Home Blog Page 1353

ए डिभिजन लिगमा आर्मी पुनः शीर्ष स्थानमा

विभागीय डर्बीमा एपीएफलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब पुनः कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा उक्लेको छ। सातदोबाटोस्थित एन्फा मैदानमा भएको बिहीबार भएको खेलमा एपिएफ क्लबलाई २–१ गोल अन्तरले हराउँदै आर्मी पुनः शीर्षस्थानमा फर्केको हो।

बिहीबारै भएको पहिलो खेलमा सरस्वती युथ क्लबलाई ६–१ ले हराउँदै मछिन्द्र केही समय शीर्षस्थानमा उक्लेको थियो। अंकतालिकामा शीर्ष स्थानको आर्मीको २६ र दोस्रो स्थानको मछिन्द्रको २५ अंक छ। एक खेल कम खेलेको मनाङ मस्र्याङ्दी क्लबको १९ अंक छ।

पहिलो हाफमा लिएको अग्रतालाई जोगाउँदै आर्मीले जित हासिल गरेको हो। आर्मीको जितमा फेरि एकपटक मिडफिल्डर सन्तोष तामाङ नायक बने। सन्तोषले १६औं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए।

सन्तोषले पेनाल्टी रिवाउन्डमा गोल गरेका थिए। कप्तान भरत खवासलाई रमेश दंगालले पेनाल्टी बक्समा लडाएपछि आर्मीले पेनाल्टी पाएको थियो। सन्तोषले गरेको पेनाल्टी प्रहारलाई एपिएफका गोलरक्षक राजु योगीले रोके पनि रिवाउन्डमा गोल गर्न सफल भएका थिए।

खेलको ३७औं मिनेटमा आशिष लामाको गोलबाट एपिएफले खेलमा बराबरी गरेको थियो। आकाश बुढामगरको कर्नरमा आशिषले हेडमार्फत गोल गर्न सफल भएका थिए। सन्तोषले ४२औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै आर्मीको जित सुनिश्चित गरे।

११ खेलबाट पुछारको दोस्रो स्थानमा रहेको एपीएफको ५ तथा ४ अंक रहेको सरस्वती पुछारमा छ।

सभामुख सापकोटा र कतारका राजदूतबीच भेट, रंगशाला निर्माणमा सहयोग गर्ने कतारकाे चाहना

ओमानको लगातार दोस्रो जित

आईसीसी विश्वकप लिग २ को त्रिकोणात्मक शृंखलामा ओमानले लगातार दोस्रो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा ओमानले अमेरिकालाई ६ विकेटले हराउँदै जित निकालेको हो। जितसँगै ओमान अंक तालिकाको दोस्रो स्थानमा यथावत छ।

८ खेलमा ६ मा जित र २ मा हार भोगेको ओमानले १२ अंक बनाएको छ। १ खेल बढी खेलेको अमेरिका ६ खेलमा जित ३ मा हार भोग्दै शीर्ष स्थान यथावत् छ। त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानले नेपाललाई घरेलु मैदानमा १८ रनले हराएको थियो। नेपालले दोस्रो खेलमा शनिबार अमेरिकाको सामना गर्नेछ।

अमेरिकाले दिएको २ सय १४ रनको लक्ष्य ओमानले ३ बलअगावै ४ विकेट गुमाउँदै भेट्टायो। मोहम्मद नदीम ५ बलमा २ चौका र १ छक्का सहित ५५ र सुरज कुमार ३५ रनमा नटआउट रहे। पहिलो खेलमा नेपालविरुद्ध अर्धशतकीय अविजित इनिङ खेलेका नदीमले आफ्नो लयलाई निरन्तरता दिदै टोलीको जित पक्का गरे। अकीब इलियासले सर्वाधिक ७२ रनको योगदान दिए। तेस्राे ओभरको तेस्रो बलमा रस्टी थेरनले बोल्ड आउट गर्नुअघि उनले १ सय १० बलमा ६ चौका र २ छक्का प्रहार गरे।

ओपनर जतिन्दर सिंह कप्तान सौरभ नेत्रवलकारको बलमा स्टिभ टेलरबाट ४ रनमा क्याच हुदै पवेलियन फर्के। दोस्रो विकेटका लागि खावर अली र अकीबले ६६ रनको साझेदारी गर्दै टोलीको इनिङ उकासेका थिए। १९ औं ओभरको चौथो बलमा इयान होल्यान्डले खवर अलीलाई ३१ रनमा एलबी डब्यू आउट गरे। उनले ५१ बलमा ५ चौका प्रहार गरे। टेलरले करिमा गोरलाई ११ रनमा क्याच आउट गराए।

अमेरिकाका सौरभ नेत्रवलकार, रस्टी थेरन, स्टिभ टेलर र इयान होल्यान्डले १–१ विकेट लिए। त्यसअघि ओमानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा २ सय १३ रनमा अलआउट भयो।

भलिबल खेलाडीद्वय सरस्वती र कुलबहादुर सम्मानित

सुजता र विशाल राष्ट्रिय स्की च्याम्पियन

नेपाल भ्रमण वर्षलाई सहयोग पु-याउने उद्देश्यले आयोजना गरिएको तेस्रो राष्ट्रिय स्की च्याम्पियनसीप सम्पन्न भएको छ।

हिउँ, पयर्टन, प्रवद्र्धन र स्की खेलको विकासका साथै भ्रमणवर्षलाई सफल पार्न आयोजना गरिएको स्की च्याम्पियनसीमा ३३ जना खेलाडीको सहभागिता रहेको थियो। स्कीका तीन विधालाई मुख्य आधार बनाएर खेलाइएको च्याम्पियनसीपमा हिउँमा खेल्ने खेलाडीलाई एक आपसमा प्रतिस्पर्धा गरिएको थियो।

स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठले स्की खेलको माध्यमबाट पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्न सकिने बताए। उनले पर्यटन वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले हिउँमा खेलिने यो खेल मुस्ताङ्मा सम्पन्न भएको बताए। उनले स्की खेल खेल्न र हेर्न आउने विदेशीहरु बढी खर्चालु हुने भएकाले पनि पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने बताए। 

च्याम्पियनसीको क्रम कन्टीतर्फ सुजता नामपुरले पहिलो स्थान हासिल गरिन्। इशा तामाङ दोस्रो भइन्। यस्तै थुप्तेन लामा र चिनार तामाङ क्रमसः तेस्रो र चौथो स्थान हासिल गरे। यसैगरी स्नो बोडिङ तर्फ विशाल तामाङ, नविन तामाङ र छिरिङ तामाङ क्रमशः पहिलो, दोस्रो र तेस्रो भए। अल्पाईन स्कीतर्फ सिनियर र जुनियर गरी २ समूहमा पुरुष र महिलाबीच अलग अलग प्रतिस्पर्धा गराईएको थियो।

अप्लाईन स्कीको सिनिर पुरुष तर्फ साहसराम श्रेष्ठ प्रथम, सुकदेव थापा दोस्रो र प्रगुन महर्जन तेस्रो भए। महिला सिनियर तर्फ गौरीमाया तामाङ प्रथम, संगिता लामा दोस्रो र लक्ष्मी राई तेस्रो भइन्। जुनियर पुरुष तर्फको स्पर्धामा सागर तामाङ प्रथम, उमंग रञ्जित दोस्रो र किरण रञ्जित तेस्रो भए। महिला जुनियर तर्फ लाक्पा डोल्मा शेर्पा प्रथम, आरसी महर्जन दोस्रो र उजला मुनिकार तेस्रो भइन्।

औद्योगिक समस्या समाधानका लागि महासङ्घको उद्योगमन्त्रीलाई आग्रह

आईलिगमा अनिताको टोली समूह उपविजेता बन्दै सेमिफाइलमा

बरोडा एफसीलाई पराजित गर्दै राष्ट्रिय टोलीकी मिडफिल्डर अनिता बस्नेत सम्मिलित सेथु एफसी समूह उपविजेताको रुपमा भारतीय महिला लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार ब्यांग्लोर स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा सेथुले बरोडालाई ६–० ले हराएको हो।

१२ अंकमा तालिकाको दोस्रो स्थानमा रहँदै सेथु समूह ‘ए’को उपविजेता बन्दै अन्तिम ४ मा पुगेको हो। समूह चरणमा सेथुले ४ खेलमा जित निकाल्दा १ खेलमा पराजित भएको थियो।

सेथुको जितमा सन्ध्याले ह्याट्रिकसहित ४ गोल गरिन्। खेलको नवौं मिनेटमा पहिलो गोल गरेकी सन्ध्याले १५ मिनेटमा दोस्रो गोल गर्दै अग्रता दोब्बर पारिन्। ७५ मिनेटमा व्यक्तिगत गोल थप्दै ह्याट्रिक पुरा गरेकी सन्ध्याले ८२औं मिनेटमा व्यक्तिगत चौथो गोल गरिन्। कार्तिकाले ७९ र अम्सा भल्लीले ३४ मिनेटमा गोल गरेकी थिइन्।

शीर्ष स्थानको अपराजित कृप्सा एफसी १५ अंकमा समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाइसकेको छ। यता समूह ‘बी’मा रहेको सावित्रा भण्डारी सम्मिलीत टोली गोकुलम केरला एफसीले भने एक खेल अगावै सेमिफाइनलमा स्थान बनाइसकेको छ। लिगमा अपराजित रहेको गोकुलमको ४ खेलबाट १२ अंक छ।

हामी उत्कृष्ट हतियार बनाएर भारतलाई बेच्छौंः ट्रम्प

मोटरसाइकलको ठक्करबाट ८० वर्षीया वृद्धाको मृत्यु

कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटामा बिहीवार बेलुका मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ।

म २ प ७३५८ नम्बरको मोटरसाइकलको ठक्करबाट भीमदत्त नगरपालिका–१९ बागफाँटाकी ८० वर्षीया तुलसीदेवी चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी रविन्द्र पौडेलले जानकारी दिए।

उनका अनुसार बाटो काट्ने क्रममा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी चन्दको उपचारको क्रममा महाकाली अस्पतालमा मृत्यु भएको हो। उनको शव अहिले महाकाली अस्पतालमा राखिएको छ। मोटरसाइकल चालक भीमदत्त नगरपालिका–१९ का रामदिन राना प्रहरी नियन्त्रणमा छन्।

दक्षिण कोरियाका नेपालीलाई देउवाको सन्देश : भाइचारा अभिवृद्धि गर्दै कोरानाविरुद्ध लाग्नू

वडा कार्याल तोडफोड गर्ने १८ विद्यार्थी साधारण तारेखमा रिहा

रौतहटको गरुडा नगरपालिका २ को वडा कार्यालय तोडफोड गरेको आरोपमा परेका १८ जना विद्यार्थी साधारण तारेखमा रिहा भएका छन्।

बिहीबार जिल्ला अदालत रौतहटको आदेशमा विद्यार्थीहरुलाई अभिभावकको जिम्मा लगाइएको हो। कम उमेरका विद्यार्थीहरु भएकाले हिरासत भित्र राख्न नसकिएको कारण पुनः हाजिर हुने गरी अविभाकलाई जिम्मा लगाउन अदालतले दिएको आदेश अनुसार गरिएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले जानकारी दिए।

उनका अनुसार वडा कार्यालयमा तोडफोड तथा क्षति पुर्याएकाले सार्वजनिक सम्पति तोडफोड अन्तर्गत अपराधिक उपद्रव मुद्दा लगाइ कारबाही प्रक्रिया अघि बढाइएको छ। पढाइ राम्ररी नभएको भन्दै स्थानीय श्रीमाध्यमिक विद्यालयका विद्यार्थीहरुले बुधबार दिउँसो गरुडाको २ नम्बर वडा कार्यालयमा तोडफोड गरेका थिए।

तोडफोडबाट वडा कार्यालयको महत्वपूर्ण कागजात, फर्निचर, कम्प्युटर लगायतको सरसमान नष्ट भएको छ। तोडफोड पश्चात ईलाका प्रहरी कार्यालय गरुडाले १८ जना विद्यार्थीलाई पक्राउ गरी हिरासतमा लिएको थियो।

बिहीबार उनीहरुलाई प्रहरीले जिल्ला अदालत रौतहटमा हाजिरी गराएको थियो । यसअघि पनि विद्यालयमा तोडफोड गरेकाले मनोबल बढेको भन्दै विद्यार्थीहरुमाथि मुद्दा चलाएको प्रहरीले जनाएको छ।

कालापानी, लिपुलेकसहितको नक्सा पढाउन शिक्षामन्त्रीको आग्रह

प्याराग्लाइडिङबाट खसेका बंगलादेशी नागरिकको सकुशल उद्धार

पोखरामा प्याराग्लाइडिङ गर्ने क्रममा खसेका बंगलादेशी नागरिकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

बुधबार पोखरा महानगरपालिका १८ फेवाताल स्थित वाटर फन्ट रिसोर्टमा प्याराग्लाइडिङ गर्दै गरेको अवस्थामा अनियन्त्रीत भई बंगलादेशी नागरिकको ३० वर्षीय रियाद खान खसेका हुन्।

घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण हेक्वा कास्कीबाट तत्कालै खटिएको एपीएफ टोलीले उनको सकुशल उद्धार गरेको हो।

काठमाडौंमा पुनः रात्रिबस सञ्चालन हुने

श्रीमतीले नै प्रेमीसँग मिलेर हिन्दुवादी नेता रन्जीतको हत्या गरिन्

४० वर्षका रन्जीतको लखनउमा मर्निङ वाकको क्रममा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली प्रहार गर्दा मृत्यु भएको थियो।

यतिबेला रन्जीतको हत्यामा उनकै श्रीमती संलग्न भएको प्रहरीले बताएका छन्। रन्जीतकी दोस्रो श्रीमती र उनका प्रेमी हत्यामा संलग्न भएको बताइएको छ।

प्रहरीले रन्जीतकी श्रीमती स्मृति र उनका प्रेमीलाई पक्राउ गरेको छ। स्मृति र रन्जीतबीच केही समययता सम्बन्ध विच्छेदको विषयमा झगडा परिरहेको थियो।

यसबीचमा स्मृतिले प्रेमीसँग मिलेर रन्जीतको हत्याको योजना बनाएको जनाइएको छ। एजेन्सी

कोरोनाबाट इरानमा ५० जनाको मृत्यु भएको दाबी

सशस्त्र प्रहरीका पाँच डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षकमा पदोन्नती भएका ५ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। बिहीबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित बिशेष समारोहमा दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

नेपाल सरकार मन्त्रीस्तरको बुधबारको निर्णयले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षकमा कृष्णभक्त ब्रम्हचार्य, बंशीराज दाहाल, हरिशंकर बुढाथोकी, ई।किशोर प्रधान र राजेन्द्र बस्नेत पदोन्नती भएका हुन्।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्दै जेष्ठता, कार्यक्षमता, कार्यक्षेत्रमा प्रदर्शन गरेको व्यावसायिकता, अनुशासन र ईमान्दारिताको मुल्यांकन गर्दै उनीहरुको पदोन्नती गरिएको बताए।

खनालले संगठनले भ्रष्टाचार, मानवअधिकारको हनन् र लैंगिक हिंसामा शून्य सहनशीलताको नीति अवलम्वन गरेको चर्चा गर्दै जनचाहाना अनुरुपको कार्यशैली अपनाई व्यावसायिक रुपमा कार्यसम्पादनमा कटिबद्ध रहन सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन पनि दिए।

कोरोना भाइरसबाट इटालीमा ४ जनाको मृत्यु

‘युएईले बाँडेको मुस्कान’ पढेपछि

म स्वदेशमै गर्जो टार्न मुस्किल परेपछि वैदेशिकका लागि अन्तिम विकल्पका रूपमा युएई आएकी सर्वसाधारण नेपाली नारी हुँ । म दैनिक केही लेखिरहन्छु । तर, सार्वजनिक गर्दिनँ । मेरी प्यारी छोरी आशिकालाई सम्बोधन गर्दै मैले कति डायरीहरु भरेकी छु, त्यो अहिलेसम्म मलाई मात्रै थाहा छ । म लेखक त हुँदै होइन । तर, असल पाठकचाहिँ हुँ । असल पाठकले पढ्नुपर्छ । त्यसैले म नेपालबाट पुस्तक मगाएर केही न केही पढिरहेकी हुन्छु ।

अहिले त अनलाइनमै सुन्न थालेकी छु । अनलाइनमै सुन्ने भनेपछि रेडियो नेटवर्कको श्रुतिसंवेग र अच्युत घिमिरे बुलबुलको नाम अग्रपंक्तिमा आउँछ । उनै अच्युत घिमिरेले परिकल्पना गरेको पुस्तक युएईले बाँडेको मुस्कान युएईबाट सार्वजनिक हुने खबर युएईको नेपाली समुदायमा भाइरल भएको थियो ।

सन्दर्भ युएईले दिएको मुस्कानको हो । यो पुस्तकले युएईमा रहेका हरेक नेपालीहरुको जीवन, जगत, परिवेश, वातावरण, विगत र वर्तमान अवस्थालाई प्रष्ट र सरल शब्दमा उतारेको छ भन्नेमा म केही समय अगाडि नै विस्वस्त थिएँ । त्यही भएर आफ्नो डयुटीको बाबजुत पनि समय व्यवस्थापन गरेर १४० किलोमिटर टाढा रहेको अलएनबाट विमोचन समारोहमा नेपाल एम्बेस्सी पुगेर नै यो पुस्तक हात पार्न सफल भएँ । यो पुस्तक वितरणमा पनि केही योगदान गर्न पाएँ । विमोचन कार्यक्रम सकेर कम्पनीको आवासगृहमा फर्किंदा करिब २ घन्टा लामो बसयात्रामा केही जीवनकथाहरु पढ्न थालेँ ।

यो पुस्तकको अध्ययन गरेपछिको समीक्षा गर्ने हैसियत त मेरो छैन । तर, यो पुस्तक पढेपछि जानी नजानी केही लेख्ने हिम्मत गरेकी छु । यो हिम्मत पनि यही पुस्तक पढेर नै आएको हो । जति पढ्दै जान्छु, उति कथाहरुले तान्दै लान थाले । आफ्नै अवस्थासँग कथा मिलेपछि यस्तो त मेरो जीवनमा पनि भएको थियो नि भन्ने भावना आउन थाले ।

पुस्तक पढिसकेपछि मलाई पनि आफ्नो जीवनका केही भोगाइ राख्न मन लाग्यो ।

अफजल हुसेन जस्ता प्रतिभाशाली इन्जिनियरलाई नेपाल सरकारले चिन्ने हो भने नेपालले हाइड्रोपावरको क्षेत्रमा कायापलट ल्याउन सक्ने रहेछ । नजाने कति अफजल हुसेनहरु आफ्नो प्रतिभाको कदर नभएर विदेशमा गुमनाम छन् ।

अशोक चापागाईंको कथामा भनेजस्तो सोचेजस्तो हुन्न जीवन । मेरो जीवनमा वहाँको कथाले मेल खायो ।

म पनि सानैदेखि गाउँमा बस्न मन पराउने तर म २० वर्षको उमेरमा कसैकी बुहारी तथा श्रीमती बन्न पुगेँ । बाल्यकाल हुँदा मेरो बुवाआमाको दुखद सङ्घर्षपूर्ण जीवन मलाई यो पुस्तकले स्मरण गराइदियो । नारीले केही गर्न सक्दैन भन्ने समाजका ब्याक्तिहरुको अभिब्याक्तिहरुले मेरो मनमा ईख पलाइसकेको थियो । त्यो बेलादेखि नै म पुरुष सरह काम गरेर देखाउँछु भन्ने इख बोक्थेँ।

मेरो मान्यता के थियो भने प्रकृतिले नारीलाई दिएको शक्ति, वरदानलाई नेपाली समाजले बुझ्न सकेको छैन । नारीलाई कमजोर ठान्ने मानिस स्वयम नारीको कोखबाटै जन्म भएको हो भन्ने कुरा किन बिर्सन्छ ? नेपाली संस्कार सभ्यताले नारीलाई उपेक्षापूर्ण नजरले हेर्छन् ? यो पुस्तकमा भएका ३ नारीका कथाहरुले हरेक महिलाहरुलाई ऊर्जा दिन सफल छन् ।

तारा भुसाल, एलिसा राई र लक्ष्मी शर्मा त उदाहरण र बिम्ब बनेर यो पुस्तकमा समेटिएका छन् । यो कथा बिदेसिएका, बिदेश जान तयार हरेक नेपाली नारीहरुको कथा हो । जहाँ गए पनि नेपाली नारीले आफ्नो जिम्मेवारी नारीले पूरा गर्नुपर्छ ।

म हरेक दिदीबहिनीलाइ यो भन्छु कि तपाईको श्रीमानले तपाईलाई झापड हान्न खोज्नुहुन्छ भने तपाई बदलामा झापड होइन, वहाँको हात समाएर रोक्नुहोस र प्रतिवाद गर्नुहोस् र कथाकार तारा भुसालको जस्तो गतिलो उदारण बन्नुहोस् । नारी शक्तिशाली हुन्छन् । नारी सक्षम र आत्मनिर्भर हुनुपर्छ भन्ने सोच राख्नेलाई कथाकार एलिसा राइको कथाले गतिलो प्रेरणा दिनेछ ।

यस पुस्तकका ३७ जना कथाकार हरुमध्येमा कथाकार राम ढुगेलको जीवन कहानी मर्मस्पर्शी र उत्प्रेरक छ । युएईको नेपाली पत्रकारितामा जबर्जस्त उपस्थिति जनाउने उहाँको क्षमता, धैर्य, लो प्रोफाइलमा रहेर आफ्नो कामलाई मात्रै फोकस गर्ने वहाँलाई मैले संस्थागत कामको सिलसिलामा चिनेकी थिएँ । वहाँले पुस्तकमा भने जस्तो म पनि क्षमता भएर पनि ठाउँ नपाइ बस्न बाध्य छु ।

म जे गर्न चाहान्थेँ, सो पूरा गर्न १५ वर्षे काठमाडौंको बसाइमा पनि सकिनँ । मेरो जागिर त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा थियो । युएईले बाँडेको मुस्कानमा भनिए जस्तै दिनमा हजारौं सुटकेसहरुसँगै खुसीले भरिएका अनुहारहरुको आगमन हुन्थ्यो भने २/४ राता बाकस र २/४ मानसिक सन्तुलन गुमाएका महिलाहरु तथा ८/१० वर्ष परदेशमै जेल जीवनयापन गरेर फर्किने आगन्तुक देख्नु पर्थ्यो ।






यो पनि पढ्नुहोस
युएईले मुस्कान छर्ने नेपालीहरुको कथा

मेरो दिमागमा हजारौँको खुसी भन्दा पनि २/४ को दुःखी अनुहारले बैदेशिक रोजगारीप्रति नै नकारात्मक सोच पलाएको थियो । जो कोठामा पाहुनाको रुपमा बसेर बिदशिनेहरुलाई हामी श्रीमान्-श्रीमती सल्लाह दिन भ्याइहाल्थ्यौं । विदेश जानुहुन्न, नेपालमै केही गर्नुपर्छ । तर, कथाकार अशोक चापागाईंले शीर्षकमै भनेजस्तै सोचेजस्तो हुन्न जीवन । अरुलाई विदेश जानुहुन्न भनी सुझाव दिने म आफै मुस्कानको खोजीमा युएई आएको ६ वर्ष हुन लागेछ ।

कथाकर जे सागरले भन्याजस्तो जीवन सोचेजस्तो सजिलो भए सुख, खुसी र मुस्कानलाई नै चिन्न नसकिने रहेछ । सुख चिन्न पनि दुःखसँग साक्षात्कार गर्नुपर्ने रहेछ । यसैमा रहेछ जीवनको मज्जा । चुनौतीका अग्ला पहाडहरु छिचोल्दै अगाडि जानुपर्ने रहेछ जीवन । चुनौती छ र त मजा छ जीवन जस्तो लाग्न थालेको छ । यो पुस्तक पढ्दै जाँदा कुनै-कुनै कथामा आˆनै भोगाइ मिलेको भेटिन्छ । मेरो पनि त कथा यस्तै त थियो नि भन्ने अनुभूति हुन्छ ।

यो पुस्तक पढिरहँदा म पनि यति त लेख्न सक्दो रहेछु नि आत्म विश्वास पलायो मलाई । मेरो जीवनमा पनि मुस्कानका लेखकहरुको जस्तो परिवारमा सन्तानको आगमनसगै जागिरले दैनिक जीवन धान्न मुस्किल हुन थाल्यो हाम्रो परिवारमा । मेरो श्रीमान फेसन डिजाइनर भएको हुनाले हामीले गार्मेट स्थापना गरेका थियौं काठमाडौंमा । तर, कथाकार प्रकाश कोइरालाले भने जस्तो नेपालमा बिज्नेसमा स्थापित हुन सजिलो थिएन । फलस्वरुप ऋण लाग्यो । म सामान्य मजदुर थिएँ । व्यापाररव्यावसाय गर्न रिन पनि मजदुर साथीहरुबाट लिएकी थिएँ । दुःख गरेर जम्मा गरेको पैसा सदुपयोग गरेर मैले केही प्रगति गरोस भनेर उहाँहरुले दिनु भएको थियो रिन ।

तर सोचेजस्तो हुन सकेन । राजनीति अस्थिरता र थोरै पुँजीले गर्दा गार्मेण्ट्मा घाटा ब्यहोर्नुपर्ने भो । मलाई मेरो ब्यापारको घाटा भन्दा पनि साथीहरुको रिनको चिन्ता थियो । यस्तै अवस्थामा मात्रै नेपालीको अन्तिम विकल्प वैदेशिक रोजगारी बन्न पुग्छ ।

यो अवस्थामा मेरो श्रीमानले विदेश जाने सोच गर्नुभयो । तर, मैले चलिरहेको आफ्नो गार्मेन्ट बन्द गर्न चाहिनँ । वहाँ फेसन डिजाइनको क्षेत्रमा २० वर्षदेखि काम गरेको मानिस । यति दक्ष मानिस परदेशमा सम्बन्धित क्षेत्रमा काम पाए त ठीक हुन्छ । तर, मासिक ३०/३५ हजार त नेपालमै कमाउन सक्ने मानिस । फेरि म एक्लैले गार्मेन्ट चलाउन पनि गारो हुने भएकाले म नै बिदेश जानुपर्छ भन्ने मैले अठोट गरें । यो विषयमा हामीबीच लामो छलफल भयो । महिलाको लागि खाडी असुरक्षित भन्ने मान्यता पहिले अति नै थियो । तर, त्यो गलत धारणा थियो ।

मलाई के लाग्छ भने महिलाले आˆनो सुरक्षा आफै गर्नुपर्ने हुन्छ । बिग्रन खोज्नेलाई खाडी आइरहनु पर्दैन । यहाँ महिलाको उच्च सम्मान हुन्छ भन्ने कुरामा मेरो श्रीमान कन्भिन्स भएपछि मैले पनि त्यही बाटो रोजेँ सन् २०१४ मा । र, युएई आएकी हुँ ।

परदेशमा नेपाली महिला, के होला ? कस्तो होला ? काम गर्न सकिएला कि नसकिएला ? बासस्थान कस्तो होला ? यी विविध प्रस्न्हरु एकैपटक आउथे मनमा । तर मैले अलेनको अर्धसरकारी स्कुलमा काम गर्ने अवसर पाएँ । कम्पनीले सप्लाइमा पठाएको हो । नेपालमा कुरा बुझ्न सक्दैनन्,सप्लाईको काम सबै खराव हुँदैनन् । यहाँ अधिक कम्पनीमा जनशक्ति सप्लाई गरेर नै काम लिइन्छ । एक दुई जनाले दुस्ख पाए भन्दैमा सबैले दु:ख पाएका छन् भनेर बुझनु गलत हो ।

मैले पनि यही काम गरेर मेरो व्यापारलाई सन्तुलनमा ल्याएकी छु । घरब्याबहार मिलाएकी छु । परिवारलाई हासिखुसी राख्न सकेकी छु । छोरी आशिकालाई मुस्कुराउने बनाएकी छु । श्रीमानले झापामा गार्मेण्ट विस्तार गर्ने क्रममा हुनुहुन्छ । युएईले मलाई लक्ष्मी शर्माजस्तै माइनसबाट प्लसमा ल्याएको छ ।

पुस्तकमा मेरो कथा छैन । तर, हरेक कथाहरुसँग मेरो कथा मिल्न जान्छ । त्यसैले यो पुस्तक मेरो पनि हो । अनि हो यो पुस्तक युएईमा कार्यरत करिब ३ लाख नेपालीहरुको पनि । जसले आफू, आफ्नो परिवार, समाज र देशकै जीवनमा मुस्कान र खुसी दिइरहेका छन्, समृद्धि दिलाएका छन् । छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिलाएका छन् । कोठामै टाक्सिएर बस्न विवश आफ्नो परिवारलाई एउटा सुन्दर घर दिलाएका छन् ।

यी सबको पछि परदेशको भुमिका छ । त्यसैले परदेशमा पासो मात्रै होइन, समृद्धिका आधारहरु पनि छन् । परदेशलाई गाली होइन, ताली दिनुपर्ने हुन्छ । यो पुस्तकले पनि त्यही खुसीको खोजी गरेको छ । सकारात्मक सन्देश लिएर आएको छ यो पुस्तक । विदेशिने हरेकले आफ्नो कथा, ब्यथा, अवस्था, विपन्नतादेखि सम्पन्नताको संघर्षको नालीबेली, अभावदेखि सम्पूर्णताको कहानी हरेकले इमानदारिपूर्वक सरल भाषामा वयान गरेका छन् ।

युएईमा करिब ८ वर्षदेखि आफ्नो कामसँगै पत्रकारिता र सामाजिक क्रियाकलापमा सक्रिय झापा स्थायी घर भएका पत्रकार रामप्रसाद ढुंगेल र युएईको नेपाली साहित्यलाई संस्थागत सक्रियता दिलाउन सफल सिन्धुपाल्चोकका जयराम पराजुली उर्फ जे सागरले संयोजन र संकलन गरेको यो पुस्तकको परिकल्पना रेडियोकर्मी अच्युत घिमिरे बुलबुलले गर्नुभएको रहेछ ।

बुलबुल प्रकाशन प्रालिले बजारमा ल्याएको यो पुस्तक युएईको नेपाली समुदायमा धेरै खोजिने, चर्चा बटुल्न सफल पुस्तकको सूचीमा परेको छ । पुस्तकको सफलताको शुभकामना । यो पुस्तकले युएईको सुन्दर पक्षलाई उजागर गरेको छ । यसलाई अन्य भाषामा अनुवाद गर्न सके युएईको त इज्जत अझ उचो हुने नै छ, त्यसमा नेपालीहरुको त्याग, योगदान र परिवर्तित जीवनको स्पष्ट तस्वीर विश्वले पाउने छ ।

प्रधानमन्त्रीलाई कालो झण्डा देखाएर विरोधमा उत्रने ३ जना प्रहरी नियन्त्रणमा