकुटामा अगुल्टोले हानेर छिमेकीको हत्या

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकाकी एक महिलाले अगुल्टोले हानेर छिमेकीको हत्या गरेकी छन् । छथरजोरपाटी–३ लामोगराकी २८ बर्षीया निर्मला श्रेष्ठले अगुल्टो प्रहार गर्दा स्थानीय २९ , बर्षीया पवित्रा राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

   निर्मला र पवित्रावीच सामान्य विवाद भएको थियो । सोहि क्रममा निर्मलाले चुलोबाट दाउरो निकालेर पवित्रालाई टाउको र मुखमा हानेकी थिईन् । प्रारम्भिक अनुसन्धानका क्रममा पवित्राले निर्मलालाई चारित्रिक आरोप लगाएपछि उनले पवित्रामाथि अगुल्टो प्रहार गरेको देखिएको धनकुटाका प्रहरी प्रवक्ता डिएस्पी धुर्वकुमार श्रेष्ठले जानकारी दिए ।

   अगुल्टो प्रहारबाट गंभीर घाइते भएकी पवित्रालाई उपचारका लागि जिल्ला अस्पताल धनकुटामा ल्याईएको थियो । उपचारकै क्रममा मंगलबार उनको निधन भएको हो । अगुल्टो प्रहार गर्ने निर्मलालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको बिषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

The post धनकुटामा अगुल्टोले हानेर छिमेकीको हत्या appeared first on Rajdhani Daily News.

कोरोना भाइरसकाे प्रभावले नेपालमा औषधिको कच्चा पदार्थ अभाव

ज्ञान निकेतन र इनोभेटिभ च्याम्पियन

काठमाडौं । ज्ञान निकेतन र आयोजक इनोभेटिभ नवौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार च्याम्पियन बनेका छन् । ज्ञान निकेतन ब्वाइज तथा इनोभेटिभ गल्र्समा च्याम्पियन बने ।
ब्वाइज फाइनलमा ज्ञान निकेतनले इनोभेटिभलाई ६३–५६ ले पराजित ग¥यो । ज्ञान निकेतनका सम्राट बुमीले ३४ अंक योगदान गरे । सुरुको क्वार्टरमा ९–१७ ले पछि परेको ज्ञान निकेतन दोस्रोमा २१–१६ ले अगाडि रह्यो । तेस्रो र चौथो क्वार्टरमा ज्ञान निकेतनले क्रमशः १५–७ र १८–१६ को अग्रता लियो ।

बुद्धनगरस्थित घरेलु कोर्टमा भएको गल्र्सको उपाधि भिडन्तमा सोभ्या महर्जनको ६ अंक सहयोगमा इनोभेटिभले स्वप्न वाटिका एकेडेमीलाई २०–१७ ले हरायो । पहिलो क्वार्टर ४–४ को बराबरीमा टुंगियो भने दोस्रोमा इनोभेटिभले ९–८ को प्रदर्शन ग¥यो । तेस्रो क्वार्टरमा इनोभेटिभले ६ अंक जोड्दा स्वप्न वाटिका अंकविहीन रह्यो । चौथोमा स्वप्न वाटिकाले ५–१ को अग्रता लिए पनि जितका लागि पर्याप्त भएन ।

ब्वाइजमा ज्ञान निकेतनका सम्राट भूमि तथा गल्र्समा इनोभेटिभकी कृपा श्रेष्ठ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा इनोभेटिभका मनीष गुरुङ तथा गल्र्समा स्वप्न वाटिकाकी सम्झना शाही ‘मोस्ट एसिस्ट’ खेलाडी बने । ब्वाइजमा पुष्प सदनका कर्मा गुरुङ तथा गल्र्समा एसियन पब्लिककी निपिशा रिजाल उदीयमान खेलाडी चुनिए ।
विजेतालाई प्राडा भागवत ढकाल, नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, आयोजक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनाथ चौलागाईं, इनोभेटिभका एकेडेमिक डाइरेक्टर हर्कबहादुर थापा, इनोभेटिभका प्रिन्सिपल विजय थापा, ज्ञान निकेतनका प्रमुख कार्यकारी अधिकृत विश्वजित कुँवरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सो अवसरमा यू–१६ राष्ट्रिय बास्केटबल टोलीबाट नेपालको प्रतिनिधित्व गरेका इनोभेटिभका पूर्वविद्यार्थी आशिष बस्नेत, ममता गुरुङ र जसाङ सुनुवारलाई नगदसहित सम्मान गरिएको थियो । त्यसै अवसरमा इनोभेटिभकै पूर्वविद्यार्थी बास्केटबल खेलाडी अनिश महर्जन र निखिल ब्यञ्जन्कारलाई पनि नगदसहित सम्मान गरिएको थियो । पाँचैलाई जनही ५ हजार नगदसहित प्रशंसापत्र प्रदान गरियो । माघ २१ गतेदेखि सुरु लिग कम नकआउट प्रतियोगिताको ब्वाइजमा १० तथा गल्र्समा ८ टिम सहभागी थिए ।

The post ज्ञान निकेतन र इनोभेटिभ च्याम्पियन appeared first on Rajdhani Daily News.

इलाममा विश्वमै दुर्लभ जातको चिया