रिया भण्डारी काठमाडौं, २९ माघ । कान्ति बाल अस्पतालले ‘आइसीयू’ आवश्यक पर्ने बिरामीलाई केही दिन निजी अस्पतालमा राखेर ल्याउनुस् भनेर पठाउने गरेको पाइएको छ । ‘आइसीयू’ खाली नरहेको भन्दै पठाएका बिरामीले एउटा निजी अस्पताल भरिएको समेत पाइयो । यसले कान्ति, निजी अस्पताल पोस्ने अभियानमै छ कि भन्ने प्रश्नसमेत उठाएको छ । कान्तिका चिकित्सक र कर्मचारीले […]
काठमाडौं– सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ को गुम्बा बस्तीमा कोरोना भाइरससँग लक्षण मिल्ने विरामी भेटिएका छन्। गाउँपालिकाले सोमबार सूचना जारी गर्दै शंकास्पद रोगको लक्षण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी गराएको छ ।
अत्यन्त जरुरी भनिएको पत्रमा लेखिएको छ, ‘विश्वमा फैलिइरहेको नोभल कोरोनाभाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र अत्याधिक ज्वोरोजस्ता लक्षणका बिरामी देखा परेको हुँदा सोको परीक्षण गरी रोग पहिचानका लागि विशेष टोली खटाइ सहयोग गरिदिन हुन अनुरोध गर्दछौं ।’
जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङका अनुसार गुम्बामा तीन दिनदेखि उक्त संक्रमण फैलिएको छ । सुरुमा स्कुले बालबालिकामा देखिएको संक्रमण अहिले गाउँका २०१ जनामा फैलिएको छ ।
तामाङका अनुसार अहिले जिल्ला जनस्वास्थ्य, जिल्ला अस्पताल तथा गाउँपालिकाको टोली भाइरल प्रभावित गाउँ गुम्बा जाँदै छ ।
विराटनगर, २९ माघ । एक नम्बर प्रदेश सांसद बिमल कार्कीले लागू औषध गाँजाको खेती प्रतिबन्ध फुकुवा गर्न माग गरेका छन । बुधबार एक नम्बर प्रदेश सभा बैठकको शुन्य समयमा बोल्दै सांसद कार्कीेले गाँजा खेतीले प्रशस्त आम्दानी हुने भएकोले खेती प्रतिबन्ध फुकुवा गर्न माग गरेका हुन । सांसद कार्कीले एक नम्बर प्रदेशको उदयपुर ,धनकुटा लगायतका जिल्लामा मनग्ग गाँजा खेती फस्टाउने गरेको र निर्यात गरेर प्रशस्त आम्दानी गर्न सकिने भएकोले प्रतिबन्ध फुकुवा हुनुपर्ने बताए । उनले कानुनले प्रतिबन्ध लगाए पनि र बोटहरु खेतमै गएर नष्ट गरेपनि नियन्त्रण हुन नसकेको भन्दै कृषकहरुलाई गाँजा खेती गर्न दिनुपर्ने माग गरे । लागू औषध ऐनले गाँजाको खेती , सेवन , र आयात निर्यातलाई गैरकानुनी भनेको छ । कानुन उल्लंघन गरेको आरोपमा प्रहरीले पक्राउ गरेर कार्वाही चलाउदै आएको छ । गाँजाको खेती र कारोवार गर्नेहरुलाई दश बर्षसम्म कैद सजायको कानुनमा व्यावस्था छ । सांसद कार्कीले नेपालमा उत्पादन हुने घरेलु मदिरालाई पनि प्रतिबन्ध गर्न नहुने बरु उद्योगको रुपमा बिकास गरेर उत्पादन बिक्रि बितरण गर्नुपर्र्न माग गर्दै आएका छन ।
एजेन्सी/ भारतीय गायन प्रतियोगिता इन्डियन आइडल सधैं चर्चामा रहन्छ । यसपटक कार्यक्रममा आदित्य नारायण र नेहा कक्कडको सम्बन्धका कारण यो कार्यक्रम चर्चामा आइरहेको छ । दुबैको भ्यालेन्टाइन्स डेमा विवाह हुने खबर सार्वजनिक भएको थियो । इन्डियन आइडलमाथि टिआरपी बटुल्नका लागि यस्तो गरिएको आरोप लागेको थियो । यो कुरा वास्तविक हो जस्तो बुझिएको छ किनभने आदित्यका पिता उदित नारायणले यसलाई अफवाहको संज्ञा दिएका छन् ।
एक भारतीय संचारमाध्यमसँगको कुराकानीमा उदित नारायणले भनेका छन्, ‘आदित्य हाम्रो एक्लो छोरा हो । हामी उनको विवाहको प्रतिक्षा गरिरहेका छौं । यदि विवाहको अफवाह साँचो हुँदो हो त हामी संसारकै भाग्यमानी आमा–बुवा हुने थियौं । तर आदित्यले हामीमाझ यसबारे केही कुरा साझा गरेका छैनन् ।’ उदितले थपे, ‘मलाई लाग्छ नेहा कक्कड र आदित्यको विवाहको अफवाह टिआरपीका लागि उडाइएको हो । यहाँ नेहा निर्णायक छिन् भने मेरो छोरा उद्घोषक हुन् ।’ आदित्य नारायणले नेहा कक्कडसँगको विवाहका लागि च्यानलमा सहमती जताएका थिए ।
आदित्यले फेब्रुअरी १४ मा कार्यक्रममा नै विवाह गर्ने बताएका थिए । च्यानलले यी दुईको विवाहको कार्डसमेत छापेको थियो । आदित्यलाई कार्यक्रममा थुप्रै पटक नेहासँग फ्लर्ट गरिएको देख्न सकिन्छ । आदित्यका पिता उदित नारायण कार्यक्रममा आउँदा नेहाको तारिफ गर्दै उनलाई घरको बुहारी बनाउने इच्छा व्यक्त गरेपछि यस्तो अफवाह थप फैलिएको हो । रिपोर्टमा बताइए अनुुसार यी दुईले चाँडै नै ब्याचलर पार्टी पनि गर्न सक्छन् । उक्त पार्टी इन्डियन आइडल ११ को सेटमा हुने र अबको विकेन्ड एपिसोडमा देखाइने खबरमा उल्लेख छ ।
इटहरी / डा. उदिप श्रेष्ठसँग अभिनेत्री आँचल शर्माको विवाहको मिति बाहिर आएको छ । आउँदो फागुन २९ गतेलाई उनको विवाहको मिति तय भएको विश्वसनिय स्रोतले जानकारी दिएको छ । आँचलको परिवारले विवाहका लागि बुढानिलकण्डमा रहेको होटल पार्क भेन्यू रोजेको छ । भने, फागुन ३० गते आँचल र उदिपले पाँचतारे होटल हायतमा रिसेप्सन पार्टी दिन लागेको जानकारी प्राप्त छ ।
‘नाईं नभन्नू ल ४’ बाट अभिनयमा डेब्यू गरेकी आँचल शर्माको नाम लामो समय अभिनेता पल शाहसँग जोडियो । दुईले एकसाथ तीन फिल्म र सयभन्दा बढी म्यूजिक भिडियोमा काम गरेपछि प्रेम सम्बन्धको चर्चामा मलजल पुगेको थियो । तर, उनीहरुले प्रेम सम्बन्ध भने कहिल्यै स्वीकार गरेनन् । उनीहरुले आफूहरुबीच साथीभन्दा माथिको सम्बन्ध नभएको रटान मात्र लगाइरहे ।
एक वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेकी अभिनेत्री आँचलले विवाहपछि पनि फिल्ममा सक्रिय रहने बताउँदै आएकी छन् । उनले अहिले इन्गेजमेन्ट र विवाहको तयारीका कारण कुनै फिल्म र म्यूजिक भिडियोमा काम गरेकी छैनन् । हालै उनले ‘झिँगेदाउ’ नामक चलचित्रको छायांंकन भ्याएकी थिइन् । विवाहपछि उनले ‘डामाडोल’ नामक चलचित्र गर्ने बताइएको छ ।
सुपरस्टार ड्वेन ‘द रक’ जोनसनकी छोरी साइमन जोनसनले आफ्नो बुबाको विरासतलाई निरन्तरता दिने भएकी छन्।
१८ वर्षीया साइमन पनि बुबा–हजुरबुबाको पदचाप पछ्याउँदै रेसलिङको रिङमा उत्रिने भएकी हुन्।
द रकका बुबा र बाजे पनि रेस्लिङ खेलाडी थिए।
‘मेरो लागि संसारै यही हो,’ उनले भनेकी छन्। रेस्लिङसँग मेरो परिवारको यस्तो सम्बन्ध छ। जुन मेरोलागि एकदमै विशिष्ट छ। परिवारको यो विरासतलाई निरन्तरता दिने अवसर पाउँदा म अनुगृहित छु।’
उनको अभ्यास सुरु भइसकेको छ।
उनलाई बुबा र आमा ड्यानी गार्सिया दुवैले समर्थन गरेका छन्। एजेन्सी
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले एसोसिएट राष्ट्रमा आफू नम्बर १ विकेट ‘टेकर’ भएको बताएका छन्। विश्वकप लिग २ अन्तर्गत ओमान सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेपछि लेग स्पिनर लामिछानेले यस्तो प्रतिक्रिया दिएका हुन्।
एक सिरिजमा रसिद खानले पनि एक सिरिजमा उत्कष्ट प्रदर्शन गरेका थिए, अहिलेको तपाईंको प्रदर्शन पनि उस्तै छ नि भन्ने जिज्ञासामा उनले भने, ‘रसिद टेष्टका खेलाडी हुन्, एसोसिएटको अहिले म नै १ नम्बर हो, उसलाई भुलौँ।’
खेलमा नेपालको उत्कृष्ट प्रदर्शनको श्रेय भने सन्दीपले सुसन भारीलाई दिए। उसले सबै खेलमा राम्रो प्रदर्शन गरेको छ। सिरिजको प्रदर्शनलाई हेरेर यसको श्रेयको भागिदार सुसन भएको बताए। आजको खेलमा सन्दीपले ६ विकेट लिएका थिए। ओमानसँग आफूले विकेट लिन नसक्दा खेलमा केही प्रभाव परे पनि त्यसलाई सुधार गर्दै लैजानुपर्ने बताए।
यस्तै टोलीका कप्तान ज्ञानेन्द्र मल्लले आफूहरु सिरिजको सुखद अन्त्यको चाहनामा रहेकोले सोचेजस्तै नतिजा आएको बताए। ‘हामी सुखद अन्त्य चाहन्थ्यौँ तर आजको खेल सोचेभन्दा छिटो भयो। सुसन र सन्दीपले राम्रो प्रदर्शन गरेर यो सम्भव भएको हो’, उनले भने।
जारी सिरिजमा नयाँ खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेको उनले बताए। ओमानसँगको एक खेल्न जित्नपुर्ने भए पनि नतिजा त्यस्तो नआए पनि धेरै कुरा सिकेको प्रतिक्रिया दिए।
आगामी योजनाबारे उनले भने, ‘हामीले अझै थुप्रै खेल खेल्न बाँकी छ, अब ब्याटिङ लाइनलाई नै फोकस गर्नुपर्ने देखिएको छ।’ जारी सिरिजमा भएका स–साना गल्तीलाई केलाएर लानुपर्ने उनले बताए।
‘ओमानबाट धेरै सिक्न सकियो, फिनिसिङ लाइनअप र बलरलाई प्रयोग गर्ने तरिकाबारे धेरै जान्यौँ, अब यसलाई प्रयोग गर्दै लैजानुपर्छ’, उनले भने।
कतार राज्यको राष्ट्रिय खेलकुद दिवसको अवसरमा नेपालस्थित कतार राजदूतावासले फुटबल खेल प्रतियोगिताको आयोजना गरेको छ।
मंगलबार ललितपुरको हात्तिवनस्थित हिमालयन स्पोर्टस् एरिनामा आयोजित फुटवल खेल प्रतियोगितामा नेपालस्थित कतार दूतावासलगायत ८ वटा टिमको सहभागिता रहेको थियो।
लिग चरणबाट खेल्न शुरू गरिएको खेलमा ८ वटै टिमले एक अर्कासँग प्रतिस्पर्धा गरेका थिए। कतार राजदूतावास, कतार च्यारिटी, रसियन राजदूतावास नेपाल, व्रिटिश राजदूतावास नेपाल लिग चरणबाट खेल जितेर सेमिफाइनल प्रवेश गरेका थिए। सेमिफाइनल राउण्डमा भने कतार राजदूताबास व्रिटिश राजदूतावाससँग पराजित भएको थियो भने कतार च्यारिटि रसियन राजदुतावाससँग पराजित भएको थियो।
हरेक खेललाई ३० मिनेटको अवधि तोकिएको भएपनि खेल अत्यन्त रोमाञ्चकारी भएको थियो। कतार च्यारिटि र रसियन राजदूतावास बीचको खेलमा दुवै टिमलाई खेल आफ्नाे पक्षमा पार्न हम्मे हम्मे परेको थियो। धेरै समयको रस्साकस्सीपछि पेनाल्टि शुटआउटमा रसियाले एक गोलका विरूद्द २ गेल गरेर खेल आफ्ने पक्षमा पार्न सफल भएको थियो।
फाइनलमा व्रिटिश राजदूताबास र रसियन राजदूतावास बीचको खेल पनि अत्यन्तै रोमाञ्चकारी थियो। ३० मिनेटको खेलमा व्रिटिश राजदूतावासले रसियन राजदूतावासलाई ३ गोलका विरूद्द ६ गोल गरी पराजित गरेको थियो। खेलमा विजयी व्रिटिश टिमले मेडलसँगै ट्रफि प्राप्त गर्यो भने रसियन टिमका खेलाडीले मेडल प्राप्त गरेका छन्।
नेपालस्थित अमेरिकी दुतावासले नेपाली क्रिकेट टोलीले अमेरिकी टोलीमाथि आज (बुधबार) कीर्तिपुरमा भएको खेलमा जीत हासिल गरेकोमा बधाई दिएको छ।
आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक शृंखलाअन्तर्गत भएको अन्तिम खेलमा नेपाल ८ विकेटले विजयी भएको हो।
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले कीर्तिपूरस्थित अन्तरराष्ट्रिय क्रिकेट मैदानमा पुगेर नेपाल र अमेरिकाका राष्ट्रिय क्रिकेट खेलाडीहरू, नेपाल क्रिकेट संघका पदाधिकारी, तथा अन्य सम्बन्धितहरूसँग भेटघाट गरेको दूतावासले जानकारी दिएको छ।
सो अवसरमा दुबै टिमले राजदूत बेरीलाई आफ्नो टिमको जर्सी उपहारस्वरूप दिएका थिए। ‘अमेरिकी टिमलाई यो एकदिवसीय ऋंखलामा सहभागिताको लागि बधाई साथै भविष्यका खेलहरूको लागि शुभकामना। नेपाली टिमलाई शानदार जीतको लागि बधाई,’ दूतावासले जनाएको छ।
कीर्तिपुर क्रिकेट मैदानमा बुधबार खेलाडीहरुसँग तस्बिर खिचाउँदै राजदूत बेरी। तस्बिर : अमेरिकी दूतावास फेसबुक
त्रिवि क्रिकेट मैदानमा अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५.२ ओभरमा २ विकेट गुमाउँदै पुरा गरेको थियो। पारस खड्का २० र दिपेन्द्रसिंह ऐरी १५ रनमा नटआउट रहे। १२ बलको सामना गरेका पारस खड्काले १ छक्का र ३ चौका हाने। दिपेन्द्रले ११ बलमा २ चौका र १ छक्का प्रहार गरे।
लेग स्पिनर सन्दीप लामिछाने र सुसन भारीको घातक बलिङमा नेपालले ३६ रनको झिनो लक्ष्य पाएको थियो।
त्रिवि क्रिकेट मैदानमा नेपालका सन्दीप लामिछानेले ६ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ६ विकेट लिए।
एक दिवसीय ऋङ्खलामा अमेरिकाले दिएको याे सबैभन्दा कमजोर लक्ष्य हो। यसअघि सन २००४ मा जिम्बावे श्रीलंकासँग १८ ओभरमा ३५ रनमा अल आउट भएको थियो। जुन कीर्तिमान नेपालले १५ वर्षपछि बराबर गरेको हो।
अदालतले तीन वर्षको जेल सजाय सुनाएपछि रुसमा एक पूर्व जेल कर्मचारीले अदालतमै आत्महत्या गरेका छन्।
भिक्टर सिरिदोव नामक ती व्यक्तिले आफैँलाई गोली हानेको बताइएको छ। उनी कुनैबेला संघीय जेल सेवाको यातायात विभाग प्रमुख थिए।
उनीविरुद्ध जबर्जस्ती असुलीको मुद्दा लागेको थियो। मस्कोस्थित चेर्तानोव्स्की अदालतमा न्यायाधीशले उनलाई पक्रिन आदेश दिएलगत्तै सिरिदोवले आफ्नै टाउकोमा गोली हानेका थिए।
पेस्तोल उनी आफैँले ल्याएको बताइएको छ। घटनापछि अदालतको सुरक्षाव्यवस्थाबारे अनुसन्धान सुरु भएको छ।