Home Blog Page 1350

घुस लिएको अभियोगमा कार्यालय सहयोगी विरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय सप्तरीका मुद्दा शाखामा कार्यरत कार्यालय सहयोगी केशवकुमार यादवलाई घुस लिएको अभियोगमा मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोयरालाका अनुसार अभद्र व्यवहार मुद्दा पेशीमा राखिदिने भन्ने प्रयोजनका लागि सेवाग्राहीसँग यादवले रु चार हजार घुस माग गरेको आरोप लागेको छ।

यस्तै जिल्ला आयोगले कपिलवस्तु शिवराज नगरपालिका ११ स्थित नवप्रगतिशित बहुउद्देश्यिय कृषक समूहका नामा दुर्गाप्रसाद खनालले बाख्रापालन कार्यक्रमका लागि लिइएको सरकारी अनुदान दुरुपयोग गरिएको अभियोगमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार समूहका अध्यक्ष खनाल, सचिव उमेश चौधरी र पशु चिकित्सक डारुपनारायण श्रेष्ठ र पशु विकास अधिकृत डा सोहन गुप्ता र सुरेन्द्रप्रसाद भुज तथा इन्जिनियर विवेककुमार गुप्ताले एकआपसमा मिलेमतो गरी रु छ लाख बराबरको हिनामिना गरेको आयोगको आरोपपत्रमा उल्लेख छ। रासस

कुरा लुकाएर, ढाँट-छल गरेर कति दिन चल्छ ? राजनीति गरिन्छ जुवा खेलिन्न : उपप्रधानमन्त्री पोखरेल

पढाइ र उद्यम दुबैलाई एकसाथ अगाडि बढाउनुपर्छ : महावीर पुन

राष्ट्रिय अनुसन्धान केन्द्रका अध्यक्ष महावीर पुनले नेपालजस्तो अल्पविकसित देशका युवाहरुले जागिरमा नभइ उद्यमशीलतामा जोड दिनुपर्ने बताएका छन्।

 स्वतन्त्र विद्यार्थी युनियन, पोखरा विश्वविद्यालयको आयोजनामा विश्वविद्यालय केन्द्रीय क्याम्पस, लेखनाथमा सञ्चालन भइरहेको ‘विद्यार्थी मेला २०२०’ मा शुक्रबार बोल्दै पुनले उद्यामशीलतामा जोड दिन युवाहरुलाई आग्रह गरेका हुन्।

 उनले नेपाली युवाहरुमा मौलाउँदै गरेको नेपालमा अध्ययन पुरा गर्ने अनि विदेश जाने प्रवृत्ति मौलाएकोमा चिन्ता व्यक्त गरे। उनले विद्यार्थीहरुलाई अध्ययनपछि नभई अध्ययन र उद्यमशीलता सँगसँगै लैजान सुझाब समेत दिए।

‘उद्यमी बन्न पढाइ सकेर शुरू गर्ने होइन कि पढ्दै उद्यम गर्ने हो’, उनले भने, ‘कलेज छिरेको पहिलो दिनदेखि नै पढ्दै सिक्दै उद्यम गर्नुपर्दछ जसले गर्दा पढाइ सकिँदासम्म सो विद्यार्थीले उद्यमशिलताको सबै आयमहरू बुझ्न सक्दछन्।’

आविष्कार र अन्वेषण सबैलाई चाहिने बताउँदै उनले नेपालमा राजनीतिले ठीक दिशा नलिनुको कारण यसमा अन्वेषण र अनुसन्धानको कमी भएको दावी गरे।

मेलाको विभिन्न प्रदर्शनीहरु तथा रोवर्ट भिडन्तको अवलोकन गर्दै उनले मेलामा देखाउनका लागि मात्र नभई यस्ता गतिविधिहरुमा निरन्तर लाग्नुपर्नेमा जोड दिए। साथै उनले राम्रो योेजना लिएर टिम बनाएर आउन विद्यार्थीहरुलाई आह्वान समेत गरे। ‘विद्यार्थीहरू मेला वा प्रतियोगिताका लागि मात्र अन्वेषणका काम गर्ने होइन’, उनले भने, ‘यसलाई अध्ययनको एक पद्धतिका रूपमा लिनुपर्दछ।’

मेलामा स्वतन्त्र विद्यार्थी यूनियनको तर्फबाट राष्ट्रिय आविष्कार केन्द्रलाई २५हजार रुपैयाँ सहयोग गरिएको समेत कोषाध्यक्ष प्रकृति दवाडीले जानकारी दिइन्। केन्द्रको सहयोगार्थ मेलामा पुस्तक मेला समेत आयोजना गरिएको छ।

मेलाको महिला सशक्तिकरण नामक सत्रलाई सम्बोधन गर्दै अनेरास्ववियूका नेता सुनिता बरालले महिलाहरुलाई राजनीतिमा पछाडी पार्नुले देशको विकासमा नै गम्भीर असर परिरहेको बताउनुभयो । मेलाको शुक्रबारको सत्रमा पुस्तक प्रदर्शनी, स्वास्थ्य शिविर, रोवर्ट भिडन्त, कविता प्रतियोगिता, गायन प्रतियोगिता, नृत्य प्रतियोगिता, सेयर तालिम लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन् ।

मेलामा विश्वविद्यालयका चार वटै आंगिक कलेजहरुका अलावा ति कलेजहरुमा कार्यरत विभिन्न २१ वटा संस्थाहरुले पनि साथ दिएको सभापति तिमिल्सिनाले जानकारी दिए ।

 

चट्याङ र हावाहुरीसहित देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना

दश वर्षीया बालिकाको आगलागीबाट मृत्यु

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ मा आज गोठमा आगलागी हुँदा दश वर्षीया बालिकाको जलेर मृत्यु भएको छ।

घर नजिकै रहेको गोठको माथिल्लो तलामा रहेको भुसामा आगलागी हुँदा दश वर्षीया श्रृष्टि ऐरको मृत्यु भएको अस्थायी प्रहरीचौकी बन्साहका प्रमुख प्रहरी सहायक निरीक्षक महादेव पन्तले जानकारी दिए।

घटनास्थल पुगेको प्रहरी टोलीले विस्तृत अनुसन्धान गरिरहेको बताउँदै आगलागीको कारण खुल्न नसकेको जनाएको छ। ‘गोठमा बालिका गएको थाहा नै नपाएको जस्तो देखिन्छ’, प्रहरी सहायक निरीक्षक पन्तले भने, ‘आगलागी कसरी भयो भन्ने विषयमा पनि हामी अनुसन्धान गर्दैछौँ।’

उनले आगलागीबाट बालिकाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए। प्रहरीका अनुसार बालिका स्थानीय सूर्योदय पब्लिक बोर्डिङ स्कूलमा कक्षा–५ मा अध्ययनरत थिइन्। रासस

प्रधानमन्त्रीको परीक्षा

गैरआवासीय नेपाली संघले ललितानिवासको जग्गाको सावाँ र ब्याजसहित रकम उठाउने

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले ललिता निवासभित्रको एनआरएनएको जग्गाको सावाँब्याजसहित रकम उठाउन पहल सुरु गर्ने बताएका छन्। भूमाफियाले संघलाई फसाएको भन्दै अध्यक्ष पन्तले शनिबार संघको कार्यसमिति बैठक बसेर ब्याजसहित रकम उठाउने गरी निर्णय गर्ने नेपालखबरसँग बताएका हुन्।

‘हामीले सबै प्रकारको कागजातहरुको हेरेरै खरिद गरेका हौँ। तर भूमाफियाले यसमा फसाएका छन्’, पन्तले भने, ‘अब जग्गाको सावाँ ब्याजसहित रकम असुल्न प्रक्रिया अघि बढाउने छौं।’

अध्यक्ष पन्तले जग्गा खरिद गर्दा कुनै प्रकारले कमी/कमजोरी भए/नभएको विषयमा समेत छानबिन हुने बताए।

एनआरएनले शोभाकान्त ढकाल तथा उनका परिवार र रामकुमार सुवेदी तथा उनका परिवारका नाममा रहेको जग्गा खरिद गरेको थियो। एनआरएनले उनीहरुबाटै किनेको बताएका छन्। यी दुवै जना बालुवाटार जग्गा प्रकरणका नाइके भूमाफिया हुन्।

एनआरएनले सो जग्गा १२ करोड ७२ लाख रुपैयाँमा खरिद गरेको थियो। ललिता निवास रहेको ७४८, ७५२, ७४४, ७४६ र ७५० नम्बर कित्ताको ४८ आना जग्गा खरिद गरेको थियो। प्रतिआना २६ लाख ५० हजार रुपैयाँमा जग्गामा २४ करोड रुपैयामा खरिद गरेको थियो। जसमा २४ करोडको लागतमा भवन समेत निर्माण भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेषमा अदालतमा मुद्दा दायर गर्दै सो एनआरएनको सो जग्गा जफत गर्न माग माग गरेको छ। २०७१ फागुन २५ गत तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र संविधानसभामा अध्यक्ष सुवास नेम्वाङले संयुक्त रुपमा भवनको शिलान्यास गरेका थिए। शिलान्यास भएको चार महिनापछि मात्रै सो जग्गा एनआरएनको नाममा रजिस्ट्रेसन पास भएको थियो।

अध्यक्ष पन्तले संघले सरकारलाई सो जग्गा उपभोग गर्न दिनका लागि समेत आग्रह गर्ने बताए।

‘परराष्ट्र मन्त्रालयमा दर्ता भएको हाम्रो सामाजिक संस्था हो। नेपालको श्रीवृद्धिकै लागि काम पनि गरेका छौ’, पन्तले भने, ‘त्यसैले सरकारसमक्ष औपचारिक रुपमा आग्रह गर्नेछौँ।’ यसअघि पनि सरकारसँग भवन भोगचलनका लागि अनौपचारिक रुपमा आग्रह गरिसकेको अध्यक्ष पन्तले जानकारी दिए।

भारतीय आर्थिक परिदृश्यमा नेपाल

अब छोरीले छोराको मुखमा एसीड खन्याउने अवस्था सृजना गर्दैछौं : मुख्यमन्त्री राउत (भिडियाे)

मुख्यमन्त्री लालबाबु राउतले अब छोरीलाई छोराको जिउमाथि एसीड खन्याइदिने अवस्था ल्याउने आफ्नो सोँच रहेको बताएका छन्। महिला अगुवाहरुसँगको भेटमा मुख्यमन्त्री राउतले यस्तो प्रतिक्रिया दिएको भिडियो सार्वजनिक भएको छ।

मुख्यमन्त्री राउतले मैथली भाषामा भनेका छन् ‘तपाईहरु छोरीको बारेमा सोँच्दै हुनुहुन्छ। हामी पनि पहिलेदेखि नै छोरीको विषयमा सोचिरहेका छौं। छोरीलाई यति कन्फिडेन्ट, क्यापेबल (सक्षम) र यति वारियर (लडाकु) बनाउनु छ मेरो पिरियड (कार्यकाल)मा, की छोरीले अब छोराको मुखमा एसीड खन्याउँछन्। यस्तो मेरो सोँच छ।’

 

आफ्नो पद र गरिमाको ख्याल नै नगरी मुख्यमन्त्री राउतले अपराध बढाउन तर्क दिएको भन्दै अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यस अघि पनि मुख्यमन्त्री राउतले एउटा अन्तरवार्तामा अपशब्द प्रयोग गरेपछि व्यापक आलोचना भएको थियो।

एनआरएनएले गैरआवासीय नेपाली समक्ष डलर पठाउन आग्रह गर्ने

नेकपाले ३६ देशमा प्रवास संगठनको एकता टुंग्यायो (सूचीसहित)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रवास संगठनको पनि टुंगो लगाएको छ । पार्टीको प्रवास समन्वय कमिटीको बैठकले प्रवासी नेपाली मञ्च र नेपाली जनप्रगतिशील मञ्चको एकता टुंग्याएको हो ।

दुई संगठनको एकता गरी ३६ देशमा प्रवासी नेपाली एकता मञ्च गठन गरिएको समन्वय कमिटीले जानकारी दिएको छ ।

बैठकले ३६ वटा देशमा अध्यक्ष र सचिवसहित कमिटीको टुंगो लगाएको समन्वय कमिटीले जानकारी दिएको छ ।

कसको नेतृत्वमा बन्यो कमिटी ? हेर्नुस् सूची 

मेलम्ची नदीको पानी पुन : पथान्तरण

पाथीभरा माइको दर्शन गरि आज माघ २४ गते शुक्रबारको राशिफल पढ्नुहोस ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

अरुलाई प्रभावित गरेर काम लिन सकिनेछ भने सहयोगीहरुबाट भनेजस्तो साथ पाईने हुदा मन प्रशन्न रहनेछ । काममा ईमान्दारिता पुर्वक समर्पित हुदा उच्च मुल्याङकन हुनेछ भने नोकरि पाउने तथा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । पराक्रमि क्रियाकलापहरुमा भाग लिई दिईने प्रस्तुतिले सबैको मन तान्नेछ । माया प्रेमको डोरो कसिनेछ भने घर परिवारबाट सबैको सहयोया पाईने योग रहेकोछ । साझपख आफन्तसँग मनमुटाब बढ्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

अध्ययन तथा अनुशन्धनको क्षेत्रमा दिईएको समयबाट राम्रो तथा परिणाममुखि नतिजा हात लाग्ने हुँदा मन प्रशन्न रहनेछ । सानो प्रयत्नले महत्वपुर्ण कामहरु बन्नेछन् भने बोलेरै मनग्गे आम्दानि गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने पेशा व्यावसाय फस्टाएर जाने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । पारिवारिक माहोलामा जमघट भई मिठो मसिनो खाने अवसर जुर्ने हुँनाले मन पशन्न रहनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

आफन्त तथा घर परिवारका माानिसबाट सहयोग तथा समय अनुकुल सल्लाह पाईने हुँदा काम गर्न सहज हुनेछ । प्रणय सम्बन्धको बिकास हुनेछ भने साथिभाई सँगको सम्बन्धमा आत्मियता बढ्नेछ । पढाई लेखाईलाई समय अनुकुल अगाडि बढाई नतिजा हात प्रार्न सकिनेछ । बिभिन्न मानव निर्मित स्रोत साधनको उपयोग मार्फत आर्थिक स्थिति सुदृड बनाउँन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

काम गर्दा ध्यान दिनुहोला काम बिग्रन तथा समयमा नहुनाले आर्थिक अवस्थामा असर पर्न सक्छ । काम गर्नु पुर्व आफन्त तथा अग्रजहरु सँग सुझाब सल्लाह लिएर अगाडि बढ्दा राम्रो हुनेछ । सामाजिक कामहरुमा आजको दिन हात नहाल्दा नै राम्रो हुनेछ । काम तथा खानपानमा तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । व्यापार व्यावसायमा तत्काल लगानि नगर्नुनै राम्रो रहेकोछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

चल तथा अचल पुँजी परिचालन गरि मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ भने पैत्रिक सम्पतिको प्रयोग मार्फत धन सम्पती बढाउँन सकिनेछ । अध्ययन अध्यापनमा प्रगति गरि राम्रो नतिजा हात लगाउँन सकिनेछ । प्रणय सम्बन्धको डोरो कसिलो भएर जानेछ भने घर परिवारमा सबैसँग राम्रो सम्बन्ध स्थापित हुँने हुँदा ईच्छित कामनाहरु पुरा गर्न सकिनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले भने सताउँन सक्छ ध्यान दिनुहोला । साझपख कामकै सवालमा लामो दुरिको यात्रा हुनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुदा पद प्राप्तीको योग रहेकोछ । माया प्रेममा देखा पर्ने शंका तथा अबिश्वासलाई चिर्दै एक अर्का सँग नजिक हुने सकिनेछ । नया काम पाउने तथा नोकरिमा बढोत्तरीको गतिलो योग रहेकोछ । अध्ययनमा प्रतिष्पर्धिहरुलाई उछिन्दै चाहेको सफलता प्राप्त गर्न सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

समय तथा परिस्थिति अनुकुल रहनाले व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ । उच्च अध्ययनको शिलशिलामा छोटो तथा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मठ मन्दिरमा हुने बिभिन्न क्रियाकलापमा सहभागि भई अरुको सेवा गर्ने अवसर प्राप्त हुने हुदा मन प्रशन्न रहनेछ । बुवा वा बुवा सरहका मानिससँग सहभागि भई उपलब्धिमुलक शिक्षा लिने अवसर जुर्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

अरुको व्यावहारले केहि समस्या निम्त्याएपनि अग्रज तथा आफन्तको सुझाब शिरोधार्य गर्दा फाईदा हुनेछ । व्यापारकै सवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । मध्यान्हबाट पुराना कामहरु छोड्नु पर्ने बाध्यता आउन सक्छ भने नया काम गर्ने बाताबरण नबन्दा आर्थिक रुपमा समस्या पर्न सक्छ । पढाई लेखाई बिग्रने भएले सताउनेछ भने पढाई लेखाईको लागि यात्रामा समस्या निम्तन सक्छ । साझपख प्रेममा रमाउँन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुँने तथा उत्पादन उद्योगमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । उत्तम बस्त्र, मन पर्ने भोजन तथा भौतिक सम्पति प्राप्तिको गतिलो योग रहेकोछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ भने जीवन साथिको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । लामो दुरिको व्यावसायिक यात्रा हुँने प्रशस्त सम्भावना रहेकोछ । साझपख यात्रा गर्दा ध्यान दिनुहोला ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पढाई लेखाईमा मन जानेछ भने प्रतिष्पर्धिहरु तपाईको क्षमता देखेर आफै पछाडि हट्नेछन् । न्यायिक निर्णयहरुबाट फैसला तपाई आफ्नै पक्षमा हुनेछन् भने सत्रुहरुलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । व्यापार व्यावसायमा नया प्रविधिको प्रयोग मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ । आफन्त घर परिवार तथा मामा मावली पक्षबाट भनेजस्तो सहयोग तथा समर्थन पाईनेछ । मन परेको मानिस सँग रमाईलो यात्रामा निस्कन सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा उल्लेख्य सहयोग पाईनेछ । प्रेम प्रशङमा रमाईलो गर्दै समय ब्यातित गर्न सकिनेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँन सक्छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आफन्तहरु टाडिनेछन् भने शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईने छैन । राजनिति तथा समाजसेवामा जनताको काम गर्दापनि आलोचनाको शिकार हुनुपर्दा मन खिन्न हुनेछ । यात्रा गर्दा वा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । माया प्रेममा अबिश्वास बढ्नेछ भने घर आमा सँग पनि मनमुटाब सिर्जना हुनेछ । साझपख समय राम्रो रहेकोले नसोचेको धन सम्पती हात लागी हुने समय रहेकोछ । अध्ययनमा राम्रो प्रगती गरि नतिजा आफैतिर पार्न सकिनेछ ।

The post पाथीभरा माइको दर्शन गरि आज माघ २४ गते शुक्रबारको राशिफल पढ्नुहोस । appeared first on .

काठमाडौँको सडकबाट उद्धार गरिएका ७ जनाको मृत्यु

चीनबाट नेपाली विद्यार्थी रुदै सोध्छन्, ‘के हामी नेपाली हैनौं ?’, बालुवाटार जग्गा प्रकरणमा सरकारको ऐतिहासिक ‘एक्शन’ (भिडियो)

काठमाडौं, २३ माघ । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४९२ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ : १. स्कुलको कक्षा कोठामा गाईबस्तु राखिन्छ, चौरमा बसेर पढ्छन् विद्यार्थी ! धनुषा । धनुषाको नगराइन नगरपालिका वडा नम्बर २ राघोपुरमा […]

साइबर अपराधमा महिला बढी

नेता नेपाल र अमेरिकी राजदूतबीच एमसिसीबारे छलफल

काठमाडौं, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपालका लागि अमेरिकाका राजदूत ¥याण्डी डब्ल्यू बेरीबीच शिष्टाचार भेटघाट भएको छ । नेता नेपालको निवास कोटेश्वरमा उहाँहरुबीच भेटघाट भएको थियो । नेता नेपालका स्वकीय सचिव नितेश पौडेलका अनुसार भेटमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का बारेमा पनि छलफल भएको थियो […]

संविधान संशोधन कार्यदल बैठक : नेम्वाङ र देवकोटाको असहमति

मधेशमा ‘सीधाकुरा’ प्रभाव : प्रहरीको सर्च अपरेशन, ठगहरुको भागाभाग

रौतहट, २३ माघ । छोरालाई अष्टे«लिया पठाउनका लागि भन्दै १० लाख रुपैयाँ दिएर करोडौंको जग्गा हडप्ने रौतहटको गरुडा नगरपालिकामा कार्यरत आईटी अफिसर भुपनारायण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । समाजवादी पार्टीका राष्ट्रिय परिषदका सदस्य जयनाथ यादवले सोही नगरपालिकाका शेख कादिरको छोरालाई अष्ट्रेलिया पठाइदिन्छु भन्दै उनीसँग भएको जग्गा भुपनारायण यादवको नाममा राखेर आफूले १० लाख रुपैयाँ […]

दाङमा भव्य स्वागतपछि महराले भने -‘जनताको मायाले नै मेरो जीत भयो’