Home Blog Page 1338

दाङ देउखुरी सेवा समाज नेपालको दोस्रो साधारण सभा तथा अधिबेशन सम्पन्न

दाङ । दाङ देउखुरी सेवा समाज घोराही दाङ नेपालको दोस्रो साधारण सभा तथा अधिबेशन  जिल्ला समन्वय समितिको सभाहलमा संस्थाका अध्यक्ष  नुमाकान्त सुवेदीको अध्यक्षता  सम्पन्न भएको छ ।  जिल्ला समन्वय समितीका संयोजक  जितेन्द्रमान नेपालीको प्रमुख अतिथीमा बिशिस्ट अतिथी महिला बिकास अधिकृत मोति कुमारी बिश्वकर्मा , बिशिस्ट अतिथीहरु दाङ देउखुरी सेवा समाज दोहा कतारका संस्थापक अध्यक्ष गणेश प्रसाद बन्जाडे , राप्ती दर्पण टेलिभिजनका समाचार प्रमुख ओम प्रकाश गुप्ता, दाङ देउखुरी सेवा समाज दोहा कतारका संस्थापक महासचिव लुमाकान्त पुन मगर, दाङ देउखुरी सेवा समाज दोहा कतारका  संस्थापक कोषाध्यक्ष सुर्य सुवेदी , दाङ देउखुरी समाज यु.ए.इ. का संस्थापक सल्लाहकार चित्र नेपाली , दाङ देउखुरी सेवा समाज यु. ए. ई. का संस्थापक कोषाध्यक्ष तेज प्रसाद आचार्य  त्यसैगरि, दाङ देउखुरी सेवा समाज दोहा कतारका महासचिव मिनराज पुन मगर , दाङ कोषाध्यक्ष केशव बि एम लगायतको उपस्थिती रहेको थियो ।

दाङ्ग देउखुरी सेवा समाज संस्था घोराहीको दोस्रो साधारण सभाको उपलक्ष्यमा समाजले प्रभातकालिन कार्यक्रममा राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान घोराहीमा रहेका बिरामीहरुलाई फलफूल बितरण कार्यक्रम गरेको थियो। कार्यक्रम संस्थाका अध्यक्ष नुमाकान्त सुबेदिको नेतृत्वमा कार्यसमिति का पदाधिकारी सल्लाहकार सहित राप्ती स्वस्थ्य बिज्ञान प्रतिस्ठानका प्रशासन अधिकृत रमिता गौतमको सहभगिता थियो।

प्रमुख अतिथि जितेन्द्रमान नेपालीले  दाङ्ग देउखुरी सेवा समाजको सकारात्मक सेवाले अरु सामाजिक संस्थाले पनि पाठ सिक्नुपर्ने बताए। दाङ्ग देउखुरी सेवा समाजले गरेका सामाजिक कार्यको प्रसंसा गर्दै आगामी दिनमा समाज सङ्ग सम्बन्ध नजिक बढाउने बिश्वास ब्यक्त गरे। दाङ देउखुरी सेवा समाज संस्था घोराहिको दोस्रो साधारण सभालाई कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरे।

आज सम्पन्न दाङ्ग देउखुरी सेवा समाज संस्था घोराहीको दोस्रो साधारण सभा बाट निर्बिरोध निर्बाचित पदाधिकारीहरुको नाम र पद यसप्रकार छ । अध्यक्ष लीलामणि लामिछाने , वरिष्ठ उपाध्यक्ष सुर्य सुवेदी , उपाध्यक्ष शान्त राज गिरि , महासचिव तेज प्रसाद आचार्य,  सचिब हर्क बहादुर खड्का , कोषाध्यक्ष सुबास रजौरे , सदस्यहरु युद्ध बहादुर भुसाल, चित्र नेपाली,  बलदेव बिश्वकर्मा  रहेकाछन् ।

त्यसैगरी, सल्लाहकार समितीहरुमा प्रमुख सल्लाहकार नुमाकान्त सुवेदी, सल्लाहकार गणेश प्रसाद बन्जाडे,  लिलाधर आचार्य ,  प्रतिज्ञा खड्का  र धर्म नेपाली रहेकाछन् । सबैलाई स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष बलदेव बिश्वकर्मा गरेका थिए।

दाङ्गदेउखुरी सेवा समाजले विभिन्न समयमा संस्थालाई आर्थिक भैतिक र संस्थालाई सल्लाह सुझाव सहित सहयोग गर्ने ब्याक्तित्वलाई सम्मान गरेको थियो। कार्यक्रमलाई सहजीकरण लीलामणि लामिछाने गरेका थिए ।

The post दाङ देउखुरी सेवा समाज नेपालको दोस्रो साधारण सभा तथा अधिबेशन सम्पन्न appeared first on Rajdhani Daily News.

शान्त हुन प्रधानमन्त्री मोदीको आग्रह

भरुवा बन्दुकसहित नियन्त्रण

जाजरकोट, २८ माघ । भरुवा बन्दुकसहित डोल्पा प्रहरीले एकलाई नियन्त्रणमा लिएकाे छ । नियमित गस्तीको क्रममा रहेको प्रहरीले ठूलीभेरी नगरपालिका–२ लोचा जङ्गलमा पुग्दा ठूलीभेरी नगरपालिका–४ तिप्ला घर भएका २८ वर्षीय खडकबहादुर रोकायलाई हतियारसहित नियन्त्रणमा लिएको हो । उनको साथबाट एक थान भरुवा बन्दुक, घरेलु चक्कु एक थान, बारुद ७८ ग्राम, पासो एक थान, केभ नौ […]

”मलाई राजकुमार हैन, ह्यारी मात्र भन्नु”

विमानस्थलको आगलागीबारे छानबिन समिति गठन

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको आगलागीको घटनाबारे छानबिन गर्न छानबिन समिति गठन गरेको छ।

पर्यटन मन्त्रालय (सचिवस्तर) को आजको बैठकले मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिको सदस्यमा मन्त्रालयकै उपसचिव राजन नेपाल, प्रहरी प्रधान कार्यालयका एसपी केदार ढकाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक कुलप्रसाद सिंखडा र उपनिर्देशक विक्रम गौतम रहेका छन्।

समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाइ सात दिनभित्र मन्त्रालय समक्ष सुझावसहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको पर्यटन मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ। ‘उक्त आगलागी सम्बन्धमा सम्भाव्य कारण पत्ता लगाइ भविष्यमा विमानस्थलको सञ्चालनमा असर पुग्न नदिने उद्देश्यले के कस्तो सुरक्षा सतर्कता अपनानुपर्ने हो सोको सम्बन्धमा अनुसन्धान एवं जाँचबुझ गरी भविष्यमा यस्ता घटना दोहो¥याउन नदिन घटनाको सत्यतथ्य बुझी सात दिनभित्र सुझावसहितको प्रतिवेदन मन्त्रालयमा बुझाउने समतिलाई जिम्मेवारी दिइएको छ’, विज्ञप्तिमा भनिएको छ।

विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलको स्टेराइल क्षेत्र (प्रस्थान कक्ष) सञ्चालित कफी सपमा गएराति ८ः१५ बजे आगलागी भएको थियो। आगलागीका कारण अन्तरराष्ट्रिय उडान÷अवतरण सेवा अवरुद्ध भई यात्रु वर्गमा पर्न गएको असुविधाका लागि मन्त्रालयले दुःख व्यक्त गरेको छ।

विमानस्थलस्थित उद्धार तथा अग्नि निवारण सेवाका वारुणयन्त्र, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै विमानस्थलका कर्मचारीको सहयोगमा आगाली नियन्त्रणमा ल्याई एक घण्टा १० मिनेट अवरुद्ध भएको उडान सेवा बेलुकी ९ः२५ बजेबाट सञ्चालन भएको थियो। आवश्यक परे अन्य विज्ञको सेवा सहयोग लिन सक्ने र आवश्यक कर्मचारी तथा सचिवालय मन्त्रालयले तोक्ने सक्ने निर्णयसमेत बैठकले गरेको छ। रासस

उपसभामुख निर्वाचनबारे दलहरु मौन !

मदन स्मृति प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

मोरङ, २८ माघ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी १ नं. प्रदेश समितिको आयोजनामा मदन स्मृति प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। लिग कम नकाउटको आधारमा खेलाइने प्रतियोगितामा प्रदेशका १४ जिल्लाले सहभागिता जनाउने छ्न ।

 एकेडेमी प्रदेश समितिले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दैप्रतियोगिता सोलुखुम्बुको सल्लेरीमा आयोजना हुने जानकारी दिएको छ ।तेस्रो संस्करणको रूपमा आयोजना हुन लागेको प्रतियोगितामा समूह ए मा झापा,धनकुटा, ताप्लेजुङ र इलाम बिच प्रतिस्पर्धा हुनेछ ।  समूह बी मा भोजपुर, उदयपुर र सोलुखुम्बु, समूह सी मा सुनसरी, पाँचथर र संखुवासभा, समूह डी माओखलढुंगा, तेह्रथुम, खोटाङ र मोरङ प्रतिस्पर्धा गर्नेछन् । समूह बिजेता र उपबिजेताले नकाउट खेल खेल्ने आयोजकले जानकारी दिएको  छ । समूह बिभाजन पत्रकार सम्मेलनमा नै गरिएको हो ।

४८ लाख रूपैयाँ लागत लाग्ने अनुमान गरिएको प्रतियोगितामा पुरस्कार तर्फ ४लाख १ हजाए खर्चिने बताएको छ । एकेडेमीका प्रदेश अध्यक्ष सागर थापाका अनुसार प्रतियोगिताको प्रथमले १ लाख ५१ हजार, दोस्रो ले १ लाख,  तेस्रो हुनेले ५० हजार र सान्त्वनाले २५ हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । यस्तै उत्कृष्ट खेलाडीले १५ हजार, उदयमान, बेस्टब्लकर, बेस्ट स्पाइकर, बेस्ट लिफ्टर, बेस्ट डिफेन्सर र बेस्ट सर्भरलाईजनही १० हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गर्ने  आयोजकले जानकारी दिएको छ ।

१२ जना खेलाडी,टीम ब्यवस्थापक र प्रशिक्षक गरि एउटा जिल्लाबाट १४ जनाकोसमूहले सहभागिता जनाउने छ्न । ४४ लाख रूपैयाँ पुरस्कार बाहेक खर्च लाग्नेअनुमान गरेको आयोजकले सवैभन्दा बढी यातायातमा ११ लाख ५० हजार र सवै भन्दाकम प्रचार प्रसार मा ५० हजार मात्र  खर्चिने भएको छ ।
प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुसियैतले उद्घाटन गर्ने प्रतियोगिताको समापन  मुख्यमन्त्री शेरधन राईबाट हुने अध्यक्ष थापाले जानकारी दिए । पत्रकार सम्मेलनमा नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले सोलुखुम्बुमा प्रतियोगिता आयोजना गरेकोमा खुशी ब्यक्त गर्दै यस्ले आन्तरिक पर्यटन प्रवर्द्दनमा थप सहयोग पुग्ने बताए ।

The post मदन स्मृति प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने appeared first on Rajdhani Daily News.

टिमुरेका १६ प्रहरीलाई निलम्बन गर्न सिफारिश

वक्तृत्वकलामा प्रेम प्रथम

बाजुरा(मार्तडी) । शिक्षाको रुपान्तरणमा युवाको भूमिका बिषयमा जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगीतामा प्रेम नेपली प्रथम भएका छन् । सदरमुकाम मार्तडीमा सञ्चालन भएको वक्तृत्वकला प्रतियोगितामा ११ जनालाई पछि पार्दै उनी प्रथम भएका हुन् । प्रतियोगिता बाजुरा सदरमुकाम मार्तडीमा सम्मन्न भएको हो ।

प्रतियोगिता बडिमालिका नगरपालिकाको आयोजनामा र युवा परिषद् सानोठिमी भक्तपुरको सहयोगमा सञ्चालन गरिएको थियो । “शिक्षाको रुपान्तरणमा युवाको भुमिका विषयक” प्रतियोगितामा जिल्लाभरिका १२ जना युवाले भागलिएका थिए । प्रतियोगीमध्ये बडिमालिका नगरपालिका वडा नम्बर ९, का प्रेम नेपाली प्रथम, बडीमालिका नगरपालिका वडा नम्बर ६, का मनबहादुर खड्का द्धितिय र स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर २, का अर्जुन नेपाली तृतीय भएका छ्न ।

क्रमश: प्रथमलाई ५ हजार ५ सय ५५ रुपैँया, द्धतियलाई ३ हजार ३ सय ३३ रुपैँया र तृतियलाई २ हजार २ सय २२ रुपैँया पुरस्कार दिईएको बडीमालिका नगरपालिकाका शिक्षा शाखा प्रमुख रंगमल विकले बताए । जिल्लाबाट छनौट भएर गएपछि प्रदेशस्तरिय वक्तृत्वकला प्रतियोगितामा सहभागि गराईने शाखा प्रमुख विकले जानकारी दिए ।

The post वक्तृत्वकलामा प्रेम प्रथम appeared first on Rajdhani Daily News.

पातारासी गाउँपालिकाको बजेट ४५ करोड : शिक्षा कृषि र सडक प्राथमिकतामा

हथौडा प्रहार गरी बृद्धको हत्या

रौतहट, २८ माघ । रौतहटको दुर्गा भगवती गाउँपालीकामा एकजना बृद्धको हथौडा प्रहार गरी हत्या गरिएको छ । सो गाउपालिकाको वडा नं. ३, मत्सरी पर्साटोलका अन्दाजी ६५ बर्षिय फेकन पण्डितको अज्ञात समुहले हथौडा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । पण्डित कै घरमा राखिएको हथौडाले टाउकोमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतटहले जानकारी दिएको छ ।

सोमबार राति खाना खाएर घर देखी करिब १ किलोमिटरको दुरीमा रहेको गाईगोठमा सुत्न गएका पण्डित मंगलबार बिहान अवेरसम्म घरमा नफर्केपछि परिवारका सदस्यहरुले गोठमा हेर्न जाँदा उनको टाउकोमा हथौडा प्रहार गरेर विभत्स हत्या गरेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी रविराज खडकाले बताए । मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको छ । केही दिन अगाडी पनि रौतहट कै इशनाथ नगरपालिकामा प्रेमिका भेटन गएको एक युवाको पनि हत्या गरिएको थियो ।

The post हथौडा प्रहार गरी बृद्धको हत्या appeared first on Rajdhani Daily News.

सर्वसाधारणलाई अप्पर हेवाखोलाको आइपिओ आउँदै

विराटचोकमा बजाज माेटरसाइकलको एक्सचेन्ज अफर

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा स्थित विराटचोकमा रहेको मनकामना अटो मोवायल्सले बजाज कम्पनीको मोटरसाइकलमा एक्सचेन्ज अफर ल्याएको छ ।
जुनसुकै कम्पनीको मोटरसाइकल ल्याएर ग्राहकहरुले नयाँ मोटरसाईकल लैजाने व्यवस्था माघ २७ देखी फागुन २ गते सम्मका लागि रहेको छ । मनकामना अटोले बजाज कम्पनीकाे मोटरसाईकल राम्रो खरिद बिक्री गर्न सफल भएको कम्पनीले जनाएको छ ।

मनकामना अटोमा पुरानो मोटरसाइकलको सर्वाेकृष्ट मुल्य, न्युनतम व्याजदरमा फाइनान्सको सुविधा समेत रहेको छ । बजाज माेटरसाइकलकाे प्रत्येक गाडी खरिदमा १० हजार सम्म नगद छुटका साथै उपहारको विशेषता साथै कुनै पनि माेटरसाइकलकाे प्रचलित बजार मूल्य भन्दा रु १५ हजार थप सुविधा समेत रहेको मनकामना अटाे माेवायल्सका संचालक डिल्लीप्रसाद ढकालले बताए ।

बजाज कम्पनीको मोटरसाइकल नेपाल लगायत मूलुकको ७० देशमा बिक्री वितरण हुने गरेको छ । मूलुकको ७५ वटै जिल्ला लगायत विकट ठाउँमा समेत बजाजको मोटरसाईकल उपलब्ध रहेको साथै ग्राहकहरुले मोटरसाइकलको खरिद बिक्रीमा ठूला शहरहरुमा पाउँने सुविधा अन्य सबै शाखाहरुमा सरल रुपले पाउँने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

The post विराटचोकमा बजाज माेटरसाइकलको एक्सचेन्ज अफर appeared first on Purbeli News.

दिल्ली हिंसामा मारिनेको संख्या २२ पुग्यो

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ / धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १७.११ विन्दुले बढेर आज एक हजार ३४१.३८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.७५ ले बढेर २८५.३७ मा पुगेको छ । नेप्से उकालो लाग्दा त्यसको प्रभाव कारोवार रकममा समेत परेको छ । कूल १७५ कम्पनीको ३९ लाख ९६ हजार ८७७ कित्ता शेयर रु एक अर्ब ५३ करोड २२ लाख ५० हजार ४४० मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज व्यापार उपसमूहको मात्रै शेयर ओरालो लागेको छ ।

सो उपसमूह १०.६७ ले घट्दा बैंकिङ १४.४८, होटल १.५६, विकास बैंक १८.६४, जलविद्युत् ९.८९, वित्त २.९१, निर्जीवन बीमा ९३.४७, उत्पादन २०.२६, अन्य ६.३९, लघुवित्त ७०.२२, जीवन बीमा ५३.२६ र सामूहिक लगानी कोष ०.१६ ले बढेको छ । कारोवारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १५ करोड दुई लाख १२ हजार ४५ मूल्य बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै एनआइसी एशिया बैंक रु ११ करोड २३ लाख २० हजार ३०२, सिभिल बैंक रु आठ करोड ३४ लाख १० हजार २१८, छिमेक लघुवित्त विकास बैंक रु पाँच करोड ३३ लाख ५० हजार ८३४, नागरिक लगानी कोष रु पाँच करोड २२ लाख ८२ हजार ९२६ र स्वरोजगार लघुवित्त विकास बैंकको रु तीन करोड ४९ लाख २२ हजार ६६४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । नेप्सेका अनुसार कालिका पावर १०, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ९.८३, नेपाल हाइड्रो डेभलपमेन्ट ७.५०, लक्ष्मी लघुवित्त वित्तीय संस्था ६.३४, स्वरोजगार लघुवित्त विकास बैंक ६.१८ र दिव्यश्वरी हाइड्रोपावर का लगानीकर्ताले ५.८८ प्रतिशतले कमाए । त्यस्तै, युनियन हाइड्रोपावर ५.०८, सेन्ट्रल फाइनान्स ४.०८, रिलायन्स फाइनान्स ३.३५, साल्ट टे«डिङ कर्पोरेशन २.०५, बोटलर्स नेपाल तराई १.९९ र रैराङ हाइड्रोपावरका शेयरधनीले १.९२ प्रतिशतले गुमाए ।

The post नेप्सेमा दोहोरो अङ्कको वृद्धि appeared first on Purbeli News.

बजेटले राखेको लक्ष्य र दृष्टिकोण स्पष्ट छ : अर्थमन्त्री

कुखुराजन्य उद्योगमा १८ अर्बको नोक्सानी

चितवन / नेपालको आत्मनिर्भर कुखुराजन्य उद्योगमा गत एक वर्षमा रु १८ अर्बभन्दा बढीको नोक्सानी भएको छ । अण्डा, चल्ला र मासुमा वर्षभरि नै किसानले नोक्सानी व्यहोरेका हुन् । उत्पादन बढी भएपछि किसानले लागत मूल्य नपाएका हुन् । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलले कुखुराजन्य उत्पादनमा वर्षभरि नै किसानले नोक्सानी व्यहोरेको बताउनुभयो । उहाँका अनुसार गएको एक वर्षमा रु ५५ लागत पर्ने चल्ला सरदर प्रतिगोटा रु २५ मा बिक्री भएको छ । देशभरमा सातामा उत्पादन हुने ३५ लाख ब्रोइलर चल्लाबाट प्रतिगोटा रु ३० घाटा सहनुपरेको छ । गएको एक वर्षमध्ये छ हप्ता लागत मूल्यमा बिक्री भए पनि बाँकी समय घाटामा बिक्री गर्नुपरेको थियो । यसरी हेर्दा एक वर्षमा रु चार अर्ब ७२ करोड ५० लाख हाराहारी घाटा कृषकले व्यहोरेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी सातामा एक लाख ५० हजार बिक्री हुने लेयर्स चल्लाबाट गत एक वर्षमा रु ३० करोड हाराहारी नोक्सान भएको पोखरेलले जानकारी दिनुभयो । यस्तै मासुमा दैनिक नौ लाख ५० हजार किलो बिक्री गर्दा सरदर प्रतिकिलो रु ३० घाटा व्यहोर्नुपरेको उहाँको भनाइ छ । यसबाट एक वर्षमा रु नौ अर्ब ७२ करोड नोक्सान भएको उहाँले बताउनुभयो । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष किरणभुषाल ओली नेपालमा दैनिक ५० लाख अण्डामा प्रतिगोटा रु तीन हाराहारी नोक्सान भएको बताउनुहुन्छ । अण्डाबाट एक वर्षमा रु तीन अर्ब चार करोड ५० लाख नोक्सान भएको उहाँले जानकारी दिनुभयो । देशभरमा ठूलो सङ्ख्यामा कृषक विस्थापित भएको ओलीको भनाइ छ ।

यसरी कुखुराजन्य उत्पादनमा एक वर्षमा रु १७ अर्ब ७९ करोड हाराहारी नोक्सान भएको देखिन्छ । पोल्ट्री व्यवसायी डा तिलचन्द्र भट्टराई नोक्सान धान्न नसकेर ३० प्रतिशत व्यवसायी विस्थापित भएको बताउनुहुन्छ । अन्यले बैंकको ऋण सार्ने वा सोही बैंकमा ऋण थपेर टिकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सबै धरापमा छन् ।” बर्डफ्लु आउँदासमेत तीनचार महिना नोक्सान व्यहोरे पनि गएको एक वर्ष व्यवसाय पूरै नोक्सानमा गएको उहाँको भनाइ छ ।

उत्पादित कुखुराजन्य पदार्थको एकातर्फ मूल्य नहुने अर्काेतर्फ दानाको कच्चा पदार्थको मूल्य बढ्दा थप समस्या उत्पन्न भएको उहाँको भनाइ छ । एक वर्षअघि प्रतिकिलो रु २९ को मकै अहिले रु ३८ पुगेको छ भने रु ५६ को भटमास रु ७२ सम्म पुगेको डा भट्टराई बताउनुहुन्छ । उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्यसमेत रहनुभएका डा भट्टराई ब्रोइलर चल्लाको लागत मूल्य प्रतिगोटा रु ५५, लेयर्स चल्लाको प्रतिगोटा रु ९०, अण्डा प्रतिगोटाको रु १० र मासु प्रतिकिलो रु ३३० पर्ने बताउनुहुन्छ । अहिले बजारमा दानाको मूल्य रु ५३ देखि रु ६४ सम्म पर्ने गर्दछ ।

नेपाल ह्याचरी उद्योग सङ्घका अध्यक्षसमेत रहनुभएका टीकाराम पोखरेल नेपालमा ३०८ ह्याचरी, एक हजारभन्दा बढी ठूला फार्म र ब्रोइलर कुखुरा पाल्ने साना फार्म १० हजारभन्दा बढी रहेको बताउनुहुन्छ । यस क्षेत्रमा रु एक खर्ब १५ अर्ब लगानी भएको उहाँको भनाइ छ । यसमध्ये आधाभन्दा बढी बैंकिङ लगानी रहेको छ । लगातारको मूल्य गिरावटपछि पछिल्लो समय लागत मूल्य धान्ने गरी व्यवसायीले मूल्य तोकेर बिक्री वितरण शुरु गरेका छन् । हाल अण्डाको फार्म मूल्य प्रतिक्रेट (३० वटाको) रु ३०५, मासु प्रतिकिलो रु ३८० र ब्रोइलर चल्ला रु ६५ एवं लेयर्स चल्ला रु ६० देखि ७० सम्म बिक्री गर्न शुरु गरिएको छ । यद्यपि ब्रोइलर पालक किसानले जिउँदो कुखुराको मूल्य रु २०० देखि २२० सम्म मात्रै पाउँदै आएका छन् । मासुको मूल्य उच्च भएपछि किसानले जिउँदो कुखुराको उचित मूल्य पाउन सकेका छैनन् । बजारमा अन्य मासुको मूल्य उच्च भए पनि अण्डा र कुखुराको मासुको मूल्य कम भएको व्यवसायीको गुनासो छ ।

The post कुखुराजन्य उद्योगमा १८ अर्बको नोक्सानी appeared first on Purbeli News.

निरीक्षकसहित १६ प्रहरी अधिकारी निलम्बन सिफारिस

चीनले कोरोना भाइरसबाट मर्नेको संख्या लुकाउँदैछ ? १४ हजार शव जलाइएको आशंका !

काठमाडौं – चीन सरकारले कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या लुकाइरहेको आशंकासहित विभिन्न सञ्चारमाध्यममा समाचार आइरहेका छन् ।

ताइवानबाट प्रकाशित ताइवान न्यूजले चीनको वुहान प्रान्तमा १४ हजार बढी शव जलाएको हुनसक्ने आशंका गरेको छ ।

चीनले वुहान शहरमा कोरोना भाइरसबाट मृत्यु भएका १४ हजारभन्दा धेरै व्यक्तिको शव जलाएको हुनसक्ने समाचारमा उल्लेख छ । वुहान सहरमा सल्फर डाइअक्साइड ग्यासको स्तरका आधारमा पछिल्लो विवरण सार्वजनिक गरिएको छ ।

ताइवान न्यूजले ‘विन्डी डटकम’ले अन्तरिक्ष क्षेत्रबाट खिचेको तस्वीरमा वुहान शहरमा सल्फर डाइअक्साइडको मात्रा असामान्य रुपमा बढी पाइएको दाबी गरेको छ । समाचार अनुसार वुहान शहरको वायुमण्डलमा सल्फर डाइअक्साइडको मात्रा १ हजार ७०० माइक्रोग्राम प्रतिघनमिटर रहेको छ । सल्फर डाइअक्साइडको धेरै मात्रा खतराको स्तरभन्दा २१ गुणा बढी रहेको समाचारमा उल्लेख छ ।

मृतकका १४ हजारभन्दा धेरै शव जलाउँदा मात्रै धेरै मात्रामा सल्फरडाइअक्साइड उत्सर्जन हुने वैज्ञानिकहरूको दाबी रहेको छ । व्यक्तिको शव जस्ता जैविक पदार्थ जलाउँदा सल्फरडाइअक्साइड, मर्करी डाइअक्सिजन र हाइड्रोक्लोरिक एसिड जस्ता रसायन पदार्थ बढी निस्किने वैज्ञानिकले जनाएका छन् ।

यातायात कार्यालयका केही कागजपत्र अख्तियारको नियन्त्रणमा