Home Blog Page 1351

जन्ती बाेकेकाे ट्याक्टर दुर्घटना हुँदा तीनकाे मृत्यु, चार जना गम्भीर घाइते

बागलुङको तमानखोलामा बिहीबार साँझ जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। म्याग्दीको मालिका गाउँपालिकाबाट बागलुङको तमानखोला गाउँपालिका-१ बोंगादोभानमामा जन्ती बोकेर आएको ग१त ५७६२ नम्बरको ट्याक्टर तमानखोला गाउँपालिका–३ बुलबुलेमा दुर्घटना भएको हो।

दुर्घटनामा म्याग्दीको मालिका गाउँपालिका २ का २१ वर्षीया रिता पुन, ५२ वर्षीया मनकुमारी पुन र ५७ वर्षीय ओमप्रकाश पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए। दुर्घटनामा चारजना गम्भीर घाइते भएका छन्।

म्याग्दीको मालिका गाउँपालिका-२ का ४८ वर्षीया मनप्रसाद पुन, २९ वर्षीय चालक रमेश घर्ती, ४२ वर्षीय खगेन्द्र पुन र ४३ वर्षीया गौमाया पुनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइतेको स्थानीय र प्रहरीले उद्धार गरि स्थानीय स्वाथ्य चौकीमा उपचार भइरहेको छ। थप उपचारका लागि जिल्ला सदरमुकाम वा पोखरा पठाउने विषयमा छलफल भइरहेको प्रहरीले जनाएको छ।

ट्याक्टरमा सवार अरू ७ जनाभन्दा धेरै सामान्य घाइते रहेको प्रहरीले जनाएको छ। झण्डै ३५ जना सवार ट्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल खसेको छ। विस्तृत बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

आजको राशिफल : फाल्गुन १३ गते, मंगलबार

डा केसीविरुद्धको अवहेलनाको मुद्दा खारेज

सर्वोच्च अदालतले डा गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दा खारेज गर्ने आदेश जारी गरेको छ। न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको बृहत् पूर्ण इजलासले आज सो मुद्दा खारेज गर्ने आदेश जारी गरेको हो।

सर्वोच्च अदालतका अधिकृत नेत्रबन्धु पौड्यालले डा केसीले अदालतको अवहेलना हुने गरी अभिव्यक्ति दिएको उल्लेख गर्दै अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरेका थिए। सोही इजलासले आज कान्तिपुर दैनिकविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दा पनि खारेज गर्ने आदेश जारी गरेको छ।

अधिवक्ता तोयानाथ ढुंगानाले तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको विवादास्पद जन्ममिति र शैक्षिक प्रमाणपत्रका विषयवस्तुमा अदालतको अवहेलना हुने गरी समाचार लेखेको उल्लेख गर्दै कान्तिपुरविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए। यो दुवै मुद्दाको आदेशको पूर्णपाठ भने आउन बाँकी छ। रासस

मुलुककै उत्कृष्ट प्रदेश बनाउने अभियानमा जुटेका छौ : मुख्यमन्त्री पोखरेल

डा. केसीविरुद्धको अवहेलनाको मुद्दा खारेज

सर्वोच्च अदालतले डा गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दा खारेज गर्ने आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको बृहत् पूर्ण इजलासले आज सो मुद्दा खारेज गर्ने आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतका अधिकृत नेत्रबन्धु पौड्यालले डा केसीले अदालतको अवहेलना हुने गरी अभिव्यक्ति दिएको उल्लेख गर्दै अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गर्नुभएको थियो । सोही इजलासले आज कान्तिपुर दैनिकविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दा पनि खारेज गर्ने आदेश जारी गरेको छ ।

अधिवक्ता तोयानाथ ढुङ्गानाले तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको विवादास्पद जन्ममिति र शैक्षिक प्रमाणपत्रका विषयवस्तुमा अदालतको अवहेलना हुने गरी समाचार लेखेको उल्लेख गर्दै कान्तिपुरविरुद्ध अवहेलना मुद्दा दायर गर्नुभएको थियो । यो दुवै मुद्दाको आदेशको पूर्णपाठ भने आउन बाँकी छ ।

The post डा. केसीविरुद्धको अवहेलनाको मुद्दा खारेज appeared first on Rajdhani Daily News.

मालबाहक गाडी बायाँ लेनमा मात्र

बागलुङमा ट्याक्टर खस्यो, तीनको मृत्यु

बागलुङ । बागलुङ जिल्लाको तमाखोला गाउँपालिकामा आज साँझ भएको ट््याक्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । ग १ त ५७६२ नम्बरको ट््याक्टर तमानखोला–३ को बुलबुलेमा दुर्घटना हुँदा म्याग्दीको मालिका गाउँपालिका–२ का २१ वर्षीया रीता पुन, ५२ वर्षीया मनकुमारी पुन र ५७ वर्षीय ओमप्रकाश पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त ट््याक्टर म्याग्दीको मालिका गाउँपालिकाबाट तमानखोला गाउँपालिकाको बोङ्गादोभानमा बिहेको जन्ती लिएर आएको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो । दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन् । म्याग्दी मालिका गाउँपालिका–२ का वर्ष ४८ का मनप्रसाद पुन, वर्ष २९ को चालक रमेश घर्ती, वर्ष ४२ का खगेन्द्र पुन र वर्ष ४३ कि गौमाया पुनको अवस्था गम्भीर रहेको छ । घाइतेको स्थानीय र प्रहरीले उद्धार गरी स्थानीय स्वाथ्य चौकीमा उपचार भइरहेको छ ।

ट््याक्टरमा २०÷२५ जना सवार रहेको अनुमान गरिएको र अहिले घटनास्थलमा खोजी र उद्धार कार्य जारी रहेको प्रहरी प्रमुख भट्टले बताउनुभयो । ट््याक्टर सडकबाट अन्दाजी ५० मिटर तल खसेको छ । विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

The post बागलुङमा ट्याक्टर खस्यो, तीनको मृत्यु appeared first on Rajdhani Daily News.

पर्वतमा जुवा खेलिरहेका तीन महिलासहित ६ जना नियन्त्रणमा

सिनेटबाट ट्रम्पलाई महाअभियोगमा सफाइ, राष्ट्रपति पदबाट हट्नु नपर्ने

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगमा सफाइ पाएका छन् । उनकै रिपब्लिनक पार्टीको बहुमत रहेको सिनेटले उनलाई सफाइ दिएको हो ।
सिनेटमा भएको मतदानको परिणाम उनको पक्षमा आएपछि राष्ट्रपति पदबाट हट्नु नपर्ने भएको छ ।
ट्रम्पमाथि शक्तिको दुरूपयोग गरेको र कंग्रेसका कामकारबाहीमा बाधा पु¥याएको आरोप लागेको थियो । शक्तिको दुरुपयोग गरेको अभियोगमाथि भएको मतदानमा ट्रम्पको पक्षमा ५२ र विपक्षमा ४८ मत परेको थियो भने अमेरिकी संसद् कंग्रेसलाई अवरुद्ध तुल्याएको अभियोगमा उनको पक्षमा ५३ मत र विपक्षमा ४७ मत परेको थियो ।
विपक्षी डेमोक्रेटहरूले डिसेम्बरमा आफ्ना सम्भावित राष्ट्रपति पदका उम्मेद्वार जोए बाइडेनलाई बदनाम गर्ने उद्देश्यले युक्रेनलाई दबाब दिएको भन्दै ट्रम्पमाथि महाअभियोग लगाएका थिए । सफाइ पाएपछि उनी आगामी ३ नोभेम्बरमा महाभियोग सामना गरेर चुनावमा जाने पहिलो राष्ट्रपति बन्नेछन् । बुधवारको ऐतिहासिक मतदानमा सिनेटले युक्रेनसँगको ट्रम्पको लेनदेन र संवादका बिषयसँग जोडिएका अभियोगबाट छुटकारा दिएको हो ।
डेमोक्रेटहरूको बहुमत रहेको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले गत १८ डिसेम्बरमा महाभियोग पारित गरेको थियो । ट्रम्पले भने आफूमाथिको अभियोग अस्वीकार गर्दै आएका छन् ।
‘राष्ट्रपति ट्रम्प पूर्ण रूपबाट दोषमुक्त भएका छन् र यो अब अमेरिकी नागरिकको काममा फर्कने समय हो,’ ट्रम्पको चुनावी अभियानले भनेको छ, ‘केही नगर्ने डेमोक्रेटहरूलाई थाहा छ कि उनीहरूले ट्रम्पलाई उछिन्न सक्दैनन् त्यसैले उनीहरूले महाभियोग लगाएका थिए ।’ ट्रम्पमाथिको महाअभियोग पारित हुन सिनेटमा दुई तिहाई मत आवश्यक थियो ।
संसद्को तल्लो सदनकी डेमोक्रेटिक सभामुख न्यान्सी पेलोसीले ट्रम्प अझै अमेरिकी प्रजातन्त्रको लागि खतरा रहेको भन्दै सिनेटका रिपब्लिकनहरूले कानुनहीनतालाई सामान्यीकरण गरेको प्रतिक्रिया दिएकी छन् ।
सन् २०१२ मा रिपब्लिकन पार्टीबाट राष्ट्रपति पदका उम्मेद्वार भइसकेका मिट रोमनीले मात्रै ट्रम्पमाथि लागेको शक्तिको दुरूपयोग अभियोगमा उनीविरूद्ध मत हालेका थिए ।
डेमोक्रेटहरूले आशा गरे बमोजिम दुईजना मध्यमार्गी रिपब्लिकनहरू सुसन कोलिन्स र लीसा मोर्वास्कीले ट्रम्पविरूद्ध मतदान गर्ने विश्वास गरिएपनि मत हालेनन् ।
कतिपय रिपब्लिकन सांसदहरूले ट्रम्पको व्यवहारको आलोचना गर्ने गरेका छन् । तर उनीहरुले त्यो महाभियोग नै लगाउने तहको नभएको बताउँदै आएका छन् । रिपब्लिकनहरूले आफ्नो पक्षमा उभिने अपेक्षा गरेका तीन डेमोक्रेटिक सांसदहरूले भने ट्रम्पविरूद्ध नै मतदान गरे ।
सिनेटमा डेमोक्रेटतर्फका नेता चक सुमरले रिपब्लिकनहरूले सुनुवाइका क्रममा साक्षी झिकाउन अस्वीकार गरेकोले सिनेटले दिएको सफाइलाई ‘मूल्यविहीन’ भएको टिप्पणी गरेका छन् ।
अमेरिकामा हालसम्म तीन जना राष्ट्रपतिले महाभियोगको सामना गरेका छन् । ट्रम्पभन्दाअघि सन् १८६८ मा राष्ट्रपति एन्ड्रिउ जोनसन र सन् १९९८ मा बिल क्लिन्टनविरुद्ध महाअभियोग लागेपनि सिनेटमा पुगेर असफल भएको थियो ।

The post सिनेटबाट ट्रम्पलाई महाअभियोगमा सफाइ, राष्ट्रपति पदबाट हट्नु नपर्ने appeared first on Rajdhani Daily News.

कोरोना भाइरसबाट इरानमा १२ जनाकाे मृत्यु

विश्व बैंकद्वारा नेपाललाई २२ अर्ब ८२ करोड ऋण सहयोग

काठमाडौँ / विश्व बैंकले भूकम्पपछि बस्ती पुनर्निर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु २२ अर्ब ८२ करोड ऋण सहयोग उपलब्ध गराउने भएको छ । उक्त परियोजना कार्यान्वयनका लागि बैंकले अतिरिक्त ऋणस्वरुप प्रदान गर्ने सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका यहाँस्थित देशीय निर्देशक फारिस एच हाडाड–जेरभोसले हस्ताक्षर गर्नुभएको छ । उक्त रकम भूकम्पबाट प्रभावित ३२ जिल्लामा ८६ हजार घर निर्माणमा खर्च गरिनेछ ।

सम्झौतापत्रमा हस्ताक्षर गरेपछि देशीय निर्देशक हाडाड–जेरभोसले भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारसँग निकट सम्पर्कमा रहेर बैंकले सहयोग गर्दै आएको बताउनुभयो । उहाँले निर्धारित समयमा आवासीय भवनहरु निर्माण हुने विश्वास व्यक्त गर्दै पुननिर्माण प्राधिकरणलगायत निकायसँग समन्वय गरेर काम गर्ने बताउनुभयो ।

सहसचिव नेपालले नेपालको आर्थिक–सामाजिक विकासका लागि नेपाल सरकारलाई बैंकबाट निरन्तर सहयोग प्राप्त भएकामा हार्दिक आभार व्यक्त गर्नुभयो ।

The post विश्व बैंकद्वारा नेपाललाई २२ अर्ब ८२ करोड ऋण सहयोग appeared first on Purbeli News.

कोरोनाले विश्वव्यापी महामारी ल्याउन सक्छः विश्व स्वास्थ्य संगठन

के कोरोनाबारे चीनले दिएको जानकारी पत्याउन सकिन्छ ?

काठमाडौँ- चीनमा कोरोना भाइरसको कारण ५०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको भने हजारौं संक्रमणको जोखिममा छन । चिनियाँ अधिकारीहरूले सार्वजनिक जमघटहरुलाई निरुत्साहित गर्दै प्रकोप नियन्त्रण गर्ने प्रयासहरू तीव्र पारेका छन ।

यता ग्लोबल टाइम्सले भाइरसबारे हल्ला फैलाएको आरोपमा धेरैलाई पक्राउ गरिएको रिपोर्टहरु सार्वजनीक गरेको छ । राजनीतिक रूपले चीन संवेदनशील जानकारीहरु लुकाएर राख्ने प्रकृतिको भएकोले विश्वका प्रतिष्ठित सञ्चारमाध्यहरुले चीनले यसबारे बास्तविक जानकारीहरु लुकाउन सक्ने भनी चिन्ता जनाएका छन् ।

बेइजिंगले यसअघि पनि २००३ मा श्वासप्रवास सिन्ड्रोम (सार्स) को प्रकोपबारे पनि यसरी नै विश्वलाई गुमराहमा राखेको थियो । २००३ मा महामारीको कारण झण्डै ८ सय जनाको मृत्यु भइसकेको थियो जबकी चिनियाँ अधिकारीहरूले यो तथ्यलाई लुकाएर राखेका थिए । बीबीसीको एउटा रिपोर्टअनुसार चीनले संक्रमित व्यक्तिहरूको बास्तविक तथ्यांक भन्दा निकै कम सार्वजनीक गरेको थियो ।

राष्ट्रपति सी जिनपिंगले आपत्कालीन स्वास्थ्य संकटलाई सम्बोधन गर्ने सरकारको प्रयासमा पारदर्शिता कायम राख्नुपर्छ भने भनिरहदा पनि बेइजिंगले शुरूदेखि नै सुचनालाई नियन्त्रण गर्ने प्रयास गरिरहेको देखिन्छ ।

कम्युनिष्ट पार्टीको केन्द्रीय राजनीतिक र कानूनी आयोगले पनि आफ्नो टिप्पणी यो प्रकोपलाई सार्स त्रासदीको रुप उल्लेख गर्दै जनतालाई धोका नदिन सम्वन्धित अधिकारीहरूलाई चेतावनी दियो ।

यद्यपि विगतमा यस्ता धेरै उदाहरण देखिएको छ जहाँ चीनमा गहिरो सामाजिक–राजनीतिक समस्याहरूको बारेमा जानकारीहरु फिल्टर गरी मात्र सार्वजनिक गरिएको छ । तसर्थ पार्टीका निर्देशनहरू केवल जनताको खपतको लागि हो भने बुझ्न गाह्रो पर्दैन ।

यसपालि प्रकोपको समयलाई ध्यानमा राख्नु निकै महत्वपूर्ण छ किनभने अहिले चीनमा नयाँ वर्ष र वसन्त महोत्सव मनाउने समय हो जसको अर्थ चिनियाँ जनता ठूलो संख्यामा छुट्टीको लागि घरतिर मात्र नभई विदेश यात्रामा पनि गईरहेका छन् ।

थाईल्याण्ड र जापानले पहिले नै संक्रमणको घटनाहरू फेला पारिसकेका छन् । अस्ट्रेलिया जस्ता देशहरूले पनि यात्रा सल्लाह जारी गर्दै एयरपोर्टमा स्क्रीनिंग गर्न थालिसकेका छन् ।

यसको अलाबा पूर्वी एसियाली स्टक बजारमा पनि चीनमा हुनसक्ने सम्भावित मन्दीका कारण गिरावट आएको छ । चीनले भर्खरै संयुक्त राज्य अमेरिकासँग व्यापार युद्ध अन्त्य गर्ने पहिलो चरणको सम्झौता गरेको छ र अहिलेको उसको पहिलो प्राथमिकता व्यापार युद्धको कारण चीनले २०१९मा व्योहोरेको घाटाको पुर्ति गर्दै आम चिनियाँको अपेक्षा पुरा गर्नु हो ।

त्यसकारण सम्भावना रहन्छ की बेइजिंगले भाइरसको प्रकोपसँग सम्बन्धित जानकारीलाई नियन्त्रण गर्न कडा कदम चालोस । यदि त्यस्तो गरियो भने यसले छिमेकी देशहरू र क्षेत्रीय बजारमाथि गम्भीररुपले दीर्घकालीन असर पार्नेछ ।

स्मरण रहोस की बाँकी विश्वसँग चीनको कनेक्टिविटी सार्स प्रकोपको बेला भन्दा धेरै गुणा बढी छ तसर्थ यदि समयमै कारोनाबारे बास्तविक जानकारी अरु देशहरूलाई दिइएन भने यसबाट विश्व समुदायले ठुलो क्षति व्योहोर्नु पर्ने स्पष्ट छ ।

नेपालसँगको श्रम सम्झौता अद्यावधिक गर्न कतार तयार

स्कुलको कक्षा कोठामा गाईबस्तु राखिन्छ, चौरमा बसेर पढ्छन् विद्यार्थी !

धनुषा, २४ माघ । धनुषाको नगराइन नगरपालिका वडा नम्बर २ राघोपुरमा रहेको ‘राघो बाबा प्राथमिक विद्यालय’मा २५० जना विद्यार्थीहरु अध्ययन गर्छन् । यति धेरै विद्यार्थीहरु पढ्ने विद्यालयको कक्षा कोठामा बसेर पढ्ने बेञ्च समेत छैन । विद्यार्थीहरु त्यही विद्यालयको चौरमा चकटी ओछ्याएर पढ्न बाध्य छन् । स्कुलको कक्षा कोठाहरुमा स्थानीयले राति गाईबस्तु राख्नका लागि प्रयोग गर्दै […]

सेवाग्राहीसँग घुस लिएको अभियोगमा सवइञ्जिनीयर नियन्त्रणमा

तीन दिन बदलीसँगै वर्षा हुने

काठमाडौं, २३ माघ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिनसम्म मौसम बद्ली भई वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी आज विशेष बुलेटिन जारी गर्दै भोली शुक्रबार दिउँसोबाट नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहने जनाएको हो । हाल नेपालमा उल्लेखनीय […]

कल्याण कोषबाट प्रहरी अस्पताललाई रु दुई करोड

वर्षा र हिमपात हुने पूर्वानुमान, कहाँ–कहाँ छ सम्भावना ?

काठमाडौं – पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले बिहीवार साँझ मौसमी बुलेटिन जारी गर्दै शुक्रवार दिउँसोबाट नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहने र पानी पर्ने सम्भावना रहेको उल्लेख गरेको छ ।

महाशाखाका अनुसार देशको पहाडी भूभागमा आंशिक बदली र अन्य स्थानमा सामान्यतया मौसम सफा रहेको भएको छ ।

बिहीवार राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएर १–२ स्थानमा हल्का वर्षा हुनुका साथै बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने बुलेटिनमा उल्लेख छ ।

शुक्रवार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा समान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ । देशको पश्चिमी पहाडी भेगका धेरै स्थानमा र मध्य तथा पूर्वी पहाडी भेगका १–२ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । रातको समयमा देशका पहाडी भेगमा आंशिक बदली भएर बाँकी क्षेत्रमा सामान्यतया सफा रहने छ भने पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा हुने तथा उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

शनिबार पनि देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा हुने तथा उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

पहिलो पटक चन्द्रमामा यान अवतरण गराउन सहयोग गर्ने गणितज्ञको मृत्यु