Home Blog Page 1344

चलचित्र पत्रकार संघ प्रदेश १ मा बस्नेत

ईटहरी । चलचित्र पत्रकार संघ प्रदेश १ को दोस्रो अधिबेशनले पूर्वेली न्युजका सम्पादक नरेन्द्र बस्नेतको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कार्यसमिति सर्बसम्मत चयन गरेको छ । सुनसरीको ईटहरीस्थित होटल पाथिभरा ईन्टरनेशनलमा आईतबार सम्पन्न अधिबेशनले करिब डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल बस्नेतको अध्यक्षतामा समिति चयन गरेको हो । संघको उपाध्यक्षमा सुन्जु राई, सचिव बिरेन्द्र कुमार शाह, सहसचिव रमेश तिवारी, काेषाध्यक्ष किशाेर श्रेष्ठ, सदस्यहरूमा सुवास श्रेष्ठ, माैसमी कार्की, भाष्कर श्रेष्ठ, लक्ष्मी कुमार तामाङ, मनिष दास रहेका छन् ।

समितिको उपाध्यक्षमा धरानकी सञ्जु राई सचिबमा बिराटनगरका बिरेन्द्रकुमार शाह,सहसचिबमा बिर्तामोडका रमेश तिवारी र कोषाध्यक्षमा उर्लाबारीका किशोर श्रेष्ठ चयन भएका छन । समितिको सदस्यहरुमा झापा, मोरङ, सुनसरी लगायत प्रदेश १ का बिभिन्न जिल्लाबाट सदस्य चयन भएका छन । चलचित्र पत्रकार संघका केन्द्रिय अध्यक्ष सन्दिप सापकोटाको प्रमुख आतिथ्यमा अधिबेशन सम्पन्न भएको हो ।

नवनिर्बाचित अध्यक्ष बस्नेतले प्रदेश १ का १४ वटै जिल्लामा रंग पत्रकारिता गरिरहेका सक्रिय पत्रकारहरुलाई संगठित गर्ने र उनीहरुको क्षमताबृद्धि लगायत उनीहरुको हक हितका लागी बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताएका छन । प्रदेश १ मा हाल ३ दर्जन बढी सक्रिय रुपमा रंग पत्रकारिता गर्ने पत्रकारहरु रहेका छन ।

The post चलचित्र पत्रकार संघ प्रदेश १ मा बस्नेत appeared first on Purbeli News.

नवलपुरमा एमाले २६० र कांग्रेस २०३ पदमा विजयी

आँधीका कारण म्यान्चेस्टर सिटी र वेस्ट ह्यामबीचको खेल रोकियो

इङ्लिस प्रिमियर लिगका खेल खराब मौसमका कारण प्रभावित बनेको छ। म्यान्चेस्टर सिटी र वेस्ट ह्यामबीचको खेल स्थगित भएको छ।

खेल सुरु हुनुभन्दा पाँच घण्टाअघि सिटीले ट्विटरमार्फत खेल रोकिएको जानकारी दिएको छ।

प्रतिघण्टा ५० देखि ६० माइल गतिको हुरी चल्नसक्ने चेतावनी दिइएको छ। एजेन्सी

काठमाडौंमा रातभर वर्षा, आज पानी कता-कता पर्छ?

किरणको टोलीको दोस्रो हार

राष्ट्रिय फुटबल टोलीका कप्तान एवंम् गोलकिपर किरण चेम्जोङ सम्मलित पञ्जाब एफसीले भारतीय (आई) लिगमा हार बेहोरेको छ।

आइतबार कल्याणीमा भएको खेलमा पञ्जाब शीर्षस्थानको मोहन बगानसँग १–० ले पराजित भएको छ। मोहन बगानका पापा बाबाकार डिएवाराले ४२ औं मिनेटमा गरेको गोल नै खेलका लागि निर्णायक बन्यो।

आइतबार खेलमा किरणले पुरा समय खेलेका थिए। सिजनमा यो पञ्जाबको दोस्रो हार हो। यो हारपछि शीर्षस्थानको मोहन बगान र पन्जाबबीचको अन्तर दुरी अझै फराकिलो भएको छ। ११ खेलमा मोहन बगानको २६ अंक छ। मोहन बगानले ८ खेलमा जित , २ मा बराबरी खेल्दा १ मा हार बेहोरेको थियो।

त्यत्तिनै खेलमा पञ्जाबको १७ अंक छ। पञ्जाबले यो खेलमा ४ खेल जित्दा ५ खेलमा बराबरीमा चित्त बुझाउनु परेको थियो। ११ टोलीको सहभागिता रहेको लिगमा रियल कष्मिर १५ अंका साथ तेस्रो स्थानमा छ।

नेपोलीको मैदानमा बार्सिलोना बराबरीमा राेकियाे

साझेदारी तोड्न नसक्दा हार्‍यौं: कप्तान ज्ञानेन्द्र

विश्वकप लिग २ को आफ्नो तेस्रो खेलमा आइतबार नेपालबाट जितको अपेक्षा राखिएको थियो। पहिलो खेलमा ओमानसँग १८ रनले गुमाए पनि अर्को खेलमा नेपालले अमेरिकामाथि जित हासिल गर्दैै जितको यात्रा सुरु गरेको थियो।

अघिल्ला दुई खेलको दाँजोमा राम्रो सुरुवात र एक दिवसिय क्रिकेटमै आफ्नो तर्फबाट अहिले सम्मकै उच्च २ सय ५० रनको लक्ष्य दिएपछि नेपालले दोस्रो जित निकाल्ने अपेक्षा गरिएको थियो। त्यस्तो अवस्थाबाट नेपालले ८ विकेटले खेल गुमायो।

टोलीका कप्तान ज्ञानेन्द्र मल्लले ओमानको चौथो विकेटको पार्टनरसिप तोड्न नसक्नु र बाउन्ड्रिज रोक्न नसक्नु हारको कारण रहेको बताए। ओमानले चौथो विकेटका लागि १ सय ६७ रनको साझेदारी गरेको थियो।

ओपनिङ ब्याट्सम्यानलाई गुमाएपछि एक समय दबाबमा आएको ओमानका लागि कप्तान जिसान मक्सुद र उपकप्तान अकिब लियासले धर्यतापूर्वक इनिङस् सम्हालेका थिए। उप कप्तान अकिबले १ सय ९ रन जोड्दा कप्तान जिसान ६८ मा अविजित रहे। ज्ञानेन्द्रले पार्टनरसिप तोड्नका लागि ७ बलर सम्म प्रयोग गरे।

खेलपछि कप्तान ज्ञानेन्द्रले चुनौतिपूर्ण लक्ष्य दिएपनि उनीहरुको साझेदारीलाई तोड्न नसक्नु कमजोरी रहेको बताए। ‘हामीले राम्रो लक्ष्य दिएपनि उनीहरुले जसरी ब्याटिङ गरिरहेका थिए त्यो हिसाबमा हाम्रा बलरहरुले राम्रो गर्न सकेनन्,उनले भने, जसलाई विश्वास गरेका थियौ उनीहरुले राम्रो गर्न सकेनन् त्यो नै हारको कारण हो।’ ओमानले नेपालविरुद्ध २९ चौका र १ छक्का प्रहार गरेको थियो।

कप्तान ज्ञानेन्द्रले उप कप्तान दिपेन्द्र सिंह ऐरिको खराब प्रर्दशनको भने बचाउ गरे। एउटा खेलाडीको प्रदर्शनलाई मात्र हेरेर हुँदैन, ओमानविरुद्ध अर्धशतक पुरा गरेका ज्ञानेन्द्रले थपे, दिपेन्द्र टोलीको आवश्यकता अनुसार प्रदर्शन गर्नेमा हामी विश्वस्त छौं। ज्ञानेन्द्रले एक दिवसिय क्रिकेटमा दोस्रो अर्धशतक पुरा गर्दा उपकप्तान दिपेन्द्र भने लगातार दोस्रो खेलमा पनि खाता खोल्न असफल रहे।

इरानी उपस्वास्थ्यमन्त्रीलाई कोरोनाभाइरस संक्रमण

तिलोत्तमामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

तिलोत्तमा नगर खेलकुद विकास समितिको आयोजनामा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आइतबारबाट प्रथम नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता–२०७६ सुरु भएको छ।

तिलोत्तमा–१, चपरहट्टीस्थित सिद्धार्थ खेलमैदानमा आइतबारबाट सुरु भएको प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरी ३७ विद्यालयहरुले प्रतिस्पर्धा गर्नेछन्। विद्यालयस्तरमा रहेका प्रतिभालाई खेलमार्फत छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्लामा सहभागी गराउने गरी प्रतियोगिता आयोजना गरिएको नगर खेलकुद विकास समितिका संयोजक राजेन्द्र गुरुङले बताए।

आज एक कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन गर्दै तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले खेलकुद स्वास्थ्यसँग पनि जोडिएकाले नगरपालिकाले खेलकुदलाई विशेष महत्व दिएको उल्लेख गरे। खेलाडीलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले नगरपालिकाका सबै खेलमैदानलाई स्तरोन्नती गरिने प्रतिबद्धता जनाए।

खेलकुदले अनुशासनको विकास गराउने भएकाले यसलाई पढाइसँगसँगै अघि बढाइनुपर्नेमा उनको जोड छ। फरक प्रसंगमा नगर प्रमुख घिमिरेले शुन्य खुला पोलिथिन अभियानमा नगरबासीले देखाएको उत्साहप्रति आभार व्यक्त गर्दै पोलिथिनजन्य फोहरलाई जथाभावी फाल्नेलाई कारवाही गरिने स्पष्ट पारे।

प्रतियोगितामा एल्लेटिक्सतर्फ १३ इभेन्टहरु हुनेगरी तालिका बनाइएको आयोजकले जनाएका छन्। जसमा एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय र तीन हजार मिटरका दौड प्रतियोगिताहरु समावेश गरिएको समितिका सदस्य दीपक खनालले जनाए। यस्तै ४ बाई १ सय रिले दौड, ४ बाई ४ सय रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, शटफुटलगायतका प्रतियोगिताहरु हुने छन्।

यसैगरी भलिबल, कबड्डीलगायतका अन्य प्रतियोगिताहरु पनि सञ्चालन हुनेछन्। उद्घाटनको अवसरमा विद्यार्थीहरुले खेलकुद तथा गीतसंगति र नृत्यका विभिन्न प्रस्तुतिहरु प्रदर्शन गरेका थिए। प्रतियोगिता तीन दिनसम्म चल्नेछ।

मकवानपुरको इन्द्रसरोवरमा जीप दुर्घटना चारको मृत्यु

अवैध यौन सम्बन्धले लियो ज्यान

दुई छोरीकी एक आमाले अवैध यौन सम्बन्धका कारण ज्यान गुमाउनुपरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले यही माघ २४ गते विराटनगर–१२ मलङ्गवाको चक्रपथस्थित उखुबारीमा हत्या गरी बेवारिस अवस्थामा फेला पारेको थियो। महिलाको ज्यान जानुको कारण अवैध यौन सम्बन्ध रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले आज यहाँ पत्रकार सम्मेलन गरी सुनसरीको दुहवी नगरपालिका–६ बस्ने ३२ वर्षीया सम्झना खत्री परियारको हत्याको आरोपमा सप्तरी जिल्ला मट्टिगढा घर भई मोरङको बूढीगङ्गा गाउँपालिका–३ पोठियामा डेरा गरी बस्ने २५ वर्षीय सुरेन्द्रप्रसाद साहलाई प्रकाउ गरी आज यहाँ सार्वजनिक गरेको छ।

क्वालिटी नूडल्स उद्योगमा स्टोर इन्चार्ज भई कार्यरत साहको विगत तीन वर्षदेखि परियारसँग अवैध यौन सम्बन्ध रहेको अनुसन्धानमा पत्ता लागेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीले जानकारी दिए। मृतक परियारले आरोपित साहको डेरामा दैनिक जाने, खाना बनाइदिने, कपडा धोइदिने लगायतका घरेलु कार्य गर्ने गरेको र बेलाबेलामा घुम्न जाने गरेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए।

आरोपित साहले मृतक परियारलाई यही माघ २१ गते मोबाइल गर्दा नउठाएको, कोठामा ताल्चा लगाई सम्पर्कविहीन भएकाले खोज्ने क्रममा मोरङको बाँसबारीमा भेटी मोटरसाइलमा सँगै विराटनगर–१२ स्थित चक्रपथ हुँदै मलङ्गवाको पश्चिम उखुबारीमा आपसी विवादका क्रममा रिसको अवेगमा सलले घाँटी थिची बाँसलाई धारिलो हतियार बनाई हत्या गरेको स्वीकारेका छन्।

प्रहरीले माघ २४ गते बेवारिस अवस्थामा फेलाको परियारको मृत शरीरलाई पहिचानका लागि स्थानीय एफएम रेडियो, सामाजिक सञ्जालमा सार्वजनिक गरेको दुई घण्टाभित्र सम्पूर्ण विवरण प्राप्त भएको प्रमुख अधिकारीले जानकारी दिए।

परियारका श्रीमान् वसन्त परियार इलाममा कार्य गर्ने गरेको र श्रीमती हराएको सम्बन्धमा सोधिखोजी गर्दा साहको नामसहित जाहेरी इलाका प्रहरी कार्यालय मोरङको निमुवामा दिएकोमा अनुसन्धान कार्यमा सहज भएको प्रहरीले जनाएको छ। प्रहरीले मृतक परियारलाई घटनास्थलमा बोकेर लगेको साहले प्रयोग गर्ने मोटरसाइकल र मोबाइल दुई थान बरामद गरेको छ।

मृतक परियारका १६ र १२ वर्षीय दुई छोरी छन्। परियारको हत्यारा पत्ता लगाउन प्रहरीले प्रशिक्षित प्रहरी कुकुरसमेत प्रयोग गरेको थियो। प्रहरीले आरोपी साहलाई थप अनुसन्धानका लागि जिल्ला अदालत मोरङमा म्याद थप गरेको छ।

यसैगरी प्रहरीले मोरङको रङ्गेली–७ स्थित संसारी माईस्थान मन्दिरमा माताको शिरमा लगाउने चाँदीको मुकुट, छत्र, त्रिशूल, पित्तलको गणेश र छोटी माताको मूर्ति गरी रु ११ लाख ३५ हजार बराबरको सामान चोरी गर्ने चोरलाई पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ।

MD_Biratnagar-26b.jpg
रङ्गेली नगरपालिका–३ बस्ने भुवन पराजुलीले यही माघ २२ गते राति १०ः५४ बजे उक्त सामान चोरी गरेको सिसी क्यामरा रेकर्डमा देखिएको छ। आरोपित पराजुलीले गम्छाले मुख छोपी मन्दिरमा कोही नभएको बेला पर्खाल नाघी चोरी गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयले अनुसन्धानका क्रममा सिसी क्यामरा रेकर्डको आधारमा निजले प्रयोग गर्ने ज १२ प ५४६८ नं को मोटरसाइकलबाट निजलाई पक्राउ गरेको प्रहरी प्रमुख अधिकारीले बताए। निजको साथबाट चोरी भएको सम्पूर्ण सामग्री प्रहरीले बरामद गरेको छ। रासस

हावाहुरीका कारण तीनको मृत्यु

सय रुपैयाँ चोरेको भन्दै दुई बालकलाई ८ घण्टा बाँधेर कुटियो, एक बालक ३ दिनदेखि अस्पतालमा

किराना पसलबाट सय रुपैयाँ चोरेको आरोपमा आठ घण्टा बन्धक बनाएर दुई बालकमाथि निर्घात कुटपिट भएको छ। सबैला नगरपालिका ९ भठिहनका तेजवा मुखियाका १० वर्षीय छोरा बिल्टु मुखिया र स्थानीय अनाथ बालक १३ वर्षीय सुरज महतोमाथि कुटपिट भएको हो।

बिहीबार बिहान ११ बजे स्थानीय शिवशंकर महतो सुडीको किराना पसलमा चोरी गरेको आरोपमा दुवै बालकलाई बन्धक बनाएर वडा नंं ९ का वडाध्यक्ष सुशीलकुमार राय र पसले सुडीले निर्घात कुटपिट गरेको तेजवा मुखियाले बताए।

कुटपिटबाट १० वर्षीय बालक बिल्टु सिकिस्त भएपछि जनकपुरको समर हस्पिटलमा आइसीयूमा राखेर उपचार भइरहेको छ। कुटपिटबाट बिल्टुको नाक र मुखबाट रगत आएपछि तीनदिनदेखि अस्पताल भर्ना गरेको बुबा तेजवा मुखियाले बताए।

उपचारमा संलग्न चिकित्सकले बालकको नाक, टाउको तथा शरीरका विभिन्न भागमा चोटपटक लागेको बताए। चोटपटकले नाकबाट रगत आउने समस्यालाई मध्यनजर गरेर अब्जरभेसनमा राखिएको उनले बताए। आइतबारदेखि बालकको अवस्थामा सुधार भएको अस्पतालले जनाएको छ।

बालकलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा किरानापसले सुडी र वडाध्यक्ष राय विरुद्ध प्रहरीमा निवेदन दिएको मुखियाले बताए ।

उनले छोरालाई कुटपिट गर्ने वडाध्यक्ष राय र पसले सुडीलाई कारबाहीका लागि सबैसँग गुहार गरेका छन्।

बालकका बुबा मुखिया भन्छन्– दिनभर बाँधेर कुटियो
बिहीबार बिहान ११ बजे सुरज र बिल्टु खेल्दै पसलतिर गएका थिए। पसल खुल्लै देखेपछि उनीहरुले पसलको गल्लाबाट एक सय रुपैयाँ निकालेका थिए। पैसा चोर्ने क्रममा दुवै बालकलाई पसले सुडीले पक्राउ गरे। उनले पैसा खोसेर लछार्दै–पछार्दै कुट्दै बालकहरुलाई वडा कार्यालयमा लगे।

त्यहाँ दुबै बालकलाई हातखुट्टा पाता फर्काइ बाँधियो। त्यसपछि वडाध्यक्ष राय, पसले सुडी र स्थानीय ट्याक्टर चालक वीरेन्द्र राय मिलेर दुवै बालकलाई झाडुको बिँड, थप्पड, मुक्काले शरीरभरी कुटपिट गरे।

बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म बाँधेकै अवस्थामा राखेर बेला बेला दिनभर कुटपिट गरिरहे। ७ बजेपछि दुबै बालकलाई छाडिदिए। कुटपिटका कारण राति बालक बिल्टुको मुख र नाकबाट रगत आएपछि जनकपुरको समर अस्पतालमा भर्ना गरियो।

वडाध्यक्ष भन्छन्– राजनीतिक प्रतिशोधका लागि मेरो नाम जोडियो
बालकलाई कुटपिट गरेको आरोप लागेका वडाध्यक्ष सुशील रायले कुटपिटमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्। किरानापसले शिवशंकर महतोले बाँधेर राखेको अवस्थामा दिउँसो करिब ४ बजे आफूलाई फोन गरेर छलफलका लागि बोलाएपछि आएको उनको भनाइ छ। आफू आएपछि किरानापसले र बालकको अभिभावकलाई वडा कार्यालयमा बोलाएर छलफल गरी च्यातिएको पैसावापतको रकम बिल्टु मुखियालाई तिर्न लगाएको उनले बताए।

‘बालक बिल्टु सिरियस भएको सुनेपछि मैले नै उनलाई अस्पताल लैजान सल्लाह दिएँ,’ उनले भने, ‘कुटपिट गरेको हल्ला मैले सुनेको छु। तर कुटपिटमा मेरो कुनै संलग्नता छैन राजनीतिक प्रतिशोधको कारण मेरो नाम जोडिएको छ।’

पूर्व नासु अधिकारीविरुद्ध अख्तियारद्वारा नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा दायर

‘सत्य निरुपण आयोगमा नेताको खल्तीका रबर स्ट्याम्प मान्छे’

द्वन्द्व पीडित साझा चौतारीले द्वन्द्वकालिन मुद्दाहरु निरुपण गर्न गठन भएका आयोगहरुले पीडितको पक्षमा काम गर्न नसकेको गुनासो गरेको छ।

सरोकारवाला पक्षसँग आइतबार भएको अन्तरक्रिया कार्यक्रममा चौतारीका अध्यक्ष भागीराम चौधरीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पीडितको पक्षमा काम गर्न नसकेको बताएका हुन्। विधि र पद्धति अनुसार गठन नहुदा ४ वर्षसम्म पनि कुनै निर्णय हुन नसकेको उनले बताए। परिणाम दिन नसकेको आयोगमा पुनः पदाधिकारी नियुक्त गर्नुको उद्देश्य के हो भन्ने आफुले बुझ्न नसकेको उनको भनाई छ।

प्राध्यापक कपिल श्रेष्ठले नेताहरुले आफ्नो खल्तिबाट मान्छेहरु ल्याएर सरकारले रबर स्टयाम्प आयोग गठन गरेको आरोप लगाए। पञ्चायतकालमा जस्तै दुई तिहाइको सरकार स्वतन्त्रता र मावनअधिकार संकुचित गर्नेगरी अगाडि बढेको उनको भनाई छ।

मानवअधिकारकर्मी डा. गोपालकृष्ण सिवाकोटीले नारा, धर्ना, जुलुस निरन्तरका काम भएपनि ऐन संशोधनका लागि संघर्ष गर्नुपर्ने बताए। ऐन परिवर्तनलाई मुख्य एजेण्डा बनाएर अगाडी बढ्नुपर्नेमा उनले जोड दिए।

द्वन्द्वपीडित भोजराज तिमल्सिनाले पीडितका बालबालिकालाई शिक्षा, स्वास्थ्य, गास बासको समस्या भएपनि सरकारले नहेरेको गुनासो गरे। अन्य देशमा मानवअधिकारवादीहरु पीडितको हक अधिकारका लागि आमरण अनसनमा बस्ने गरेको बताउँदै होटलमा बसेर हाँसी मजाक गर्नुभन्दा पीडितको पक्षमा कुराहरु उठाउन माग गरे।

वरिष्ठ अधिवक्ता बाबुराम जिसीले जिउँदै मान्छे मार्ने मार्न लगाउने व्यक्तिलाई राजनीतिक दलहरुले पीडितको मेख मार्नेगरी पीडकलाई देशको सर्वोच्च पद दिएको बताए।
आयोगको पूर्व सिफारिस समितिका पूर्व सदस्य प्रदिप पोखरेलले अहिलेको सबै प्रकृया पुनरावलोकन गरी अगाडि कसरी बढ्ने भन्ने एजेण्डाहरुका विषयमा गृहकार्य गर्नुपर्ने बताए।
चौतारीका महासचिव जनक बहादुर राउतले आयोगहरुबाट आशा गरेको र अभिलासा बोकेअनुसारको न्याय नपाइएको गुनासो गरे।

प्रजातन्त्रका लागि पुनः संघर्ष गर्नुपर्ने बेला आएको सभापति देउवाको भनाइ

चोरिएको मोटरसाइकल ५ दिनमै यसरी भेटियो

सुरेन्द्रप्रसाद दाहाल व्यवसायी तथा सफल नेपाल मिडिया हाउस प्रालिका अध्यक्ष हुन्। उनी माघ १२ गते दिनभर आफ्नो काममा व्यस्त थिए। ७ बजेपछि डाक्टरले फलोअपको लागि बोलाइएको थियो।

उनी फलोअपको लागि हस्पिटल जान घरबाट बाहिर निस्किनै लाग्दा बा.८८प ९८६५को पल्सर मोटरसाइकल स्टार्ट मात्रै के गरेका थिए, उनको फोन बज्यो। फोनबाट आएको ‘म्यासेज’ श्रीमतीलाई भन्नुपर्ने भयो। उनी मोटरसाइकल छाडेर फोनमा आएको म्यासेज श्रीमतीलाई भन्न घरभित्र गए ।

घरभित्र पसेको ५ मिनेटमा हस्पिटल जानको लागि निस्कँदा मोटरसाइकल गायब। यताउती हेरे मोटरसाइकल देखेनन्। तुरुन्त उनी प्रहरीकहाँ गए। मोटरसाइकल हराएको निवेदन दिए। दाहाल मोटरसाइकल हराएकोमा चिन्तित थिए। गुह्येश्वरीमा बिहान–बिहान मानिसहरु मर्निङवाकको लागि जाने गर्छन्। मर्निङवाकमा जानेले चार-पाँच दिनसम्म मोटरसाइकल गुह्येश्वरी परिसरमा बेवारिसे अवस्थामा देखे।

उनीहरुले प्रहरीलाई फोन गरी केही दिनदेखि निलो रंगको बा.८८प ९८६५ को पल्सर मोटरसाइकल भएको कुरा जानकारी गराए।

‘त्यसपछि प्रहरीले मलाई फोन गर्यो,’ उनले त्यो दिन सम्झिँदै भने, ‘म आफैँले मोटरसाइकल चलाएर गौशालामा ल्याएर आए। त्यसपछि महानगरीय ट्राफिक प्रहरीले मोटरसाइकल महाशाखामा पठायो।’

उनलाई ट्राफिक प्रहरीले माघ २६ मा मोटरसाइकल वितरणको कार्यक्रम भन्दै महाशाखामा बोलाएको थियो। महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम प्रसाद ढकालले दाहाललाई मोटरसाइकल हस्तान्तरण गरे।

दाहालले आफ्नो मोटरसाइकल लिँदै ट्राफिक प्रहरीलाई धन्यवाद दिए। मोटरसाइकल पाएकोमा उत्साहित हुँदै उनले भने, ‘प्रहरीको सराहनीय काम गरेको छ।’ तर प्रहरीले भेट्टाएको लामो समयसम्म महाशाखामा राख्नुभन्दा छिट्टै वितरण गर्नु राम्रो हुने प्रहरीलाई सुझाव दिए।

१ हजार १८ हराएकोमा २ सय ६१ वटा फेला
आर्थिक वर्ष २०७६/०७७ साउनदेखि माघ २५ गतेसम्म ट्राफिक प्रहरीकहाँ कुल १ हजार १८ मोटरसाइकल हराएको निवेदन परेको छ। जसमा २ सय ६१ मोटरसाइकल फेला पारेको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ। आज (माघ २६)मा मात्रै २५ मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। प्रहरीले चोरीमा संलग्न ३० जनालाई कारबाही गरिसकेको बताएको छ।

उपत्यकाबाट चोरी भई बाहिर फेला पारको मोटरसाइकल पनि काठमाडौंमा ल्याई सम्बन्धित धनीलाई वितरण गर्ने गरेको छ ।

ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम प्रसाद ढकालले कार्यालय वा कार्यक्रममा जाँदा पार्किङ गरिएको अवस्थामा बढी मोटरसाइकल हराउने उनी बताउँछन्। चोरिएका मोटरसाइकल बेवारिसे छाड्ने, नम्बर प्लेट परिवर्तन गर्ने, वर्कशपमा लगेर मोटरसाइकल मोडिफाइ गर्ने गरेको उनी बताउँछन्। सवारीधनीलाई सुझाव दिँदै ढकालले भने, ‘जथाभावी पार्किङ गर्ने बानीले मोटरसाइकल हराउने गरेको छ । पार्किङ गर्दा सम्भव भएसम्म सेक्युरिटी गार्ड भएको ठाउँमा पार्किङ गर्ने, कुनै ठाउँमा पार्किङ गर्दा नजिकको ट्राफिक प्रहरीलाई जानकारी गराउनुहोस्।’

उनले सर्वसाधारणलाई वर्कसपमा कुनै मोटरसाइकल वा स्कुटरको शंकास्पद मोडिफाई भएजस्तो लागे १०३ वा १०० मा फोन गर्न सुझाव दिए।

आयरल्याण्डका ब्रायन काठमाडौ किंग्स एलाभेनबाट खेल्ने

नागरिकको घरमा क्यालेन्डर छैन, प्रदेश २ को मन्त्रालयमा हजारौं सड्दै

जनकपुरधामको शुकरबारी बजार नजिक चियापसल गर्ने रामजीत यादवको घरमा प्रदेश २ सरकारको क्यालेण्डर छैन। उनको घरमा क्यालेन्डर नहुँदा तिथिमिति र प्रदेश सरकारको विदा लगायतका दिनहरु बुझ्न समस्या हुन्छ। अरुसँगै सोधेर प्रदेश सरकारको विदाहरु थाहा पाउने गरेको रामजीत बताउँछन्।

रामजीत जस्तै जनकपुरधामका पत्रकार जगदीश साहको पनि प्रदेश २ सरकारको क्यालेन्डर छैन। प्रदेश सरकारको विदा लगायतका धेरै कुराहरु अग्रिम बुझ्न समस्या हुने गरेको पत्रकार जगदीश साहको गुनासो छ।

रामजीत र जगदीश जस्तै धेरै नागरिकको घरमा प्रदेश सरकारको क्यालेन्डर छैन। कतिपय सरकारी कार्यालयहरुमा पनि प्रदेश सरकारको क्यालेन्डर देखिँदैन।

तर वि.स.२०७६ को दशौं महिना बितिरहँदा प्रदेश २ सरकारको एउटा मन्त्रालयमा हजारौ क्यालेन्डर सडिरहेको अवस्थामा छ। प्रदेश २ को उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयले छपाएको २०७६ को हजारौं क्यालेन्डर मन्त्रालयकै एउटा कुनामा प्लास्टिकको बोरामा कोचेर थन्काइएको छ। वितरण नगरी ३।४ वटा प्लास्टिकको बोरामा राखिएको क्यालेन्डर मन्त्रालयको कोठा बाहरिको बरण्डा एककुनामा अन्य कागजातसँगै थुपारिएको छ।

आर्थिक वर्ष २०७५।०७६ को बजेटमा यस वर्षको लागि ५ हजार ७ सय क्यालेन्डर छपाएको थियो। काठमाडौंको वृष्माग्राफी छापाखानामा प्रति क्यालेन्डर भ्याट बाहेक ७५ रुपैयाँको दरले छापिएको मन्त्रालयको लेखाशाखाले जनाएको छ। क्यालेन्डर छाप्न भ्याटसहित पौने ५ लाख रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ।

86184190 607082573420798 3109621197785006080 n

मन्त्रालयका स्टोरका कर्मचारीले आफू पछि आएकाले कति क्यालेन्डर वितरण र कति थुपारिएको भन्ने एकिन तथ्यांक आफूसँग नरहेको बताए। त्यहाँका एक कर्मचारीले झण्डै १५ सयभन्दा बढी क्यालेन्डर बाँकी रहेको हुन सक्ने बताए। तर छापिएको भन्दा झण्डै आधा क्यालेन्डर थन्काइएको आँकलन गर्न सकिन्छ ।

मन्त्रालयका सूचना अधिकारी बेचन चौधरीले यस विषयमा आफूले बुझेर पछि मात्र केहि भन्न सक्ने प्रतिक्रिया दिए। आर्थिक वर्ष २०७६।०७७ सुरुवातको केहि समय पश्चात मात्र ढिलागरी क्यालेन्डर आएकाले वितरण नभएको मन्त्रालयले जनाएको छ।

तालमा बेपत्ता लुइँटेल मृत फेला