Home Blog Page 1352

प्रदेशको नाम पहिचानका आधारमा राख्न माग गर्दै मुख्यमन्त्री र सभामुखलाई ज्ञापन

विराटनगर, २३ माघ । एक नम्बर प्रदेशको नाम किराँत लिम्बुवान राख्न माग गर्दै पहिचानवादी समूहले सरकार र प्रदेश सभामा ज्ञापन बुझाएका छन् ।

बिभिन्न २२ वटा पहिचानवादी संगठनहरुको समुहले बिहीबार प्रदेशको नाम ‘लिम्बुवान–किराँत’ राख्न माग गर्दै मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदीपकुमार भण्डारीलाई ज्ञापन बुझाए ।

ज्ञापनपत्र बुझाउने पहिचानवादी समूहमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका निकट लिम्बुवान राष्ट्रिय मोर्चा, किराँत राष्ट्रिय मुक्ती मोर्चा, कुमार लिङदेन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, समाजवादी पार्टीसहित, बिभिन्न जातीय संस्थाहरु छन् ।

उनीहरुले पहिचानलाई बेवास्ता गरेर भुगोलका आधारमा प्रदेशको नामाकरण गरेर जनबिद्रोह हुने चेतावनी दिए ।

पहिचानका आधारमा प्रदेशको नामाकरण गराउन पहिचानवादी समुह निर्माण गरेर संयुक्त रुपमा संघर्ष थालेका छन् ।

The post प्रदेशको नाम पहिचानका आधारमा राख्न माग गर्दै मुख्यमन्त्री र सभामुखलाई ज्ञापन appeared first on Koshi Online.

एकै रात आधा दर्जन घरमा चोरी

प्रदेश संसदको हिउँदे अधिवेशनको पहिलो दिन नेताहरुले भने – ‘अब नामाकरण टुंगो लगाउनुपर्छ ’

विराटनगर ,२३ माघ । एक नम्बर प्रदेश संसदीय दलका नेताहरुले चालु हिउँदे तथा बिधेयक अधिवेशनमा प्रदेशको नाम टुंगो लगाउनुपर्नेमा जोड दिएका छन ।

हिउँदे तथा पाँचौँ अधिवेशनको पहिलो दिन बिहीबार शुमकामना व्यक्त गर्दै दलका नेताहरुले जारी अधिवेशनमै प्रदेशको नामाकरण चाँडो टुंगो लगाउन जोड दिए ।

प्रदेश सभामा मुख्य प्रतिपक्षी दल कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले जारी हिउँदे अधिवेशनमै प्रदेशको नामाकरण टुंगो लगाउन माग गरे ।

समाजवादी पार्टीका नेता जयराम यादवले संबिधानको मर्मलाई ख्याल गर्दै जारी अधिवेशनमै सहमतिमा प्रदेशको नाम टुंगो लगाउनुपर्ने बताए ।

राप्रपाकी नेता ईन्दीरा राईले प्रदेशको नामाकरण टुंगो लगाउन ढिलाई गर्न नहुने बताइन् ।

संघीय लोकतान्त्रिक मञ्चकी नेता बिष्णु तुम्बाहाम्फेले आधुनिकताका नाममा पहिचानलाई बेवास्ता गरेमा शान्त नेपाल र सुखी नेपालीको नारा सफल नहुने भन्दै प्रदेशको नाम किराँत लिम्बुवान राख्न माग गरिन् ।

अधिवेशनलाई शुभकामना व्यक्त गर्दै नेकपा संसदीय दलका नेता तथा एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले चालु हिउँदे अधिवेशनमै प्रदेशको नाम टुंगो लगाउन सरकार प्रतिवद्ध रहेको बताए ।

उनले सहमतिमा प्रदेशको नामाकरण टुंगो लगाउन प्रदेश सरकारले अन्तिम समयसम्म सहजिकरणमा सहयोग पुर्याउने बताए ।

उनले दलहरुकै सहमतिमा चार वटा अधिवेशन बितिसक्दा पनि प्रदेशको नामाकरणको प्रस्ताव संसदमा दर्ता नभएको तर अब भने सहमतिमै दर्ता गराउन सरकार जिम्मेवार भएर लागिपर्ने बताए ।

एक नम्बर प्रदेश सभामा सत्ताधारी दल नेकपाको ६७ कांग्रेसको २१, संघीय समाजवादीको ३, राप्रपा १ र लोकतान्त्रिक मञ्चको १ सांसद छन् ।

संबिधानमा व्यवस्था भए अनुसार प्रदेश सभाको दुई तिहाई बहुमतले नामाकरण गर्न सक्नेछ ।

एक नम्बर प्रदेशको नाम लिम्बुवान, किराँत , लिम्बुवान किराँत, किराँत लिम्बुवान र कोच, कोशी, सगरमाथा, कोशी सगरमाथा , मेची प्रदेश, विराट, कञ्चनजंघा, बिजयपुर प्रदेश लगायत हुनुपर्ने माग छ ।

The post प्रदेश संसदको हिउँदे अधिवेशनको पहिलो दिन नेताहरुले भने – ‘अब नामाकरण टुंगो लगाउनुपर्छ ’ appeared first on Koshi Online.

नेपाल बैंकको आठराई शाखा सञ्चालनमा

गच्छदारलाई मुद्दा लगाएपछि संसदमा कांग्रेसको अवरोध

काठमाडौं, २३ माघ । उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियारले मुद्दा दर्ता गराएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठकमा अवरोध गरेको हो ।

सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा आफ्ना नेताविरुद्ध बालुवाटार जग्गा हिनामिना प्रकरणमा मुद्दा चलाएको आरोप कांग्रेसको छ ।

बैठकको सुरुमै समय लिएर कांग्रेस सांसद पुष्पा भुसालले सरकारले अख्तियारको प्रयोग गरेर कांग्रेस र अन्य नेताहरुप्रति असमान र अन्यायपूर्ण व्यवहार गरेको बताइन् ।

उनले बोल्ने बित्तिकै कांग्रेस सांसदहरु बसेको ठाउँबाट उठेर विरोध जनाए । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुक्रबार सम्मका लागि स्थगित गरेको घोषणा गरे ।

अख्तियारले बिहीबार बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन मन्त्री विजयकुरमार गच्छदारसहित तीन पूर्वमन्त्री र तीन पूर्वसचिवसहित १७५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो।

छानिछानि अख्तियारले मुद्दा चलाएको संसद भुषालको भनाइ छ ।

‘मन्त्रिपरिषद्को निर्णयमा प्रधानमन्त्रीलाई उन्मुक्ती दिने तर मन्त्रीलाई मुद्दा लगाउने कसरी हुन्छ ? उनले भनिन् ।

जग्गा फिर्ता गर्ने भनेकै आधारमा कसैलाई छाडिदिने भन्ने निर्णय गरेकोमा उनले त्यसो गर्न कसरी मिल्छ भनी प्रश्न गरिन्।

यस्तो ‘असमान व्यवहारबाट’ आयोगकै विश्वसनीयतामा प्रश्न चिन्ह उठ्ने उनको बताइन् ।

The post गच्छदारलाई मुद्दा लगाएपछि संसदमा कांग्रेसको अवरोध appeared first on Koshi Online.

के बालगृहमा रहेका बालबालिका सुरक्षित छन् ?

भ्रष्टाचारीलाई कारबाही गर्दा विरोध गर्नु गलत : सांसद विडारी

काठमाडौं, २३ माघ । राष्ट्रियसभाका सांसदले वर्तमान सरकारले भ्रष्टाचार अन्त्यको अभियानलाई व्यवहारमै कार्यान्वयन गर्नुले मुलुकका लागि सकारात्मक सङ्केत भएको टिप्पणी गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद रामनारायण विडारीले वर्तमान सरकारले भित्रभित्रै फैलिएको आपराधिक कार्य भ्रष्टाचारलाई आक्रामकरूपमा प्रहार गर्दै आएकामा सबै खुशी हुनुपर्नेमा विरोध गर्नु गलत भएको बताए ।

उनले भने, ‘भ्रष्टाचारलाई विगतदेखि नै जटिल बनाउँदै कसैले पनि ‘एक्सन’ गर्न नसक्ने बनाइएको थियो, वर्तमान सरकारले भित्रभित्रै फैलिएको आपराधिक कार्य भ्रष्टाचारीलाई आक्रामकरूपमा प्रहार गर्दै आएकामा सबै खुशी हुनुपर्नेमा नेपालको प्रगति नै रोक्ने भ्रष्टाचार तितरवितर गराएको अवस्थामा किन विरोध भइरहन्छ ।’

उनले भने, ‘वर्तमान सरकारले सुन तस्करलाई खोजेर पक्राउ गरेको छ, न्यायाधीशलाई कारवाही गरेको छ र प्रहरीका अधिकारीलाई जेलमा हालेको छ, अख्तियारका प्रमुख नै भ्रष्टाचारमा मुछिएका छन् । मन्त्री, सचिव र उद्योगपति कर्मचारीहरूलाई भ्रष्टाचारको मुद्दा लाग्दा सरकारले गजब गरेको भन्नुपर्ने हैन र किन विरोध ?’

विडारीले भने, ‘कारवाही नगरे खै कारवाही गरेको भन्छन्, कारवाही ग¥यो किन गरेको भन्छन् । फौजदारी अपराधमा मनसाय महत्वपूर्ण कुरा हो मनसाय छ कि छैन त्यो हेर्नुप¥यो नि ।

दुई–तीन तहपछि जग्गा किनेको मान्छेलाई के थाहा । अब अदालतले एकएक केलाएर मुद्दा हेर्ने भएकाले विरोधको कुनै तुक छैन ।’

The post भ्रष्टाचारीलाई कारबाही गर्दा विरोध गर्नु गलत : सांसद विडारी appeared first on Koshi Online.

सरकारले पनि बालगृहको नियमित अनुगमन गर्न सकेन, १४ बालबालिकाको उद्दार

प्रदेशमा जैविक अनुसन्धान केन्द्र खोल्न प्रदेश सरकार तयार : मुख्यमन्त्री राई

विराटनगर, २४ माघ । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले जैविक अनुसन्धान केन्द्र खोल्नका लागि सरकारले उच्च प्राथमिकता दिने बताएका छन् ।

बिहीबारदेखि विराटनगरमा सुरु भएको दुई दिने राष्ट्रिय सम्मेलनको उद्घाटन गदै मुख्यमन्त्री राईले जैविक विविधताको संरक्षण गर्दै त्यसको अभिलेखीकरण उचित बजार व्यवस्थापनका लागि प्रदेश सरकार जैविक अनुसन्धान केन्द्र खोल्न तत्पर रहेको बताएका हुन् ।

मुख्यमन्त्री राईले जैबिक सम्मेलनले निकालेको निष्कर्षअनुसार प्रदेश सरकार एकीकृत जैविक स्रोतको समृद्धिका लागि प्रयोग गर्न अग्रसर हुने जानकारी गराए ।

जैविक स्रोतहरूलाई एकीकृत रूपले समृद्धिका लागि प्रयोग गर्न गराउनका लागि विराटनगरमा दुई दिन राष्ट्रिय जैविक सम्मेलन आयोजना भएको हो ।

समृद्धिका लागि एकीकृत जैविक स्रोत नामले बिहीबारदेखि सुरु भएको दुई दिने राष्ट्रिय जैविक सम्मेलनमा नेपाल, भारत र बंगलादेशका तीन सय बढी जैविक विज्ञहरू सहभागी छन् ।

सम्मेलनमा ८० प्रतिशत युवा जैविक विज्ञहरू उपस्थित छन् ।

एक नम्बर प्रदेश सरकार, जैविक स्रोत समाज विराटनगर र नेपाल वनस्पति समाज काठमाडौंको आयोजनामा भएको सम्मेलनले नेपालमा भएका जैविक स्रोतहरूको खोजी गरी त्यसको संरक्षण र बजारीकरणका लागि मार्गप्रस्त गर्नेछ ।

अयोजक सदस्य तथा जैविक विज्ञ रामचन्द्र अधिकारीका अनुसार सम्मेलनमा २ सय १५ वटा जैविक विविधताबारे कार्यपत्रहरू प्रस्तुत हुनेछन् ।

विभिन्न २७ वटा समूहमा प्रस्तुत हुने कार्यपत्रहरूबाट निकालिएको निष्कर्ष समृद्धिका लागि एकीकृत राष्ट्रिय घोषणा पत्रका रूपमा प्रस्तुत गरिनेछ ।

उदघाटन सत्रमा जैविक विज्ञ डा रामप्रसाद चौधरी, प्रोफेसर डाक्टर प्रमोदकुमार झा र संघीय सरकार वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले संक्षिप्त कार्यपत्र प्रस्तुत गरेका छन् ।

जसले देशमा प्राप्त हुने जडिबुटीहरूको प्रशोधनसहित अन्तर्राष्ट्रिय तहमा बजारीकरण गर्न, संरक्षणका लागि जडिबुटी र वनस्पतिहरूको अध्यन–अनुसन्धान गर्न–गराउनका लागि संघ र प्रदेश तहमा नीति निर्माण गर्न सहयोग पुर्‍याउने छ ।

The post प्रदेशमा जैविक अनुसन्धान केन्द्र खोल्न प्रदेश सरकार तयार : मुख्यमन्त्री राई appeared first on Koshi Online.

रामनवमी पर्व मनाइँदै

हलिउडका कलाकार डग्लसको १०३ वर्षको उमेरमा निधन

हलिउडको इतिहासमा फिल्म निर्माणमा स्वर्णकाल मानिएको सन् १९४० को दशकका सुप्रसिद्ध कलाकार कर्क डग्लसको १०३ वर्षको उमेरमा बुधबार निधन भएको छ। आफ्नो समयमा निकै ख्याती कमाएका “स्पार्टाकस” र “पाथ्स् अफ ग्लोरी” जस्ता चलचित्रमा उनले मुख्य भूमिका निर्वाह गरेका थिए।

सन् १९४० को दशकको अन्त्यतिर उनले अभिनय गरेका चलचित्रहरु औधि रुचाइएका थिए। उनले अभिनयका अलावा फिल्म निर्माता र निर्देशकको शसक्त भूमिकामा पनि काम गरे। करिब छ दशकको कलायात्रामा उनले करिब १०० वटा चलचित्र निर्माण गरे। उनका छोरा एवं ओस्कार विजयी कलाकार तथा फिल्म निर्माता माइकल डग्लसले आफ्ना पिताको निधन बेभर्ले हिल्समा आफ्नै निवासमा भएको बताएका छन्।

The post हलिउडका कलाकार डग्लसको १०३ वर्षको उमेरमा निधन appeared first on Purbeli News.

‘बुबा म आँखा देख्छु होला नि है ?’ छोरी पिउलीको प्रश्नमा गंगाराम नाजवाफ बन्छन्

कबि राई को भ्यालेन्टाइन गीत मुटुभरी सम्झना (भिडियाे सहित)

धरान / हंगकंगमा बसोबास गर्दै आएका धराने गायक कबि राईले भ्यालेन्टाईन डे को अवसर पारि आफ्नो नयाँ गीतको  म्युजिक भिडियो  सार्वजनिक गरेका छन्  ।”  मुटुभरी सम्झना टाढाको लैजाऊ कोसेली यो मायाको ” बोलको प्रेमिल गीतमा अभिनय पनि गायक स्वयमको  रहेको छ ।

प्रेमिकाको सम्झना गर्दै गाईएको गीत मनोज चामलिंग को निर्देशन तथा छायांकनमा तयार भएको हो  ।भ्यालेन्टाईन डेको पुर्व सन्ध्यामा  उक्त म्युजिक भिडियो सिल्भर इन्टरटेनमेन्टको युट्युब च्यानल बाट रिलिज गरिएको छ  । केहि महिना अगाडी मात्र उनले ” मत कुनै फुल”  बोलको आफ्नो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका थिए । बिस्तारै आफ्ना अन्य गीतहरुको पनि म्युजिक भिडियो बनाउदै लाने गायक कबि बताउंछन ।

The post कबि राई को भ्यालेन्टाइन गीत मुटुभरी सम्झना (भिडियाे सहित) appeared first on Purbeli News.

केपी ओलीले गरे ७ दिन जेल र १० हजार जरिवाना हुने अपराध !

भुजेल जातिसंग सम्बन्धित चलचित्र प्रदर्शन हुने

धरान / नेपालमा अहिले सबै जातजातिले आफ्नो भाषा, संंस्कृतिको विकास गर्दै पहिचान स्थापित गर्ने काम गर्न थालेका छन् । कसैले साहित्यको माध्यमबाट, कसैले भाषाको माध्यमबाट त कसैले चलचित्रको माध्यमबाट आफ्ना पहिचान स्थापित गराउने काम गरेका छन् । यसै अनुरुप भुजेल जातिहरुल समेत आफ्नो भाषा, संस्कृतिको जगेर्ना गर्दै आफ्नो पहिचानलाई प्रदेश नंं १ मा जानकारी गराउने उद्दश्यले भुजेल जातिसंग सम्बन्धित चलचित्र प्रदर्शनमा जुटेका छन् ।

भुजेल सेवा समिति र भुजेल चलचित्र संघको संयुक्त आयोजनामा हुन लागेको भुजेल जातिहरुलाई समेटेर बनाइएको ‘निः प्हुगाल’ प्रदेश नंं १ मै पहिलोपटक धरानमा प्रदर्शन गर्न लागिएको भुजेल सेवा समिति सुनसरीका अध्यक्ष रवि भुजेलले जानकारी दिनुभयो । यस चलचित्रले भुजेलको संस्कति अरुले पनि थाहा पाउन सहज हुने बताउनुभयो ।

भुजेल जातिको बसोबास रहेकाे तनहु आदिमुलमा बसोबास गर्ने भुजेल जातिका ७५ घर परिवारलाई समेटी बनाइएको चलचित्र ५० प्रतिशत सोही स्थानमा र बाकी पोखरामा छायांंकन गरिएको उहाल बताउनुभयो ।आदिवासी जनजातिमा सुचित भुजेल समुदायको भाषा, संस्कृति र पहिचान गुम्ने अवस्था पुगेकोले चलचित्रमार्फत प्रदेश नं. १ मा भुजेलको पहिचान र संस्कृतिलाई देखाउन चलचित्रका आयोजन गर्न लागिएको भुजेल सांस्कृतिक संघका डिकबहादुर भुजेलले बताउनुभयो ।

यहाका जनप्रतिनिधिको सहभागितामा माघ २५ गते धरान १२ मा रहेको होटल पूर्वी स्टार र माग २७ गते धरान ८ मा रहेको गोर्खा सिने कम्प्लेकसमा प्रदर्शन गर्न लागिएको आयोजकले जनाएको छ । ३५ लाखमा निर्माण भएको चलचित्रको निर्देशन पोखराका कृष्ण गुरुङ र लेखन लमजुङका कमल भुजेलल गर्नुभएको हो ।

The post भुजेल जातिसंग सम्बन्धित चलचित्र प्रदर्शन हुने appeared first on Purbeli News.

पत्रकार महासंघद्वारा मिडिया काउन्सिल विधेयकप्रति सभामुख सापकोटाको ध्यानाकर्षण

प्रिज्मासंग प्रेमको चौतर्फी चर्चापछि सागर लम्साल ‘बले’ले लेखे यस्तो स्टाटस

ईटहरी / चर्चित हास्य टेलिश्रृंखला सक्किगोनीका कलाकार सागर लम्साल ‘बले’ अहिले निकै चर्चामा छन् । हालै उनले आफ्नी प्रेमिका सार्वजनिक गरेपछि उनको चर्चा निकै बढेको हो । टिकटकमा राम्रो फलॉर्स कमाएकी प्रिज्मा खतिवडा उनकी प्रेमिका हुन् । म्युजिक भिडियोमा एक साथ देखिदै आएका यी दुवै केहि समय बाट प्रेममा रहेका छन् ।

प्रेम सम्बन्धको व्यापक चर्चा चलेपछि उनले प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडासँगको फोटो शेयर गर्दै आफ्नो अफिसियल फेसबुक आईडिमा एक स्टाटस लेखेका छन् । उनले ‘हामीले यस दुनियाँमा कहिल्यै एक्लो महसुस गर्नुपर्दैन, तर सम्बन्धलाई प्राथमिकतामा राख्ने भन्ने कुरा हाम्रै हातमा हुन्छ।’ भन्दै स्टाटस लेखेका हुन् ।

केहि समयदेखी वैवाहिक बन्धनमा बाँधिने बताउदै आएका बलेले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखि आफ्नो प्रेमीका सार्वजनिक गरेका हुन् । उनले प्रेमीका सार्वजनिक गरे लगत्तै उनको चर्चा निकै बढेको थियो । पछिल्लो समय नेपाली सेलिब्रेटी माझ आफ्नो प्रेमी प्रेमिका सार्बजनिक गर्ने संगै बिवाहको मिति तोक्ने होडबाजी नै चलिरहेको छ ।

The post प्रिज्मासंग प्रेमको चौतर्फी चर्चापछि सागर लम्साल ‘बले’ले लेखे यस्तो स्टाटस appeared first on Purbeli News.

थप १३ जना सङ्क्रमित, ४४ सङ्क्रमण मुक्त

अमेरिकी पत्रकार भन्छन्: क्रिकेटरलाई नेपालीकाे माया अदभूत

इएसपीएन क्रिकइन्फोका लागि क्रिकेटसम्बन्धी रिपोर्टिङ गर्ने अमेरिकी पत्रकार पिटर डेला पेना नेपाललगायत विभिन्न मुलुकको क्रिकेटबारे निरन्तर लेखिरहन्छन्। नेपाली टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनीबारे समाचार तथा टिप्पणी लेख्न प्रायः छुटाउँदैनन् उनी। नेपालमा हुने घरेलु प्रतियोगिताहरु पनि अध्ययन गरिरहने उनी हरेक नेपाली क्रिकेटरको व्यक्तिगत प्रदर्शनबारे समेत जानकार छन्। हाल नेपाल, अमेरिका र ओमानबीच कीर्तिपुरमा जारी त्रिकोणात्मक एकदिवसीय खेलको रिपोर्टिङ गर्न काठमाडौं आइपुगेका पिटरसँग खेलमैदानमै गरिएको कुराकानीः

तपाईं नेपाली क्रिकेटलाई वर्षौदेखि नजिकैबाट नियाली रहनुभएको छ, हालैका वर्षहरुमा नेपाली क्रिकेट जुनरुपमा अगाडि बढिरहेको छ, यसमा तपाईंको विश्लेषण के छ?
मलाई लाग्छ नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय हिसाबमा राम्रो प्रगति गरिरहेको छ। नेपाल अन्तर्राष्ट्रिय स्तरमै राम्रो छाप छोड्न सफल छ। सबैभन्दा अद्भुत पक्ष नेपालीहरु आफ्ना खेलाडीलाई निकै माया र सम्मान गर्छन्। आज बुधबार त्रिकोणात्मक क्रिकेटमा नेपाल र ओमानबीच खेल भयो। हजारौं समर्थक आफ्नो टोलीलाई साथ दिन आए। नेपालले पाइरहेको समर्थकको यस्तो लगाव र माया एसोसियट राष्ट्रमा कमै देख्न पाइन्छ। नेपाली समर्थकको मायाका कारण पनि नेपाली क्रिकेट अगाडि बढेको हो।

नेपालमा प्रशासनिक र मन्त्रालयगत हिसाबमा उत्पन्न समस्याले गर्दा नेपाली क्रिकेटको प्रगतिलाई केहि हदसम्म अवरोध पनि गरिरहेको छ। तर कठिन अवस्थामा पनि खेलाडीले थप मिहिनेत गरेको देखिन्छ र उनीहरुले सफलता हात पारेको देखिएको छ। समर्थकको साथ पाएका खेलाडीले राम्रो गरिरहेका छन्, यो गजबको प्रशंसनीय कुरा हो।

नेपाली क्रिकेटरहरुको बलिया पक्षहरु के के हुन् जस्तो लाग्छ?
नेपाली क्रिकेट संस्कार हेर्दा यहाँका खेलाडी खेल मैदानमा हुँदा राम्रो प्रदर्शनमा ध्यान दिन्छन्। बाहिरी वातावरण जस्तो भएपनि उनीहरुले उत्कृष्ट खेलका लागि नै ध्यान केन्द्रित गरेका हुन्छन्। यो नै नेपालको सफलताको बलियो पक्ष हो। त्यसबाहेक नेपालसँग स्टार स्पिनर सन्दीप लामिछाने छन्। उनले आइपीएल, बिग बास लगायत विश्वका ठूलाठूला लिग खेलिसके। उनको मात्र नाम लिएर नेपाली टोलीको व्याख्या गरिनु अन्यायपूर्ण हुनेछ। सुसान भारीले आज उत्कृष्ट खेले। पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, सागर ढकाल, पवन सर्राफ लगायत सबै खेलाडीले गर्दा नेपाली टोली बलियो बनेको हो। टोलीमा स्पिनरको पक्ष राम्रो बन्दै गएको छ। मिडियम पेसमा राम्रो हुँदै गएको छ। सोमपाल कामी आज थिएनन्। उनी पनि अब्बल छन्। नयाँ खेलाडी अभिनाश बोहोरा पनि उत्तिकै प्रतिभाशाली छन्। दिपेन्द्र सिंह ऐरीलाई मैले दुई वर्षदेखि नियालीरहेको छु। उनी नेपालको मात्र नभएर पुरा एसोसियट राष्ट्रहरुकै उत्कृष्ट फिल्डर हुन्। त्यसैले हामीले नेपाललाई ३ अथवा ४ खेलाडीमा निर्भर टोली भन्न मिल्दैन। नेपालसँग सिंगो हतियार छ, जसले जुनसुकै टोलीलाई चुनौती दिनसक्छ।

तपाईंलाई सबैभन्दा बढी प्रभावित पार्ने नेपाली खेलाडी को हो?
पारस खड्का र सन्दीप लामिछाने मलाई मन पर्ने खेलाडी हुन्। तर उनीहरुबाहेकको नाम लिनुपर्दा मलाई दिपेन्द्र सिंह ऐरी निकै मनपर्छ। मलाई लाग्छ दिपेन्द्रले नेपाल बाहिर अवसर पाउने हो भने उनको क्षमता देखेर सबैले प्रशंसा गर्ने थिए। नेपालमा उनको क्षमता लुकेर बसेको छ। मलाई लाग्छ उनी सन्दीप लामिछाने र पारस खड्काको छायाँमा परेका छन्। उनी अन्य कुनै राष्ट्रको भइदिएको भए उनी पहिलो रोजाइका क्रिकेटर हुने थिए। उनमा भएको फिल्डिङ, स्पिन बलिङ र ब्याटिङको क्षमताले राम्रो नतिजा दिनसक्छ। दिपेन्द्र अहिले नेपालका उपकप्तान हुन्। उनले साँच्चै नेपाली क्रिकेटलाई पछि राम्रो नेतृत्व दिनेछन्।

peter with fansकीर्तिपुर मैदानमा नेपाली क्रिकेटप्रेमीहरुसँग पिटर (बीच)। तस्बिर: पिटर डेला पेना/फेसबुक

नेपाली क्रिकेट समर्थकको विषय तपाईं नेपालभित्र र बाहिर बारम्बार उल्लेख गरिरहनुहुन्छ, यो विषयमा तपाईंको भनाइ के छ?
नेपाली समर्थकले क्रिकेट टोलीलाई देखाउने निरन्तरको समर्थन, माया, सम्मान र साथ साँच्चै असाधारण छ। क्रिकेटसँग नेपालीको भावनात्मक सम्बन्ध भएको म देख्छु। अमेरिकाको राष्ट्रिय क्रिकेट टोलीको म्याच भइरहेका बेला त्यहाँ २० जना समर्थक उपस्थित छन् भने त्यो अमेरिकी टोलीको लागि खुशीको खबर हो। तर नेपाली टोलीले विश्वको जुनसुकै स्थानमा गएर खेलेपनि त्यहाँ समर्थकको उल्लेखनीय उपस्थित हुने गरेको मैले देखेको छु। नेपालले नेदरल्यान्ड्स, युएइसँग खेल्दा म त्यहीँ थिए। नेपालको धेरै खेलमा म उपस्थित भएको छु। साँच्चै नेपाली समर्थकको उपस्थिती जहाँ गएपनि उत्तिकै हुनेगर्छ। नेपाली खेलाडीले बारम्बार समर्थकले दर्शाएको मायाको बारेमा चर्चा गरिरहन्छन्।

नेपाली क्रिकेटको पूर्वाधार निकै जिर्ण छ। यहाँको क्रिकेटको मुख्य संस्था नेपाल क्रिकेट संघ (क्यान) पनि विवादमा घेरिएको छ। यद्यपी क्रिकेट टोलीले जसोतसो प्रगति गरिरहेको छ। मैदान बाहिरका समस्या बारेमा तपाईंको भनाइ के छ?
यस्तो संक्रमणबाट गुज्रिएको राष्ट्र नेपाल मात्र होइन। अमेरिका, केन्यालगायत अन्य एसोसियट राष्ट्र पनि प्रशासनिक लगायत बाह्य समस्याबाट गुज्रिएका थिए। यस्ता समस्याले क्रिकेटको विकासमा चुनौती थप्छ। यस्तो भइरहन्छ। अरु देशमा जटिल समस्यामा राम्रा खेलाडीले खेल नै छाड्छन् पनि जुन राष्ट्रको लागि घाटा हो। तर नेपाली क्रिकेटरले अस्तव्यस्त समयमा पनि खेलमा देखाएको लगावले आजको परिस्थिती सृजना भएको हो। हामीले नेपाली क्रिकेटरलाई उदाहरण मान्नसक्छौं। अहिले राजधानी काठमाडौं बाहिर पनि क्रिकेटको विकास भाइरहेको देख्न सकिन्छ। चितवन, पोखरा लगायत विभिन्न क्षेत्रमा मैदान बनिरहेका छन्। अब नेपालको क्रिकेट काठमाडौं केन्द्रित छैन। यसले नेपालभरका राम्रा खेलाडी उत्पादनमा टेवा दिनेछ।

पारस खड्काको दशक लामो कप्तानीको बारेमा तपाईंको विश्लेषण के छ? र, उनको सन्यासले आउँदा दिनमा पार्ने सम्भावित असर के हुन सक्छ?
यो सान्दर्भिक प्रश्न हो। पारस खड्का नेपालको महत्वपूर्ण खेलाडी हुन् भन्नेमा कुनै दुईमत छैन। नेपालको प्रत्येक प्रगति र उन्नतीमा उनको योगदान छ। नेपालले विश्वकप खेल्नमा, एक दिवसीय वरियता पाउनेलगायत एकदशकयता जतिपनि प्रगति गरेको छ यसमा पारसको अतुलनीय योगदान छ। उनको कप्तानीको हामीले प्रशंसा गर्नुपर्छ।

कागजातका आधारमा त उनी भर्खरकै देखिन्छन्। ३०–३१ वर्षकै होलान्। तर खेल जीवनका हिसाबले उनले धेरै खेलिसकेका छन् र धेरै योगदान दिइसकेका छन्। हामीले यो भुल्न हुन्न की उनले किशोर अवस्थादेखि नै क्रिकेट खेलेका हुन्। १५–१६ वर्षभन्दा बढी क्रिकेटमा जीवन बिताउनु चानचुने कुरा होइन। जतिसम्म पारसले क्रिकेट खेल्छन् उनले देशका लागि योगदान दिइरहनेछन्। पारस उच्चस्तरको बलिङ गर्छन। शारिरीक चुस्तताको हिसाबले अन्तर्राष्ट्रियरुपमै पारस अत्यन्तै फिट रहने निकै कम खेलाडीमध्येमा पर्छन। त्यसका साथै पारस टिकेर खेल्नसक्छन्। आफूलाई एकै स्थानमा राखिरहने खेलाडीमध्ये पारस पनि एक हुन्। यस्ता विषय आउदा खेलाडीले पारसबाट सिक्नुपर्छ। अहिले नेपाली टिमका लागि अझै पनि उनी अत्यावश्यक खेलाडी हुन्।

क्रिकेटमा उदियमान दुई मुलुकमध्ये नेपाल र अफगानिस्तानलाई लिइन्थ्यो, तर अफगानिस्तानले नेपाललाई पछाडि पारिसकेको देखिन्छ। यसमा तपाईं के भन्नुहुन्छ?
खेलाडीले पाउने अवसर, सुविधा, देशको खेल पूर्वाधारजस्ता विषयले देशको क्रिकेटको उन्नतिमा मुख्य भूमिका खेल्दछ। त्यसबाहेक देशमा राम्रा खेलाडीहरु छन् भने पनि देशको क्रिकेटको विकासमा टेवा पुग्छ। अफगानिस्तानमा बलरहरु उत्कृष्ट छन्। अफगानिस्तान भाग्यमानी छ किनभने उनीहरुसँग धेरै राम्रा बलरहरु छन्। उनीहरुसँग तीव्र बलर पनि उत्तिकै राम्रा छन्। साथै नेपालका खेलाडीले भन्दा अफगानी खेलाडीले राम्रो अवसर र सुविधा पाएका छन्। पारस र नेपालका अरु खेलाडीले पनि राम्रो अवसर र सुविधा पाए भने धेरै राम्रो गर्नसक्छन्।

 

मौनाबुधुकलाई चौबिसे रनिङ कप फुटबलको उपाधि